January 7, 2008

नेपाली राष्ट्रबाद र भारतीय प्रभुत्व

मैले कक्षा ११मा पढेको थिए मात्रीभूमी यती अपार हन्छ कि जता सुकैबाट हण्डहर खाएर देश फर्केपनि देशले तिमीलाइ माया गरेर ठाउं दिन्छिन। देशको स्नेह यति बिशाल हुन्छ, हामी पनि देशबाट जती नै टाढा गए पनि आफ्नो देश, भाषाको माया गरीनै राख्दाछौं। देशको माया देखाएर भन्दा बिदेशीलाइ गाली गरेर नेपालमा मान्छे चर्चामा आउंदछन। बिशेष गरेर भारतलाइ तारो हान्न झन सजिलो छ। बिगतमा एमाले र माओबादीले भारतको उछिटो काटेर जनमत समेट्ने प्रयास गरेका थिए। सायद पुराना पर्खालमा अझै पनि ताजै होलान " भारतीय बिस्तारबाद - मुर्दाबाद"। नेपाली कांग्रेस भने भारत प्रती सधैं नरम रह्यो। सायद त्यसैलेहोला नेका नै भारतको बिस्वास पात्र छ। नेकालाइ उछिन्न हिजो आज एमाले र माओबादी भारतीय बिस्तारबादलाइ सहयोग पुर्याउदैछन। तर केही झिना-मसिना पार्टीहरु अझै भारतको बिरोध गरेर बसिराखेका छन। यता राजाबादी भने राजाले नै देश बचाउछन भनेर अप्रत्यक्ष रुपमा भारतको बिरोध गर्नथालेका छन। तर भारत र नेपालको धेरै संसकार मिल्ने, भाषागत समान्ता आदीले गर्दा केही न केही रुपमा हामी भारतिय कुरा संग जोडिनै रहन्छौ। भारतमा बसेको नेपाली भाषी प्रशान्त तामागंले त्यस्तै सम्बन्ध जोडिदिए र हामीलाइ भुल्न बाध्य बनाए हामी फरक देशका हौं भनेर। सोनी टिभीको इन्डीयन आइडलको स्टेजमै उनले नेपाली गित गाए भने उद्दितनारायण झाले नेपाली मै टिप्पणी गरे। प्रशान्तका प्रतिद्बन्दी अमितले पलले पनि नेपाली गित गाइदिए। प्रशान्तको नेपाली भाषा प्रतीको प्रेम देखेर नेपालबाट पनि उनले प्रसस्त भोट पाए। फेरी केहीले भने यो सोनी टिभी द्वारा भारतीय बिस्तारबाद लादीएको हो। हुनसक्छ प्रशान्तलाइ सहयोग गरेर भारतीय बिस्तारबादको गुलाम भयौंहोला तर त्यो भन्दा ठुलो त नेपाली भाषाको महत्व देखाएर नेपालीबिच सद्भभाव बढाएर नेपालीको राष्ट्रबाद झन बलियो बनायौं न र? अहिले स्टार टिभीको छोटे ओस्तादमा प्रकीती गिरी छाएकी छिन, उनले पनि आफू नेपाली भाषी भनेर चिनाएकी छिन र हालैको कार्यक्रममा निर्णायकले पनि नेपालीमै बोलेर उनको प्रशंसा गरेका छन। तल त्यसकै भिडियो छ, त्यसले नेपाली राष्ट्रबाद बढाउंछ कि भारतिय बिस्तारबाद, तपाइ आफै निर्क्योल गर्नुहोला।