November 30, 2009

ब्लगर भेला - एक उच्च सफलता

अगष्ट १ मा भएको ब्लगर भेला एउटा राम्रै सफलता भएको जस्तो लाग्छ। हुन त भन्नुहोला, आफैं भेला गराउने आफैं सफलता भन्ने? सफलताको स्वाद नेपाली ब्लगर्स इमेल समुहमा सामेल ब्लगर मित्रहरुले चाखी सक्नुभएको होला। हुन त अझै कती ब्लगर मित्रहरु यो इमेल समुहमा सामेल भइसक्नुभएको छैन तर आजको मितीमा करिब १५० जना ब्लगर मित्रहरु ब्लग सम्बन्धी जिज्ञासा,गुनासो सिधा राख्न सक्नुहुनेछ। यो ठुलै उपलब्धी हो। यसरी एक आपसको सहयोगबाट पक्कै पनि धेरै ब्लगरहरु लाभान्दीत हुनुभएको छ। ब्लगर भेलाको दिन देखी यो अबस्था सम्म ल्याउन नया पुराना ब्लगहरुले प्रतक्ष अप्रतक्ष रुपमा ठुलो योगदान दिनुभएको छ।

नेपाली ब्लगर्समा देखीएको ठुलो बिक्रिती हो सामाग्री चोरी। नेपाली ब्लगका प्रखर ब्लगर दिलीप आचार्यका कैयौं सामाग्री चोरिएको भटेपछी दिलीप जी आफैं चोरको खोजीमा लाग्नुभयो। उहांले चोरलाइ पक्डनु मात्र भएन चोरिएका सामाग्रीको क्रेडिट दिन कपिमास्टर बाध्य भए। दिलीपजीले इमेल समुहमा यि सबै अनुभव बांडेर हामी सबैलाइ सामाग्री चोर्नेलाइ कसरी कान पुछ्छर गर्ने भनेर आइडिया दिनुभयो । हालसालै ब्गलर अन्जलीका सामाग्री पनि चोरिएको पत्तो लाग्यो। उहांले पनि सामाग्री कपी गर्नेलाइ क्रेडिट दिन अनुरोध गर्नभयो तर अहिले सम्म चोरिएको सामाग्रीमा क्रेडिट दिइएको छैन। आज अरुको सामाग्री चोर्नेले भोली तपाइ हाम्रै सामाग्री चोरेर राख्न सक्छ।यस्तो अबस्थामा हामी सबै ब्लगर मिलेर चोर्नेको ब्लगमै गएर सामाग्री कपि गर्नेलाइ कमेन्ट लेखेर हतोस्ताहित गर्न सक्छौं। ब्लग सामाग्री चोरीको समस्या समाधान गरे नेपाली ब्लगको स्तर मात्र बढ्दैन, पाठकको संख्यमा पनि उलेख्य ब्रिद्धी हुन्छ। एउटै सामाग्री १० ठाउंमा भेटीने समस्या पनि छ। यस्तो अबस्थामा सर्जक केही समय लोकप्रिय त होलान तर त्यो केही समयको लागि मात्र हुनेछ। यस्ले तपाइको ब्लग,सर्जकको स्तर घटाउनुको साथै पाठकहरुलाइ अन्याय हुन जान्छ जसबाट पाठकहरु तपाइको ब्लगबाट मात्र होइन नेपाली ब्लग जगतबाटै हराउन सक्नुहुनेछ।

नेपाली ब्लगर्स इमेलमा गुगलको याड राख्ने र फाइदा उठाउने कुरा पनि निकै चर्चामा रह्यो। ब्लग भनेको बिचार,सामाग्री प्रस्तुत गर्ने ठाउं हो। तपाइको साइटमा गुगल याड जती क्लिक हुन्छ त्यही अनुसार तपाइले आम्दानी गर्न सक्नुहुनेछ। त्यही होडमा लागेर नेपाली ब्लगरहरु याडको धुनमा इमेल समुहमा सहयोग माग्नु भएको छ। तपाइको सामाग्री कमसल भए पक्कै पनि धेरै पाठकहरु आउनु हुदैन। कम पाठक तर धेरै क्लिक भए गुगलको रोबटले तपाइले अनिमियता गरेर आम्दानी गर्ने खोजेको बूझ्दछ र तुरुन्तै तपाइको याड सेन्स अकान्ट बन्द हुन्छ। यसको अनुभव नेपालका ठुला साना ब्लगरहरुले भोगी सकेको कुरा हो। यसरी जबरजस्ती क्लिकको धन्दा तिर लाग्नुभन्दा पठनिय सामाग्री राखेर पाठकको संख्या बढाउनुहोस, धेरै पाठक भएपछी केही पाठकले पक्कै पनि चाहिने गुगल बिज्ञापन हेर्नुहुनेछ, त्यसबाट पक्कै पनि तपाइले आम्दानी गर्नसक्नुहुनेछ। सामाग्री नराखी याड क्लिकको धन्दामा लाग्नुभए सुनको अन्डा पार्ने कुखुरालाइ काट्नु सरह हुनेछ।

नेपाली ब्लग जगतमा देखिएको अर्को समस्या हो सुद्दा सुद्दी। यो हाम्रै भाषा हो, सुद्द बोल्न नसक्ने त कुरै भएन। लेखनमा भने नेपाली भाषा निकै कठिन मानिन्छ। एउटै कुरा पुरुष मानिए ह्रश्व स्त्री मानिए दिर्घ, एकदमै अनौठो भाषा हो। तर प्रयास गरे केही झिना मसिना बाहेक पक्कै पनि शूद्दतामा सफलता मिल्नेछ। अंग्रेजी भाषाले नेपाली भाषा भन्दा प्राथमिकता पहिरहेको अबस्थामा अशुद्दै भएपनि नेपाली भाषाका ब्लग फस्टाउनु राम्रै कुरा हो। कतिपयले युनीकोड प्रयोग नगरी नेपाली टेम्प्लेट प्रयोग गर्दा भाषा शुद्दतामा समस्या आउंछ। युनिकोड कसरी प्रयोग गर्ने गुगल इमेल समुहमा ब्याख्या गरिएको छ,यस्को लागी ब्लगर मित्रहरुलाइ धेरै धेरै धन्यबाद। कहिले कांही हतारमा लेखेर पोस्ट गर्नाले पनि शुद्दा शुद्दीमा समस्या आउंछ। यस्तो अशु्द्दता हटाउन त पून एक पटक आंफै पढेमा सजिलै संग हटाउन सकिन्छ।

कतीपय ब्लगहरुलाइ ब्लग लेखन के का लागी भन्ने पनि अष्टपटता भएको जस्तो लाग्छ। ब्लग लेखनले आफ्ना बिचार,सिर्जनाहरु कसरी उत्क्रिष्ठता पूर्बक राख्ने सिकाउंछ। लेखनको अभ्यास र समयसंगै आफ्नो उत्क्रिष्ठ प्रस्तूती ब्लगमा मात्र होइन तपाइले आफ्नो कार्यक्षत्रमा पनि प्रयोग गर्नसक्नहुनेछ। साथै पाठकहरुले पनि असल बिचार सिक्नुका साथै आफ्नो भनाइ सहितरिकाले कमेन्ट बक्समा प्रस्तुत गरेर आफ्नो प्रस्तूतीमा निखारता ल्याउन सक्नुहुनेछ। यस्तो उपलब्धीको लागी नेपाली ब्लगर्स पक्कै पनि कोसेढुंगो हुनेछ। ब्लग भेला गरेको करिब करिब ४ महिना भइसकेछ। सबै ब्यस्त हुने र भेलाको उत्तम समय मिलाउन गार्हो हुने हुंदा छोटो समयमा ब्लग भेला गर्नु त्यती उपयोगी हुदैन भने लामो समय पछि भेला गरे ब्लगर बिचको चिनजानै हराउन बेर लाग्दैन। ठ्याक्कै समय नतोकिए पनि छ-छ महिनामा भेला गर्दा उत्तम होला जस्तो लाग्छ। सबैलाइ यो कुरा ठिक लागे आउंदो फेब्ररी १ मा पक्कै पनि दौंतरीको चौतरीमा सबै ब्लगरहरु जम्मा भएर भला कुसारी गरौंला। नेपाली ब्लगर्सहरुलाइ प्रोत्सान गर्न फेसबुक,टुइटर आदी सामाजीक साइटमा आफ्ना कुराहरु राख्दैगर्नुहोला।
शुभ ब्लगिगं



November 28, 2009

शिक्षा क्षेत्र र विश्वविद्यालयलाई राजनीति ( विकृति ) मुक्त हुन नदिने ?

कुनै पनि मुलुकको मानवीय विकासको समग्र स्तरको मापन त्यो मुलुकको शैक्षिक गुणवत्ताका आधारमा प्रमाणित देखिने कुरा हो । प्राकृतिक सम्पदा र अन्य नैसर्गिक संसाधनले रहित भएर पनि दक्षिण कोरिया, ताइवान, सिंगापुर, हङकङ तथा अन्य कतिपय आकारमा साना युरोपेली मुलुकहरूले शिक्षालाई सर्वोच्च महत्व दिएर , मानवीय संसाधनको निर्माण, विकास र संवर्द्धनलाई अँगाल्नाले आज विकसित मुलुकको कोटिमा पुग्न सकेका छन् । तर, अकूत प्राकृतिक निधिले सुसज्जित कतिपय मध्यपूर्वी र अफ्रिकी देशहरू ती सम्पदालाई उकेरा दिने मानवीय जनशक्तिको अभावमा आज पनि माथि उठ्न सकिरहेका छैनन् । आधुनिक चीन र भारतको विकासमा , स्वदेश र विदेशमा शिक्षित बनेका पूर्व विद्यार्थी र आप्रवासी 'डायस्पोरा'को कोषे ढुङ्गाको रूपमा योगदान छ भन्ने कुरा पनि समस्त विश्वले स्वीकारेको छ । विकसित मुलुक अमेरिकी सभ्यताको आधार भनेको त्यहाँका विश्व विद्यालय र अनुसन्धान संस्थाहरू नै हुन । आज संसारभरका विद्वत र दिग्गजहरू जीवनमा एक पटक भए पनि अमेरिकी विश्वविद्यालय र अनुसन्धान संस्थाहरूको सम्पर्कमा आएर आफ्नो शैक्षिक स्तरोन्नतिमा एउटा अतिरिक्त ' हलमार्क' लगाउँदा गर्वोन्नत महशुस गर्छन् । आफ्ना २००० भन्दा धेरै स्तरीय र मझौला विश्वविद्यालय रूपी कारखानाहरूमा अमेरिकी सोध, खोज , अध्ययन र अनुसन्धानका नुस्खाहरू बोकेर जब , विद्यार्थीहरू स्वदेश फर्किन्छन् त्यसपछि अमेरिकाको घोर विरोध गर्नेहरू पनि ती विद्वानहरूको क्षमताको सदुपयोगलाई महत्व दिन थाल्छन् । शिक्षाको यही महत्वलाई वोध गरेर , कामरेड माओको शेष पछि चीनका नेता देङ सियायो पिङले प्रति वर्ष ५० हजार चीनिया विद्यार्थीलाई सरकारी छात्रवृत्तिमा अमेरिका पढ्न पठाउने योजना शुरू गरेका थिए । यसरी शिक्षाको महत्व बुझेर अनि पढेर स्वदेश फर्किनेहरूलाई राज्यका उच्च ओहदामा नियुक्ति दिएर एवं राजनीतिज्ञहरूले तय गरेका योजनाहरूलाई कार्य रूपमा उतार्दै जाँदा अहिलेको चीनले विकासको यो गति पक्रिन सकेको हो । किनभने चीनियाहरूको उखान छ ' असल भविष्य चाहन्छौ भने , शिक्षालाई महत्व देऊ' ।

पृष्ठभूमिमा यति धेरै कुरा गरे पनि , हाम्रो मुलुकको समग्र शिक्षा व्यवस्था र मुलुकको ९५ प्रतिशत भन्दा बढी उच्च शिक्षाको दायित्व बोकेको पुरानो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालयको स्थिति बेहाल छ । केही निजी गैरसरकारी विश्व विद्यालयहरूको हालत पनि खासै राम्रो नरहेको स्थितिमा अर्को नाम मात्रको संस्कृत विश्वविद्यालयको खासै चर्चा गर्नु पर्ने कुरै रहेन । अनुदानको निगाहमा शिक्षा क्षेत्र जिम्मा लगाउने सरकारी रवैया , शिक्षा र अनुसन्धानको नाममा बिदेशी दाताहरू संग मागेको रकम मध्येबाट पनि छुट्याइने थोरै मात्र अनुदानका आधारमा आफ्ना समग्र गतिविधी चलाउनु पर्ने विश्वविद्यालयको वाध्यता बीच , त्रि वि विको हालत पछिल्ला वर्षहरूमा चरम राजनीतिकरण र दलीय भागबण्डा , विद्यार्थी अराजकता र बजेट अभावका बीच दिनानुदिन जीर्ण बन्दै गएको देखिन्छ ।

सँधै आन्दोलन र क्रान्तिको यज्ञकुण्डमा हवनका होता बनिरहने नेपाली विश्वविद्यालयका विद्यार्थीले यस पाली पुन: एउटा कारण फेला पारेका छन र सबै कुरा आगो लगाउन तम्तयार रडाकोमा व्यस्त देखिएका छन् । हास्यास्पद सुनिने दुई कप चियाको मूल्य जति मासिक शुल्कमा विद्यार्थी पढ्न पाउनु पर्ने अपेक्षा बोकेका बाँकि संसारबाट नदारद हाम्रो कथित विद्यार्थी जमात र पढाउने गरेको विश्वविद्यालयले १० गुणा शुल्क बढाएको बहानामा आजका राजनीतिक गोटीरूपी भोलिका कथित कर्णाधारहरू , आन्दोलनको तमाशामा हामफालेर लागेका देखिन्छन् । निरिह विश्वविद्यालय , यसका पदाधिकारीहरू अनि यसका जागिरे शिक्षकहरू किंकर्तव्यविमूढ छन् । कति शुल्क तिर्नु पर्ने हो , विश्वविद्यालयले कति विद्यार्थीको भारी बोक्नु पर्ने हो , सरकारको आर्थिक दायित्व कति हुनु पर्ने हो र समष्टिमा देशको शैक्षिक प्राथामिकतामा के र कति कुराहरू पर्छन् , यो कसले बुझ्नु पर्ने वा बुझाउनु पर्ने हो सबै कुरा अनुत्तरित नै देखिन्छ ।

मुलुक नै गति र दिशाहीन भए पछि , यसका सबै पाटपूर्जाको नियति उस्तै हुने हो । अपठित, भुस्तिघ्रे सम्पूर्ण विकृतिका संरक्षक करिमा बेगम र यस्तै बाहुबली प्रभृतिका खलनायकहरू राजनेता बन्ने र सरकारको जिम्मेवारीमा ढलीमली गर्ने निर्धो नियति भएको हाम्रो जस्तो देशमा , मुलुकको शिक्षा क्षेत्र र विश्वाविद्यालयले कुन प्रार्थामिकता हासिल गर्नु पर्ने हो त्यो कुरा 'भाड मे जाए' हुने नै भयो । शिक्षा क्षेत्र भनेको , दलहरूको राजनीति बोक्ने युवा दस्ता तयार गर्ने 'नर्सरी' न हो , यहाँ पढाइले महत्व पाउन थाल्यो भने त राजनीतिको सडक तमाशा कस्ले देखाइदिन्छ ? दलको मान्यता यही त हो जहाँ विश्वविद्यालय र विद्यार्थी कारखाना मजदूरको रूपमा 'ट्रेड युनियन' को भूमिकामा खटाइएका छन् र विद्यार्थी नेताहरूले सहर्ष स्वीकारेर यो कुरालाई अपनाइरहेका छन् । त्यसैले त विद्यार्थी डफ्फा विश्वविद्यालय कार्यालयमा खुकुरी र हतियार बोकेको झुण्ड बनेर प्रवेश गर्छ र पदाधिकारीलाई 'नतिजा देखाइदिने' धम्कि दिन्छ। यो त्यस्तो विद्यार्थी झूण्ड हुने गर्छ जसले सरकारसंग विश्वाविद्यालयका लागि रकम व्यवस्था गर्ने माग गर्नु भन्दा , निरिह पदाधिकारीलाई कालो मोसो धस्नुमा आफ्नो पराक्रम ठान्छ, भवन जलाउनुमा , तोडफोड गर्नु र पदाधिकारीलाई सफायाको चेतावनी प्रक्षेपण गर्नुमा आफ्नो वीरता अनुभव गर्छ । के गर्ने , मुलुकमा हिंसा , हतियार र गुण्डागर्दीको बोलवाला भए पछि , आँफै व्यारेक बनाएर सपरिवार कथित बिद्रोही शिविरमा बस्ने हरूका लागि मुखले मागेको रकम ( अरबौँ ) हाजिर हुने गर्छ , तर विश्वविद्यालय जस्तो मुलुकको प्रतिष्ठासंग गाँसिएका गौरवहरूलाई सम्भार गर्ने मन र विवेक भने कतै दृष्टिगोचर हुँदैन ।

के विश्वविद्यालय शिक्षा , यति सहज, सुलभ र सार्वजनिक बस अड्डा जस्तो सस्तो हुन जरूरी छ ? के सरकारबाट पर्याप्त संरक्षण नपाएपनि , विश्वविद्यालयले राज्यको सम्पूर्ण अनुत्पादक र अराजक युवा पुस्तालाई डोकोमा बोकेर चल्नु पर्ने वाध्यता छ ? के राजनीति र तमाशा मञ्चनको लागि नै हाम्रो शिक्षा क्षेत्रको उपयोग हुन दिएर मुलुकलाई चाहिने उपयुक्त जनशक्ति प्राप्त होला ? हामीलाई उपयुक्त जनशक्तिको खाँचो नै छ कि छैन ? के हो त हाम्रो शिक्षा क्षेत्र र विश्वविद्यालयले लिनु पर्ने दिशा र दशा ? चाहिँदैन भने विश्वविद्यालयहरू बिघटन गरेर , ब्यारेकहरूले विस्थापन गर्दा चाहिएका वफादार जोदाहाहरू तयार पार्न सजिलो हुन्थ्यो कि !


November 26, 2009

पशूबध रोकौ

हस्त गौतम मृदुल

म जस्तै उ जीव हो, हत्या नगर
ज्यानको आशा सवैलाइ हुन्छन,फत्ते नगर
शान्तिमा जिउनु छ,सुख नखोस
निर्दोष प्राणी निरही ठानी, मृत्यु नहोस
यस्ले नबोल्न सक्छ, न गुनासो पोख्न सक्छ
प्राणी हत्या अपराध भनी, कस्ले रोक्न सक्छ
म जस्तै उ पनि ..............................


November 23, 2009

ब्लग गफ दिनेश राज ज्ञवाली संग

Dinesh Raj Gyawaliदौँतरी साझा ब्लग भएकोले अन्य ब्लगरहरुको वा समष्टिमा नेपाली ब्लग जगतको उत्थान नै दौँतरीको पनि सफलता हो । यसै प्रसंगमा, संसारभर छरिएर रहेका नेपाली ब्लगरहरुसंग भलाकुसारी गर्ने क्रममा यसपाला निम्त्याएका छौं केही बर्ष देखी जापानमा आफ्नै व्यबसाय गर्दै रहनु भएका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरका अध्यक्ष यबं अनेसासको मुखपत्र “अन्तर्दृष्टि”को सम्पादक मण्डलीमा समेत रही नेपाली भाषा-सहित्य र कलाको लागि योगदान गर्दै आउनु भएका ब्लगर श्री दिनेश राज ज्ञवाली जी लाई ।

अब लागौं वहाँसंगको ईमेल संबाद तर्फ:

ब्लग खोल्ने बिचार कसरी आयो, ब्लग सुरु गरेपछिको तितो मीठो अनुभवहरु सुनाउनुस न ?
पहिला रचनाहरु कोर्दा कपि या नोटबुकमा कोरिन्थ्यो तर तिनीहरुलाई जतन गरेर राख्न नसकिने भएकोले धेरै रचनाहरु हराए , अनि रचनाहरु २-४ जना साथिभाइ हरुलाई सुनाएर सहि कमेण्ट पनि नआउने ,आफूले सुध्रिनु पर्ने ठाउँहरु पनि पत्ता नलाग्ने ,रचनाहरु पुस्तक को रुपमा प्रकाशन गरेपनि सबै ठाउँ ,क्षेत्रका पाठकहरु सम्म पुर्याउन नसकिने आदि दुर्गुणहरु हटाउनको लागि उपयुक्त माध्यम भनेको ब्लग जस्तो लागेर ब्लग लेखन आरम्भ गरेको हुँ ।

मलाई कम्प्युटरमा सामान्य ज्ञान मात्र भएको हुनाले रचना पोष्ट गर्ने कुरादेखिनै समस्या परेको थियो । तर त्यतिबेला ब्लग चलाइरहनु भएका बसन्त गौतम लगायतका साथिहरु सँग सोधपुछ गरेको थिएँ । अझै पनि समस्या परेको कुराहरु अनि थप नयाँ जानकारीहरु ब्लगर मित्रहरुलाई सोध्ने, अनि कम्प्युटरको क्षेत्रमा दक्ष ब्लगर साथिहरुको टाँसोहरु पढ्ने गर्दै बामे सर्ने कोशिस गर्दैछु ।

गजलले ब्लगर बनाएको हो कि ब्लगले गजलकार बनाएको हो ?

गजल म पहिला पनि कोर्थें, तर ब्लग सुरु गरेपछि केहि हद सम्म लेख्ने क्रम र निरन्तरता बढेको छ । अन्य ब्लगर मित्रहरुको सुझाबहरु अनि अलिकति प्रतिस्पर्धाको रहरले पनि मलाई समय मिलेसम्म गजल कोर्न अभिप्रेरित गरिरहेको जस्तो लाग्छ त्यसैले अहिले सोच्दा गजल ले ब्लग बनायो अनि ब्लगले गजललाई निरन्तरता दियो ।
गजल सुरा र सुन्दरीमा मात्रै बढी जम्छन कि अन्य विषयमा पनि लेख्न सकिन्छ ?

गजलको परिभाषामा सबैभन्दा बढी मतैक्यता भएको प्रेमालाप भन्ने अर्थलाई आधार मान्ने हो भने गजल प्रेमीप्रेमीका बिचको सम्बाद बाट शुरु भयो तर बिभिन्न समयहरुमा यस्ले आफ्नो क्षेत्रलाई फराकिलो पार्दै लगेको छ । अहिले देखिइरहेका गजलहरु पनि एउटै बिषयमा मात्र सिमित छैनन् ।हिन्दी र उर्दूमा केहि सुरा र सुन्दरी सम्बन्धि गजल राम्रा छन प्रख्यात भएका छन त्यसैले हामीलाई त्यस्तो लागेको मात्र हो । नेपाली गजलको कुरा गर्ने हो भने यो भन्दा बाहिरी बिषयमा धेरै गजल लेखिएका छन् जस्तो लाग्छ ।

• “बिदाइ को घडा राखेको प्रहर याद आयो । दुनियाँ देखेपछी बल्ल घर याद आयो । यो तपाईकै गजलको एउटा सेर हो । के घरको न्यानोपन घर छोडेपछि मात्रै बोध हुने नै हो त ?

घर हुँदा घरको माया पटक्कै नहुने या माया बोध नहुने भन्ने होइन, आफूसँग साथमा छ भने महत्व कति छ भनेर कसैले पनि सोचेका हुदैनन्। जब घरबाट टाढिइन्छ अनि महत्वको बारेमा बढि सोच्छन् त्यसैकारणले घर छोड्दा घरको, देश छोड्दा देशको बढि माया बोध गरिन्छ ।

नेपाली गजललाई बेला बेलामा खहरे र मौसमी बाढीको पनि नाम दिईन्छ, तपाईलाई कस्तो लाग्छ ?
गजलको बिशेषता भन्नु पर्छ यसले धेरैको मन आफूतिर आकर्षित गर्न सफल भएको छ। धेरै लेखिनु नराम्रो हो र ? धेरै मध्ये बाट पाठकहरुले राम्रो छान्न पाउनु भएको छ बिस्तार नराम्रो आफैं हट्दै जान्छन । राम्रा गजलहरु बाकी रहन्छन् । नेपाली साहित्यमा धेरै पछि मात्र छिरेको बिधाले धेरैको मन जित्नुनै ठूलो कुरा हो ।

गजल बनेपछि लेख्नु हुन्छ कि, लेखेर बनाउनु हुन्छ ?

त्यो दुईवटानै बिधि अपनाउँछु जस्तो लाग्छ । कहिले काहि लेख्छु भनेर पनि लेखेको पनि छु कहिले काहिँ सेरहरु तयार भएपछि लेख्न पनि बसेको छु । लेख्न बस्नु भन्दा पहिला मतलाको चाहि स्वरुप तयार गरिसकेको हुन्छु ।

विदेशमा बसेपछि नेपाल र नेपाली भाषामा बढि लगाव हुन्छ भन्छन के साँच्चै यस्तै हो त?

बिदेशमा अरुनै भाषाहरु बोल्नु पर्ने पढ्नु पर्ने बाध्यता भएकोले आफ्नो भाषा प्रति मोह पलाउनु स्वभाबिक नै हो। बिदेशमा थोरै मात्र नेपालीहरु भएकोले एकआपसमा भेट भएर आफ्नो भाषामा कुरा मात्र गर्न पनि रहर हुने भएकोले त्यस्तो देखिएको होला । मलाई लाग्दैन कि देशमा बस्नेको चाहि आफ्नो भाषाप्रति थोरै लगाव हुन्छ ।

१० बर्ष पछिको नेपालको बारेमा कस्तो कल्पना गर्नु हुन्छ ?

४६ बाट ५६ र ५६ बाट ६६ लाई फर्केर हेर्ने हो भने अबको दश बर्षमा केहि बिशेष होला जस्तो त लाग्दैन तर देशले राजनीतिक निकास पाउने हो भने दश वर्षमा धेरै परिवर्तन हुनसक्छ त्यसैले सकारात्मक आशा गरौं ।

आफ्नो र दौँतरी बाहेक तपाईलाई मन पर्ने अन्य ब्लगहरु कुन कुन होलान ?
प्राय सबै ब्लगहरु मलाई मन पर्छन । यो र त्यो मात्र छैनन्। सबैको आफ्नो आफ्नो छुट्टाछुट्टै बिशेषता भएकोले पनि त्यसरी छुट्याउन या तुलना गर्न सक्दिन ।

मन छुने गजलहरु लेख्नुहुन्छ, गजलकै कारणबाट कसैको मन त चोर्नु भाको छैन ?

त्यो आरोप अहिले सम्म लागेको छैन ,प्रतीक्षामा छु हा हा हा...।

नेपाली पत्रिका र ब्लग मध्य कुनलाई बढी विश्वास गर्नु हुन्छ ?
दुबैका राम्रा र नराम्रा पक्षहरु छन् । सहि हो कि हैन भन्ने यकिन भएपछि मात्र बिश्वास पलाउने हो । धेरै हदसम्म दुबैलाई बिश्वास गरिन्छ अनि केहि हदसम्म अबिश्वास पनि । समष्टिमा तुलना गर्नु भन्दा पनि पत्रिका मध्ये र ब्लग मध्ये भनेर छुट्याउँछौ होला हामी सबैले ।

दौँतरीलाई रोचक र राम्रो बनाउन के के गर्नुपर्ला ?

पठनीय सामग्रीहरु प्रशस्त छन् अहिले जसरी अगाडि बढेको छ त्यसमा निरास हुनुपर्ने अबस्था छैन । दौंतरीको आफ्नोपन नै बिशिष्ट रहेको छ यो क्रम चलिरहोस् बाँकी समयको माग अनुसार परिवर्तन त भइनै हाल्छ । तपाईंहरु जुन तरिकाले लागि रहनु भएको छ त्यो नटुटोस भन्ने कामना गर्न चाहन्छु ।
तपाईको ब्लगमा भएका तपाईलाई सबैभन्दा मनपर्ने तीन वटा चरनाहरु कुन कुन हुन ?

तपाईंले प्रश्न नगर्दा सम्म त्यसरी कहिल्यै छुट्याएको थिइन । मैले ब्लग सुरु गरेपछिका रचना मात्र ब्लगमा छन त्यहाँ बाट छुट्याउने हो भने मलाई मन पर्ने र अन्य पाठकहरुको प्राप्त प्रतिक्रियाहरुको आधारमा मन पराइएका गजलको मतलाहरुमा “पिडा मनमा बेरियो, अनि गजल केरियो । आफ्नो रहर शेरियो , अनि गजल केरियो। ” “बुझेर चोट पारियो ।अनि हाँसेर टारियो।” “कुरा बेग्लै थियो रातको ।आहा साहारा त्यो हातको ”हुन कि जस्तो लाग्छ ।

जापानको व्यस्त जीवनमा ब्लग र साहित्यलाई समय दिन कत्तीको अप्ठ्यारो मोल्नु परेको छ ?
नेपालका दिनहरु सँग तुलना गरेर भन्ने हो भने अलि गाह्रो नै छ । मेरो साहित्यमा बिशेष रुचि भएको कारणले जापान मा नेपाली साहित्य कला र संस्कृति को लागि लागि परेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) जापान च्याप्टरमा बिगत ५ बर्षदेखि सम्बन्धित रही हालै नेतृत्वमा पनि पुगेको छु ।समयको पाबन्दि त आफ्नो ठाउँमा छदैछ तर लगाव महत्वपूर्ण कुरा हो । सधैं साहित्य र ब्लग भनेर लागी पर्न गाह्रो भएपनि समय छुट्याएर लाग्न भने सकिएको छ ।

हामीले सोध्न बिर्सेको र तपाईलाई भन्न मन लागेको केही कुरा छ कि?

