December 29, 2007

टाउको नभाको कुखुरो

जागीर शब्द नै ‍गज्जब, जा गएर गिर। बिहान देखी गिर्दा गिर्दा गाम ओल्झेको पत्तो नै हुदैन। सांझ परे पछि घर फर्कीयो,हतार हतार खाना बनायो,फेरी भोली बिहान गिर्नको लागी चाडै सिरक पक्डनु पर्छ। निद्रा यता उता भयो कि भोली कता गिर्ने हो भन्ने डर। केही पहिले एक जना नानी भेटेको थिए,हाल चाल सोद्दा के हुनु र यो अ-मरी-खा मा भन्दै थइन। खान त खानी, तर मरी मरी काम गर्दै खाने रे यो अमेरीका भन्ने ठाउ। भनाइमा पिडा र हासो दुबै थियो। तर जे जस्ता पिडा छन यता उता गरेर उडाउनु पर्छ नत्र त भारी बोके जस्तो जती पिर गर्यो उती थपिन्छ, झन झन बोझिलो, झन झन बोझिलो हुन्छ। मेरो काममा एकदमै खरा हाकिम छन। एकदमै कडा मिजासका हाकिम साब बेला बेलामा ठट्टा गर्दै बेजोडसंग हास्दछन। मेरै छेउकी एक जना साथी भन्दै थिइन,ति हाकिम काम पनि २ जनाकै गर्छन रे, हास्न पनि २ जना बराबर हास्छन रे। तर मलाइ भने तिनको काम गराइले सारै प्रभाव पारेको छ। काम जे सुकैको होस,सकाउनु नै पर्छ भन्ने उनको मान्नेता छ। समस्या लिएर जो सुकै आओस, समाधान गर्न तयार।कठिनै किन नहोस,यसो उसो गरेर समाधानको बाटोमा लागी हाल्छन। जस्तोसुकै जटिल काम गर्दा पनि हासोको बहाना निकालिहाल्छन र बेजोड संग हास्दछन। कहिले काही समस्याले आफुलाइ खाजा खान भ्याइदैन तर उनका ठट्टाले भोक नै भुलाइदिन्छ। कहिले काहीं कामका पुराना किस्सा निकाल्छन र अहिलेका नया पिंडीको हासो गर्दछन। साथमा ल्यापटप छ,टेबलमा क्यालकुलेटर,हाकीम साब हातले हिसाब गर्छन। फेरी कुरा मिलाइ हाल्छन,समस्या पर्दा बिजुलीको लाइन गए बिजुली कुर्छौ की समाधान गर्ने तिर लाग्छौ,फेरी हासो मिसाइहाल्छन।सिगैं काम समाले पनि कति मान्छेहरु आला काच्ना नै छन,कोही कपाल फुले पनि काचै काम गर्दछन। ति हाकीम साबलाइ नि मान्नै पर्दछ, जहा रवि पुग्दैनन्, त्यहा कवि पुग्छन भनेको जस्तो १० जनाले मिलेर गरेको काममा कता कताबाट गल्तीमा आखा पुराइहाल्छन। अनी गल्ती गर्ने मानिस वरपर नहुदा हासोको बहाना निकालीहाल्छन,तिनीहरु त टाउको नभाको कुखुरो जस्तो,दौड्यो दौड्यो कता जाने हो टुगों छैन। अनि त हांसो कसरी खप्नु,सबै कुरा भुलेर उनकै हासोमा हासो मिसाउन पुग्छु।
कुरो अलीकती बांकी नै छ। केही पहिला नेपाल धर्म निरिपेक्ष भएको। संयुक्त राज्य अमेरीका सधै नै धर्म निरेपेक्ष छ र याहां ७०% भन्दा बढि क्रसियन हुदा पनि क्रिसमसमा बिदा हुदैन तर नेपाल धर्म निरिपेक्ष भएको एक बर्ष भएको छैन त्यही सरकारले धर्म सम्बन्धी बिदा दर्जनको हिसाबले थपेछ। मलाइ त यो लोकतान्त्रीक सरकार टाउको नभाको कुखुरो जस्तो पो लाग्न थाल्यो।