Showing posts with label विरोध र भर्त्सना. Show all posts
Showing posts with label विरोध र भर्त्सना. Show all posts

November 20, 2008

नबदलिएका माओबादी र हत्याको निरन्तरता

पहिला अपहरण, अनी अपहरणको ईन्कारी, त्यसपछि हत्या, हत्या पछि हत्याको पनि ईन्कारी । अनि पछि कतै जन दबाब र राजनैतीक सरगर्मी ज्यादै बढेमा कुनै यौटा मोहरा खोजेर अपहरण र हत्या दुबैको होलसेलमा ईल्जाम बोकाउने। अहिले सम्म कुनै पनि हत्या वा अपराध लुकाउन माओबादि नेतृत्वबाट हुने गरेका नाटक यहि नै हो ।

देशको स्थितिले पल्टा खायो, नीयम कानून फेरीए, नेतृत्वको पासा-पलट पनि भयो तर माओबादिको हत्या, हींसाको सिलसिला र माओबादिको नेतृत्वको सफेद झूठ बोल्ने परिपाटि जस्ताको त्यस्तै रह्‍यो ।

प्रसंग काठमाडौं स्युचाटारका २२ वषीय पुष्कर डंगोल र २४ वषीय निर्मल पन्तको अपहरण र त्यसपछि भएको अमानविय हत्याको।

राजनैतीक परिवर्तनकै लागी पनि मानव हत्या हुनुहुदैंन र मानवको अत्यन्त नैसर्गीक जिउन पाउने अधिकारको हनन कुनै पनि समुह वा व्यक्तिबाट कुनै पनि हालतमा हुनु हुदैंन भन्ने मेरो बिचार छ । तर सायद माओबादीको नैतिकतामा राजनीतिमा जे पनि जायज ठहर्छ वा मानव हत्या गर्नु उनिहरुकोलागी कुनै ठुलो कुरा होईन, त्यसैले त जनताले जे जत्ती जिम्मेवारि र विश्‍वास प्रकट गरेपनि माओबादिले राजनीतिको नाममा तिनै जनताको हत्या गर्न छाडेनन् ।

अनि हत्या पछि नेतृत्वतहबाट हुने लाचार ढाकछोप झनै शर्मनाक छ । पत्रकार बिरेन्द्र साह देखि लिएर ज्ञात अज्ञात सबैको हत्या पछि हत्यारा कार्यकर्तालाई बचाउन भरमग्दूर प्रयत्न गर्ने माओबादी नेतृत्वको यो स्वभाव हेर्दा नचाहेपनि जनतालाई यो विश्‍वास गर्न कर लाग्छ कि यी सबै हत्या, हिंसा नेतृत्व तहकै ईशारा वा समहतिमा हुने गर्छन ।

अनी कहिलेकाहि हत्यारा वा अपराधिलाई 'आन्तरीक कारबाहि' गरीने वा गरेको समाचार आएपछि झन कानूनि राज्यकै उपहास हुने गर्छ । लाग्छ माओबादीको शब्दकोषमा 'कानूनि राज्य', 'सत्य', 'अहिंसा' वा 'मानव अधिकार' जस्ता कुनै शब्द छँदै छैनन् ।

दिन दहाडै देशमा फेरी दुईजना युबाको पासविक र अमानविय हत्या भएको छ –-- त्यो पनि केवल राजनैतीक दुश्मनीको लागी ।

हुन त देशमा यस्को बृहत बिरोध जारि छ, तर माओबादी भने अझै पनि 'वाक युद्ध' बाट हत्याको जिम्मेबारि पन्छाई पानी भित्र ओभानो हुने कोशिसमा लागी परेकाछन।

कुनै समयमा देसमा ४-५ पटक प्रधानमन्त्री भएर देशको हालत यो स्थितिसम्म ल्याउन प्रमुख भूमिका खेल्ने आर्का नेताले वाई. सि. एल. को माने 'योङ्ग कम्यूनिष्ट लिग' भनेर व्याख्या गरेका थिए । छाडा, अनियन्त्रीत र अमानविय कार्यमालत रहने र हालसम्म नसुध्रिएको यिनको छविलाई देख्दा लाग्छ वाई. सि. एल. को माने 'योङ्ग कम्यूनिष्ट लिग' नै सबैभन्दा सहि छ ।

मानव हत्या गर्नु संसारकै सबैभन्दा जघन्य अपराध हो र यस्तो पाशविक कार्यको बिरोध गर्नु सबै मानवता वादीको कर्तव्य पनि हो। त्यसैले यो जघन्य अपराधको बिरोध गर्दै दोषिमाथि तुरुन्तै कारबाहिको माग गरौं ।

राजनीतिको नाममा व्यक्तिहत्या गर्ने अधिकार कसैलाई छैन !



