- मधु माधुर्य, दोलखा
(हाल: मस्को, रसिया)
बगरमा भेटिएको बान्किलो लाम्चो ढुङ्गो -
येतिखेर दोबाटोको चौतारीमा विराजमान छ
बटुवाहरु आउँछन् चढाउँछन्
फूल, स्याउला, चन्दन र फलफूल
हुने खानेले चढाउँछन्
बोका, भाले र भेंडाहरू !
मेरो एउटा सपनीमा
बनदेवी रिसाउनु भयो -
अनिस्ठ पठाउँछु भन्नु भयो
कसले कुरा लाएछ कुन्नि !
मसंग सारै असन्तुष्ट छु भन्नु भयो
जताततै चाकडी मात्र चाहिने
चाकडीको अभावमा -
भगवान भगवान असन्तुष्ट
मान्छे मान्छे असन्तुष्ट
अर्थात्
आफ्नै आविस्कारहरु असन्तुष्ट
चाकडीको बस्तीमा-
सल्बलाए धेरै अनुहारहरु
उचाईमाथिको उचाई नपुगेर हो कि !
मानौ सबै केहि कुरेर बसिरहेका छन्
कार्यक्रम भगवानबाटै शुरु गरें :
झिसमिसे मै चौतारीको ढुङ्गोलाइ
पुरानै बगरमा फर्काइ दिएँ -
एउटा स्वप्न - आतंक रोकियो
चौतरीमा पशु-रक्तप्रवाह रोकियो
हजारौं फूलहरु अन्धाधुन्ध चुडालिएनन्
अल्फा र ओमेगाहरु शान्त होउन्
शान्त होउन् अल्फा र ओमेगाहरु
होउन् शान्त अल्फा र ओमेगाहरु
अब अर्को स्वप्न - आतंक बाँकि छ:
नेपाल सिमानाहरुमै हराईरहेको
देश बिनाको नागरिकता र राहदानी लिएर
केहि पृथ्वीबासीहरु छटपटाईरहेको
अप्रिय दृश्यहरु....
सपना पनि नहोस यस्तो त !!!
चोर, फटाहा र नामर्दहरुलाई लिस्नु चढाएर
देशको सत्ता र आफ्नो अस्तित्व सुम्पेको
दिनको याद आइरहेछ
कुर्सिधारी "दास" हरुकोलागि
गन्तब्य खोज्न
दिन दहाडै
म
मान्छेको भीडबाट
निस्कीरहको छु
एउटा स्वतन्त्रता
नेपालीको अनुहार देखाएर खुलेआम नेपाल बेच्नेहरुबाट
मुक्ति मागी रहेछ
मन्जुश्रीको तरवारको धारमाथि
अन्तिम आस्था र विश्वास संगालेर !
आफ्नै आविस्कार बिरुद्दको युद्धमा
आविस्कारहरु
देश बिरुद्ध
गोहीको आँशु
तप तप चुहाउदै
गुहार मागिरहेछन्
म
उनीहरुकोलागी
अन्तिम गन्तब्य खोजिरहेछु
बनदेवीलाइ बगर जस्तै
अल्फा र ओमेगाहरु शान्त होउन् !
Read more!
July 14, 2009
विघठन र आरम्भ मान्यताहरुको
Posted by
Dautari Admin
at
7:16 AM
4
comments
July 13, 2009
फेरी अर्को पासो भित्र
प्रबिण थापा
प्रबिण माथि सुनामी नटरेकै जाती
तिमी बाँच्नु हाँसेर म मरेकै जाती
गगनमा उड्नु सधैं क्षितिज चुम्नलाई
दाग लाग्छ यो संसारमा नझरेकै जाती
छुट्टै संसार बनाउने तिम्रो मेरो भन्थ्यौ
आदर्शका कुरा अब नगरेकै जाती
सुक्क सुक्क गरी गोहिको आशु नबगाउ
तिम्रो मनमा मेरो माया नसरेकै जाती
चोटको उपहारमा रमाउन थालेको छु
फेरी अर्को पासो भित्र नपरेको जाती
Read more!
Posted by
Dautari Admin
at
2:37 PM
6
comments
तिमी मुस्काइ रहु
तिमी मुस्काइ रहु बनेर जून ख्याती
सकेनन देख्न दुश्मनले तिम्रो प्रगती .......
