April 25, 2009

'कू' को कुप्रचार र माओवादी एजेण्डा

हुन त जब कुनै राजनैतिक विषयमा टिप्पणी गरिन्छ, त्यसमा पक्ष विपक्षका तर्क देखिनु स्वाभाविक हो । तर पनि यो भन्दा पूर्वको मेरो अग्रलेख र त्यस पछिका मित्रहरूका तर्क पढेपछि , आफ्नो लेखमा पूरै विस्तारमा जान नभ्याइएका विषय र मित्रहरूका प्रश्नहरू बारेमा मात्र केही प्रति-विचार राखेको छु ।

(१) रुक्मांगत कटुवालले स्पष्टीकरण दिन पर्छ: मेरो विचारमा प्रचण्ड, बादल र कटुवाल तीन जनाले जनताका नाममा स्पष्टीकरण दिनुपर्छ र पर्यो भने आफ्नो स्थान छोड्नु पर्छ ।

नेपाली सेना र उसका प्रमुख रुक्मागत कटुवाल अनि माओवादीको कटुतालाई केलाउने हो भने हिजोका परस्पर युद्दरत यी दुई समूह नेपाली सेना र माओवादी छापामार एवं नेताहरूले एकापसको सम्बन्धलाई हिजोको युद्दको नजरियाबाट हेरिरहेको प्रष्ट छ । माओवादी त सत्तामा पनि आयो र उसको प्राइभेट छापामारको अभिभावक बनेर उसले आफ्नो सामरिक र राजनैतिक आधारशिलाप्रति वफादार भएको पनि देखायो, तर बदलिँदो परिवेशमा आँफू सरकार भैसके पछि सेनालाई विश्वासमा लिने पहल उसले किन गर्न चाहेन अचम्म छैन ? सरकार मातहतमा रहने सेनालाई सरकारले आदेश दिने अधिकार छ र परेको बेला उसले सेना प्रमुखसंग स्पष्टीकरण माग्न सक्छ, तर निकट अतीतको युद्दजनित तिक्तताको अनुभवले एकापसमा विश्वास गर्न नै नसक्ने अवस्थामा रहेका दुईटा आम्ने साम्नेका शक्तिलाई भिडाएर, हामीले सेनालाई मात्र दोष दिनु नितान्त पूर्वाग्रह ठहर्छ । यसको कारण के हो भने सेना र सरकारको कुरा हुँदा सरकार अभिभावक हो र उसको हात र निगाहले सरकार मातहतका सम्पूर्ण मेकानिज्महरू चलेका हुन्छन् जस मध्ये सेना पनि एक हुनसक्छ। यस्तोमा हिजोको राजनैतिक आग्रहको साँघूरो घेराबाट माथि उठेर माओवादी नेतृत्वको सरकारले नेपाली सेनालाई व्यवहार गर्न नखोज्नु तर बारम्बार आफ्ना छापामारहरू सेनामा मिसाउने कुरा र तिनलाई भत्ता, रसद पानी आदि उप्लव्ध गराउने कुरालाई मात्र प्राथामिकतामा राखेर व्यवहार गर्दा, सेनामा तिक्तता सिर्जना हुन सक्ने स्थितिको कारक अरू कोही नभएर स्वयं सरकार हैन र ?

