January 16, 2009

हप्ता हंगामा - घोंडाको मुल्य कती होला ?

नेपालियन
आजकाल त्यती हावादारी कुरा नभेटीएको ले हप्ता हंगामा हराएको थियो। आज त्यस्तै हंगामा गराउने शिर्षक भेट्टाएको छु। त्यसैले पुन हप्ता हंगामा लिएर झुल्किएको छु। शिर्षकमै पढ्नुभयो होला एउटा घोडाको मुल्य कती? कती होला अनुमान लगाउनु भयो त? पक्कै पनि एउटा गोरुको भन्दा ३,४ गुना बढि त अनुमान लगाउनुभयो होला? अब घोडाको मुल्य थाहा पाउन भित्र आउनुहोला।
सबैभन्दा महंगो घोडाको नाम हो "हरियो बाँदर" (The Green Monkey)। त्यो घोडाको जन्म सन २००४ मा भएको थियो। २००४ साल चाइनिजको बांदर बर्षमा पर्छ त्यसैले त्यो घोडाको नाम हरियो बाँदर राखियो। उक्त घोडा २ बर्षको छंदा, फेब्रुररी २००६ मा फ्लोरिडाको लिलामी बजारमा करिब नेपाली रुपयां १ अर्ब २६ करोड($16 million US dollars) मा बिक्री भएको थियो। लिलाम बढाबढमा आइरिस समुहले हरियो बाँदर फुत्काउन शेख मोहमदको समुहसंग निकै दाउपेच खेल्नु परेको थियो। उक्त घोडाले आफ्नो जिबनमा जम्मा २ बर्ष प्रियोगितमा भागलिएको थियो भने उसको जिबनको जम्मा कमाइ करिब नेपाली रुपयां ८ लाख(10,000 US dollars)रहन गयो। त्यस पछी त्यो घोडाले अबकास पाएको थियो।

अर्को रमाइलो प्रसंग , उत्तर अमेरीकामा जन्मने सबै घोडाको उमेर गन्न सजिलो होस भनेर सबैको जन्म मिती जनबरी १ मा पारिन्छ।


हिन्दूराष्ट्र कायम गर कि गुठी खारेज गर

शेखर ढुंगेल
अमेरीका

नेपालमा क्रमभङ्गताको खेती मौलाउँदै छ । यसकै अर्को कडीभएको छः हिन्दुधर्माबलम्बीहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरमा किराँतकालदेखि पुजारीको रुपमा रहेका दक्षिण भारतका भट्टहरुलाई चट्ट पारेको घटना । अबदेखि नेपाली नागरिकलाई नै मूल पुजारी राख्ने नयाँ नेपालको नयाँ सरकारको निर्णयलाई कसैले ठिक कसैले बेठिक भन्दै आ-आफ्ना पक्षलाई बल पुग्ने तर्क प्रसतुत गर्दै बिरोध एवं अदालतकासमेत ढोका ढक्ढक्याउने काम भयो र अदालतले सरकारको निर्णयलाई हाल स्थगित गर्ने आदेश समेत दिइसकेको । यही आदेशबाट बाध्य भएर गत बिहीवारदेखि पहिलेकै मूल भट्टले पशुपतिनाथको नित्य पूजा गर्न थालेका छन् । तर यसबारे चर्किएको बिबाद साम्य भएको छैन ।

