April 27, 2009

झुठानन्द दाहाल को सतामा बस्ने आधार समाप्त

शेखर ढुङेल

०४-२५-२००९

संसारको ईतिहास पढ्नेलाई थाहा छ, क्रान्तिबाट सत्तामा आएको समुह वा राजनैतिक् दलले सकारात्मक् बढी र अपबाद मा मात्र नकारात्मक काम गर्दछ । क्रान्ति भनेकै अब्यबस्था, अशुरक्षा, अस्तब्यस्तता, भ्रस्टाचार, अरास्ट्रियता बाट राष्ट्र लाई मुक्त गरी नागरिक सर्बोच्चता र कानुनी राजको स्थापना गर्नको लागि हो । नेपालमा एक निरंकुशताको बदला मा अर्को अधिनायक बाद लादने प्रयास हुन गैराखेको छ । माओवादीले जन युद्ध जितेको होइन परिस्थिती ले सम्झौता मार्फत उस्लाई यहाँ सम्म लेराइ पुर्‍याएको हो । झुक्याएर, फकाएर, धम्काएर उपयोग गर्दै आफ्नो एकल निती लागु गर्न खोज्नु जनता र देश माथि घात हो । नेपाली जनताले शान्ती, स्थिरता, र शुसासन् को आशामा सम्पूर्ण अपराध माफ गरी सत्तामा पुग्न मौका दिएका हुन । भयो के ?, देश कता गैराखेको छ ?, खोइ शान्ती सुरक्षा ?, खोइ राष्ट्रिय एकता ? ,खोइ जनता का खोसिएका सम्पत्ति फिर्ता ?, खोइ दन्ड हिनता को अन्त ?, खोइ सहमति को राजनीति ? ,खोइ भबिस्य प्रतीको आशा ? खोइ जनताका सम्बेदनसिल भावना को कदर ? ,तत्कालिन ७ दल को सहमति र सहयोगमा सत्तासिन हुन पुगेका प्रचन्डको एक्लै शिखर चड्ने दुस्प्रयासले उनी माथिको विश्वाश उठ्न गै उनी झुठानन्द बन्न पुगेका छन ।

सभ्य समाज, कानुनी राजको कुरा गर्ने हो भने एक कुख्यात आतंककारी जस्ले करिब ३० हज्जार जनता लाई बली चढायो, लाखौं लाई अपाङ्ग बनायो, लाखौं लाई आफ्नो सम्पत्तिको हक भोगबाट बिमुख बनाइ बिदेश र स्वदेश मै शरणार्थि बन्न वाध्य बनायो, २० औ खर्ब बराबर को बिकास निर्माण का सम्रचना ध्वस्त बनायो, हासी खुशी आफ्नो प्रजातान्त्रिक अभ्यास गर्दै गरेका जनतामा जातियता र छेत्रीयता को बिष पिलाई देश तहस नहस बनायो, अन्तराष्ट्रिय अदालतमा उभ्याएर दन्ड दिनु पर्ने झुठानन्द लाई सत्ता मा पुर्‍याउन सहायक् तत्व पूर्व राजा ज्ञानेन्द्र, पूर्व प्र म कोइराला, एमाले नेता नेपाल र भारत लाई नेपाली ले धिकार्नु पर्दछ । सडक, सदन र सरकारमा बसेर बिध्वंस मच्चाउन मौका दिनु महा गल्ती थियो कि थिएन ?,  सरकार प्रमुख भएर इन्ले बोलेका निम्न र धम्कीका भाषाले नेपाली जनता लज्जित भएका छन । संबैधानिक र व्याबहारिक रुप मा हुनै नसक्ने बिषय मा पनि तत्काल लाई सत्ता टिकाउने मात्र उदेस्यले बिभिन्न समुह सित सम्झौता गर्दै देश लाई खाडलमा हाल्दै छन । आफु सरकार प्रमुख भएर आफ्नै उग्र लठैत कार्यकर्ता लगाएर विश्वबिद्यालयका प्रतिष्ठित पदाधिकारीलाई असभ्य व्यबहार गर्नु, राष्ट्रिय शेना जस्तो गौरबसाली संस्थाको बिरुद्धमा जुलुस निकाल्ने, के यो नयाँ नेपाल को जनता को माग हो ?

प्रतिबद्धता, बिचित्र, चमत्कार, हदै सम्मको लचिलो, सम्झौता जस्ता शब्दाबलि प्रयोग गर्दै अलेटाले, ढुलमुल, अबिस्वसनिय निती लिएर अगाडि बढेको झुठानन्द दाहालको बिगत ७ महिनाका केही झुठो प्रतिबद्धताका उदाहरण हेर्ने हो भने उनी सरकारमा एक मिनेट पनि बस्न लायक छैनन्।

१ राम हरि श्रेष्ठको हत्यारालाई कार्यबाही गर्ने प्रतिबद्धता तर अभियुक्त लाई सुरक्षा र पुरस्कार ( केन्द्रिय सदस्य ) दिनु ।

२ प्रज्ञा प्रतिस्ठानको नियुक्ती र खारेजी ।

३ कब्जा गरिएको घर जग्गा फिर्ता गर्ने प्रतिबद्धता र शुन्य कार्यान्वयन ।

४ प्रचन्ड थैब को हत्यारा लाई कारबाही गर्ने प्रतिबद्धता र काम ?

५ काङ्रेसले राखेको ९ बुदे माग पुरा गर्ने सदनमा गरेको प्रतिबद्धता र शुन्य काम ।

६ पशुपतीनाथको भट्ट को नियुक्ती काण्ड ।

७ अपराधीको सम्रक्षण र उन्मुक्ती

८ शेनापती प्रकरण र नैतीक संकटको प्रश्न ।

९ बिभिन्न आन्दोलनकारी सित गरेको सम्झौता र व्यबहार ।

१० जातिय र छेत्रीय द्वन्द को बीषाक्त बीउ छर्नु र उपचार नगर्नु ।

११ आँफै सरकारमा हुँदा पनि आफ्ना बिभिन्न रुपका लठैत लाई सडकमा पठाएर सरकार ( आँफै ) बिरुद्ध उचाल्ने बिचित्र को निती ।

११ एक स्वतन्त्र राष्ट्रको प्रधानमन्त्री को हैसियत समेत भुली बिदेशी राजदुत को अगाडि निरिह र एक इमान्दार कारीन्दा जस्तो बनी देश र जनता लाई लज्जित बनाउनु, जस्ता सैयौं कारणले सरकारको नेत्रृत्वको लागि प्रचन्ड योग्य र इमान्दार देखिएनन । आफ्नो युद्ध कालिन सस्कार, अदुर्दर्सिता, असफलता, अदक्षता को दोष अरुलाई दिएर सत्तामा बसिरहन अब प्रचन्ड लाई सुहाउदैन यदी वहाँ मा राजनैतिक सस्कार र नैतिकता भन्ने तुष छ भने ।

इमान्दारिकताका साथ भन्नु पर्दा यो समय सरकार गिराउने र बनाउने होइन । तर झुठानन्द दाहालको एक लौटी र एकल काट्य अदुरदर्सी नितीको कारण देश को प्रजातन्त्र, मानबाधिकार, प्रेस एबम ब्यक्तीगत स्वतन्त्रता, नागरिक सर्बोच्चता, कानुनी राजको भबिस्य मात्र होइन, देश कै अस्तित्व समेत जोखिममा परेको हुँदा राष्ट्र र प्रजातन्त्रको रक्षार्थ झुठानन्द लाई सत्ता बाहिर पुर्‍याउनु को बिकल्प छैन । यदी प्रचन्ड गणतन्त्र बलियो भएको देख्न चाहन्छन र प्रजातन्त्रमा बिस्वास राख्दछन भने सत्ता बाट निस्की सहज् राजनैतिक बातावरण बनाउन सहयोग गर्नु पर्दछ ।



त्रिभुवन विश्व विद्यालयका अन्तर्गतका विद्यार्थिहरुकालागि बाल्टिन उपहार

त्रिभुवन विश्वविद्यालयमा केहि दिन अगाडि भएको घटनाले आंफु पनि कुनै बेला त्यहि विश्वविद्यालयको विद्यार्थि भएको नाताले ध्यान तानिनु स्वभाविकै हो । त्यसै सन्दर्भमा देशको घृणीत राजनीतिक दलदल र परंपरा देशको भविष्य कोर्ने विश्व विद्यालय जस्तो पवित्र संस्थामा समेत मौलाउन गएकोले नेपाललाई माया गर्ने साथिहरुसंग कमसेकम देशको भविष्य कोर्ने विश्व विद्यालय देश बर्बाद गर्ने साधन र स्थल नबनोस भन्ने मनासयले केहि अनुरोध गर्ने जमर्को गरेको छु ।

त्रिभुवन विश्व विद्यालय मध्यम वर्गीय र सो भन्दा तल्लो स्तरका विद्यार्थिहरुलाई शैक्षिक प्रमाणपत्र मात्र बाड्ने थलो मात्र नभएर विदेशी विश्व विद्यालय र अनुसन्धान संस्थाहरुले पत्याउन योग्य जनशक्ति पनि बनाउन सकेको तथ्यका भुक्तभोगी कोरिया, जापान देखि युरोप, अमेरिकाका संस्थाहरुमा काम गर्ने वा अध्ययन गर्ने हामीहरु नै साक्षी छौं । वार्षिक बिसौं लाख खर्चेर योग्य बनेका समृद्द देशका नागरिकहरुसंग त्रिभुवन विश्वविद्यालयले हामीलाई मासिक चार पांच सय रुपिया कोठा भाडा र पचास-साठी रुपियां शुल्क तिरेको भरमा नै प्रतिस्पर्धा गर्न योग्य बनाएको हामिले बिर्सन सक्दैनौं । नया समय र आधुनिक युग संगै समय सापेक्ष रुपमा प्रतिस्पर्धी बन्दै जाओस भन्ने हाम्रो कामना पुरा हुन नसके पनि कम से कम प्राज्ञिक थलोमा प्राज्ञिक वातावरण कायम होस र दुख गरेर देशका कुना काप्चाबाट आएका भावी जेहन्दार प्रतिभाहरुले स्वच्छ वातावरणमा शिक्षा हासिल गर्न पाउने वातावरण बनोस भन्नका लागि हामी जस्ता विदेशका विश्व विद्यालय र अनुसन्धान संस्थाहरुमा पाइला टेकेका देशलाई माया गर्नेहरुले केही पाइला चाल्नै पर्छ ।

फलानाले गर्न दिएन भनेर र कालो मोसो दल्दै हिडेर देश बन्ने भए समृद्द मुलुकहरुका विद्यार्थिहरु कलम र ल्यापटप हैन बाल्टीमा कालो मोसो बोकेर कलेज र युनिभर्सिटि जान्थे होलान तर ८-१० वटा देशको दर्शन गर्दा पनि नेपालमा बाहेक देशलाई समृद्ध बनाउन कलेज र युनिभर्सिटिमा "कालोमोसो"को प्रयोग अरु देशमा देख्न पाइएको छैन । विदेश बसाइको ५-६ वर्षमा पनि युरोप अमेरिकाका कुनै विश्व विद्यालयहरुमा बाल्टीमा रंग बोकेर प्राध्यापकहरुलाई कालो मोसो लगाउंदै हिडेको हामी कसैले पनि देखेका वा सुनेका छैनौं । बरु ल्यापटप र मल्टीमिडिया डिभाइसहरु बोकेर प्रिजेन्टेशन र डाटा अपलोड वा डाउनलोड गरेका चाहीं देखेका छौं । बन्दुक बोकेर रोल्पाबाट सिंहदरवार छिर्नेहरुको विषयमा चासो नभए पनि र कसैलाई स्पष्टिकरण दिन नपरे पनि विद्यार्थिको ट्याग लगाएर विश्व विद्यालयमा छिर्नेहरुले ल्यापटप र कापी-कलमको साटो कालोमोसोको बाल्टी बोकेर प्राध्यापकहरुलाई लगाउंदै हिडेको सुन्ने जो कोहिले पनि भने थाहा पाए भने हामीलाई प्रश्न गर्नेछन हामीले विश्व विद्यालयमा के सिक्यौं भनेर । अझ जवाफ दिनु पर्ने होला हाम्रो प्राथमिकता कालोमोसोको बाल्टिन हो या शिक्षा भनेर । हामी आंफै पनि सोच्न बाध्य हुनेछौं हाम्रा जुनियरहरु हाम्रा पुराना ल्यापटप भन्दा विकसित यन्त्रहरु भिरेर हाम्रो पुस्ता भन्दा१० गुणा अगाडि जाला या बाल्टीन र कालोमोसो मै रमाउला !

के यस्तो बेलामा हाम्रो कुनै दायित्व छैन ? के हामीले आफुले विदेशमा सिकेको र देखेको कुरो आफ्नो घर जत्तिकै महत्वपुर्ण र प्यारो त्रिवीमा पनि बुझाउन जरुरी छैन ? पक्कै पनि छ त्यसैले कालोमोसोको बाल्टीन बोकेर विश्वविद्यालय जान रुचाउने “शिक्षित युवा“हरुकालागि थप केहि बाल्टीनहरु आवश्यकता परेको हुन सक्छ , त्यसैले उनीहरुलाई बाल्टिन उपहार दिउं र उनिहरुले पाएको “शिक्षा“ प्रति व्यंग गरौं ताकि उनिहरुमा सोच्ने शक्ति छ भने आंफ्नो कर्तव्यवोध गरुन र अन्य जेहन्दार विद्यार्थिहरुले पनि यो महसुस गरुन र उनिहरुको भविष्य माथि खेलवाड गर्ने “जंगली“ खेलाडिहरुलाई बाल्टिन सहित शैक्षिक संस्थाबाट लखेटुन । अनि बाल्टीको बाहिर एउटा ल्यापटपको फोटो पनि टासेर दिने मेरो प्रस्ताव छ ताकि त्यो तस्विरले उनिहरुलाई घच्घच्याइरहोस बोक्नु पर्ने बाल्टिन हो या ल्यापटप भनेर ।

यसको लागि कम से कम १० वटा प्लास्टिकका बाल्टि मेरो तर्फबाट प्रदान गर्ने बाचा गर्दछु र अरु साथिहरुबाट पनि हाम्रा त्रिविका दिग्गज युवा पुस्ताको ज्ञानको ढोका खोल्ने ल्यापटपको फोटो टासिएको बाल्टी जम्मा गर्ने कार्य स्वतस्फुर्त रुपमा गर्न अनुरोध गर्दछु । र सबैबाट त्रिवीमा मौलाउन लागेको गलत प्रवृतिको विरोधका लागि आफ्नो तर्फबाट सहयोग गर्न अनुरोध गर्दछु । अरु के के गर्ने र कसरी गर्ने भन्ने जिम्मा यहांहरुकै ।

पुनश्च : यो कुनै राजनितिक र बैचारिक आग्रहबाट निर्देशित कदम नभएर विश्व विद्यालय भनेको के हो भन्ने कुरा बुझेका र देखेका व्यक्तिहरुबाट नबुझेका र नदेखेकाहरुको लागि बुझाउन चालिएको कदम हो । यसमा अध्यक्ष, उपाध्यक्ष वा कमिटिहरु बनाएर नेता बन्ने नेपाली परंपरा पनि नजोडियोस भन्ने अनुरोध पनि छ ।


दैव रित्तो हात भयो

सुमान बगाले
सुमनसुधा
आबुँ खैरेनी तनहुँ

पात झरेर के हुन्थ्यो फुल झरेर घात भयो
उनी सानी म ठुलो दैव रगतको जात भयो

रनवन डुली गाइ चराउदै लाएको माया पि्रित
पापी रगत जातको दैव दुइ दिनको साथ भयो

ओत वश्त्र लगाएर एक हुल जोगी आए भन्थे
भित्रै खाडल खनी दैव उनीलाइ पुर्ने बात भयो

न्यायको तराजु कोल्टाएर माफी दिए दोषीलाइ
मर्दा जति जलाइदिए दैव नामर्दाको खात भयो

चोखो माया लाएपछि जुनीभरलाइ हुन्छ भन्थेँ
विना राता छिनछिन चुरी दैव रित्तो हात भयो ।