चिरआत्माको गर्छौँ हामी सबैले कामना
तिमी प्रती छ हामी सबैको सद्भभावना .........,
चम्किलो तारा कहिल्यै निभ्दैन नभमा
तिमी अजर,अमर रहनेछौ सब माझमा ...........,
छुटयो सास देहबाट त के भो अब
तिमी जग्मगाइरहेछौ यो धर्तिमा जब ............,
गर्यो जस्ले तिमीसँग घ्रीणित घात,
भोग्नेछ उसैले आजन्म त्यस्को पाप ........,
तिमी अमर रहु बनेर शहिद ख्याती
यही जन्ममा मिल्नेछ फेरी प्राप्ती .......,
Read more!
Posted by
Dautari Admin
at
7:29 AM
9
comments
July 11, 2009
विरोधको राजनिती, वेहोस नेता र देश
पहिलो युबक: अस्ती हेरेको केटीको बारेमा तिम्रो परिवारबाट केहि निर्णय भयो? ।
दोश्रो युबक: बुबाले आफ्नो राय अझै दिनु भएको छैन, तर आमा भने बुबाको निर्णयको बिपक्षमा जान तयार हुनुहुन्छ ।
---- ------- ------- ------
यो एउटा चुटकिला हो र पहिलो पल्ट यो पढ्दा म मस्त हाँसेको थीएँ । बाबु चाँहीले केटीको बारेमा के निर्णय गर्छन पक्का छैन तर आमाको निर्णय भने ‘फिक्स’ थियो । मतलब बाबुले ‘हुन्छ’ भने हुन्न! र ‘हुन्न’ भने हुन्छ! भन्न आमा तयार थिईन ।
सजिलै सोच्न सकिन्छ, त्यो घर र परिवारको हालत कस्तो होला! । अब यहि रुपकालाई अलिक वृहत रुप दिने हो भने यसले हाम्रो देशको स्थितिको सटिक व्याख्या गर्छ । हामीकहाँ पनि देश बनाउने जिम्मा पाएका र लिएका अभिभावकहरुको सोच र मनस्थीति माथिको संबादमा जस्तै छ ।
त्यसो त हालको तरल अबस्था र छिन छीनमा सरकार परिवर्तन भएका र हुन सक्ने सम्भाव्य यथार्थलाई हेर्ने हो भने कुन दल सत्ता पक्ष र कुन दल प्रतिपक्ष भनेर छुट्याईहाल्न पनि मुश्किन नै छ । तर एउटा कुरा चाहीँ यहाँ पनि के पक्का छ भने ‘आर्को’ ले गरेको कुराको यहाँ पनि भरमार बिरोध गरीन्छ, चाहे त्यो कुरा राम्रै किन नहोस ।
विश्वका प्राय: सबै विकसीत ( ‘विकसीत’ शब्द भन्दा नैतिकता भएका नेता भएको देश अझ सहि होला) देशमा सरकार जतीसुकै परिवर्तन भएपनि राष्ट्रको मुख्य निती, कार्यक्रम र निती नियमहरुलाई निरन्तरता दिईन्छ । तर हामीकहाँ भने प्रतेक दल मात्रै हैन, एउटै दल भित्रका ‘घटक’, ‘उप घटक’ र तीनका नेता-उपनेता सम्म आ-आफ्नै निती र कार्यक्रम लिएर हिडेका हुन्छन ।
कुरा अझ प्रष्ट पार्ने हो भने रचनात्मक कार्य केही गर्नु नगर्नु भन्दा पनि पूर्व सरकार वा विपक्षी दलको कार्यक्रमको ठ्याक्कै उल्टो कार्यक्रम वा कमसेकम विरोध त हुनै पर्छ । अनी यो रोग कुनै एक दल वा नेताको पेवा पनि रहेन, सबै नेता र दलमा यसको संक्रमणमा गम्भिर रुपमा गढेको छ ।
