Showing posts with label समसामयिक विश्लेषण. Show all posts
Showing posts with label समसामयिक विश्लेषण. Show all posts

April 7, 2023

आतंकको सिमाना

Re-published for being relevant (Russian Ukraine War)

आतंकको सिमाना कती हुन्छ?

जती आतंककारीको आंकलन गर्न सकिन्न त्यस्तै आतंककारीको सिमाना पनि नाप्न नसकिने खालको हुन्छ।
सरकार र आतंकको क्रसफाएरमा सर्वसाधरण मरेको खबर दिनहुं आउने गरेको हुन्छ। देश चलाउन अधिकार पाएको शक्तीसंग कोरा सपना देखाएर जनतालाई जिल्लाउने समुहको संसारको कुनै न कुनै कुनामा हरेक दिन काटामार भइरहेको हुन्छ। यस बारे हरेक नेपाली अभ्यस्त भइसकेका छन।

तर हालै युक्रेनमा भएको आतंकारी घटनाले संसारलै नै स्तभ्द तुल्याएको छ।  युक्रेनका आतंकाबादीले जमिनबाट आकासमा हान्ने हतियार प्रयोग गरेर ११ हजार मिटरमा उडिरहेको २९८ जना बोकेको मलेसियन जहाज खसालेका छन। ११ देशका नागरिक रहेको उक्ता जहाजमा ८० जना त केटाकेटी मात्रै थिए। यो घटनामा काखे बच्चा देखी स्कुले केटाकेटी परेका छन जो संसार भनेको के हो सिक्दै थिए। परिवार पाल्न जागिरका लागी हिडेका देखी रमाइलोको निम्ती संसार घुम्न निस्केका परिवार उक्त जहाजसंगै सदाको लागी बिदा भएका छन।

संसारले यस घटनाको घोर बिरोध गरे पनि एक झुण्ड भने यो घटनाको खाटी कारण देखाउदै बचाउ गरिरहेका हुनेछन। यस्ता झुण्ड संसारबाट हराउने त छैनन तर यस्ता खाले घटनाले यस्ता कुत्तवको बिनाश गर्दै जाओस। साधरण जनता बिना आतंक आरमसंग जिन्दगी गुजार्न पाउन।





April 6, 2023

Most Searched words !

 People search words in search engines, mostly Google. New AI search engine has taken some steam and CHAT GPT is very popular which Bing is trying to embedde in it. But still Google is the most popular search engine so far and here is the list of mostly search keyword. It has mixed bag, containing entertainment to shopping sites and some has adult content. Weather is on the top 5, so safety is still a big priority. Sports like NFL and other channel are not even on top 20. TikTok by itself on #68 on the Google search though it is mostly viewed on its own app.

100 top keywords on Google – worldwide


#

Search term

Monthly Search Volume

Yearly Traffic

Paid

Traffic Leader

1

youtube

387.75M

3.16B

118.34M

youtube.com

2

facebook

322.60M

1.7B

43.12M

facebook.com

3    

deleted

198.77M

205.26M

0

Link Removed

4

weather

189.56M

60.83M

4.61M

weather.com

5

translate

178.48M

19.15M

2.55K

translate.google.com

6

amazon

171.59M

527.86M

149.50M

amazon.com

7

google translate

140.65M

37.43M

1.43K

translate.google.com

8

deleted

138.88M

131.54M

0

Link Removed

9

gmail

135.21M

235.65M

955.50K

gmail.google.com

10

instagram

117.25M

439.08M

9.03M

instagram.com

11

whatsapp web

115.89M

1.38B

26.60K

whatsapp.com

12

traductor

112.86M

6.02M

0

translate.google.com

13

nba

103.62M

28.29M

0

youtube.com

14

deleted

96.48M

77.16M

0

Link Removed

15

google

96.14M

223.07M

46.98K

google.com

16

twitter

95.44M

344.18M

9.28K

twitter.com

17

deleted

66.43M

49.05M

0

Link Removed

18

google maps

62.97M

133.96M

1.94K

maps.google.com

19

netflix

58.98M

890.33M

3.27M

netflix.com

20

hotmail

57.86M

724.44M

29.82K

live.com



February 15, 2019

एअर बस ल्याउने नेपाल एअर लाईन्स टिमलाई शुभ कामना

Kumar Bajra

एअर बस ल्याउने नेपाल एअर लाईन्स टिमलाई शुभ कामना 

जसले जे भने पनि नेपाल एअर लाईन्सले एअर बस दुईवटा किनेकोमा हामी धेरै धेरै नै खुशी छौं l एअर बस ल्याउने सम्पूर्ण नेपाल एअर लाइन्स टिम लाई हार्दिक बधाई छ l

