February 22, 2008

स्वस्थानी अध्याय:३०/३१

Swasthani  30_31 - Share on Ovi
अध्याय:३०/३१
http://www3.sendthisfile.com/d.jsp?t=0XErdPpxM2GhAslHswkQQo3I
आजबाट श्री स्वस्थानी कथा समाप्त भयो।
- सानदाई

कुकुर नेता, भेडा जनता, देश डामाडोल

"नेपाल त बेहाल छ", "ग्यास छैन, बत्ती छैन, डिजेल छैन, सडकमा गुडने गाडी छैन" समष्टिमा ईन्धन र बत्ती नभए पछी नेपालमा अहिले केहि पनि छैन। साच्चै कहालि लाग्दो अबस्थाबाट देश गुज्री रहेको छ ।

जिउदो रहदा सम्म त आम नागरीकले राज्यको तर्फबाट कुनै सामाजिक प्रत्याभूति र सम्मान पाएनन् पाएनन्, अब त सुन्दै छु मरे पछि पनि अन्तिम संस्कारको लागी दाउरा नभएकोले नेपाली जनताले ढुङ्गे युगमा पनि व्यहोर्न नपरेको लाचारी र लज्जास्पद पिडा भोग्नु पर्ने छ ।

.

नेपालको खबर फेरी एकचोटी विश्‍वभरिका मिडियामा आउन थालेका छन् अनी संसारका बिभिन्न भागमा छरिएर बसेका नेपालिले फेरी एकचोटी 'स्टल'मा राखीएका पत्रीका डराई डराई हेर्नु पर्ने र कसैले आफूलाई 'नेपाली' भनेर चिन्ला भनेर सकेसम्म आफ्नो परीचय समेत लुकाएर हिडनु पर्ने बाध्यता फैलिएको छ ।

पेट्रोल पम्पमा लाईन लागेका सबारी साधनका तस्विर, ईन्धन अभावले बन्द गरिएका होटेल रेस्टुरेन्ट र उद्योगका खबर अनी पानीकोलागी लाममा बसेका गृहीणी र काकाकूल बनेको नेपालको हालत, यहि छ आजकल संसारभरी कै खबरमा ।

मधेश आन्दोलनको १०औ दिनमा करिव करिव बार्ता भंग हुने निश्‍चित भईसकेको छ र अबका दिनहरुमा देशको हालत झनै जर्जर हुनेमा कुनै शंका छैन। विदेशबाट सापट गरेर ल्याएको 'लोकतन्त्र' पछिका दिनमा नेपालीहरुका दिन आशा बिपरित पहिला भन्दा झनै कष्टकर भएका छन।

आन्दोलनको क्रम यसरी जारी रहे केहि दिन पछि टेलीफोनमा समेत "लोड सेडिङ्ग" गर्नु पर्छ रे (कारण- विना पावर सप्लाई त्यो पनि कती बेर र कसरी चल्छ र), त्यसपछि हामि पूर्ण रुपमा ढुङ्गे युगमा प्रवेष गर्ने छौं । किनकी नेपालिहरुले अब पकाएर खानको लागी दाउरा, मट्टीतेल र ग्यास नभएकाले काँचो खाने बानी नबसाली सुखै छैन, अनी सञ्चारको लागी घर-घरमा परेवा पाल्नु पर्ने छ ।

जंगलि राजका नाईकेहरुलाई जुन दिन देखी ससम्मान देशको जिम्मादिने कार्य भयो त्यसै दिन देखी नेपालको ईतिहासमा हिंसाबाटै सत्ता प्राप्ती र सर्बकार्य सिद्द हुन्छ भन्ने बिचार पनि पूर्णरुपमा स्थापीत भयो । नालायक र हुत्तिहारा नेता भएका देशमा हिंसाले 'बहादुरी' र जंगलि राज ले 'जनबादी' नाम पायो। एकचोटी पून सत्ताको स्वाद पाउने लालचमा लागेका पानिमरुवा र सत्तालिप्सा नेताले एक चोटीको मुतको न्यानोकोलागी बिवेकको तिलान्जली दिएर 'ढुङ्गा-मुढा' बादलाई त्वं सरणं गरे अनि त्यसै पछि शुरु भयो नेपालमा दण्डहिनता र अराजक आन्दोलनको शुरुवात !

मागे पछि दिनै पर्ने, भने पछि मान्नै पर्ने अनी बोले पछि पुर्‍याउनै पर्ने ----नत्र बाटो बन्द, तोडफोड, जे पनि हुनसक्छ।

अहिलेको आन्दोलन बिषय र परिस्थिति अनुशार केहि फरक रहे पनि यसको गुणात्मकता भने फेरी माओबादीको जंगलीराज बाटै प्रभावित र अनौपचारीक रुपमा प्रोत्साहित छ । दण्डहिनता को नमूनै बनेको देशमा एउटा हिस्रक गुटलाई ससम्मान सत्तामा ल्याईन्छ भने त्यस्तो देशमा जुनसुकै जायज वा नाजायज माग पनि राख्न सकिन्छ र राख्ने मात्रै हैन त्यो पुरै पनि हुन्छ भन्ने मानसिकताले घेरेको छ हाम्रो देशलाई । त्यसैले यसको दोष पनि हाम्रा महान नेताहरुले नै लिनु पर्छ र उधारो बुद्धिले काम गरेसम्म यसको समाधान पनि निस्केला भन्ने मलाई लाग्दैन ।