April 28, 2009

अनलाईनबाट अल्जिएको माया

विजयकुमार श्रेष्ठ
-हाल ईराक
कुरा धेरै पहिलाको हो । जब म स्कुल सकेर कलेज पढ्ने लहरमा लहरिदै थिए र गाउ छाडेर शहरको रमझममा रमाउन यो मनलाई आतुर भएको थियो । प्रबेशिका परिक्षा पास गरे लगत्तै कलेज कहाँ पढ्ने भनेर सोच्न थाले र यो मनलाई काठमाडौको रमझम हेर्ने धैरै पहिला देखिकै सोख थियो । अब त पुरा हुन्छ कि भन्ने आशा यो मनमा पलाउन थाल्यो । त्यस्ता कुरा आफुले मात्र सोचेर पनि हुदैन थियो नि त, फेरि घरमा बुबा आमा दाजु भाईलाई पनि जानकारि गराउनु पर्ने थियो । यो कुराको बाटो कसरि खोलु भनेर यो मनमा तरङ्गहरु सलबलाउन थालेको थियो । एक दिनको कुरा हो, घरमा पनि मेरो बारेमा कुरा भई नै रहेछ, त्यो कुरा मेरो कानमा पनि पर्न गयो र मलाई स्वरमा स्वर मिलाउन झन सजिलो हुन गयो । मैले पनि त्यसै मौका छोपी आमालाई मेरो कुरा राख्न सफल भए र आमाले यो कुरा बुबासँग गर्नु भएछ । फेरि मेरो पढाई पनि त्यति नराम्रो थिएन र मेरो बुबा सानो सोचाई भएको मानिस पनि हुनुन्थिएन, गाउँको परिवेसमा हुर्केको भए पनि र आफुले मनमा लागे जतिको अध्यायन गर्न नपाएकोमा अलि पछुताउमा हुनु हुन्थ्यो । उहाँले त्यसै भएर पनि मेरो प्रस्तावलाई नकार्नु होला जस्तो मलाई लागेको थिएन । जब बुबाले मेरो कुरा थाहा पाउनु भयो त्यसको भोली पल्ट खाना खाने समयमा मलाई डाकेर सोध्नु भयो । मैले आफुले अध्ययन गर्ने बिषयको बारेमा पनि बुबालाई अबगत गराई दिए र बुवालाई पनि आफनो सन्तानले राम्रो शिक्षा हासिल गरेर देश र जनताको सेवामा लागुन भन्ने ठुलो चाहना थियो । मेरो कलेज पढ्ने चाहना बुबाले पुरा गराई दिने बाचा गर्नु भयो र गाउँ समाजमा घटेका घटनाको पनि अबगत गराउनु भयो । जुन घटना शिक्षित व्यक्तिबाट नै घट्ने गरेको थियो । मैले पनि सबै आफुमा भएको कमि कम्जोरिहरु आमा बुबालाई अबगत गराई दिए र लगनशिलता भएर आफुले दिएको बाचाहरु सहज रुपमा पुरा गर्ने अठोट लिएर काठमाडौमा अध्ययनको लागी जानलाई तयारी तिर लागे । पारिवारिक सरसल्लाह सबै मिले पछि भर्ना हुनु भन्दा पहिला कलेज प्रबेशको लागी परिक्षा दिनु पर्दथ्यो र मैले त्यसको लागी फारम भर्न लगाएर र केही महिना पछि परिक्षा पनि दिए ।  मेरो पहिला लिष्टमा नै नाम निस्कियो र काठमाडौको ठमेल स्थित अमृत साइन्स क्याम्पसमा भर्ना भएर आफनो उच्च शिक्षाको अध्यायन सुरुवात गर्ने अबसर पाउन सफल भए ।

अब मेरो जिवनको गतिको रफ्तार सुरु हुन थाल्यो । आफुलाई किताबी ज्ञान बाहेक अरु कुरामा ज्ञान थिएन । स्कुलले जिवनमा खेलकुद र नाचगानमा त रुचि राख्द थिए । कलेजमा त सबै जना कम्प्युटरको कुरा गर्दो रहेछ । कानो गोरुलाई औशि न पुर्णे भने जस्तै आफु त शहरिया साथि भाईको कुरा सुनेर टवाल्ल परेर सुन्नु सिवाय अरु उपाए थिएन । फेरि मेरो मनमा अर्को जोस जाग्न थाल्यो, त्यो थियो कम्प्युटरको कि बोर्डमा आफना साथिहरुले गरेका कुराहरुको कथाहरु स्वयम आफुले पनि त्यो कि बोर्डमा आफना औलाहरु नचाउने रहर जागेर आयो । कलेजका दिनहरु सुचारु हुन थाल्यो र दिनहरु बित्दै जान थाल्यो । हरेक हप्ताको शनिवार बिदा हुन्थ्यो । आफुलाई पनि कम्प्यूटर सिक्ने जोस जागर वडेको थियो र समय अनुसार नसिकी नहुने थियो । त्यसै क्रममा एक दिन साथिसँग गएर कम्प्यूटर कक्षामा भर्ना भए । आज भोली गर्दा गर्दै कम्प्यूरको ज्ञान पनि केहिहदसम्म त सिक्न सफल भए । जब कम्प्युटरका ज्ञान हासिल गरे आफना सम्पुर्ण विवरणहरु फाईल बनाएर राख्ने बानि बसाले । त्यस्तै क्रमहरु चलि रहेको थियो ।

एकदिनको कुरा हो म साथिसँग साईवरमा गएको थिए । परदेशमा भएको साथिलाई आफनो बारेमा र पारिवारिक खवरहरु मेल मार्फत पठाउन भनी र आफना फाईलहरु पनि हेरु भनेर। त्यसै समयमा साथिसँग कुरा गर्दै थिए भर्खर कम्प्यूटरको ज्ञान हासिल गरेकोले होला साईबरमा बसे पछि त निस्कीन मनले नै मान्दैन जति चलायो त्यति चलाउन मन लागि रहन्थ्यो । अनलाईनबाट साथिसँग कुरा गरेको चार हप्ता हुन लागेको थियो । धेरै कुराको ज्ञान हासिल गरि सकेको थिए । सधै जसरि अनलाईनमा बस्दा एकदिन कताबाट एउटा अपरिचित अनलाईन साथिले हाई भनेर मेरो नामबाट सम्वोधन गर्‍यो कता कता अचम्म पनि लागेर आयो। उ को हो मलाई केहि थाहा थिएन तर पनि मैले उसलाई उत्तर फर्काईदिए र कहाँ कसरी सम्पर्कमा आउनु भयो मसँग भन्ने बारेमा केहि बार्तालाप हुन गयो। त्यो दिन कुरा राम्रा नै भयो र उसले मलाई नजिकबाट चिनेको जसरि कुरामा अनलाईनको सहायताबाट तिमी ‘फलना’ होईन भनेर भन्यो। कता कता मलाई पनि केही जान्ने उत्सुकता जागेर आयो । सुन्ने गरेको त थिए अनलाईनमा बिभिन्न किसिमका समय बिधारक साथिहरुसँग जम्काभेट हुन्छ भन्ने कुरा मलाई पनि त्यो कुराको याद गराई दियो । मसँग अनलाईनमा कुरा गर्ने मेरो घर नजिकको साथि बाहेक अरु थिएन तर पनि बोल्दामा केनै होला र भन्ने उखानलाई सम्झेर उसको उत्तरहरु सहजै तरिकाबाट दिन थाले । त्यस्तो क्रम चल्न सुरु भयो । मेरो अनलाईनको पहिलो अनुभव भनौ वा उत्सुकताले पाएको समय बितारक मित्र भनौ । हामीमा राम्रो मित्रताको प्रर्दुभाव हुन गयो । जो म हप्तामा एक दिन साईवरको खोजी गर्ने मानिस जब अनलाईन मित्रको मधुर ति शब्दहरुको माधुर्यतामा बग्न थाले तब मलाई हरेक दिन अनलाईनमा नबसि नहुनेसम्म बाध्य बनाएर ल्याउन थाल्यो । हामी एक अर्कामा केबल अनलाईनमा मात्रै हो परिचय चिना जानी भएको तर मलाई उसको बारेमा यति मात्र थाहा छ उ मेरो अनलाईन साथि हो भन्ने कुरा मात्र अरु मलाई केही थाहा छैन । हाम्रो समयहरु झन झन नजिक हुदै आयो । केही दिन पछि हामी हेडफोन द्धारा पनि कुरा गर्न तिर लाग्यौ जब उसको स्वर हेडफोन मार्फत सुन्न पाए म त झन नजिक हुन थाले । आफैलाई थाहा छैन किन के भई रहेको छ भन्ने कुरा । कहिले काहि त जो भए पनि मलाई के सरोकार भयो र आखिर मैले के नै नराम्रो काम गरेको छु भन्ने प्रश्न पनि खडा हुने गर्थ्यो मेरो मनमा । उसको ति माधुर्यताले मेरो मन कता कता छोए जस्तो पनि लाग्दथ्यो । बिर्सन्छु भन्दा पनि नसकिने भैसके किन हो किन ।

हाम्रो मित्रताको डोरी गहिरो हुदै गयो । तर हाम्रो भेट भनेको अदृश्य मात्रै भएको थियो, उ कस्तो छ र कहाँको हो के गर्छ भन्ने कुरा केबल अदृश्यमा मात्र ज्ञान भएको थियो मलाई । दिन प्रति दिन हाम्रो अनलाईनमा गहिरो सम्बन्ध बाधिदै गयो र वर्षौसम्म हामी अनलाईन मित्र भन्दा अरु हुन सकेको थिएन । मलाई कहिले भेटॆर एक अर्काको बारेमा जान्न हतार परेर आउन थाल्यो । झन अब त उसलाई सपनाको राजकुमारको दर्जामा स्थान दिन थाले । जब म आफनो ओछयानमा जान्छु उसको छाया रुपी भावनाहरुसँग सँगै भएको पाउने गर्दथे र निदाउन समेत छाड्न बाध्य हुन पुग्थे । अनि आफु एक्लै भित्र भित्रै उससँगको अनलाईनमा पोखेका भावनाहरुमा आफुलाई डुबाउन बाध्य हुन्थ्ये र छटपटि लागेर आउदथ्यो कहिले भेट्ने भन्ने कुराले साह्रै सताएर ल्याउथ्यो । हामीमा सबै कुराको बेली बिस्तार भैसकेको थियो । धेरै प्रयासको सोधाई पछि उसले भन्यो म परदेशमा छु भनेर र स्वादेश फर्कने कुराको प्रसँग चलाउदा खेरिमा उसले एक साल पछाडिमा मात्र फर्कने कुरा सुनायो । उसँग भएका तिता मिठा कुराहरु मेरो मनमा सधै भरि दोहोरिन थाल्यो । जब म एक्लै हुन्छु अनि सुरु हुन्छ अन्तर आत्मामा बगेका भावहरु अनि उसलाई भेट्ने समयको पर्खाईमा हताससम्म हुन पुग्ने रहेछु । आफनो कलेज अध्ययन पनि लगभग लगभग सकिन लाग्यो । हाम्रो गाउँ समाजको चलनले गर्दा आफनो अध्ययन र उमेरको हिसाब गरेर बसेका छन घरमा परिवारहरु आफुलाई नचिने पनि नदेखे पनि त्यही अनलाईन मित्रको अतुलनिय माया र ममतामा बाधिन पुगेको थिए ।

कलेज बिदाको बेलामा घर गएको थिए त्यहि मौकामा आफनो जिम्मेवारीको भार वोकाई दिने कुरा चलाएको रहेछ त्यो कुरालाई नकार्न पनि सक्दिन थिए । तर आफनो अनलाईनको मित्रताको बारेका पनि भन्न म सक्दिन थिए । फेरि उसको परिचय कसरि दिउ म, आफनो परिवारलाई न त आफुले नै प्रत्यक्ष देख्न सकेको थिए । त्यसैले मेरो अनलाईनको माया अनलाईनमा नै सिमीत हुन गयो । आफनो परिवारको स्वीकारोक्तीलाई मध्य नजर राखेर आफनो गन्तव्य पुरा गर्न तिर लागेर पारिवारिक जिवनको शुरुवात तिर बाधिन बाध्य भए र अनि हामीमा भएको मित्रताको धुर्व एक आपसबाट अलग अलग भएर आफना आफना बाटा तिर लागेर अर्कै सँसारमा रमाउन बाध्य भयौ । अदृश्य माया लगाउनुको फल यस्तै हो रहेछ भनेर कहिले काहि आफुलाई झस्काउने गर्दथे तर उ कहाँ पुग्यो र कहाँ थियो भन्ने कुराको ज्ञान हासिल गर्न पाउने मौकाबाट बन्चित हुनु पुगे । अनि हामी दुई धुर्वीय पथ प्रदर्शक भएर आफनो गन्तव्यलाई अँगाल्न सिवाय अरु सामथ्र्य हामीमा थिएन । अदृश्य मायाको प्रतिफल यस्तै रहेछ भन्ने सोच्न थाले त्यसैले धुर्वीय प्रदसक भएर हामी एक अर्कामा विलीन हुन पुगे ॥
समाप्त ॥ ॥



1 Comments:

dev said...

बिजय जी तपाईंको यो लेखले त अहिलेको नयाँ generation को ढुक्ढुकिमा hammer को काम गरी दिएकोछ ।यसको लागि तपाईंलाई मुरी मुरी धन्यवाद छ यो मित्र देव मगर को तर्फ बाट ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !