Showing posts with label ब्लगभित्र ब्लग. Show all posts
Showing posts with label ब्लगभित्र ब्लग. Show all posts

December 2, 2010

ब्लगर प्रदिप बस्यालका ब्लग गफ

ब्लग भित्र ब्लग स्तम्भ पून लिएर आएका छौं। यसपटक दौंतरीमा ब्लगर निम्ताउने क्रममा http://pradeepbasyal.com.np/ का ब्लगर प्रदिप बस्याललाई निम्ताएका छौं। प्रदिपजीलाइ कसरी ब्लगर बन्ने भूत चढ्यो सुनौं उहांकै गफबाट। प्रदिपजीको ब्लग तथा दौंतरीको ब्लग भित्र ब्लग स्तम्भ कस्तो लाग्छ प्रतिक्रिया दिन पक्कै नभूल्नुहोला।

१) ब्लगर कसरी बन्न पुग्नु भयो ?

यसको एउटा वेग्लै रोचक कथा छ । पिताजीको जागीरको दौरान म नवलपरासीमा रहेर पढ्थेँ । सानैदेखि नै आइटीमा रुचि राख्ने हामी केही साथीहरुको (गृष्मराज पाण्डेय, ज्ञानेन्द्र आचार्य, सुरेन्द्र पौडेल) एउटा बेग्लैखाले समूह थियो । सूचना–प्रविधि सम्बन्धी केही नयाँ कुराहरु समाचारमा कतै भेटियो भने त्यसको ‘कटिङ्ग’ लिएर आउँथ्यौं हामी र पढ्दैमा निकै उत्साहित हुन्थ्यौं । कक्षा ५ मा पढ्दादेखि नै इमेल, इन्टरनेटबारे धेरै पढ्ने र सुन्ने गरेता पनि कक्षा ९ मा आएर बल्ल त्यसको अनुभव गर्न पायौं, परासीमा साइबर क्याफे खुलेपछि । हामीहरु बरोबरी पैसा भाग लगाएर इन्टरनेटमा बस्थ्यौं । पत्रिकामा त्यसबेला हामीले ध्यान लगाएर खोज्ने
 भनेकै वेवसाइटहरु हुनेगर्थे । त्यसैले इमेल एकाउण्टसँगै वेवसाइट ग्यामरले गर्दा मैले कक्षा ९ मै पढ्दै गर्दा ‘विवो’ सबडोमेनमा ब्लग खोलेको थिए । पछि काठमाण्डु आएपछि म दीपक अधिकारी र दिनेश वाग्लेको ब्लगिङ्ग शैलीबाट निकै प्रभावित भएँ । त्यसैक्रममा आशिष लुइटेल, रमेश न्यौपाने, आकार अनिलहरुको ब्लगहरु पढ्ने र वहाँहरुको संगतले पनि मलाई ब्लगबारे धेरै जान्ने अवसर मिल्यो ।


September 27, 2010

ब्लगर बेदनाथका आफ्नै कुरा

ब्लगरका कुराकानी प्रस्तुत गर्ने क्रममा यस पटक ब्लगर बेदनाथ पूलामीलाई दौंतरीमा निम्ताएका छौं। "आफ्नै कुरा "नामक ब्लग लेख्नुहुने बेदनाथ जीको इमेलद्वारा तयार पारिएको कुराकानी प्रस्तुत गर्दैछौं।:

१) ब्लग यात्रा कसरी शुरू गर्नु भयो ?
नमस्कार मेरा सबै ब्लगर मित्रहरु, पाठक र सुभचिन्तकहरुमा !
रहरै रहरमा नजानिँदो तरिकाले ब्लगको शुरुवात गरिन पुगिएछ ! जति वेला धनकुटाको मित्र टिका जी ले वेब बनाउनु न, मलाइ त अलिक पारा आएन भनेर Blogger.com को लिंक दिनु भो, उति वेला hi5.comfacebook जस्तो एउटा सामाजिक संजाल मात्र होला भन्ने लागेको थियो र रजिष्टर मात्र गरे ! उहालाई पनि त्यो लिंक उहाको साथीले दिनु भएको रहेछ व्यक्तिगत वेब बनाउनु भनेर ! जब
  मैले ब्लग एउटा फ्री वेब पेज हो भन्ने थाहा पाएपछी र ब्लगमित्रहरुको हौसला पाए पछी भने यसको नशा नै लाग्यो ! अनि नजानिदो रुपमै भए’नी मेरो ब्लगको यात्रा शुरु भो ........"पाइलटको बाटोमा धुलो उडाउदै’’ !


August 1, 2010

गफगाफ सँगको रमाइलो गफगाफ

Gufgaf.com

दौँतरीको नियमित स्तम्भ ब्लग भित्र ब्लगमा हामीले विभिन्न नेपाली ब्लगका ब्लगरहरुसँगका कुराकानी राख्दै आएका छौँ । दौँतरी आफैँमा धेरैजना ब्लगरहरुको संयुक्त प्रयास भएकोले समष्टिमा भन्दा नेपाली ब्लगको विकास वा उत्थान नै दौँतरीको पनि विकास र उत्थान हो ।

यसरी नेपाली ब्लगरहरुलाई अझ नजिक ल्याउने र एक-अर्कामा परिचित गराउने क्रममा यस पटक हामीले गफगाफ डट कम लाई निम्त्याएका छौँ । गफगाफका नियमित पाठकहरुलाई सायद थाहा होला, गफगाफ डट कम एउटा सामुहिक ब्लग भए पनि एउटै परिवारका सदस्यद्वारा सञ्चालित छ । यस्तै र अरु रमाइला जानकारी सहितको गफगाफका लागि लागौँ सिधै प्रश्न उत्तरतर्फ:

पहिला त गफगाफ डट कम र यसका सक्षम र कर्मठ सर्जकहरुको परिचयबाटै सुरु गरौं न ?

गफगाफ डट कम मन लागेको कुरा लेख्ने थलो हो । यै क्षेत्र, यै विषय, यै पृष्ठभूमिका बारेमा लेख्नुपर्छ भन्ने बन्देज गरेका छैनौँ । मन लागेका कुरालाई सुन्दर शब्दमा उतार्न सकिन्छ भने त्यो गफगाफ डट कमको सामाग्री बन्छ भन्ने हाम्रो धारणा हो । गफगाफ डट कम मुलत: एक जनाबाट शुरू भएर पछि अरू दुईजना पनि गाँसिएपछि अहिलेको यो रूपसम्म आइपुगेको हो । प्रवेश पौडेल (काठमाण्डौ विश्वविद्यालयमा मेकानिकल इञ्जिनियरीङ् पढ्दै), अशेष पौडेल (क्याथफोर्ड कलेजमा बिबिए पढ्दै) अनि सक्षम घिमिरे (हाल अमेरिकामा )को संयुक्त प्रयास नै अहिलेको गफगाफ डट कम हो । हामी अशेष र प्रवेश शब्दको काम गर्छौँ, सक्षमले प्राविधिक कुराहरू मिलाउँछ । कहिलेकाहिँ बुवा अनिल पौडेल अनि सानीमा नम्रता गुरागाईँले पनि सघाउनुहुन्छ ।

एकजना ईन्जिनियरीङ्गको विद्यार्थी, अर्को कमर्शको । दुईजना नेपालमा एकजना विदेशमा । पठन-पाठनको व्यस्तताबीच कसरी ब्लगतर्फ आकर्षण बढ्यो ?



June 22, 2010

कृष्णपक्ष ब्लगयात्रा

ब्लग भित्र ब्लग दौंतरीको नियमित स्तम्भ हो। यो स्तम्भबाट नेपाली ब्लगरहरुलाई पाठक माझ प्रस्तुत गराएर उहांहरुको ब्लग जिबनबारे उजागर गर्न प्रयास गर्दछौं। पूराना ब्लग गफ हेर्ने ब्लग भित्र ब्लग स्तम्भमा जानुहोला।
यस पटक ब्लग भित्र ब्लगमा कृष्णपक्षलाई निम्ताएका छौं। उहां मुख्य रुपमा कृष्णपक्षमा साथै मेरो सन्देशमा ब्लगिगं गर्नुहुन्छ। प्रस्तुत छ कृष्णपक्षसंगको ब्लग गफ।

१)ब्लग के का लागी लेख्नुहुन्छ? -प्रत्येक टाँसोमा थोरै भए पनि सामाजिक सन्देश सम्प्रेषित होस् भन्ने मेरो अभिप्सा रहन्छ, यद्यपि मेरो ब्लग लेखनको मूल अभिप्राय भनेको आत्मसन्तुष्टि नै हो ।


May 18, 2010

स्वप्निल संसारमा नरेन्द्र रौले

दौंतरीले नेपाली ब्लग तथा ब्लगरको बारेमा सधैं काम गरिरहेको छ। यसै अनुरुप नेपाली ब्लगरहरुसितको ब्लग संबादलाई ब्लग भित्र ब्लग स्तम्भमा नियमित राख्ने गरेका छौं। यस पटकको ब्लग भित्र ब्लगमा स्वप्निल संसारका ब्लगर नरेन्द्र रौलेलाई निम्ताएका छौं। आउने ब्लग भित्र ब्लगको स्तम्भमा ब्लगर कृष्ण पक्षसितको संबाद लिएर आउने छौं। प्रस्तुत छ नरेन्द्र रौलेको ब्लग संबाद।

१) ब्लग दुनियामा कसरी आउनुभयो - आफ्नो छोटो परिचय दिनुहोस न ।
सुदूरपश्चिमको बाजुरा जिल्लामा जन्मेको हुं । स्कुल जिवनमा पत्रपत्रिका पढ्न , रेडियो सुन्न, कोर्षबाहिरका किताब पढ्न खुब चाख लिन्थें । कक्षा १० पढ्दा सुनाखरी भित्ते पत्रिका सम्पादन गर्थें । एसएलसि पछि उच्च अध्ययनका लागि ६ बर्षअघि मैले काठमाडौं काठमाडौं प्रबेश गरें । रत्नराज्य लक्ष्मी क्याम्पस, भृकुटीमण्डपबाट पत्रकारिता र अंग्रेजी साहित्यमा बिए स्तरको पढाइ पुरा गरें ।
म बिगत तीन बर्षदेखि सक्रिय रुपमा पत्रकारितामा पेसामा छु । हाल कान्तिपुर पब्लिकेसन्सको नेपाल साप्ताहिक संबाददाताका रुपमा कार्यरत छु । तीन बर्षअघि कान्तिपुर दैनिकका पत्रकार एबं ब्लगर दिनेश वाग्लेसंग मेरो भेट भयो । मैले भर्खर आइ ए दोस्रो बर्षो परिक्षा दिएको थिए। नया


March 10, 2010

ब्लगर दाइको ब्लगिङ वार्ता

दौंतरीमा नेपाली ब्लगरलाई निम्ताउने क्रममा यस पटक नेपाली ब्लग जगतकै दाइ ब्लगर दाइलाई निम्ताएका छौं। ब्लगसम्बन्धी उहाँका अनुभव दौंतरीलाई बाँड्नुभएकोमा नवीनजीलाई धेरै धेरै धन्यवाद।

१) ब्लग दुनियाँमा कसरी आउनुभयो ? आफूलाई कसरी परिभाषित गर्न रुचाउनुहुन्छ ?
एउटा hobby को रूपमा पहिले कलम कपि लिएर खेस्रा गरीरहन्थे। त्यों बेला खासै इन्टरनेटको सुबिधा थिएन। 2003 पछी इन्टरनेट चलाउदा खुबै साथीहरुलाई rough article पठाएर दिक्क पार्थे :) पछी यो blogspot फेला पारियों र साथीहरुले सायद राहतको महसूस गरेका छन। सुरु सुरु मा थुप्रै experiment गरिन्थ्यो। तर पनि formally online राखेको 2006 (ajabgajab) देखि हो।

२) तपाईँको Frame of Reference को आकार ब्याख्या गरिदिनुहुन्छ कि ?
खासै बाधिएर लेख्ने बानी छैन। "यो चाही मेरो प्रस्थान बिंदु हो , तिमी के भन्छौ त साथी ?" भन्ने हिसाब ले frame of reference को नाम जुरेको हो। नेपाल मा Physics पढ्दै गरेका भाइहरु ले पनि मन परायेका रहेछन।

‍३) तपाईँको ब्लगलाईँ के मा अनुबन्ध गर्नुभएको छ ?
Educational type को information उपलब्ध गर्न खोजेको खासै सकिएको छैन। आफ्नै research का टुकरा -टाकरी राख्ने पहल पनी हुदैछ । Completely boring topic dump गरेर पनि भएन :)

४) तपाईँ कसरी ब्लगर दाइ बन्नुभयो नि ?
दाइ भनेर संबोधन गर्ने भाइका साथीहरु र साथीका भाइहरुको जमातले blogger दाइ न्वारन गरिदिए। आफु लाई खूब academic ठानेर आफ्नो blogging habit को र्को अलग पहिचान राख्ने मेरो प्रयास पनि येसको कारण हो।

५) ब्लगर दाइ ब्लगर भाइहरुलाई केही दर्हो सुझाब छ कि ?
ठुलो अनुभवको पोको त छैन। तै पनि भन्नैपर्दा , धैर्यता राख्नु पर्छ। Blog ले audience pick up गर्न जती गार्हो छ , maintain गर्न उत्तिकै गारो छ। दिन को 10/15 मीनेट मात्रै दिन सकियो भने धेरै हुन्छ।
Technically भन्नु पर्दा :थुप्रै script र gadget राख्दा site लोड हुन slow हुन्छ; राम्रो theme र topic oriented article राख्नु पर्छ; लेखिएको topic मा अली अली research गरियो भने सुन मा सुगंध हुन्छ।एक पटक आउने मान्छे अर्को पटक पनि आउन मन लाग्ने भए त ब्लग सफल नै मान्नुपर्ला।

६) ब्लगको पाठक अन्तरक्रियासंग कत्तिको सामीप्यता राख्नुहुन्छ ?
दिनको केही समय hamro circle लगाएत मा updated post हरु हेर्छु। नेपाली मा कमेन्ट लेखन टाइम लागने भएर interaction मा पछाड़ी नै छू। पढन चाही पढ़ी रहेकै हुन्छु।

७) हरेक कुरा केही न केहीबाट सुरु भएको हुन्छ। यो आकाशगंगाको उत्पती के बाट भएको होला ?
यो चाही गजबको प्रश्न गर्नु भो। Big bang भनेर सबै ले कुरा गर्छन। तर " के यो संसार को उत्पति सून्य समय मा quantum fluctuation ले गर्दा नै भएको हो त ?" यो प्रश्न ले हरेक पटक मेरो मथिंगल घुमाउछ।आज को मिति सम्म स्थापित theory चाही येस्तई छ !

८) बिज्ञानले हरेको कुराको नापजाँच गर्नेगर्छ। आकाशको नाप कती होला? आकाशभन्दा पर के छ ?
Einstein ले एक पटक भनेका थिए , "यो संसार जति सुकै ठुलो भये पनि हाम्रो mathematics को ज्ञानले बाँध्न सक्छौ"। यो फैलिदै गरेको आकास र अनन्तसम्मको लेखाजोखा राख्ने बिज्ञानको प्रयास , दुवै जारी छ।

‍९) तपाईँको आकाशमा अलि बढी ज्ञान रहेछ। मलाइ नेपाल देखिनेभन्दा अमेरीकाबाट देखिन चन्द्रमा अली ठूलो लाग्छ,यो भ्रम हो कि सांचो हो ?

नेपाल landlocked भएको ले गर्दा हामी ले चन्द्रमा लाई डाडा माथि देख्छौ।
अमेरिका मा निकै तल सतह बाट उदाएको देख्नु भो होला। यो relative size ले गर्दा हुने दृष्टी भ्रम हो। http://en.wikipedia.org/wiki/Moon_illusion

१०) तारा गन्न संभव होला ? तपाईँको मन पर्ने तारा कुन हो ?
यो आली गारो question पर्यो :)एक पटक hubble space telescope ले आकास को एउटा अंधेरो कुना मा एक हप्ता सम्म निरिक्षण गर्दा के पाइयो भने , completely अंधेरो लाग्ने region मा समेत हरेक थोप्ला थोप्ला तारा हरु ले भरिएका रहेछन। [http://hubblesite.org/hubble_discoveries/hubble_deep_field/]
अब यो अनंत आकास का अनन्त बिंदुहरु गनेर संभव होला र? तै पनि visible universe मा चाही एती छन भनेर गन्ने प्रयास गर्ने लाई गणना गर्न दिउ न !alpha centauri एकदम मन पर्छ। 2008 मा brazil जाने मौका मिलेको थियो। southern hemisphere बाट आकास हेर्दा जून मज्जा आयो त्येसको बयान गरेर साध्ये छैन [http://www.nabinkm.com/2009/05/constellations-in-southern-sky.html]।

११) संसारबाहिर जीवन होला त ? कि यो बैज्ञानिकहरुको मृगतृष्णा मात्रै हो ?
PlanetQuest भन्ने NASA को mission ले हरेक हप्ता जसो पृथिवी जस्ता planet पत्ता लगाउदै छन। यसै हिसाब ले, संभावना को हिसाब ले पृथिवी बाहेक का ठाऊ मा जीवन नहोला भन्न सकिन्न। तर तिनिहरूका हाम्रा जस्तै दुई हात , नाक कान खुट्टा होलान भनेर भन्न सकिन्न।

१२) भौतीक शास्त्रको बिकसित र बिकासोन्मुख देशबिच भौतिक तथा शैद्धान्तिक अबस्थामा के भिन्नता छ ?
सैदान्तिक रूप मा त भिन्नता छैन। Physics is universal। भौतिक रूप मा equipment हरु उपलब्ध हुने हो भने नेपाल का scientist हरु अन्य देश का scientist संगको प्रतिस्पर्धा मा पछी परलान जस्तो लाग्दैन।

१३) सपनालाई कसरी परिभाषित गर्नुहुन्छ। कुनै राम्रो सपना तुरुन्तै कैद गर्नुभएको छ ?
"राम्रा सपना लाई तुरुन्तै कैद गर्नु पर्छ" , हाम्री आमा को भनाई हो यो। पहिले पहिले कलम कपि सिरानी मुन्तिर राखेर सुतिन्थ्यो। निकै रमाईला सपना हरु लाई कॉपी मा उतारेको छु।सत्य नभए पनि सपना देख्नुमा खराबी देख्दीन।

१४) अन्य ब्लग कत्तीको सयर गर्नुहुन्छ ? राम्रा नराम्रा पक्ष केलाइदिनुहुन्छ कि ?
hamro-circle मा updated सबै जसो blog visit गर्छु। त्येस बाहेक google reader मा पनि केही छन। अर्काको ठ्याक्कै कॉपी पेस्ट गर्ने बाहेक सबै आ-आफ्नै स्थान मा राम्रा छन।bloggers.com.np मा report this blog भन्ने feature राखेर एउटा team बनाउने हो भने येस्ता प्रदुषण नियेंत्रण हून सक्छ।

१५) फुर्सत र ब्यस्तामा आफूंलाई कसरी ब्यालेन्स राख्नुभएको छ ?
हा हा हा ...फुर्सद मा ब्यस्त र ब्यस्तता मा फुर्सदिलो हुने गर्छु। फुर्सद मा blog लेखेर schedule गरी दिन्छु। त्येसै ले त्यती गारो हुन्न।

१६) दौंतरीलाई के सुझाब दिनुहुन्छ ?
दौतरीको प्रयास प्रेरणादायी छ। थुप्रै vetran को संगम थलो मा मैले के सुझाब दिन सकुला र ? निरंतरता दिनु होला सुझाब र शुभकामना यही हो।

१७) तपाईँलाई भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन् कि?
नेपालीमा टाइप गर्ने ख़ास अनुभब छैन हिज्जे माफ़ पाऊँ ! "नया" तथा "पुराना" blogger हरु को संगम थलोमा स्थान दिनुभो , दौतरी टीमलाई धन्यवाद। यो उत्साह र शक्ती सधै कायम रहोस् ।
Happy Blogging!

January 27, 2010

नेपाली दोस्रो ब्लगर भेला ( जेनवरी ३० -माघ १६)

अपडेट:भेला आउन अब केही दिन मात्र बांकी हुंदा ब्लगर साथीहरुले पूरा तयारी गर्नुहोला। भेलामा सहभागी हुने भए तलको कमेन्ट बक्समा जनाउ दिनुहोला,त्यसले गर्दा सबैलाइ जानकारी पुग्दछ। भेलामा आउन आफ्ना चिनेका ब्लगरलाइ पनि खबर गर्नुहोला। तपाइ पाठक भए पनि भेलाको परिबेक्षण गर्न सक्नुहुनेछ।


भोली बाट दौंतरीमा दौंतरी पेजभरी च्याट बक्स राखेर परिक्षण गरिनेछ भने अहिले पनि परिक्षण भनेर च्याट बक्स राखिएको छ। भेलामा टाइप गरेर आफ्नो कुरा राखिने तथा समय छोटो र सहभागी धेरै हुने भएकाले आफ्ना कुरा टाइप गरेर तयार राख्नुहोला। सहभागीको नामक्रम जस्तै आफ्नो बोल्ने पालो आउने छ। आफ्नो पालोमा आफ्नो नाम, ठेगाना तथा ब्लग र भेलामा के कुरामा केन्द्रित हुने पर्ने,नेपाली ब्लगरले के गर्न सक्ने जस्ता कुरा छोटो समयमा राख्नुहोला। सबैको पालो सकिए पछी छानिएका बिषयमा छलफल हुनेछ। बोल्ने पालो नामक्रम अनुसार हुनेछ। जस्तै. 1) Nepalean 2) Prajwol 3) Aakar etc.
----------------------------------------------------------------
करिब ६ महिना पहिले अगष्ट १, २००९ मा ब्लगर भेला भएको थियो। पहिलो भएको ले कतिपय प्रबाधीक तथा बिषयगत कुरामा उत्क्रिष्ठ हुन सकिएन तर भेलामा निकै नौलो अनुभव बटुल्ने अबसर मिलेको थियो। त्यो नेपाली ब्लगरका लागी एक प्रकारको भुल्नै नसकिने क्षण हो। पहिलो भए पनि उक्त भेलाबाट हामीले धेरै सिक्न पाएका थियौं। त्यस पछी ब्लगर ग्रुपमा ब्लग गतीबधी पनि निकै बढेको थियो भने ब्लगर बिच भलाकुसारीमा राम्रै बिकास भएको थियो। ब्लगर बिच हुने सदभाव तथा सहयोग आदान प्रदान अतुलानिय नै रह्यो। साथै धेरै ब्लगर बिच चिनचान भयो। यसबारे थप कुरा ब्लग भेलामा सामेल हुने ब्लगर मित्रले पक्कै भन्नुहुनेछ। भेला पछि भएको गनथन यांहा गएर हेर्नुहोला।

त्यती नै बेला निरन्तर ब्लग भेला गर्ने निर्णय पनि भएको थियो । त्यसै अनुरुप जेनवरी ३०, २०१० (माघ १६, २०६६) नेपाली समय बिहान ९ बजे Saturday ( यु यस सेन्ट्रल टाइम जेनवरी २९ सांझ ९ :१५ Friday) मा पहिले कै जसरी दौंतरीमा (www.dautari.org) भेला हुन अनुरोध गर्दछु। भेलाको दिन दौंतरीमा च्याट गर्न मिल्ने ले-आउट पुरै पाना भरी राख्ने ब्यबस्था गर्दछौं।

तपाइ आउने नआउने सुचना पनि यही ब्लगको प्रतिक्रिया बाकसमा दिनुहोला जस्ले गर्दा सबैलाइ एकैसाथ जानकारी पुग्दछ। भेलाका एजेण्डा ब्लगर ग्रुपको इमेलमा या यही ब्लगमा लेख्नु होला। साथै पूरानो भेला हेर्न यांहा जानुहोला।

ह्याप्पी ब्लगिगं
नेपालियन

=भेला गतिबिधी
भेलाको गितीबिधी दौंतरीमा टेक्स्ट सहित राखिने छ
=भेलाको एजेण्डा
नेपाली ब्लगरका समस्या, नेपाली ब्लगरले गर्न सक्ने योगदान,ब्लगलाइ प्रबाधीक सहयोग आदी

=भेलाको तालिका
छिटै आउने छ

भेलामा पाल्नुहुने ब्लगर साथीहरु:
१) नेपालियन: http://www.dautari.org/
२) प्रज्वल: http://www.kamaladi.com/
३) आकार: http://www.aakarpost.com/
४) सपना संसार: http://www.sapanasansar.com/
५) अशेष पौडेल: http://www.gufgaf.com/
६) नबिन KM: http://www.nabinkm.com/
७) गोकुल बिबश:http://www.khullamanch.blogspot.com/
८) दिपक अधिकारी:http://www.deepakadk.blogspot.com/
९) एकलव्य:http://www.dautari.org/
१०) केपी ढुंगाना :http://www.hamroblog.com/
११)अन्जली तिमल्सिना: http://www.tanjali.blogspot.com/
१२)अर्चना श्रेष्ठ: http://archanashrestha.blogspot.com/
१३)दिपेन्द्र कूमार झा: http://www.deependrajha.com/
१४) उज्जवल आचार्य - http://www.nepalivoices.com/
१५) ध्रुब पन्थी- http://dhrubapanthi.blogspot.com/
१६) शब्द तरगं-http://wordswave.blogspot.com/
१७) विनोद कुमार रिजाल http://sagarmathadarpan.blogspot.com/
१८)विष्णु प्याकुरेल:http://patriotnepali.blogspot.com/
१९) महेश खनाल:maheshsagar.blogspot.com
२०)दुर्जेय:http://doorjeya.blogspot.com/
२१) लभनेपाल:http://www.luvnepal.com/
२२) सूर्य/सिकारु:http://www.sikaru.blogspot.com/
२३)विवेक: http://merasirjanharu.blogspot.com/
२४)कैलाश: http://kailashkokuti.blogspot.com/
25) Naya laure:

December 21, 2009

परिष्कृत लेख लेख्‍ने ‘सिकारु’ !

Surya Sikaru दौँतरीको नियमीत स्तम्भ ब्लगभित्र ब्लगमा हामीले नयाँ तथा पुराना नेपाली ब्लगरहरुसंग भलाकुसारी गर्दै आएको यहाँहरुमा बिधितै छ । त्यसै क्रममा आज हामीले निम्त्याएका छौं परिष्कृत रचना लेख्‍ने तर नाम ‘सिकारु’ राख्‍नु हुने नेपाली ब्लग जगतमा परिचित अर्का मित्र सुर्य न्यौपानेज्यूलाई । ल लागौं त उनै सुर्य “सिकारु” संगको कुराकानीमा :

ब्लग तर्फ आकर्षण कसरी बढ्यो र कहिले देखी ब्लगीङ सुरु गर्नु भयो ?

साथी भाईहरुको रचना पढेर जागेका उत्प्रेरणा र तपाइँहरुजस्ता पृथक ब्लगरहरुको मार्गदर्शन गर्ने बाटोलाई समाएर मनमा जागेका भावना र तरंगहरुलाई बिसाउने चौतारीको रुपमा यसलाई पाएँ। शुरु-शुरुमा त ब्लग लेख्ने कुनै औपचारिक योजना थिएन कसैको बिचार र बन्धन बाट बिचलित नभै आफ्नै स्वतन्त्र बिचारमा विचरण गर्न पाइने र धेरै कुरा सिक्न पनि पाइने हुनाले करिब एक बर्ष पहिले मैले ब्लग लेख्न शुरु गरेको हुँ ।

तपाईका गजल र अन्य रचना पढ्दा त निकै परिष्कृत लाग्छन, तर यो 'सिकारु' नाम चाही किन र कसरी जुर्‍यो ?

रमाइलो प्रश्न ! सर्वप्रथम धन्यबाद दौँतरीलाई ! मेरा रचना र भावना प्रति नजर राखीदिनुभएकोमा । सिकारु उपनामको लहरो काँहा र कसरि उत्पन्न भयो भन्ने कुरा मैले मेरो केहि अघिको बार्षिक उत्सवको पोस्ट सिकारु बर्षदिनमा गोरेटो र ब्लगरहरु मा पनि प्रस्तुत गरेको छु तैपनि छोटकरीमा जवाफ दिनु पर्दा अतितको पराजयलाई हतियार बनाएर बर्तमानलाई सरल र सवल ढंगले परिचालन गर्न अनि बिगतको अनभिज्ञतामा जन्मेको मानसिक पीडालाई राहत प्रदान गर्दै बर्तमानमा रमाउन सिकारुको श्री गणेश भयो । अर्को शब्दमा आफ्नो पक्षधरता र अनुकुलतामा बिचार प्रवाह गर्ने हरुले सत्य र सहि मार्गमा लाग्न प्रेरित गर्ने कुरालाई मनोगत चिन्तन बनाई सधै सानो र अबोध भएर साहित्यिक सर्जकहरुको माया बटुल्न सिकारु जन्मिएको हो ।

ब्लग लेखनबाट भएको तिता मिठा अनुभव के कस्ता छन ?

मैले ब्लग लेखनबाट सबैमाझ धेरै कुराहरुको मिठा अनुभव प्राप्त गरेको छु । सामान्य देखि लिएर पृथक साहित्यप्रेमीहरुसंग भलाकुसारी गर्ने अवसर पनि प्राप्त भएको छ । लाग्छ, म पनि अब नेपाली ब्लगरको बृहत संजालभित्र बाँचिरहेको छु । तिक्तता भने खासै केहि छैन बेलाबखत केहि मित्रहरुले आफ्नै साथीभाइका लेख-रचना हरुलाई बिना सूचना अनुकरण गर्दा भने (मेरो त भेटेको छैन ) अलि नरमाइलो लाग्छ ।

"विद्युतिय साईनो" कस्तो चल्दै छ ?

हा.. हा.. हा.. हा.. विद्युतिय साइनो त चलेकै छ बिस्तारै, तर पहिले जस्तो द्रुत गतिमा भने हिँडेको छैन । किनकी साइनो की पात्र दुर्घटनाको शिकार भएकी छन्। अब छिटै पुनर्मिलन सहितको दोस्रो भाग प्रकाशन गर्ने तयारीमा छु पढन नछुटाउनु होला । हाम्रो पनि पनि विद्युतकै साइनो हो यो पनि सदा सदा बाँचिरहोस।

नेपाली ब्लग जगतको अबस्था कस्तो छ जस्तो लाग्छ?

नेपाली ब्लग जगतको सन्दर्भमा आजभोली एउटा आशालाग्दो बर्तमानमा सुनौलो भबिष्य देखेको छु मैले । ब्लगको संख्यात्मक वृद्धि भन्दा गुणात्मक पक्षमा ध्यान दिनु अत्यावस्यक छ । यसको जगेर्नामा दौतरीले बेला-बेलामा सामुहिक भेला गरेर ब्लग उठानमा परिवर्तन गर्ने जमर्को गरेको पनि छ । आशा गरौ, भबिष्य सृजनशील हुदै बर्तमान साक्षात्कर्मको भावनाद्वारा पाठक हरुमा रसमय आनन्द फैलाउदै आदर्शको यथेष्ट आकर्षण बढाउदै लैजाओस नेपाली ब्लगलाई ।

मन पर्ने विधा कुन हो र नयाँ पाठकले तपाईको ब्लग पढन खोजेमा कुन चाही पोस्टबाट पढ्न सुरु गर्न सल्लाह दिनु हुन्छ ?

खासगरी विधाको बारेमा कुरा गर्दा, बाल्य अवस्थामा त कविता नै बढी लेखिन्थ्यो । यसका अलावा निबन्ध, लघुकथा र दैनिकी पनि लेख्ने गर्थे । यीबाट धेरै पटक पुरस्कृत पनि भएको छु । आजकालको माहौलले गर्दा पनि होला गजल तर्फ पनि आकर्षण बढेको छ ।
लाग्न त आफ्नो सबै पोस्टको लागी आफ्नो उत्तिकै मेहनत परेको हुन्छ तैपनि नयाँ पाठकले मेरो ब्लग पढन खोजे गजल बाटै शुरु गर्ने सल्लाह दिदै सम्पूर्ण ब्लग एकपटक हेरिदिनुस भन्न चाहन्छु किनकी पाठकको सानो सुझावले मलाई निर्णायक बनाउन सक्छ।

 धेरै नेपालीहरु विदेशबाट ब्लगीङ गर्छन, विदेशनु र ब्लगीङ बीच केही सम्बन्ध देख्‍नुहुन्छ ?

हुँदा सस्तो र नहुँदा कस्तो भने जस्तै हो यो कुरा पनि । मानिसमा बढी मात्रामा माया मोह तब जाग्दो रहेछ जब उ मातृभूमि छोडेर विदेशको बन्धनित लक्ष्मण रेखाभित्र गुम्सन्छ । तिनै पीडा र ब्याथा बाट उत्पन्न भावना हरुलाई छताछुल्ल पारेर पोख्न सजिलो माध्यम बनेको छ ब्लग अहिले । अर्को कुरा बिदेशमा नेपाली खोज खबर को पहुँच पनि न्यून भएकोले होला बिदेशमा ब्लग लोकप्रिय हुन् पुगेको (मेरो बिचारमा )

आफ्नो र दौँतरी बाहेकका पाँचवटा उत्कृष्ट नेपाली ब्लगको नाम लिनु पर्दा कुन कुन ब्लगलाई सम्झनु हुन्छ?

हुन त नेपाली ब्लगरहरु प्रा:य (निरन्तरता पाइरहेका ब्लगरहरु )सबै राम्रो नै लाग्छ । सीमित साथीहरुको नाम लिदा अन्याय हुन्छ की ? । तैपनि जवाफमा भन्नु पर्दा कयाफे मंगलम, बिचार र अभिव्यक्ति, बसन्त गौतम को ब्लग, भोजपुरे ब्लगसाहित्य संसार मा प्राय: छिरिरहन्छु ।

तपाई रचनाहरु बसेर लेख्‍न थाल्नुहुन्छ कि फुरे पछि लेख्‍न बस्नुहुन्छ ?

रचना फुराउनको लागि निश्चित बेला त चाहिन्छ नै ! त्सैले मैले बिशेष गरि फूर्सदको बेला नै बसेर लेख्न सुरु गर्छु ताकी अरु काममा बाधा नपरोस ।

के विदेशिए पछि नेपालको बढि माया लाग्ने कुरा सहि हो ?

सहि हो मैले भोगेको भोगाइलाई हेर्दा ।

नेपाली ब्लगरहरुले भोगीरहेका मुख्य समस्या के हो? र यसको उत्थानको लागि के गर्न सकिएला?

सर्व प्रथम त एकता नै सबै भन्दा ठुलो कुरा हो जसलाई दौँतरीले मनन गरेर एक सूत्रमा बाँध्ने प्रयास पनि गरेको छ । जसमा दौँतरीलाई आभार प्रकट गर्न चाहन्छु । समस्याको कुरा गर्दा परिपक्व सामुहिक संयन्त्रमा नव आगमनलाई प्रोत्साहन गर्दै, प्रविधिलाई अझै सवाल बनाई सबैमाझ पुरयाउन आवश्यक छ । बिना सुचना कसैको प्रस्तुतिलाई नक्कल गर्ने कामलाई पूर्ण रुपमा निरुत्साहित गर्नु अर्को मुख्य कुरा हो ।

ब्लगले समाज वा देशलाई केही दिन सक्ला जस्तो लाग्छ

मेरो बिचारमा ब्लगले समाज वा देशलाई धेरै कुरा दिन सक्छ । कतिपय साथीहरुका ब्लग पढदा सामाजिक रुपान्तरणलाई नयाँ दिशा दिन सक्ने पृथक लेखहरु पनि छन । सामुहिक एक्यबद्धतालाई उजागर गर्दै नकारात्मक प्रवृतिमा खबरदारी र सकारात्मक प्रवृतिलाई उत्साहित गर्दै जाने हो भने पक्कै ब्लगरले समाज र देशमा सशक्त भूमिका खेल्न सक्छ ।

ब्लग र पत्रिकामा एउटै घटनाको बारेमा दुईथरी समाचार आए कुनचाही लाई विश्वास गर्नु हुन्छ?, किन?

त्यो त आफू -आफूमा भर पर्ने कुरा नै हो । मलाई पत्रिकाको जोहो गर्नु भन्दा ब्लगमै हेर्न रमाइलो लाग्छ किनकी बानि नै भै सक्यो ब्लग पढने ।

दौँतरीलाई सुधार गर्न के गर्नु पर्ला ? के कस्ता खुराकहरुको दौँतरीमा अभाव देख्‍नुहुन्छ?