September 11, 2008

घुस्यालाइ चिन्नुहोस

आजै चोरिएको लेख लेखिएको थियो। यसले धेरैलाइ झस्काएको थियो। मिहेनेत गेरेर खानेको समुह चोरेर खानेको समुहसंग सधै तर्सिने गर्छन। घुस बिना मिहेनेत आफ्नो पदको दुरूपयोग गर्दै कमाउने सम्पती हुंदा यो पनि एक किसिमको चोरी नै हो। अब भन्नुहोस त नेपालमा सज्जनको संख्या धेरै कि चोरहरुको? ८ हजारको तलब खाएर ८ लाखको घर ठडाउने चोर नभएर साधु हुन्छन त? तर कर लगाएर पत्याउन नै कर लाग्छ नेपालमा अझै पनि हुलाकमा काम गर्नेलाइ भन्दा भन्सारमा काम गर्नेलाइ छोरी दिने चलन छ।


केही समय पहिले बागलुंगको मालपोत कार्यलयमा घुस लिदै गरेका कर्मचारीको कुराकानीको पर्दाफास गरिएको थियो। एक पक्षिय भन्ने गर्थे यो फसाउन गरिएको चाल हो भने अर्को पक्ष भन्थे यो घुस्याको कान समात्ने बेला हो। तर त्यो समाचार मात्रै भयो कारबाही नै भएन। अहिले उक्ता काण्डको पिडित समुह अख्तियारको दैलोमा नै पुगेका छन। अख्तियारलाइ बुझाइएको पत्रको बिबरण पत्रपत्रीकालाइ पनि बितरण गरिएको छ। यसै क्रम उक्त पत्र दौतरीको पेटारोमा पनि आइपुगेको छ। प्रस्तुत छ उक्त पत्रको अंश जस्ताको तस्तै।

भ्रष्टाचारविरुद्ध जिल्ला साजाल बागलुरुले मालपोत कार्यालय बागलुरुका २ कर्मचारीले एक सर्वसाधरणबाट ४ हजार ५ सय रुपैयारु घूस लिएकोमा कारबाहीका लागि माग राख्दै जिल्ला प्रशासन कार्यालय बागलुरुमा दर्ता गराएको उजुरीको प्रतिलिपि

बा.जि.प्र.द.नं.रु६२०रु२०६४रु०६५

भ्रष्टाचारविरुद्ध जिल्ला संजाल

DISTRICT ANTI-CORUPTION NETWORK (DAN)

बाग्लुङ २०६४

Baglung 2007

पत्र संख्या

चलानी नं।

मिति रु २०६५-५-८

श्री प्रमुख जिल्ला अधिकारीज्यू

जिल्ला प्रशासन कार्यालय

बाग्लुङ ।

विषय: कारबाही गरी पाउँ ।

उपर्युक्त विषयमा लोकतन्त्र बहाली र गणतन्त्र स्थापना भएपछि देशका सबै क्षेत्रमा आमूल परिवर्तनसहित राज्यको पुनस्रंरचनाको कुरा उठिरहेको छ । वर्तमान अवस्थामा सेवाग्राही वा सर्वसाधरण नागरिकहरुले सरकारी कार्यालयरुमा निष्पक्ष स्वच्छ र पारदर्शी सेवाको अपेक्षा गर्नु स्वभाविकै हो । यसै सन्दर्भमा नागरिकको दैनिक कार्यसरुग प्रत्यक्ष सरोकार राख्ने मालपोत कार्यालय बागलुरुमा २०६५ साल जेठ १२ गते बागलुरु जिल्लाको विकट क्षेत्र बोंगादोभान गा.वि.स.व वडा नं. ८ का भुवानीशंकर पूनले उहारुका पिता दुर्गाबहादुर पूनको नाममा रहेको जग्गा आरुनो नाममा नामसारी गर्दा कार्यालयका कर्मचारी पृथ्वी गौतम र विश्वनाथ शर्माको मिलेमतोमा रु १० मात्र राजश्व दस्तुर लाग्ने कार्यमा पैसा नदिए काम बन्दैन भन्दै रु.४५०० (अक्षेरुपी चार हजार पाँच सय) घूस लिइ नामसारी गरिदिएकाले यस मामिलसंग सम्बन्धित कुराकानीको रिकर्ड राखिएको सी.डी. थान १ प्रमाणसहित यो निवेदनसाथ पेश गरिएको छ ।