माओवादीले ल्याएको आर्थीक निती(राम्रै भए पनी) को कांग्रेसले बिरोध गर्नै पर्छ, एमालेको निती र कार्यक्रममा (देशको लागी उचित नै भए पनि) माओवादीले भाँजो हाल्नै पर्छ। समष्टीमा आफू बाहेकका कसैले केहि गर्न खोज्यो की त्यसको धज्जी उडाउनै पर्छ । यहाँसम्म की दलहरु सम्बिधानको ढाँचा समेत विपक्षी दलले कस्तो बनाउँछ त्यसको विपरीत प्रकारको खाका तयार गर्ने सुरसारमा बसेका छन । लाग्छ हामीकहाँ सम्बीधान सभा हैन, फुटबलका धेरै टिमहरु छन। यहाँ मिलोमतोको कुनै गुन्जाईस नै छैन। तिमी सात प्रदेशको कुरा गर्छौ भने म ९ भन्छु, तिमी नै ९ को अंक अघि सार्छौ भने मेरो जोड ५ मा हुनेछ । समष्टीमा यहाँ ‘फलानो’ दल र ‘ढिस्काना’ दलको संयुक्त प्रयाश हैन, ‘यो’ दल विरुध्द ‘त्यो’ दलको मुकावला मात्रै हुन्छ ।
एउटा दलले प्रधानमन्त्रीलाई कार्यकारी तोक्ने कुरा उठायो भने आर्कोले राष्ट्रपतिको नाम लिन्छ, तेस्रोले राष्ट्रपतिलाई समर्थन गरे चौथोले अर्कैलाई भोट हाल्छ । गज्जब छ!, के विरोध मात्रै विपक्षीको कर्तव्य हो त?, के आफू बाहेक अरुले जे गरे पनि गलत नै हुन्छ ?, के के विपक्षी दलको राम्रो कुरा मान्दा अर्को दलको अबमूल्यन हुन्छ र ? । हामी किन सहकार्य गर्न सक्दैनौं किन विपक्षी दल विपक्षी नभै समकक्षी हुदैन ? ।
राष्ट्र भन्दा माथि दल र दलभन्दा माथि त्यसका नेता हुनु भनेको देशको दुर्भाग्यको सूचक हो र हामीहरुकहाँ यस्तै स्थिति हावी हुँदै आएको छ । एउटा पुरानो उखान छ ‘भाई फुटे गवाँर लुटे’ । म कामना गर्छु हाम्रा सबै नेतामा हामीले ५ कक्षा पढ्दा ताका पढने यो उखानको मर्म बुझ्ने चेतना फिरोस र हाम्रा दलहरु ‘सत्ता पक्षी’ र ‘प्रतिपक्षी’ नभै समकक्षी बनुन । जय नेपाल !
Read more!
Posted by
ठरकि दादा
at
10:02 AM
6
comments
Labels:
अभिव्यक्ति
July 10, 2009
गाउँखाने कथा - २३
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।
त्यो घरकी एक्ली बूढी, कु्म्लो छाडी रुख चढी।
यो गाउंखाने कथाको उत्तर पत्ता लगाउनुहोस?
Read more!
Posted by
Dautari Admin
at
1:16 PM
6
comments
डलर टिप्ने यात्रा -भाग ७
शेखर ढुङेल्
०७-०७-०९
कसैले त्यहाको अध्यागमनमा मेरो बिरुद्ध उजुरी हाली दिएछ । अरु बाहिर बसेका रहेछन ४ जना भित्र पसेर सोधे शेखर भनेको को हो ?। मैले परिचय दिएँ, एकले परिचय पत्र देखाउदै भने तिमी यहाँ गैह्र कानुनी रुपमा काम गर्दैछौ भन्ने खबर पाएर हामी आएको। त्यो सून्ने बित्तिकै म त जमिन मुनी पुगी हाले आँखा बाट तरर आसु झर्यो, बोल्ने साहस् पनि आएन। ति अधिकृत निक्कै भलाद्मी रहेछन, उन्ले मलाई नियाली मात्र रहे, केही समय पछी वाक्य फुट्यो । हो होइन थाहा छैन तर आत्माले भन्दा दिमागले छिटो जवाफ दियो ' यो सब मेरो हो । कम्पनी को नाम मात्र कसैको नाममा छ । पी.आर को लोभमा यो सबै भएको हो र प्रमाणको लागि म सित कागज पत्र छ। मलाई नेपाल पठाएर उ यो ब्यापार हडप्न चाहन्छ त्यसैले उस्ले झूठो उजुरी हालेको हो। 