दौँतरीको बारेमा खासै सुधार गर्नु पर्ने नयाँ कुरा मैले देखेक छैन । मलाई लाग्छ छोटो समयमा दौतरीले ठुलो सामुहिक संयन्त्र बनाउन सफल भएको छ । सम्पूर्ण बिधाहरुको पक्षमा शसक्त भएर उभिनु नै यसको सवल पक्ष हो । समय संगै बगेर नयाँ सोच र नयाँ खोजमा अनन्त सम्म बाँचिरहोस दौतरी मेरो शुभकामना !

हामीले छुटाएको तर तपाईले भन्न चाहनु भएको केहि कुरा छन कि ?

मेरो कुरा यो छ की दौँतरीलई सफल बनाउन लागि पर्नुहुने सम्पूर्ण सदस्य हरु प्रति सफलताको शुभकामना ब्लग तथा बक्तिगत जीवनप्रति पनि । ब्लगर भेला संगै समेटिएका प्रत्येक ब्लगका बुझाई र लेखाईहरु को क्रियाकलापलाई ठिक ढंगले समन्वित गर्दै अगाडी बढेमा पक्कै पनि ब्लग जगतलाई निर्द्दिष्ट लक्षमा पुरयाउन दौतरीले नयाँ र पुराना पिंढीका लागि अर्थपूर्ण अवसर ,साहस र उत्प्रेरणा प्रदान गर्दै, अन्धबिस्वासका खोटा बिचारहरुलाई विस्थापित गरि युगानुकुल नयाँ बिचारमा विचरण गर्न प्रतिबिम्बित गर्नेछ । यो यात्राले हामी सबैको गरिमालाई माथि पुरयाई समयमै नव प्रतिभा,सर्जक, अन्वेषक तथा बौद्धिक व्यक्तित्वहरुको अनुभव र दैनान्दिनीलाई लिपिबद्ध गर्न यथेष्ट सहयोग गर्नेछ ।

साथै ब्लग भित्र ब्लगमा सहभागी हुने अवसर दिनुभएकोमा तपाइहरुप्रति कृतज्ञता ब्यक्त गर्दै सबैलाई दौँतरीमा सहभागी हुन आग्रह पनि गर्न चाहन्छु ।

सुर्य जीको ब्लग: सिकारुको गोरेटोमा



November 30, 2009

ब्लगर भेला - एक उच्च सफलता

अगष्ट १ मा भएको ब्लगर भेला एउटा राम्रै सफलता भएको जस्तो लाग्छ। हुन त भन्नुहोला, आफैं भेला गराउने आफैं सफलता भन्ने? सफलताको स्वाद नेपाली ब्लगर्स इमेल समुहमा सामेल ब्लगर मित्रहरुले चाखी सक्नुभएको होला। हुन त अझै कती ब्लगर मित्रहरु यो इमेल समुहमा सामेल भइसक्नुभएको छैन तर आजको मितीमा करिब १५० जना ब्लगर मित्रहरु ब्लग सम्बन्धी जिज्ञासा,गुनासो सिधा राख्न सक्नुहुनेछ। यो ठुलै उपलब्धी हो। यसरी एक आपसको सहयोगबाट पक्कै पनि धेरै ब्लगरहरु लाभान्दीत हुनुभएको छ। ब्लगर भेलाको दिन देखी यो अबस्था सम्म ल्याउन नया पुराना ब्लगहरुले प्रतक्ष अप्रतक्ष रुपमा ठुलो योगदान दिनुभएको छ।

नेपाली ब्लगर्समा देखीएको ठुलो बिक्रिती हो सामाग्री चोरी। नेपाली ब्लगका प्रखर ब्लगर दिलीप आचार्यका कैयौं सामाग्री चोरिएको भटेपछी दिलीप जी आफैं चोरको खोजीमा लाग्नुभयो। उहांले चोरलाइ पक्डनु मात्र भएन चोरिएका सामाग्रीको क्रेडिट दिन कपिमास्टर बाध्य भए। दिलीपजीले इमेल समुहमा यि सबै अनुभव बांडेर हामी सबैलाइ सामाग्री चोर्नेलाइ कसरी कान पुछ्छर गर्ने भनेर आइडिया दिनुभयो । हालसालै ब्गलर अन्जलीका सामाग्री पनि चोरिएको पत्तो लाग्यो। उहांले पनि सामाग्री कपी गर्नेलाइ क्रेडिट दिन अनुरोध गर्नभयो तर अहिले सम्म चोरिएको सामाग्रीमा क्रेडिट दिइएको छैन। आज अरुको सामाग्री चोर्नेले भोली तपाइ हाम्रै सामाग्री चोरेर राख्न सक्छ।यस्तो अबस्थामा हामी सबै ब्लगर मिलेर चोर्नेको ब्लगमै गएर सामाग्री कपि गर्नेलाइ कमेन्ट लेखेर हतोस्ताहित गर्न सक्छौं। ब्लग सामाग्री चोरीको समस्या समाधान गरे नेपाली ब्लगको स्तर मात्र बढ्दैन, पाठकको संख्यमा पनि उलेख्य ब्रिद्धी हुन्छ। एउटै सामाग्री १० ठाउंमा भेटीने समस्या पनि छ। यस्तो अबस्थामा सर्जक केही समय लोकप्रिय त होलान तर त्यो केही समयको लागि मात्र हुनेछ। यस्ले तपाइको ब्लग,सर्जकको स्तर घटाउनुको साथै पाठकहरुलाइ अन्याय हुन जान्छ जसबाट पाठकहरु तपाइको ब्लगबाट मात्र होइन नेपाली ब्लग जगतबाटै हराउन सक्नुहुनेछ।

नेपाली ब्लगर्स इमेलमा गुगलको याड राख्ने र फाइदा उठाउने कुरा पनि निकै चर्चामा रह्यो। ब्लग भनेको बिचार,सामाग्री प्रस्तुत गर्ने ठाउं हो। तपाइको साइटमा गुगल याड जती क्लिक हुन्छ त्यही अनुसार तपाइले आम्दानी गर्न सक्नुहुनेछ। त्यही होडमा लागेर नेपाली ब्लगरहरु याडको धुनमा इमेल समुहमा सहयोग माग्नु भएको छ। तपाइको सामाग्री कमसल भए पक्कै पनि धेरै पाठकहरु आउनु हुदैन। कम पाठक तर धेरै क्लिक भए गुगलको रोबटले तपाइले अनिमियता गरेर आम्दानी गर्ने खोजेको बूझ्दछ र तुरुन्तै तपाइको याड सेन्स अकान्ट बन्द हुन्छ। यसको अनुभव नेपालका ठुला साना ब्लगरहरुले भोगी सकेको कुरा हो। यसरी जबरजस्ती क्लिकको धन्दा तिर लाग्नुभन्दा पठनिय सामाग्री राखेर पाठकको संख्या बढाउनुहोस, धेरै पाठक भएपछी केही पाठकले पक्कै पनि चाहिने गुगल बिज्ञापन हेर्नुहुनेछ, त्यसबाट पक्कै पनि तपाइले आम्दानी गर्नसक्नुहुनेछ। सामाग्री नराखी याड क्लिकको धन्दामा लाग्नुभए सुनको अन्डा पार्ने कुखुरालाइ काट्नु सरह हुनेछ।

नेपाली ब्लग जगतमा देखिएको अर्को समस्या हो सुद्दा सुद्दी। यो हाम्रै भाषा हो, सुद्द बोल्न नसक्ने त कुरै भएन। लेखनमा भने नेपाली भाषा निकै कठिन मानिन्छ। एउटै कुरा पुरुष मानिए ह्रश्व स्त्री मानिए दिर्घ, एकदमै अनौठो भाषा हो। तर प्रयास गरे केही झिना मसिना बाहेक पक्कै पनि शूद्दतामा सफलता मिल्नेछ। अंग्रेजी भाषाले नेपाली भाषा भन्दा प्राथमिकता पहिरहेको अबस्थामा अशुद्दै भएपनि नेपाली भाषाका ब्लग फस्टाउनु राम्रै कुरा हो। कतिपयले युनीकोड प्रयोग नगरी नेपाली टेम्प्लेट प्रयोग गर्दा भाषा शुद्दतामा समस्या आउंछ। युनिकोड कसरी प्रयोग गर्ने गुगल इमेल समुहमा ब्याख्या गरिएको छ,यस्को लागी ब्लगर मित्रहरुलाइ धेरै धेरै धन्यबाद। कहिले कांही हतारमा लेखेर पोस्ट गर्नाले पनि शुद्दा शुद्दीमा समस्या आउंछ। यस्तो अशु्द्दता हटाउन त पून एक पटक आंफै पढेमा सजिलै संग हटाउन सकिन्छ।

कतीपय ब्लगहरुलाइ ब्लग लेखन के का लागी भन्ने पनि अष्टपटता भएको जस्तो लाग्छ। ब्लग लेखनले आफ्ना बिचार,सिर्जनाहरु कसरी उत्क्रिष्ठता पूर्बक राख्ने सिकाउंछ। लेखनको अभ्यास र समयसंगै आफ्नो उत्क्रिष्ठ प्रस्तूती ब्लगमा मात्र होइन तपाइले आफ्नो कार्यक्षत्रमा पनि प्रयोग गर्नसक्नहुनेछ। साथै पाठकहरुले पनि असल बिचार सिक्नुका साथै आफ्नो भनाइ सहितरिकाले कमेन्ट बक्समा प्रस्तुत गरेर आफ्नो प्रस्तूतीमा निखारता ल्याउन सक्नुहुनेछ। यस्तो उपलब्धीको लागी नेपाली ब्लगर्स पक्कै पनि कोसेढुंगो हुनेछ। ब्लग भेला गरेको करिब करिब ४ महिना भइसकेछ। सबै ब्यस्त हुने र भेलाको उत्तम समय मिलाउन गार्हो हुने हुंदा छोटो समयमा ब्लग भेला गर्नु त्यती उपयोगी हुदैन भने लामो समय पछि भेला गरे ब्लगर बिचको चिनजानै हराउन बेर लाग्दैन। ठ्याक्कै समय नतोकिए पनि छ-छ महिनामा भेला गर्दा उत्तम होला जस्तो लाग्छ। सबैलाइ यो कुरा ठिक लागे आउंदो फेब्ररी १ मा पक्कै पनि दौंतरीको चौतरीमा सबै ब्लगरहरु जम्मा भएर भला कुसारी गरौंला। नेपाली ब्लगर्सहरुलाइ प्रोत्सान गर्न फेसबुक,टुइटर आदी सामाजीक साइटमा आफ्ना कुराहरु राख्दैगर्नुहोला।
शुभ ब्लगिगं



November 23, 2009

ब्लग गफ दिनेश राज ज्ञवाली संग

Dinesh Raj Gyawaliदौँतरी साझा ब्लग भएकोले अन्य ब्लगरहरुको वा समष्टिमा नेपाली ब्लग जगतको उत्थान नै दौँतरीको पनि सफलता हो । यसै प्रसंगमा, संसारभर छरिएर रहेका नेपाली ब्लगरहरुसंग भलाकुसारी गर्ने क्रममा यसपाला निम्त्याएका छौं केही बर्ष देखी जापानमा आफ्नै व्यबसाय गर्दै रहनु भएका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरका अध्यक्ष यबं अनेसासको मुखपत्र “अन्तर्दृष्टि”को सम्पादक मण्डलीमा समेत रही नेपाली भाषा-सहित्य र कलाको लागि योगदान गर्दै आउनु भएका ब्लगर श्री दिनेश राज ज्ञवाली जी लाई ।

अब लागौं वहाँसंगको ईमेल संबाद तर्फ:

ब्लग खोल्ने बिचार कसरी आयो, ब्लग सुरु गरेपछिको तितो मीठो अनुभवहरु सुनाउनुस न ?
पहिला रचनाहरु कोर्दा कपि या नोटबुकमा कोरिन्थ्यो तर तिनीहरुलाई जतन गरेर राख्न नसकिने भएकोले धेरै रचनाहरु हराए , अनि रचनाहरु २-४ जना साथिभाइ हरुलाई सुनाएर सहि कमेण्ट पनि नआउने ,आफूले सुध्रिनु पर्ने ठाउँहरु पनि पत्ता नलाग्ने ,रचनाहरु पुस्तक को रुपमा प्रकाशन गरेपनि सबै ठाउँ ,क्षेत्रका पाठकहरु सम्म पुर्याउन नसकिने आदि दुर्गुणहरु हटाउनको लागि उपयुक्त माध्यम भनेको ब्लग जस्तो लागेर ब्लग लेखन आरम्भ गरेको हुँ ।

मलाई कम्प्युटरमा सामान्य ज्ञान मात्र भएको हुनाले रचना पोष्ट गर्ने कुरादेखिनै समस्या परेको थियो । तर त्यतिबेला ब्लग चलाइरहनु भएका बसन्त गौतम लगायतका साथिहरु सँग सोधपुछ गरेको थिएँ । अझै पनि समस्या परेको कुराहरु अनि थप नयाँ जानकारीहरु ब्लगर मित्रहरुलाई सोध्ने, अनि कम्प्युटरको क्षेत्रमा दक्ष ब्लगर साथिहरुको टाँसोहरु पढ्ने गर्दै बामे सर्ने कोशिस गर्दैछु ।

गजलले ब्लगर बनाएको हो कि ब्लगले गजलकार बनाएको हो ?

गजल म पहिला पनि कोर्थें, तर ब्लग सुरु गरेपछि केहि हद सम्म लेख्ने क्रम र निरन्तरता बढेको छ । अन्य ब्लगर मित्रहरुको सुझाबहरु अनि अलिकति प्रतिस्पर्धाको रहरले पनि मलाई समय मिलेसम्म गजल कोर्न अभिप्रेरित गरिरहेको जस्तो लाग्छ त्यसैले अहिले सोच्दा गजल ले ब्लग बनायो अनि ब्लगले गजललाई निरन्तरता दियो ।
गजल सुरा र सुन्दरीमा मात्रै बढी जम्छन कि अन्य विषयमा पनि लेख्न सकिन्छ ?

गजलको परिभाषामा सबैभन्दा बढी मतैक्यता भएको प्रेमालाप भन्ने अर्थलाई आधार मान्ने हो भने गजल प्रेमीप्रेमीका बिचको सम्बाद बाट शुरु भयो तर बिभिन्न समयहरुमा यस्ले आफ्नो क्षेत्रलाई फराकिलो पार्दै लगेको छ । अहिले देखिइरहेका गजलहरु पनि एउटै बिषयमा मात्र सिमित छैनन् ।हिन्दी र उर्दूमा केहि सुरा र सुन्दरी सम्बन्धि गजल राम्रा छन प्रख्यात भएका छन त्यसैले हामीलाई त्यस्तो लागेको मात्र हो । नेपाली गजलको कुरा गर्ने हो भने यो भन्दा बाहिरी बिषयमा धेरै गजल लेखिएका छन् जस्तो लाग्छ ।

• “बिदाइ को घडा राखेको प्रहर याद आयो । दुनियाँ देखेपछी बल्ल घर याद आयो । यो तपाईकै गजलको एउटा सेर हो । के घरको न्यानोपन घर छोडेपछि मात्रै बोध हुने नै हो त ?

घर हुँदा घरको माया पटक्कै नहुने या माया बोध नहुने भन्ने होइन, आफूसँग साथमा छ भने महत्व कति छ भनेर कसैले पनि सोचेका हुदैनन्। जब घरबाट टाढिइन्छ अनि महत्वको बारेमा बढि सोच्छन् त्यसैकारणले घर छोड्दा घरको, देश छोड्दा देशको बढि माया बोध गरिन्छ ।

नेपाली गजललाई बेला बेलामा खहरे र मौसमी बाढीको पनि नाम दिईन्छ, तपाईलाई कस्तो लाग्छ ?
गजलको बिशेषता भन्नु पर्छ यसले धेरैको मन आफूतिर आकर्षित गर्न सफल भएको छ। धेरै लेखिनु नराम्रो हो र ? धेरै मध्ये बाट पाठकहरुले राम्रो छान्न पाउनु भएको छ बिस्तार नराम्रो आफैं हट्दै जान्छन । राम्रा गजलहरु बाकी रहन्छन् । नेपाली साहित्यमा धेरै पछि मात्र छिरेको बिधाले धेरैको मन जित्नुनै ठूलो कुरा हो ।

गजल बनेपछि लेख्नु हुन्छ कि, लेखेर बनाउनु हुन्छ ?

त्यो दुईवटानै बिधि अपनाउँछु जस्तो लाग्छ । कहिले काहि लेख्छु भनेर पनि लेखेको पनि छु कहिले काहिँ सेरहरु तयार भएपछि लेख्न पनि बसेको छु । लेख्न बस्नु भन्दा पहिला मतलाको चाहि स्वरुप तयार गरिसकेको हुन्छु ।

विदेशमा बसेपछि नेपाल र नेपाली भाषामा बढि लगाव हुन्छ भन्छन के साँच्चै यस्तै हो त?

बिदेशमा अरुनै भाषाहरु बोल्नु पर्ने पढ्नु पर्ने बाध्यता भएकोले आफ्नो भाषा प्रति मोह पलाउनु स्वभाबिक नै हो। बिदेशमा थोरै मात्र नेपालीहरु भएकोले एकआपसमा भेट भएर आफ्नो भाषामा कुरा मात्र गर्न पनि रहर हुने भएकोले त्यस्तो देखिएको होला । मलाई लाग्दैन कि देशमा बस्नेको चाहि आफ्नो भाषाप्रति थोरै लगाव हुन्छ ।

१० बर्ष पछिको नेपालको बारेमा कस्तो कल्पना गर्नु हुन्छ ?

४६ बाट ५६ र ५६ बाट ६६ लाई फर्केर हेर्ने हो भने अबको दश बर्षमा केहि बिशेष होला जस्तो त लाग्दैन तर देशले राजनीतिक निकास पाउने हो भने दश वर्षमा धेरै परिवर्तन हुनसक्छ त्यसैले सकारात्मक आशा गरौं ।

आफ्नो र दौँतरी बाहेक तपाईलाई मन पर्ने अन्य ब्लगहरु कुन कुन होलान ?
प्राय सबै ब्लगहरु मलाई मन पर्छन । यो र त्यो मात्र छैनन्। सबैको आफ्नो आफ्नो छुट्टाछुट्टै बिशेषता भएकोले पनि त्यसरी छुट्याउन या तुलना गर्न सक्दिन ।

मन छुने गजलहरु लेख्नुहुन्छ, गजलकै कारणबाट कसैको मन त चोर्नु भाको छैन ?