सुनिन्छ, अहिले नेपाली सेनाको लजिस्टिक्स र सम्भार अड्डा र गारद सबैको स्थिति नाजूक र गएगुज्रेको अवस्थामा छ । सेनाका हेलिकप्टर र जहाज मध्ये एकाध मात्र काम गर्ने अवस्थाम छन् र आपतकालीन उद्दार कार्यका लागि पनि अब ऊसंग साधन र स्रोतको अभाव छ । आज जबकि राज्यकोषबाट २० औँ अरबको सम्पत्ति आफ्ना पार्टी कार्यकर्तालाई लुटाउन प्रधानमन्त्रीको निगरानीमा खर्च गराउन समिति र आयोग खडा गरी सयौँ पार्टी कार्यकर्तालाई मन्त्री स्तरीय सुविधाका जागिरहरू दिएर लाखौँ कार्यकर्तालाई कुणे न कुनै लाभ दिने उद्देश्यका कार्यक्रम ल्याइएका छन् तर राज्ययन्त्र भित्रका अंगअबयबहरू भने माओवादी युद्दकालीन नजरियाको कोपभाजन बनिरहेका छन् । के यो जायज हुनसक्ने कुरा हो ? यदि हो भने , यो स्पष्टीकरण देशको सरकारको नेतृत्व गरेर केवल माओवादी दम्भका भरमा सरकार हाँक्ने र हैकम लाद्ने प्रचण्ड र बादलले पहिला अनि पछि कटुवाल तीनै जनाले दिन पर्ने हो कि नेपाली जनताका नाममा ?
- हिजो कांग्रेसी शासन कालमा उनीहरुले नै सरकारका हरेक पक्षमा कांग्रेसीकरण गरे, नातावाद र कृपावाद कायम गरे भनेर नथाक्ने क्रान्तिकारीहरू त्यही कुराको निराकरण गर्न सत्तामा पुगे पछि नेपाली राजनीतिको यो कन्तविजोग किन गराएको ?

(२) सरकारले भनेको सेनाले मान्नु पर्छ : हो, तर पहिला सरकार ‘सरकार’ हुन सक्नु पर्छ:

मित्रहरू संग मेरो निष्पक्ष प्रश्न छ के अहिलेको माओवादी नेतृत्वको सरकार स्वयंमा सरकार हुने प्रयत्न गरिरहेको छ ?, सरकारमा उसका प्रधानमन्त्री र मन्त्रीहरू छन्, तर उसका भ्रातृ संगठनहरू उद्योग, कलकारखाना, क्यासिनो, मालअड्डा, सरकारी कार्यालयदेखि विश्वविद्यालय र क्यासिनो सम्म शंकर भगवानका ६४ योगिनी पिशाच झैँ छाएका छैनन् ? । देशको गृहमन्त्री रहेका सहयात्री दलका नेताले क्यासिनोमा नेपाली प्रवेश गर्न नपाउने कानून उद्घोष गर्छन् तर माओवादी मजदुर नेता शालिकराम जमरकट्टेल र उनका लाडाकूहरू क्यासिनोमा कार्वाही गरे ‘बामेको खैरियत नराख्ने’ एलान जारी गर्छन् । हिजो मात्र , माओवादी विद्यार्थी भनाउँदो एउटा झुण्ड मुलुकको एउटा गरिमा बोकेको विश्वविद्यालयमा प्रवेश गरेर ४० औँ प्रहरीको बीचबाट त्यहाँका उपकुलपति र शिक्षाध्यक्षलाई कालोमोसो दलेर बाहुबल समेत प्रयोग गरी बेइजज्जत गरेको देखियो । के सरकारमा नेतृत्व गरेको पार्टीका भ्रातृसंगठनहरूको यस्तो काम कार्वाही सभ्य संसारको कुनै कुनामा कल्पना गर्न सकिन्छ ? आज मुलुकको कुन क्षेत्र छ जुन माओवादीको यो बाहुबली हिंसाबाट आक्रानत छैन ? देखाउन सक्नुहुन्छ ?