नेपाल एअर लाईन्सले अर्को तीस वटा एअर बस किन्नु पर्छ l र अरु एअर लाईन्स भन्दा सस्तो मुल्यमा बिदेशमा जहाज उडाएर नेपाली जनतालाई राहत दिनु पर्छ l बिना ऋण र बिना लगानी बेपार हुँदैन l यस्तो जिर्ण अवस्था भईकन पनि एअर बस किनेर नेपाल एअर लाइन्सलाई उँभो लगाउने आँट गर्नु भयो l धन्य छन् तपाईहरु l हामीहरु तपाइंको साथमा छौं l निर्धक्क भएर यो समस्याको समाधान भए पछि नेपाल एअर लाईन्स टिमले एअर बस छ्याप छ्याप्ती किनेर नेपालबायुसेवाको विकासको कार्य थाल्ने प्रण गरि अघि बढ्नु होस् l अनि देखाई दिनुहोस नेपाल एअर लाईन्स टिमको टिम वर्क l


March 28, 2013

प्रेम पाएमात्र पढाइ सप्रन्छ

‘मान्छेलाई बाँच्नका लागि एकचिम्टी बल, एकचिम्टी आधार र एकचिम्टी प्रेम चाहिन्छ,’ आदिकवि भानुभक्तको यो भनाइजस्तै मानिसमा उर्जा सञ्चारको काम प्रेमलेमात्र सम्भव छ ।
उर्जा मानिसमा लागि नभइ नहुने चिज हो । आफैँभित्र रहेको शक्ति प्रयोग गर्न पनि हामीलाई विशेष प्रकारको उर्जाले काम गर्नुपर्छ नत्र हामी आफैँमा रहेको शक्ति र आफैँलाई चिन्न सक्दैनौँ । हामी आफूमा भएको क्षमता आफैँ पत्ता लगाउने अवस्थामा नपुगुन्जेल हाम्रो क्षमताको मुल्याङ्कन अरूले गरिदिनुपर्छ । हामीभित्रको उर्जा अरूले देखाइदिनुपर्छ । कवि भूपी शेरचनले भनेजस्तो भएका छौ हामी ।
....हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफूखुसी कहिल्यै छुट्टिन नसक्ने 
कसैले छुटाइदिनुपर्ने...


September 27, 2011

एक्ला बाबुरामको सेलाउँदो उत्साह ।

कुनै जमानामा एसएलसी बोर्ड फर्ष्ट पनि भएका पिएचडीधारी मेधावी बाबुरामले , आफ्नो पिएचडी डाक्टरको उपाधी आफ्नै लागि काउछोको माला भएको बताएका थिए । यसको कारण थियो , पार्टी भित्रै उनको विद्वत योग्यताका बारेमा गरिने आशंका र पार्टी बाहिरबाट उनलाई त्यसैका भरमा आउने प्रशंसा पार्टीका शीर्षस्थले समेत डाह गर्नु । त्यसैले हिंसात्मक युद्धताका , आँफूले यो बुर्जुवा उपाधिलाई त्याग गरेको घोषणा समेत उनले गर्नु परेको थियो । तर कालान्तरमा उनको यही वौद्धिक व्यक्तित्व , बुर्जुवा योग्यता र डाक्टरको उपाधी उनलाई चाहनेहरू सबैको मुख्य आकर्षणको केन्द्र बन्न पुगेका छन् । बाबुरामले पनि यो महत्व बुझेरै होला, डाक्टरीलाई राम्रै प्रयोगमा ल्याएको देखिन्छ । यो कुरा भर्खरै सम्पन्न संयुक्त राष्ट्र संघको साधारण सभा सम्बोधनका लागि बोलाउने क्रममा पनि देखियो , जुन उनको इच्छा बिरुद्ध पक्कै थिएन ।

बाबुराम जतिबेला कथित जनयुद्धमा थिए , उनका सहकर्मीबाट उनको भारतीय पिएचडीमाथि गरिएको डाह स्वरूप उनकै मुखबाट बुर्जुवा डिग्रीको महत्व्हीनता बकाउने गरिन्थ्यो । त्यसैले उनले कतै दावा गर्नु परेको थियो ' मलाई डाक्टर बाबुरामको रूपमा चिनिन मन लाग्दैन' । केही महिना अघि सम्पन्न माओवादीको पालुङटार भेलामा , एउटी सभासद धर्मशिला चापागाईँले बाबुरामलाई आरोप लगाएर भनिन् ' बाबुरामजीले भारतमा पढेर पिएचडी डाक्टर मात्र हुनुभएन , भारतीय विस्तारवादका सबै बिकृतिहरू नेपाल र माओवादी पार्टीमा ल्याउनु पनि भयो' । पुष्टपकमल दाहालदेखि मोहन वैद्य खेमाका सबै माओवादीहरू बाबुरामलाई भारतले उचालेका प्रियपात्र हुन् भन्ने


April 22, 2011

हार्डलाइनर, बाबुराम र बोल्ड डिसिजन

ई मान्छे कट्टरवादी माओवादी नेता मोहन वैद्य हुन् । वैद्य बनेर मान्छे झुक्याउन खोजे पनि ई खास प्युठाने पोखरेल हुन् । यिनले संस्कृतमा आचार्य पढेका छन् । पढाइ अनुसार पण्डित भएर सप्ताह, प्रवचन र धर्मकर्मका कुरा गर्न पर्ने यी आचार्य खूंखार कम्युनिष्ट बने । काठमाण्डूमा पढ्दा, संस्कृत पाठशालाको निशुल्क भात,वास र भत्ता उपयोग गर्दै , त्यतिबेला निशुल्क पाइने रसियन र चाइनिज प्रकासनका कम्युनिष्ट पुस्तकहरू यिनले पढ्न सिके । एउटा पास लिएपछि, चाइनिज दूतावासमा खेलकूद , विशेषत: , ब्याडमिण्टन खेल्न पाइन्थ्यो । हो, यिनले त्यही गर्ने गर्थे ,कुनै बेला ।
ई माओवादी नेता माओवादी हिंसात्मक युद्धकालको पछिल्लो समयमा भारतीय जेलमा थुनिएका थिए । माओवादी शान्ति प्रकृयामा आइसकेपछि मात्र उनी रिहा भए । माओवादी नेता प्रचण्ड र उनको परिवार तथा बाबुराम लगायत कतिपय नेताहरू , हिंसा कालका दिनहरूमा पनि भारतमा निर्वाध र बेरोकटोक आश्रय लिएर बसेका थिए र हिँडडुल गर्ने गर्थे । तर , यीनी र यिनका वफादार चेला मानिने सी पी गजुरेल भने भारतीय जेलमा बन्दी थिए । यसो हुनुमा उनीहरूको के विश्वास थियो भने बाबुराम माओवादी भित्र भारतको पक्षमा काम गर्ने नेता हुन् त्यसैले उनैको सुराकमा वैद्य र गजूरेल जेलमा कोचिएका छन् तर बाबुरामहरू स्वतन्त्र र निर्भय घुम्दै छन् । यो कुरा , बाबुरामको शैक्षिक उचाइ र त्यसले निर्माण गरेको व्यक्तित्वप्रति रिस राख्ने हरू माओवादी ठिनामिना नेतामा भर्न पनि वैद्य कम्पनी सफल भएको छ । अर्को तिर संस्कृत र नेपाली भाषामा मात्र दक्ष यिनी लगायत कतिपय माओवादी नेतामा बाबुरामको आधुनिक शिक्षा माथिको दखल र यही बाटोबाट चिनिएको उनको व्यक्तित्वप्रति असाध्यै ठूलो आह्रिस राख्ने गर्छन् ।
मोहन वैद्य स्वयंमा पार्टीको नेतृत्व गर्न सक्ने मान्छे भने हैनन् । कोठे वैठकमा आफ्नो गुटका युवाहरूलाई हौस्याउनु तथा तिनै


October 8, 2010

सहमतिको राग र अधिनायकवादको एजेण्डा

दलहरूबीच हुने सहमति र सहकार्यबाट नेपालको वर्तमान राजनीतिक गतिरोधको अन्त्य खोज्न सकिन्छ। तर यो सहमति सरकार बनाउनका लागि मात्र नभएर संविधान निर्माण र बाँकि भविष्यतर्फका लागि पनि हुनु पर्छ । यसका लागि नेपालको राजनैतिक वा शासकीय स्वरूपलाई कांग्रेस वा लोकतन्त्रावादी खेमाका दलहरूले भने जस्तो बहुदलियता र बहुलवादलाई अंगिकार गर्ने लोकतान्त्रिक खालको बनाउन सकिन्छ भने , मुलुकको आर्थिक ढाँचा, सामाजिक न्याय र सम्पत्ति वितरणको तरिकालाई माओवादी वा कम्युनिष्टहरूले भनेको जस्तो समाजवादी प्रकारको बनाएर सबैले स्वीकार्ने खालको बनाउन सकिन्छ । राजनैतिक दलहरू सहमतिमा जान चाहने हो भने , नेपालको समग्र स्वरूपलाई या त माओवादीले भने जस्तो विपक्षी बिहीन बनाउने हो भने दक्षिण अफ्रिकाको संवैधानिक मोडेल अनुरूप जान सकिन्छ या त लोककल्याणकारी राज्यस्वरूपका स्कण्डेनेभियन मोडेलमा जान सकिन्छ । किनभने यी दुई मोडेल पूर्ण संसदीय पूँजिवादी वा पूर्ण कम्युनिष्ट दुवै हैनन् । स्मरणीय रहोस् , पूँजिवादी युरोपका स्वीडेन, फिनल्याण्ड , नर्वे र डेनमार्क जस्ता मुलुकले अवलम्बन गरेको नर्डिक वा स्कण्डेनेभियन मोडेलको आर्थिक तथा राजनैतिक स्वरूप स-साना मुलुकको लागि अति नै सकारात्मक रूपमा प्रभावकारी मानिएको छ र यी मुलुकहरू नै जनताको जीवनस्तरको कसीमा संसारमा लगातार उच्च स्थान बनाउन सफल पनि रहेका छन् ।



September 14, 2010

क्रान्तिकारी निर्लज्जता !

लाग्छ माओवादीलाई मात्र जे केही भन्ने र लागेको गर्न पाउने छूट छ हाम्रो मुलुकमा । क्रान्तिकारी र आमूल परिवर्तनकामी हुँ भन्ने डाँको डरलाग्दो श्वरमा बोलेपछि , काम जत्रो तुच्छ र निकृष्ट गरेपनि , चल्दो रहेछ ! के गर्ने आफ्ना बलिष्ठ भुस्तिघ्रेले जे भन्दिए पनि पत्याउँछन् र बाँकि नपत्याउने बिरोधीलाई प्रतिगामी भनेर हिंसा र हतियारका मतियारहरूले दनादन दिए भैहाल्यो, कसको के खैरियत ? चमत्कारी गुणडाराजको यो गनतन्त्रमा । कसले रक्षा गर्छ ती असहमत विचारवाला सोझा हतियारबिहीन जनताको यो मुलुकमा ? पुलिस र प्रशासन काम नै गर्दैन , सेनालाई व्यारेक बाहिर निसक्नै अधिकारै छैन । त्यसैले त निर्धक्क छन् ती मत्त साँढे जस्ता जत्थाहरू !


कामरेड प्रचण्डले शक्तिखोर प्रशिक्षणमा राज्यसत्ता कब्जा गर्ने माओवादी राजनीतिको तिकडम कस्तो तरिकाको छ भन्ने पेटारो फोरे , तर त्यत्रो योजना त्यत्रो भीमकाय शरीरधारी जूंगे नेताले भाले हुँदै छताछुल्ल पार्दा पनि हामीलाई माओवादीको कुत्सित नियतमाथि औँला ठड्याउन मन लागेन ! राजाको कथित निरंकूशता बिरुद्ध क्रान्ति गरेर , लोकतन्त्रको उदार राज्यनीतिका मातहतमा स्वतन्त्रता र निर्भिकताको जीवन बाँच्ने हाम्रो सन्तति दरसन्ततिको इच्छामाथि , कामरेड प्रचण्ड मार्काको अधिनायकवादी राजनीतिले डंका मार्न खोज्दा र यिनैका नेताले त्यो योजनाको साखुल्य प्रमाण पेश गर्दा पनि हामीले माओवादीको षडयन्त्रकारी राजनीतिक उद्देश्यमाथि पर्याप्त बिरोध गर्नु पर्ने दरकार नै ठानेनौँ । ज बोले पनि जे गरे पनि माओवादी क्रान्तिकारी नै रहिरह्यो , उसले उही ढर्राको सर्वऔषधीमय राजनीतिक नाच नाची रह्यो र आज पनि उसैको ठूलो डाँको बजेकै छ । उसले जे सोचेर जुन योजना हाकाहाकी सार्वजनिक गरे पनि , जुन नौटंकी नाचे पनि , जुन तानाशाही विचार बोके पनि ; मान्छेहरू यो नै चमत्कारिक राजनीतिको मसिहा नै हो भनेर ह्यामलिनको बाँसुरीवादकका पचाडि लागेका मुसाका झून्ड सरह , गल्छिमा खसेर अन्त्य हुन हतारिएर पछ्याइरहेका देखिन्छन् ।



September 13, 2010

जस्ट १० मिलीयन नेपाली रुपिज पर् पर्सन

आम्मै १ करोड प्रती ब्यक्ती,त्यो पनि नेपालीलाई। त्यसले त सारा नेपालीलाई धनी बनाउंछ होला। पूल अस्पताल,स्कुल ,खानेपानी...ए यो त माओबादी पार्टीका महराले चिन संग ५० सांसद किन्न प्रती ब्यक्ती मागेको पैसा पो रहेछ। कता कता ठमेल तिर सडके भुरा भुरीले गोरेसंग सर १ रुपिज भनेको याद आयो।

सही या गलत के हो तर महराले चिनका एक अधीकारीसंग सांसद किन्न गरेको संबाद मिडीयामा आइसक्यो। महाराले यो नया प्रबिधीबाट जोड जाड पारेर तयार पारिएको भनेका छन। तर उनले एक 'चिनियाँ अधिकारी'सँग सभासद् खरिदका लागि पैसा मागेको विवादास्पद टेलिफोन संवादलाई भने
  स्विकारेका छन। माओबादीको केन्द्रीय समिति बैठकले उक्त प्रकरणबाट पार्टी गोपनीयता भंग गरेको, आन्तरिक सुरक्षामा विदेशी हस्तक्षेप र मानवअधिकार हनन भएको टिप्पणी गरेको छ।


August 21, 2010

भिजिलान्तेवाद तर्फको यात्रामा मुलुक :

हिजो मात्र पशुपति शमशेर अध्यक्ष रहेको राप्रपाले पनि युथ भोलेण्टियर फोर्स गठन गरेको समाचार आएको छ । ७० नाघेका वा नाघ्न थालेका पशुपति शमशेर र लोकेन्द्र बहादुर चन्द जस्ता नेपाली राजनीतिका पाका खेलाडीहरूले नेपाली लोकलाई अनावरण गरेर पस्किएको यो फोर्सको गठनको आवश्यकता माथि विचरण गर्दा देशलाई अराजक भीडन्ततर्फ बलात् लैजान खोज्ने यस्तो अर्को एउटा फोर्सको कति आवश्यकता छ भन्ने कुरा उनीहरूले बुझेकै छैनन् ठान्न सकिन्न । अवश्य पनि आवश्यकताको सिद्धान्तले यसको आविष्कार गराएको नबुझ्नु पूर्वाग्रह ठानिन सक्छ । तर यो बुझ्न कुनै कठिनाइ भने छैन कि , आज जति पनि फोर्स , दस्ता र बाहुबली भिजिलान्ते संगठनको सिर्जना गर्नु पर्ने खाँचो महशूश गरिँदै छ , त्यसको प्रेरक तत्व भने अरू कोही नभएर माओवादीको बाहुबली संगठन ‘वाइसिएल’ नै हो । जसरी हिजो हिंसारत एउटा माओवादी समूह , आज नेपाल राज्यमा क्रियाशिल एक सय बीस खुद्रे हिंसावादी संगठनहरूको प्रेरक गुरू हो वा ‘जननी’ हो , त्यस्तै राजनैतिक पार्टी वा समूहले अस्तित्वरत रहन वा काम गर्न सक्ने हुन आफ्नै लिग, फोर्स, दस्ता वा भोलिण्टियर फोर्स गठन गरी तिनको सुरक्षा कवच भित्र रहेर काम गर्न पर्ने आवश्यकता ठान्न वाध्य हुनु र त्यसै गर्न पुग्नुमा सायदै माओवादी ‘वाइसिएल’ को कारक भुमिका रहेको कुरामा कसैको दुई मत होला ।


August 16, 2010

दिल्लीका बांदरहरु

Monkeys of Delhi, हजुर दिल्लीका बांदरहरु। दिल्ली २ पटक पूगे पनि बांदरसंग जम्काभेट कहिल्यै भएन। फेरी आफ्नै गाउंमा बांदर धपाउदा धपाउदा वाक्क भएको म दिल्लीमा पनि बांदर भेटे,घरै पिंडालु बनै पिंडालु जस्तै वाक्क हुन्थे होला। हालसालै दौंतरीमा नेपाली ब्लग सर्कल राखिएको छ। त्यसैमा माथीनै monkeys of Delhi भनेर पोस्ट राखिएको रहेछ। नेपाली ब्लग प्राय कि त राजनितीमा केन्द्रित हुन्छन कि त गजल,कबितामा। नेपालमा काम चलाउ सरकारले महिना काट्दा भारतिय नेताहरु नेपाल यात्रा गर्ने क्रम बढ्दो छ। नेपाली नेताहरुलाई भारतिय नेताको नेपाल भ्रमण पबित्र लागे पनि नेपाली जनता त्यसबाट वाक्क छन। सायद त्यही भएर कुन चांही ब्लगरले बेला बेलामा
 नेपाल धाउने भारतीय नेतालाई बांदरको पगरी गुथाइदिएछन भनेर monkeys of Delhi को ब्लगमा छिरे। दिल्ली निवासी ब्लगर दिनेश वाग्लेलाई सांच्चैका बांदरले सारै दु:ख दिएछन। यती सम्म की फाल्न राखेको फोहोर पनि ढोकै अगाडी आएर छरपष्ट पार्दा रहेछन।


August 14, 2010

यो गतिरोध सरकार निर्माणको गणित मात्र हैन ।

-एकलव्य

माधव नेपालको राजीनामा पछि , अर्को सरकार बन्न नसकेको अहिलेको अन्यौलपूर्ण परिस्थितिलाई लिएर धेरै बुज्रुगहरूले आ-आफ्ना तर स्वाभाविक टिप्णीपणीहरू गरिरहेकै छन् । विकल्पमा सरकार बन्न नसकेकोको वर्तमानलाई हेरेर राजनीति गर्नेहरूलाई गाली गर्नु स्वाभाविक पनि हुनसक्छ , तर अहिलेको सरकार बन्न नसकिरहेको स्थिति भने अरू बेलाको भन्दा फरक र गम्भीर प्रकृतिको छ भन्ने कुरा पनि बुझिनु पर्छ । यो सरकार बिघटन, गठन प्रकृया र समीकरणहरू बन्न खोज्ने , भत्किने वा भत्काइने जुन सिलसिला चलेको छ , यो नेपालको राजनीतिक पद्धति भोलिका दिनहरूमा
  कुन बाटोमा अगाडि बढ्ने भन्ने गहन मुद्दासंग बढी सरोकार राख्ने विषय हो न कि तात्कालिक रूपमा सरकार बनाउने वा गिराउने चलखेल मात्र । यसैले सामान्य किसिमले ‘ जाबो सरकार पनि बनाउन सहमति गर्न नसक्ने हुतिहारा नेताहरू ‘ भनेर गरिने सामान्य उपबुज्रुक टिप्पणीहरूले , नेपाली राजनीतिको सबैभन्दा गहन चूरोलाई बुझ्न नसकेको देखिन्छ ।


