November 20, 2008

प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रचण्ड पत्र

बिजय कुमार श्रेष्ठ, धादिङ्ग
(हाल ईराक)

लामो समयको अन्योलता अर्कमण्यता र संक्रणकालीन स्थितिलाई चुनौती दिंदै माओबादीले फेरी एकपटक राजनीतिक गेममा गोल गर्न सफल भएको छ । मलाई लाग्छ यो गोल नेपाली जनताको चाहना र भाबना अनुरुप नै भएको छ । बैचारिक मतभिन्नता र पार्टीगत नीति सिद्धान्तलाई पर सारेर आगामी दिनमा राष्ट्रियता गणतन्त्र र जनजीबिकाको पक्षमा कति डटेर काम गर्छ तपाइहरुको अग्नी परिक्षा अब सुरु भएको छ । सचेत र उत्सुक आँखाले नेपाली जनता गार्ड बसेर तपाइको परिक्षा लिइरहेका छन् । कमरेड प्रचण्ड सहमति सहकार्य गठबन्धन निरपेक्ष होइन सापेक्षतामा हुने गर्छन । राष्ट्रपतिको निर्वाचनमा बनेको ३ दलिय गठबन्धनको कारक तपाइहरु पनि हो । ठुलो दलको हैसियतले बिगतका बास्तबिक कमी कमजोरीहरुको समिक्षा पनि तपाइहरुले गर्नुभयो होला । जनयुद्ध भन्दा संसदीय लर्डांई पेचिलो र कठिनपूर्ण हुने यथार्थ तपाइहरुले ब्यबहारिक रुपमै यो २ बर्षमा भोग्नुभयो । तपाईहरु होसियार हुनुस् तपाईकै सिद्धान्त संसद खसिको टाउको झुण्ड्याएर खसिको मासु बेच्नेथलो लाई बस्तुगत यथार्थका आधारमा थाती राखेर संसदीय लडाईं लड्दै हुनुहुन्छ ।

अहिलेको संसदमा लडाईं भनेको यथास्थितिबाद र परिबर्तनका बिचको लडाईं हो । मेरो बुझाइ अनुसार यथास्थितिबादको मुख्य कमाण्डर कङग्रेस हो र परिबर्तनको नेतृत्व गर्ने मुख्य कमाण्डर तपाइहरु हो । एमाले बैचारिक स्पष्टता र राजनीतिक कार्यदिशा बिना आफ्नो स्वार्थ पुरा गर्न पाए कहिले ओल्लो भित्तो त कहिले पल्लो भित्तो पछारिरहन्छ । तैपनी आसा गरौं एमालेले आगामी दिनमा सामन्तबादीहरुको पुच्छर बनेर बामपन्थीको नाममा नाक फुल्याउने लाज मर्दो काम गर्नेछैन ।

तपाई प्रधानमन्त्रीमा निर्बाचित भएलगत्तै नेपाली जनताले असङख्य सपना साचेर बसेका छन् । तपाईलाई पुष्पकमल दाहालबाट प्रचण्डको परिचय दिन जनयुद्धको क्रममा त्यागतपस्या र बलिदानी गरेका अनी आफ्ना आफन्त गुमाएर तपाईलाई नै मुली मान्छे मान्दै आइरहेका १३ हजार शहिदका आफन्तजनले तपाइलाई आसाबादी नजरले हेरिरहेका छन् । जनताका लागी लड्न भनेर युद्धकालमा लडाइंको ब्याटलमा खरो उत्रीएका जनसेना कति अभाब र पिंजडामा बाच्नु परेको छ । प्रचण्ड कमरेड । तपाइलाई जनताले कार्यकारी राष्ट्रपतीको निम्ति अत्यधिक बहुमतले बिजयी बनाएका थिए । राष्टपतिको माला पहिरन नसके पनि तपाई शक्तिसाली ठाउंमा आइपुग्नुभएको छ ।

