October 22, 2007

परदेशमा दशै

बिदेशमा नेपाल धेरै दुख्छ,झन चाडबाड आए त मन नै नेपाल पुग्छ। यस्सो टिका लगाएर निस्कन पाएको छैन,इस क्युजमी यु ह्याभ ब्लड अन योर फोरहेड भन्छन,के भन्नी के भन्नी हुन्छ । यो पटकको दशै नि खल्लो भयो। बुवा,आमाको आशिष फोन बाटै लिइयो। तर पनि नेपाली जम्मा भएर नेपालकै जस्तै जस्तै रमाइलो गर्ने प्रयास गर्दा यस पटक अली भिन्न रह्यो । एक आपसमा टिका र जमरा लगाएर, शुभ-कामना साटा साट गरेर दशैलाइ रौनकता थपियो। मासु भातले मात्रै दशैं कांहा हुन्छ र ? तर यो अमेरीकामा कता गएर खेल्ने लिंगे पिंग ? अनि त त्यही मासु भातमा सिमित हुन्छ दशैं। धन्न बोकाको फ्रोजन मिट ग्रोसरी स्टोरमा पाइन्छ। तर काठ काट्ने कराउतीले काटेको मासु खादा खादा,काठ नै खाइयो कि जस्तो लाग्छ आजकाल त यो फ्रोजन मिट।

यस पटक भने अलि भिन्नै अनुभव रह्यो।पोहोर सालबाट पढाइ सकिएकाले होम्वर्क र प्रोजेक्टले थला पार्ने दशै यस बेला फुकार गोरु जस्तै भइयो। फुर्सतीलो समय खसी खोज्नमा लागें। अचम्मै!खसी,बोका,भेडा जे चाहियो,त्यही पाइदो रहेछ याहां। असन बजार जस्तै, पैसा भए जे पनि पाइने। तर त्यो खसी खाने मान्छेको त कालै कपाल हुदो रहेछ की क्या हो ? खसी किन्नेको भिड मेक्सिकन,भियतनामिज र केही नेपालीले भरिएको थियो। एकातिर रगत थाप्ने,अर्को तिर रौं फाल्ने अनि अल्ली पर भुडी सफा गर्ने,गाउंकै याद दिलायो मिनीसोटाको खसी बजारले। नवमीको दिन थियो।देबीको थान भए पो बलि दिनु,यो बधसालमा कता रगत चढाउनी? तर मंग(hmong)हरुले त त्यही पनि पुजा गर्दा रहेछन।हाम्रो मात्रै हो कि तिनीहरुको पनि हो दशै, तर तिनीहरुले बोकालाइ पानीले मन्छिदै, धुप बत्ती बाल्दै मार हानेका थिए। कोही कोहीले त गाडी पुजा पनि गरेका थिए। म खसीको भुडी सफा गर्दै यि सबै कुरा दंग परेर हेरेको थिए।
हामीले त यसो दशै यता उता गरेर भए पनि मनाउछौ,वालमार्टबाट माटो किनेर भए पनि जमरा राख्छौ,अबका पिडीले के गर्लान? धन्न टुटे फुटेको नेपाली सम्म बोल्छन। कस्तो मिठो तरकारी हुन्छ,इट स्टीन्क्स भन्छन। रोटे पिगं,लिगे पिगं त यिनीहरुलाइ त कथा नै हुन्छ।
अब त दशैलाइ पनि अमेरिकनाइज गर्नु पर्ला जस्तो भइसक्यो।

दशै आयो Maple फुल्यो
Enjoy गरौला।
Credit काहां पाउंला ?
Shop lift गरौंला ।
Shop lift भन्दा त बरु separate बसौंला ।