त्यो आरोप अहिले सम्म लागेको छैन ,प्रतीक्षामा छु हा हा हा...।

नेपाली पत्रिका र ब्लग मध्य कुनलाई बढी विश्वास गर्नु हुन्छ ?
दुबैका राम्रा र नराम्रा पक्षहरु छन् । सहि हो कि हैन भन्ने यकिन भएपछि मात्र बिश्वास पलाउने हो । धेरै हदसम्म दुबैलाई बिश्वास गरिन्छ अनि केहि हदसम्म अबिश्वास पनि । समष्टिमा तुलना गर्नु भन्दा पनि पत्रिका मध्ये र ब्लग मध्ये भनेर छुट्याउँछौ होला हामी सबैले ।

दौँतरीलाई रोचक र राम्रो बनाउन के के गर्नुपर्ला ?

पठनीय सामग्रीहरु प्रशस्त छन् अहिले जसरी अगाडि बढेको छ त्यसमा निरास हुनुपर्ने अबस्था छैन । दौंतरीको आफ्नोपन नै बिशिष्ट रहेको छ यो क्रम चलिरहोस् बाँकी समयको माग अनुसार परिवर्तन त भइनै हाल्छ । तपाईंहरु जुन तरिकाले लागि रहनु भएको छ त्यो नटुटोस भन्ने कामना गर्न चाहन्छु ।
तपाईको ब्लगमा भएका तपाईलाई सबैभन्दा मनपर्ने तीन वटा चरनाहरु कुन कुन हुन ?

तपाईंले प्रश्न नगर्दा सम्म त्यसरी कहिल्यै छुट्याएको थिइन । मैले ब्लग सुरु गरेपछिका रचना मात्र ब्लगमा छन त्यहाँ बाट छुट्याउने हो भने मलाई मन पर्ने र अन्य पाठकहरुको प्राप्त प्रतिक्रियाहरुको आधारमा मन पराइएका गजलको मतलाहरुमा “पिडा मनमा बेरियो, अनि गजल केरियो । आफ्नो रहर शेरियो , अनि गजल केरियो। ” “बुझेर चोट पारियो ।अनि हाँसेर टारियो।” “कुरा बेग्लै थियो रातको ।आहा साहारा त्यो हातको ”हुन कि जस्तो लाग्छ ।

जापानको व्यस्त जीवनमा ब्लग र साहित्यलाई समय दिन कत्तीको अप्ठ्यारो मोल्नु परेको छ ?
नेपालका दिनहरु सँग तुलना गरेर भन्ने हो भने अलि गाह्रो नै छ । मेरो साहित्यमा बिशेष रुचि भएको कारणले जापान मा नेपाली साहित्य कला र संस्कृति को लागि लागि परेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) जापान च्याप्टरमा बिगत ५ बर्षदेखि सम्बन्धित रही हालै नेतृत्वमा पनि पुगेको छु ।समयको पाबन्दि त आफ्नो ठाउँमा छदैछ तर लगाव महत्वपूर्ण कुरा हो । सधैं साहित्य र ब्लग भनेर लागी पर्न गाह्रो भएपनि समय छुट्याएर लाग्न भने सकिएको छ ।

हामीले सोध्न बिर्सेको र तपाईलाई भन्न मन लागेको केही कुरा छ कि?

मैले ब्लग शुरु गरेको एक बर्ष पनि पूरा भएको छैन, तर धेरै ब्लगर साथिहरु सँग चिनाजानी हुनुका साथै धेरै साथिहरुबाट बिभिन्न बिषयका सर सल्लाह र सहयोग पाइरहेको छु उहाँहरुलाई धन्यबाद दिनुका साथै नयाँ साथिहरुलाई पनि ब्लग संसारमा स्वागत गर्न चाहन्छु

। अन्तमा दौंतरी टीमले मलाई यो लायक सम्झेर आफ्ना कुरा राख्ने मौका दिनु भएकोमा दौँतरी टिम प्रति आभारी छु ।

----       -------             ----------           ---------       ---------      ------      --------           --------          ------------  ----

दिनेश राज ज्ञवाली जीको ब्लग:-   यात्राका ........सुस्केराहरु



October 17, 2009

ब्लग संबाद निर्मलमणि अधिकारीसंग


दौंतरीको ब्लग भित्र ब्लग स्तम्भमा नेपाली ब्लगरलाइ निम्ताउने गर्छौं। यसले ब्लगर बिच भाइचाराको कायम हुनुको साथै उदायमन ब्लगरलाइ थप परिचित गर्न मद्दत गर्छ। अत दौंतरी आफैमा ब्लग चौतारी भएकोले अन्य ब्लगरको सफलता नै दौंतरीको सफलता हो। यस पटक प्रध्यापन पेशमा संलग्न ब्लगर निर्मलमणि अधिकारीलाइ निम्ताएको छु। आउनुहोस वहाँसंगको कुराकानीमा लागौं ।

१ ब्लग लेख्ने रहर कसरी जाग्यो ?

सन् २००६ जनवरीदेखि ब्लगिङ् थालेको हुँ । त्यतिखेर म आमसंचार र पत्रकारिता प्राध्यापन गर्थेँ र अनलाइन न्यूजपोर्टलको सम्पादक थिएँ तर पत्रपत्रिकामा नियमित स्तम्भलेखनको काम भने बन्द गरिसकेको थिएँ । ब्लगका विशेषताबारे विद्यार्थीहरुलाई बताउँदा बताउँदै आफूलाई पनि यसले आकर्षित गरेको म सम्झन्छु ।

त्यतिबेला मैले मूलतः तीनवटा उद्देश्यहरु राखेर ब्लगिङ् सुरु गरेको थिएँ । एक विद्यार्थीहरुका लागि पाठ्यसामग्री तथा गृहकार्यहरु राखिदिन साइबरस्पेसलाई प्रयोग गरौँ भन्ने उद्देश्यले । दुई आफ्ना पूर्वप्रकाशित सामग्रीहरुलाई डिजिटल स्वरुपमा संरक्षण गर्न सकिने र नयाँ पाठकहरुसमक्ष पुर्याउनसमेत सकिने भएकाले । तीन केही समसामयिक टिप्पणी लेखियो भने त्यसलाई पनि पोस्ट गर्ने भनेर ।


२ तपाईँको ब्लग पूर्वतिर जाने भनिएको रहेछ पूर्वमा त्यस्तो के छ जो पश्चिममा छैन ?

यहाँ मैले पूर्व भनेर वैदिक हिन्दू विचारधारालाई जनाउन खोजेको हुँ । पूर्वमा धर्म अर्थ काम र मोक्ष यी चारैवटा पुरुषार्थलाई समान महत्व दिइने समष्टिकृत दार्शनिक संश्लेषण छ जुन पश्चिममा छैन ।

३ तपाईँको ब्लग धरातल कसरी फैलिएको छ ?

यतिखेर मेरा पाँचवटा ब्लगहरु साचालनमा छन् । मेरो पहिलो ब्लग http://nirmalamani.blogspot.com/ मा दार्शनिक धार्मिक सांस्कृति एवं सामाजिक सन्दर्भमा लेखिएका सामग्री छन् । अर्को एक ब्लग http://maharshidhaumya.blogspot.com/ मा मेरा साहित्यिक रचना समेटिएको छ । तेस्रो ब्लग http://nirmalam.blogsome.com/ मा नेपालमा जातीय भाषिक साम्प्रदायिक सवालबारे मेरा लेखहरु राखिएका छन् । चौथो ब्लग http://sadharanikarantheory.blogspot.com/ मा साचारसम्बन्धी मेरा मौलिक अनुसन्धानमूलक सामग्री राखिएका छन् । यसमा संख्यात्मक रुपमा सबै भन्दा थोरैवटा पोस्टहरु प्रकाशित छन् । पाँचौँ ब्लग http://adhikary.wordpress.com/ लाई मैले माथि उल्लेखित चारैवटा ब्लगहरुको समष्टिकृत साइटका रुपमा विकास गर्न खोजिरहेको छु ।

४ तपाईँको ब्लगको स्वरुप कसरी निर्धारण गर्नु भएको छ ?

यस प्रश्नको उत्तर माथि पनि केही मात्रामा आइसकेको छ । थप भन्नु पर्दा मेरो पहिलो ब्लग ज्योतिर्गमय- A Movement toward East मा धेरै समयसम्म विद्यार्थीहरुका लागि पाठ्यसामग्री तथा गृहकार्यहरु पूर्वप्रकाशित सामग्री तथा समसामयिक लेखोट यी सबैखाले सामग्री राखिन्थ्यो । पछि अन्य पोस्टहरु डिलिट् गरेर दार्शनिक धार्मिक सांस्कृति एवं सामाजिक सन्दर्भमा लेखिएका सामग्री मात्र राखिएको छ ।

५ धर्म अध्ययन अध्यापन लेखनमा के समानता असमानता भेट्नु भयो ?

मेरो दृष्टिबिन्दुबाट हेर्दा यी सबै मेरा कर्म हुन् त्यसैले उस्तै हुन् ।

६ धर्मलाई अफिम किन भनिएको होला ?

यो भनाइ अन्यत्रको सन्दर्भमा भनिएको हो भारतवर्षको सन्दर्भमा होइन । कार्ल माक्स्रले समाजको अध्ययन गर्ने क्रममा खासगरी पश्चिमा मुलुकमा धर्मका नाममा कतिपय अन्धविश्वासी कामहरु भएका र कट्टरता रहेका परिप्रेक्ष्यमा त्यसो भनेका थिए । भारतवर्षमा खासगरी वैदिक परम्परामा धर्म भन्नाले जीवनपद्धति बुझिन्छ ।

७ भगवानको अवतार साँच्चै हो कि यो रावणले रामलाई भनेजस्तो जादूगरी हो ?

दुवै कुरा हुन् । कतिपय अवतार साँच्चै हुन् भने कतिपयले जादूगरी वा अन्य शक्तिको आडमा अवतार भएको दाबी गरेर भ्रम फैलाउन सफलता पाएका पनि छन् ।

८ थुप्रै पुस्तक लेख्नुभएको छ सबैभन्दा सफल पुस्तक कुनलाई मान्नु हुन्छ ?

बजारको मापदण्डअनुसार भन्ने हो भने आमसाचार र पत्रकारिता नै सबैभन्दा सफल पुस्तक हो । यो पुस्तकको पहिलो संस्करण वि.सं. २०६० मा प्रकाशित भएको थियो र भर्खरै पाँचौँ संस्करण प्रकाशित भएको छ । पुनर्मुद्रणलाईसमेत हिसाब गर्दा यो धेरै नै बिक्री भएको पुस्तक हो । चर्चाका हिसाबले भन्ने हो भने आस्थाको शान्ति-युद्ध वि.सं. २०५७ ले राष्ट्रियसाथै अन्तर्राष्ट्रिय चर्चा पायो ।

९ पत्रिकामा लेख्दा र ब्लगमा लेख्दा कस्तो फरक अनुभव गर्नु हुन्छ ?

लेख्दाको अनुभूति उस्तै हो । सार्वजनिक भइसकेपछिको अवस्थामा पत्रिकाका सन्दर्भमा धेरै पाठकले पढेको पाइन्छ तर ती देशभित्रका मात्र हुन्छन् । ब्लगका सन्दर्भमा पाठक संख्या कम हुन्छ तर ती पाठकहरु संसारका विभिन्न ठाउँका हुन्छन् ।

१० विश्वको शक्तिशाली राष्ट्र अमेरिका अझै पनि In God We Trust भन्ने भनाइमा अडिग छ नेपालजस्तो अविकसित देश भने धर्मबाट टाढिँदै छ । यो गरिबी हो कि अज्ञानता ?

नेपालमा गरिबी अज्ञानता र हीनताभाष जस्ता आन्तरिक कारण र वैश्विक स्तरमा रचिएको व्यूहचक्र ग्राण्डडिजाइन का कारण धर्मद्रोही विचार र व्यवहारले मौलाउन पाएका हुन् । जसले आफ्नो धरातल मजबुतसँग टेक्छ उही शक्तिशाली हुन्छ । ढिलोचाँडो सबैले आफ्नो जरो नजगाई धरै छैन ।

११ नयाँ धर्मावलम्बीहरुको संख्या बढ्दै गइरहेको छ तर हिन्दूको संख्या जसका तस छ । यस्तो किन भएको ?

संख्या बढाउनुलाई नयाँ धर्मावलम्बीहरुले विशेष प्राथमिकतामा राख्ने गर्छन् । यसका लागि बाह्य सहयोग पनि जुटिरहेको हुन्छ । मूलबासीहरुले पत्तो नपाइन्जेल यस्तै हुन्छ ।

१२ धर्म र नैतिकतामा के फरक छ ?

धर्म बृहद् प्रणाली हो जसले समष्टि जीवनपद्धति बुझाउँछ । नैतिकता त्यसको अनिवार्य अंग हो । नैतिकताबिना धार्मिकता हुँदैन ।

१३ नेपालमा तन्त्रको बोक्रोमाथि बोक्रो थपिँदै जाँदा धर्म किन भने क्षीण हुँदै गइरहेको होला ?

धर्म त किन क्षीण हुन्थ्यो र त्यो तत्व त अक्षण्ण छ । मानिसहरु त्यसबाट टाढिने र त्यसको फलस्वरुप अधर्म अनैतिकता अशान्ति बढ्ने चाहिँ हुन्छ ।

१४ अन्य ब्लग कत्तिको सयर गर्नु हुन्छ कस्तो अनुभव छ तपाईँको ती ब्लगप्रति ?

गर्छु । कतिपय त नियमितजसो नै हेरिन्छ । तिनको सामान्यीकृत टिप्पणी गर्न सकिन्न । कतिपय आफ्ना उद्देश्यमा प्रष्ट छन् कतिपयले रहरै रहरमा गरिरहेका छन् ।

१५ तपाईँले दौँतरीलाई के सुझाव दिनु हुन्छ ?

मैले बेला बेलामा हेरिरहने साइटमध्ये यो पनि पर्छ । धेरै किसिमका पठनीय सामग्रीहरु समेटिएका छन् । यसलाई कायम राख्दै थप विविधता ल्याउन सकोस् ।

१६ तपाईँलाई भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन् कि ?

ब्लगको उपयोगिताअनुसारको प्रतिफल हामीले लिन सकिसकेको स्थिति होइन अहिले । त्यसैले यसको दोहनलाई मात्रात्मक र गुणात्मक दुवै आयाममा वृद्धि गर्न थप गहकिला प्रयत्नहरु गरौँ ।


September 8, 2009

उत्तमताको परिचय खोज्दै अन्जली तिमल्सिना


दौँतरीमा नयाँ-पुराना ब्लगरलाई उपस्थित गराउँदै आएका छौँ । ब्लगर भेलाको समयमा भने यो क्रम छुटेको थियो। ब्लगभित्र ब्लगको उद्देश्य नै ब्लगरहरुलाई थप परिचित गराउनु हो। ब्लगर भेलाले त्यो कार्य पूरा गरेकोले अब यसलाई क्रम छुटेको नभन्दा कसो होला ? यस पटक विगत तीन वर्षदेखि prelude to perfection ब्लग लेखिरहनुभएकी ब्लगर अन्जली तिमल्सिनालाई ब्लगभित्र ब्लगमा निम्त्याएको छु। अब लागौं अन्जलीजीको ब्लग-गफतिर।

१) ब्लग दुनियाँमा कसरी आउनुभयो ?
=> ब्लग दुनियाँमा आउनुअघि ब्लग के हो भन्ने कुरा थाहा थिएन । मलाई त ब्लग भन्ने यस्तो अनलाइन मिडिया छ भन्ने पनि थाहा थिएन । जब मैले पत्रिकामा छापिएका ब्लगसम्बन्धी लेख पढेँ, तुरुन्तै ब्लगमा हाम्फालेँ ।
बेलाबखतमा लेख्ने बानी भएकोले, ब्लगलाई नै उपयुक्त माध्यमको रुपमा रोजेँ, अनि ब्लगमा लेख्न थालेँ । समाजमा घटेका घटना, परिघटना अनि आफ्नो दृष्टिकोण आदि कुराहरु लेख्नको लागि ब्लग नै उपयुक्त माध्यम लाग्यो ।

२) उत्तमताको परिचय(prelude to perfection) दिन कति हदसम्म सफल हुनुभयो ?
‍=> पर्फेक्सन भन्ने कुरा या भनौँ १०० प्रतिशत नै भन्ने कुरा त यो संसारमा केही नै छैन । “A prelude to Perfection” पर्फेक्ट भन्न नभई, पर्फेक्सन या भनौँ उत्तमतातिर बढेको पाइला मात्र हो । कति सफल भन्दा पनि कति आफू अगाडि बढ्न सकियो भन्ने कुरा नै मुख्य कुरा हो । समग्रमा भन्दा, पर्फेक्सनतिर चालिएको पाइला नै ‘A prelude to Perfection’ हो ।

३) तपाईँको ब्लग स्पष्ट रुपमा भन्नुपर्दा के मा केन्द्रित छ ?
‍=> यो सम्पूर्णरुपमा आफ्ना विचारहरुले भरिएको छ । घटना, परिघटना, सामाजिक व्यवस्था का बारेमा आफ्नो विचारहरु पोख्ने थलो को रुपमा ब्लग अगाडि बढेको छ । मलाई लाग्छ, म हजारौँ सर्वसाधारण को बोली बोलिरहेको छु । मेरो ब्लगमा पोलिटिक्स का कुरा लेख्दिनँ भन्ने कुनै निर्णय त गरेको छैन, तर पनि बेलाबखत समसामयिक राजनीतिको बारेमा पनि लेख्ने गरेकी छु ।
खासमा ब्लग सुरु गर्दा त म असमानता अनि अव्यवस्थाका विरुद्ध आफ्ना भावनाहरु, निराशाहरु, लेख्ने गर्थेँ । तर अहिले यसो नै लेख्छु भन्ने छैन । ब्लगसँगै धेरै कुरा जान्दै बुझिँदै आइयो, अत: हिजोआज जे लेख्न विचार आउँछु त्यही नै लेख्छु । ब्लगमा कथा, कवितादेखि आफ्ना विचारहरु, राजनीति र समाजका अव्यस्थाका बारेमा टीका-टिप्पणीहरु सबै कुरा समेटिएका छन् जस्तो लाग्छ ।