June 19, 2010

असुरक्षित पूर्वोत्तर भारतका नेपालीहरूको पीडा

- कृष्ण पौडेल

बिगत केही हप्ताहरूदेखि नेपाली छापा र मिडियाका माध्यमहरूमा भारतको पूर्वोत्तर राज्य मेघालयका नेपालीहरूको दु:ख र पीडाले चर्चा पाएको छ । मेघालयका रैथाने खासी जातिले त्यहाँ सदियौँ वा दशकौँदेखि श्रमिक र पशुपालन व्यवसायमा लागेर जीवनयापन गरिरहेका नेपाली भाषीहरूमाथि गरेका हिंसात्मक आक्रमण , २० औँ नेपालीको हत्या र त्यसकारण सिर्जित मानवीय उत्सर्जनका घटनाहरूले नेपाली मिडियामा प्रशस्त ठाउँ पाएको देखिएको छ ।

स्थानीय खासीहरूले मेघालयका पहाडी क्षेत्रहरूबाट सयौँ नेपाली परिवारहरूका घर गोठहरू जलाएका छन् वा बलजफ्ति विस्थापित गराएका छन् । यी परिवारहरु सहाराबिहीन बनेर छिमेकी राज्य आसाम र बंगाल हुँदै नेपाल फर्किन थालेका समाचार पनि आइरहेका छन् । हामी नेपालीहरू मध्ये कतिपयलाई लाग्न सक्छ , यी नेपालीहरू को हुन् र कहिलेदेखि त्यहाँ पुगेर बसोवास गर्न थाले त ?

यी मध्ये कतिपय परिवारहरू विगत केही सय वर्ष भन्दा बढी समयदेखि भारतमा छरिएर रहेका हुन् भने अरू कामको खोजीमा नेपालबाट अस्थायी समयका लागि त्यहाँ पुगेका छन् । भारतको आसाम लगायत पूर्वोत्तर राज्यहरूमा ३,४ सय वर्ष अघिदेखि बसोवास गरिआएका नेपालीहरूको जनसंख्या पनि उत्तिकै विशाल छ । संख्या निश्चित किटेर भन्न नसकिए पनि , भारतका बिभिन्न प्रान्तमा छरिएर रहेका नेपाली भाषीहरूको संख्या ६० लाख देखि १ करोड बीच रहेको अनुमान छ । यो संख्या मध्ये , सिक्कीम, दार्जिलिङ गोर्खा पार्वत्य परिषद, उत्तराञ्चलको देहरादून वरिपरि पुस्तौँदेखि बसोवास गरिरहेको मोटामोटी १०-१५ लाख नेपालीहरू मात्र तुलनात्मक रूपमा सुरक्षित छन् । नेपालीहरूको सघन बसोवास क्षेत्रमा रहेका हुनाले अपेक्षाकृत रूपमा सुरक्षित जनसंख्या हो यो । हुनत दार्जिलिङ क्षेत्रमा पनि नेपालीभाषीहरू बीच नै गोर्खाल्याण्ड आन्दोलनको विषयमा पक्ष विपक्ष बनेर संघर्ष जारि छ र त्यहाँ नेपाली समूहरू बीच नै हिंसाका घटनाहरू फाटफुट देखिने गर्छन । तर पनि , यी क्षेत्रहरूबाट यी छिटपूट संघर्षका कारण नेपाली भाषीले आफ्नो थातथलो छाडेर हिँड्नु पर्ने अवस्था नआउला भन्न सकिन्छ ।



June 16, 2010

खाने पेटमा लात हान्ने को?

पापी पेट,भोक लागे पनि नलागे पनि ज्यान जोगाउन २ छाक मूखमा राख्नै पर्छ। फेरी त्यो छाक टार्न खानाको जोहो गर्नैपर्यो। गडेउलो भए त माटो खाएर बस्नु,मान्छेको जातलाई माटो त के ढुंगो पनि पेटमा पर्नुहुंदैन। अन्नपानी नै चाहियो। पानि त कलधारामा भेटिएला,अन्न कताबाट ल्याउने? बन्द,चक्काजाम,लुटपाट आदी हुंदा अन्न बटुल्नै नसकिने अबस्था छ। न त मर्नु न त बांच्नु। यो उखान टुक्का होइन प्राय नेपालीको जिबनकथा हो।