बस्तुतः पशुपति हापिठका मूलपुजारीलाई भारतीय हटाउनु पर्ने माग बेला बेलामा दशक अगाडिदेखि नै उठेको हो । हटाउनु पर्ने मूलकारणमा भारतीय हुनुभन्दा पनि आर्थिक हिनामिनालाई मानिएको छ । हालको निर्णयलाई प्रकृयागत भयो वा भएन भनी बिरोध गर्नुको साटो हटाउने वा नहटाउने भन्ने प्रश्नमा बहस केन्द्रित गर्नु पर्दछ । हटाउने नै हो भने जसले जसरी हटाए पनि बिरोध गर्नु तर्क संगत हुँदैन । बायाँ हातले दायाँ कानमा छुनुपर्दा सिधै छोए पनि घुमाएर हात लगी छोए पनि छुनु नै हो । किन बिबाद गर्नु आर्थिक हिनामिनाकै कारण हटाउनु पर्ने भन्ने कारणमा पनि कुनै तूक छैन । किनकि एउटा सबल संयन्त्र बनाएर हिनामिनालाई रोक्न सकिन्छ । नेपाली मूल पुजारी हुँदैमा भेटी हिनामिना रोकिने भन्ने विश्वास गर्ने कुनै आधार पनि छैन । बरु उल्टो एउटा सामान्य पिउन नियुक्तिमा समेत नजराना लिने प्रवृत्ति भएको हामीमा यस्तो प्रतिष्ठित एवम् आकर्षक पदमा नियुक्ति पाउन लेनदेनको खेल राजनैतिक प्भावमा नियुक्ति र बर्खास्तगी अनि थमौतीका बिबाद नहुने भन्ने आधार पनि छैन । यत्रतत्र सर्वत्र बिबादै बिबादको खेती गरिरहने मन्दिरमा पनि राजनीतिक बगार्ने र राजनीतिक मुद्दा बनाएर राजनीतिक दलहरु एक दोस्रालाई कमजोर र गलत देखाउने प्रवृत्ति नेकपा माओवादीले सत्तामा बसेर जसरी सुरु गरेको छ त्यसलाई कुनै पनि हालतमा स्वागत गर्न सकिदैन । साथै संविधानसभाका २५ दलले सत्तालाई सुझाव दिने र सही मार्ग देखाउने काम गर्न सकेनन् त्यो पनि दुःखद घटना हो । आइन्दा यसप्रकारका धार्मिक धारणा उव्देलित पार्ने घटना राजनीतिक बृत्त र सरकारबाट नहोस् भन्ने संचेत जरुरी छ ।

२६१ वर्षदेखि राजाकै कारणले भारतबाट ल्याई मूल पुजारी राख्ने चलन चलाइएको भन्ने इतिहासबिदहरुको भनाई बाहेक अरु कारण प्रष्ट पार्न नसकेको अवस्थामा नेपाली पुजारी राख्नु अस्वाभाविक हुँदैन । तर आदिकालदेखि भारत नेपालबीच रहँदै माएको धार्मिक सामाजिक समानता अनि त्यसकै आधारमा जनस्तरमा रहेको सौहार्द्रता सम्पूर्ण हिन्दूहरुको आराध्यदेव पशुपतिनाथ पीठप्रति भारतबासीको श्रध्दा अनि विश्वका दुई महान धर्म हिन्दू र बौध्दको उग्गमस्थल पवित्र भूमि नेपालको गरिमामा नकारात्मक प्रभाव नपरोस् । भारतीय धार्मिक पर्यटक बिच्के भने त्यसले अन्य क्षेत्रमा समेत पार्ने असरको बारेमा पनि सोच्नु जरुरी छ ।

क्रमभङ्गताको लहड होइन र भेटी हिनामिनाको चिन्तामात्र हो भने भारतका बिभिन्न प्रसिध्द मठमन्दिरमा अपनाइएको व्यवस्था झैं मूल पुजारी वासंलग्न अरुहरुको तलब एवम् सुविधा निश्चित गरी बाँकी हिसावकितावको व्यवस्थापन गर्ने एउटा संयन्त्र बनाई अगाडि बढ्न सकिन्छ ।

सरकार वा संबन्धित पक्षले बुझ्नु पर्ने कुरो के भने समस्या मूल पुजारी भारतीय हुनुमात्र हो वा हाम्रो व्यवस्थापनको कमीकमजोरी र राजनीतिक अहंकारको हो त्यसैले हाम्रो सनातनदेखिको दुई देशका जनताबीच रहदै आएको धार्मिक सामाजिक सहिष्णुता र सौहाद्रता नबिगि्रयोस् धार्मिक हिंसा नफैलियोस् भन्नेतर्फ ध्यान दिनु पर्छ । किनभने धार्मिक आस्था भनेको अत्यन्त संवेदनशील बिषय हो भन्ने राजनीतिकर्मी र सत्तामा बस्नेले बुझ्नु नितान्त आवश्यक छ । सरकारले यो निर्णय जायज गर् यो कि नाजायज यो अहं सवाल हो ।