४) ब्लगको पाठक अन्तरक्रियासँग कत्तिको सामीप्यता राख्नुहुन्छ ?
‍=> अन्तरक्रियाबिना ब्लग अलि खल्लो नै हुन्छ । पाठकबाट आउने प्रतिक्रियाले मलाई लेख्न नै हौस्याउँछ, अनि आफूले लेख्दा सुधार गर्नुपर्ने कुराहरु पनि थाहा हुने गरेको छ । हुन त, केही विषयमा म एकपक्षीय पनि हुनसक्छु, तर त्यस्तोमा आउने फरक धारणाले मलाई धेरै कुराहरु बुझ्न मद्दत गर्ने गरेको छ । ‘ब्लग’ पाठक प्रतिक्रियाबिना चल्न गाह्रो नै छ ।

५) ब्लग ३ वर्षअघिदेखि सुरु गर्नुभएको रहेछ तर ब्लग सामग्री त वर्षैपिच्छे घट्दै छन् नि ?
=> पेसाले विद्यार्थी परेँ, अत: लेख्नको लागि पनि समय निकाल्नुपर्छ । त्यसैले सामग्री कम लागेको हुनसक्छ । तर म नियमितजसो नै लेख्नेगर्छु, कहिले ढिलो कहिले चाँडो त भइहाल्छ ।

६) सभ्यताको परिचय के होला ?
‍=> सभ्यताको परिचय केही शब्दमा भन्न सकिने कुरा होइन । हामीले जसलाई सभ्य भन्छौँ, ऊ सभ्य नहुन सक्छ । सभ्यता भन्ने कुरा हाम्रो रहनसहन र रीतिथितिसँग जोडिएको कुरा हो, यो कुरा स्थानविशेष र जातिविशेषअनुरुप फरक-फरक हुनसक्छ । साँच्चै भन्दा, सबै कुरा छोडेर, ‘मानवता’ नै सभ्यताको परिचय हो ।

७) सफलताको परिचय नि ? सफलता र असफलताको वक्ररेखा कसरी निर्धारण गर्ने ?
=> सफलता र असफलता भन्ने कुरा जीवनका दुई पाटा हुन् । सफलताले अझै अगाडि बढ्न हौसला दिन्छ भने असफलताले अगाडि बढ्न अझै मिहिनेत गर्न हौस्याउँछ । खासमा, असफलता नै सफलताको सिँढी हो । सफल भइनँ भनेर चिन्ता गर्नु र निराश हुनुभन्दा, त्यस असफलतालाई शिक्षाको रुपमा लिएर अघि बढ्दा, सफलता पाउन सकिन्छ जस्तो लाग्छ । समग्रमा भन्दा, सफलता र असफलता दुवैलाई आत्मसात् गर्दै हामी अगाडि बढ्न जरुरी छ ।

८) नारी र पुरुषबीच के भिन्नता होला ? सीमित महिला ब्लगरबीच आफूलाई पाउँदा कस्तो महसुस हुन्छ ?
=> नारी र पुरुष दुवै संसारका सुन्दर श्रृजनाहरु हुन् । संसार चलाउनका लागि नारी र पुरुषमा मानवजातिलाई वर्गीकरण गरिएको छ । नारी-पुरुष दुवै एक-अर्काका पूरक हुन् ।
सबैको आफ्नै काम, कर्तव्य र अधिकार छन्, अनि दुवैको आफ्नै महत्व छ । यो ठूलो र त्यो सानोभन्दा पनि नारी र पुरुष एक-अर्काका पूरक हुन् भन्ने कुरा बुझ्न जरुरी छ । तर पनि नारीहरु केही हदसम्म अवसरबाट बन्चित छन् अनि पुरुषको दाँजोमा महिलालाई हेप्ने नै गरिएको छ । महिलाले पनि गर्न सक्छन् र उनीहरुमा पनि केही गर्न सक्ने खुबी छ भनेर मान्न नसकिएसम्म र अवसरबाट बन्चित गरिएसम्म, यो असमानता कायम नै रहनेछ ।
ब्लगिङको जमातमा केही सीमित महिला ब्लगरहरुबीच उभिन पाउँदा खुसी नै लागेको छ तर पनि आशा छ यो जमात छिट्टै ठूलो हुनेछ ।

९) योगालाई कसरी हेर्नुहुन्छ ?
=> यो आधुनिक र औषधिमय बनेको जमानामा योगा एउटा अचुक उपाय हो स्वस्थ रहनका लागि । हिजो आज प्राय: सबैको बिहानी नित्यकर्म योगा नै बन्दै गएकोले पनि योगा के हो भन्ने कुरा त सबैलाई प्रस्ट हुँदै आएको छ, हैन र ?

१०) निद्रामा घुरेको भिडियो राख्नुभएको रहेछ; निद्रामा घुर्ने समस्यासँग कत्तिको परिचित हुनुहुन्छ, केही रमाइला-नरमाइला घटना छन् कि ?
=> त्यो भिडियो साँच्चै रमाइलो थियो । घुर्ने समस्यासँग म त्यति परिचित छैन, अनि अहिलेसम्म त्यस्तो घटनाहरु सामना गर्नुपरेको पनि छैन ।

११) ब्रेन ड्रेनले नेपाललाई कत्तिको पिरोलेको छ जस्तो लाग्छ ?
=> ब्रेन ड्रेनले साँच्चै पिरोलेको हामीलाई । धेरैजसो युवाहरु विदेशिनुको कारण पनि यही नै हो । देशको अवस्था, अस्थिर राजनीति अनि भ्रष्ट नेतृत्वको कारण युवाहरुमा निराशा बढ्दै गएर, ब्रेन ड्रेन को समस्याले नेपाललाई गाँजेको छ ।

१२) अन्य ब्लग कत्तिको सयर गर्नुहुन्छ ? राम्रा-नराम्रा पक्ष केलाइदिनुहुन्छ कि ?

‍=> प्राय: फुर्सदमा म ब्लगहरु पढ्ने गर्छु । यही नै पढ्छु र यसकै ब्लग पढ्छु भन्ने त छैन, तर पनि फुर्सदमा विभिन्न व्यक्तिहरुको ब्लग पढिरहेको हुन्छु, केही नयाँ कुरा थाहा पाइरहेको हुन्छु ।
अनि ब्लगमा कमेन्ट गर्नका लागि मात्र कमेन्ट गर्ने प्रथा चाहिँ मलाई मन पर्दैन । प्रतिक्रिया दिँदा, लेखिएको कुरालाई एकपटक आफ्नो आँखाले विश्लेशण गर्न सबैलाई आग्रह गर्छु । यहाँ त प्राय: ब्लगरले जे लेख्यो, त्यसमै हो मा हो मिलाएर एक लाइनको सस्तो प्रतिक्रिया दिने गर्छन् । यो कुरा चाहिँ मलाई ब्लगमा कहिलेकाहीँ बिझ्ने नराम्रा पक्षहरु हुन् ।

१३) फुर्सदमा के गर्नुहुन्छ, व्यस्ततामा के गर्नुहुन्छ ?
=> भनिहालेँ नि, फुर्सदमा ब्लग पढ्ने गर्छु । वेबसाइट सर्फ गर्‍यो, ब्लग पढ्यो । तर धेरैजसो समय चाहिँ क्लासको एसाइन्मेन्ट गर्दैमा बित्छ ।

१४) तपाइले दौँतरीलाई के सुझाव दिनुहुन्छ ?
=> दौँतरीको काम प्रशंसनीय छ । विभिन्न व्यक्ति अनि उनीहरुका पृथक् धारणाहरु एकै ठाउँमा समावेश गरिएकोले पनि, एउटै विषयमा धेरै कोणबाट गरिएका विश्लेषणहरु पढ्न पाइन्छ, त्यसैले पनि मौका मिल्दा दौँतरी पढ्ने गर्छु ।

१५) तपाईंलाई भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन् कि ?
=> सबै कुरा नै भनिसकेकी छु जस्तो लाग्छ । त्यही पनि अन्तिममा भन्छु, दौँतरीले सबै नेपाली ब्लगरहरुलाई समेट्न चालेको कदम प्रशंसनीय छ । दौँतरीलाई बधाई एवम् शुभकामना !


August 20, 2009

के नेपाली ब्लगरहरुको ‘छाता संयन्त्र’ आवश्यक छ ?

केही समय अगाडी दौँतरीको यही साईबर-बैठकमा प्रथम नेपाल ब्लगर भेलाको आयोजना भयो । केही कमजोरी, अलिकता हल्ला र सामान्य विचार बिमर्शका बीच सम्पन्न सो भेलालाई जतीसुकै न्यून आकंलन गरेपनि, एकै छाता मुनि विभिन्न महादेश र देशमा रहेका नेपालीहरुको जमघट गराएर बल्गरहरुलाई एकताबद्द गर्न भने सो भेला सफल भएकै मान्नुपर्छ ।

सो भेलामा ब्लगरहरुको साझा चासोको बारेमा केही सकारात्मक कुराहरु उठेका थिए। यहाँनेर यो पनि भनिहालौं कि कुनै पनि बिषयगत वा बुँदागत कुरामा भने त्यस्तै भेलाबाट कुनै गहनतम ‘निर्क्योल’ मा पुग्न भने साधारण अबस्थामा सम्भव नभएको कुरा पनि त्यतिबेला नै उठेको हो । भेला आवश्यक छ, तर भेलाबाटै कुनै कुरा पारित हुनु वा अनलाईन च्याट बक्सका सिमीत हरफहरुमा आफ्ना जटिल बिचार सबै पोख्‍न सायदै सम्भव होला ।

ब्लगरहरुको सामुहिक प्रयास र सकृयतामा ब्लगरहरुको सामुहिक हित बाहेक, देशको लागि समेत केही गर्न सकिने कुरा पनि भेलामा उठेको हो । तर बल्गरहरुलाई एक-आपसमा जोडने संयन्त्रले के कस्तो काम गर्ने भन्दा पनि यो संयन्त्रकै प्रारुपको वा ढाँचाको बारेमा सामान्य बहस आवश्यक छ जस्तो लाग्छ ।

अत: आज पून दौँतरीकै आगँनमा, म चासोमाथि पनि सबैभन्दा बढी चासो भएको र ब्लगरहरुको साझा “छाता” बनाउने कि नबनाउने भन्ने बारेमा आफ्नो बिचार पोख्दैछु । ( हुन त यहाँ उल्लेख गर्नु जरुरी नहोला, तर पनि यो नितान्त मेरो मात्रै व्यक्तिगत बिचार हो र ‘यसमा सहमत वा असहमत हुन सबैलाई समान अधिकार र स्वतन्त्रता छ’ भने भनी राखौं है । दौँतरीमा टाँसीएकोले अरु बाहिरका साथिहरुलाई यो दौँतरीको साझा अडान वा बिचार हो भन्नेमा भ्रम नपरोस)

यस बारेमा ब्लगर मित्र बसन्त गौतमले पनि राम्रो विश्लेषणत्मक टाँसो उहाँको ब्लगमा टाँसीसक्नु भएको छ । त्यसमा वहाँले नेपाली ब्लगरहरुको साझा छाताका विकल्प सहित कुरा राख्‍नु भएको छ भने म चाही सिधै ईमेल समुहको हिमायती भएकोले ब्लगरहरुको ‘छाता’ (माफ गर्नुस!, यहाँ ‘संघ’, ‘संगठन’ आदि शब्द प्रयोग गर्दा त्यसको राजनैतिक रंगको अनावश्यक चर्चा हुनसक्ने र आफू राजनीतिबाट टाडै रहेकोले ब्लगरहरुको सामुहिक संयन्त्रलाई मैले ‘छाता’ मात्रै लेख्दैछु ) ईमेल समुह नै सबैभन्दा उपयुक्त हुने कुरा लेख्दैछु ।

सर्ब प्रथम नेपाली ब्लगरहरुको संख्या ब्लग दर्ता गराएको हिसबमा हेर्ने हो भने हजारौं भए पनि नियमित लेख्‍नेहरुको संख्या भने करिव २०० को हाराहारीमा रहेको छ । यस बारेमा सामान्य चर्चा यहाँ गरीसकिएकोले यहाँ बढि समय नलिऔं ।

जे होस, नेपाली ब्लगहरुको आंकडा हेर्दा, ठुलो संख्यामा नेपाली ब्लगहरु विदेशमा बस्ने नेपालीहरु द्वारा सञ्चालीत छन । यस्तो अबस्थामा, कुनै पनि बिषयमा वहस, भेला वा सम्मेलन आदि गर्नु पर्‍यो भने यिनै अनलाईन वा मित्थ्यालोकका विकल्पको भर पर्नु बाहेक हाललाई अर्को उपाए छैन । हैन, विदेशमा बस्ने ब्लगरहरुलाई नसमेटने र भौतिक रुपमै उपस्थीत हुनसक्ने प्राणीहरु मात्रै लिएर हिँडने हो भने कुरा भिन्दै हो, नत्र नेपाली ब्लगरको दायरालाई नेपाल भीत्रै वा अझ काठमाण्डौ वा कुनै सहर विशेषको सिमारेखा भित्र मात्रै संकुचन नगर्ने हो भने ब्लगरहरुको छाता मित्थ्यालोकमा मात्रै बन्न सक्छ ।

अहिलेको समयमा आएर र प्रबिधिको उच्चतम उपयोग गरेर (कमसेकम हामी ब्लगरहरु भने प्रबिधिको उच्चतम उपयोग गर्नेमा नै पर्छौं) पनि, कुनै समुह वा साझा संयन्त्रलाई सक्रिय गराउन भौतिकतलमै कार्यालय कोठा र पदबाहक प्रबन्धक अनि कार्यकारी समिति बनाउनु पर्छ भन्ने कुरा मलाई आवश्यक लाग्दैन । दौँतरीको भेलाले पनि कमसेकम सो कुरा पुष्टी गरीसकेको छ ।

कुरा अलिक सीधै राख्छु (बरु खप्की खान परे पनि खाउँला) । मैले देखेको, कुनै संस्था वा समुह दर्ता गराएर मागी खाने भाँडो बनाउने उदेश्य छैन भने ब्लगरहरुको छाताको उद्देश्यलाई जम्मा दुईवटामा संक्षिप्त गर्न सकिन्छ ।

१) ब्लगरहरु बीच आपसी सहयोग बिकास गरी नेपाली ब्लग जगतको उत्थान गर्ने ।

२) नियमित वा आवश्यक परेको खण्डमा कुनै सामाजिक कार्य वा देश बिकासमा आफ्नो स्थानबाट योगदान गर्ने ।

हालको समयमा यि कुनै पनि कार्य गर्न, हामीले सोच्न सक्नेभन्दा बढी विकल्पहरु उपलब्ध भैसकेका छन । यस बारेमा केही कुरा बसन्तजीकै पोष्टमा पनि उल्लेख भएको छ ।

आज, जापानका हाईस्कुलमा पढने बिद्यार्थिले बचाएका खाजा खर्चबाट नेपालको कुनै सुदूर ईलाकामा स्कूल चलेका छन भने, एकजना बेलायतकी कलाकार वा अर्को कुन देशको पर्वतारोहीको सहयोगमा अन्य कुनै सामजिक कार्यले हाम्रो देशको बिकट ईलाकामा मूर्तरुप पाईरहेको छ । यो सामान्य उदाहरण मात्रै हो र खोजी पसेमा यस्तै धेरै कार्यहरुको सूचना मिल्न सक्नेछ । मुख्य कुरा भावना र मन हो, त्यो छ भने भौगोलीक दूरी वा समय सिमा केही पनि बाधक हुँदैन ।

दौँतरी भेला पछि नेपाली ब्लगरहरुको ईमेल समुहमा उलेख्य बृद्धि भएको छ । म यसलाई एकदमै सकारात्मक रुपमा हेर्छु र यसले यही मित्थ्यलोक बाटै धेरै कुरा गर्न सक्छ भन्नेमा मेरो विश्‍वासमा झनै बृद्धि भएको छ ।

संघ, संस्था दर्ता गर्ने, कार्यकारी वा संचालकहरुको मनोनयन गर्ने अनि, वाद- विवाद र बिरोधसंघै गुट-उपगुट र बिरोधि गुटमा बिभाजित नभै नेपाली ब्लगर’ मात्रै रहेर केही गर्ने हो भने मेरो बिचारमा हालको ईमेल समुह नै सबैभन्दा राम्रो विकल्प हो ।

हो, यसलाई अझ सहज बनाउने वा ईमेलबाट मात्र सम्भब नभएमा केही कार्यको लागी “अनलाईन फोरम” वा आपसी सहयोगको लागि छुट्टै ब्लग पनि बनाउन सकिन्छ । तर मेरो बिचार पून एक पटक दोहर्‍याउँछु: संसारभरी छरिएर रहेका नेपाली ब्लगरहरुलाई संलग्न गराउने हो र नयाँ-पुराना ब्लगर वा ठूला-सानाको भेद नहुने गरी सवैलाई समानस्तरमा सकृय गराउने हो भने ईमेल समुह नै सबैभन्दा राम्रो विकल्प हुने छ । बाँकी, असहमत हुनेको बिचारमा पनि मेरो उच्च सम्मान रहने नै छ ।

जय ब्लग! ह्याप्पी ब्लगीङ !!



