April 14, 2008

एमालेको आत्महत्या रणनिती

"अहिलेको बिषम घडिमा बिष नपिइ मर्नु भन्दा अघि खुट्टा तान्नु एमालेको लागि प्रतीपादक त छदैछ, मैलाउ, मैखाउ सबै पद मेरै सोच्ने नेपाली कांग्रेस पनि एक गतिलो प्रतीपक्ष हुन नसक्दा १५ बर्ष जनयुद्द छेडेर रुखिएको माओबादीलाइ संबिधान बनाउन हाली मुली चलाउन दिदा जनताको संबिधान कस्तो हुने हो, निकै सोचनीय भएको छ"
मान्छे जब निराश हुन्छ अनि सबै तिरबाट तिरस्क्रित हुन्छ उसले अन्तिम पटक पुन माथी आउन आत्महत्या गर्छ। उसलाइ थाहा हुदैन उ मेर्ने दिन मात्र चर्चामा आउछ। त्यसको भोली पल्ट उसको अस्थित्व यस संसारबाट हराइसक्छ। यस्ता खाले ठुला साना घटना सुन्ने गरिन्छ।
केही महिना अघी एक युवकले आफु चर्चामा आउन नेब्रस्काको ओमाहा शहरमा सपिगं सेन्टरमा गोलीले आफु लगाय कैयौंको हत्या गरेका थिए।यस्तै निराश बनेको छ एमाले।संबिधान सभाको चुनाबबाट आफ्नो आजात शत्रु माओबादीले लाज जोगाउने कपडा समेत हरेको हुंदा एमाले हतासमा चुनाबको परिणाम नसकिदै सबै सहमती तोडेर सरकार छोड्दैछ। निभ्न लागेको बत्ती जस्तै माओबादी दन्केको हो या आगोको मुस्लो भर्खर निस्कदा एमाले खरानी भएको हो, त्यो त भबिष्यले नै बताउला। तर यस पटक माओबादीले टुट,फुट र जुट भएको महा-कांग्रेसलाइ समेत खोलाले ढूगां बगाए जस्तै बालुवा मुनि पुरिदिएको छ।
दोस्रो स्थानको लागी एमाले संग कष्टपुर्वक भिड्दै गरेको कांग्रेस चुप चाप छ। गरिबको उत्थान गर्ने पार्टीबाट नेता बर्गको उत्थान गर्ने पार्टी बनेको नेपाली कांग्रेस सम्बभत एक पद पाए सम्म मन्त्री पदमा रहिरहने छ। सहमती बनाउनु र तोड्नु नै राष्ट्रीय पार्टिहरुको पेशा भएको हूंदा संबिधान बनाउने बिधायिका छानि सकिए पनि अब बन्ने काम चलाउ सरकारमा माओबादीको मुख्य भुमीका र कांग्रेसको सहायक भुमिका रहेनछ। परिस्थीत यस्तै रही रहे २०४७ सालमा १०० दिन भित्र कांग्रेसको एकमाना सरकार ढाल्न कस्सिएको एमाले यस पटक रेलीगं र टेलीफोन बुथमा ब्यस्त नहोला भन्न सकिन्न।
अहिलेको बिषम घडिमा बिष नपिइ मर्नु भन्दा अघि खुट्टा तान्नु एमालेको लागि प्रतीपादक त छदैछ, मैलाउ, मैखाउ सबै पद मेरै सोच्ने नेपाली कांग्रेस पनि एक गतिलो प्रतीपक्ष हुन नसक्दा १५ बर्ष जनयुद्द छेडेर रुखिएको माओबादीलाइ संबिधान बनाउन हाली मुली चलाउन दिदा जनताको संबिधान कस्तो हुने हो, निकै सोचनीय भएको छ।