युद्धकालमा दिर्घकालिन जनयुद्धको नीति तपाइहरुको लागी जसरी अमृत साबित भयो । हुनत तपाइहरुको परिभाषमा दिर्घकालिन जनयुद्धले नयाँ रुप लिएको छ । मलाई लाग्छ निरन्तर क्रान्तिको सिद्धान्तलाई तपाइहरुले भुल्नु भएको छैन । संबिधानसभा निर्बाचन अगाडी तपाइहरुले सार्बजनिक गरेको प्रतिबद्धता पत्रमा कोरिएका सुन्दर नक्साहरु अब निर्माण गर्नेबेला आएको छ । साझा नीति कार्यक्रममा तपाइहरुले प्रस्तुत गरेका राष्ट्रियता र जनजीबिकाका सवालहरु जबरजस्ति पुरा गर्नुपर्छ । त्यसक्रममा हुने सबैखाले षड्यन्त्रबिरुद्ध लड्न नेपाली जनता तयार छन् ।

अब तपाइहरुको काधमा धेरै जिम्मेवारी आएको छ । जिम्मेवारी त संबिधानसभाले नै दिएको थियो तर संबैधानिक प्राबधानको बाहनामा जनताको नेतृत्व गर्न नदिने षड्यन्त्रलाई लात हान्दै दुई तिहाइ भन्दा बढी बहुमत बटुल्न सफल हुनुभएको छ तपाइहरु ।

बधाई छ कमरेड प्रचण्ड । तपाइको राजनीतिक चतुर्‍याई र दुरगामी सोंचकॊ सम्मान गर्न आतुर छन् सबै जनता । भबिष्यमा देखिन सक्ने बाधा र अड्चनलाई पनि दृष्टिगत गर्दै जानुपर्छ तपाईले ।

तितो यथार्थको सामना गर्न तयार भएकोमा मैले तपाइलाई बधाई दिएको हुँ । अन्तमा कमरेड प्रचण्डलाई मेरो र सारा जनताको तर्फबाट बधाई छ । बधाई संगसंगै खबरदारी पनी । प्रचण्ड साच्चीकै रोल्पा रुकुमको बरदान साबित हुनुपर्छ । अब धेरै समय अगाडीको प्रतिबद्धता पुरा गर्नुपर्छ प्रचण्डले । त्यो हो रोल्पालाई गणतान्त्रीक नेपालको राजधानी बनाउने प्रतिबद्धता । रोल्पा समग्र नेपालकै राजधानी नभएपनी संघीय गणराज्यको राजधानी हुनुपर्छ । संघीय गणतान्त्रीक नयाँ नेपालमा राजधानी केन्द्रित राज्य मध्य तथा सुदुरपश्चिमका बिकट पहाडी जिल्लाहरुमा पुग्नुपर्छ । शिक्षा स्वास्थ्य र रोजगारीको स्वाद जुम्ला कालिकोट जाजरकोट सल्यान बाजुरा दार्चुला र बैतडीहरुले चाख्नुपर्छ । सुधार्नु छ प्रचण्ड तपाईले अब प्रशासन न्यायपालिका र सबै निकायलाई । जहा भ्रटाचारले लपक्कै पोतेको छ । ठगी खाने बसिखाने लुटीखाने सिमा मिचिने सबै प्रबृतिलाई लात हान्नुपर्छ अब ।

सरकार भएर पनी बाबु मरेको छोराछोरी जस्तो बस्नु नपरोस नेपालीहरुलाई । रोग भोक गरिबी अशिक्षा बेरोजगारी सबै बाईबाई । तपाइको परिभाषाको समुन्नत नेपाल चाहियो नेपालीलाई ।

उहाँले साढे दुई करोड नेपालीलाई दिनु भएको बाँचाहरु सबै केबल भाषणमा सिमित रहन गयो, यो हामीले पहिलो नयाँ नेपालको सपनाको जाल बुन्ने पहिलो सुरुवात यसरि थाल्नु भयो। जसरि उहाँले आफना नयाँ र नौलो सोच लिएर त्यो लोकतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री हुनु भयो त्यसैको बिपरितमा लाग्नु भयो ।उहाँले प्रधानमन्त्रीको पद जित्नु भए पछि साढे दुई करोड नेपालीलाई मन परेको नेपाली दौरा सुरुवाल ढाकाको टोपिलाई चटक्क छाड्नु भयो र बेलायति पहिरनमा सजिएर नौलो नेपालको नयाँ सृजना गर्नलाई प्रधानमन्त्रीको सपथ खाएर देश र जनताको गुलाम भएर काम गर्ने बाचा लिएर बालुवाटारमा छिर्नु भयो । त्यहाँको अवलोकन गर्नु भयो ।त्यो अवलोकनले उहाँको पहिलो परिवर्तनको सुरुवात गर्ने जोस जाग्यो त्यो थियो आफनो पलङ्ग जब उहाँ बालुवाटार छिर्नु भयो उहाँको नजर बिलासिता अहेस आरामको नौलो सृजना गर्ने अनुभुति जाग्न थाल्यो र आजसम्म नेपालमा कुनै पनि ओहोदाको व्यक्तिले चयन नगरेको र नेपालमा समेत बन्न नसक्ने पलङ्गको सोच गर्नु भयो र छिमेकि देश चिनबाट झिकाउनु भयो ।त्यसको मुल्य थियो नेपाली सवाँ लाख यो रकम थियो साधारण नेपाली जनताको तिन परिवारले बर्षभरि आफनो जिविकोपार्जनमा उपभोग गर्न पुग्ने रकम थियो एउटा व्यक्तिकॊ रातमा ६ घण्टा बिस्राम गर्ने पलङ्ग । अर्को कुरा उहाँ सधै भरि भन्ने गर्नु हुन्छ म नरहे देश रहन्न भनेर आफुलाई निडर र शहासि ठान्नु हुने व्यक्तिले यस्तो शब्द निकाल्दा ति नेपाली जनताले के सोचे होलान् । राजनितीमा उथल पुथल भन्ने कुरा जति बेला पनि हुन सक्छ तर त्यो उथल पुथललाई साम्य पार्ने खुबि हुनु पर्छ जब कि त्यो कुसर्िको हकदार हुन पुगे पछि जिम्मेवारि पनि लिने काथरता पनि देखाउने यो लाचारि प्रबृद्धि त्यो कुसर्िमा बस्ने व्याक्तिलाई सोभायमान हुदैन ।

नेपाली जनताले धेरै त्यस्ता कुराहरु सहदै आएका छन् ।सबै कुराको नून चाखि सकेका छन् ।लाचारि अन्यायदमन अत्याचार भ्रष्टचारनाताबाद कृर्पाबाद यी सबै कुराको अनुभव लिई सकेका छन् । नेपाली जनताले फेरि पनि यो दसा भोग्नु पर् यो भने कसैलाई पनि माफ गर्ने छैन । खबरदारिको औला उठाउन सबैले जानि सकेका छन् । पुष्पकमल लाई प्रचण्ड कसले बनायो र कसरि बन्यो भन्ने कुराको पृष्ठभुमि त उहाँलाई बताई रहन पर्ने कुरा होईन ।उहाँ केवल माओवादि पार्टिको मात्र प्रधानमन्त्री होईन नेपालको साझा प्रधानमन्त्री हुनु हुन्छ ।उहाँको साझा दस्तावेज हुनु पर्छ ।अब यति बेला उहाँको मन्त्रिमण्डलको परिक्षण काल पनि सकि सकेको छ ।अब उहाँले नेपाली जनताले चाहेको र आफुले कुन उदेश्य लिएर त्यो पदको लागि लडाई गर्नु भएको थियो त्यो कुराको बाचालाई पुरा गर्ने समय आएको छ । अब हामीले आशाको किरणलाई अवलोकन गर्ने मौका आएको छ । ति १३००० हजार शहिदका आफन्तले हेर्ने दिन आएको छ शहिदको सपना सकार पार्ने हो कि निराकर पार्ने हो । हाम्रो प्रतिक्षाको घडि आई पुगेको छ ।
समाप्त ॥ ॥ ॥



नबदलिएका माओबादी र हत्याको निरन्तरता

पहिला अपहरण, अनी अपहरणको ईन्कारी, त्यसपछि हत्या, हत्या पछि हत्याको पनि ईन्कारी । अनि पछि कतै जन दबाब र राजनैतीक सरगर्मी ज्यादै बढेमा कुनै यौटा मोहरा खोजेर अपहरण र हत्या दुबैको होलसेलमा ईल्जाम बोकाउने। अहिले सम्म कुनै पनि हत्या वा अपराध लुकाउन माओबादि नेतृत्वबाट हुने गरेका नाटक यहि नै हो ।

देशको स्थितिले पल्टा खायो, नीयम कानून फेरीए, नेतृत्वको पासा-पलट पनि भयो तर माओबादिको हत्या, हींसाको सिलसिला र माओबादिको नेतृत्वको सफेद झूठ बोल्ने परिपाटि जस्ताको त्यस्तै रह्‍यो ।

प्रसंग काठमाडौं स्युचाटारका २२ वषीय पुष्कर डंगोल र २४ वषीय निर्मल पन्तको अपहरण र त्यसपछि भएको अमानविय हत्याको।

राजनैतीक परिवर्तनकै लागी पनि मानव हत्या हुनुहुदैंन र मानवको अत्यन्त नैसर्गीक जिउन पाउने अधिकारको हनन कुनै पनि समुह वा व्यक्तिबाट कुनै पनि हालतमा हुनु हुदैंन भन्ने मेरो बिचार छ । तर सायद माओबादीको नैतिकतामा राजनीतिमा जे पनि जायज ठहर्छ वा मानव हत्या गर्नु उनिहरुकोलागी कुनै ठुलो कुरा होईन, त्यसैले त जनताले जे जत्ती जिम्मेवारि र विश्‍वास प्रकट गरेपनि माओबादिले राजनीतिको नाममा तिनै जनताको हत्या गर्न छाडेनन् ।

अनि हत्या पछि नेतृत्वतहबाट हुने लाचार ढाकछोप झनै शर्मनाक छ । पत्रकार बिरेन्द्र साह देखि लिएर ज्ञात अज्ञात सबैको हत्या पछि हत्यारा कार्यकर्तालाई बचाउन भरमग्दूर प्रयत्न गर्ने माओबादी नेतृत्वको यो स्वभाव हेर्दा नचाहेपनि जनतालाई यो विश्‍वास गर्न कर लाग्छ कि यी सबै हत्या, हिंसा नेतृत्व तहकै ईशारा वा समहतिमा हुने गर्छन ।

अनी कहिलेकाहि हत्यारा वा अपराधिलाई 'आन्तरीक कारबाहि' गरीने वा गरेको समाचार आएपछि झन कानूनि राज्यकै उपहास हुने गर्छ । लाग्छ माओबादीको शब्दकोषमा 'कानूनि राज्य', 'सत्य', 'अहिंसा' वा 'मानव अधिकार' जस्ता कुनै शब्द छँदै छैनन् ।

दिन दहाडै देशमा फेरी दुईजना युबाको पासविक र अमानविय हत्या भएको छ –-- त्यो पनि केवल राजनैतीक दुश्मनीको लागी ।

हुन त देशमा यस्को बृहत बिरोध जारि छ, तर माओबादी भने अझै पनि 'वाक युद्ध' बाट हत्याको जिम्मेबारि पन्छाई पानी भित्र ओभानो हुने कोशिसमा लागी परेकाछन।

कुनै समयमा देसमा ४-५ पटक प्रधानमन्त्री भएर देशको हालत यो स्थितिसम्म ल्याउन प्रमुख भूमिका खेल्ने आर्का नेताले वाई. सि. एल. को माने 'योङ्ग कम्यूनिष्ट लिग' भनेर व्याख्या गरेका थिए । छाडा, अनियन्त्रीत र अमानविय कार्यमालत रहने र हालसम्म नसुध्रिएको यिनको छविलाई देख्दा लाग्छ वाई. सि. एल. को माने 'योङ्ग कम्यूनिष्ट लिग' नै सबैभन्दा सहि छ ।

मानव हत्या गर्नु संसारकै सबैभन्दा जघन्य अपराध हो र यस्तो पाशविक कार्यको बिरोध गर्नु सबै मानवता वादीको कर्तव्य पनि हो। त्यसैले यो जघन्य अपराधको बिरोध गर्दै दोषिमाथि तुरुन्तै कारबाहिको माग गरौं ।

राजनीतिको नाममा व्यक्तिहत्या गर्ने अधिकार कसैलाई छैन !