राणा,शाहा आदीले शोषेर यांहा पुर्याए अब कांहा अन्न पाउनु,कोही कुर्लेलान। राणा त ईतीहांस भइसके,अब शाहा पनि फोटोमा सिमीत छन। अझै किन पेट भर्न गार्हो? राजनितीको सदस्यता बोकेका कड्केलान,फलानो पार्टीले गर्दा यस्तो भएको हो। तर त्यो कड्काइले एकछिन मान्छे


May 12, 2010

फेरियो पार्टीहरुको बोली

मैले केही पहिले भनेको थिए - जब नेपालमा कुनै देशको पाईखाना मन्त्री आउंछ,नेपालका पार्टीहरु हरेक घरमा चर्पी बनाउने उर्दी जारी गर्छन। त्यसको केही दिन पछी पून सबै खोल्सा,खोल्सी,बाटोको छेउ छाउमा दिशा बस्न जान्छन।

फेरी हिज आज त्यस्तै भएको छ। आमहडताल भन्दै मसान बोकेर आएको माओबादी जब एमाले र कांग्रेससित भैसेपार्टीमा नर्वेका राजदुतसंग भेट्न गयो लुत्रुक्क परेर मसान तिरै लाग्यो। खै कुरो के भयो त थाहा छैन तर हल्लामा चांही सरकार परिबर्तनमा कुरो भाको थियो रे। ति राजदुतले के मोहनी लगाए कुन्नी माओबादीले आफ्नो हडताल फिर्ता लियो। तिनीहरुका कार्यकर्ता कोही हटएट्याक भएर परमधाम पूगे केही रुंदै गाउं फर्किए। तर सहरका सुकिला बुद्दिजीबी भने माओबादीसंग खुबै


November 19, 2009

Ethnic federalism लाई Natioanlity based भनेर व्याख्या गर्ने प्रयास, किन ?

डाक्टर मंगलसिद्धि मानन्धर ( नेवार विद्वान ) र परशुराम मेघी गुरूङ ( जनजातीय एमाले नेता ) लगायतको एउटा समितिले ड्राफ्ट गरेको , नेकपा एमाले दलको नया नेपालका लागि जातिय संघियताको खाका हिजो नेपाली छापाहरूमा सार्वजनिक भएको छ । एमाले पार्टी भित्रकै अर्को प्रभावशाली समूहले यसको औचित्यतामा प्रश्न उठाएको भए तापनि , यसको एक प्रति संविधानसभाको राज्य पुनर्संरचना समितिमा बुझाइसकिएको स्थितिमा यसैले नै वैधता हासिल गर्न सक्ने सम्भावना बलियो भाएको छ । एमालेले सार्वजनिक गरेको यो खाका हुबहु नभए पनि अधिकांश रूपले , माओवादी दलको अवधारणासंग मिल्दो जुल्दो रहेको छ । झलनाथ खनाल नेतृत्वमा रहेको एमाले पार्टीको अहिलेको संस्थापन पक्षका आधा जसो नेताहरू, अहिले पनि माओवादीसंग नै हरेक कुरामा कार्यगत तरिकाले एक भएर मुलुकको राजनीतिमा अगाडि बढ्नु पर्छ भन्ने मान्यता राख्ने भएकाले पनि यो बुझ्न गाह्रो छैन कि, यही पक्षको नेतृत्वको निर्देशनमा जातीय संघियता सन्दर्भमा समेत माओवादी अवधारणालाई एमालेले लगभग सोह्रै आना अनुकरण गर्न खोजेको छ । दुवै पार्टीका प्रस्तावित केही राज्य वा प्रदेशहरू केवल जातिका नाममा हुनेछन् र तिनका नामहरू: लिम्बुवान, खुम्बुवान, ताम्सालिङ, नेवा:, तमुवान, मगराँत, थारुहट रहनेछन् ।

अहिलेको संविधानभाको बनोटका आधारमा , पहिलो ठूलो पार्टी माओवादी र तेस्रो पार्टी एमालेको जातीयतावादी संघियताको अवधारणा मिल्न जानु भनेको निकै ठूलो निर्णायक प्रभाव पार्न सक्ने कुरा हो । जातीयतावादी संघियताको खरो बिरोधमा उत्रेको एक मात्र पार्टी मोहन विक्रमको नेकपा एकीकृतको संविधानसभामा कमजोड उपस्थिति एवं अन्य जातीय संघियता बिरोधी दल मध्ये दोस्रो ठूलो दल कांग्रेस र ऊ लगायतका दलहरूको समीकरण त्यति बलियो वा निर्णायक बहुमतमा नरहने स्थितिमा बहुमतका आधारमा निर्णय गरिने अवस्था पैदा भएमा , कम्युनिष्ट घटकहरूको जातिय संघियता नै भावी नेपालको लोकतान्त्रिक गणतन्त्रको स्वरूप हुने सम्भावना यस परिप्रेक्ष्यमा प्रबल बनेको महसुस हुनु स्वाभविक हो ।

जातिय संघियतामा हुरुक्क हुने दलहरूको रोचक कुरा त के छ भने जातिय संघियतामा जाँदा जाँदै पनि र मुलुकलाई जातियताका आधारमा पुनर्नक्शांकन वा सीमाङ्कन गर्न खोज्दा पनि , यसलाई जातियता कै आधार हो भनेर स्वीकार्ने सामर्थ्य भने देखाउन सकेका छैनन् । कामरेड बाबुराम भट्टराईदेखि डाक्टर मानन्धरसम्मको दलील छ , राज्यको पुनर्संरचना माथि उल्लेख गरिए झैँ जातिय आधारमा हुँदा पनि , यो इथ्निसिटी मा आधारित नभएर नेस्नालिटी मा आधारित हो रे ! तर उनीहरूले जे दावा गर्ने गरे पनि , तिनै पार्टीका अरू दस्तावेजहरू भने यो भाषामा बिमति जनाइरहेका देखिन्छन् । उदाहरणका लागि , माओवादीका प्रभावशाली नेता र सो पार्टीका संघीय पुनर्संरचनाको खाका तयार पार्ने जिम्मेवारी पाएका नेता देव गुरूङ् भने नया नेपालको संघीय स्वरूपले अहिलेसम्म खस बाहुन राज्यवादी संरचानले दमित बनाएका जनजातिहरूका नाममा अग्रधिकार समेत व्यवस्था गरिएको आत्मनिर्णयको अधिकारले सम्पन्न राज्यहरूको व्यवस्था गरिनेछ । यसको अर्थ यो पनि हुनसक्छ , उदाहरणका लागि तमुवानमा बसोवास गर्ने गुरुङ वा विशेष अधिकार प्राप्त कुनै निश्चित जातीले जग्गा वा संपत्ति आर्जन वा दर्ता , कर वा अन्य कुरामा जुन कानूनी व्यवस्थाको पालना गर्नेछ त्यो , त्यही प्रदेशमा बसोवास गर्ने अन्य जातिका लागि अलग प्रकारको पनि हुन् सक्नेछ । अग्राधिकारको अर्थ त्यही नै हुन आउँछ भने स्वायत्तताको आत्मनिर्णयको अधिकारले भने मुलुकको संघमा रहने वा नरहेर स्वतन्त्र मुलुकको रूपमा छुट्टिने भन्ने अधिकार सम्बन्धित राज्यको सरकारले चाहेमा संवैधानिक प्रकृया अनुसार जनमत संग्रह आदिबाट गर्न पनि सकिनेछ ।

जे होस्, प्रयोग नौला र नया हुन खोज्दै छन् । एक मधेश एक प्रदेश चाहनेहरूको मागमा , पहाडी जनजातिका लागि मात्र जातिय राज्य पस्किने तर उनीहरूको माग संबोधन हुन नसक्ने स्थितिले कुन तरंग पैदा गर्ला त्यो भविष्यको गर्भमा नै छ । अस्ति भर्खरै , एक मधेश एक प्रदेश नबने अरू कुनै प्रदेश बन्न दिइने छैन भन्दै तराईमा बसिसकेका पहाडी नेपालीलाई राज्यमा अंगीकृत नागरिकता दिन सकिनेछ भन्ने गर्जन गर्ने फोरमका जय प्रकाश गुप्ता र अन्य तराईया दलका प्रतिकृयाहरू भोलि कस्ता रूपमा आउने हुन र तिनको प्रभाव कहाँ कस्तो हुने हो त्यो कुराले पनि हाम्रो भावी नक्सामा अरू धर्सा थप्लान् वा हटाउलान् हेर्न बाँकि नै छ । यो कुरा देखिए जस्तो सजिलो त अवश्य छैन नै । य संघियताको गोलचक्ककरमा फँसेर , युगोस्लाभिया, पूर्व रसिया , नाइजेरिया , रुवाण्डा वा सुडान बन्ने अथवा , अरू कुनै समुन्नत मुलुक जस्तो नया नेपाल बन्ने भन्ने विषय नेपाली भविष्यको अत्यन्त पेचिलो प्रश्न हुनेछ । किनभने १९९० को विश्व राजनीतिको परिवर्तनमय दशक र त्यसपछि संसारका बिभिन्न मुलुकमा देखापरेका वा उठाइएका जातिय विषयहरू अनि यस्तो संघियताको बाटो अधिकांसत: सुखद रहेका भने छैनन् । हामीले आशा गर्नैपर्छ, नेपाल एउटा अपवाद बनोस् यो लहरमा । तैपनि , जातिय संघियतामा मुलुकको नक्सा बाँडेर पनि कामरेड बाबुराम र डाक्टर मानन्धरले, यो इथनिक बेस्ड हैन नेस्नालिटी बेस्ड संघियता हो भनेर अर्थ्याउन खोज्नुको मनसाय भने बुझ्न सकिएको छैन ।