May 11, 2009

ब्लग गफ गाफ ब्लगर दिलिप आचार्य संग


ब्लगर दिलिप आचार्य आफ्नो ब्लगलाइ साझा चौतारी मान्नुहुन्छ। उहां करिब २ बर्षबाट ब्लगिगं गर्दै आउनु भएको छ। प्रस्तुत गर्दैछु उहां संगको ब्लग गफ गाफ यस पटकको ब्लग भित्र ब्लगको स्तम्भमा।

१) http://dacharya.blogspot.com कसरी साझा चौतारी बनाउदै हुनुहुन्छ?

ब्लग लेख्‍न थालेको करिव २ बर्ष हुन लाग्यो र यो मेरो बिचार र अभिव्यक्ति बिसाउने चौतारी हो। कुनै पनि बिचारमा राखेपछि त्यसमा समहमती वा असहमती त भै हाल्छन । त्यसपछि सो बिचारमा अरु सहयात्री ब्लगर र पाठक साथिहरु संग मिलेर विचार आदान-प्रदान गरीन्छ । बिचार आदान-प्रदान भए पछि मेरो ब्लग व्यक्तिगत बिचार संप्रेषण गर्ने थलो मात्रै रहंदैन र साझा चौतारी बन्छ ।

२) तपाइको ब्लग बास्तुको साधनमा के के मिल्यो बताइदिनुहुन्छ?

हुन त, फाट्ट फुट्ट लेख्‍ने बानी पहिलै देखि नै थियो तर ब्लग संचालन पश्‍चात बिचार मंथन गर्ने र आफ्नो बिचार प्रति आएका नकारातम्क धारणलाई पनि ‘सकारात्मक’ अर्थमा लिन सकिने सोचको बिकास भएको छ । कुनै पनि घटना वा स्थितिलाई एक-दुई कोणबाट मात्रै नहेरी लंगुर-बुर्जाको गोट्टी जस्तै, छ नै वटा कोण वा सतहबाट हेर्न ब्लग भन्दा अर्को उत्तम माध्यम नै छैन जस्तो लाग्छ मलाई ।

३) तपाइको ब्लग स्पष्ट रुपमा भन्नुपर्दा के मा केन्द्रित छ ?

कुनै एक बिषयलाई मात्रै केन्द्रीत गरेर लेख्दा, लेख्‍न पनि सजिलो हुँदैन र पढ्नेलाई पनि एक तमासको लाग्न सक्छ । यस अर्थमा मेरो ब्लगलाई सकेसम्म विविधता दिने कोशिष गर्छु म । संख्याकै हिसाबले हेर्दा सायद लघुकथा बढी होलान तर कम्प्युटर र ब्लगिङ टिप्स देखी आफूले जानेको अन्य कुरा सेयर गर्ने र देशको समसामयीक घटनाका बारेमा पनि लेख्‍ने गर्छु । त्यसैले ब्लगको सब टाईटल वा Description मा मैले ‘Anything..., Everything...’ पनि लेखेको छु ।

४) ब्लगमा काम गर्दा जिबनमा के फरक भेट्टाउनु भयो ?

नढाँटीकन र ईमान्दार भएर भन्नु पर्दा ब्लगीङ शुरु गरेपछि धेरै कुराहरु सिक्ने र जान्ने मौका पाएको छु । आफ्नो बिचारमा विमति आएपछि त्यसलाई स्विकार्ने र मुख्‍य कुरा भनेको अरुको बिचारको सम्मान गर्ने सोचको बिकास भएको छ। कोहि पनि मानिस आफैंमा पूर्ण हुँदैन तर हरेक मानिसमा आ‍-आफ्नै बिशेषता हुन्छन । यस हिसाबमा धेरै सहयात्री साथीहरुबाट विविध क्षेत्रसंग सम्बन्धित निकै कुरा सिक्न पाएको छु ।

५) तपाइका छिमेकी ब्लगका रमाइला नरमाइला कुरा के के छन ?

मैले माथि भने जस्तै मेरो छिमेकी ब्लगमा सबैको आ-आफ्नै सोच, बिचार र आफ्नोपन छन। सबैमा मेरो सहमती नहुन सक्छ तर मेरो बिचारसंग सहमत नहुँदैमा त्यसलाई नरामाईलो रुपमा म लिन्न। समष्टीमा सबै नै रमाईला छन (नरमाईला केहि छैनन्) ।

६) तपाइको ब्लग मध्य सबैभन्दा मन पराइएको कुन हो?

यो कुरामा मैले पनि कहिल्यै ध्यान दिएको थीईन, तपाईको प्रश्‍न आएपछि एकचोटी Google Analytics हेरें । कमेण्ट बढि आएको हिसाबमा हेर्दा त अरुनै पोष्ट आउँछन तर बढि ‘क्लिक’ गरीएको तीनवटा पोष्ट चाहिँ केहि उटपट्याङ मुक्तकहरु, ब्लगोमेनीया-कारण, लक्षण र निदानHarmless Hacks. रहेछन ।

७) तपाइको ब्लगमा लघुकथा निकै रहेछन, एउटा २ मिनेटको लघुकथा सुनाउनुहोस न त हामीलाइ?

लघुकथा मलाई मनपर्ने बिधा हो, सायद अरु भन्दा संख्यात्मक हिसाबले लघुकथा नै बढि होलान मेरो ब्लगमा। यहाँ कथा राख्दा कुराकानी लामो हुन्छ, त्यसैले आधा मिनेटको लघुकथा चाहि यो राखौं है त:

“यौटा भेडा पानीमा हामफाल्दा सय वटा भेडा पछि पछि हामफाल्ने कथा बिद्यार्थीलाई पढाएर शिक्षक कक्षाकोठा बाट बाहिर निस्केका मात्रै थिए । बाहिर बाटोमा ५-७ जना अगुवाको पछाडी हजारौंका संख्यामा झण्डा बोकेका मानिसहरु यन्त्रबत् 'जिन्दाबाद!' र "मुर्दाबाद" को नारा लगाएर हिडदै गरेको देखीयो ।”

८) ब्लग लेखन र प्रतिक्रिया लेखनमा कत्तिको सहमती असमती ब्यहोर्नु गर्नुभएको छ?

सहमती र असहमती त आउँछन नै, तर सायद एकदमै बिबादित बिषयमा त्यत्ती धेरै नलेखेकोले होला खासै ‘कडा’ असहमतीहरु भने धेरै आउँदैनन् भन्दा पनि हुन्छ ।

९) तपाइको ब्लगमा अरुको ब्लगमा भन्दा नितान्त फरक पाइने कुरा के होला ?

खासै त्यस्तो अहम भिन्नता त छैन होला, तर सकेसम्म विविधता दिने प्रयास भने जारी छ। (तपाहरुले केहि देख्‍नु भएको छ की :))

१०) 浅谈汉语里的梵语词语 पढ्न त यस्तो गार्हो लेख्न कती गार्हो भयो? बुझ्न त झनै गार्हो भयो कसो गर्ने होला?

हा हा हा, म चिनियाँ भाषा-संस्कृतिको बिद्यार्थी रहेको र एउटा सानो अध्ययनको क्रममा संसारको सबैभन्दा गाह्रो भनेर मानीएको भाषाभित्र पनि धेरैको संख्यामा संस्कृत शब्द भेटेपछि कसैको आग्रहमा मैले त्यो लेख तयार गरेको थीएँ । पछि त्यसको नेपालीकरण पनि मेरै ब्लगमा चिनियाँ भाषा भित्रका संस्कृत शव्द को नाममा राखेको छु । के गर्ने आजकल त जनवादी शिक्षाको नारा छ, र बुझ्दै नबुझी संस्कृत भाषालाई मृत भाषा भन्छन् ।

११) ब्लगिगं ट्याम्पेलेटमा निकै दक्षता हासिल गर्नुभएछ दौतरीको झ्याल ढोकाको लिपपोतमा के गर्दा राम्रो होला?