अत: कटुवाल वा सेनाले माओवादी सरकारको निर्देशन मानेन भन्ने कुरा भन्दा पनि, माओवादी सरकार सरकार बन्न सकेन, सरकारमा बसेर पनि ऊ अति गैरजिम्मेवार अराजक दस्ताहरूको संरक्षक बनिरह्यो, सरकार बन्ने ह्याउ जुटाउन सकेन भन्ने कुरा मुख्य चिन्ताको कुरा हो । अहिले सरकारमा टेक्दा त उसको गैरजिम्मेवारपना र अराजकताको यो किसिमले संरक्षक बनिरेहको छ भने भोलि सेना र अदालत जस्ता मुलुकका आधारस्तम्भमा समेत उसले एकल कब्जा जमाउने स्थति रह्यो भने, मुलुमा उसले डाँकातन्त्र र अतिवाद लाद्ने निश्चित छ भन्ने कुरा उसका कार्य र व्यवहारले देखिइरह्यो भन्ने चिन्ता अन्य स्वतन्त्र विचार र राजनैतिक सोच राख्नेहरूले लिएको मात्र हो । माओवादीले सत्ता सञ्चालन गरोस् , तर उसको सत्ता वा सरकारले , कुनै पनि सभ्य सत्ता र सरकारले गर्ने काम , आनी- बानी र व्यवहारहरू पहिला अपनाउन सिकोस् वा सकोस् भन्ने अपेक्षा अरूहरूको हो ।

अहिलेको संक्रमणको माहौलमा माओवादीले वातावरण सहज बनाउन पहल गरेर मात्र काम गर्न सिक्नु पर्दैन र ?, के अहिलेको परिस्थिति हिजोको दलगत समीकरणले गर्ने सत्ता परिवर्तनको अभ्यासमा केही फरक छैन ? हामी नया युगको निर्माण, समावेशी राजनीति र हिजोका खराबीलाई हटाएर नया नेपालको निर्माणमा अघि बढेका हौँ भने माओवादी नेतृत्वको सरकारले गरिरहेका निर्णयहरू, देखाइरहेका व्यवहारहरू, उसले दावा गरेका वाचाहरू, उसका मातहतका संघ संगठनहरूको कार्यव्यवहारहरूले माओवादी नीतिमा सबैलाई आश्वस्त पार्ने खालका छन् ? के अहिलेको तरल माहौललाई माओवादीले आफ्नो राजनैतिक बाटोका लागि एकलौटी प्रयोग गर्न खोज्यो भनेर अरूले खबरदारी गरिरहँदा , माओवादीले अरूलाई आफ्ना काम र व्यवहार मार्फत आश्वस्त पार्नु पर्ने दरकार रहन्न ?

मेरो विचारमा नेपाली अहिलेको नेपालमा कुनै पनि गैरमाओवादी चिन्तन बोकेको मान्छेको बुझाइमा सेनाको सैनिक ‘कू’ को खतरा भन्दा, माओवादी एकाधिकारवादी उद्देश्यबाट डराउनु पर्ने स्थिति बढी टड्कारो छ । किनभने उनीहरूले नै भनिरहेका छन् , ‘हाम्रो उद्देश्य हाम्रो एकाधिकारको राजनैतिक व्यवस्था हो’ । अब । हामी कसैले उनीहरूले अधिनायकवाद लाद्न सक्दैनन् भनेर मात्र के फरक पर्छ र ? राजतन्त्र बिनाको अहिलेको नेपालमा सेनाले कसका लागि किन सत्ता टेकओबर गरिदिनु पर्ने छ ? उसले केवल चाहेको हुनसक्छ, सेनाको शुद्दता र गैरराजनैतिक चरित्रमाथि धावा बोलेर कसैको पक्षमा नेपाली सेनाको हाइज्याक नगरियोस् ।

यो लेख शुरू गरेपछि, कान्तिपुरमा प्रकाशित सुधिर सर्माको आर्मी ‘कू’ को हल्ला पनि माओवादीको प्रायोजनमा चलाइएको कुरा माओवादी दावाबाट प्रष्टिइसकेको छ । सरकार सञ्चालन गर्दै भएर पनि सरकार मातहतको सेनालाई निरन्तर बिच्काएर, त्यो धमिलो पानीमा माछा मार्न खोज्ने अनि अमूर्त ‘जनताको’ दुहाइ दिएर केवल आफ्नो एकल एजेण्डालाई देशको बनाउन खोज्ने चालबाजीले मुलुक बन्छ भन्ने दिवास्वप्नबाट मुक्त भएर, मुलुकमा सर्वपक्षीय सहमतिको बाटो खोजिएन भने , देश अरूको क्रिडाभूमि बन्ने निश्चित छ ।