'यती भनी नसक्दै फेरी मेरा गला रोकिए आँखा को नुनिलो पानी मुख मा झर्यो । उस्ले कम्मर मा बाधेको हथकडी देखेर मा झन नर्भस भए । यत्तिकैमा ति अधिकृतको हात मेरो कुममा आयो म त झन झस्केँ, तर उस्को आँखामा दया भाब देखेँ । उस्ले के कागज् छ देखाउ भन्यो । कारमै सबै कागज थियो उन्लाई दिएँ । बैंक को करोबार , अध्यागमन को प्रोसेस कागज लगायत सबै अध्ययन गरे पछी उन्ले अन्य कामदर लाई सोधे उनिहरु ले पनि वास्तविक मालिक शेखर नै हो कागजी मालिक त आज सम्म देखेको चिनेको छैन भनी दिए, त्यसपछी ति अधिकारिले भने “कानुनमा त हामीले तिमी लाई छोड्न मिल्दैन' तिम्रो कुरो लाई विश्वाश गरेर म आफ्नो जिम्मेवारि मा छोड्दै छु, तर अब देखी तिमी यहाँ देखिनु हुन्न कसैलाई जिम्मा देउ वा जबसम्म तिम्रो कागज आउँदैन बन्द गर, फेरी देखे भने म सित पक्रनु को बिकल्प छैन ।”
उस्को शब्दले मलाई झन भाब बिह्वल बनायो। आशु रोकिएको थिएन कसैको दयाको पात्र बन्नु परेकोमा म बिक्षिप्त मात्र भईँन, एकातिर एउटा अधिकार प्राप्त बिदेशीले आफ्नो देश को कानुन बिपरित अपरिचित लाई दया गरी माफ गर्नु, अर्को तिर आफ्नै नेपाली जस्ले मेरो परिश्रम, दु:ख र लगानी देख्दा देख्दै बिना कारण नै नोक्सानी पुर्याउनु। यो दुई फरक मानसिकता म बाचुन्जेल बिर्सिन सक्दिन । यो घटनाले एउटा अनुपम अनुभब के पनि भयो भने धर्म, संस्कृती, भाषाले मानब बिचमा कस्तो भावनात्मक सामिप्य लेराउँदो रहेछ । उनी थिए फिजियन । नेपाल फर्कने बेलामा खोज्दै भेट्न गएको थिए धन्यबाद दिन तर उन्ले भेट दिएनन किनकी त्यस्तो भेट कानुन बिपरित हुन्छ त्यो देशमा । एउटा अपरिचित बिदेशीले मलाई एक मिनेटमा चिन्यो मेरो दर्द बुझ्यो अनी निस्वार्थ मानबियताको भावनाले प्रचलित कानुन समेत तोडिदियो, उ मानब थियो वा उस्को भेष मा भगवान ? म सधैं सोच्ने गर्दछु ।
उनीहरु फर्केपछी भएका ग्राहक अनी काम गर्नेलाई सरि भन्दै पठाइ दिएँ। रेस्टुराको ढोका बन्द गरी कारमा गै लामो सुस्केरा हाले। आँखा चिम्लेर मेरा बिगत लाई सम्झदै आफुले आँफै लाई सोध्न थाले मैले कहिले के पाप गरेको थिए र यो अनाहकमा सजाय भोग्नु पर्दैछ ? दिमाग लाई रिप्ले गरेँ, मैले कसैलाई ठगेको ढाटेको धोखा दिएको पनि छैन । आफ्नो सम्पत्ति धितो राखेको पैसाले ब्यापार गरेको छु, ४-५ नेपाली लाई रोजगारी पनि दिएको छु किन जलन भयो कस्लाई ?, अब के गर्ने कसो गर्ने ?, मनमा हजार कुरा खेल्न थाल्यो । त्यो बिदेशी र मेरा नेपाली सम्झेँ । दुई बिचको मानसिक भिन्नता लाई दाँजे अली मन शान्त भए पछी रेस्टुरांको थन्को मन्को लगाइ घरतिर लागेँ न खान मन लाग्यो, न सुत्न सकेँ। घर वा अरु कसैलाई फोन गरेर कुरा गर्न पनि मन लागेन किन कस्ले ? उजुर गर्यो भन्ने प्रश्न मात्र मनमा आयो ।
कुन बेला आँखा लाग्यो थाहा नै भएन उज्याल्यो भैसकेछ । सिधै वकिलकोमा सल्लाह गर्न गएँ, उन्ले तत्काल अध्यागमनमा फोन गरेर पत्ता लाग्यो कि अझै दुई महिना लाग्न सक्तछ रे । कागजी मालिक लाई अघिल्लो दिनको घटना सुनाएँ, उन्ले हलुका रुपले लिए अनी सोधे अब के गर्छस ? । म कुनै कानुनी झन्झटमा पर्न चाहन्न, अर्को मान्छे खोज वा वकिल, घर भाडा , कती के तिर्न बाँकी छ तिरेर बन्द गर । नत्र म आँफै अध्यागमनमा गएर मैले कुनै जिम्मेवारि लिन नसक्ने भनी लेखेर दिन्छु । मेरा वकिलले पनि सम्झाए उन्लाई कि अन्तिम अवस्थामा यसरी धोखा दिनु हुन्न, कुनै समस्या परे म छु । तर उनी मानेनन । हे भगवान! अब के गर्ने ? , कता को साँढे सात को चक्रब्युह मा फसेँ म ? । बोरा का बोरा डलर टिप्न आएको त यो के हुँदैछ ? ,उन्को जवाफ पछी फेरी वकिल सित कुरा गरे के गर्ने भनेर । दर्ता कागज पत्र, जिम्मेवारिको नामसारी त गर्न मिल्दछ तर कस्ले लिन्छ ? । त्यत्तिकैमा अगिल्लो दिनमा रेस्टुरामा काममा रहेकी ( पूर्व नेपाल घर भएकी )बहिनीको फोन आयो, के हुँदै छ भनेर सोधिन मैले बेली बिस्तार् लगाए पछी उन्ले भनिन मेरो एक जना फलानो नाम गरेको दयालु र सहयोगि अंकल हूनुहुन्छ म वहाँ सित तपाईं को कुरा राख्दछु शायद सहयोग गर्नु हुन्छ कि । म सित त के जवाफ थियो र ? हुन्छ भनी दिए । वकिलले सल्लाह दिए कि कतै काम गर म खोजी दिन्छु तर गोर्खाली को छोरो न हो मर्न परे पनि झुक्न जान्दैन भने जस्तो त्यही ठाउँ मा कसरी काम गर्नु ? हिङ नभए पनि हिङ बाधेँको टालो छ रे क्या । कुनै उपाय भयो ठिकै भो, नत्र म नेपाल फर्कन्छु भनी वकिल लाई जवाफ दिए ।
ति बहिनीको फेरी फोन आयो उन्को अंकल ले पर्सी अर्थात तीन दिन पछी भेट्ने भनेका छन रे । तर म किन हो आसाबादी भने हुन सकिन । किनकी चिनेको आफन्तले त यो हालत बनाए भने चिन्दै नचिने को मानिस झन के रिस्क लीइदेलान । ब्यापार हरितन्नम भैसकेको थियो । त्यस लाई थप सेफ , काम गर्ने मान्छे राखेर लामो समय धान्न सक्ने अवस्था पनि नभएको ले फर्कनु मा नै बुद्धिमानी हुन्छ भन्ने म पुगेको थिए ।.... बाँकी अर्को भाग मा.... ।
अन्य भाग पढ्न तलको लिंक थिच्नुहोला
भाग - ६
भाग - ५
भाग - ४
भाग - ३
भाग - २
भाग - १
Read more!
Posted by
Dautari Admin
at
6:02 AM
6
comments
Labels:
अनुभव / अनुभूति
July 9, 2009
दौंतरीमा २४ घण्टा चक्काजाम
दौंतरीको सर्भरमा आएको समस्याले गर्दा दौंतरी २४ घण्टा तपाइहरु समक्ष आउन सफल हुनसकेन। त्यसको लागी दौतरीका तर्फबाट क्षमा माग्न चाहन्छौं।
साथै प्राबिधिक समस्या झेल्दा दौंतरीलाइ साथ दिनुभएकोमा र दौतरी इमेलमा शुभेक्षा तथा जिज्ञाशा राख्नु भएकोमा दौतरी टिम निकै आभारी छ।
Read more!
Posted by
Dautari Admin
at
9:49 PM
2
comments
July 8, 2009
नियमित छ सधैं अनियमितता
शिव प्रकाश
नियमित छ सधैं
अनियमितता
अनियमित छ सधैं
नियमितता,
अनियमितताभित्रै
नियमित चलेको छ
त्यो मेरो देशको
शासन व्यवस्था !
राष्ट्रिय खेलको
नियम हो एउटा
अनियमितता
त्यो मेरो देशको,
प्रिय खेल हो त्यो
दौरा सुरुवाल लाउने
त्यो मेरो देशका
खेलाडीहरुको !