July 6, 2009

ब्लगर सुजनसंग ब्लग बार्ता


ब्लगभित्र ब्लग दौंतरीको नियमीत स्तम्भ भएको त तपाइहरुले अनुभव पक्कै गर्नुभएको होला। दौतरीले चारैतिर छरिएर बसेका नेपाली ब्लगरलाइ आफ्नो बारेमा जानकारी गराउने तथा अन्य पाठक बिच परिचित गराउने उदेश्य राख्दै यो स्तम्भ जारी राखेको छ। प्राय जसो पुराना ब्लगर निम्ताइरहेकोमा यस पटक लोकप्रिय तर नया ब्लगरलाइ ल्याएका छौं। उहांको बारेमा मैले गन्थन गर्नु भन्दा उहांबाटै थाहा पाउन उचितहोला। ल त लागौं सुजन शर्माको ब्लग यात्राको भलाकुसारी तिर।

१ ब्लगीगं दुनियामा कहिले र कसरी आइपुग्नुभयो?
ब्लगहरु पढ्न थालेको त धेरै भयो तर आफै चलाउन थालेको भने छ महिना जत्ती हुँदै छ। दौँतरी र यस्तै अरु साथी -भाईहरुको ब्लग हेर्दाहेर्दै यो अभिब्यक्ति र फुर्सदको समय उपयोग गर्ने रचनात्मक माध्यम भएकोले बिस्तारै यसमा लागेकी हुँ।

२ तपाइको ब्लगको परिचय भेट्टाउनै मुश्किल भयो,तपाइको ब्लगको अलीकती परिचय दिनुहोस न?
फोटो ब्लग मा फोटो मात्र नराखि सो सम्बन्धी साधारण जानकारिहरु समेत दिने हिसाबले यो ब्लग सुरु गरेको थिएँ। त्यसैले ब्लगको सब-टाईटल पनि मैले “Pictomation” भन्ने आफ्नै शब्द बनाएर यो ब्लग लाई Picture with Information अर्थात फोटो सहितको जानकारीहरु दिने प्रयास गर्दैछु । तर लेख्दै जादाँ कहिलेकाहिँ जानकारी मात्र नभई अन्य अनौपचारिक कुराहरु पनि पर्दो रहेछ। त्यसैले ब्लगको खासै परिचय त म आफै पनि खोज्दै छु।

३ ब्लग साज सज्जा देखी प्रस्तुती निकै भव्य छ नि,छोटो समयमै कसरी सम्भव गराउनुभयो?
हा हा हा, यो साज सज्जा मिलाउन चाँहि मलाई त्यत्ती आउँदैन । यसको सबै श्रेय चाँही आफ्नै बुढा लाई दिनु पर्ला। फुल टाईम फ्री टेक्निकल सर्भिस प्रोभाईडर घरमै भएकोले सजिलो भाको छ।

प्रस्तुतीको बारेमा भने, साहित्य,राजनिती र ठुला-ठुला कुरा लेख्‍ने दख्खल छैन। त्यसैले फोटो ब्लगीङमा लागेकी हु। फोटो मात्र राख्दा खेरी फोटोले भन्न छुटाउने र नसक्ने केही कुराहरु पनि हुने हुनाले सो सम्बन्धी केही कुराहरु भने लेख्‍ने कोसिस गर्छु।

४ तपाइमा लेख फुर्न सप्ताअन्त नै चाहिन्छ जस्तो छ नि, लेख पनि २७,२१,१४ आदी मितीमा आउदा रहेछन?
हा हा हा, निकै ध्यान दिएर हेर्नु भएछ। हुन त साहै ब्यस्त हुन्न, त्यहि पनि हप्ताभरी घर-परिबार र कार्यालयको काममा समय बित्ने हुनाले ब्लग तयार गर्नलाई प्राय: सप्ताहअन्त कुर्नु पर्दो रहेछ।

५ मठ मन्दिर निकै धाउनु भएछ,कुनै रमाइलो अनुभव सुनाइदिनुहोस न?
ईश्‍वरमा आस्था भएकोले कहिलेकाही भ्याएसम्म मन्दिरहरु जान रुचाउँछु । खासै वयान गर्न लायक अनुभव त छैन, तैपनि धर्म हाम्रो जीवनको एउटा अभिन्न पाटो हो र धर्मले मानिसलाई बन्धन हैन मुक्तिको मार्ग देखाउने भएकोले कुनै पनि मठ मन्दिर वा चैत्यमा पुग्दा आत्मिक शान्ति त मिल्छ नै ।

६ किन होला महिला ब्लगर पुरुषको तुलनमा निकै कम छन?
नेपाली महिलाकै कुरा गर्ने हो भने, हाम्रो सामाजिक ब्यबस्थाले पनि केही असर गरेको होला जस्तो लाग्छ। त्यसो त केही बर्ष यता घरमा मात्र सिमित नरहेर कार्यालय, बन्द- ब्यापारमा पनि महिलाहरुको सहभागिला बढ्दै गएको देखिन्छ। यस हिसाबले हेर्दा ब्लगमा पनि महिला सहभागिता क्रमिक रुपमा बढ्दै जाने निश्‍चित छ। यस बाहेक प्राविधिक झन्झटका कारण पनि सहभागितामा केहि कमी आएको हुन सक्छ।

७ तपाइ नित्तान्त नया ब्लगर,पूराना ब्लगरलाइ केही सल्लाह दिनुहुन्छ कि?
ओहो कस्तो प्रश्‍न सोध्नु भाको । मैले त पुराना ब्लगरहरु बाट सिक्ने पो हो त, के सल्लाह दिनु र!!

८ तपाइको ब्लगको पुछारमा त पैसा कमाउन सिकाउनु भएको रहेछ,कसरी कमाउने हो अन्य ब्लगरलाइ पनि सिकाइदिनुहुन्छ कि?
ओहो!!, त्यो मैले राखेको होईन। यो ब्लगको टेम्पलेट संगै झुन्डिएर आएको हो । त्यो टेम्पलेट ईडिट गर्न बाँकि नै रहेछ सम्झाईदिनु भएकोमा धन्यबाद। अब निकाल्ने छु।

९ ब्लगिंग दुनियाका रमाइला नरमाइला कुरा के भेट्टाउनुभयो?
नरमाईलो त केहि छैन बरु ब्लग लेख्न थालेपछि धेरै कुराहरु जान्ने र सिक्ने मौका पाएकी छु। विविध बिषयमा भिन्न भिन्न ब्यक्तिहरुको धारणा, बिचार र अनुभबहरु बुझ्न ब्लग एकदमै राम्रो माध्यम भएकोले रमाईला कुराहरुनै बढी भेटेकी छु।

१० फुर्सदमा के गर्नहुन्छ?
फुर्सदको समय यसो कमप्युटर अगाडी रहने त छँदै छ, त्यस बाहेक घुम-घाम र परिबार संगै रहेर बिताउँछु।

११ तपाइको दौंतरी प्रतीको अनुभव के छ?
दौतरी धेरै अघि देखि नै पढ्दै आएकी छु । प्राय: ब्लगहरु एकजना ब्यक्तिले चलाउने हुदाँ कुनै एउटा ब्लगमा रचनारहरुमा बिधागत विभिधता भएपनि आदर्श वा मुल बिचार एउटै देखिन्छ । तर दौंतरी भने एउटै ब्लगमा धेरै जना सर्जकहरु लाग्नु भएकोले एकै बिधामा पनि बैचारिक, भावनात्मक र नैसर्गिक भिन्नता भेटिन्छ ।यो दौंतरीको एकदमै राम्रो पक्ष हो।

समर्थन वा बिरोध जे भएपनि सिष्टता र सालिनताको दायरा ननाघिकन विबेचना गरीने र मर्यादित भाषामा लेखहरु आउने हुनाले पनि दौँतरी अन्य व्यक्तिगत ब्गलहरु भन्दा भिन्न र राम्रो लाग्छ मलाइ ।

१२ आगामी ब्लग भित्र ब्लगमा कसलाइ बोलाउने सल्लाह दिनुहुन्छ?
एउटा बिचार है, तपाईहरु दौँतरीमा लेख्‍ने पनि धेरैजना हुनुहुन्छ, कहिलेकाही आफ्नै दौँतरी परिवारका लेखकहरुलाई पनि यसमा राख्‍न मिल्छ कि ? । हामीलाई पनि तपाइहरुको बारेमा अझ बढी जान्ने अवसर मिल्थ्यो नी !

१३ तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?

खासै केहि छैन, यस क्षेत्रमा भर्खरै जस्तो प्रवेश गरेको मलाई आफ्नो कुराहरु राख्‍ने मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद । साथै दौँतरीको उत्तरोत्तर प्रगतीको कामना गर्न चाहन्छु ।



June 1, 2009

हाम्रो ब्लगका ब्लगर केपी ढुंगानाको सेरोफेरो


ब्लग भित्र ब्लग दौतरीमा राख्ने जमर्को स्वरुप यस पटक हाम्रो ब्लगका (Hamroblog.com) ब्लगर के.पी ढुंगाना आउनु भएको छ। सधै अरुको बारेमा ब्लग लेख्ने के.पी जी आज आफ्नै बारेमा सोधिएका प्रश्नका उत्तर बिस्त्रितरुपमा दिनुभएको छ। आशा छ उहांका ब्लग पारखीलाइ उहां बारे अझ बढी जान्न मौका पाउनुहुनेछ। साथै नेपाली ब्लगहरुलाइ पनि यो संबादले सहयोग पुग्नेछ भन्ने आशा गरेको छु। अब लागौं के.पी जी को ब्लग सवाल जबाफ तिर।

१) हाम्रो ब्लग सबैको ब्लगकी तपाइको ब्यक्तीगत ब्लग?
पाठकको हकमा भन्नुहुन्छ भने नाम झै यो हाम्रो नै हो । तर कन्ट्रीव्युटरको रुपमा भन्नु भएको हो भने ब्यक्तिगत ब्लग हो । यसको नाम चयन र प्रारम्भ सबैको ब्लग बनाउछु भनेरै गरेको हो । तर फाट्टफुट्ट बोहक अन्य मित्रहरुको सामाग्री त्यत्ति आउंदैन । पाठकिय दृष्टीकोणमा त हाम्रो बन्न सफल भएको छ जस्तो लाग्छ मलाई

२) कसरी चढ्यो ब्लगर भन्ने भुत?
ब्लगर बन्ने भुत ज्ञानेन्द्र शाहले चढाइदिएका हुन । यदी उनले प्रत्यक्ष शासन चलाएर प्रेस स्वतन्त्रतामाथि त्यत्तिको अनुदार नबनेको भए सायद यत्ति चांडै म ब्लगको बाटोमा पक्कै हिड्ने थिइन । माघ १९ पछि देखेको लेख्न पाइएन । अब देखेको कुरो नलेखी चित्त पनि नबुझ्ने । लेखेको कुरो घरको भित्तामा राखेर पनि चित्त नबुझ्ने । के गर्ने होला भनेर सोध्दै खोज्दै जांदा ब्लगसंग जम्माभेट भएको हो

३) बिबहा पछी ब्लगले कम समय पाएको त छैन?
विवाहको समयमा करिव १५ दिन नियमित हुन सकिन ब्लगमा । तर त्यसपछि छैन । उही स्पीडमा छु म

४) हाम्रो ब्लगका पाठक त छोटो समयमै १५ करोड नाघेछन। काठमान्डौको मिटर क्याब जस्तो त होइन?
हा…हा…हा । मैले त यादै गरेको थिइन । गडबड भएछ । यत्रा पाठक पाइसकेको छैन मैले । एक जना मित्रको सहयोगमा काउन्टर राखेको थिए । कहिले साइड परिर्वतन भए कहिले ह्याकरले रुवाए । पाठक गणना मिटर राख्दा पुरानो पनि मिल्ने गरी राख्ने कि भनेको थिए । गडबड भएछ । अब सच्याउंछु

५) तपाइका पुराना सामाग्री त गायब भएछन नी। यसबारेमा आफ्नो अनुभव के छ,ब्लगरहरुलाइ के सल्लाह दिन चाहानुहुन्छ ?
हो पुराना सामागि्र सबै हराए । ह्याकरले हैरान बनाए । पहिलो पटक हैन तीन पटक भइसक्यो यस्तो भएको । ०६१ चैततिरवाट ब्लग शुरु गरेको हुं मैले । त्यो बेलामा ब्लगसममा ब्लग चलाउंथे । आफ्नै डोमेन र स्पेशको भुत सवार भएपछि २०६३ वाट ब्लगरनेपाल डटकम डटएनपी डोमेनवाट ब्लग शुरु गरे । ब्लगसम एकाउन्टको सामाग्री सार्नुपर्ला भन्दा भन्दै एकान्ट नै डिलेट भएछ । २ वर्षको महत्वपुर्ण सामाग्री हरायो । पछि ब्लगस्रनेपाल डटकम ब्लग आएपछि धेरै मित्रहरुले डोमेन झुक्किएको गुनासो आएपछि हाम्रोब्लग डट कम दर्ता गरेर ब्लग चलाउंन शुरु गरे । यसमा पनि २ पटक ह्याकरले दुख दिइसके । पहिलो आक्रमणवाट सामाग्री जोगाउन सफल भइयो । तर दोस्रो पटक पुन ह्याक गरी सबै सामाग्री ड्यामेज बनाइदिए । बढो दुःख लाग्यो । पुराना सामाग्री संग्रह गरेर राख्ने बानी थिएन । महत्वपुर्ण सम्पत्ति त्यसै नाश भयो । यि दुखपछि ब्लगमा राखेका सामाग्री बेलाबखत कम्प्युटरमा ब्याकअप बनाएर राख्नुपर्ने रहेछ भन्ने शिक्षा पाए । अन्य ब्लगर साथिहरुले ब्लगमा राखेको सामाग्री कम्प्युटरमा बेला बेला ब्याकअप गरेर राख्नु भएको छैन भने राख्नु होला । नत्र मैले जस्तै दुख पाउनुहुनेछ

६) नेपाली ब्लग बिचार सुचुचित गर्नुको साथै अनुचित रुपमा पनि दबाइन्छ भन्ने आरोप निकै चर्चित छ,हाम्रो ब्लगमा यस्तो भएको छ?
तपाइले भन्न खोज्नुभएको मैले अलि बुझिन । यदी प्रतिकृयाको कुरा गर्नु भएको हो भने अश्लिल प्रतिकृया बाहेक अन्य डिलेट गर्ने गरेको छैन । सधै प्रतिकृया मनिटर गरेर बस्न भ्याइदैन । त्यसैले २ वर्ष जति प्रतिकृया मोडरेटमा राखेको थिए । एक वर्ष भयो मोडरेट सिष्टम हटाएकोछु

७) नेपालका गोष्ठीको उदेष्य गोष्ठीको समाप्तसंगै समाप्त हुन्छन। तपाइको बनेपा गोष्ठीले कती ब्लगर जन्माए?
पत्रकारीता प्रशिक्षणको क्रममा अनलाइन पत्रकारीताको विषयमा ब्लगलाइ पनि मिसाएर आफ्नो अनुभव बाडेको थिए । त्यसो गर्दा बनेपामा बढो राम्रो प्रतिकृया पाइयो । केही साथिहरु नियमति सम्पर्कमा हुनुहुन्छ । उहांहरु प्रत्येक सम्पर्कमा ब्लगका बारेमा चासो देखाउनु हुन्छ । केही साथिहरुलाई साइबर क्याफेमा लगेर प्रयोगात्मक रुपमा समेत ब्लग साचालनको विधि सिकाएको थिए । तर उहांहरुले ब्लग शुरु गर्नु भयो कि भएन जानकारी पाएको छैन । बनेपापछि नुवाकोट पुगेर पनि अनलाइन पत्रकारीता र ब्लगको बारेमा अनुभव बाडेको थिए मैले । यि दुबै स्थानको प्रतिकृयावाट मैले के बुझे भने प्रविधिप्रतिको सहज पहुंचको अभावमा ब्लगको संख्या नबढेपनि ब्लग र ब्लगरको कुरा हुंदा साथिहरु अल्मलिएर बस्नुपर्ने अवस्था रहेन । यो पनि राम्रै उपलब्धी हुन जस्तो लाग्छ

८) ब्लगमा गाली र ताली आउदा कस्तो लाग्छ?
बढो रमाइलो लाग्छ । ब्लगको सुन्दर पक्ष भनेकै यही सहज अन्तरक्रिया नै त हो । समुहमा कुनै विषयमाथिको बहसले प्रवेश पाएपछि कसैले समर्थन गर्छन कसैले विरोध । जो सामान्य हो । त्यसमा पनि ब्लगमा जत्ति बढि अन्तरक्रिया हुन्छ ब्लग गर्ने उति उर्जा बढ्छ । नियमित ब्लगको उर्जा नै यही गाली त ताली हो जस्तो लाग्छ

९) अन्य ब्लगरसंग भेटमा के कुरा हुन्छ? प्राय भेटीने ब्लगर को हुन? कुनै रमाइलो गफ सुनाइदिनुहोस न?
ब्लगरसंगको भेटमा अरु के गफ हुनु त्यही ब्लगको नै त हो । ब्लगका सामाग्री अन्तराष्ट्रिय ट्रेन्ड नयां आएको ब्लग लगायतका विषय नै हाम्रो कुराको केन्द्रमा हुन्छ । प्राय भेट भइरहने ब्लगर माइसंसारका उमेश श्रेष्ठ र फिल्मी ब्लग चलाउने प्रवेश सुवेदी हुन । तर लामो समय भयो दुबैसंग श-शरिर भेट नभएको । फोनमा भने कुराकानी भइरहन्छ । दुबैसंगको भेटमा प्राय ब्लगको नै कुरा हुन्छ । उमेशसंग कुनै प्रविधि सम्बन्धी कुनै ब्लगलाइ अझ पपुलर बनाउने भनेर गनगन गरिरहछु म । प्रवेशसंगको भेटमा चै बढि ब्लग थिमको बारेमा कुरा हुन्छ । उमेशसंगको स्मरणिय कुरा भनेको चिया खाएर ब्लगर सम्बन्धी संस्थाहरुको गफ गर्दा गर्दै ब्लगान नाम जुरेको थियो । अनी हामी दुबैविच ब्लगानको अध्यक्षको बारेमा चर्काचर्की परेको थियो । म भन्ने उमेश अध्यक्ष बन्नुपर्छ उमेश भन्ने हैन म बाहिर बसेर सहयोग मात्र गर्छु । तर अहिले त ब्लगान नै एकादेश भइसक्यो । प्रवेशसंग भेट भयो कि पहिला नै आज चै नयां थिम खोजीदेन नभन है भनिहाल्छ

१०) कामभित्र पत्रकार काम बाहिर ब्लगर, घरै पिंडालु बनै पिंडालु जस्तो लाग्दैन?
हैन बढो रमाइलो लाग्छ मलाइ त । पत्रकारको रुपमा जुन भुमिका निर्वाह गरिन्छ त्यो सत प्रतिशत आफ्नो सोचाइ अनुसार हुन्न । आफुले ल्याएको सामाग्री आफुले चाहे जसरी पस्कन पाइदैन । धेरै हाकिमहरु हुन्छन । ब्लगमा त ढुक्क सबै काम आफैं गर्ने । चाहेको सामाग्री आफुलाइ जसरी मनपर्छ त्यसरी नै पस्कन पाइन्छ । हाकिम कामदार दुबै आफैं । समाचार खोज्दै हिड्नेक्रममा पाएका कति जानकारीहरु पत्रकारको रुपमा पस्कन सकिंदैन । जसलाइ ब्लग मार्फत बाड्न पाइन्छ । त्यसैले यसमा त झन मजा छ

११) तपाइ ब्लगर या पत्रकार भनेर चिनीनु परे कुन रोज्नुहुन्छ?
म त ब्लगरका रुपमा चिनिन चाहन्छु । खै के मोहनी लगायो यो शब्दले म ब्लगर भन्दा मनै आनन्द हुन्छ

१२)एक जुगमा एक दिन पक्कै आउंछ त्यस पछी के आएको अनुभव भयो?
मैले यो प्रश्नै बुझिन । कुन प्रशंगमा भनेको हो स्पष्ट भएन

१३)नेपालका अहिलेका नेता मध्य सब भन्दा जनतालाइ काम लाग्ने को हुन जस्तो लाग्छ?
अहिले त्यस्ता नेता जन्मीइसकेका छैनन । अहिलेका सबै काम चलाउ मात्र हुन । काम चलाउमा को टिकाउ को कमशल भन्ने मात्र हो ।

१४)नेपालमा शहिद किन फेसन भएको होला?
फेसन भन्दा पनि यो विकृती हो । राष्ट्रका लागि साच्चिकै बलिदानी दिएका माथिको अक्षम्य गद्धारी हो । अनी यो गद्धारी कुनै १० लाखको लोभमा भएका छन कुनै पार्टीगत स्वार्थमा ।

१५)हाम्रो ब्लगका सिफारीस ब्लग मध्य एउटै ब्लग सिफारिस गर्नुपरेमा कुन ब्लग सिफारिस गर्नुहुन्छ?
त्यस्तो छैन । एउटा मात्र स्वादको खाना खाएर ब्यक्ति अघाउंदैन नी । हो ब्लग पनि त्यस्तै हो जस्तो लाग्छ । फरक फरक स्वादका भयो भने मज्जै बेग्लै हुन्छ

१६)दौतरी ब्लग कस्तो लाग्छ,केही सुझाब छ कि तपाइबाट?
इन्टरनेटमा सामाग्री खोज्ने क्रममा दौतरीसंग मेरो भेट भएको थियो । पहिलो भेटमै राम्रो लाग्यो मलाइ र अहिले नियमित छिर्ने गर्छु म । सामाग्रीहरु राम्रा छन । तर अलि साहित्य बढि भयो कि जस्तो लाग्छ । ब्लगभित्रको ब्लग यसको चिनारी हो यसलाइ निरन्तरता दिनु होला । साजसज्जामा अलि ध्यान पुगेको छैन कि

१७) तपाइलाइ भन्न मन लागेको र दौतरीले सोध्न भुलेको केही कुरा छ कि?
विचार भावना असिमित हुन्छन । ति सबै एकै भेटमा कहां सकिन्छ र हैन ? मलाइ ब्लगभित्रको ब्लगका लागि सम्झनुभयो धेरै धेरै धन्यवाद । दौतरी सबैको दौतरी बन्न सकोस शुभकामना ।


May 11, 2009

ब्लग गफ गाफ ब्लगर दिलिप आचार्य संग


ब्लगर दिलिप आचार्य आफ्नो ब्लगलाइ साझा चौतारी मान्नुहुन्छ। उहां करिब २ बर्षबाट ब्लगिगं गर्दै आउनु भएको छ। प्रस्तुत गर्दैछु उहां संगको ब्लग गफ गाफ यस पटकको ब्लग भित्र ब्लगको स्तम्भमा।

१) http://dacharya.blogspot.com कसरी साझा चौतारी बनाउदै हुनुहुन्छ?

ब्लग लेख्‍न थालेको करिव २ बर्ष हुन लाग्यो र यो मेरो बिचार र अभिव्यक्ति बिसाउने चौतारी हो। कुनै पनि बिचारमा राखेपछि त्यसमा समहमती वा असहमती त भै हाल्छन । त्यसपछि सो बिचारमा अरु सहयात्री ब्लगर र पाठक साथिहरु संग मिलेर विचार आदान-प्रदान गरीन्छ । बिचार आदान-प्रदान भए पछि मेरो ब्लग व्यक्तिगत बिचार संप्रेषण गर्ने थलो मात्रै रहंदैन र साझा चौतारी बन्छ ।

२) तपाइको ब्लग बास्तुको साधनमा के के मिल्यो बताइदिनुहुन्छ?

हुन त, फाट्ट फुट्ट लेख्‍ने बानी पहिलै देखि नै थियो तर ब्लग संचालन पश्‍चात बिचार मंथन गर्ने र आफ्नो बिचार प्रति आएका नकारातम्क धारणलाई पनि ‘सकारात्मक’ अर्थमा लिन सकिने सोचको बिकास भएको छ । कुनै पनि घटना वा स्थितिलाई एक-दुई कोणबाट मात्रै नहेरी लंगुर-बुर्जाको गोट्टी जस्तै, छ नै वटा कोण वा सतहबाट हेर्न ब्लग भन्दा अर्को उत्तम माध्यम नै छैन जस्तो लाग्छ मलाई ।

३) तपाइको ब्लग स्पष्ट रुपमा भन्नुपर्दा के मा केन्द्रित छ ?

कुनै एक बिषयलाई मात्रै केन्द्रीत गरेर लेख्दा, लेख्‍न पनि सजिलो हुँदैन र पढ्नेलाई पनि एक तमासको लाग्न सक्छ । यस अर्थमा मेरो ब्लगलाई सकेसम्म विविधता दिने कोशिष गर्छु म । संख्याकै हिसाबले हेर्दा सायद लघुकथा बढी होलान तर कम्प्युटर र ब्लगिङ टिप्स देखी आफूले जानेको अन्य कुरा सेयर गर्ने र देशको समसामयीक घटनाका बारेमा पनि लेख्‍ने गर्छु । त्यसैले ब्लगको सब टाईटल वा Description मा मैले ‘Anything..., Everything...’ पनि लेखेको छु ।

४) ब्लगमा काम गर्दा जिबनमा के फरक भेट्टाउनु भयो ?

नढाँटीकन र ईमान्दार भएर भन्नु पर्दा ब्लगीङ शुरु गरेपछि धेरै कुराहरु सिक्ने र जान्ने मौका पाएको छु । आफ्नो बिचारमा विमति आएपछि त्यसलाई स्विकार्ने र मुख्‍य कुरा भनेको अरुको बिचारको सम्मान गर्ने सोचको बिकास भएको छ। कोहि पनि मानिस आफैंमा पूर्ण हुँदैन तर हरेक मानिसमा आ‍-आफ्नै बिशेषता हुन्छन । यस हिसाबमा धेरै सहयात्री साथीहरुबाट विविध क्षेत्रसंग सम्बन्धित निकै कुरा सिक्न पाएको छु ।

५) तपाइका छिमेकी ब्लगका रमाइला नरमाइला कुरा के के छन ?

मैले माथि भने जस्तै मेरो छिमेकी ब्लगमा सबैको आ-आफ्नै सोच, बिचार र आफ्नोपन छन। सबैमा मेरो सहमती नहुन सक्छ तर मेरो बिचारसंग सहमत नहुँदैमा त्यसलाई नरामाईलो रुपमा म लिन्न। समष्टीमा सबै नै रमाईला छन (नरमाईला केहि छैनन्) ।

६) तपाइको ब्लग मध्य सबैभन्दा मन पराइएको कुन हो?

यो कुरामा मैले पनि कहिल्यै ध्यान दिएको थीईन, तपाईको प्रश्‍न आएपछि एकचोटी Google Analytics हेरें । कमेण्ट बढि आएको हिसाबमा हेर्दा त अरुनै पोष्ट आउँछन तर बढि ‘क्लिक’ गरीएको तीनवटा पोष्ट चाहिँ केहि उटपट्याङ मुक्तकहरु, ब्लगोमेनीया-कारण, लक्षण र निदानHarmless Hacks. रहेछन ।

७) तपाइको ब्लगमा लघुकथा निकै रहेछन, एउटा २ मिनेटको लघुकथा सुनाउनुहोस न त हामीलाइ?

लघुकथा मलाई मनपर्ने बिधा हो, सायद अरु भन्दा संख्यात्मक हिसाबले लघुकथा नै बढि होलान मेरो ब्लगमा। यहाँ कथा राख्दा कुराकानी लामो हुन्छ, त्यसैले आधा मिनेटको लघुकथा चाहि यो राखौं है त:

“यौटा भेडा पानीमा हामफाल्दा सय वटा भेडा पछि पछि हामफाल्ने कथा बिद्यार्थीलाई पढाएर शिक्षक कक्षाकोठा बाट बाहिर निस्केका मात्रै थिए । बाहिर बाटोमा ५-७ जना अगुवाको पछाडी हजारौंका संख्यामा झण्डा बोकेका मानिसहरु यन्त्रबत् 'जिन्दाबाद!' र "मुर्दाबाद" को नारा लगाएर हिडदै गरेको देखीयो ।”

८) ब्लग लेखन र प्रतिक्रिया लेखनमा कत्तिको सहमती असमती ब्यहोर्नु गर्नुभएको छ?

सहमती र असहमती त आउँछन नै, तर सायद एकदमै बिबादित बिषयमा त्यत्ती धेरै नलेखेकोले होला खासै ‘कडा’ असहमतीहरु भने धेरै आउँदैनन् भन्दा पनि हुन्छ ।

९) तपाइको ब्लगमा अरुको ब्लगमा भन्दा नितान्त फरक पाइने कुरा के होला ?

खासै त्यस्तो अहम भिन्नता त छैन होला, तर सकेसम्म विविधता दिने प्रयास भने जारी छ। (तपाहरुले केहि देख्‍नु भएको छ की :))

१०) 浅谈汉语里的梵语词语 पढ्न त यस्तो गार्हो लेख्न कती गार्हो भयो? बुझ्न त झनै गार्हो भयो कसो गर्ने होला?

हा हा हा, म चिनियाँ भाषा-संस्कृतिको बिद्यार्थी रहेको र एउटा सानो अध्ययनको क्रममा संसारको सबैभन्दा गाह्रो भनेर मानीएको भाषाभित्र पनि धेरैको संख्यामा संस्कृत शब्द भेटेपछि कसैको आग्रहमा मैले त्यो लेख तयार गरेको थीएँ । पछि त्यसको नेपालीकरण पनि मेरै ब्लगमा चिनियाँ भाषा भित्रका संस्कृत शव्द को नाममा राखेको छु । के गर्ने आजकल त जनवादी शिक्षाको नारा छ, र बुझ्दै नबुझी संस्कृत भाषालाई मृत भाषा भन्छन् ।

११) ब्लगिगं ट्याम्पेलेटमा निकै दक्षता हासिल गर्नुभएछ दौतरीको झ्याल ढोकाको लिपपोतमा के गर्दा राम्रो होला?

यो क्षेत्रमा म पनि सिक्ने क्रममा नै छु । हुन त, सबैको आ-आफ्नै पहिचान हुन्छ तैपनि म भने उपलब्ध स्रोत, साधनको (समस्या उत्पन्न नहुने हदसम्ममा) अधिकतम उपयोग लिने कुरामा विश्‍वास गर्छु । दौंतरीको कुरा गर्दा, पेज खोल्ने बित्तिक्कै अधिकतम जानकारी मिल्ने हिसाबले जान ३ कोलममा जाँदा यसका ‘कम्पाउण्डमा रहेका खाली जग्गा’ त्यत्तीकै खेर जाँदैनन् जस्तो लाग्छ । साथै पाठकहरुसंगको अन्तरक्रिया अझ सशक्त गर्न सिधा संबादका केहि अनुप्रयोगहरु पनि राख्दा राम्रै होला ।

१२) अहिलेको नेपाल भोलि कता पुग्ला?

सोधि हाल्नु भयो, मनकै कुरा गर्ने हो भने, अहिलेको नेपाल भोली कता पुग्ला भन्दा पनि यीनै नेताहरुको नेतृत्व र यहि भाँडभैलोको स्थिति रह्‍यो भने भोली नेपाल पनि हुन्छ कि हुँदैन भन्ने चिन्ता लाग्न थालेको छ ।

१३) अहिलेका प्रचण्ड तपाइका कुन कथाका पात्रसंग मिल्दा जुल्दा छन?

व्यक्तिलाई बिषय बनाएर लेख्दीन, तर प्रचण्ड मात्रै हैन नेपालका हुत्तिहारा, भातमारा र नालयक नेताहरुको झलक मेरो धेरै कथामा भेटिन सक्छन।

१४) तपाइले दौंतरीलाइ के सुझाब दिनुहुन्छ?

दौंतरी धेरै अघि देखी पछ्‍याउँदै आएको छु । सायद नेपाली भाषामा यसरी धेरैजना मिलेर लेखीने ‘टिम ब्लग’मा यो नै एउटा गतीलो र स्वतन्त्र ब्लगको रुपमा उदियमान र उदाहरण भएको जस्तो लाग्छ । सुझाव भन्दा पनि निरन्तरता र उत्तरोत्तर प्रगतीकोलागी शुभकामना दिन चाहन्छु।

१५) तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?

नेपाली ब्लगहरु अझै पनि स्वतन्त्रताको उपभोग मात्रै गर्ने तर जिम्मेबारी चाहि नलिने हिसाबमा चलेका देखीन्छन् । यसलाई बाहिरबाट आएर कसैले सुधार्ने हैन, त्यसैले यसलाई हामीले नै व्यबस्थित गर्नुपर्छ। यस मानेमा दौंतरीका लेखहरु सन्तुलीत लाग्छन आशा गरौं सबैले यसको अनुशरण गर्नेछन ।

ब्लगहरु सशक्त भएमा यसले मूलधारका पत्र-पत्रिकालाई पनि प्रतिस्पर्धि र जिम्मेबार बनाउन मद्दत गर्छ, त्यसैले बढि भन्दा बढि ब्लगहरु सञ्चालनमा आउनु पर्छ र ब्लगरहरु बिच पनि बैचारीक आदान-प्रदान र भिन्न मतका बीचमा पनि सामुहिक एकता हुनु पर्छ जस्तो लाग्छ। मलाई आफ्नो कुरा राख्‍ने र मौका दिनु भएकोमा धन्यवाद्।



March 31, 2009

एउटा कुखुराले १६ जनाको खाना र आर्थिक मन्दीबारेका ब्लगहरु

kancho kukhura

तपाईले कुनै बेलामा एउटा कुखुराले पाँच थरी खाना बनाउने बिधी पढनु भएको छ भने त्यो कुनै आश्‍चर्यको कुरा रहेन। संसारनै आर्थिक मन्दिको मारमा परेको बेलामा एउटै कुखुराले सोह्रजनाको खाना बन्ने उपाए पनि पत्ता लागिसकेको छ ।

विश्‍व आर्थिक मन्दिको प्रभाव कुन कुन क्षेत्रमा कसरी परिरहेको छ भन्ने हामि सबैलाई आ-आफ्नै ढंगले थाहा छ। मल्टि नेशनल कम्पनीमा भएका कर्मचारी कटौती देखी मूल्य बृद्धि अनी यसैसंग संसारभरी आएका बिभिन्न समस्यासंगै, यसलाई कसरी सामना गर्ने, र मन्दिको मारबाट कसरी बच्ने भन्ने पनि सबैले आ-आफ्नै योग्यता र स्थानबाट प्रयास गर्दै आएकाछन ।

अहिलेको समय विश्‍व-ग्राम अर्थात ग्लोवल भिलेजको समय हो, त्यसैले यहा कुनै एक ठाँउमा भएको समस्याले सबैलाई असर गरे जस्तै, कुनै पनि स्थानका व्यक्तिले निकालेको समस्या समाधानका उपाए पनि सबैले प्रयोग गर्न सक्छन ।

यसै क्रममा यत्रो ठूलो संसारलाई सानो गाउँ बनाउने ईन्टरनेटमा खोजें । मन्दिलाई नै मुल विषय बनाएर अनगिन्ती वेपपेज र ब्लगहरु चलेका रहेछन ।

एकजना जेन नाम गरेकी ब्रिटिस महिलाले शुरु गरेको र उनकै भनाईमा “money-saving blog” भनिने http://recessiontips.co.uk/ पनि एउटा यस्तै ब्लग हो । हालैका दिनमा खासै अपडेट नगरिए पनि त्यसमा भएको एउटा How to get sixteen meals out of one chicken भन्ने पोष्टले मन्दिको मारबाट बच्न के सम्म गर्न सकिन्छ भन्ने जानकारि दिन्छ ।

छोटकरीमा यो मन्दिको बारेमा बिभिन्न खबरहरु हेर्नु छ भने http://recession.org/ एउटा राम्रो स्रोत हुनसक्छ त्यसमा भएका Worse Recession Since 1930'sRecession Proof Your Job जस्ता पोष्टहरुले तपाइलाई मन्दिको जानकारी मात्रै हैन कसरी मन्दीको समयलाई पार गर्ने भन्ने टिप्सहरु पनि दिने छ ।

अन्य यहि बिषयलाई मूल बिषय बनाई संचालनमा आएका पेजहरुमा http://www.surviverecession.com/, http://recessionwatch.blogspot.com/, र http://recessiontimes.blogspot.com/ पनि हुन।

ती बाहेक Surviving Recession dotcom मा पनि Surviving A Recession With Good Planning, 10 Tips For Saving Money In A Recession जस्ता लेखहरु भेटिन्छन ।

केहि पेजहरुमा आउने दिनहरु झनै खरव हुने कुराहरु छन र त्यसकोलागि तयार रहन टिप्सहरु दिईएका छन भने केहिमा भने अब यसको प्रभाव बिस्तारै कम हुँदै जाने उल्लेख छ।

खोज्दै जानु भयो भने पुरानो जिन्सलाइ फेरी कसरी नयाँ बानाएर लगाउने देखी ग्यारेजमा फालीएका पुराना फर्नीचर मर्मत गरेर नया काम लिन सकिने अनी फुर्सदको समयमा बढि भन्दा बढि उत्पादनसील कार्य गरेर मन्दीलाई छिट्टै भगाउने यस्ता हजारौं टिप्सहरु भेटिनेछन ।

आशा गरौं मन्दीका दिनहरु, नेपालमा बिजुली गाएब भएजस्तै गरी गाएब हुनेछन र विश्‍व छिट्टै यो समस्याबाट मुक्त हुनेछ, त्यो भन्दा पहिला भने यी ब्लग र पेजहरुबाट केहि सिक्दा सबैलाई राम्रै होला कसो? ।



March 23, 2009

बसन्त गौतमको कही नजाने बाटो सबै ठाउमा जान्छ


दौंतरीमा बिभिन्न ब्लगरसंग भलाकुसारी गर्ने क्रममा निरन्तरता नै छ। यस पटक दौंतरीमा आइरहनुहुने ब्लगर बसन्त गौतम हुनुहुन्छ। दौंतरी पाठक पक्कै पनि उहांसंग परिचित हुनुहुन्छ। अब लागौं बसन्तजीसंगको इमेल संबाद जस्ताको तस्तै:

कुराकानीको यो मौकाको लागि सर्वप्रथम 'दौंतरी'लाई हार्दिक धन्यबाद!