हिजो टुँडिखेलबाट कुर्लेर “को हो त्यो कटुवाल” भनेर कराउने प्रचण्डले आँफू देशको प्रधानमन्त्री बनिसकेपछि माओवादी छापामारको नेता मात्र नभएर, सबै देशवासीको अभिभावक बन्न प्रयत्न गरेर, रक्षा र संरक्षण दिन सक्ने सामर्थ्य बनाउन सक्नु पर्छ । अरूलाई गाली गर्दा “ यो देश तिनीहरूका बाउको विर्ता हो?” भनेर अश्लील ढंगले गला फोरेर चिच्च्याउने प्रचण्डले यो पनि बुझ्न जरूरी छ कि यो भनाइ उनी स्वयंका लागि पनि उत्तिकै १००% लागू हुन्छ । किनभने यो मुलुक अरू कसैका बाउको विर्ता हैन भने प्रचण्डका बाउको विर्ता पनि हुन सक्दैन नि ! हैन र ?


अन्त्यमा, त्रिभूवन विश्वविध्यालयका उपकूलपति र शिक्षाध्यक्षमाथि गरिएको माओवादी दुष्कार्यको निन्दा गर्दछु ।



11 Comments:

aAkaR said...

exactly...100%

Anonymous said...

NEPAL MA AJA RASTRIYA SENA KO MARMA RA ARTHA SWIKARNE HO BHANE AGADI BADNU PARDACHA RA MAOIST LAAI THIKA GARNU PARDACHA SAKDAINA BHANE BIBAD HOINA USALAI BATO CHHODI DINU BUDDHIMANI HUNCHHA . NA RARA NA PRAJATANTRA JOGAYO ? ABA SURRENDAR GARA KI SASAN HAT MAA LEU ANYATHA BEKAR MA KE KO BIBAD ? GIRIJA JI NEPAL JI LE TYAHA PURYAEKO HOINA ?

ठरकि दादा said...

माओबाद वा अर्को जेसुकै नाम दिएपनि अहिले नेपालमा चलेको शासन मैले धेरै पहिला देखी भन्दै आएको जस्तै 'सरकारमा पनि जाने, लुटेर नि खाने' जमातको हैकम भन्दा बढि केहि होईन ।

पशुपतिका पूजारीले समेत को-को संग मिलेर 'कू' गर्ने रे! भनेर हल्ला गर्नेको लागी कटुवाल त 'गरम मसला' हुने नै भए।

तपाईको लेखमा मेरो पनि आकारजीको जस्तै १००% समर्थन छ र त्रिभूवन विश्वविध्यालयका उपकूलपति र शिक्षाध्यक्षमाथि गरिएको दुष्कार्यको घोर भ्रत्सना गर्दछु ।

च्याट्ठिने मान्छे said...

कु चाही हुनै नसक्ने होइन...कुरा कटुवाल को मात्र पनि होइन....माओबदीले पनि बिस्वाश दिलाउन सकेनन...

Anonymous said...

Let us see how Prachanda
namdhari muso le ke po garcha.Rastrabadi ko khol ma desdrohi ho prachanda.Gulam sirf Gulam.
Gar gulami ani bana Desh ko malami.

Anonymous said...

एकदमै एकपक्षिय लेख ।

प्रबिण थापा said...

