November 18, 2013

के संबिधान बन्ला त?

मल,जल,बल लगाएर बनाएको पहिलो संबिधान सभा तुहिए पछि नया युग रच्न नेपालमा आज पून संबिधान सभाको चुनाब हुंदै छ। ताम झामका साथ हुन लागेको चुनाबले कता लाने हो त्यो त न चुनाबमा उठ्नेलाइ थाहा छ न त चुनाबमा भोट हाल्नेलाई पत्तो छ। जनताको भोट जता पर्छ त्यसैको बिजय हुन्छ। तर जनता यती कमजोर छन कि उनीहरुले भोट हाले पनि नहाले पनि एउटाले जितीहाल्छ। यसरी देशको भबिष्य कुनै ब्यक्ती या जत्तथाको हत्केलामा अडिएको हुन्छ। यी जत्था यती सम्म खस्केका छन की देश बर्बाद भयो, देश सकिन लाग्यो, जनतालाइ हित हुने संबिधान बनाउनू पर्छ भनेर जनतालाई तर्साउंदै संबिधान सभाको चुनाब रचेर सत्ता समाल्न आतुर छन। यो त स्यालले चिल आयो चिल आयो भनेर गांउलेलाई आकाशतीर हेर्न लगाएर कुखुरा चोर्ने दाउ रचे जस्तै भयो।

 खुशीको कुरा यो हो कि पहिलो चुनाब बेकम्मा ठहरिए पछी पून चुनाब गराएर संबिधान बनाउनु पर्छ भनेर प्राय सबैजनाको सहमती भएका छन। तर के दोस्रो चुनाबबाट संबिधान बन्ने ग्यारेन्टी छ त?

जनताको म्यानडेट पाएर गए पछी त जनताको अभीबारा पूरा गर्नुपर्ने हो। अजब गजब कूरा गर्दे संबिधान बन्यो बन्यो भन्दै बर्षौं बिताएर पहिलो पटक संबिधान बन्दैबनेन। फेरी पनि तिनै पार्टी र तिनै ब्यक्तीहरु संबिधान बनाउने भनेर अगाडी लागेका छन।  यसपटक भने संबिधान बनाउने ग्यारेन्टी गरेका छन। If it does not work that way, do it differently. भनिन्छ कुनै तरिकाबाट काम बनेन भने नया तरीकाबाट काम गर्नुपर्छ। पूरानै पार्टी, पूरानै कुरा, पूरानै म्यान्डेट। त्यो पूरानै ढर्रा बेकम्मा ठहरिएको अबस्थामा अब कसरी पूरानै तरिकाबाट संबिधान बन्ला? यदी यो चुनाबले संबिधान बन्यो भने त्यो संसारको आठौं आश्चर्यमा राखे हुन्छ।


November 9, 2013

सुस्त दौंतरी

दौंतरी चियाउने पाठकहरुले पक्कै पनि ख्याल गर्नुभएको होला, दौंतरी आजकाल सुनसान भएको छ। एकै दिनमा ३-४ वटा लेख आउने यो ब्लगमा ३-४ महिनामा एउटा लेख देखिन हम्मे हम्मे पर्छ। मैले केहिले कांही दौंतरीका समकालीन ब्लग पनि चियाउने गर्छु। थुप्रै ब्लग दौंतरीकै अबस्थामा छन। केही रेगुलर अपडेट हुने गर्छन। फेसबुक र टुइटर जस्ता माइक्रो ब्लगले पूराना खाले ब्लगलाई कस्तो असर पार्यो त्यो त थाहा छैन तर थुप्रै पाठकहरु हिजो आज फेसबुकमै रमाइरहेको देखिन्छन। हुन त ट्याब्लेट र स्मार्ट फोनले ठुला कम्पियुटरको प्रयोग स्वात्तै घटेको छ। रेगुलेर ब्लगमा पनि फेसबुकको असर त्यस्तै हुनसक्छ।

कहिले कांही एक्लै सोच्ने गर्छु ब्लग के का लागी? किन ब्लग खोलिएको हो त ? यस्तो कुरा पटक पटक सोचिरहंदा दौंतरीको पहिलो ब्लग हेर्ने पुग्छु। समय अनुसार दौंतरी परीबर्तन हुनेछ भनेर पहिले ब्लगमा लेखेको रहेछु। आधी दशक पछाडी फर्केर हेर्दा दौंतरीको उतार चढाब त्यही बेलानै महशुस भएको रहेछ। मुख्य कुरा के भनेको थिए भने "हामीले सिधा तथा स्पस्ट बिचार तथा अन्य प्रस्तुती आफ्नो मिलेको समयमा सबै सामु बाड्दै जानुपर्दछ ।" दौंतरींमा सिधा तथा स्पष्ट बिचार राख्दै जानु पर्छ तर समय अनकुल मिलेकोमा। मलाई के लाग्छ भने दौंतरीका धेरै लेखकहरुको समय अनकुलले गर्दा दौंतरीमा लेख्न पाउनु भएको छैन। समय अनकुलको पिडितमा म पनि पर्छु। हुन त समय कसरी काट्ने त्यो हरेक ब्यक्तीमा भरपर्छ। दौंतरीलाई समय मिलाउन खोजेको भए सायद मिल्थ्यो होला। तर अन्य काममा समय बिताउनु पर्ने कारणले दौंतरीमा समय बिताउन कठिन भयो। सायद धेरै लेखकहरुलाई त्यही समस्या परेको होला।

यी त भए मेरा दौंतरी प्रती गनथन। सायद धेरै लेखक पाठकका पनि त्यस्तै गन्थन होलान। यदी त्यस्ता गनथन छन भने दौंतरीमा पक्कै बाड्न नभुल्नुहोला। बेला बेलामा दौंतरीका लेख तथा पाठकहरु संग अनलाईन भेट भइरहन्छ। उहांहरुले सोधी राख्नुहुन्छ, दौंतरीको हालखबर के छ। अब भने दौंतरी सुनसान छ भनेर पक्कै पनि भन्ने छैन। समय मिलाएर दौंतरीमा लेखी रहने छु। दौंतरी ६ बर्ष पूरा भएर ७ बर्ष लागेकोमा सबै लेखक तथा पाठक प्रती शुभकामना टक्राउन चाहान्छु।