May 6, 2023

अब अमेरिकामा दशैँ डे ! #dashainday

मेरिल्याण्ड राज्य संसदको ४४६ औ सेसनले हाउस विल ०९६७ ले दशैं दिन अर्थात " दशैं डे " "Dashain Day" को मान्यता पाएको छ । मेरिल्याण्ड राज्यका गर्भनर वेज मोर द्वारा मेरिल्याण्ड राज्य ऐनापोलिस स्थित गर्भनरको कार्यालय बाट उक्त विघेयकमा हस्ताक्षर गर्नु भएको हो ।कुनै एउटा दिन छनौट गर्नुपर्ने भएको कारणले अक्टोबर ५ लाई दशैं दिनको रुपमा मनाउन छनौट गरिएको जानकारी हो । यस विघेयक हस्ताक्षर समारोहमा डेलिगेट भण्डारी लगायत मेरिल्याण्ड राज्यमा बसोबास गर्ने गैर आवासीय संघ, अमेरिकाका प्रतिनिधिहरू, बुद्धिजीवी वर्ग, समाजिक अभियन्ता, पत्रकार लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो विलमा दशैं नेपालमा उत्पत्ति भएको र यसलाई दक्षिण एशियाली देशहरुका केही भागमा मा र विश्व भरि छरिएर रहेका दक्षिण एशियाली मूलका व्यक्तित्वहरुले मनाउँछन् । साथै घटस्थापना देखि कोजाग्रत पूर्णिमा सम्म १५ दिन सम्म यो चाड मनाईने उल्लेख गरिएको छ । यो चाडले विश्व भातृत्वलाई अपनत्व गर्दे संस्कृत शब्द " वसुधैव कुटुम्बकम "को भावनालाई आत्मसात गर्दछ । यो साँस्कृतिक महत्व वोकेको चाड हो ।

खासमा महान चाड वडा दशैले शरद ऋतुको मनोरम र आकर्षक मौसमलाई सम्बोधन गरेको हुन्छ । यसै सिलसिलामा एउटा दिन तोक्न पर्ने भएको कारणले अक्टोवर ५ लाई तोकेर विधयेक प्रस्तुत गरिएको हो । यसलाई कालान्तरमा अरु विधयेक जस्तै परिवर्तन गर्न सक्ने व्यवस्था छ ।