June 21, 2008

Euro-Cup 2008:-युरो कपका गोलखाडी

फुटबल गज्जबको खेल, गोल गरे खेलाडी नगेर गोलखाडी। ९० मिनेट खेल्यो, सबैको वाह वाह बटुल्यो, लास्टमा अर्कोले फुस्स गोल छिराए उसको त के टिमकै करिस्मा एकै मिनेटमा हराउंछ। क्रिकेट र बेसबल जस्तो न त लम्बेतान हुन्छ न त एउटै टिमले पिट्छ। अझ त्यो भन्दा नि चिताउदै नचिताएको टिमले राज गर्न बेर लगाउदैन। त्यस्तै भयो यस पटकको युरोकप। लिग चरणमा गोल गरेर संख्या बटुल्नु पर्ने हुंदा अर्कै निती हुन्छ। त्यसैले नि होला, लिग चरणमा धेरै गोल देख्न पाइयो भने सोचेका या चिताइएका तगडा टिम क्वार्टर फाइनलमा पुगे। तर क्वाटर फाइनलमा भने हारुवा टिमहरुले चमत्कारनै गरे। हुन त अझै क्वाटर फाइनलको एउटा खेल बांकी छ, त्यसमा पनि गएका तिनवटा क्वाटर फाइनलको द्रिष्य नदेखिएला भन्न सकिन्न।
Euro-Cup 2008 मा चार समुहमा १६ टिम थिए। जसवाट लिग खेलाएर ८ टिमलाइ क्वाटर फाइनलमा लगिएको थियो।

Team A:
Portugal -6 points (winner)
Turkey - 6 points (runner-up)
Czechkoslovakia-3 points
Switzerland-3 points
Team B:
Croatia - 9 points (winner)
Germany - 3 points (runner-up)
Austria - 1 point
Poland - 1 point
Team C:
Netherland- 9 points (winner)
Italy-4 points (runner-up)
Romania - 2 points
France - 1 point
Team D:
Spain -9 points (winner)
Russia - 6 points (runner-up)
Sweden - 3 points
Greece- 0 point
एउटा समुहको winner अर्को समुहको runner-up संग भिडेका थिए। यसो गर्नको कारण winner टिमलाइ माथी जान सजिलो होस भन्नु हो भने runner-up लाइ अर्को पटक खेल्न मौका दिनु हो। तर यस पटकको क्वाटर फाइनलमा सबै runner-up ले मौकामा चौका हाने।
Team A को winner Portugal Team B को runner-up Germany संग खेलेको थियो। निकै प्रंशसिय खेल खेलेको Portugal जस्लाइ युरो कपको दाबेदारको रुपमा लिइएको थियो, फितलो खेल प्रदशर्न गरिरहेको Germanyलाइ सजिलै जित्ने आकलन गरिएको थियो तर उक्त आकलनलाइ मिथ्थया साबित गर्दै Germany ३-२ को झिनो अन्तरल सेमी फाइनलमा प्रबेश गर्यो।
Team B को winner Croatia Team A को runner-up Turkey संग खेलेको थियो। हुन त Croatia र Turkey दुबै नब चमत्कारी टिम हुन तर क्रोएसीयाको थप चमत्कार भनेको लिग चरणमा सबै खेलमा जित हांसिल गर्नु हो। खेल निकै घमासान भए पनि ९० मिनेटको खेलमा कुनै तर्फबाट गोल भएन। थपिएको इन्जुरी टाइममा १-१को बराबरी भयो जसमा म्रिगौला प्रतयारोपण गरेका Croatiaका क्लासनिकले गोल गेरर इतिहांस रचेका थिए। तर पेनाल्टी सुट आउटमा Turkeyले ३-१ को अग्रता हासील गर्दै सिमी-फाइनलमा प्रबेश गर्यो।
Team C को winner Netherland Team D को runner-up Russia संग खेलेको थियो। टिम डि बाटै बाहिरिने हो कि भन्ने शंकामा रहेको Russia लिगमा हार नबेहोरेको ९ संख्या बटुलेको Netherlandसंग सजिलै पराजित हुन्छ भन्ने सबैले सोचेका थिए। अहिले सम्मै युरो कप २००८मा सब भन्दा बढि गोल गर्न सफल Netherland युरो कप २००८ को शस्क्त दाबेदार नै थियो। तर रसियन टिमले ३-१ को ठुलै अन्तरले डचहरु माथि धावा बोल्दै सिमि फाइनलमा प्रवेश गरे।
भोली Team D को winner Spain Team C को runner-up Italy संग खेल्दै छ। धेरै गोल गर्नेEuro-Cup 2008मा दोस्रो स्पेन लिग चरणमा कसै संग पनि हार खान परेको छैन। प्रंशसिय खेल खेले पनि थोरै अंक र झिनो गोल बटुलेको Italyको बलले Spain भन्दा बढी नेट चुमे आश्रर्य नमाने हुन्छ!