देश धर्मनिरपेक्ष भैसकेको छ । कुनै पनि धार्मिक अनुष्ठानमा सरकारको संलग्नता लगानी र हस्तक्षेप असंवैधानिक ठहर्छ । धर्म निरपेक्ष राष्ट्रका प्रधानमन्त्री पशुपति विकास कोषका संरक्षक रहेका छन् । यो जायज हो कि होइन बुध्द मुस्लिम कि्रश्चियन धर्मको संरक्षक प्रधानमन्त्री बन्ने हो कि होइन संरक्षकले मूल पुजारी फेर्न आदेश दिने कार्यान्वयन गर भनेर निर्णय गर्ने अधिकार हुन्छ कि हुन्न परापूर्वकालदेखिको पशुपतिनाथको पुजारी बदल्दा धार्मिक भेला गराएर गरेको भए हुने थियो कि थिएन यी प्रश्नको जवाफ समयले खोज्ला । देशको मठमन्दिरको जिम्मेदारी स्थानीय जनताको जिम्मा दिनु बेश हुनेथियो । धर्म निरपेक्ष राष्ट्रमा कुनै पनि अमूक धर्मको संचालन र संरक्षणको जिम्मा लिएको नेपाल गुठी संस्थान खारेज गरी वार्षिक अरवौंको प्रशासनिक खर्च रोक्नुपर्छ । धार्मिक अनुष्ठान पीठहरुका नाममा पुस्तौंदेखि कमाई राजस्व तिरीरहेका जग्गाका जोताहा जनतालाई ती जग्गाको मालिक बनाउनु पर्छ । गुठीका नाममा जग्गा जोती सरकारलाई राजश्व तिर्ने सरकारी कमैयाहरुको मुक्तिहुनुपर्छ । धार्मिक अनुष्ठानका नाममा रहेका लाखौं गुठी जग्गा जोताहा सरकारी कमैयालाई नै दिनु उचित हुनेछ ।

त्यसो गर्न सकिदैन भने विश्वको एकमात्र सनातनको पनि सनातन हिन्दूधर्मको उद्गम स्थल करोडौं हिन्दूहरुका आस्थाका केन्द्र आराध्यदेव पशुपतिनाथको पवित्र मन्दिर भएको नेपाललाई हिन्दूराष्ट्रको नाममा कायम नै गर्नुपर्छ । दुर्य बिशाल इस्लामिक देश पाकिस्तनन र बंगलादेशमा हजारौं हिन्दू मन्दिरहरुको अस्थित्व कायम भए झैं हिन्दू राष्ट्र नेपालमा पनि अरु धर्माबलम्बीको अस्तित्व एवम् संरक्षणमा फरक पार्दैन । जनताले आवाज उठाउने बेला आयो । या त हिन्दू राष्ट्रको नामले नेपालले संविधानमा निरन्तरता पाओस् या त गुठी संस्थान खारेज गरोस् र गुठीको जग्गा जोति सरकारी कमैया बनेका लाखौंलाई मुक्त गरी उनीहरुलाई जोती आएको जग्गाको एकमात्र मालिक बनाओस् । प्रकृया र हिनामिनाका अर्थहीन बिबादले समस्याको मूल मुध्दा छायाँमा नपारियोस् ।