निजहरुलाई कानून बमोजिम कारबाही गर्नका लागि अनुरोध छ ।

बोधार्थ:

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौं ।

मालपोत कार्यालय बाग्लुङ ।

राष्टिरुय सतर्कता केन्द्र काठमाण्डौं ।

Anti corruption Component DANIDA, HUGOU

Pro-public, Kathmandu

सामाचार माध्यमहरु ।

द…………

योगेन्द्रमिलन छन्त्याल

उपाध्यक्ष

( फन्टको सम्स्याले गर्दा पत्र संख्या,चलानी नं आदी छुट्न गएकोमा क्षमा प्रार्थी छौं)




यहा हुनु हुन्छ कबिता चोर

अपडेट‍‍‍‌ --

सक्कली कबिता अनी नक्कली कबिता

दुबै कबिताको चित्र तल राखिएको छ।

------------------------------

हैन है मानिस ले चोरि पनि हरेक चिजको गर्दा रहेछन । पैसा, कपडा, धान, चामल, मुर्ती कार, मोटार साइकल आदी इत्यादी चिज चोरि भएको हामीले सुनेकै थियौ । कबिता चोरेको भने हामीले पहिलो पाली मात्र सुन्दै छौ र प्रत्यक्ष रंगे हात समात्न सफल भएका छौ ।

बडो गजब्को कुरा छ । यही ११-०९-२००८ मा यि दिनेस खरेल नाम गरेका ब्याक्तिले आज भन्दा ६ महिना अगाडि पुरुशोत्तम सुबेदी द्वारा लिखित ‘जीवन’ नाम को कबिता लाई फेरी आफ्नो नाम दीइ प्रकाशित गराएका छन । नेदरल्यान्ड को ठेगानामा माथि दीईएको मितिमा थुप्प्रै वेब साईटमा प्रकाशीत गरेका छन । हुबहु मात्रा पनि फरक नपारी चोरिको काम लतपत भने झै कबिताको अन्तिम हरफ छोडेर अरु जेउ का तेउ आफ्नो नाम बाट दुनियाँको हरेक वेब पत्रीका पठाएको जानकारी भएको छ । साहित्य कला लाई नै निरुत्साहित हुने गरी अरु कसैको लेख रचना कथा निवन्ध, कविता आदी सामाग्री लाई वेब पेज बाट कपी गरी आफ्नो नाम कमाउने कबिता चोर लाई संसार भरका कविहरुले कुन रुप ले हेर्नु हुन्छ ? प्रश्न खडा भएको छ ।

( के रहेछ जीवन ? पुरुशोत्तम -सुबेदी --- बेल्जियम)
Guest Posted by ramesh Mon, March 31, 2008 22:56:20

धनै धन को मात्र पनि - हैन रहेछ जीवन ।
साग सिस्नु खोले सँग - खेल्दो रहेछ जीवन ।।

घमन्ड र मुर्ख्याइ मा - एक्लो रहेछ जीवन ।
मेलमिलाप र सद्भाबको - साथी रहेछ जीवन ।।

सुखै सुखको मेसो पनि - ब्यर्थ रहेछ जीवन ।
दु:ख बिच जिऊनु पनि - अर्थ रहेछ जीवन ।।

हांसै हांसो मात्र पनि - हैन रहेछ जीवन ।
हांसो रोदन सँग बाच्नु - मज्जा रहेछ जीवन ।।

छांया सितल मात्र पनि - हैन रहेछ जीवन ।
चर्को घाम मा पसिना को - अर्थ रहेछ जीवन ।।

परापमान मात्र पनि - ब्यार्थ रहेछ जीवन ।
परमात्मा को संमान गर्नु - गौरब रहेछ जीवन ।।

ठुलो ठा-लु बन्न खोज्नु - ब्यर्थै रहेछ जीवन ।
सानो बिच बाँच्न सक्नु -यो पो रहेछ जीवन ।।

दिनै दिन को ऊज्वल पनि - ब्यर्थ रहेछ जीवन ।
अंधेरी मा बिस्राम को - अर्थ रहेछ जीवन ।।

बलियो- बाङो मात्रा पनि - हैन रहेछ जीवन ।
निर्धो दुब्लो सँग बाच्नु - मज्जा रहेछ जीवन ।।

भरी पेट मा एक्लो बाच्नु - ब्यार्थै रहेछ जीवन ।
आधा पेटमा तिमी सँग - बाच्नु रहेछ जीवन ।।


पुरुशोत्तम -सुबेदी
बेल्जियम





August 19, 2008

बिरोध र भर्त्सना

अहिले नेपालको माहोल निकै भिन्नै छ। महिनौं लगाए र प्रधान मन्त्री त बने तर अझै सरकार बनेको छैन। मनमोहन पछिका दोस्रा कम्नियुष्ट प्रधानमन्त्री बन्न सफल प्रचण्ड जनयुद्द छेडेर आएका हुन। उनि नेपाली सेनाका पदेन कमान्डर तर उनको मातहतमा अझै पनि जन मिलिसियाहरु छन। वाइ सि एल बिघटन गरे पनि वाइ सि एलका क्रियाकलाप जारी छन। यस्तै यस्तै छन उनका बिरोधाभास क्रियाकलाप। अझ उनले सपथ ग्रहण गर्दा देखाएको क्रियाकलाप त निकै आलोचना खेप्ने खालको छ। यसै प्रसंगमा प्राप्त भएको बिरोध र भर्तसना यस प्रकार छ।
बिरोध र भर्त्सना
नयां नेपालको नाममा नेता भनाउदाहरु एक पछि अर्कोले जनताको संवेदनशील भावनामाथि चोट पुर्‍याउन थालेका छन् यो नेपाल र नेपाली को लागि दुर्भाग्य हुंदै जांदैछ । राष्ट्रियता र राष्ट्रवादिका लागि आफुलाई अव्वल ठान्ने माओवादी नेता प्रचण्डले देशको प्रधानमन्त्री जस्तो पद ग्रहण गर्दा समेत पदीय आचरण स्थापित गर्न नसकेको देख्दा हामीलाई दुःख लागेको छ । शपथ ग्रहणजस्तो राष्ट्रिय समारोहमा राष्ट्रिय पोषाक नै नलगाउने प्रधानमन्त्रीलाई कुन कोटिको नेता मान्ने र यस्ताले देशलाई कुन दिशातिर धकेल्न खोजिरहेका छन् सहजै अनुमान गर्न गाह्रो छ ।


दौरा सुरुवाल कुनै जात विशेषको नभै नेपाली परिचयको द्योतक हो राष्ट्रको उच्च पदाधिकारीले त्यो अस्वीकार गर्नु राष्ट्रिय मर्ममा चोट पुर्‍याउनु हो । प्रधानमन्त्री जस्तो उच्च ओहदामा आशिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पोशाक नलगाउनु रातो टिका लगाएर पनि ईश्वरको नाममा शपथ नलिनु राष्ट्रिय सुरक्षा निकायप्रति अनविस्वास गर्दै आफ्नै जनसेनाको घेरा विस्तार गर्नु आदिले उनको यो पद थाम्न सक्ने क्षमताको विकास भैनसकेको हाम्रो निष्कर्ष छ । नेपाली जनता प्रतिको यो हेपाहा प्रवृत्ति प्रति हामी क्षोभ प्रकट गर्दछौं । हाम्रो राष्ट्रियता र राष्ट्रवादमा किरा लाग्दै गएकोमा दुःख समेत व्यक्त गर्दछौं ।