सौभाग्य हो
सधैं अपराजित हुनु
ति हाम्रा खेलाडीहरुको,
दूर्भाग्य हो
सधैं आफैंसँग
आफैं पराजित हुनु
त्यो मेरो देशको !
(अश्रृंगार कविता अभियान ..........)
Read more!
Posted by
Dautari Admin
at
7:13 PM
4
comments
गाउँखाने कथा - २२
अपडेट: गाउखाने कथा २२ को उत्तर चन्द्रमा हो। उत्तर मिलाउन प्रयास गर्ने सबैलाइ धन्यबाद, उत्तर मिलाउने जोतारे धाइबालाइ बधाइ। ल धाइबा जी अब गाउं माग्नुहोला।
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।
इउं त इउं टिप्ने मान्छेलाई सय रूपिया दिऊ
के होला यस्को उत्तर?
Read more!
Posted by
nepalean
at
12:23 PM
13
comments
मन र समाजको अपराधीकरण अनि राज्यबिहीनता
-एकलव्य
अपहरण आरोपमा पिट्दा २ को मृत्यु
मकर श्रेष्ठ
भक्तपुर, बालबालिका अपहरणको आरोपमा स्थानीयवासीले कुटपिट गर्दा भक्तपुरमा मंगलबार दुईजनाको मृत्यु भएको छ । दुईजना सख्त घाइते छन् ।
हिजो भक्तपुरमा घटेको एउटा घटनाको बारेमा आजको ( २४ असार २०६६ वा जुलाई ८ २००९ ) कान्तिपुरमा प्रकाशित समाचारको अग्र भाग हो यो । सबै नेपाली छापाहरूको शीर्ष समाचार रहेको यो घटनाले वास्तवमा वर्तमान समयमा हाम्रो नेपालको हैसियत कस्तो छ भन्ने कुराको समग्र प्रतिनिधित्व गरेको छ भन्नुमा अत्युक्ति हुँदैन । राज्यबिहीनता, दण्डबिहीनता र जिम्मेवारीबिहीनताको पराकाष्ठा दर्शाउने यस खाले घटनाहरू अहिले हाम्रो मुलुकमा दिनहूँ घटिरहेका छन् र ती पनि बहुसंख्यामा र बहुस्थानमा । कुनै बेला राष्ट्रिय पञ्चायत सदस्य कर्ण ह्योजूलाई कुटी कुटी मारेको बहादुर जिल्ला भक्तपुरमा हिजो फेरि होहल्ला कै भरमा २ जना युवकलाई कुटेरै मारिएछ र मरणासन्न पारिएका अरू २ जना जीवन मृत्यूको दोसाँधमा उपचाररत छन् रे ! अपहरण, हत्या, हिंसा, लूट र भीडले गर्ने न्याय जब हाबी भएर समाजमाथि बर्सिन थाल्छ , अनि ठान्नै पर्छ त्यहाँ राज्य मृत बनिसकेको छ । कुनै जमानाको सुन्दर र शान्त मुलुकका नामले चिनिने मुलक, नेपाल, आज कुन दूर्भाग्यका कारण हो, यो दूर्गति र दूर्नियतिको पर्याय बनिरहेको छ । हिंसा आतंकको रोग एकपल्ट सल्केपछि , कुनै हालतमा सजिलै निभ्दैन भनिन्छ, त्यसैले गर्दा होला नेपालमा रचिएको क्रान्तिकारी रोमाञ्चको गृहयुद्दले रक्तवीजका नया नया अवतार लिँदै मुलुकलाई हिंसाको राप र आतंकको तापमा भस्म पार्दै छ । चौतर्फी असफलताको अँगालोमा हाम्रो झर्ने क्रम जारी छ ।
एउटा अन्तर्राष्ट्रिय सर्वेक्षणको भर्खरै प्रकाशित मानवीय सूचकांक र देशहरूको स्थिति सम्बन्धी आँकलनले नेपाललाई असफल देहरूको २५ औँ स्थानमा राखेको छ । दक्षिण एशियामा नेपाल पाकिस्तान भन्दा मात्र माथि छ । पाकिस्तान अल कायदा, तालिबान र कट्टरपन्थी मुसलमानहरूको क्रिडास्थल बन्न जाँदा अनि ती इस्लामिक बिद्रोहीहरूको शाक्तिशाली पनलाई आधार मान्दा पाकिस्तानी सरकार जत्तिकै वा भन्दा बढी प्रभाव उनीहरूको रहेको अनुमानका आधारमा, पाकिस्तान बिग्रँदो मुलुकको सूचिमा यति तल खस्केको हो ।