यो क्षेत्रमा म पनि सिक्ने क्रममा नै छु । हुन त, सबैको आ-आफ्नै पहिचान हुन्छ तैपनि म भने उपलब्ध स्रोत, साधनको (समस्या उत्पन्न नहुने हदसम्ममा) अधिकतम उपयोग लिने कुरामा विश्‍वास गर्छु । दौंतरीको कुरा गर्दा, पेज खोल्ने बित्तिक्कै अधिकतम जानकारी मिल्ने हिसाबले जान ३ कोलममा जाँदा यसका ‘कम्पाउण्डमा रहेका खाली जग्गा’ त्यत्तीकै खेर जाँदैनन् जस्तो लाग्छ । साथै पाठकहरुसंगको अन्तरक्रिया अझ सशक्त गर्न सिधा संबादका केहि अनुप्रयोगहरु पनि राख्दा राम्रै होला ।

१२) अहिलेको नेपाल भोलि कता पुग्ला?

सोधि हाल्नु भयो, मनकै कुरा गर्ने हो भने, अहिलेको नेपाल भोली कता पुग्ला भन्दा पनि यीनै नेताहरुको नेतृत्व र यहि भाँडभैलोको स्थिति रह्‍यो भने भोली नेपाल पनि हुन्छ कि हुँदैन भन्ने चिन्ता लाग्न थालेको छ ।

१३) अहिलेका प्रचण्ड तपाइका कुन कथाका पात्रसंग मिल्दा जुल्दा छन?

व्यक्तिलाई बिषय बनाएर लेख्दीन, तर प्रचण्ड मात्रै हैन नेपालका हुत्तिहारा, भातमारा र नालयक नेताहरुको झलक मेरो धेरै कथामा भेटिन सक्छन।

१४) तपाइले दौंतरीलाइ के सुझाब दिनुहुन्छ?

दौंतरी धेरै अघि देखी पछ्‍याउँदै आएको छु । सायद नेपाली भाषामा यसरी धेरैजना मिलेर लेखीने ‘टिम ब्लग’मा यो नै एउटा गतीलो र स्वतन्त्र ब्लगको रुपमा उदियमान र उदाहरण भएको जस्तो लाग्छ । सुझाव भन्दा पनि निरन्तरता र उत्तरोत्तर प्रगतीकोलागी शुभकामना दिन चाहन्छु।

१५) तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?

नेपाली ब्लगहरु अझै पनि स्वतन्त्रताको उपभोग मात्रै गर्ने तर जिम्मेबारी चाहि नलिने हिसाबमा चलेका देखीन्छन् । यसलाई बाहिरबाट आएर कसैले सुधार्ने हैन, त्यसैले यसलाई हामीले नै व्यबस्थित गर्नुपर्छ। यस मानेमा दौंतरीका लेखहरु सन्तुलीत लाग्छन आशा गरौं सबैले यसको अनुशरण गर्नेछन ।

ब्लगहरु सशक्त भएमा यसले मूलधारका पत्र-पत्रिकालाई पनि प्रतिस्पर्धि र जिम्मेबार बनाउन मद्दत गर्छ, त्यसैले बढि भन्दा बढि ब्लगहरु सञ्चालनमा आउनु पर्छ र ब्लगरहरु बिच पनि बैचारीक आदान-प्रदान र भिन्न मतका बीचमा पनि सामुहिक एकता हुनु पर्छ जस्तो लाग्छ। मलाई आफ्नो कुरा राख्‍ने र मौका दिनु भएकोमा धन्यवाद्।



गाउँखाने कथा - १३ (Nepali Gau Khane Katha)

अपडेट: यस पटक दिलीप जी ले सुरुमै उत्तर मिलाउनु भएको छ। यस्सो सही उत्तर हो तमाखु खाएको हो। उत्तर मिलाउने दिलीप जी लाइ धेरै धेरै बधाइ, सहभागीलाइ धेरै धेरै धन्यबाद। दिलीप जि मन पर्ने गाउं माग्नुहोला।
----------------------------
पेट मेरो गडबड रोगी नभने,
निधारमा बिगुत जोगी नभने।
न रोगी र न जोगी हुने को होला,उत्तर पत्ता लागानुहोस। उत्तर थाहा पाउनको लागी दौतरी चियाउदै गर्नुहोला।


बिदेशी सामु नझुक्ने कामरेडको भारतसंगको यो याचना

प्रस्तुत अन्तर्वाताको कथात्मक रिपोर्टिङ आजको द हिन्दुको वेब संसकरणमा छापिएको छ । द हिन्दू स्वयं कम्युनिष्ट समर्थक छापा भएकाले यहाँ माओवादी प्रतिको हमदर्दी पनि देख्न पाइन्छ । तर बिदेशी सामु घुँडा नटेक्ने बताउने कामरेड प्रचण्डको बहादुरीको किस्सा र भारतले चुनाबका कारण एउटा विशेष दूत नपठाएर आँफूलाई ऐन मौकामा सहयोग नगरिदिएको रोदन रोएर यहाँ पनि राष्ट्रवाद नराम्ररी रोएको हो कि भन्ने देख्न सकिन्छ ।

Prachanda
Kathmandu: As the Maoist-led government in Nepal moved towards dismissing Army chief Rookmangad Katawal in the beginning of May, Prime Minister Prachanda sent an urgent message to India seeking the presence here of a high-level envoy to help forge an eleventh hour political consensus affirming civilian supremacy over the military.( कमरेड प्रचण्डले विशेष दूत चाहियो भनेर भारतलाई गुहार्नु भएछ )।

Revealing this in an interview to The Hindu at his official Baluwatar residence on Sunday, Mr. Prachanda said he asked Ambassador Rakesh Sood to request New Delhi to send Foreign Secretary Shiv Shankar Menon or some other senior official for talks on the increasingly tense standoff over the Army chief. With quiet encouragement from India, parties like the United Marxist-Leninist were changing their stand and siding with the general. “We knew some confusion is there between the Maoist-led government and India on this question,” said the Prime Minister.

“I wanted to settle this issue through interaction and discussion with high-level officials from Delhi. But unfortunately, the ambassador informed me that this cannot happen now because the election campaign is going on, that nobody is there, that it is very difficult.”

Mr. Prachanda also said he believed the long election season in India meant the country’s security and bureaucratic establishment were now calling the shots on Nepal policy and that a “mechanical and subjective analysis” of the situation “especially on the question of Nepal’s so-called tilt to China” had coloured South Block’s perception of the civil-military issue.

The Nepalese Prime Minister acknowledged that several Chinese officials had visited Nepal in recent months but said “not a single delegation” had come on his invitation. “The initiative for these visits came solely from the Chinese side,” mainly because of the Tibet crisis.

He said his government had no intention of concluding a new friendship treaty with China without discussions among all Nepali political parties as well as with New Delhi.( चीनसंग नया सन्धी गर्ने पटक्कै नियत थिएन नि हाम्रो !)

Giving a glimpse of the strategy the Maoists will adopt in the face of the attempts by other parties to form a new government, Mr. Prachanda said his party would sit in opposition if President Ram Baran Yadav’s “extraconstitutional instruction” reinstating Gen. Katawal was not withdrawn.

साभार आजको 'द हिन्दू'
http://www.hindu.com/2009/05/11/stories/2009051157230100.htm

हेर्नूस न कटवाल काण्डमा स्वदेश भित्रका राजनैतिक दलहरूसंग मिलेर सहकार्य गरी एउटा बिन्दु पहिलाउन नसकिएकोमा पछुताउ गर्न छाडेर, हाम्रा कामरेड भन्दै हुनुहुन्छ भारतले हाम्रा कुरा सुन्दिएन र एउटा जाबो दुत नपठाएर हामीलाई धोका दियो । यही हो बिदेशी सामू नझुकेको पराक्रम ?

हे भगवान, नेपाल र नेपालीको रक्षा गर !