कु को कुरा जो जसले जसरि गरोस अहिलेको परिस्थितीमा यो हावादारी नै हो। एकलब्य जि महत्वपूर्ण कुरा कुनै पनि लेखको पक्ष र बिपक्ष देखिने तर्क होइनन महत्व पूर्ण कुरा त लेख पढ्नेले तपाईंको लेखमा कतिको निष्पक्षता पाए भन्ने हो जस्तो लाग्छ मलाई त। होला कसैले अन्धधुन्ध रुपमा तपाईंको लेखलाई बिपरित पाराले परीभाषित गरेपनी होलान र कसैले समर्थन पनि।
सता संचालनको मुख्य साचो माओवादीको हातमा छ र उ नैतीकताको आधारमा पनि अरुभन्दा बढी दोषी हो नै हरेक कुरामा तर मेरो अनुभबमा तपाईंका अधिकांस लेखमा कसै प्रती बढी नै आक्रमकता पाइन्छ भने कसै प्रती सहानुभुती।वास्तवमा भन्दा गल्तिको जिम्मेबारी नेपालका सबै राजनीतिक पाटिले लिनुपर्छ उही कसको भागमा कती प्रतिशत पर्ने भन्ने कुरा मात्र हो। सबै पक्षको गल्तीलाई cirticized गरेर सही कामको प्रसंसा गरौ भनेको मात्र हो। म एक स्वतन्त्र नागरिकको हैसियतले मेरो व्यक्तिगत दिष्टिकोण राखेको मात्र हुँ।
हो एकलब्य जि न देश प्रचन्ड को बाबुको बिर्ता हो न माधव नेपाल र गिरिजाको नै । जनता पनि कुनै राजनीतिक पार्टिका पेवा होइनन जुन कुनै पनि बेला आफ्ना आस्थाहरु ३६० डिग्रिले परिवर्तन गर्न सक्छन। कसले राम्रो गर्‍यो र नराम्रो गर्‍यो बर्तमानमा कसले के गर्दैछ कुन राजनीतिक दल प्रती जनताको विश्वाश कती छ त्यो विश्वाश केही क्षणमै ढलेर जाला वा जिबित नै रहला त्यो भने बिगतमा उनिहरुले गरेको व्याबहार र बर्तमानको यो बिषम घडीमा उनिहरुले हिंड्ने बाटोले निकट भबिश्यमा नै फैसला गर्नेछ।

Panda said...

एकलव्यजीको लेख र साथिहरुको कमेन्टले मलाइ पनि २ शब्द लेख्न घच्घच्यायो ।

१, सर्वप्रथम त धेरै मानिसले सोचे जस्तो गणतन्त्र आउंदैमा देश सेफ ल्याण्डिङ भइसकेको मान्नु गलत हो । देश अहिले दुइवटा चरम शक्तिको बिचमा अल्झेको छ । अर्थात देशलाई देश भित्रका दुई शक्तिले दुईतिरबाट तानिराखेका छन, आफ्नो नियन्त्रणमा लिनलाई । एकापट्टि माओबादि छ जसको स्पष्ट रोडम्याप छ साम्यबादी शासन सत्ता लागु गर्ने । अर्कोतिर परंपरागत शक्ति छ जो प्रजातन्त्र, वास्तविकता, यथार्थता, समयसापेक्षता, ठुलाबडा, वा पुजिवादलाई मन पराउनेहरु देखि लिएर भोटतन्त्र रुचाउनेहरुको लागि पनि कहिले काहि आशाको किरण बनेर बसेको छ । ति दुवै शक्तिको तानातानमा च्यातिने गरी देश फसेको छ ।

२, सबै देशमा र सबै परिस्थितिमा सेनाले सरकारले भनेको मान्नै पर्छ भन्ने छैन । जनसेनाको कुरो थाहा भएन तर राष्ट्रिय सेनाको आफ्नै मिशन, जिम्मेवारी र कर्तव्य हुन्छ । अपवादहरुमा बाहेक सेनाको जिवन मरण कुनै पनि देशको भुगोलसंग जोडिएको हुन्छ । नेपालको सन्दर्भमा सेना भनेको कटुवाल मात्र हो भन्ने मान्ने हो भने मेरो भन्नु केहि छैन सेनालाई संस्था मान्ने हो भने अहिले नेपाली सेना भन्दा राष्ट्र प्रति वफादार शक्ति नेपालमा अर्को छैन । दुर्भाग्य सरकार राष्ट्रिय सेनालाई विपक्ष वा बैरी मानेर आफ्नो पार्टीको सेनालाई वढि विश्वास गरेर बसे पछि राष्ट्रिय सेनाले आफ्नो रणनीति तयार पार्नुलाई व्यवसायिक धर्मबाट चुकेको मान्न सकिदैन ।

३, कु को हल्ला कसले र किन चलायो अनुमान बाहेक अरु गर्न सकिदैन । सेनाले नेपालमा मात्रै हैन कुनै पनि देशमा कु गर्न सक्छ र अमेरिकामा पनि सेना र सरकारको सम्बन्ध "एस बोस" भन्ने मात्र हुदैन, सेनाको आफ्नै मेकानिज्म हुन्छ कुन अवस्थामा कसलाई कसरी "फिक्स" गर्ने भन्ने कुरा गोप्य रहिरहन्छ । इराकको सम्बन्धमा डोनाल्ड रम्सफेल्ड बरु परिवर्तन भए तर सेनामाथि प्रशासनले हमला गरेन ।

४, माओबादीको प्राथमिकता विकास गर्ने हो या सत्ता कब्जा गर्ने हो भन्ने अहिलेको घटनाले प्रष्ट पारेको छ । जति लुकाउन खोजे पनि छर्लङ देखिएको कुरो के हो भने माओवादीले कटवालको नाम पारेर सेनामा कब्जा जमाउन चाहेको रहेछ । त्यसैले सेना भित्र ग्र्याण्ड डिजाइन गरेर फाटो पार्न खोजेको रहेछ । जात जाती र पहाड मधेशको विभेद रोपेर देशलाई नै विभाजित बनाइसकेको अवस्थामा राष्ट्रिय सेनालाई खुला रुपमा विभाजनको संघारमा पुर्याउनु देशलाई माया गर्नेहरुको लागि पक्कै पनि खुशीको कुरा हैन ।

५, अहिलेको प्रमुख आवश्यकता भनेको सके सबै नसके मान्ने खालका पार्टीहरुलाई लिएर देशलाई "अर्थ मन्त्री" ले भन्ने गरेको भ्यागुतो उफ्रने गतिमा अगाडि लैजानु हो । राम्रा काम गर्दै गए पछि जनताले त्यसै साथ दिन्छन ।

६, फलानाले गर्न दिएन भनेर र कालो मोसो दल्दै हिडेर देश बन्ने भए समृद्द मुलुकहरुका विद्यार्थिहरु कलम र ल्यापटप हैन बाल्टीमा कालो मोसो बोकेर कलेज र युनिभर्सिटि जान्थे होलान तर ८-१० वटा देशको दर्शन गर्दा पनि नेपालमा बाहेक देशलाई समृद्ध बनाउन कलेज र युनिभर्सिटिमा "कालोमोसो"को प्रयोग अरु ठाउंमा देख्न पाइएको छैन ।

कर्मचारीतन्त्र, राजनीतिक पार्टी, पुलिस, व्यापारी सबै चोरै चोर भएको देशमा सेना भित्र पनि चोर छैनन भनेर मान्न सिधै गलत हुनेछ तर अहिलेको परिप्रेक्ष्यमा प्रचण्डको सेना, कटवाल र खड्काको हैन देशमा सबल, सक्षम र मनोबल उचो भएको राष्ट्रिय सेनाको खांचो छ । माओबादिले काम गर्न नसकेको दोष अन्यत्र थुपार्ने चाल खेलेको हो भने भन्नु केहि छैन तर विकासका काम गर्न छोडेर देशको ४-५ पुस्तालाई डुबाउने बाटो पट्टी लाग्न छोडेर राम्रा काम गर्दै जाउ सबैले सलाम गर्नेछन एउटा सेनापतिको नाममा यसरी लज्जित र देशै हल्लाउने भुइचालो ल्याउन जरुरी छैन ।

lovlyanup said...

