February 15, 2009

फूलको मौनता

शिव प्रकाश

मौन छ फूल
फूलको मौनताभित्र
सुन्दरता छ
सुन्दरताभित्र
मादकता छ
तर फूल कागजको पनि हुन्छ ।
निश्छल छ फूल
फूलको निश्छलताभित्र
प्रतीक छ प्रेमको
उपमा छ आत्मीयताको
वैभव छ विश्वासको
तर फूलभित्र काँडा पनि हुन्छ ।
फूलको विषेशता –सुन्दरता र मादकता
प्रेम र आत्मीयता
निश्छलता र कोमलता
तर फूलको धारले पनि
मन रेटिएको हुन्छ ।
सृष्टिको सुन्दर उपहार हो, फूल !त्यसैले फूल, फूल हो
तर फूल, फूलमात्र हैन
सृष्टिको अथवा दृष्टिको
एउटा भूल पनि हो, फूल ...!
मौन छ मादक फूल… !
बोस्टन, अमेरिका 02-15-09
साथै उंहाको माटो,मान्छे र देश को बेव कबिता प्रतियोगिताको निम्ती साहित्य घरमा राखिएको छ। दौंतरीमा यो भिडियो उहांकै प्रशंसकको लागी राखिएको छ । भोटिगं गर्न साहित्य घर मा जानुहोला।



प्रचन्ड देश भक्त हुन कि 'र’ का एजेन्ट ?

शेखर ढुङेल्
०२-१४-२००९

जस्ले आफ्नो जीवनको सम्पूर्ण राजशाही समय एक लडाकु को रुपमा राष्ट्र निर्माणमा लगाएर विश्व मानचित्रमा नेपाल राष्ट्र र नेपाली जाती भनी चिनायो । उनलाई माओवादी दुश्मनको ब्यबहार गर्दै छ । जस्ले यो राष्ट्र चार बर्ण ३६ जात को फुलबारी बनायो, माओबादी त्यस्को बिरुद्धमा देश लाई रणभुमि बनाउदै छ । जस्ले यो देश लाई दुई ढुङ्गा बिच को 'तरुल' भनी राष्ट्रबाद् को सम्बेदनशील अवस्था को चित्रण गरे, माओवादी यो दुई देश बिच को 'डाइनामाइट ' हो भन्दछ यो कस्तो मजाक हो कस्तो बिकृती?, प्रचन्डले आत्मा साछी राखेर भनुन के पृथ्वी नारायण ले यो देश एकिकरण गरी स्थापना नगरि दिएको भए आज नेपाल र नेपाली भन्ने मौका पाउदथ्यौ?, उनको अनादर गर्नु, उन्को सालीक फोड्नु, उन्को सम्झनामा मनाइदै आएको एकता दिवस नमनाउनु भनेको एउटा नेपालीले हैन बिदेशीको एजेन्ट मात्र गर्ने काम हो । ब्रिटिसहरुले तत्कालिन बिशाल भारत मा २०० बर्ष शासन गर्दा समेत एउटा सानो हीमाली अधिराज् नेपालका वीर सपुतहरुले दर्दनाक युद्ध लडेर यो देश को अस्तित्व बाचाए । तिनको उपहास माओवादी गर्दै छ । एक स्वाभिमानी नेपालीको लाग्गी यो क्षण एकदमै पिडादाएक बन्दै गैराखेको छ ।

नेपाल आज १६ औ सताब्दी को क्रमवेल, २० औ सताब्दीको पोल्पोट र तालिवानको बाटोमा गैराखेको छ । देशका नागरिक नेपाल र नेपाली हुनुमा गर्ब गर्नु भन्दा जाती र क्षत्रीय हुनुमा गर्ब गर्दै स्थापित स्वधर्म, सास्कृतिक, सामाजिक, एतिहासिक संरचना ध्वस्त पार्न बिभक्त भएका छन । ननिभ्ने ज्वालामुखी बनी बिभिन्न क्षत्रमा मुस्लो उठिराखेको छ ।

भारतबाट बेलायत फर्के पछी पनि नेपाल ले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न धेरै कसरत गर्नु परेको तथ्य कसैले बिर्सन सक्दैन । हीमाली क्षत्रबाट भारतीय सेना हटाउदा होस कि, सगरमाथा र बुद्धको जन्मथलोको बिबाद होस वा महेन्द्र राजमार्ग निर्माण होस कि, बिदेशीको अनुदान मा उद्योग स्थापना गर्न होस, एक स्वतन्त्र राष्ट्रको हैसियले गर्न सक्ने काम गर्न पनि गाह्रो परेको थियो, तर नेपालीको एकताले त्यस्ता बाधा-अडचन तोडिदै गए । १५ महिना सम्म नाकाबन्धीमा पर्दा पनि नेपाली र तत्कालिन शासक बिदेशी सीत नझुकी एक आपसमा सम्झौता गरेका थिए ।

२०४६ साल पछीको खुल्ला बातावरण को दुरुपयोग गर्दै माओवादीले भारतीय भुमीमा बसेर नेपाल बिरुद्ध शसस्त्र संघर्श गर्‍यो, राष्ट्र को सम्पत्ति लुटि हतियार किनेर भारतीय अपराधी समुह लाई धनी बनायो । पत्रकार र शीक्षक को गला रेटी राजतन्त्र र संसदिय ब्यबस्था फाल्न रगत चढायो । एक आपसमा हांसी मलिजुली बसेका सोझा, गरीब जनता लाई समान अधिकार दिलाउने, सुनको धुरी हाली दिने, रैति बाट सामन्ती भन्दा माथि पुर्‍याइ दिने सपना बाँडेर फुट कलह र एक आपसमा लड्ने लडाउने बिस दिमागमा घुसायो । अब हेरौ देश कहाँ जादै छ?, मधेस, थारु, लिम्बुवान, खम्बुवान, नेवा, चन्द्रबंसी, सुर्यबंसी, चुरे भावर, पहाडे, हीमाली शेर्पा जस्ता दर्जनौ राज्यको माग गरी हतियार खेलाई राखेका छन त्यो पनि स्वनिर्णयको अधिकार सहित रे यस्तो बिचार कुनै देश भक्त नेपालीले नेपाली लाई पिलाउन सक्त छ ?, सम्भब छैन ! । जनयुद्धको १० बर्ष सम्म भारतका बिभिन्न ठाउँमा बसेका , हतियार किनी नेपाल पठाइ राखेको, गुरिल्ला तालिम दिएको भारत सरकारलाई थाहा थिएन भनेर को पत्याउँद छ ?,  एमालेका नेतालाई पटना र सीलीगुडिमा भेट्ने ब्यबस्था गरिदिने भारतले दुनियाँ लाई झुट बोलिराखेको थियो र माओवादी लाई उक्साइ राखेको थियो किन ?।  एकातिर सुरक्षा अर्को तिर रेड कर्नर् वारेन्टको नाटक मन्चन किन गर्‍यो भारतले ?, तत्कालिन अवस्थामा राजा र प्रजातान्त्रिक पक्ष एक हुन्जेल सम्म माओवादी लाई सहयोग गरी उक्साइ रह्यो । राजाको कदम ले चिडिएका काङ्रेस र एमालेलाई लोकतन्त्र दिलाई दिन्छु भनी आफ्नो एजेन्ट लाई स्थापना गर्‍यो शान्ती सम्झौताको नाममा । युगौ देखी राजा फ्याक्ने योजनामा रहेको भारत लाई सुबर्ण मौका मिल्यो । काङ्रेस र एमालेलाई दिल्ली बोलाएर राजा फ्याकी प्रचन्ड लाई साथ दिन सहि गरायो । जस्को खुलाशा हालै भारतका बिदेस मन्त्री प्रणव मुखर्जीले गरेका छन ।

यि सब प्रमाण र गतिबिधी का बाबजुद कसरी नभन्ने प्रचन्ड लाई 'र' को एजेन्ट वा नयाँ लोन्डुप दोर्जे ?, जस्ले नेपालको अस्तित्वलाई भारतको पोल्टामा हाल्ने बाटो खोली दिएका छन । देश शंघियतामा गए पनि नगए पनि प्रचन्ड ले रोपिदिएको कलह बिषको बृक्षले श्रीलंकाको तामिलको नियती भोग्नु पर्ने भयो, एउटा देशभक्तले राष्ट्र लाई टुक्रा टुक्रा बनाउछ ?, नेपालीको गौरबशाली बहादुरि र एकता लाई तहस नहस पार्दछ ?

भारतमा प्रशिक्षीत प्रचन्ड र बाबुराम लाई थाहा थिएन छ दशक लामो गणतन्त्रात्मक शासन अपनाएको भारतमा नेपाल को भन्दा कैयौं गुना बढी जात-भात र छुवा-छुत छ भन्ने ?,  के प्रचन्डलाई थाहा थिएन भारतमा खालिस्तान मागको दर्द नाक कथा ? ( राज्य ले अपरेसन ब्लु स्टार् को नाम मा स्वर्ण मन्दिरमा आक्रमण, भिन्डरा वालेको हत्या र त्यो स्रिंखला श्रीमती इन्दिरा गान्धीको हत्यामा पुगेर मात्र केही मत्थर भएको थियो) । के प्रचन्ड लाई थाहा थिएन बिगतमा झारखण्ड, उत्तरान्चल, को आन्दोलन पछी छुट्टै राज्य बनेको ?, के प्रचन्डलाई थाहा छैन अझै पनि बोडो र गोर्खाल्याण्डको आन्दोलन भैराखेको ?,  बिबिध जात र बर्गको सानो फुलबारी नेपालले के त्यो नियती सम्हाल्न सक्त छ ?, ति सबले अधिकारको नाममा गर्ने संघर्स र रक्तपातले के देश को अस्तित्व कायम रहन्छ ? ,देश लाई नै बिलय गराउने गरी प्रपन्च गर्ने लाई देश भक्त भन्ने कि बिदेशी को एजेन्ट ?

जब सम्म राजा थिए देशको अस्तित्व को लागि एउटा पिलर बनी जनताको साथमा उभिन्थे । उस्लाई फ्याक्न भारतले प्रचन्ड को जन्म गरायो । नेपाली लाई जती फुटायो त्यती भारत लाई फाईदा त्यसैले एउटा राजाको साथ दिने दल नेपाली काङ्रेस लाई फोरुम र तमलोपा मा बिभक्त गराइ कमजोर बनाइ दियो । नत्र काङ्रेस् अहिले पनि एक नम्बरमै पर्दथ्यो । राजा टिक्न सक्दथे । भारत त्यो चाहन्नथ्यो त्यसैले शान्ती सम्झौता अनुरुप माओवादीले आफ्नो प्रतिबद्धता पुरा नगर्दै चुनावमा जान भारतले दबाब दियो र माओवादी लाई सहयोग पुर्‍यायो । आज नेपालमा एक दुई मात्र होइन दर्जनौ लेण्डुप दोर्जे बन्न लाइनमा बसेका छन । लेण्डुप दोर्जे जन्माउन एक मात्र बाधक राजतन्त्र फ्याक्न सफल भारतको हाली मुहाली कसरी बढ्दै छ हामी देख्दै छौ । राष्ट्र निर्माता र उन्का सन्तान लाई फ्याँकी सता पाउन दुताबासमा लाइन बस्न जाने प्रचन्ड जस्ता क्रान्तिकारी नेता पाउनु भारत को लागि गर्ब को बिषय हो ।



हेर्नूस् त मुलुकमा अपराधीकरणको सरकारीकरण हुँदै कानूनको धज्जी उडेको

WITHDRAWAL OF 349 CRIMINAL CASES

Among the beneficiaries: 131 murderers, 4 rapists

Panchthar—8 Morang—2
Dhankuta—7 Sankhuwasabha—2
Siraha—1 Rautahat—4 (rape)
Gorkha—60 Rolpa—5
Banke—1 Dailekh—7
Surkhet—6 Humla—11
Kailali—2 Kanchanpur—3