तर नेपालको स्थिति हिजोका सशस्त्र द्वन्दका दिनहरूमा भन्दा पनि नराम्रो तरिकाले तल झर्दै जानुले हामीलाई पक्कै दु:खद आश्चर्यमा पारेको हुनुपर्छ । आश्चर्यको कुरा एकातिर, तर हामीलाई थाहा छ सर्वसाधारणका लागि हाम्रो मुलुक अहिले बिगतका कुनै समयहरूभन्दा अरू भयाबह बनिसकेको छ । हिजोको बिद्रोही शक्ति माओवादी शान्ति सम्झौतामा आएर संविधानसभाको सबैभन्दा ठूलो दल बनेर कहिले सत्ता र कहिले प्रतिपक्षरूपी संस्थापन पक्षको पाटो बनिसक्दा पनि , नेपाली जनताले चाहेको शान्तिपूर्ण जीवनको चाहना अझै आकाशको फल जस्तो टाढा देखिन्छ ।
कुनै समयमा दावा गर्ने गरिएको कुरा : मुलकमा राजतन्त्र हट्दा र संविधानसभाको चुनाब हुँदा चमत्कार भएर जनताका सारा दु:ख र पीडाहरूको सदैव अन्त्य हुने हो कि झैँ फलाकिएको राग उत्साहबाट झरेर रोदन र घृणामा बदलिएको छ । माओवादी हिंसाले गर्भाधारण बनाएर छोडेका अवैध झड्केला सन्तानहरू विरासतमा हिंसाको जीवन बिरोधी मादकता बोकेर सारा तराई र पहाडसम्म छाएका छन् । भनिन्छ , यस्ता हिंसात्मक झुण्डहरूको संख्या नै सय नाघिसक्यो । पहाडियाका लागि त तराई जीवन जोगाउन धौ धौ हुने खालको भैसक्यो । आज दक्षिण र मुख्य तराईमा बसोवास गरिरहेका लाखौँ पहाडिया मूलका नेपालीहरू माथिल्लो पहाडिया बहुल भूभागमा जबर्जस्ति बसाईँ सरेर ज्यान जोगाउन वाध्य पारिएका छन् । आफ्नो मुलुकमा आन्तरिक शरणार्थी बन्नु पर्ने वाध्यताको यो कथा अझ संगीन बनेर जाँदै छ ।
यी सबै कुरालाई अल्ग्याएर हेर्ने हो भने, नेपाली जनजीवनमा देखिएको हिंसाप्रतिको अभिरूचि र संलग्नताका विशेषताहरू अझ डरलाग्दा छन् । आज पेशेवर अपराधीको थोक नियन्त्रणबाट हिंसा खुद्रा बनेर सामान्य मान्छेहरूमा विस्थापित र वितरित बनेको छ । मान्छेहरू सानो भन्दा सानो कारणले ज्यान लिन पनि पछि नपर्ने गरी हिंस्रक बनेका देखिन्छन् । उदाहरणका लागि, एउटा परिचित पूर्व घरभेटीले कति सजिलै केही रकमको जोहो गर्न एउटा किशोरी केटी ख्यातिलाई यति अमानवीय ढंगले टुक्राटुक्रा पार्न सकेको होला ? लाई लिन सकिन्छ । अनि यस्तो अकल्पनीय घटना घटाउनेहरूका मन र अनुहारमा कतै पश्चाताप देखिएको छैन भन्ने जुन समाचार आइरहेका छन् तिनले के बताउँछन भने त्यस्ता डरलाग्दा अपराध गर्ने सिकारूहरू पनि पेशेवर अपराधी जस्तै आश्वस्त बनेका छन् । यिनको मनमा केही समयपछि जेलबाट निस्कन सकिन्छ र स्वतन्त्र जीवन जीउन सकिन्छ भन्ने आत्मविश्वास छ । यसले राज्यबिहीनता र दण्डबिहीनताका चरित्रहरू उजागर भएका छन् । अर्कोतिर भीड जुटाएर जे जस्तो अपराध गर्न सकेपनि त्यसको दोष कसैले बोक्नु पर्दैन भन्ने भीडतन्त्रात्मक राजनीतिको चरित्र जतासुकै छरिन