June 10, 2010

अमिताभ बच्चन को नसा मा नेपाली खुन

इतिहास प्रमाणित गर्दछ- महात्मा गौतमबुद्धको जन्म बर्तमान नेपालको लुम्बिनी प्रदेशमा भएको हो । तर, एउटा मित्रराष्ट्रले आफ्नो देशभित्र नक्कली बुद्ध खडा गरेर बडा अचम्मको बखेडा झिकि रहेको छ। बेलैमा यसको खण्डन नगरे काठमाण्डौ पनि लण्डनमा पर्न बेर छैन । अरनिकोको जन्मघर पेकिङ्मा र्सन सक्दछ, जनकपुरकी सीताको माइती, ‘जमशेदपुर’ भएको हल्ला गर्न सक्दछ । अहिले हल्लाहरु सत्य र सत्य- असत्यमा बिलाउने युग हो । तर, युग परिवर्तन गर्ने रिमोर्ट हाम्रो हातमा छ । आउनोस्,यस्ता हल्लाहरुको युगबाट सत्ययुगतिर प्रतिगमन गरौं, इतिहासको पुन:उत्थान गरौं ।
बुद्धको जन्मस्थलो बारेमा केही भारतीय छापाले गरेको हल्ला जति भ्रमपुर्ण छ, मैले उद्घाटन गर्न खोजेको रहस्य त्यति नै यथार्थपुर्व छ । हामीले कहिल्यै सोचेनौं, यो सानो हिमाली राज्यका सन्तानहरु इतिहासको कालखण्डमा संसारका कुन कुन कुनासम्म पुगेर बसोबास गरिरहेका होलान् !! पत्याउनोस्, नपत्याउनोस्-भारत,बर्मा, मलेसियामात्र हैन- उत्तरी एसिया , दक्षिण अमेरिका, अफ्रिका र मध्येपुर्वका थुपै देशहरुमा दुइ शताब्दी अगाडीदेखि नै गोर्खालीहरु स्थायी बसोबास गरिरहेको प्रमाण फेला परेको छ । बसोबासमात्रै हैन, उनिहरु जहां जहां बसेकाछन् त्यहां त्यहां हल्लनै नपर्ने गरी जरा समेत गाडेर बसेका छन् ।