February 9, 2010

अब भात पकाउने टेन्सनै खतम


गिलो,सार्हो,कांचो,डढेको आदी आदी...पानी र चामलबाट बन्ने भातको कमसल उप-नाम हुन ति। तर अब यि सबै उपनाम हराउने भए। अर्थात चामल नपकाइ कांचै खाने मिल्ने भयो। भारतको आसामको कटाकमा (cuttack) यस्तो खाले धान बिकास भएको छ जुन पकाउनै पर्दैन। ४५ मिनेट सम्म पानीमा भिझाएर राखेपछी खान योग्य हुन्छ। अघोनी बोरा(Aghoni Bora) नाम रहेको त्यो धान लाइ साधारण धान र कमलो किसीमको धान क्रसगरी बनाइएको हो। ३ बर्षको अध्यन पछी तयार पारिएको बर्णसंकर धान अहिले खेतीकै रुपमा भारतका केही राज्यहरुमा सुरु गरिएको छ। यो धान नेपाल भित्रन धेरै समय लाग्ने छैन। त्यस पछी यो चामल असन बजार देखी तरकारी बजार सम्म पाइने छ।

यस्ले नेपालीलाइ भने बर्दान नै साबित हुने छ। लोडसेडिग नो प्रोब्लम,ग्यास सर्टेज नो प्रोब्लम,मट्टितेल सर्टेज नो प्रोबल्म। पानीमा केही समय भिझाउने बितीकै भात तयार। अरु सबैको सर्टेज भए पनि यो भात बनाउन पानी भने चाहिन्छ है?