Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

February 21, 2014

निर्मोही

यौ आँफैले निर्मोही बनेर !
सक्दिन उभिन अब चट्टान बनेर !!

बदनाम भएँ म जिउंदै मरें ,
अरु के दियौ र प्रेमिका बनेर !

चर्किन्छ मुटु तिम्रो सम्झनाले ,
अनि बहन्छ आँशु बाढी बनेर !!

छुटें तिमि बाट म तिम्रै मायाले ,
वतासले उडाको कसिंगर बनेर !

यायावर आत्म बोकेको मान्छे ,
कहाँ बाँच्न सक्छु म भीष्म बनेर !!

- प्रयास
  जर्मनी


February 13, 2014

मन मुटुमा छ्यौ तिमी



मन मुटुमा छ्यौ तिमी, गुलाफमा किन साटनु?
अन्तर भाब बुझे पछि, भाषण चै किन छाटनु?

देखाएर वा लेखाएर, बिज्ञापनमा टांग्न पर्दैन
मनमै भए'छि माया, शब्द भित्र किन बाटनु ?

आस्था श्रदा विश्वाश ,जब सम्म दिगो हुन्छ
बिथ्यामा उपहार, संगै केक किन काटनु ?

बिना धडकन मुटु , तिमी बिना तेस्तै म
जेछु म यस्तै त छु ,तिमिलाई किन ढाटनु ?

जुन तारा होइन ,दुख्दा तिमी साथ हुन्छु
मायामा गर्न नसक्ने, कुरालाई किन आटनु ?  
 


छिमेकमा अझै काला अंग्रेजको राज बाँकी छ

मनु ब्राजाकी


छिमेकमा अझै काला अंग्रेजको राज बाँकी छ ।
नेपालअको बाघ मर्ने अझै रिवाज बाँकी छ ।

बेचीसक्या रै'छ अब खोज्नु कहाँ आफ्नो सिमाना ?
औंठाछाप,पन्जाछाप राखेको दराज बाँकी छ ।

झूठो इतिहासजस्तै साहित्यका पाना पनि छन,
चिन्तन गर्न हामी सँग कुहिएको प्याज बाँकी छ ।

लोकतन्त्र भन्दा पनि भोकतन्त्र आज फस्टायो ,
लाम लागि जुठोपुरा खान यै कबाज बाँकी छ ।

नयाँ बन्ने छाँट छैन ,पुराना छन नयाँ रंगमा,
छोरा ,गुण्डा ,देशद्रोहीहरुकै समाज बाँकी छ ।

नेपाली हुँँ भन्ने गर्ब कतै पनि आज रहेन,      
आँखा चिम्ली बसेका छौं , यत्ती हाम्रो लाज बाँकी छ ।