April 12, 2011

नयाँ बर्ष

नयाँ बर्ष तिमी खुशीको अंकुर लिएर आउ
बेसुरमा छ रे देश एक शुर लिएर आउ

कतै छिटा रगतका, गन्ध कतै बारुदका
चाहिएन सुनको लंका कान्तिपुर लिएर आउ

पाइला पाइला हाबी भो, कपट निती यहाँ
सकुनीको बिगबिगी भो बिदुर लिएर आउ

घडा त्यो पापको भरिदा नि चुप भो जग
सेक्नु पर्‍यो पुर्पुरो पापीका उजुर लिएर आउ