March 22, 2011

प्रेरणा लियर आऊ है

नया बर्ष तिमि आयौ- गयौ
सधै झैँ एउटा नियमित प्रक्रिया बनेर
न कुनै खुसीको कोशेली दियर गयौ
न त् आखा मा आँशु नै छल्कायर गयौ
मैले पनि तिम्रो आगमन मा
केहि नुतन गरिन स्पन्दनहीन बनि बसे
न साष्टाङ्ग दण्डवत गरे न स्वास्ती
न टा टा बाई बाई को हात नै हल्लाए
सायद तिमि नेपाली नया बर्ष भएर होला
तिम्रो एस्तो अपमान भएको हगी ?
आयातित हुन्थ्यौ भने शहर भरि रंगी चंगी तोरण हुन्थ्यो
रिसोर्टहरुमा महँगा सिसि रित्तिने थिए तिम्रो स्वागत मा
एउटा अनौठो चहलपहल देख्ने थियौ
हुतिहारा पिछलग्गु हरु ले तिम्रो अपमान गरे
तिमीलाई त् थाहै छ हामी नेपाली हरु कस्ता छौ