HO eklabya G tapaile bhaneko pani thick ho... tara tapai aafai sochanus ta k tyo maobadi chapamar haru jahile pani tesari nai basos, k uni haru pheri bidhroha ma lagera pheri yudha garos.. yo kura kunai pani nepali le chahandaina hola. hamilai sabai bhanda tholo santi chahiyako cha. tyo santi sena samayojan garera huncha bhane kina garna nadine haina ra?? k uni haru pani nepali ho uni haru le pani nepali army ma bhidna paucha hai na ra?? tar uniharu pani army ko yogayta anusar hunu parcha. uni haru lai army ma lagauna sakinacha. Army cheif le sarkar ko adhesha manne ki namane?? Army le maobadi lai maobadi bhanera naheros usle pani naya nazar le heros haina. rachha mantri ko aadhesha namanne, aani pradhana mantri ko aadhesh namane testo senapati k kam hamilai?? haina?? hola tapai ko bichar ma ramro hola sabai ko aafno bicahr ho...

aaru sathi harule tapai ko sathi haru bhayara hola la 100% excelent cha bhanera lekhi lagyo tara k garne hai bhayako kura ta garna paryo ni ... hai..

tapaile pani aafno nazar paribartan garnus tara sahayog garnus new nepal banaunalai...
ahile bhaneko sakman kal ko tehi bhayara pani hola kehi new kam bhayako chaina kehi new kam garna lagyo ki tapai hamile roki halchau ani kasri huncha haina....

प्रबिण थापा said...

पन्डा जि को प्रतिकृया सहितको समसामयिक र अत्यन्त मननिय बिश्लेषण मन पर्‍यो । त्यस्तै अनुप जि ले भनेजस्तै देशमा अन्तराष्टृइय मापदन्ड अबलम्बन गरेर सहमतिमा माओवादी सेना समयोजन वा अन्यत्रै कतै ब्यबस्थापान गर्न ढिला भैसक्यो जती यो ढिला हुँदै जान्छ देश उति जर्जरतमा फस्दै जान्छ ।
नयाँ नेपाल पनि बनाउने भन्ने केही नयाँ गर्न लाग्यो कि खुट्टा कताबाट हुन्छ तानिहाल्ने हाम्रो नराम्रो बानिलाइ अब नेपालीहरुले पहिचान गर्न सक्नु पर्छ । म माओवादी, म काङ्रेस्, म एमाले भनेर केही नबुझी उफ्री हिंड्ने हाम्रो राजनीति सस्कारमा प्रशिक्षण र परिवर्तनको खाचो छ ।

नेपालियन said...

सेना प्रमुख हटाउने खेल कसैले नबुझेको हो की बुझपचाएको हो?
हिजो जनगणतन्त्र ल्याउन नेपाली सेनासंग लढ्ने माओबादी अहिले लोकतान्त्रिक सरकार प्रमुख भएको छ। तर उनीहरुको लक्ष प्राप्त भएको छैन। त्यसैले सेनाको प्रमुख हटाए आफ्नो बाटो खुल्ने मौका आउने हुंदा माओबादी यसमा दिलो ज्यान दिएर लागेको हो। अरु पार्टीहरुले किन सहयोग गरेनन? किन कि राष्ट्रिय सेनामा पनि माओबादी, कन्टामेन्टमा पनि माओबादी, अनि कसरी सहयोग गरुन त? अहिले समयमा कटवाल मात्र होइन कोइ पनि थापा,कार्की,राणा,शर्मा जो भए पनि माओबादीले हटाउन नै खोज्थ्यो किन कि उनिहरुले भने जस्तो जन गणतन्त्र आएको छैन। कु को पनि हल्ला नै हो। माओबादी जसरी भए पनि राष्ट्रिय सेना नंगाउन चाहान्छ र आफ्नो जन सेना माथी ल्याउन चाहान्छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !