March 12, 2009

धन को महातम्य र कमाउने दुई काइदा

शेखर ढुङेल
०३-०९-२००९-

कमाउने, धनी बन्ने, शौख गर्ने इच्छा कस्लाई हुन्न?, सुख शान्ती समृद्धिको एउटै आधार खट-खट, सर सर सर सर गर्ने नोट, धन सम्पत्ति उफ कस्ले गर्न सक्ने यस्को बर्णन हज्जार मुख भएका शेष नाग ( कहिल्यै नदेखेको ) , ४ मुखे ब्रह्मा, तीन आखे महादेब, धन कि देबी लक्ष्मी को पती भएर पनि दुई आना जमिन नपाएर समुन्द्र मा बस्न पुगेका बिष्णु ले पनि नसकेका धन को महातम्य को बर्णन मैले के गर्न सकौला ?

त्यस्तो महातम्य बोकेको धन कमाउने काइदा खोज्न दुई चार आफन्त, दस बिस साथी हरु को मा दौडियो, हे बताइ देउन धन कमाउने काइदा भनेर उह त्यस्तो काइदा कोइ पनि बताउदैन रैछन । एक जना मित्र थिए पुतली सडकमा साइकल मर्मत पसल खोलेका । आफु बिहान बेलुका सरकारी नोकरी खाएर एक हातले टोपीले पसिना पुछ्दै एक हातले सुरुवालको इधार समात्दै सरकारी नोकरी गर्दै कुद्ने मनुवा । सरकारी कर्मचारी भएको गन्ध पाएछन र आँखा जुद्धा नमस्कार पनि भन्द्थे । कहिले काही चिया पनि खुवाँउथे । आफ्नो जुत्ता को तलुवा फुस्के को फेर्न सकेको छैन, उन्को त एक दुई बर्ष मै मोटर साइकल, मारुति कार हुँदै कार बेच्ने सो रुम खोली सकेछन । एक दिन भिजिटिङ कार्ड सर भन्दै थमाइ दिये मोटा चिल्ला हुँदै गएका थिए उनी । त्यस पछी अर्को तलुवा फुस्कुन्जेल त्यहा देखेको थिएन । दुई बर्ष पछी उन्ले फाइनान्स होकी के जातको बैंक जस्तो के खोले छन उनी अध्यक्ष रे उद्घाटन मा मन्त्री को पछी पछी लुर्किदा पो थाहा पाएँ । पत्र पत्रीका मा उन्को नाम जता ततै । इन्ले चाँही कमाउने काइदा बताउलान कि भनी भोली पल्ट उन्को अफिस मा गएँ । सुरक्षा गार्ड, रिसेप्सन पि ए हुँदै नाम ठेगाना लेखी चिट भित्र छिर्‍यो बोलाहट भएन, खाजा खाने निहुँमा अफिस बाट निस्केको ढिला भैसकेको थ्यो फर्कन्छु भनी उठेको थिए उनी बाहिर निस्किए, पहिले झै हात उठाउलान र म फर्काउला भनी तयार भएको त देखेको नदेखै गरी अगाडि पो बडे । आँफै अगाडि बढी अभिबादन गरे पछी पो ‘ए तपाईं ? तपाईं को नाम नै बिर्सें’ पो भन्छन । म हत्तारमा छु पछी फुर्सदमा आउनुहोस है भन्दै उनी कार मा गुडे ।

धनले कस्तो कस्तो रङ देखाउछ ?, पैसाकै आधारमा आमाको मायाको अश लाग्दछ, पैसाकै आधारमा श्रीमतीले दिने दर्जा छुटिन्छ, पैसा कै आधारमा बाल बच्चाले दिने प्रतिस्ठाको तौल घटबड गर्छन्, पैसाकै आधारमा समाजले ब्यक्तीको परिचय गराउँदछ । पैसाको तुजुबको एउटा कथा सुन्ने?

कुनै समय मा एक गाउँमा धनी जमिन्दार् थिए । उन्को घर मा ढिकि चलाउन एक गरीब र तल्लो जात ( पुरानो समाज ले गरेको बर्गीकरण) कि महिला आउने गर्थिन । गाउमा डाँकाहरुको बिग बिगी बडेकोले जमिन्दार्ले आफ्नो ठुलो धन ढिकि मुनी गाडेछन । भोली पल्ट ती महिला ढिकि कुट्न आइन। कुट्दा कुट्दै तिन्ले जमिन्दारनी लाई भनीछीन ‘एउटा कुरा गर्नु थियो ?’ । ‘के भनन ?’ ‘ होइन तपाईं कि छोरी को पनि मेरो छोराको पनि बिहे गर्ने उमेर भयो । आउने बैशाखमा साइत जुराएर बिहे गरी दिनु पर्‍यो । जमिन्दार्निले कड्किएर भनिन ‘यो के भन्दै छे ? कहाँ त कहाँ हामी ?’ । ति महिलाले भनीछन हामी पनि कम छैनौ धक्कु लाउनु पर्दैन । जमिन्दार्निले साझ बेली बिस्तार लगाइन पती लाई त्यो सुनेर विद्वान जमिन्दार्ले कुरा बुझेछन कि यो त्यो धन को तुजुब हो । त्यसै रात सबै सुते को बेला मा उन्ले धन अर्कै ठाउँ मा सारीदिएछन । भोली पल्ट ति महिला फेरी काममा आइन ढिकि कुट्दा कुट्दै रुदै भन्न थालिन हिजो ‘मेरो बुद्धी के भो के भो के भन्न पुगे माफ पाउँ ।’

देख्नु भयो त धनको तुजुब ? त्यस्तो शक्तीसाली धन कमाउने, बटुल्ने काइदाको खोजीमा समाजका हरेक सदस्य कुदेका कुदै छन ।

देख्नु भयो त धनको तुजुब कस्तो हुन्छ ?, शक्ती कस्तो हुन्छ ?, नकमाउने त धन ?। म दिन्छु धन कमाउने बिशेष मन्त्र त्यो पनि एउटा होइन दुइटा । गरीबि मानब जीवनको एउटा दोषयुक्त मात्र होइन यस्ले मानिसको छबीलाई नै बिकृत बनाई दिन्छ । गरीबिले मानिसको आत्म विश्वाशमा कमी लेराउदछ । द्विबिधा, असुरक्षा, मुस्किल र निस्क्रियताको जालमा मानिसलाई बिक्षिप्त बनाइ राख्दछ ।
बैदिक ज्योतिसका पर्बतक महर्शी परासरका अनुसार ब्यक्तीको जन्म कुन्डलीमा त्रिकोणिय धन, सम्पदा र लक्ष्मीको बास हुन्छ अथबा (६,८ र १२ औ स्थान ) दु:ख र दरिद्रताको बास हुन्छ । यदी मानिसको कुन्डली मा केम, द्रम, रेका, कालसर्प, भिछ्यु र दरिद्र योग छ भने बिपन्नता भोग्नु पर्ने हुन्छ । जस्ले जीवन भर हिनता बोध गराइ  सताइ रहन्छ । पाठक बृन्द आफ्नो जन्म कुन्डली देखौनुस आजै ।

हाम्रो पुर्बीय बैदिक शास्त्रमा योग, ध्यान लगायत कैयौं रोग निबारण एबं लक्ष प्राप्तीको लागि बैदिक मन्त्रको आबिस्कार भएको छ । सत्य मन र निस्ठाले शास्त्रीय बिधी अनुसार नियमा पालना गर्ने हो भने असम्भब केही छैन त्यसै लाई तपस्या पनि भन्दछन । आफ्नो जन्म कुन्डली, पेसा, शिक्षाको आधारमा आफु लाई डोर्याउन सकेमा दु:ख भन्दा सुख को अनुभुती दोब्बर तेब्बर हुनेछ र जीवन सार्थक बन्नेछ ।

शास्त्र अनुसार गरीबिको कारण मानिसमा आउने हिनता, निस्क्रियता वा दुबिधालाई नियन्त्रित गरी आत्म विश्वाश बढाउनु जरुरी हुन्छ र त्यस्तो आत्म विश्वाश बढाउन हाम्रो बैदिक शास्त्रमा “सुर्य मन्त्र” को उल्लेख गरिएको छ । निष्ठापूर्वक सुर्य मन्त्र लाई निरन्तरता दिएमा गरीबि भागी सुख शान्ती प्राप्त हुने विश्वाश गरिन्छ । गरीबिकै कारण पारिवारिक, सन्तति बिग्रह, अशान्ति, बिकृती, हत्या, आत्महत्या, पागलपनको पिडादाइ घटना समाजमा घट्दछन । गरीबि कै कारण प्रशासन, राजनीति मा भ्रष्टाचार, सामाजिक न्याय प्रती अनास्था, ब्यक्ती एबम सामाजिक नैतीक आत्मबल मा कमी हुँदै गएको छ ।

समाजलाई स्वस्थ, सवल, आत्मसम्मान अवस्थामा डोर्‍याउन ब्यक्ती, ब्यक्तीको आत्मबलको बिकास हुनु जरुरी छ । सुदृढ आत्म्बलको लागि सम्पन्नता पनि जरुरी छ । तसर्थ यहाँ दुई मुलभुत मन्त्र उल्लेख गर्न गै राखेको छु । सम्पन्न कसरी हुने सन्दर्भमा । १ हो संसारको जूनसुकै भागमा भए पनि लागु हुने बैदिक शास्त्र अनुसार को ''सुर्य मन्त्र''  र दोस्रो हो नेपालमा मात्र काम लाग्ने आधुनिक शास्त्र '' नेता भजन'' यो दुइटै गर्न नसक्ने को लागि तेस्रो मन्त्र हो ‘काम काम काम अहो रात्र काम’

१ - सुर्य मन्त्र - सुर्य मन्त्र एबम ध्यान गर्नु अगाडि पूर्व दिशातर्फ मुख फर्काइ कुशासन ( कुश को आसन ) मा बस्ने , चन्दन को टिका लगाउने, काँचो ईटाको चौकोट वा सम्म जमिनमा रातो कपडा बिछ्याउने, त्यस माथि स्वर्णपत्र वा भोजपत्र मा रक्त चन्दन वा अनारको सिन्काको कलमले श्री सुर्य पूजान यन्त्र लेख्ने, बिधी अनुसार अक्षता, फूल, धुप, दिप, नैबेद्य र भेटीले श्री सुर्य पुजन् यन्त्र को एकाग्रहता पूर्वक मन्त्र उच्चारण र ध्यान गर्ने । सुर्य मन्त्र पूर्ण अनुष्ठानको लागि दश लाख र लघु अनुस्ठान्को लागि सवा लाख पटक उच्चारण गर्ने, त्यसका साथै सुर्योदय, मध्यान्ह र सुर्यास्तको समय मा सुर्य को पूजा, अर्चना, दिप गर्ने, यो मन्त्र को नियमित उच्चारण ले साधक को आत्मबिश्वास मा ब्रिधी भै जीवन मा सफालता ले नयाँ ढोका खोल्ने छ ।
सुर्य मन्त्र:  "ॐ धि ध्रिनी सुर्य आदित्य श्री "

सुर्य को पाठ "  रक्त कमलमा बिराजमान, तीन आँखा भएका, बेद मुर्ती, चारै हात मा दानमुद्रा, कमल पदम र अभय भद्रा धारण गर्ने प्रभाल जस्तो आभा, केयुर, अंगद हार एबं बिभुषणबाट सुसोभित, कानमा कुन्डल लगाउनु भएका जगत को सृष्टी पालन र बिनास गर्नु हुने भगवान सुर्यको म ध्यान गर्दछु । यसरी आफ्नो दैनिकीमा सुर्य को मन्त्र एबम ध्यान गर्न सक्नु भयो भने जीवन मा गरिबी हटी शुख शान्ती आउने छ ।

होइन यो दश लाख, सवा लाख कसरी गन्ने, कता ध्यान गर्ने भन्ने लाग्दछ भंने आधुनिक सजिलो सर्ब ब्यापी भजन को पनि आबिस्कार गरिएको छ । त्यो हो नेता भजन, यो भजन तपाईं कुनै पनि बेला कही पनि मौका मिल्ने बित्तिकै गाउन सक्नु हुन्छ । आधुनिक संसारका शक्ती का श्रोत भनेका नेता नै हुन । तर कहिले काही भजन गाउदा गाउदै मुर्ती बदलिन् सक्तछ र त्यो बेला तपाईं को करङ भंगता वा घुडा भंगता हुन सक्तछ । छिट्टै सम्पन बन्ने नेता भजन र बिधी यस्तो छ । " यो भजन गाउदा गणेश ब्रिती र सस्कार युक्त भै नेताको घर, चुल्हो, अफिस नियमित धाउनु पर्ने छ । छिटो फल प्राप्तीको लागि नेता कि श्रीमतीलाई खुशी पार्न सके झन राम्रो । बिस्वासिलो बन्न गुण दोश वास्तै नगरि नेताले जे भने पनि ताली ठोक्नु पर्ने छ । कर्म नगरि फल पाइन्न भंने गीता को सार सम्झी नेताको सेवा, चाकडी, चुक्ली, र कान भर्ने गर्नु पर्दछ ।

समय ग्रह दशा अनुसार नेता हरुको शक्ती बदलिने हुँदा बेफिक्री भै रंग बदल्न सक्नु पर्दछ । दैनिक जती पटक सकिन्छ त्यती पटक तलको भजन गाए पछी सम्पन्नता को शिखर छुन कसैले रोक्न सक्तैन ।

हे मन्त्री त्वमेब पिता च माता त्वमेब

हे सासद गण त्वमेब बन्धु च शखा त्वमेब
हे दल दल का नेता त्वमेब अन्नदाता च शान्ती दाता त्वमेब अथबा त्वमेब सर्ब शक्ती नयाँ देब देब
चढाउछु चन्दा चुनाव मा
प्रभु ठेक्का मिलाइदेउ
जिताइ दिन्छु चुनाव तिमीलाई
गुण्डा जुटाइदेउ
जय होस जय होस
कसै लाई फुस्काएर भेनी
नोकरी लगाइ देउ
सके ठेक्का मिलाई देउ
नसके बिदेस पुर्‍याई देउ
हे पशुका पती बाँदरका साथी
यत्तीका फोर्स छन यहाँ
एउटा मा त भर्ना गराइ देउ
हे त्रिकालदर्शी नेता
तिमी जस्तै छिट्टै सम्पन्न हुने
बाटो देखाइ देउ ।