१) http://www.basantagautam.com/ ब्लगलाइ कसरी परिभाषीत गर्नुहुन्छ? अलीक कुना कानी फेरबदल गर्नुभएछ, मुल रुप त परिबर्तन भएको छैन?

-यो ब्लग मैले विशेष गरी नेपाली राजनीति र नेपालमा घटेका घटनाहरुमाथि आफ्नो विचार राख्न र जापान बसाईका अनुभवलाई बाँड्न भनेर शुरु गरेको हुँ। अहिलेसम्म आईपुग्दा लेखिएका विषयवस्तुहरु सबै त्यहि सीमाभित्रै भने छैनन्, तैपनि मूल स्वरुप भने यहि हो अझै। कहिलेकाहीँ छेउ-कुना कतै केहि लिपपोत गरेपनि खासै परीवर्तन भएको छैन।

२) The road to nowhere goes everywhere भन्नुभएको रहेछ the road to nowhere goes to dead end होइन र?

- हा हा हा! धेरैले यस्तै भन्छन्, कतिले त The road to nowhere goes everywhere भन्दा The road to everywhere goes nowhere बरु ठीक होला पनि भन्छन्। ब्लगको शिर्षकले अलिक रहस्य र आध्यात्मिकता देखाओस् भनेर यो राखेको हुँ। यो फुर्दा केहि जेन कथाहरु थिए दिमागमा, तिनैको प्रभाव हुनसक्छ यो जन्मिनुमा। यसैमा चित्त बुझेको भने छैन, अझै खोज्दै छु। यो शिर्षककै बारेमा ब्लगमा एउटा टाँसो (posting) लेख्ने सूरमा छु।

३) तपाइको ब्लग बढी रचनामुलक छ भन्ने कि बिचारमुलाक ?

- दुबै भन्नुपर्ला, नयाँ कुरा लेख्न नभ्याएको/नसेकेको बेला आफ्नो 'इतिहासको ब्याज' (पूराना रचनाहरु) ले धेरै पटक काम चलाएको छु। उसो त रचना र विचारको सीमा छुट्याउनु पनि त्यति सजिलो छैन। कुनै कुरामा विचार राख्नु भनेको पनि रचनानै हो, अर्कोतिर कथा-कविता जस्ता 'विशुद्ध' रचनाले पनि रचनाकारका विचार बोकेकै हुन्छन्।

४) ब्लगमा कसरी रस बस्यो ?

-ब्लगतिर म मोडिनुमा सबैभन्दा ठूलो हात साझा को छ, मेरो ब्लगलाई साझाको spin-off भन्दिएपनि हुन्छ। म एकताका साझामा खुब हल्लिन्थें। त्यहाँ लेख्दा-लेख्दै अब अलिक नीजि ठाऊँ पनि बनाउनुप-यो भनेर यता लागेको हुँ।


५) ब्लग लेखनमा सबभन्दा आनन्द आउने कुरा के हो?

- धेरै कुरा भन्न सकिन्छ यसमा। मेरो लागि सबैभन्दा मुख्यचाहिँ कुनैपनि कुरामा आफ्नो विचार आफूले चाहेजसरी ब्यक्त गर्न पाऊँदाको आत्मसन्तुष्टि हो। कुनै पत्रिकाको लागि लेख्दा यो सामान्यतया असम्भव हुन्छ किनभने त्यहाँ प्रकाशकीय/सम्पादकीय बन्देजहरु, सीमाहरु हुन्छन्।


६) तपाइको ब्लग मध्य सबैभन्दा मन पराइएको कुन हो?

- शुरुदेखि अहिलेसम्मका सबैमध्ये कुन भनेर हेर्न त एक राउण्ड Google Analytics पस्नुपर्ला। Live Traffic Feed मा सर्सर्ती हेर्दा अचेल ऋषि धमला काण्डको बारेमा लेखिएको टाँसो बढी पढिएको देखिएको छ। पोहरताका एनआरएन-जापानको गाईजात्रा बढी चम्केको थियो। मान्छेहरुले अलि सनसनीखेज कुरा खोज्छन् जस्तो छ:)


७) ब्यस्त जिबनले ब्लगमा बिचार पोखाउन कतिको अप्ठ्यारो पार्छ?

- सोचेभन्दा बढी अप्ठ्यारो पार्दो रहेछ। हप्तामा एक-दुई टाँसो राखिने एउटा ब्लगकै लागि पनि आफ्ना केहि सौखहरुलाई पूरै बिर्सिनुपर्ने रहेछ।


८) नेपाली ब्लग जगतमा जथाभावी लेखन र प्रतीक्रियाले हाम्रो आनीबानी सुधार्ला कि झन बिगार्ला?

- जथाभावी लेखन र प्रतिकृया नेपाली मात्र होईन सबै ब्लग जगतको समस्या हो। एउटा प्रसिद्ध कार्टून छ; 'On the Internet, nobody knows you're a dog' भन्ने। यस्तोमा सबैथरी मान्छेहरुले आफ्नो बानी/चिन्तनलाई मनलागी पोख्नु स्वाभाविक हो। तथ्यगत कुरामा हुने जथाभावी लेखनको प्रतिवाद/प्रतिकार जरुरी छ तर ब्यक्तिगत गालीगलौज जस्ता कुरालाइ तिरष्कार गर्नु बाहेक अरु कुनै उपाय छैन। समयक्रममा यस्ता कुराहरु आफैं हराएर जान्छन्।


९) ब्यक्तीगत कुरा है, गरिब देशको इन्जिनियर धनी देशमा किल्ला जमाउदा फरिया दौरा लगाउनेको भाग्य फोडियो की?

- म नेपालमै किलो-दाम्लो भएर मात्रै यता पसेकोले त्यस्तो हुन पाएन:)


१०)अहिलेको लोडसेडिगं कस्को अकर्मण्यताले गर्दा होला? आउदा साल कस्तो हुनेछ,अनुमान लगाइदिनुहोस न।

- आजसम्म हामीमाथि शाशन गर्नेहरुको अकर्मण्यता र लघु-चिन्तनको ऊपज हो यो। अलिकति हिस्सा माओवादीले विगतमा गरेको विध्वंशलाई पनि जान्छ तर माओवादीको उदय हिजोका शाशकहरुको कुबुद्धि र अदूरदर्शीताकै कारण भएकोले सारमा सबै जिम्मेवारी विगतका सरकारहरुलेनै लिनुपर्छ। आफ्नो 'शुभलाभ' मात्रै खोज्ने, आफ्नो 'शुभलाभ'का लागि योजनाहरुलाई सकेसम्म महंगा बनाईदिने र आफूलाई 'शुभलाभ' नहुने देखे योजनानै तुहाईदिने राजनीतिज्ञ-प्रशाशक-प्राविधि कहरुको सिण्डिकेटले जरा गाडेको छ मथिदेखि तलसम्म। यो स्थितिको अन्त्य नभईकन र एउटा समग्र राष्ट्रिय उर्जा/जलस्रोत नीति नबनुञ्जेल केहि पनि आशा गर्न सकिन्न। कुनै 'चमत्कार' भएन भने अर्को वर्ष पनि यस्तै हो। सरकारले चाहने हो भने यो वर्षभन्दा कम हुनेगरी केहि कदम चाल्न सक्छ तर सरकार र पूरै देश अरु-अरु कुरामा अल्मलिईरहेको बेलामा थोरैमात्रै पनि काम होला जस्तो लाग्दैन।


११) नेपालमा इन्जिनियर नेता जस्तै कुहिएका होलान त?

कुनै पेशामा सज्जनै-सज्जन, कुनै पेशामा दुर्जनै-दुर्जनै हुन्छन् भन्ने सोचाई गलत हो। समाजको आम-चरित्र जस्तो छ, त्यसैको छाया देखिने हो हरेक पेशामा। चरित्रगत हिसाबले हाम्रो समाज एउटा भ्रष्ट समाज हो। हाम्रो समाजमा भ्रष्टाचार निन्दनीय हैन बहादुरी मानिन्छ। त्यसकारण 'कुहिएका' इञ्जिनीयर जति भनेपनि छन्, नेताहरुभन्दा बढीनै होलान् बरु! हामीमा नेताहरुमात्रै खराब हुन्छन् भन्ने चिन्तन बसेको छ तर राजनीतिमा पनि असल मान्छेहरु छन्। यो कुरा बेग्लै हो कि ती अझै प्रभावशाली हुन सकेका छैनन्।


१२) नेपाली ब्लग दुनियामा तपाइको मिठो र तितो अनुभव बताइदिनुहोस न?


- दुई वर्षजतिको यो ब्लगयात्रा पूरै मिठो अनुभव हो मेरो लागि। त्यस्तो तितो अनुभव अहिलेसम्म खासै छैन।


१३) पत्रकारले सहि लेख्ला कि ब्लगरले?


- ठ्याक्कै यसै भन्न गाह्रो छ। पत्रकार भएपनि ब्लगर भएपनि मान्छेको इमान्दारिता र नैतिकतामा भरपर्छ यो।


१४) फुर्सतको समय कसरी बित्छ?


- परिवारसंग।


१५) तपाइको मन पर्ने ब्लग कुन हो?

- धेरै छन्, एउटामात्रैको नाम लिँदा आफैंलाई र धेरै ब्लगर साथीहरुलाई अन्याय गरेको ठहर्नेछ।


१६) तपाइले दौंतरीलाइ के सुझाब दिनुहुन्छ?


- 'दौंतरी' मा त्यस्तो ठूलो खोट केहि पनि देख्दिँन म। एउटा सानो अनूरोध भने छ, 'दौंतरी' का केहि लेखकहरुले भाषिक शुद्धताको ख्याल गर्नुपर्ने आवश्यकता अझै देखिन्छ।


१७) तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?


- पाचौं प्रश्नको पूरक भनेपनि हुन्छ। ब्लग लेखनमा सबभन्दा नरमाईलो लाग्नेचाहिँ धेरै दिनसम्म केहि लेख्न नपाउँदा/नसक्दाको अवस्था हो। ब्लगले आफूमा पाठकहरुप्रतिको धेरै गहिरो र आत्मीय दायित्वबोध उब्जाउँदो रहेछ र धेरै दिनसम्म केहि लेख्न नसक्दा आफनो दयित्वबाट विमुख भएको भावनाले घर बनाउँदो रहेछ।
-वसन्त


March 22, 2009

संसारको मोहनी

संसारमा के त्यस्तो मोहनी होला? यस्ले पुरै बिश्वको नै प्रतीनिधित्व गर्ने भनेर हो या के हो यसमा धेरै चुम्बकको भएको भान पाएँ। आज बिदाको दिन यसो नेपाली संचार जगत सयर गरौं भनेर भेटाए जती साइट सर्सर्ती हेरें। प्रायले त समसामायिक समचारलाइ आफ्नो प्रमुख खुराक बनाएका रहेछन। त्यसपछी साहित्य। तर त्यो भन्दा पनि समान कुरो त नाममै रहेछ। के हो त त्यो नाम? ,
‘संसार’ नि त्यो नाम अरु कुन हुनु नि? हुन पनि यती बिधी साइट छन नाम त जे राखे नि हुन्थ्यो। तर धेरै साइटले संसार कतै न कतै झुन्डाएका रहेछन। साच्चै संसार शब्दमा के त्यस्तो मोहनी होला? शुरू त खोइ कस्ले गर्यो तर यस्लाइ अंगिकरण गर्ने क्रम भने रोकिएको छैन। आफु हरेक कुनामा पुग्ने साइट मानेर हो या आफ्नो चार किल्ला नै त्यही साइट भनेर हो, संसार गज्जबसंग धेरैको मनमा बस्न पुगेको छ। खास त माया प्रेम जस्ता एक्दमै लोकप्रिय शब्द पो रोजिनु पर्ने। पछि कुन शब्दले हैकम जमाउने हो तर अहिलेलाइ संसारकै राज छ नेपाली बेब साइटहरुमा। अब लागौं कुन संसारले के कुरा गर्दैछन।

१) साइबरसंसार: नेपाली मोडलको फोटोले सज्जिएको यो साइट आफुलाइ १२ बर्ष पुरानो ठान्दछ। खबर,गफगाफ तथा बिभिन्न समारोहका सामाग्री पनि राखिएको यो साइटको ठेगाना हो www.cybersansar.com

२)माइसंसार: नेपाली भाषाको पहिलो ब्लग भनेर चिनाउने यो साइट आफू समाचार साइट नभएर ब्लग भएको प्रष्टाउंछ। भन्न जे भने पनि प्राय समाचार नै छाउने यो साइटको ठेगाना हो www.mysansar.com

३)सपनासंसार: सुचना,साहित्य,संचार र मनोरन्जनको संगम सपनासंसार डट कम भनेर चिनीने यो साइटमा नाम झै यसमा त्यस्तै कुरा छाउने गर्छन। तर प्राय साहित्य देखिने यो साइटको ठेगाना हो www.sapanasansar.com

४)आउरसंसार: आफुंलाइ ब्लग मात्र होइन समाचार साइट पनि बताउने आउरसंसार हेर्दा ठ्याक्कै माइसंसार जस्तो देखिन्छ। हेर्दा मात्र होइन यस्ले आरु सामाग्रीका साथै प्राय माइसंसारकै सामाग्री राख्छ र यस्को ठेगाना हो www.oursansar.com

५)योसंसार: संसारलाइ हेर्ने अलग्गै पाटो भनेर चिनाउने यो संसार आफुलाइ राजनितीसंग गोरु बेचेको साइनो पनि छैन भन्दछ। सबै मनोरन्जनकै सामाग्री राखिएको यो साइटको ठेगाना हो www.yosansar.com

६)सुनौलोसंसार: सुनौलो संसार नामक गयर-सरकारी संस्थाले शिक्षा र स्वास्थ्यलाइ प्रमुख बिषय बनाएको रहेछ। गरिब बच्चा, परिवार तथा अन्यको जिवनस्थर सुधार्ने बताउने यो संस्थाको ठेगाना हो www.sunaulosansar.org

७)सानोसंसार: मान्छे भेटीन्छ र माया बस्छ बताउने चलचित्रको नाम हो सानोसंसार। आलोक नेमागंद्वारा निर्देशित यो चलचित्रको ठेगाना हो www.sanosansar.com.np

८)कथासंसार: सुन्ने कथाहरुको संग्रह बताउने कथासंसारमा कथा हरुकै अडियो क्लिपहरु छन। कथाहरु सुनेर भन्दा भावनात्मक रुपमा सुनाउने अभियान राखेको यो साइटको ठेगाना हो http://kathasansar.podomatic.com

९)पार्टीसंसार: चौबिसै घन्टा पार्टीको बारेमा सोच भन्ने पार्टीसंसारमा पार्टीकै कुरा हुन्छन। पार्टीहरुको तालीका र तिनको आकर्षण दिइने यो साइटको ठेगाना हो www.partysansar.com

१०)लाइभसंसार: डिजिटल दुनियासंग चिनाउन चाहाने लाइभ संसारमा प्राय मनोरन्जनका सामाग्री हुन्छन। संसारमा भइराखेका गजब गजबका कुरा राख्ने लाइभ संसारको ठेगाना हो http://livesansar.com

११)नयासंसार: नया संसार आफुलाइ सुद्द नेपाली ब्लग बताउंछ जस्ले नेपाल को बारेमा धेरै कुरा सिकाउन चाहान्छ। पोखराका सुमन कार्कीको यो ब्लगको ठेगाना हो http://nayasansar.blogspot.com

१२)अलसंसार: प्रदिप गौतमको साइट अल संसार अहिले अस्तित्वमा रहेनछ। उहां को पुरानो साइट http://allsansar.blogspot.com भए पनि अहिले www.gautamblog.com खोल्नुभएको रहेछ।

१३)डिजिटलसंसार: डिजिटल ग्यालेरीको बाहक बताउने डिजिटल संसारमा साइबरका कुरा धेरै हुने गर्दछन। केशब अधिकारीद्वारा संचालित यो साइटको ठेगाना हो http://digitalsansar.blogspot.com

१४)कबिजीको संसार: कबिजीको संसार शिर्षक भएको यो साइटमा कबिता मात्र होइन अन्य खबर तथा आफ्ना दैनीक क्रियाकलाप पनि राखिएका रहेछन। KabiG अर्थात कबिता गौतमको ब्लगको ठेगाना हो http://kabig.blogspot.com

१५)रत्नसंसार: त्यस्तो कुनै उप शिर्षक नराखिएको रत्न संसारमा बातावरण, जलबिध्धुत, उर्जा आदीका कुरा राखिएका छन। जल बिशेषज्ञ रत्न श्रेष्टको ब्लगको ठेगाना हो http://ratnasansar.blogspot.com

१६)मेरो रोजाइको संसार: संगित सुनेर मनोरन्जन लिने लेखिएको मेरो रोजाइको संसारमा जिवन रंगाउने कुरानै रहेछन। दावा रिन्जीन द्वारा संचालित यो ब्लगको ठेगाना हो http://dawarinjinlama.blogspot.com

१७)मेरोसाहित्य संसार: आफ्नो कलम नेपालीमा बग्दा कस्तो हुन्छ त्यो देखाउन चाहाने दिपको जडितको ब्लग हो मेरो साहित्य संसार। गित,गजल र कथाले भरिएको यो साइटको ठेगाना हो http://jaditdeepak.blogspot.com

१८)राउले संसार: आफ्ना,अरुका समाचार लेख तथा फोटोहरुले सजिएको ब्लग हो राउले संसार। नरेन्द्र राउले द्वारा संचालीत यो ब्लगको ठेगाना हो http://raulesansar.blogspot.com

१९)खेलसंसार: खेल तथा अरुपनि समेटीने भन्ने खेल संसारले खेलको कुरा मात्रै राखेको रहेछ। नेपाल तथा बिदेशमा हुने खेलको समाचार राखिएको यो साइटको ठेगाना हो http://khelsansar.blogspot.com

२०)स्वपनिलसंसार: सपनाको संसार भनेर चिनाउने स्वपनिल संसारमा समसामयिक समाचार, फोटोहरु आदी राखिएका रहेछन। राउले संसार पनि संचालन गर्नु भएका नरेन्द्र राउलेको यो अर्को साइटको ठेगाना हो http://swopnilsansar.blogspot.com

मैले त देखाइहाले आफुले देखेको संसार, तपाइहरुले अरु संसार पनि देख्नुभएको भए भन्नुहोला है?