मैले ब्लग शुरु गरेको एक बर्ष पनि पूरा भएको छैन, तर धेरै ब्लगर साथिहरु सँग चिनाजानी हुनुका साथै धेरै साथिहरुबाट बिभिन्न बिषयका सर सल्लाह र सहयोग पाइरहेको छु उहाँहरुलाई धन्यबाद दिनुका साथै नयाँ साथिहरुलाई पनि ब्लग संसारमा स्वागत गर्न चाहन्छु

। अन्तमा दौंतरी टीमले मलाई यो लायक सम्झेर आफ्ना कुरा राख्ने मौका दिनु भएकोमा दौँतरी टिम प्रति आभारी छु ।

----       -------             ----------           ---------       ---------      ------      --------           --------          ------------  ----

दिनेश राज ज्ञवाली जीको ब्लग:-   यात्राका ........सुस्केराहरु



November 22, 2009

सभ्यतागत विज्ञान र "पेटेन्टको" लडाइँ

- निर्मलमणि अधिकारी "आयोदधौम्य"


विज्ञान अविरल प्रवाहमान् धारा हो । यो क्रमबद्ध ज्ञान-संचयको श्रृंखला हो । हामीले बुझ्नुपर्ने कुरा के छभने औपचारिक प्रयोगशाला ल्याबोरेटरी मा बसेरमात्र वैज्ञानिक अनुसन्धान गरिने होइन; यो त हामी प्रत्येकको दैनिकी पनि हो । जस्तोकि प्रसिद्ध भारतीय वैज्ञानिक रघुनाथ अनन्त माशेलकर भन्नुहुन्छ- व्यावहारिक अनुभव पहिले हुन्छ र त्यसलाई व्याख्या गर्नेवाला वैज्ञानिक सिद्धान्त त्यसपछि बनिन्छन् । प्रायः प्रविधि पहिले आउँछ र विज्ञान तत्पश्चात् । हामीलाई पांग्रा बनाउन पहिल्यै आउँथ्यो र त्यसपछिमात्र गति विज्ञानको विकास भएको हो । वाष्प-ईन्जिजन पहिले बनेका थिए र थर्मोडाइनामिक्स त्यसपछिमात्र । शताब्दीयौं वा सहस्राब्दीयौं देखिनै मान्छेले प्राकृतिक जीवनको प्रयोगशालामा अनेकौं परीक्षण (Test), प्रयोग (Experiment), एवम् पर्यवेक्षण (Observation) गर्दै


November 21, 2009

लिम्बुले नचाए, मञ्जुल र प्रदिपले भावुक बनाए यूएईका प्रवासी नेपालीहरुलाई

नेपाली गीत संगित जगतमा भर्खरै उदाएका र छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल यूवा यूवतीका ढुकढुकी तथा पहिलो नेपाली तारा दिपक लिम्बुले नेपाली समाज यूएईले आयोजना गरेको सुमधुर सास्कृतिक कार्यक्रममा यूएईका प्रवासी नेपाली विषेश गरेर यूवायुवतीहरुलाई छम छम्ती नचाए भने नेपाली गीत संगीतका हस्ती साहित्यकार तथा जनताका गायक मञ्जुल तथा क्रान्तिकारी गायक प्रदिप देवनले दर्शकहरुलाई भाव विहल बनाए ।
यहि नोभेम्वर २० २००९ का दिन दुवईको अस्टोरिया होटलमा नेपाली समाजले आयोजना गरेको कार्यक्रममा नेपालबाट निम्ताईएका नेपाली तारा दिपक लिम्वुले यहाँ देशको चिन्ता तिमी मायाँ मायाँ भन्छौ, तन प्रदेशी भयो मन गाउँ बेसी, तिम्रो रुपको चर्चा छ रुपको बजारमा, ढल्क्यो ढल्क्यो जोवन मेरो पल्कयो पल्क्यो, यो मन मेरो तिमी तिरै सानु, मागेर माग्ने भने म एउठा फुल के मागु यो धर्ती सँग तिम्रो लागि बरु तारा मागुकी यो धर्ती सँग तिम्रो लागि, लगायत विभिन्न नेपाली चलचित्रका गितहरु गाएकाका थिए भने उनको अतिनै लोकपि्रय हिम्मत चलचित्रको मैले त्यहि भएर मन पराए भन्ने गीतलाई दर्शकहरुले बढि रुचाए । कार्यक्रमको अन्त्यमा उनको भर्खरै आउन लागेको दोश्रो एल्वमको मायाँ मायाँ भन्ने गीत गाउँदा उनी लगायत दर्शकहरु स्टेजमा नै गएर उनलाई नाच्नमा साथ दिएका थिए भने उनको हॆ हे र हाहामा दर्शकहरुले साथ दिदा हल गुज्जयमान भएको थियो ।
साहित्यकार कवि तथा जनताका गायक माजुल स्टेजमा पुग्दा र उनको साथमा रहेको गितारको सुमधुर संगितको तालसँगै पहिलो पस्तुतिले दर्शकलाई अति मर्माहत बनायो । उनले गीत गाउनु भन्दा पहिला उपस्थित दर्शकहरुलाई ताली बजाउन हा हा हु हु गर्न र गायनमा उनलाई साथ दिन रोक लगाई उक्त गीतको शब्द तथा लय सुन्न आग्रह गरे र उनले भने म अन्त्यमा तपाईहरुले नेपाली लोक भाकालाई कत्तिको मनपराउनुहुने छ यदि मन पराउनु हुने छ भने म नेपालमा गएर यहि सन्देश दिनेछु भने र उनले लोक गायक झलकमान गन्धर्वको आमाले सोध्लीन खै छोरो भन्लीन भन्ने पुरानो भाकाको गित विना ट्याकमा गाए । गीतको अन्तिम शब्द नसकिदै दर्शकहरुको पटटट ताली र वान्समोर अनि विवहल मुद्रामा वाह वाह गर्दा उनि पनि विवहल भए र भने नेपाली लोक संगितलाई नेपालमा भन्दा पनि प्रवासमा धेरै मायाँ गर्नुहुदो रहेछ म यहि सन्देश नेपालमा सुनाउने छु भन्दै उनका चर्चित गित गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ लगायत अन्य गितहरु दर्शकहरुसँगै गाए ।
अर्का क्रान्तिकारी गायक प्रदिन देवनले क्रान्तिकारीले ओतपोत गीत गाई दर्शकहरुलाई मनोराजन दिलाए । अरुण तरेर नाना तम्मर तरेर उनको अति लोकपि्रय गीत तथा अन्य गीतहरु गाएका थिए ।
यूएईमा आयोजना हुने विभिन्न कार्यक्रममा आफ्ना उत्कृष्ट प्रस्तुतिहरु पस्कदै आएका किरण भट्राई, रिजन थापा, पूर्ण तमु, प्रकाश पराजुली, दिपक गुरुगं, ज्ञान लामा, मिना वाईवा, प्रेम लामा, अलिन दोड, सूर्य के।सी, सरस्वती थोकर, शान्ति शाह, आशिष राई, सुलोचना श्रेष्ठ, दिपक गुरुड., मेघ, रेखा, डिकी योजन, सम्झना वाईवा, विमला श्रेष्ठ, रबिन परियार, पूजा लामा,पृय स्याड।वो आदिले आफ्ना गीत तथा नृत्यबाट दर्शकहरुलाई मनोराजन दिए ।
स्याड।जालीलाई नभन जाली भन्ने लोक गितको नृत्य अति आकर्षक बनेको थियो उक्त गितमा दिपक लिम्वु महिलाको भेषमा भने उनलाई साथ दिएका थिए मेहले ।
नेपाली समाज यूएईका अध्यक्ष यम प्रसाद तमुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिति नेपालीदूतवास अबुधावी यूएईका राजदूत अजुर्न बहादुर थापा रहेका थिए भने अत्य उपस्थितिहरुमा दूतावासका द्धितिय सचिव लोक बहादुर क्षेत्री पौडेल श्रम सहचारिका पार्वती अर्याल एनआरएन आई सि सिका कोषाध्यक्ष रामेश्वर शाह एन आरएन ए एन सि सिका अध्यक्ष चुणामणी ढकाल लगायत यूएईमा स्थापना भएका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधीहरु पत्रकार ब्यवसायीहरुको उपस्थिति रहेको थियो भने दुवई तथा अबुधावी र अन्य यूएईका स्थानबाट प्रवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पहिलो चरणको कार्यक्रम नेपाली समाजका सचिव उत्तम अधिकारी तथा दोश्रो चरणको कार्यक्रम लोक गायक असिम महतले साचालन गरेका थिए । उक्त सास्कृतिक कार्यक्रममा उपस्थित सबैलाई नेपाली समाजका महासचिव नारायण अधिकारीले स्वागत गरेका थिए ।
नेपाली समाजलाई विगत लामो समय देखी सास्कृतिक क्षेत्रमा मुख्य भूमिका निर्वाह गर्दै आएकी सरस्वती थोकरलाई समाजले विषेश सम्मान गरेको थियो भने विश्व पत्रकार साजालमा यूएईबाट संयोजकमा चुनिएका नेपाल पत्रकार महासँघ यूएईका अध्यक्ष जाकिर हुसेन तथा भर्खरै यूएईमा श्रम सहचारी भइ आएकी पार्वती अर्याललाई पनि समाजले सम्मान गरेको थियो ।
कार्यक्रम दिनको ५ बजे देखि सुरु भई साँझ १० बजे समाप्त भएको थियो । उक्त सास्कृतिक कार्यक्रमको प्रायोजन पानासोनिक नेपाल एयरलाईन्स जेट एयरलाईन्स यूएई एक्सचेन्ज डेनास्कि टाभल्सले गरेको थियो । उक्त सास्कृतिक कार्यक्रमको संयोजन तुलसी तामाड।ले गरेका थिए ।

November 20, 2009

कामरेडहरु, संघियतामा जातिय मानसिकता त्याग्नुस

पुष्पजीले एकलव्यजीको पोष्टसंगैको कमेन्टमा मेरो धारणा वा प्रश्नलाई केटाकेटी पाराको लाग्यो भन्नु भएको थियो, तर मलाई फलानो जातिको यो प्रदेश, अनि फलानाको यो प्रदेश भन्ने मनचिन्ते झोली रुपी चिन्तन र माग अपरिपक्व मात्र हैन अनाडी पनि लाग्छ भनेर मैले भनिसके, अझ यो भन्दा पनि धेरै लाग्छ भन्दा पनि फरक पर्दैन । धेरैजना जातीय र भावनात्मक राजनीतिलाई मान्छे बटुल्ने साधन बनाउनेहरुलाई मेरो प्रश्न : तपाइले कुन जातिलाई राज्य दिनु हुन्छ ? किन दिने , के पुष्पजीले भने जस्तै टुरिस्ट आएर जातीय पहिरनमा लगाएको फोटो खिच्छन र देश विकास हुन्छ भनेर ? कामरेडहरु, तपाइहरुलाई थाहा होला काठमाडौ सांस्कृतिक शहरको रुपमा चिनिन्थ्यो । तर अहिले काठमाडौ पर्यटकको लागि सांग्रिला रहेन । यसलाई नेवा प्रदेश बनाउदैमा यो धरोहर फेरि फर्किन्छ ? हैन फर्किदैन, अव्यवस्था र लथालिंगको थुप्रो हटाउनुस त्यसै सुध्रिन्छ । म आंफै पनि पर्यटक बनेर धेरै देश घुमेको छु घुमिरहन्छु पनि । मलाई थाहा छ मान्छेहरु के रुचाउंछन, किन घुम्छन र कसरी घुम्छन भनेर। वातावरण र संस्कृति राज्य छुट्ट्याएर बलियो वा प्रचुर हुने हैन । काठमाडौको इन्द्र जात्रा बाहुन, क्षेत्री, तामाङहरुले पनि मनाउंछन । तनहु, पाल्पा र स्याङजाको बोटेबजार मगर, नेवार, बाहुन, क्षेत्री, दमाई आदि इत्यादि सबैले मनाउंछन । खेमराज गुरुङले गाएको गित वाला एकादशी बजार, पक्कै पनि खेमराजले वा भोजपुरतिरका गुरुङहरुले मात्रै मनाउदैनन् अरुले पनि मनाउंछन । तपाईंलाई थाहा नहोला तीज नेवारहरु बाहेक काठमाडौ बाहिर लगभग ठाउं अनुसार सबै जातिले मनाउंछन । तर तीजको लाखे नाचको लागि नेवार नभई कसैले पुजा शुरुवात गर्न पाउंदैन । लाखे नाच विनाको तीज र कृष्णाष्टमी धेरै ठाउंमा कल्पना पनि गर्दैनन मान्छेहरु । अब कुन संघले वा कसको राज्यले कसलाई संरक्षण गर्ने हो थाहा भएन । यी संस्कृति बचाउन आफ्नै राज्य चाहिन्छ भन्ने कुरा पनि विश्वास गर्दिन म । कस्ता मान्छे हुन, वा कस्तो संस्कृति हो बजेट वा जागीर नपाए संरक्षण नहुने ?

कामरेडहरु, मैले कुनै बेला बि एस्सी पढ्दा देश कति धनी छ भनेर जांच्न त्यस देसमा कति सल्फ्युरिक एसिड उत्पादन हुन्छ भनेर थाहा हुन्छ भन्ने एउटा टेस्क्ट बुकमा पढेको थिएं। कसैले भन्छन देशमा कति बुल्डोजरहरु गुड्छन त्यसले देशको विकासको गति बताउंछ । कसैले भन्छन देशमा प्रति व्यक्ति बिजुली, वा ग्यास जस्ता संसाधन खपत हुन्छ त्यसले मान्छेको जीवनस्तर देखाउंछ भन्छन । यी यस्ता मापदण्डहरु आ-आफ्नै व्याख्या अनुसार होलान, कसैले कति जुलुश र कति चर्का नारा लगाउन सक्यो भने देशको मानव विकास सुचक माथि उठ्छ भन्ने सम्झेलान ।

मैले बुझे अनुसार धेरै नव शासकहरुमा काठमाडौ र बाहिरको परिस्थिति एकैनाशको मान्छन । अनि काठमाडौले के बुझ्छ भने अहो, यत्रो पैसा ! यो त सबै काठमाडौ प्रदेशमा लगाउन पाए कति मालामाल हुन पाइन्थ्यो । तर जुम्ला देखि ताप्लेजुङ सम्मको मान्छेले मेलम्चि ल्याउन लाखौं आफ्ना थाप्लोमा ऋण बोकेको कसैले देख्दैन । सबैले काठमाडौ वा पोखराका कालोपत्रे सडक (बिजोकै हालतको भए पनि) देख्छन, खाली खुट्टा भारी बोकेर डोल्पा वा मनाङतिर ५-६ दिन लगाएर नुन बोकेको कसैले देख्दैन किनकि ती अमुकहरुको कुनै पार्टी छैन । भोट कि त एक गिलास रक्सीको भरमा दिन्छन, कि त फलाना बाबु साहेबले भनेका भरमा दिन्छन कि त कसैले बन्दुक तेर्स्याएको भरमा दिन्छन । कामरेडहरु, कन्जर्भेसन अफ मास वा इनर्जीको सिध्दान्तलाई मान्नेहरु मध्य कसैले के पनि भन्छन भने बिल गेट्स वा माइकल ज्याक्सनहरुका बंगला र गाडिहरु काठमाडौ वा बिहारका सिकर्मी डकर्मी वा कुल्लीहरुका कमाईबाट छिनिएका हुन। किनकि मान्छे जन्मदा सबै उस्तै हुन्छ । मान्छे के हो भन्ने जान्न अस्पताल वा मुर्दाघाटहरुमा गए पुग्छ । मान्छे धेरै शक्तिशाली प्राणी हो र सबै भन्दा नीरिह पनि ।

अस्ति एकजना पर्यटकले भनेका थिए घान्द्रुक घुमेर उनलाई लाग्यो रे मान्छेहरु २१औं शताब्दीमा यसरी पनि बस्दा रहेछन भनेर । उनले इतिहासमा पढिने आदिमानवको जस्तो अवस्था नेपालमा देख्न पाइदोरहेछ भनेर दंग परे । खोइ कतिजना नेपालीलाई यी कुराले गर्वित तुल्याउला तर मलाई चाहि अप्ठेरो महसुस भयो ।


यहाहरुलाई थाहा नभएको अर्को कुरा (किनकी यहाहरुलाई त जुलुश, घोषणापत्र र पत्र पत्रिकामा चुलिएको कुरो बाहेक अरु थाहा नहुन सक्छ ) मेरो जन्मथलो र पुर्ख्यौली राज्यको राजा दमाइ थिए । किन अरुले राज्य पाउंदा दमाइहरुले नपाउने ? किनकी अहिलेको जातिय संघिय स्वरुप “प्रभु”हरुबाट निर्देशित छ । अंशुवर्माले चलाएको निर्देशन अहिले पनि विभिन्न प्रभुहरुबाट निर्देशित हुदै चलिरहेको छ । जातिय र क्षेत्रीय रुपमा बनेका भारतका मणिपुर, मेघालय, नागाल्याण्डहरु किन पछि छन ? केन्द्रको कारणले ? होइन आफ्नै कारणले । केन्द्रलाई केहि मतलव छैन । देशबाट छुट्टिने किसिमको दंगा नहोस अरु भांड मे जाए भन्छ केन्द्रले । युरोपका धेरै देश घुम्दा पनि कहि कतै जातिय राज्य (सर्विया, अल्बानिया तर्फ नजाऔं) र व्यवस्था देखेको छैन । बरु ३ वटा राष्ट्रिय भाषा भएको र एउटा ठाउंको भाषा अर्को ठाउंकाले नबुझ्ने बेल्जियम र दुइटा भाषा भएको स्विट्जरल्याण्डमा पनि यस्तो लफडा देखेको छैन । सबै देशहरुमा नेपालको केन्द्रले गर्ने काम नगरपालिका र गाउंहरुले नै गरिदिन्छन त्यसैले कसैलाई संघको आवश्यकता र संघिय राज्यको हेड क्वार्टर धाउनु पर्ने कारण देखेको छैन । एकपटक रोममा पुग्दा एउटा कुनै इटालियन ग्रुपले सांस्कृतिक नाच देखाइरहेको थियो , मलाई खुब मन पर्यो अरु ठाउं हेर्न छोडेर पनि त्यहि हेरेर बसिरहें । ती कुनै संघ वा राज्यका प्रतिनीधिहरु थिएनन बरु संस्कृतिलाई जोगाइराख्न स्वतस्फुर्त रुपमा तातेका ग्रामीण क्षेत्रका वासिन्दाहरु थिए र तीनिहरुको जात या राज्य के हो भनेर बुझ्न मलाइ कुनै दरकार परेन किनकी मेरो लागि उनीहरु सिसिलिया देखि मिलानसम्म जहांको भए पनि इटालियनहरु थिए । अर्को कुरा स्कटल्याण्डको स्कर्ट लाउने संस्कृती स्कटल्याण्ड छुट्टै राज्य हुदैमा अपार वृध्दि भएको छैन । ग्लास्गो र एडिनवर्गमा सुन्न नपाएको ब्यागपाइपरको धुन ह्यामवर्ग र ब्रसेल्समा सुनेको छु । हाम्रै देशमा पनि म हिन्दु होइन भन्नेहरुले पनि तिहार सकिएको १ हप्ता पछि सम्म पनि देउसी खेल्दै हिडेको फोटो नदेखेको र समाचार नपढेको होइन । कामरेड, यी उदाहरणहरुले मलाई के निश्कर्षमा पुग्न बाध्य बनाउंछ भने, कुरोको चुरो कसरी पैसा झार्ने भन्नेमा अडिदो रैछ । तपाइहरुले भन्नुहोला कस्तो संकिर्ण विचार राखेको ? तर यसले आम स्तरमा देखिएको सोंचको चित्रण गर्छ ।

अझ अर्को दुखदायी कुरा त नेपालको जातियताको लडाईले विदेशमा समेत नचिनेका नेपालीहरु र चिनेकैहरुको बिचमा पनि सौहाद्रपुर्ण वातावरण रहेन । पहिले जस्तो कुनै नेपाली हो कि भन्दै आंफै गएर “नमस्कार तपाई नेपाली हो ?” भन्ने स्थिति अहिले धेरै ठाउमा देखिदैन । त्यति मात्रै होइन न्युयोर्कमा १ वर्ष जति पहिले एकजना नेपाली मर्दा जातिपातिको कारणले शव नेपाल पठाउने पैसा पनि उठेन रे । कामरेडहरु, तपाइहरुको अग्रगामी सोचको कारणले सिर्जित अदृश्य दिक्षाले नेपालीहरु माझ न्युनतम मानविय संवेदना पनि हराउंदैछ। कामरेडहरु, भावनात्मक विष डमडम बन्दुकको गोली र सायनाइड भन्दा घातक हुन्छ । किन नेपाल जस्तो देशमा यस्ता विषहरु पोखिएका छन ? सामान्य कुरामा विदेशी प्रभू देख्नुहुन्छ तपाइहरु, तर तपाइहरुको दिमागभित्र विष भर्ने प्रभुहरु देख्नुहुन्न, होइन त यो बिडम्वना ?

कामरेडहरु, मैले काम गर्ने कर्मथलोमा जुन देशका मान्छेहरु कार्यरत छन, सबै देशको झण्डा प्रवेशद्वार भित्र राखिएको छ र जहिले पनि त्नेपालको झण्डा हेर्दै मान्छे झुम्मिरहेको देख्छु । मान्छेको पहिचान मान्छेले बनाउने हो, आंफै अरुले बनाउदैन । त्यसको लागि नारा जुलुश हैन काम गर्नु पर्छ । भड्काउने र फोड्ने हैन बनाउने र सपार्ने नसके चुप लागेर बस्ने गर्नु पर्छ । धेरै पश्चिमाहरुको सफलताका कडि यिनै हुन । घरै पिच्छे छुट्टै जात भएका पश्चिमाहरुले त्यसलाई आफ्नो घर भित्रमात्र सिमित गरे , तर हाम्रा लागि अझै यी संजिवनी बुटी छन, हैन त कामरेड यो विडम्वना !

अर्को कुरा बाहुन क्षेत्री, कामी, सार्की आदि र काठमाडौ बाहिरका नेवार समेतलाई राज्य चाहिदोरहेनछ अहिलेका नेताहरुको परिभाषामा । सिधा अर्थ के हो भन्दा जसले बल मिच्याइ र नेपाल बन्द गराउंछ देश उसैले पाउंछ । हामी केटाकेटीमा एक खुट्टे खेलेर कोठा जित्ने राज्य गेम खेले जस्तो । कामरेड, मागेर पाइन्छ भन्ने मानसिकता त्याग्नु पर्छ । जसले मेहनत गर्छ उसले फल पाउनु पर्छ भन्ने मान्यता लागु गर्नु पर्छ ।

मेरो मान्यतामा नेपालमा अझै पनि केहि परिवर्तन वा विकास हुन्छ भने केवल प्रगतिशील विचार बोकेका र अहिले पनि अगाडि देखिइरहेका वामपन्थीहरुबाट सम्भव छ न कि गिरीजा र गच्छेदार वा सुर्य बहादुर र गोरे बहादुरहरुबाट । देश बनाउन नसक्नुमा गिरिजा बाबुको कत्रो “महान योगदान” छ भन्ने कुरा दौंतरीमा नै करिब १ वर्ष पहिले धारावाहिक लेखहरु लेखिका थिए, मैले यहा भन्नै पर्दैन ।

करिव २ दशक अगाडि सारा विश्व एउटै देश र सारा मान्छे एउटै जातिका हुनेछन भन्दै मुठ्ठी उचाल्दै भुमिगत जिवनमा आफुले पनि गाएका सर्वहाराका गीतहरु अझै पनि मलाई याद छन । तर कामरेडहरु आंफै गर्ने भन्दा बिगार्नेहरुको जालमा फसेका छन र के हो प्राथमिकता भन्ने कुरो विर्सेका छन । गर्छु भन्नेहरुले भांडभैलेहरु र दिमागमा तन्तु नभएका झुण्डहरुबाट सिध्दान्त, बिचार र भिजनलाई जोगाइराख्न कति हम्मे हम्मे होला बाबुरामहरुलाई सोध्नुस ।

मेरो मान्यता संघियता देउसी भैलो र ६०१ जनाको नौटंकी भन्दा महत्वपुर्ण र दुरगामी असर राख्ने वृहत र आवश्यक योजना हो । यसको लागि धनुषवाणको लडाई होइन वृहत सोंच, भिजन र डिजाइन चाहिन्छ । यो योजनामा अब मैले राज्यरुपी जागीर पाएं वा पाउछु भन्नेहरुलाई माथि पारेर होइन कि देशको समग्र विकास र भलाइ सोच्नेहरुको सोचलाई कदर गरेर गरिनु पर्छ । होइन भने बिचार आआफ्नो हो, कस्तो भविष्य खोजेको हो सबैले आंफै जानुन र “जान्नेहरुले” नै भोगुन ! कामरेडहरु, मेरो विचार केटाकेटी भएकोमा मलाई दुख छैन तर राजनीति र कार्यप्रणाली नबुझेका तर आंफुले धेरै बुझेको छु र अग्रगामी छु भन्ने देखाउन खोज्ने उग्र कामरेडीपन प्रति चाहीं दुख लाग्छ । यस्ता कुराहरु नै समग्र देशको विकासका लागि मात्र नभएर आ-आफ्नै पार्टीका लागि पनि घातक हुन ।


अनि कामरेडहरु, घर जलेर आगो बल्दा केटाकेटीहरु पनि थपडि बजाउंदैनन बरु रुन्छन, केवल शिशुहरु मात्र बलेको उज्यालो देखेर दंग हुन्छन ।


बोली रुखो भएकोमा क्षमा पाउं कामरेडहरु !


November 19, 2009

Ethnic federalism लाई Natioanlity based भनेर व्याख्या गर्ने प्रयास, किन ?

डाक्टर मंगलसिद्धि मानन्धर ( नेवार विद्वान ) र परशुराम मेघी गुरूङ ( जनजातीय एमाले नेता ) लगायतको एउटा समितिले ड्राफ्ट गरेको , नेकपा एमाले दलको नया नेपालका लागि जातिय संघियताको खाका हिजो नेपाली छापाहरूमा सार्वजनिक भएको छ । एमाले पार्टी भित्रकै अर्को प्रभावशाली समूहले यसको औचित्यतामा प्रश्न उठाएको भए तापनि , यसको एक प्रति संविधानसभाको राज्य पुनर्संरचना समितिमा बुझाइसकिएको स्थितिमा यसैले नै वैधता हासिल गर्न सक्ने सम्भावना बलियो भाएको छ । एमालेले सार्वजनिक गरेको यो खाका हुबहु नभए पनि अधिकांश रूपले , माओवादी दलको अवधारणासंग मिल्दो जुल्दो रहेको छ । झलनाथ खनाल नेतृत्वमा रहेको एमाले पार्टीको अहिलेको संस्थापन पक्षका आधा जसो नेताहरू, अहिले पनि माओवादीसंग नै हरेक कुरामा कार्यगत तरिकाले एक भएर मुलुकको राजनीतिमा अगाडि बढ्नु पर्छ भन्ने मान्यता राख्ने भएकाले पनि यो बुझ्न गाह्रो छैन कि, यही पक्षको नेतृत्वको निर्देशनमा जातीय संघियता सन्दर्भमा समेत माओवादी अवधारणालाई एमालेले लगभग सोह्रै आना अनुकरण गर्न खोजेको छ । दुवै पार्टीका प्रस्तावित केही राज्य वा प्रदेशहरू केवल जातिका नाममा हुनेछन् र तिनका नामहरू: लिम्बुवान, खुम्बुवान, ताम्सालिङ, नेवा:, तमुवान, मगराँत, थारुहट रहनेछन् ।

अहिलेको संविधानभाको बनोटका आधारमा , पहिलो ठूलो पार्टी माओवादी र तेस्रो पार्टी एमालेको जातीयतावादी संघियताको अवधारणा मिल्न जानु भनेको निकै ठूलो निर्णायक प्रभाव पार्न सक्ने कुरा हो । जातीयतावादी संघियताको खरो बिरोधमा उत्रेको एक मात्र पार्टी मोहन विक्रमको नेकपा एकीकृतको संविधानसभामा कमजोड उपस्थिति एवं अन्य जातीय संघियता बिरोधी दल मध्ये दोस्रो ठूलो दल कांग्रेस र ऊ लगायतका दलहरूको समीकरण त्यति बलियो वा निर्णायक बहुमतमा नरहने स्थितिमा बहुमतका आधारमा निर्णय गरिने अवस्था पैदा भएमा , कम्युनिष्ट घटकहरूको जातिय संघियता नै भावी नेपालको लोकतान्त्रिक गणतन्त्रको स्वरूप हुने सम्भावना यस परिप्रेक्ष्यमा प्रबल बनेको महसुस हुनु स्वाभविक हो ।

जातिय संघियतामा हुरुक्क हुने दलहरूको रोचक कुरा त के छ भने जातिय संघियतामा जाँदा जाँदै पनि र मुलुकलाई जातियताका आधारमा पुनर्नक्शांकन वा सीमाङ्कन गर्न खोज्दा पनि , यसलाई जातियता कै आधार हो भनेर स्वीकार्ने सामर्थ्य भने देखाउन सकेका छैनन् । कामरेड बाबुराम भट्टराईदेखि डाक्टर मानन्धरसम्मको दलील छ , राज्यको पुनर्संरचना माथि उल्लेख गरिए झैँ जातिय आधारमा हुँदा पनि , यो इथ्निसिटी मा आधारित नभएर नेस्नालिटी मा आधारित हो रे ! तर उनीहरूले जे दावा गर्ने गरे पनि , तिनै पार्टीका अरू दस्तावेजहरू भने यो भाषामा बिमति जनाइरहेका देखिन्छन् । उदाहरणका लागि , माओवादीका प्रभावशाली नेता र सो पार्टीका संघीय पुनर्संरचनाको खाका तयार पार्ने जिम्मेवारी पाएका नेता देव गुरूङ् भने नया नेपालको संघीय स्वरूपले अहिलेसम्म खस बाहुन राज्यवादी संरचानले दमित बनाएका जनजातिहरूका नाममा अग्रधिकार समेत व्यवस्था गरिएको आत्मनिर्णयको अधिकारले सम्पन्न राज्यहरूको व्यवस्था गरिनेछ । यसको अर्थ यो पनि हुनसक्छ , उदाहरणका लागि तमुवानमा बसोवास गर्ने गुरुङ वा विशेष अधिकार प्राप्त कुनै निश्चित जातीले जग्गा वा संपत्ति आर्जन वा दर्ता , कर वा अन्य कुरामा जुन कानूनी व्यवस्थाको पालना गर्नेछ त्यो , त्यही प्रदेशमा बसोवास गर्ने अन्य जातिका लागि अलग प्रकारको पनि हुन् सक्नेछ । अग्राधिकारको अर्थ त्यही नै हुन आउँछ भने स्वायत्तताको आत्मनिर्णयको अधिकारले भने मुलुकको संघमा रहने वा नरहेर स्वतन्त्र मुलुकको रूपमा छुट्टिने भन्ने अधिकार सम्बन्धित राज्यको सरकारले चाहेमा संवैधानिक प्रकृया अनुसार जनमत संग्रह आदिबाट गर्न पनि सकिनेछ ।

जे होस्, प्रयोग नौला र नया हुन खोज्दै छन् । एक मधेश एक प्रदेश चाहनेहरूको मागमा , पहाडी जनजातिका लागि मात्र जातिय राज्य पस्किने तर उनीहरूको माग संबोधन हुन नसक्ने स्थितिले कुन तरंग पैदा गर्ला त्यो भविष्यको गर्भमा नै छ । अस्ति भर्खरै , एक मधेश एक प्रदेश नबने अरू कुनै प्रदेश बन्न दिइने छैन भन्दै तराईमा बसिसकेका पहाडी नेपालीलाई राज्यमा अंगीकृत नागरिकता दिन सकिनेछ भन्ने गर्जन गर्ने फोरमका जय प्रकाश गुप्ता र अन्य तराईया दलका प्रतिकृयाहरू भोलि कस्ता रूपमा आउने हुन र तिनको प्रभाव कहाँ कस्तो हुने हो त्यो कुराले पनि हाम्रो भावी नक्सामा अरू धर्सा थप्लान् वा हटाउलान् हेर्न बाँकि नै छ । यो कुरा देखिए जस्तो सजिलो त अवश्य छैन नै । य संघियताको गोलचक्ककरमा फँसेर , युगोस्लाभिया, पूर्व रसिया , नाइजेरिया , रुवाण्डा वा सुडान बन्ने अथवा , अरू कुनै समुन्नत मुलुक जस्तो नया नेपाल बन्ने भन्ने विषय नेपाली भविष्यको अत्यन्त पेचिलो प्रश्न हुनेछ । किनभने १९९० को विश्व राजनीतिको परिवर्तनमय दशक र त्यसपछि संसारका बिभिन्न मुलुकमा देखापरेका वा उठाइएका जातिय विषयहरू अनि यस्तो संघियताको बाटो अधिकांसत: सुखद रहेका भने छैनन् । हामीले आशा गर्नैपर्छ, नेपाल एउटा अपवाद बनोस् यो लहरमा । तैपनि , जातिय संघियतामा मुलुकको नक्सा बाँडेर पनि कामरेड बाबुराम र डाक्टर मानन्धरले, यो इथनिक बेस्ड हैन नेस्नालिटी बेस्ड संघियता हो भनेर अर्थ्याउन खोज्नुको मनसाय भने बुझ्न सकिएको छैन ।



November 16, 2009

पहिलो नेपाली तारा दिपक लिम्वु दुवईमा आउने

पहिलो नेपाली ताराले चिर परिचित गायक दिपक लिम्बु पहिलो पटक दुवईमा दर्शकहरुलाई नचाउन आउदैछन् । उनलाई साथ दिदैछन् जनवादी गायक प्रदिप देवन र साहित्यकार तथा जनताका गायक माजुल साथै यूएईमा आफ्नो छुट्टै पहिचान बनाईसकेका स्थानिय कलाकारहरु ।
नेपाली समाज यूएईले यहि नोभेम्वर २० तारिक शुक्रवारका दिन दुवईको अस्टे्लिया होटलमा आयोजना गर्न लागेको सुमधुर सास्कृतिक कार्यक्रममा यि कलाकारहरु पहिलो पटक दुवईका नेपाली दर्शकहरुका विचमा आफ्नो प्रस्तुती पस्कन लागेका हुन् ।
यूएईको जेठो समाज नेपाली समाजले यो भन्दा पहिला पनी नेपालका ख्यातिप्राप्त कलाकाहरुलाई यूएईमा ल्याई साथै यूएईमा नै कार्यरत नेपाली कलाकारहरुको साथमा विभिन्न नेपाली चार्ड पर्वहरुमा सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरीसकेको छ ।
उक्त कार्यक्रमको मुख्य प्रायोजक पानासोनिक रहेको छ भने अन्य प्रायोजकमा यूएई एक्सचेन्ज एयर अरेविया सिसेल नाईट क्लव वेष्टर्न यूनियन डेस्टिनी ट्ाफल्स नेपाली रेष्टुरेष्ट तथा एसिया एक्सचेन्ज रेहेको कार्यक्रमका संयोजक तुलसी तामागंले बताए ।
कार्यक्रममा महिला दिदी बहिनीहरुको लागि ३५ दिहर्राम्स र पुरुष दाजुभाइहरुको लगि ४५ दिहर्राम्सको टिकटको ब्यवस्था रहेको छ भने कार्यक्रम दिउस २ बजे देखि संचालन हुने बताईएको छ ।

November 14, 2009

हर्के र प्रजातन्त्र

हर्के आफूलाई ज्यादै भाग्यमानी ठान्थ्यो । सानै छँदा उसका बाले उसलाई ७ सा’लाँ कसरी प्रजातन्त्र आएर जनताको राज चल्न सुरु भएको हो भन्ने बताएका थिए र उ सधैं आफुलाई स्वतन्त्र नागरिक सम्झन्थ्यो ।

त्यसपछि उ जवान भयो र ४६ सालतिर फेरि आन्दोलनका कुरा चल्यो । गाउँको स्कूलमा ३ कक्षे पढ्दा पढ्दै खन-जोत नगरे अगेनामा आगो नबल्ने स्थिति आएकोले उसले अरु पढ्न पनि पाएको थिएन । गाउँका केही ठालुहरुलाई सोध्दा ‘७ सालको प्रजातन्त्र त नक्कली हो, अब चाही असली प्रजातन्त्र आउँछ’ भन्ने चाल पायो । प्रजातन्त्र पनि सक्कली र नक्कली हुन्छ र? उसले राम्ररी बुझेन, तर उसको ७ सालाँ प्रजातन्तर ल्याउने बाऊ बितिसकेका थिए फेरि यस पटकको प्रजातन्त्र पछि ‘गाउँ- गाउँमा बाटो, टोल-टोलमा स्कूल, सबैलाई काम, सस्तोमा माम’ दिने नाराबाट उ आकर्षित भयो र उ आफैं पनि लाग्यो आन्दोलनमा ।

खै के हो कुन्नी ४६ सालको असली प्रजान्त्र पनि २ -४ बर्ष नपुग्दै फेरि नक्कली नै भएको गाँई-गुई सुन्न थाल्यो उसले । पटक पटक प्रजातन्त्र ल्याउँदै, तीनै प्रजातन्त्र ल्याउने नेताहरुले फेरि त्यसैलाई नक्कली भनेको कुरा उसले बुझेन, तर यस्तो ठूला-ठुला कुरा बुझ्न आफ्नै पढाई कम भएको निर्क्योल निकाल्यो उसले ।

१०-१२ बर्ष गाँउमा ज्यान जोगाउनै मुश्किल भयो हर्केलाई । कहीले जनसेनालाई भई नभै भात पकाएर खुवाउनु पर्ने त कहीले जनसेनालाई खुवाएकोमा पुराना सेनाबाट लठ्ठी खानु पर्ने । जे होस अब भने किसानको ऋण माफ हुने, गाउँबाट सामन्ती साफ हुने । निजी बिद्यालय हटाईने, सरकारीमा शुल्क घटाईने। खाना, नाना र छाना सबैलाई बरोबर पाईने आकर्षक योजना सुन्यो उसले गाउँकै चौतारीमा ।

आजसम्म त यस्तो राम्रो योजना यस्तो सजिलै पुरा हुने उसले कहिल्यै सुनेको थिएन ।‘घर घरमा धारा, पानी खलल, बिजुली बत्ती गाउँ-गाउँमा, देशै झलल’ सुन्दा मात्रै पनि उसलाई जोश आउँथ्यो “ आफ्नी बुढीले आधा घण्टाको बाटोबाट पानी बोकेर ल्याउँदा र छोरा छोरीले मट्टीतेलको अभावका कारण टुकी बत्ती समेत बालेर पढ्न नसकेकोमा मन कुढिए पनि अब भने दिन फिर्ने भो भनेर फेरी उ होमीयो आन्दोलनमा ।

अरु त के जान्थ्यो र, उही ठुलाले जे भन्यो त्यही गर्‍यो । कुनै दिन खेतमा पानी लाउन छाडेर पनि जुलुसमा गयो, कहीले भैंसीलाई घाँस पराल छुटाएरै भए’नी धर्नामा बस्यो । उसका धेरै दिन यस्तै यस्तै देश बनाउने काममा बिते। जे होस बुढीले डोकाँ’ पानी बोक्न नपरे र छोराछोरीले सित्तैमा स्कुलमा पढ्न पाउने र आफ्ना घराँ नि सस्तोमा बिजुली बल्ने भए अरु जे सुकै होस उसले सोचेन। कति दिन भोक-भोकै दगुर्‍यो, कति पटक, लाठि र बुट पनि खायो, तर हिम्मत हारेन, घरकी बिरामी बुढीलाई पनि छाडेर उ ‘नयाँ नेपाल’ बनाउनै लाग्यो ।

धेरै दिन पछी उसले गाउँमै सुन्यो ‘जनताले जिते रे’ । कम्ता खुशी भएन हर्के, छिमेकीको रेडियोमा यस्तो खबर सुन्दा !, गाउमै पनि अबिर जात्रा निस्क्यो सबैजना नाचे, हर्केले पनि घराँ गएर बुढीलाई खुशिको खबर सुनायो ।

दिन, हप्ता, गर्दै महिना बिते, हर्के आँगनमै धारा, कोठामा बत्ती र छोराछोरीको स्कूलमा पैसा तिर्नु नपर्ने खबर आउँछ कि भन्दै कान ठाडो गर्दै हिड्थ्यो । तर खै त्यस्ता खबर त केही आएनन् उल्टै स्कूलमा पनि केजाती हो कर तिर्नै पर्ने भा’कोले झण्डै महिना दिन गाउँकै स्कूल पनि बन्द भए र कर समेत लागेको ‘फीस’ झनै बढी भएको कुरो पो सुन्यो हर्केले ।

उता केजाती कुरा नमिलेर हो गाउँमै खुलेको दूध चिस्याउने र संकलन गर्ने एउटा उद्योग पनि एक दिन जलाईएछ । अब हर्केका घरमा बन्ने १-२ लिटर दूधले पनि बजार पाउन छाड्यो । बाध्य भएर हर्केले ५-६ कक्षेमा पढ्दै गरेका छोराछोरीलाई घरकै काममा लगाउनुको विकल्प भेटेन ।

बुढी बिरामी परेकी धेरै दिन भो। गाउँमा केही नलागेर हर्के उसलाई शहर लाने बन्दोबस्तमा लाग्यो । ऋन,सापटी गरेर बुढीलाई काठमाण्डौ लग्न खोजेको पनि के के हो अग्रगामी सुधारको माग र स्वायत्तताको आन्दोलनले उसको बाटो खुलेको छैन ।

अघिल्लो हप्ता बल्ल-तल्ल हर्के बुढीलाई लिएर शहराँ पुगेको छ, तर खै आज पनि नागरीक सर्बोच्चताको लागि भयानक आन्दोलन र’छ । बल्ल बल्ल शहर पुगेका हर्केका जोडी शहरमै अलपत्र छन। एकापट्टिका वर्दिधारीहरु उसलाई ‘यहाँ भन्दा अगाडि नबढन’ भन्दैछन । अर्को तर्फका आन्दोलनकारी उसलाई ‘यो देशै तिम्रो हो त्यसैले जती सक्यो अगाडि बढ’ भन्दैछन ।

उ अलमल्लल छ । एकाथरी नागरीक सर्बोच्चता बनाउन थालेका रे, अर्काथरी जनताकै मौलिक हक जोगाउन लागेका रे । दुबैथरी जनताकै लागि लागिपरेका हुन भने विवाद के छ त्यो पनि बुझ्न सकेनन् हर्केका बुढा-बुढीले ।

अस्पतालको हडतालले बिरामी देखाउन पा छैन, गाडिको हडतालले गाउँ फर्कन नि पा छैन। एउटा मन्दिरको सत्तलमा सात दिन बसेपछि हर्केका जोडी बेहाल छन। शारीरिक पीडा र ग्लानिबस बुढीले हर्केलाई सोध्छीन, “...हैन बुढा! यसपालाको प्रजातन्तर पनि नक्कली नै रे ‘च कि क्या हो ?”

‘प्रजातन्तर नक्कली हैन बुढी, नेता नै नक्कली रहेछन... नत्र एउटै देशाँ तीन पटक प्रजातन्त्र कहीँ आउँछ…” हर्केको मुखबाट अचानक निस्कन्छ “...नेता नक्कली भएसम्म सक्कली प्रजातन्तर कहिल्यै आउँदैन जनतालाई... ”



November 12, 2009

एक्लिएको असमञ्जस माओवादी र दिल्लीले देखाएको ठेंगा

-एकलव्य


कामरेड प्रचण्डको चिन यात्राबाट हासिल अपेक्षाकृत कमजोड उत्साह, २२ दलको माओवादीसंग झुक्न हुन्न भन्ने अडान, झलनाथ कामरेड र उपेन्द्र यादवको दिल्ली तिर्थाटन ( यादवका भनाइमा नेपाली राजनीतिका लागि दिल्ली मक्का मदिना सरह हो ) पछि माओवादीले सञ्चालन गरिरहेको आन्दोलन तेस्रो चरणमा पुगे पनि , अहिलेको कठपुतली ( माओवादीका दृष्टिमा) सरकार झनै बलियो हुँदै गरेको हो कि जस्तो देखिन थालेको छ । माओवादीको श्वरमा एकतावद्द हुँदै सरकार बिरुद्ध आँधीबेहरी सिर्जना गरी सरकार पल्टाएर , प्रचण्डसरकारदेखि आँफूले खाँदै आएको उपप्रधानमन्त्रीको जागिर फिर्ता लिइछाड्छु भन्ठान्ने निर्णयसाथ आन्दोलनको रसदपानी र ईन्धन जुटाउन लागेका उपेन्द्र यादबलाई अचानक दिल्ली दरबारवाट आएको निम्तो र यही सरकारमा सहभागी हुनु भन्ने उताका गडफादरको ऊर्दीले पार्नु असमञ्जसमा पारेको प्रतित हुन्छ । तर भारतीय जनता पार्टी , नेपालको पुरानो राजदरबार र नेपाली माओवादीको समेतको विस्मयकारी गर्भाधानबाट जन्मेको फोरम र यसका हिजोका वामपन्थी र आजका हामपन्थी उपेन्द्र यादवको असमञ्जस भने अर्को गच्छेदारको रूपमा जयप्रकाश गुप्ताले आफ्नो मुखमा आउनै थालेको गास फेरि खोसिदिने पो हुन कि भनेर अरू बढ्दै र त्यही डरबाट आक्रान्त बन्दै गएको छ । यसो भयो भने फोरम , साँचो नेपाली अर्थमा सँधै पार्टी फोर्न खोज्ने दुस्साहसीहरूको फोरौँ पार्टी बनेर तेस्रो धडमा रुपान्तरित नबन्ला भन्न पनि सकिन्न । फोरम फोरिएर चोइटिँदै जाँदा , संसदमा पार्टीको संख्या बढ्दै जाने तर कामरेड प्रचण्डका जमातीहरू घट्दै जाने हुनेछ ।

जुनबेला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा महासचिव वान कि मूनले नेपालका राजनैतिक दलहरू वृहद शान्ति प्रकृयाको मर्मलाई निष्कर्षमा पुर्‍याउन, सहकार्यसहित अगाडि बढ्नु पर्छ भनेर बोल्दै थिए त्यही बेला एमालेका अध्यक्ष झलनाथ कामरेड र फोरम नम्बर २ का अध्यक्ष यादव , नेपालको राजनीतिका बारेमा दिल्लीमा मन्त्रणा गर्दै व्यस्त थिए । लाजै पचाएर संरासंघले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप २२ दलले लगाइरहँदा, दिल्लीले नेपालको राजनीतिलाई हस्तक्षेप गरेको कुरालई मानौँ दलहरूले यो त भारतले दिएको अभिभावकत्व हो भनेर अर्थ्याउने प्रयत्न गरिरहेका थिए ।

सुजाताको उपप्रधानमन्त्रि पदको चढान , कामरेड झलनाथ र उपेन्द्र यादवको दिल्ली मन्त्रणा, माओवादीको अपेक्षाकृत कम उपद्रवी खालको आन्दोलन आदि कुराले इंगित गर्न खोजेको कुरा एउटै छ , वर्तमानमा नया दिल्लीको संस्थापन पक्षको आशीर्वाद खुलेर नै वर्तमान नेपाली सत्ता गठवन्धन वा माधव नेपालको सरकार उपर छ । एमाले पार्टीको अध्यक्ष भएर पनि पार्टी भित्रबाटै माधव नेपाल सरकार बिरूद्ध खडा लबीको नेतृत्व गरिरहेका झलनाथ होऊन अथवा , शुरूदेखि माधव नेपाल सरकार बिरुद्ध उभिएर कामरेड प्रचण्डको इशारमा आन्दोलनको डंका पिटेर सरकारका लागि अस्थिरता पैदा गर्न सक्ने नेपाली राजनीतिका यी २ पात्रहरूलाई नया दिल्लीले आफ्नो आतिथ्यतामा के मेजमानी गर्‍यो होला , तिनैले जानून तर यो सर्वसाधारण प्रेक्षकहरूलाई पनि अनुमान हुन सक्ने कुरा हो कि यिनलाई दिल्लीले आफ्नो एजेण्डाप्रति राम्ररी सचेत गराउन कै लागि बोलाएर फिर्ता पठाएको छ ।

कामरेड प्रचण्ड र उनको पार्टीले आँफ्नो दल सत्तामा रहेका बखत होस् अथवा सत्ता बाहिर रहँदा होस् , भावनात्मक बहकाउमा बहँदै जाँदा परिपक्व राजनीतिका साँध सीमालाई ख्याल गर्न चाहेनन् । हिजोको क्रान्तिकालीन अवस्थामा कार्यकर्तालाई सुर्‍याउन भनिने वा गरिने काम र कुराहरू तथा आजको परिवर्तित राजनीतिलाई आवश्यक पर्ने परिपक्व निर्णायक कर्तव्य र योजनाहरूको सीमालाई चिनेर अघि बढ्ने संयोजनकलाको सर्वथा अभाव रहेको माओवादीको नेतृत्वमा कामरेड प्रचण्ड नेता भन्दा बढी अभिनेता हुन मन पराइरहे । आफ्नो एकात्मक र अतिवादी एजेण्डालाई मुलुकमा लाद्न , चर्का कुराको प्रक्षेपण गर्ने अनि , एक पाइला पछि हटेत फेरि दुई पाइला अगाडि बढ्दै अरूको अस्तित्वलाई ह्याकुले मिचाइँले पत्तासाफ गर्नु माओवादीको अभिष्ट रहेकाले नै , उसको यो प्रवृत्ति अरूले चिन्दा , आज माओवादी नेपाली राजनीतिका अरू घटकहरूका नजरबाट एक्कलिएको हो , अछूत बनेको हो । ऊ विश्वासिलो हुन चाह्यो र प्रष्टियो भने , २४० स्थान एक्लै संविधानसभामा ओगट्ने यत्रो विशाल पार्टीलाई अरू ६० स्थान जुटाएर सरकार बनाउन गाह्रो नहनु पर्ने हो जबकि ऊ भन्दा संख्यात्मक रूपमा आधा सानो एमालेले सरकारको नेतृत्व गर्न सकिरहेकै छ ।

माओवादीले आँफू किन अछूत हुन पुगेँ भनेर आत्ममूल्यांकन गर्न नखोज्नु र यो परिदृश्यबाट आँफूलाई मुक्त गर्न नखोज्नु तर आन्दोलनको सडक र तमाशे राजनीतिबाट अरूले उसका निम्ति बहुमत जुटाइदिएर टेको लगाई उसको सरकार खडा गरिदिनु पर्ने मान्यता राखूञ्जेल , उसलाई उपेन्द्र यादव मात्र हैन अरू धेरैको विश्वासले छोडिसक्ने हो कि भन्ने सम्भावना उत्तिकै छ ! तर माओवादी जति अविश्वासिलो भए पनि ऊ परिवर्तनकारी शक्ति हो भन्ने कुरा स्वीकार्नु पर्छ । देशलाई जातीय राजनीतिको आदिम विचार र वर्ग संघर्षको कम्युनिष्ट राजनीतिको दुर्गन्धित किमा मा रूपान्तरण गर्न खोजे पनि , माओवादीमा धेरैको आशा पनि अडेको थियो र अझै छ । तर निरंकूश कम्युनिष्टपथ प्रतिको मोह , विश्वमान्य लोकतन्त्रप्रति उसले देखाउन पर्ने ओठे आशक्ति र अन्तरपार्टी खिचातनीको लबी राजनीति बीच, असमयको सफलताले उसमा सिर्जना गरेको दम्भका कारण आफ्नो सफलताको बोझ कै तल दबेर माओवादी दिग्भ्रान्त नहराओस् , यो कामना गर्नै पर्छ ।



November 9, 2009

हिजो र आजमा हामीले पाएका परिवर्तन

लेखक विजयकुमार श्रेष्ठ

धादिङ्ग, हाल जोइन्ट वेस बलाद ईराक


परा पुर्वककालमा आफनो शरिरलाई वस्त्र विहिन बनाएर हिड्ने मानव जातिहरु केहि समय पछि मनका भावनाहरुलाई पविर्तन गर्न तिर लागे र केहि अङ्गलाई ढाकछोप गरेर हिड्दामा कस्तो होला भन्ने कौतुहलतालाई मनमा खेलाउन थाले । आफनो समबेदनशिल अङ्गहरुलाई प्रत्यक्ष नजरबाट हेर्दा जति असोभानीय देखिन्थ्यो त्यहि अङ्गलाई कृतिम साधनको सहायताले छोपेर समयले मागे अनुसार प्रदर्शन गर्दा अझ बढि शोभायमान देखिन्छ भन्न तिर सोच पुर् याउन थाले । परा पूर्वकालमा मानव जातीहरुले आफनो बल बुद्धीले भ्याएसम्मको उपाय लगाएर बन जंगलका पात पतिङगर र बोक्राको सहायताबाट आफनो शरिरलाई ढाक छोप गर्न तिर लागे । मानव जातीहरुले आफनो शरीर ढाक्नको लागी विभिन्न उपाएहरु लगाएर देखाउन नहुने अङ्गहरुलाई रुखका बोक्राहरुको सहायताले छोपेर मानव जातीको पहिचान गराउन सफल भएका थिए । यस्तै क्रममा आफनो आनी बानि पनि परिवर्तन गर्दै गए । हरेक दिन नयाँ नयाँ कुराको सृजनाको उत्पतीहरु

गर्न तिर कम्मर कसेर लागे । केहि समय पश्चात नै ति मानव जातिहरुले आफनो वंशसमाजको परिकल्पना गर्न थाले । महिला र पुरुषको भुमीकाहरु अलग अलग हुनु पर्छ भनेर कामको विभाजन तिर लाग्न थाले । एक अर्कामा देखा देखी सहबास गर्ने मानवहरु केही समय पश्चात एक अर्का देखी सर्माउने दकस मान्ने हुन पुगे र एकले अर्कालाई माया ममता र आदर भावले हेर्न तिर लागे । त्यसको केहि समय पश्चात गास वास र कपासको आवश्यकतामा एक अर्कामा सहयात्री भएर लाग्न थाले । केहि समय पश्चात नै परिवारको भुमीकामा बाधिन सफल हुन पुगे । हिजोको जंगली जिवनमा भोगेका तिता मिठा कुराहरुलाई सम्झेर कहिले काहि सपना हो कि विपना हेा भन्ने तिर सच्ने गर्दथ्यो । जव परिवार भएर एक अर्कालाई जिम्मेवारिको भारि बोकाउन थाल्यो त्यस पछि हरेक कुराको सृजना तिर आप्से आफ उजागर भएर लागे उनीहरुले शरिर ढाक्नुको महत्व र परिवार भएर बस्नुको महत्वलाई विस्तारै बुझदै गए । केहि समय पछि समाजको सृजना तिर लागे र मानव जातीको विकास गराउन सफल भए । मानिसलाई एक अर्कामा सहवास गर्न भाई चाराको नाता लगाउन देखि लिएर सबै कुराको विकाश गराउन सफल भएका थिए हाम्रा पुर्खा । त्यस पछि समाजको जग बसाली सके पछि एक अर्कामा तेरो र मेरो भन्ने कुराको प्रार्दुभाव हुन गयो । हरेक कुराको जगेर्ना गर्न तिर लागे र भोलीको लागी चाहिन्छ भन्ने सोचको पछाडि अडिग भएर आफनो आफनो परिवारको भविष्य प्रति चिन्तित भएर एउटा पुर्ण विकसित समाजको उत्पति गराएर पृथ्विमा मानव समाजको बस्ती बसालेका थिए ।

समाजको सृजना भए पछि एक अर्कामा नाता गोता र मान सम्मान जस्ता कुराहरुको विकसित हुदै गयो । हिजो वस्त्र विहिन भएर हिड डुल गर्ने मानिसहरु केहि समय पश्चात आफनो शसिरको गोली गाठा भन्दा माथिको भाग कसैले देख्यो भने सर्माउने हुन लागे । महिला र पुरुष सगै बसेर कुरा कानि गर्नसम्म हिचकिचाउन थाले । सानाले ठुलालाई माया ममता गर्ने दिन दुखीलाई आफुले सकेको सहयोग गर्न तिर लागेर भाई चाराको परिचय देखाउन सफल भएका थिए । आफनो धर्म सास्कृती अस्तीत्वको जगेर्ना गर्नको लागी हरेक कुरामा बन्धनको ताल्चा झुन्डयाउन थाले । एक आपसमा मिलेर गाउँ समाज र देशको विकाशतिर लाग्न थाले । समय वित्दै गयो हरेक कुरामा परिवर्तन भन्ने शब्दले मानिसहरुलाई गाज्न थाल्यो । आज यसो गरे कसो होला भोली यसो गर्दा कस्तो होला भन्ने कौतुहलतामा गाजिन थाल्यो । केही वर्षसम्म एकले अर्कालाई आदर मान मर्दनले सत्कार गर्न तिर लागेका थिए । समयले कोल्टे फेर्दै गयो ।समयले कोल्टे फेर्दै फेर्दै आधुनिक र विकसित परिभेषमा पाईला टेक्न सफल भए । मानिसहरु दिन डाहादै धनि बन्ने र आफु शक्तिशालि बन्ने सपनाले गाज्न थाल्यो । अहमताको रोगको समाजमा विजारोपण हुन गयो । कसरि हुन्छ एकले अर्कालाई तल पारेर दमन शोषण गर्ने परिपाटि मानव समाजमा फैलीन थाल्यो । हरेक दिन एकले अर्कालाई होच्याउने नराम्रो दृष्टिले हेर्ने र धन दौलतको लागी गिद्धे सोचाईमा लागेर आफनो कोहो अर्का कोहो भन्ने नजरले पनि हेर्नलाई छाड्ने परिभेषमा पुगे । परिवार के हो समाज के हो र कतिसम्म मान मर्दनको सस्कारलाई कुल्चनु हुन्छ कतिसम्मलाई कुल्चनु हुन्न भन्ने कुराको पहिचान हुन छाडा्यो । हिजोका ति जंगली युगका मानवहरुको परिस्थिती र परिभेषसँग जुधेर बाध्य भएर खुलम खुल्ला वस्त्र विहिन भएर गुजारा चलाएका थिए भने आज भोलीका मानव जातीले धन दौलतको धिनलाग्दो लाचारिमा फसेर धृणित कामहरु गरेर जंगली स्वाभाव देखाई रहेका छन । अनि भन्ने गर्दछन स्वातन्त्रताको सदुपयोग गरेको र मौलिक हकअधिकारको पहिचान देखाएको भनेर फुक्ने गर्दछन् । आफनो स्वातन्त्रताको हकलाई समाजमा प्रस्तुत गरेको भन्दै समाजमा धिनलाग्दा प्रबृद्धिका सुचना दिन आजका नर नारिहरु पछि परेका छैन । बेमौसमी फल फलाएर गाउ शहरमा दुर्गन्धको हावा फैलाउन सफल भएका छन् हाम्रा शिक्षित परिभेषमा मौलाएका अस्थिपाजरले भरिएका कोमल रुपी बासनादार कोमली । लुकाएर त्यो पनि दुई जनाको सहमतिमा राजी भएर गर्ने कार्यलाई सन्चार माध्यममा प्रस्तुत गराएर दिन डाहडै खुल्लम खुल्ला प्रतिस्पर्धामा लाग्न थालेका छन् । को भन्दा को कम भनेर आफनो गुप्ताङ्ग प्रर्दशनमा लागेर राता रात कुवेर बन्ने सपनामा डुबेर गुप्ताङ्गलाई खेल मैदान बनाएर हरेक दिन नयाँ र नौलो कार्य सृजना गर्न तिर लागेका छन् । अनि भन्ने गर्दछन यो त मेरो मौलीक हक अधिकारले दिएको कुरा हो भनेर पछिसम्म परेका छैनन् ।

के यहि हो त नौलो परिवर्तन नयाँ नेपालमा जो मानिसहरु देशको गहनाको रुपमा स सम्मान पाएर देश र समाजको हित हुने कुरामा लागेर भोलिको पुर्खालाई नयाँ सन्देश दिनु त परै जाओस जनावरले पनि नगर्ने घृणित कार्य गरेर गाउँ समाज र देशको बेईज्ज हुने गरि आफनो मौलिक हक अघिकारको सदुपयोग गर्न तिर कम्मर कसेर लाग्ने गरेका छन् । हावा नचलीकन पात अवश्य हल्लिदैन भन्ने उखान सर्वबिदितै सुन्दै आएका छौ । देशको गहना स्वारुप ससम्मान पाएका मानिसहरुले मनलाग्दी गर्दै हिड्ने अनि मेरो आफनो कुरामा किन अरुको टाउको दुखाई भनेर अछुतो बन्न खोज्ने प्रबृद्धिले नयाँ नेपालमा जरा गाडि सक्यो । अब देशमा यसरि नै खुल्लम खुल्ला रुपमा छाडा छोड्ने हो भने भोली गुप्ताङ्ग प्रदशनिको होडिङ बोर्डले बजारमा तहल्का मच्चाउन नसक्ला भन्ने कुरामा दुई मत छैन । त्यसैकारणले देश परिस्थिती अनुसार चल्न र चलाउन सक्नु पर्ने कानुनको पनि आवश्यकता परि आएको छ । त्यसैले गर्दा अब बन्ने सविधानमा सुरा सुन्दरिहरुको सम्भोगको विषमा पनि भिन्नै कानुनको आवश्यकताको महसुस नयाँ नेपालको नयाँ सविधानमा व्यावश्था गरिर्नु पर्ने आवश्यकता देखिन आएको छ । अनि के नै भयो त नयाँ परिवर्तन हिजाका पुर्खाहरुले सन्चार माध्यमको सहारा लिन सक्ने थिएन भने आजका नव जागरुक देशको गहना कहलाएकाहरुको चर्तिकलामा परिवर्तन देख्न नेपालीले पाएका छौ । नराम्रो काम आफै गर्ने अनि पार्टि विसेक बनाएर अपहरण गराएर कुकृत्य लुकाउन खोज्ने यहि नेै हो हिजो र आजका परिवर्तनले दिएका नयाँ अनुभुती हो भनेर भन्नु शिवाय हामी जनतालाई अरु आभास हुने छैन ।



November 6, 2009

सहमति

अनुप गुरुगं

अहिले माओवादीहरुले आन्दोलन गरी रहेका छन् र सहमतिको कुरा पनि गरी रहेका छन् । यता नेपाल सरकार तथा बाइस दल पनि माओवादीसगँ सहमति गर्ने कुरा दैनिक पत्रपत्रिका रेडियॊ टेलिभिजन तथा बिभिन्न संचार माध्यममा आएका छन् ।

कहिले भोज भतेरमा त कहिले चियापानमा उनीहरुको सवैको सहमति छ भन्छन् र भोली सहमति हुन्छ जस्तो गरेर भन्छन् र प्रमुख तीन दल माओवादी काग्रेसं र एमालेका शीर्ष नेताहरुले शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर्याएर तोकिएको समय भित्रै सविधान निर्माण गर्नको लागि नयाँ उचाइको सहमति गरी अघि बढने कुरा व्यक्त गर्न पछि पदैनन् । तर त्यसैको भोली पल्ट एकले अर्कालाई दोष देखाईरहेको हुन्छ । किन यस्तो हुन्छ जव शीर्ष नेताहरु सगै हुन्छन् उनीहरु अहिले नै सहमति भएको जस्तो कुरा गर्छ र एक्लै हुने साथै यो सहमति हुन सक्दैन भन्छन् । किन हामीले देशको लागि केही गर्न खोजेको हो कि आफनै लागि मात्र केही गर्न खोजेको हो । के हामी आफनो माग अलि कम गरेर सहमति गर्न सक्दैनौ र के मेरो गोरुको बाहै्र टक्का गर्नु पर्छ र के हामीले आफनो दलीय स्वार्थको लागि राजनिति गरेको हो र यता सरकारले पनि आन्दोलनले िहंसात्मक रुप लिए आफनो पुरा बल लगाउने बताएका छन र सम्पूर्ण शक्तिलाई फेरी पनि गृह युद्ध तथा अन्दोलन िहंसात्मक हुने डरले सुरक्षाको कारण देखाई तयारी अवस्थामा


November 5, 2009

कामरेड !, के विदेशीकै ‘सहयोग’मा विदेशी हस्तक्षेप रोक्ने हो ?

त्यसो त देशमा अहिले अनेक आन्दोलन जारी छन । कहाँ, कस्ले, किन र कुन दिन, कसरी आन्दोलन गर्दैछन भन्ने वारेमा यकिन जानकारी त सायदै कसैसंग होला । विगतका दिनमा गाडिको ठक्करका विरुद्ध क्षतिपूर्ती पाउन आन्दोलन, ठक्कर हानेपछी क्षतिपूर्ती दिन नसक्नेको आन्दोलन र सधैकको यस्तै आन्दोलनबाट आजित भएकाहरुले आन्दोलन बन्द हुनपर्छ भनेर समेत आन्दोलन गरे ।

तर यो पोष्टमा चर्चा गरीन लागेको आन्दोलन भने कालो-झण्डा-तोडफोड हुँदैं अहिले चलेको नाचगान र ‘कब्जा’ आन्दोलनको हो ।

छोटो रुपमा केही समय अघिको नेपालको उतार चढाव हेर्ने हो भने, माओवादिको सरकार थियो, र देशका “खुख्खार” मानीएका नेता भएका दलहरु प्रतिपक्षमा । त्यसैबीच माओबादीको चरम महत्वाकांक्षा, अन्य दलको प्रतिपक्षमा बसेपछि सत्ताधारीको विरोध नै गर्नु पर्छ र सत्ताधारीलाई कुर्सिबाट खसाल्नु नै प्रतिपक्षको परम धर्म हो भन्ने पुरानो नीतिका कारण, अनि केही माओबादीका आफ्नै गल्ती, आफ्नो बारेमा रहेको ओभर ईष्टमेट र केही पर्दा पछाडिका अनेक तिकडमबाजी पछि माओबादी सरकारबाट निस्क्यो । पृष्ठभूमीमा जे जस्तो कुरा भए पनि र अगाडिका सोच जेसुकै रहेपनि आफ्नो स्थिती कमजोर देखिएपछि भएको माओबादीको बहिर्गमन भने पक्कै पनि नेपालको सन्दर्भमा एउटा राम्रै सुरुवात थियो ( नत्र अविश्वासको प्रस्ताब वा सांसद किनबेच नभै यस्ता परिवर्तन नेपालमा दुर्लभै थिए!)

सत्तामा छँदा जे जस्तो कुरा गरे पनि बाहिरिएपछि भने माओबादीले तीनका कुर्सी टुट्नुमा प्रतक्ष रुपमा विदेशी हात रहेको कुराको प्रचार प्रसार गरे ।

माओवादीको ‘सघर्षकाल’मा ( यसलाई उनीहरु जनयुद्धकाल भन्न रुचाउँछन—तर जताको मान्छे मरे पनि निमुखा नेपाली नै मरेका र त्यतिबेला र त्यो भन्दा धेरै देखी रजाँई गर्दै आएकासंग उनिहरुको आन्तरीक साँटगाँठ र लेनदेनका कारण कुनै पनि देश बेच्नेहरुलाई यो युद्धले केही असर नगरेकोले म यसलाई संघर्षकाल मात्रै भन्दै छु) उनीहरुको धेरै कुरासंग चित्त नबुझेपनि एउटा बिषयमा भने मलाई सधै माओवदीतर्फ आकर्षण रहेको थियो । उनीहरुका बोली, नारा र हौवा सुन्दा यस्तो लाग्थ्यो माओबादी भित्र एउटा ‘कट्टर राष्ट्रवाद’ छ ।

विस्तारै शान्ति सम्झ्यौताका नाममा सिट, अधिकार र शक्तिको बाँडफाड हुँदै गएपछि सो बिषयमा पनि उदांग हुँदै गयो । कामरेड प्रचण्डले पहिला ‘क्रमभंग’ गरेर चिनको भ्रमण गरेर तुरुन्तै फेरि सो भ्रमणलाई ‘खेलकुद भ्रमण’को संज्ञा दिने बित्तीक्कै धेरै कुरा खुलेका हुन ।

फेरि हालकै प्रसंगमा फर्कदाँ, माओवादिको सत्ता बहिर्गमनलाई सधैं विदेशिको दवाव र चलखेलको परिणाम बताईयो । अब, आफू पूर्ण शक्तिमा हुँदा र सत्तामा हुँदा नै यस्ता चलखेलको सामना गर्न नसकेर सत्ता बाहिरीनु पर्ने अबस्था थियो भने सत्ता बाहिर आएर कसरी सो चलखेल रोक्ने हो बुझी नसक्नुको थियो । जे होस माथी भने जस्तै सभासद किनबेच नगरी उनीहरु निक्ले जुन सकारात्मक भने थियो ।

त्यसपछि भयो दबाब, खिचातानी र आन्दोलनको सुरुवात ।

अब मुख्य बिषयमा प्रवेश गर्दा, माओबादीले देशमा चलीरहेको विदेशी चलखेललाई रोक्नु पर्ने मुद्दालाई मूल रुपमा उठाई रहेका थिए। हो, देशमा विदेशिको चलखेल रोक्ने कुरामा भने हामीले कुनै दल, व्यक्ति वा समुहको नामै नेहेरीकनै समर्थन गर्नुपर्छ जस्तो लाग्छ मलाई । निकै तयारी र तामझामका साथ आन्दोलनका खाका प्रकाशीत गरिए । हेलिकप्टर र प्लेन समेत चल्न नदिने गरी देश ठप्प पार्ने घोषणा भयो । त्यसबीचमा सरकार र जनताका तर्फबाट समेत आन्दोलन हैन वार्ताबाट समस्या सुल्झाउन आग्रह भएको धेरै खबरहरु आए । तर माओबादीले कतै कसैलाई टेर-पुच्छर लगाएनन ।

अचानक सुनियो, अघिल्लो हप्ता केही विदेशी महामहिमहरुसंग उनीहरुका कुरा भएछन । अनि खबर आयो “माओबादीले हवाई नाकाबन्दी फिर्ता लिए” । भाषामा विदेशीको आग्रह, आज्ञा वा आश्वासन जेसुकै भनिए पनि यो नाकाबन्दी रोकिनुमा खुल्ला रुपमा विदेशी शक्तिको हात रहेको कुरा प्रष्टै भयो ।

हुन त यो नाकाबन्दी फिर्ता हुनु नेपाली जनताको हिसाबले एकदमै स्वागतयोग्य कुरा हो । तर सत्तामा हुँदा विदेशीकै चलखेलबाट बाहिरिने र विपक्षमा हुँदा पनि उनकै ईशारमा नाच्ने प्रबृती बाँकी रहेसम्म केका आधारमा जनताले उनलाई सहयोग गर्ने हो ? । दक्षिणकाले हल्लाए हस्तक्षेप र उत्तर र पश्चिमकाले चलाए समझदारी वा सहयोगको नाम दिने हो भने भिन्दै कुरा हो। हैन भने कामरेड !, के विदेशीकै ‘सहयोग’मा विदेशी हस्तक्षेप रोक्ने हो त ?



गाऊँखाने कथा - ३२ (Nepali Gau Khane Katha)

 अपडेट: यस पटकको गाउंखाने कथामा अनुकराणत्मक शब्दहरको थुप्रो भएको ले उत्तर यो हो की त्यो
भन्ने निकै अन्यौल खडा गर्यो। यसो हेर्दा जांतो या मिल जस्तो लागे पनि सहि उत्तर भने लुगाको तान हो।
लुगाको तानमा घरी यताको काठ चलाइन्छ घरी उताको अनि बेला बेलामा धागो राख्ने काम गरिन्छ।
गाउंखाने उत्तरमा सहभागी सबैलाइ धन्यबाद। उत्तर मिलाउने पोस्तक जीलाइ हार्दीक बधाइ। पोस्तक जी
आफ्नो मन पर्ने गाउं माग्नुहोला।
------------------------------------------------------------------------------------------------------------------------
सँधै जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर भएको छु।

खर्र वर खर्र पर, खर्र हा्ल्यो चारो, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


November 4, 2009

Dautari News TOWER - Beta

अर्घाखाँची र पोखरामा भएका सडक दुर्घटनामा एकदर्जनको ज्यान गयो
काठमाण्डौ २२ कार्तिक । अर्घाखाँची र पोखरामा आइतबार विहान भएका छुट्टा छुट्टै दुर्घटनमा कम्तिमा १२ जनाको ज्यान गएको छ ।
अर्घाखाचीको गोखुङगाबाट सदरमुकाम सन्धिखर्क तर्फ आउदै गरेको लु १ ख ३९ ८७ नम्बरको बस आज बिहान हंसपुर गाविस ३ कमेरेपानी सडकबाट तल खस्दा कम्तीमा १० जना यात्रुको ज्यान गएको छ ।

November 2, 2009

झुमे नेपालीहरु दुवईमा देउसी भैलो सांस्कृतिक कार्यक्रममा

नेपाली समाज यूएईले यही अक्टोवर २३ शुक्रवार २००९ का दिन दुवईको एभरेष्ट होटेलमा आयोजना गरेको देउसी भैलो सांस्कृतिक कार्यक्रममा दुवईमा कार्यरत नेपालीहरु दिलै खुलाएर रमाए ।
नेपाली दूतावास अबुधावी यूएईका द्धितिय सचिव लोक बहादुर पौडेल क्षेत्री तथा नेपाली समाजका उप सपाभति डा. असिफ अलि सिद्धिकिद्धारा सयूक्तरुपमा पानसमा मैन बत्ती बाली कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
असिम महतको सब्द सम्योजन स्वर तथा अन्य कलाकारहरुको साथमा पूर्व मेची पश्चिम काली भईयो भेट दुवईमा यस पाली, भन भन बहिनी, देउसीरे भन भन्दै देउसीरे भाकाको गितमा उपस्थित सबै अतिथि, तथा दूवईमा छरीएर रहेका नेपालीहरुलाई स्वागत गरेका थिए । कलाकारहरुले भन भन भाई देउसीरे भन्दा उपस्थित दर्शकहरुले देउसीरे भन्दै साथ दिदा हल संगितमय भई गुञ्जिएको थियो ।

यूएईमा छरिएर रहेका किरण भट्टराई, डिक्की योञ्जन, प्रकाश पराजुली, पृय साड.वो, ज्ञान लामा, रविन परियार, मीना वाईवा, सूर्य के.सी, आशिष राई, सुलोचना श्रेष्ठ, रेखा घिमीरे तथा अन्य कलाकारहरुले विभिन्न भाकाका आधुनिक गित, लोक गित, तथा देउसी भैलो भाकामा गित तथा नृत्य प्रस्तुत गरेका थिए ।


जलेको ह्रदयमा फुलेको प्रेम -२

लेखक-हस्त गौतम मृदुल
(जलेको ह्रदयको पहिलो भाग यहाँ छ ।)


त्यहाँ पनि बहामा युनिर्भरसिटीमा नेपाली प्रोफेसर टेकनाथ पोखरेलज्युलाइ भेटें। एहाँको साथमा उहाँको धर्मपत्नी पनी साथैमा भएकोले नेपाली पन्को खानाले मलाइ मुग्ध बनायो। अनि म त्यतैबाट टेकसासको इलपासोमा केही दिन बसी रहेको छु। म आज यतैबाट जमैकातिर उडें। क्यारिवियन टापुमा जमैका आफैमा मिश्रित सास्कृतिक पहिचान बोकेको पाएँ। भारतीय नागरिकको बाहुल्यताले मलाइ भारत मै बसीरहेको अनुभव भो। त्यहुको हरेका समुन्द्री वेहरुमा नरीवलका काँचो फल भित्रको पानीले तपाइकै अधरको मुस्को दिन्न्थ्यो। कति रसिलो थियो त्यो कति पोसिलो। बालुवाका कण कणमा तपाइकै चित्रहरु खोज्दै बार्को सानो पाण्डुबीमा यात्रा गरें। अहो यात्रा कति मनोरम थियो तर त्यो यात्रामा तपाइको न्यानो आलिंगन पनि हुदो होत कति आनन्द आउदो हो। छालले माथी उचाल्ने र पछार्ने गर्दा बेला बेलामा लाग्दथ्यो समुन्द्रका बिशाल माछाले नेपाली स्वाद पाउने छ। क्युवाकोको हवाना सहर पनि आफैमा सुन्दर तर फिडेल क्यास्ट्रोको भुतले
सातो खाएका कुन्ठीत जनताको मुहार मलिन देखिरहेको छु। यो मलिन अनुहारमा पनी तपाइलाइ खोजें कतै भेटिन। यादहरु मनभरी छछल्कीय नुनीला छालअरु झैं। पानी चाहेर पनि पिउन सक्ने अबस्था थिएन मेरो हाल त्यस्तै थियो मैले चाहेर पनि तपाइलाइ साथमा घमाउन सकिन। बार्कोको अर्को चुनौतीपुर्ण यात्रा शुरु गरें। मेक्सीको सम्म पुग्दा दिमाग खराव भयो। रिंगटा लाग्यो। बिरामी नै भए। मुन कम्जोर भएको बेला नै आत्मीय जनको याद आउदो रहेछ। तर…॥

मेक्सीकोको साँकृतिक सम्पदाको खानी लागी रहेछ मलाइ। घना बस्ती न्यानो मौसम र मायाजातीको सुन्दर मिश्रण पाएँ। चेतुमाल हुदै मेक्सीको सहर जुन बिस्वको तेस्रो ठुलो सहर भनेर चिनिन्छ। क्याथलिक धर्मले बाहुल्यता पाएको मेक्सीकन एतिहुसिक सास्कृतिक अबशेषहरुले सजाएको पाएँ। पोलांक्को देखी सान्तामारिया बजार जताततै घुमियो। मेक्सिको पुराना ति धरोहर भित्र लुकेको इतिहाँस पनि हेरिरहे। तर हाम्रो मायाको इतिहाँस पाएको छैन। अनि लामो पटयार लाग्दो बसको यात्रा गर्दै बेलिजतिर लागें। बेलिज सानो देश जहाँ गोखौली सेनाहरुले जंगल तालिम गर्दा रहेछन। हाइड्रो पावरमा काम गर्न आएको २०० जना नेपाली समेत भेटेर निकै रमायौ। जंगलै जंगल भित्र पुराना मायान रुइनहरु हेर्दै क्रोजल टाउन बेल्मोपान बेलिजसिटी कुन्तार्गोदा बेंम्गे हुदै म फेरी अर्को देश ग्वाटेमाला लागें। ग्वाटेमाला पनि सारै प्राकृतिक र सास्कृतिक सुन्दरताले सजीएको देश पाएँ। अनि म त्यहिबाटो हन्डुरसको र्पोतोर्कोतेस सानपेद्रोसुला घुमे। त्यो पलमा बसका झ्ययालबाट देखिने ति सुन्दर दृश्यहरुमा तपाइका स्मृतिहरु खोजें। मायाजाती कै बाहुल्यता रहेको हन्डुरस पनि कम सुन्दर छैन। टिगुचिगाल्पा राजधानीमा पुगेर मायाँ होटलमा बसें। झन्डै काठमाण्डौ जस्तो उच्चस्थानमा रहेको राजधानी स्पानिस एतिहुस र वर्तमान भित्र बाँधिएको टिगुचागाल्पाका हरेका ठाउमा मायाको अभावमा धेरै गित लेखें। तामालेस खाँए। मकैको पिठाले आटो झै घोलेर कुखुराको मासु लाइ स्वदिष्ट मसालाले पकाएर हरियो केराको पातभित्र पोको पारेको खाजा रहेछ।


जव ह्रदय प्रेमको कारागार भित्र निर्दोष कैदी भएर रहन्छ र बिछोडका बाणले घायल हुन्छ तव थाहा हुन्छ प्रेम केहो भन्ने। मदर टेरेसा बिनाका बिरामी झैं अलपत्र भएको छ जिन्दगी।

अर्काको घरमा बलेको आगोले आफनो घरको रोटी पकाउने स्वार्थी नेताहरुको चंगुलमा परेर देश क्षेतबिक्षत भएको छ। त्यो क्षेतबिक्षेत देशको ह्रदय नै मेरो जीवनको पहिचान हो। एकदिन तपाइको गोधमा आएर जीवनको दृष्टि बिसाउने मेरा सपनाहरु जलजलामा हिउ बिलाए झैं बिलाए। त्यहि चोटले बगेका आँशुको नसा पिउदै पुन सतिदेबी गुमाउदाका महादेब बनेर म घुमी रहे यस धरामा।


हन्डुरस बाट सान्साल्भाडोर हुदै निकारागुवा पुगें। मानगुवा पनी प्राकृतिक रुपमा बिशिष्त नै पाएँ। तरेली परेका होचा पहाड र दुवैतिर महासागरले छाएको सानो देश पनी औधी मन परयो। त्यहाँको प्रकृतिसंग खेल्दा डुल्दा पनि तपाइको झझल्कोले निकै सताइ रहेको छ। अनी बसको लामो यात्रामा फेरी अर्को उस्तै देश कोष्टारिका पुगें। कफी उत्पादनमा नाम कमाएको कोष्टारिका धेरै अगाडी पाएँ। मनोरम दृश्यहरु अनुपम सौन्दर्य र सान्तपि्रय देश मलाइ अति नै मन परयो। ज्वालामुखी पहाडको फेदमा रहेको सहर सानजोसे राजधानीको रुपमा निकै सम्मपन्न पाएँ। कफीको स्वादिष्ट पियाका चुस्कीहरुमा तपाइको मायाको अकल्पनीय अनुभव गरे। यो देश कफी उत्पादन गर्ने एक सम्पन्नसाली देश रहेछ। सानजोसेको बगलमा उभिएको होचो पहाड झैं तिम्रो याद स्मृतिको बस्तीमा सवैभन्दा उच्च थियो। बसैबसबाट लामो यात्रा तय गरी पानामा सहर पुगे। पारोको खानी र प्रकृतिको अनुपम मेल बनेको पानामा दक्षिणी अमेरिका र मध्य अमेरिकालाइ भुमीको मार्गले जोड्ने पुल जस्तै लागी रहेको छ। पानामाको नहर भनेर चिनिने त्यो मानव निमृत नहरमा जहाजी यात्रा गर्दै कोलम्वीयको कार्टाहिना सहरमा पुगें। कोलम्वीय अफिम खेतीको उतकृष्ट भुमी हो। कार्टाहिनाबाट बसमा फेरी तिम्रो यादहरुलाइ गितमा उन्दै बोगोटा सिटी पुगें। बोगोटामा साथी जर्मन जो नेपाल पनि घुमी सकेको रहेछ उस्को साथमा बसेर कयौं दिनह बिताए।

सन २००१ मार्च ७ गने फेरी म पृथबिको भुममध्य रेखामा पर्ने इक्वाइडोरमा आएँ। पृथ्वीको केन्द्रबिन्दुमा कतै हाम्रो बिस्वासको केन्द्र पनि छ की भनी फनफनी घुमे। पहिलो पल्ट यो ठाउमा टेकेर पृथिबिलाइ छुटयाइएका रेखाहरु हेरें। पुर्ब पश्चिम उत्तर दक्षिण तेहीबाट शुरु भएको रहे छ। त्यो रेखाहरुमा तपाइ र मेरो बिस्वासको रेखालाइ केलाएं तर रेखा कतै भेटिन। क्षेणिक मायाको नाटकिय रेखालाइ एकपटक थुकें। अनि त्यो पवित्र र एतिहाँसिक ठाउबाट निस्केर क्युटो सहर पसें। काठमाण्डौ झैं भल्कानिक पहाडै पहाडले ढाकेको न धेरै चिसो न धेरै तातो मनोरम सहरमा हराइ रहेको छु।

पोर्तोलोपे माछाला मान्ता सान्ताडोमींगो गयाकुल घुम्दै फेरी कोथोबालोमा अवस्थीत भल्कानिक कोतोप्याक हिमाल हेर्न पुगें। त्यो हिमालको उचाइ जस्तै हाम्रो प्रेमको उचाइ नाप्न खोजे तर त्यहाँ उचाइ थिएन त्यो त सेती भासिय झैं समयको गर्भमा कतै हराएको यिबोगान्त कथा मात्र थियो। अर्को चिम्बारासो हिमाल देख्न रहर त्यसै हरायो जसै हाम्रो मिलनका क्षेणहरु हराएका थिए।


अर्को चर्चित ठाउ गालापागोस आइल्याण्ड घुम्न पाइन जसरी हामीसंगै मनकामना जान पाइन। इक्वाइडोरमा पनि अमेरिकन डलर नै चलेको रहेछ। अचम्म लाग्यो छुटै स्वतन्त्र राष्टमा पनि अर्को देशको पैसाले स्थान ओगटेको रहे छ। सायद नेताहरुको नार्मदी र नेत्रित्वहिन राजनीतिको कारण त्यो अबस्थामा अमेरिकाले सघाएको होला। अनि जलेको ह्रदयलाइ सान्त पार्न साउथ अमेरिकाको अर्को देश ब्राजिलतिर लागें जुन देश फुटबलका जन्मदाता पेलेको देश भनेर जानिन्छ। रियो दे जेनारियोको सुन्दर सहर भित्र हराएँ। आहा कति राम्रो ठाउ। समुन्द्री छालमा रमाउदै तिम्रो स्मृतिमा गित लेखें। जुन गीत चर्चित गायिका नालिना चित्रकार बहिनीले गाएकी छिन। असारे धान पानी नै नपाइ सुकेर मरे झैं।

एक बिसाल चटानमाथी उभिएको पहाडको टुप्पोमा उभिएको भिमकाय जिसस् क्राइष्टको सालिक आफैमा पबित्र गन्तब्य बनेको छ। दिनभरी त्यही उचाइमा अनगिन्ती भावहरु गीतमा उर्तादै बसें। त्यो सुन्दर स्थानमा तिमी बिना एक्लै बस्दाको पिडा देशको मर्म नबुमुने नेताहरु झै बुझ्ने कोही भएन।

घात र आघातको मर्मले जलेको ह्रदयमा स्मृतिका फुलहरु उर्मिए र बिरबलको खिचडी बनेर प्रसान्त महासागरमा हराए। अर्को सहर साँपाउलोतिर मेरा कम्जोर पाउहरु अगाडी बढाएं।

बसको झ्यालबाट दाँयाबाँयाका अनमोल दृष्यहरु नियाल्दै लामो यात्रा तय गरी फेरी काराकास सहरतिर लागें। भेनेजुयालाको राजधानी बनेको काराकास सहर आफैमा सुन्दर छ। संसार प्रशिद्ध सुन्दरी र सुन्दताको नमुना नै हो भेनेजुयाला पनि। प्रशान्त महासागरको छालले संधै चुम्ने त्यो भुमि सारै राम्रो लाग्यो। स्रसारको सवैभन्दा अग्लो छहरामा एक पटक मनमुग्ध भए जस्को आनन्द तपाइको छली मायामा थिएन।


काराकासको छोटो बसाइ पछि वोनारिस सहर अर्जेनटिनातिर उडें। नीलो आकास माथी उडेको जहाजबाट आमाजोनस नदी र पहाड अनि घनाजंगल हेर्दै अगि बढें। सेता बादलका टुक्रामाथी आफु उडीरहेको क्षेणले मुसक्क फेरी तिनै यादहरु छछील्कए आखाभरी । वोनसयरिस सहरका मनोरम दृश्यहरु नजरमा जम्मा गर्दै अगी बढे। एताउता हेर्छु मात्र स्पेनिस परीहरुमात्र पाउछु। कयौं पटक उनिहरुका हाउभाउमा तपाइलाइ खोजें उनिहरुको सहवासमा तिमीलाइ खोजें अहँ पाउन सकिन किन भने तिम्रो प्रेम त फुलचोकी डाँडामा हिउ बिलाए झैं बिलाइ सके छ। अनी फेरी सान्टीयागोमा रोकिएँ। राजनैतिक गन्जागोलमा रन्थनियको चिलीले भर्खर गति लिन लागेको भएर जोसिलो राष्ट लाग्यो। सान्त लाग्यो। देशमा गतिहिन बनाउने त गलत राजनीति नै रहेछ। एकपटक मेरो देशका अपांग नेताहरुलाइ देखेर थुक्न मन लाग्यो। राम्रो नेता देशमा नजन्मिएकै कारण हामी युगौ देखी भारतीय हेपाहामा परेका रहेछौ। बिशाल नेपाल गुमाएका नेपाली बचेको आफनो अलिकति माटोमा पनि भारतीय हस्तक्षेप देखेर भारत प्रति दुख लाग्यो। त्यो आत्मीय पिडा कित त देशलाइ थाहा थियो कि त तपाइको धोकाले मलाइ थाहा थियो। चिलिको स्वाद लिने अबसर पाएँ। सान्टीयागो अति नै मन परिरहेको छ मलाइ। बाहिरको मनोरम सहर हेर्ने कोसिस् गरे तर मनभित्र पाकेको पिडाको घाउले त्यो क्षेणलाइ गौण पारी दियो। अनि पेरुको लिमा तिर उक्लीएँ बसैबासबाट। ज्विनमा मेरो यो नै लामो यात्रा भयो।

लिमाको पौराणिक बस्ती र सांस्कृतिक तामझामको साथ आफनो बसाइलाइ स्मरणीय बनाउदै अगी बढे। साउथ अमेरिकालाइ सलाम गर्दै दक्षिण अफ्रिकातिर लागें। स्वतन्त्रताका पुजारी नेलसन मन्डेलाको भुमीमा टेक्ने सपना भित्र हराउदै जोहानसवर्गमा ओर्लि्रए। २००२ साल जुलाइ महिना गर्मीको प्रचन्ड धुप संगै साथ अपि्रको जाम्वियतिर लागे। लन्डन सिटी हुदै भिक्टोरिया सहर बाट बाहिर निस्के। त्यो मन्डेला भुमीमा मेरो प्रेमको स्वतन्त्र अस्तित्व खोजें कतै पाइन। बरु तपाइकै निहित स्वार्थको पाण्डुलीपि भेटियो। हाम्रो आपसी विस्वासको उचाइ पत्ता लगाउन खोजें तर त्यो पनि नेपाल झैं ठुलो संकटमा परेको थियो। अनी त्यहाँबाट म केन्याको नैरोवीमा रोकिएँ र केही दिन बिताएँ। बाक्लो भारतीयहरु भेटिए। कतै उजाड र बिरक्त लाग्दो बाताबरण पाएँ। गरिवीमा अत्यन्तै गरिव र धनीमा अति धनीको मारमा पिल्सीएको केन्याबाट फेरी म अन्तै मोडे मैले मेरा पाइलाहरु।


नैरोवीका ति उजाड उजाड बस्तीहरुमा आफुलाइ तुलना गरें। हो म त्यही उजाड प्रतिनिधि हँ। मेरो जीवनका सपनाहरु रित्तिएका छन। आशाका कोपिलाहरु चुडिएका छन्। बल्ल तान्जानियको दारेसलाममा पुगें। अनि इन्डियन महासागरको छालले हरपल चुमिरहेको कृर्षिजन्य भुमिमा पाइला राखें। किलीमन्जारो हिमाल कै फेदीमा बसेर अतितलाइ नियालें। संसारभरीका पर्यटकहरुलाइ मन तान्ने त्यो सुन्दरताले तपाइको धोकेबाज स्मृतिलाइ तान्न सकेन। चाहे जस्तो सुकै सुन्दर ठाउमा पुगुँ म यदि प्रेम छैन भने त्यो निरस नै हुदो रहेछ। त्यो भावले मलाइ त्यहाँबाट डोरयाउदै इजिप्ट तिर लग्यो। पुरानो धार्मिक इतिहाँस बोकेको काइरोमा अवस्थीत पिरामिड घुम्न पुगें। तीनवटा अग्ला मानव निर्मित पिरामिडमा एक किसिमको कौतहल थियो। कसरी कहिले बन्यो होला त्यो भब्यता। त्यतिमात्र कहुहोर बालुवामाथी पाइला राख्दै जमिनमुनी राखिएका कफनहरु हेरें। हो मेरो प्रेम पनि ति नै चिहान बनेर अस्ताएको अनुभव गरेँ। ।


साँच्चै मित्र गिताजी किन ममाथीको तपाइको प्रेम आज यस्तै कफनमा अस्ताएका अबशेष मुै भए अदभुत चित्र र चिहानका कफन हेरी निस्कीएं। मलाइ लाग्यो हाम्रो प्रेमको शव त्यही गाडीएको रहेछ। कहिल्यै पनि हेरी नसकीने अनन्त गाथाले भरिएको काइरोको पिरामिष आफैमा जिवित शाक्षी थियो। तर हाम्रो प्रेमको साक्षी केही थिएन। अनि म फेरी अर्को सहर नायल नदीमाथी पानीजहाज चढेर लामो यात्रा गरें। आहा जहाजबाट वरीपरीको मनोरम दृष्य हेर्दा अलौकिक आनन्द आउथ्यो।