देशको नागरिक बन्नुस

प्रबिण थापा
धादिङ, हाल इटली
यहाँ नेताहरुलाई मनपरी बोल्न, उनीहरुका कार्यकर्तालाई मान्छे पिट्न, मार्न, कर्मचारीलाई खुलेआम घुस खान, प्रहरी प्रशासनलाई जनता पिट्न, गेष्टहाउसमा यौन व्यवाशाय चलाउन, बिद्यार्थीलाई बन्द हड्ताल गर्न, व्यपारीलाई भन्सार छल्न, मजदुरलाई सधैंभरी आन्दोलन गर्न, पत्रकारलाई राजनीति गर्न, बिद्युत प्राधिकरणलाई जति मन लाग्छ त्यती बिजुली आपुर्ती कटान गर्न, पेट्रोल पम्पलाई मिसावट गर्न, यातायात व्यवशायीलाई मनपरी भाडा असुल्न, मानवअधिकारवादीलाई नेताहरुको चाकरी गर्न, डाक्टरहरुलाई अस्पाताल नर्शसँग जिस्केर बस्न, प्रध्यापकहरुलाई ठट्टा गरी समय कटाउन, डाँकाहरुलाई जतिबेला मन लाग्छ त्यती बेला चोर्न, अपहरण गर्न, बैंकहरुलाई धेरै कमिशन खान, एन. जि. ओ., आइ. एन. जि. ओ. लाई बिकास को नाममा नाफा कमाउने व्यवशाय गर्न, तस्करीहरुलाई सुरक्षीत रुपमा लागु पदार्थ, अबैध वस्तुहरुको तस्कर गर्न, दुई चार जना मिलेर एउटा पार्टी खोल्न। समग्रमा भन्दा यो देशमा सब कुरामा छुट अमेरिकामा भन्दा बढी प्रजातन्त्र छ तर तपाईं इमान्दार हुनुहुन्छ, तपाईं सँग अन्याय नसहने व्यवहार छ, तपाईंसँग देश को लागि केही राम्रो गर्ने सोच छ ख्याल गर्नुहोस् तपाईंको हालत पनि उमा सिंह, कृष्ण सेन,बिरेन्द्र शाह, निर्मल पन्त, पुस्कर श्रेष्ठ, रामहरी श्रेष्ठ यस्तै हजारौं कर्मठ नागरिकहरुको जस्तो होला। भन्नु को मतलब यस देश तपाईंको लागि सुरक्षित छैन जुनकुनै बेला तपाईंलाई ज्यान मार्ने धम्की आउन सक्छ, अपहरणमा पर्न सक्नु हुन्छ,तपाईंको गर्धन निमोठिन सक्छ। यहाँ दंडहिनताले प्रशय पाएको छ,यहाका जनता डरको त्राही,त्राहीमा बाँच्न बिबश छन। यो श्रीखंला जारी छ, रहिरहनेछ त्यसैले तपाईं पनि हाम्रो नेताहरु जस्तै तस्करी, भष्टचार र कसैको हत्या गर्न समयमै सिक्नुस र यो देशको नागरिक बन्नुस।



कबिता -मनहरु पनि जेरोक्स कपी भै सकेकाछन

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]
भ्रमपूर्ण वास्तविक्ता अङालेर
स्वार्थी जिजीबिषाको लडाईंमा
आफुलाई अग्रणी बनाउने होड्बाजिमा
बाचिरहेछन मान्छे ।
फुर्सद नै कहाँ छ र कसैलाई
एकत्वको गगनचुम्बी पीडामिढ खडा गर्ने ?
लालायित छन सबै यहाँ
आफ्नै तर्कको लाहाछाप गर्न
निमेषभरमै,अभिभाज्य हुन्छन
बिचार हरु।
समय छैन कसैलाई
धर्तिबाट धूलोका कणहरु निफन्न
आमा असुरक्षित छिन्
आपाहिज झै छ अवस्था
गामी,प्रतिगामीका परेडका
निशानाहरुबाट ।
सधैं हल्लै हला छ
परमेश्वोरहरुको आगमन,प्रतिगमनको
अनी दाईजो छ
त्यही अभिषप्त जीवन
सर्वसाधारणलाई सधैं सधैं
त्यसैले ---मनहरु पनि
जेरोक्स कपी भैसकेकछन
सबै,सबैका --- --।