September 7, 2010
सपना हराएको मान्छे
कस्तो अनौठो, सपना पनि हराउदो रैछ
कता हरायो हरायो मेरो सपना
फिर्ता गरिदेउ है, कसैले लगेको भए
खबर पाऊ है, कसैले पायौ भने
जहाँ सुकै खोजे , कुना कानी जताततै हेरे
धरतीको यो पाटो बाट अर्को गोलार्ध सम्म
कहिँ भेटिन , शंका पनि कसलाई गरु ?
आँखा को ज्योति हराउछ भन्छन
सुख दुख हराएको पनि सुने को छु ,
आँशु - हाँसो पनि हराउछ रे समय संगै
September 4, 2010
गाउँखाने कथा ४१
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।
पल्टन-पल्टन दुई पल्टन आए जति चट, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email This BlogThis! Share to Twitter Share to Facebook Share to Google Buzz
August 29, 2010
टिपन टापन: लोभीपापी देखि अघोरीसम्म
Email This BlogThis! Share to Twitter Share to Facebook Share to Google Buzz
August 27, 2010
हा… हा… हा… हा… हा…
केही समय भएछ ‘टि-टाइम’ अन्तर्गत केही नराखेको । धेरै सप्ताहन्त आए र गए तर मेसो नमिलेर टि टाइम धेरै दिन देखि अपडेट भएन । आज भने केही ताजा जोकहरु लिएर फेरि हाजिर भएका छौ:
-------------------- ------------------ -------------------
पत्नी: मलाई हिराको हार बनाइदियौ भने म सात जन्म सम्म तिम्रै हुने छु।
पति: हार सँग कानको टप र हिराकै फूली पनि बनाइदिन्छु, तर कुरा यही जन्ममा मात्रै टुङ्ग्याउँ है त ?
बैँक काउण्टर बाहिर बसेको एक जना ग्राहक बैँक कर्मचारीको आबाज राम्ररी नसुने पछि :
ग्राहक: हेर्नुस... म राम्ररी कान सुन्दिन तपाईँले के भन्नु भएको अलि ठूलो स्वरमा भन्दिनु न !
बैँक कर्मचारी: हैन... म कहाँ बोल्दै छु र..!, म त बिस्कुट खाँदैछु।
पत्नी: पहिला त तिमी विवाह पछि मलाई झनै माया गर्छु भन्थ्यौ त ! ।
पति: हो त नि!, तर मलाई त्यति बेला के थाहा कि तिम्रो विवाह मै सँग हुन्छ भनेर ।
एक जना ९० वर्षको बुढो मान्छे मृत्यु पछि स्वर्गमा पुग्छ । चारैतिरबाट अति आकर्षक जीउ डाल भएका अति सुन्दर र जवान अप्सराहरुले उसलाई स्वर्गमा स्वागत गर्छन् ।
बुढो मान्छे एकैछिन कींकर्तव्यबिमुढ भएर सुन्दर अप्सराहरु तर्फ हेर्छ र आफैँ बुदबुदाउँछ “ …धेत् , बाबा रामदेबको चक्करमा नपरेर योग ध्यान नगरेको भए …बरु ठीक समयमा यहाँ आइपुग्ने रहेछु… ।”
Email This BlogThis! Share to Twitter Share to Facebook Share to Google Buzz
August 26, 2010
सधै सधै झैँ
प्राण-प्रतिष्ठा गरेर
म बितेको युग लाई गुन लगाउन सक्दिन
मेरो वर्तमान कुरुक्षेत्र भरि पल्टिएको छ
निचेष्ट , निष्प्राण लमतन्न परेर ,
मक्किएको भिष्म प्रतिज्ञा बोकेर
म कुरुक्षेत्र जित्न चाहन्छु ,
कालकुट पिउन नसकेर
अमृत खोज्न हिंडेको हैन
कालकुट पिएर मलाई शिव बन्नु छैन !
असंख्य असंख्य द्रौपदीहरु
दुशासन को खोजीमा छन्
दिनहुँ ,
Email This BlogThis! Share to Twitter Share to Facebook Share to Google Buzz
August 21, 2010
भिजिलान्तेवाद तर्फको यात्रामा मुलुक :
हिजो मात्र पशुपति शमशेर अध्यक्ष रहेको राप्रपाले पनि युथ भोलेण्टियर फोर्स गठन गरेको समाचार आएको छ । ७० नाघेका वा नाघ्न थालेका पशुपति शमशेर र लोकेन्द्र बहादुर चन्द जस्ता नेपाली राजनीतिका पाका खेलाडीहरूले नेपाली लोकलाई अनावरण गरेर पस्किएको यो फोर्सको गठनको आवश्यकता माथि विचरण गर्दा देशलाई अराजक भीडन्ततर्फ बलात् लैजान खोज्ने यस्तो अर्को एउटा फोर्सको कति आवश्यकता छ भन्ने कुरा उनीहरूले बुझेकै छैनन् ठान्न सकिन्न । अवश्य पनि आवश्यकताको सिद्धान्तले यसको आविष्कार गराएको नबुझ्नु पूर्वाग्रह ठानिन सक्छ । तर यो बुझ्न कुनै कठिनाइ भने छैन कि , आज जति पनि फोर्स , दस्ता र बाहुबली भिजिलान्ते संगठनको सिर्जना गर्नु पर्ने खाँचो महशूश गरिँदै छ , त्यसको प्रेरक तत्व भने अरू कोही नभएर माओवादीको बाहुबली संगठन ‘वाइसिएल’ नै हो । जसरी हिजो हिंसारत एउटा माओवादी समूह , आज नेपाल राज्यमा क्रियाशिल एक सय बीस खुद्रे हिंसावादी संगठनहरूको प्रेरक गुरू हो वा ‘जननी’ हो , त्यस्तै राजनैतिक पार्टी वा समूहले अस्तित्वरत रहन वा काम गर्न सक्ने हुन आफ्नै लिग, फोर्स, दस्ता वा भोलिण्टियर फोर्स गठन गरी तिनको सुरक्षा कवच भित्र रहेर काम गर्न पर्ने आवश्यकता ठान्न वाध्य हुनु र त्यसै गर्न पुग्नुमा सायदै माओवादी ‘वाइसिएल’ को कारक भुमिका रहेको कुरामा कसैको दुई मत होला । Email This BlogThis! Share to Twitter Share to Facebook Share to Google Buzz
August 20, 2010
गाउँखाने कथा ४०
गाउं खाने कथाको उत्तर मिलाउन सुजन सर्मालाई बधाइ। सुजन जी आफूले मनपर्ने गाउं माग्नुहोला।
--------------------------------------------------
यो सप्ताहान्तमा फेरी नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर भएको छ।
चारचुच्चे मुख बुच्चे,पानी खान्छे,घाममा सुत्छे, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email This BlogThis! Share to Twitter Share to Facebook Share to Google Buzz