यसो त मुलुकबाट हरबखत प्रेषित भैरहेन नकारात्मक समाचारहरू पढ्न र सुन्न नपरोस् भनेर भगवानसंग कामना नगरेको पनि हैन । तर, एउटा नेपाली भएर यस्तो कल्पना गर्नु दिवास्वप्न देख्नु सरह हो भन्ने जान्दा जान्दै पनि , मनले असल कामना राख्न र सोच्न छाड्दो रहेनछ । मुलुकभित्र बडेबडे परिवर्तन हुँदै गर्दा नराम्रा कुरा , व्यवहार र कामहरूको क्रमश: अस्त हुँदै जाला भन्ने सोचिएको थियो । कथित क्रान्तिकारीहरूको सत्तारोहण भएपछि त नेपाली राज्यसत्ता र मेशिनरी भित्र रहेका फोहर र रोगहरूको निदान होला भन्ने कुरा अरूले जस्तै मैले पनि सोचेको थिएँ तर दिन बित्ने क्रमसंगै नेपालको भाग्य खराब, खराबतर र खराबतम बन्ने दिशा उन्मूख भएको लाग्दैछ । लाग्छ, प्रचण्डलाई कानूनको शासन भन्ने शव्दप्रति सख्त घृणा छ । त्यसैले उनी चाहन्छन् सबै अपराधी, हत्यारा र बलत्कारीहरूलाई अभयदान दिनुपर्छ र तिनीहरूको एकल संरक्षक माओवादी पार्टी बन्नु पर्छ । व्यवहारमा यसो गर्ने दल र सरकारले कसरी देशमा सुरक्षा, शान्ति र निर्भयताको वातावरण कायम होवस् भन्ने चाहला र ?

आजको माइरिपब्लिका डट कमको वेब संस्करण पढ्दा शिर्षकमा माथिको कुरा फेला पर्‍यो । यो पहिलो गासको झिंगा जस्तै मेरो आजको दिनको लागि । समाचाररले भन्छ , माओवादी नेतृत्वको गणतान्त्रीक सरकारले देशभरिका जेलमा रहेका , सजाय भोग्दै कैदी जीवन बिताएका सम्पूर्ण अपराधी र बलत्कारीको मसिहा बन्ने इच्छा राखेछ र तिनीहरूलाई रिहा गर्ने अति ठूलो गणतान्त्रिक काम पो गरेको रहेछ बिगत केही महिनाका अवधिमा ।

केही समय अघि रेडियो र टेलिभिजनबाट देशवासीलाई सम्बोधन गर्दा कामरेड प्रचण्डले वहाँको स्वाभाविक भावुक रुञ्चे शैलिमा भनेका थिए - हामीले केही गर्नै सकेका छैनौँ । आँफु प्रधानमन्त्री बनिसकेपछि आफ्नो पहिलो क्याबिनेट बैठकमा देश भरिका जेलहरू खालि गर्ने प्रस्ताव लैजाने प्रचण्डले केही समयपछि, जेलमा सडेका अपराधी, हत्यारा वा बलत्कारीको मुक्तिका लागि अवश्य केही गर्लान होला भन्ने कुराको लख काट्नेहरूको शंका आखिरमा सही साबित गरिदिएका छन् ।

यस्तो लाग्छ माओवादी दल र उसको सरकारलाई फेरि अर्को चुनाब दुई तिहाइ मतका साथ जित्नका लागि धेरै मान्छेको खाँचो छ । उसलाई यो पनि थाहा छ कि सभ्य र सामन्य नागरिकले दिने भनेको एक मत हो र तिनिहरू डरको वातावरण भएमा निर्वाचन केन्द्रसम्म जाने साहस पनि राख्दैनन् । अपराधी र हत्याराहरूले डर र त्रासको वातावरण सिर्जना गरेर सारा गाउँभरिको मतलाई एकातर्फ सोहोर्न मद्दत पुर्‍याउन सक्ने भएकाले , यिनको मन जित्न र यिनलाई आफ्नो बनाउन यिनको कल्याणमा माओवादीले अहिलेको शक्ति लगानी गरेको हुनसक्छ । हैनभने के सबै जेलभरिका दूर्नाम अपराधीहरू माओवादीका आफ्ना कार्यकर्ता नै थिए र उसले यिनको रिहाइका लागि यत्रो कथित जनयुद्दको बल लगानी गर्नु परिरहेको छ ?

जे होस् यो र यस्तै उदाहरणहरू देख्दा , नया नेपालको रूपरेखा कता डोरिँदैछ भन्ने कुराको आँकलन गर्न कसैलाई गाह्रो पर्ने भने देखिन्न ।