पुग्दा हिजो भक्तपुरमा भीडले मान्छे मारेको जस्ता घटनाहरू हुन पुगेका छन् । यस्ता घटनाहरूबाट नेपालमा दर्जनौँ मान्छेहरू मारिइसकेका छन् बिगत केही महिना भित्रै पनि । हिंसा र हत्या आज सहज, सुलभ र जसले पनि अपनाउन सक्ने दुस्साहस बनेको छ र यो कुरालाई जनमानस र सर्वसाधारणको दिलोदिमागमा पुर्याउने कुरामा योगदान कसको रह्यो होला भन्ने विषय पनि अब आएर गौण भैसकेको छ । अब शुरूवात कस्ले गर्यो भनेर कारण खोज्ने भन्दा , सम्भावित घटनाका रोकथामलाई अपनाएर समाधान खोज्नु पर्ने वाध्यता आइसकेको छ । तर, निदान सजिलो छैन।
आज मुलुकमा कसैबाट कोही सुरक्षित नरहेको अनि जतिबेला जे पनि हुनसक्ने असुरक्षाको महामारी व्याप्त बनिसेको छ । संविधान आफ्नो पार्टीको एजेण्डा अनुरूप पार्ने अथवा , नागरिक सर्वोच्चताको रटमा मुलुक ठप्प हुने गरी नेपाल बन्द बनाउँदा पनि अपराधमाथि बन्दको प्रभाव मलजलको रूपमा उल्टो किसिमले उर्वर बनेको जस्तो देखिन्छ ! बन्द , हड्ताल र निषेधले जनता मर्माहत बनिरहँदा पनि अपराध त मौलाएकै छन् । संविधान , सरकार, लोकतन्त्र र चमत्कारका शाब्दिक कोलाहलभित्र मुलुकको नागरिक निरिह बाँच्नलाई लुक्ने र ओत लाग्ने कुनो खोज्दै भाग्दैछ । क्रान्तिकारी राजनीतिक अड्डाहरू भित्र ठुल्ठूला कुराका सम्झौता र मेलमिलापका सूत्रहरूको खोजी हुँदै गर्दा नागरिकको बाँच्न पाउने आधारभूत अधिकारले चर्चा र प्राथामिकता पाउन सकेको छैन । पार्टीका कार्यकर्ता मर्दा देशै बाल्न खोज्नेहरू ‘नो म्यान्स ल्याण्ड’ रूपी सामान्य र स्वतन्त्र नागरिकहरूको जीवन जाने दूर्घटनालाई संक्रमण कालका सामान्य अराजक घटनाका रूपमा पञ्छाउँछन् । मानौँ जनता स्वतन्त्र नागरिक भएर बाँच्नु नै एक अभिशाप हो यो मुलुकमा । सायद ठूला ठूला कुराको बहस हुने तर प्रकारान्तमा सँधै हात लाग्यो शून्य हुने हाम्रो देशमा सदैव नागरिकहरू ‘एक्सपेन्डेबल आइटम’ बन्नुपर्छ !!! यसैले कविले भनेका होलान् : बन्दैन देश दुईचार ...................मरेर नगए ! तर, यहाँ सपूतहरू त नेता हुनलाई बाँच्छन् र दुईचार मात्र हैन सबै मरेर गए पनि देश बन्ने छाँट सुदूर क्षितिजसम्म कतै देखिएको छैन ।
Read more!
Posted by
एकलव्य ( Eklavya)
at
6:43 AM
7
comments
July 7, 2009
यो जिन्दगी
शेखर ढुङेल
०७-०६-२००९
यो जिन्दगी यस्तै हो हेर
कहिले हास्ने कहिले रुवाउने
भाबी को खेल रहेछ यो
फुल र काडा झै
यो जिन्दगी .....
हेर्दा हेर्दै ढल्छ योबन
शिशिर को फुल झै
बेला छदै हासौ खेलौ
गुरास र पंक्षि झै
भोली केहो कहाँ हुन्छौ
थाहा छैन कसै लाई
यो जिन्दगी .......
बग्दा बग्दै सुक्छ खहरे
आशु को थोपा झै
मेरो भन्दा भन्दै टाढिन्छ मानिस
साझ को सुर्य झै
बेला छदै बाडौ माया
हामी ले अरु लाई
यो जिन्दगी .......
Read more!
Posted by
Dautari Admin
at
11:45 AM
2
comments


