October 12, 2007

साइबर :: Cyber

“साइबर”
नेपालियन
मिनिसोटा, अमेरिका
“साइबर” शब्द प्राय नेपाली इन्टरनेटका साइटहरुमा देखिरहन्छ । मलाइ यो शब्द सधै अपुरो लाग्थ्यो । तलको कान्तिपुर कटिगंमा पनि साइबर शब्द शिर्षकमा नै रहेछ। अब चाहि सारै झकझकायो मलाइ त्यो शब्दले ।

click the picture to enlarge
त्यस पछि यसको माने हेर्न आफु संग भएको पुरानो लंगमेन शब्दकोश पल्टाए । त्यसमा त यसको माने नै रहनेछ। ल भयो अब ? त्यसपछि मेरो कम्पिट्युरको कुनामा झुन्डिएको “ http://www.dictionary.com/” को लिकंमा माउस थिचे । त्यसमा पनि साइबर शब्द “cybernetic” संग जोडिएको बाहेक केहि देखाएन । झन तेइ साइटको “Thesaurus”मा त साइबर शब्दनै छैन पो भन्छ । कस्तो शब्द कान्तिपुरले राखेछ, नेपाली त पक्कै होइन ? अब चाहि मलाइ पक्का भयो साइबर शब्द अपुरो नै हो । “साइबर” उपसर्ग बनेर “cybernetics “ मा आएको रहेछ जस्को माने हो “समाहिलिएको यन्त्र वा दिमागबाट बैज्ञानिक तरिकाले खबर आदान प्रदान हुनु (The scientific study of the way in which information is moved about and controlled in machines, the brain, and the nervous system.)” । तेही “cybernetics”बाट “cyberspace ” बनेछ जसको माने हो “सुसाकंकिय संजालमा बिध्धुतिय माध्यमबाट सिधा संबाद हुनु” (The electronic medium of computer networks, in which online communication takes place.)“। अब त प्रष्ट भयो साइबर शब्द होइन कि यो एउटा “उपसर्ग “ हो । भने पछि अब राम्रो संग अर्थिन माथिको कान्तिपुर मा “साइबर” सित “पसल” पनि जोड्नु पर्ने भयो । त्यसरी प्रष्ट भए साइबर पसल, साइबर पत्रिका, साइबर दुनिया आदी को सहि माने बुझिन्थ्यो कि ?
(नोट: माथिका अर्थ लंगमेन शब्दकोश – १९९३ र विकिपिडियाबाट लिइएको हो।)



2 Comments:

Anonymous said...

LOL. A good catch! People say that, kaha jana lageko , German? There is no German country in this planet. One stupid starts and others join the circus.

Anonymous said...

This is how words are developed. You will not be surprised to see Cyber as a nepali word after 10 yrs in dictionary.

bideshi sabhda haru Apabhramsa bhayera nai pachhi nepali janajibro ka sabda haru banchhan bhanne kura maile padheko thiye.. yastai ho .. For eg: tank ko satta Tanki bhanne yastai yastai khojema example haru thupro bhetina sakchha

Yahi ho mero bujhai.. astu

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !