धादिङ, हाल इटलीबाट
तिम्रो लागि आज एउटा गजल लेख्छु सानु
कस्ती भयो भरेराती सपनीमा देख्छु सानु
तुफ।न आओस आधी चलोस हामी दुईको गन्तब्यमा
पहाड जस्तै स्थिर भई जीवन भरी छेक्छु सानु
वाचा भयो तिमीलाई आफ्नै बनाउने
जे जे परोस यो भाग्यमा सबै थेग्छु सानु
टाढा हुन सक्दिन तिमी बिना अब एकपल
झझल्कोमा कहिलेकाही त सिरानीलाई चेप्छु सानु
शुन्य लाग्छ सारा कुरा समिपमा भइनौ भने
तिमी खुशी भए मात्र शिखर टेक्छु सानु