गणतान्त्रीक राजाको न्याय

कथा, ईतिहासमा पढेको थिएँ, कुनै जमानामा गल्ति गर्ने वा अपराधिलाई राजाको अगाडी उभ्याईन्थ्यो रे अनि राजाहरु आ-आफ्नो हिसाबले मनमा लागेको सजाय दिन्थे रे । न पुलिस, न प्रशासन, न कानुन, न अदालत, बस उनले जे जस्तो दण्ड-सजाय दिन्थे त्यहि सहि हुन्थ्यो ।

तर त्यो जमाना गयो र अहिले कानुनी राज्य छ भनेर यदि तपाई सोच्नुहुन्छ भने त्यो गलत हुनेछ । हो! हामिकहा अब राजतन्त्रको भने अन्त्य भैसकेको छ तर … “छोटे राजतन्त्र” भने झन मजबूतिका साथ स्थापित हुदैंछ।

कुरो केहि दिन अघिको हो, समाचार त हामि सबैले पढी सकेका छौं, हाम्रा छोटेराजा अर्थात वन तथा भू-संरक्षणमन्त्रीले एकजना “भ्रष्ट” लाई कार्यालयकै शौचालयमा थुनेछन् ।

यहा प्रश्न यो होईन की, ति एल. डी. ओ. साँच्चै भ्रष्ट थीए की थिएनन्, मुख्य कुरा के हो भने यदि ति भ्रष्ट नै थीए भने पनि यसरी सामान्य शिष्टता समेत नराखी र कानूनको खिल्ली उडाउने गरी तिनलाई यो तमासे सजाय दिने अधिकार हाम्रा छोटेराजालाई कुन संबिधान वा कानूनले दिएको छ? ।

भ्रष्टाचार रोक्ने वहाको चहना हो भने हामि सबै त्यसको स्वागत गर्छौ तर यो जगंलि पाराले ‘भ्रष्टाचारीलाई थुनेर भ्रष्टाचार रोकीन्छ र? फेरी ति व्यक्ति भ्रष्टाचारी हुन होईनन् भन्ने निर्णय गर्ने अदालती अधिकार यौटा व्यक्तिमा आउने कानून नेपालमा कहाँ छ?

‘भ्रष्टलाई थुनेकै हो, अरूलाई पनि थुन्छु’ भन्दै केही पत्रीकामा त्यस घटना पछि उनले दिएका बहादुरीपूर्ण बक्तव्यले यो देखाउँदै छ की,यसरी कुनै व्यक्तिलाई आर्को व्यक्ति “भ्रष्ट” छ भन्ने लाग्ने बित्तिकै आफ्नो मनमानिपूर्ण सजाय दिने प्रथा शुरु गरेर माओबदिहरुले फेरी एक पटक नेपाललाई जंगलि राजतिर डोर्‍याउने संकेत गरेकाछन। जहाँ फेरी पुलिस, प्रशासन, कानुन र अदालतको कुनै दरोकार रहने छैन, सब छोटेराजाहरु आ-आफैमा स्वयं पुलिस, प्रशासन, कानुन र अदालतको पर्याय हुनेछन ।

मन्त्री जस्तो पदमा पुगेका नेताको यो मनोवृति छ भने सजिलै अनुमान गर्न सकिन्छ सामान्य कार्यकर्ता वा पार्टि सदश्यको सोच र स्तर कस्तो होला।

पटक-पटकको उपद्रो र विभिन्न विवादका कारण वाई. सि. एल. बदनाम भै रहेको अबस्थामा जनताहरु सोच्थे, यो केवल केहि तल्ला तहका कार्यकर्ताको स्वविबेकले निम्त्याएको समस्या हो र उच्चस्तरका नेताहरु नीतिगत विषय, पदिय आचरण र जिम्मेबारिपनमा संयमीत र अनुशासित छन। तर यो भ्रमको पनि अन्त्य भएको छ यो “शौचालय काण्ड” पछि ।

जंगलि राजको मोडेलबाट उनिहरु अहिले पनि गतिशिल छन र तल्ला तहका कार्यकर्ता देखि उच्च तहका नेताहरु पनि आफूलाई गणतन्त्रका ‘राजा’ ठान्छन । ढिलो-चाँडो माओबादि बृत्तबाट यो गणतान्त्रीक राजाको भुत उत्रेको जाति हुनेछ माओबादिलाई, होईन भने २४० बर्षको ईतिहास बिलय हुने ठाँउमा १२-१५ बर्षको धुमिल ईतिहास बोकेको माओबादिको वर्तमान कति दिन टिक्छ होला समयले नै बताउनेछ ।