August 11, 2011

गजल : मुख भरिएको छ

source- www.rummuser.comयसकारण यहाँ चुप बसिएको छ
आवाजहरूले मुख भरिएको छ !

पखाला लागेको हो यो समयलाई नै,
कमजोरीले यो आँखा भासिएको छ ।

जतासुकै झुकाउन सकिन्थ्यो होला शिर,
गाह्रो यही छ शिर आधा ताछिएको छ ।

तलामा जो सबैभन्दा बस्छ माथि,
उसकै कारण यो घर थलिएको छ ।

भो नबताऊ को-कति छ इमान्दार,
थाहै छ कसले कति सम्झिएको छ ।