भवदीय
शेखर ढुंगेल क्यालिफोर्निया
अनिल पाण्डे क्यालिफोर्निया
ज्ञानेन्द्र गदाल कोलोराडो
वासु ढकाल क्यालिफोर्निया
गोविन्द गिरी भर्जिनिया
कमला प्रसाईं न्यूयोर्क
कमल पाण्डे न्यूजर्जी
दिलनाथ गिरी भर्जिनिया
अनुप श्रीवास्तव क्यालिफोर्निया
मणी नेपाली क्यालिफोर्निया
तथा अमेरिकावासी राष्ट्रवादी नेपालीहरु ।



August 3, 2008

धर्नाको भर्त्सना

पटक पटक आनद्दोलनमा उत्रेका नेपाल वान टिभीका कर्मचारी यस पटक धर्ना दिन भारतीय राजदुताबास पुगेका छन।समाचारका कर्मचारी बिदेशको राजदुतावासमा किन जाने? सत्ता पक्ष देखी प्रतीपक्षका नेता भारतीय दुतावासको शरणमा पुगेको देख्दा देख्दा वाक्क भएका हामी, कर्मचारी पनि राजदुतावास धाउनुलाइ के भन्ने?
तर यस्तो गाइजात्रे धर्नालाइ मदरल्याण्ड नेपालले प्रेश बिज्ञप्ती नै जारी गरेका छन।

प्रेस विज्ञप्ति
विरोध एवं भत्स्रना
मितिः २०६५ साउन १९
नेपाल वन टेलिभिनका पत्रकार एवं कर्मचारीले आफ्नो संस्थाभित्रका समस्यालाई लिएर काठमाडौंस्थित भारतीय दूतावसमा धर्ना दिने भन्ने समाचारप्रति हाम्रो ध्यान आकर्षित भएको छ र हामी स्तम्भित बनेका छौं ।
भारतीय दूतावासलाई नेपालभित्रको कुनै पनि संघ-संस्थाको समस्या हेर्ने अधिकार छैन र यस्तो मुद्दा उसको कार्यक्षेत्रभित्र पर्दा पनि पर्दैन । नेपालभित्रको जायज-नाजायज माग हिई भारतीय दूतावास घाउने नेता एवं पत्रकारहरुको प्रवृत्ति घातक छ भनी स्मरण गराउन चाहन्छौं । नेपालभित्र नेपालको कानुन अन्तरगत स्थापना भएका सम्मानित संघ-संस्थाहरु छन् जसले यस्ता समस्या हेर्नसक्छन् । नेपालका समस्या नेपाल सरकारको सम्बन्धित निकायमा पुर् याउनुपर्ने र यसकै कार्यक्षेत्रमा पर्ने सामान्य ज्ञान नेपाल वनमा कार्यरत पत्रकार एवं कर्मचारीलाई थाहा नहोला भनी सोच्न सकिन्न । यस्ता निकायबाट पनि समस्या समाधान नभए अदालत जानुपर्नेमा भारतीय दूतावास जानु विडम्बना मात्र नभै क्षोभयुक्त पनि छ ।
यसै पनि भारतीय साचारमाध्यममा भारतीय मूलका राष्ट्रपति उपराष्ट्रपति नेपालमा निर्वाचित भए भनेर नेपाललाई होच्याउने शैलीमा प्रसार-प्रसार भैरहेको छ उपराष्ट्रपतिले हिन्दीमा शपथ लिएर नेपालीको शिर निहुराएकै छन् यतिले मात्र नपुगेर राज्यको चौथोअङ्गसमेत कथित समस्या बोकी दूतावासमा धर्ना दिन जानुले यस मुलुकमा स्वतन्त्रताको धज्जी उड्दैन र नेपाल वनका पत्रकार तथा कर्मचारीको आन्दोलनले सफलता प्राप्त गरोस् भन्ने शुभकामनाका साथ देश-विदेशका नेपालीहरुलाई लज्जाबोध हुने निर्णय भने फिर्ता लिई राष्ट्रिय स्वाभिमान उच्च हुने शैली अपनाई अघि बढ्न अनुरोध गर्दछौं ।

अनील पाण्डे
अध्यक्ष
मदरल्याण्ड नेपाल
शेखर ढुङ्गेल
लेखक एवं गीतकार
र राष्ट्रवादी नेपालीहरु
क्यालिफोर्निया
अमेरिका