May 1, 2009

बाबुरामको प्रलाप र नाङ्लो ठटाउने यो तरिका

वर्तमानलाई हेर्दा लाग्छ, माओवादी सरकारको लागि कटवाल सबैभन्दा ठूला अवरोध हुन् ।

हुनत , आफ्नो बाटोमा आउन सक्ने सबैलाई पालैपालो प्रयोग गर्ने र फाल्ने चालको यो पछिल्लो कडि हो भनिरहन पर्दैन । तर पनि माओवादी सरकारले 'शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउन ' जुन गट्टा खेल्ने काम गरिरहेको छ त्यसलाई हेर्दा लाग्छ रुक्मागत कटवाललाई हटाउन सकेमा मुलुकमा चमत्कार हुनेछ ।

माओवादीमा एउटा बुर्जूवा पढाइको योग्यताले शोभायमान नेता हिजो टुँडिखेलमा आफ्ना हजारौँ कार्यकर्ता बीच बम्किए , 'त्यो राष्ट्रपतिले के खोजेको छ ? त्यसलाई ज्ञानेन्द्रको हैसियत बनाइदिन्छौँ'। ज्ञानेन्द्र भुतपुर्व राजा हुन, सबैले जानेको सत्य । तर बाबुरामले रामवरणलाई कसरी भुतपूर्व राजा बनाउने हुन जवाहरलाल नेहरू विश्वविद्यालयको 'डाक्टरी' नभई बुझ्ने कुरा भएन । रामवरण जनता थिए र भोलि राष्ट्रपतिबाट हटेपछि पनि जनता नै हुने हुन भन्ने कुरा बुझ्न 'डाक्टरी' चाहिन्न, सबैले जानेकै छौँ । आफ्नै सरकारको मुख्य घटक एमालेलाई तेस्रो लिङ्गी भन्ने बाबुरामले एमालेको खिल्ली उडाए कि तेस्रो लिङ्गीको बेइज्जती गरे उनले वा उनका भक्त हरुले जानून् । विकसित वा सभ्य मुलुकमा र यसरी सरकारका मन्त्रीले 'तेस्रो लिङ्गी' भनेर अरूलाई गाली गरेको बुझिएमा त त्यसैको आरोपमा अहिलेसम्म सरकारबाट बाहिरिनु पर्थ्यो । तर हाम्रो नागरिक सर्वोच्चताकालागि प्रलाप बक्न आतुर विद्वान मन्त्रीलाई यस्तो फित्तुरको कुरामा ध्यान दिनु पर्ने कुनै दरकार नै भएन । एमालेको वैशाखीले सत्तामा टिक्ने , सत्ताबाट कसेले हटाए सत्ता कब्जा गर्ने धम्कि दिन बाँकि नराख्ने , अनि आफ्नै कोलिसन मण्डलिका कुनै पार्टीलाई समेत सेनापति प्रकरणमा विश्वासमा लिन नसक्ने जाबो सरकारको नेतृत्वकारी दलका एकजना छुद्र गालिबाजले के भने बन्ने कुराले खासै महत्व राख्दैन , तर यो विषय वौद्दिक दरिद्रताको उदाहरणमा दरिन लायक छ , बुझ्न गाह्रो छैन । सबैले बुझेकै कुरा हो, सेनापति प्रकरणमा सबैलाई पेलेरै जाने ध्येय राखेको माओवादी चालमा भारत वाधक नबनिदिएको भए कुरा पहिल्यै खलाँस हुन्थ्यो , तर लाचार छन् बाबुरामहरू रामवरणलाई गाली गरेर आफ्ना 'गडफादर' साउथ ब्लक र राकेश सूदसंग आफ्नो अप्रशन्नता जाहेर गर्दै छन् । किनभने स्वदेशका लाई जे भनेर गाली गरेपनि हुन्छ , तर सूद महोदयलाई सिधै चिढाउन भएन । यो कुराको ज्ञान बाबुराम डाक्टर साहेबलाई भन्दा बढी कस्लाई होला र ?



2 Comments:

ठरकि दादा said...

ओहो ! डाक्टर साबको भाषणको 'टेक्स्ट' पढेपछि मलाई पनि उहाँले यहि गाली गलौचमा नै डक्टरेट गर्नु भएको हो कि जस्तो लाग्यो ।
अनि हाँस पनि उठ्यो, एउटै कटवाललाई कारबाहि गर्न नसकेर विक्षिप्त हुन लागीसकेको बेलामा (बेक्कारमा) राष्ट्रपतिलाई समेत गलहत्याउने धमास सुनेर ।

हैन माओबादीको राजनैतीक मोडेल कस्तो रे'च हो?, राष्ट्रपति पनि नचाहिने ।

जे होस हिजोको बिष बमन पछि २-३ दिन तीनलाई 'सन्चो' होला भन्ने हेक्का राखेको छु मैले पनि ।

नेपालियन said...

सरकारको काम कुरो प्रष्ट नभैराखेको बेलामा अहिलेको क्रियाकलापले अली प्रष्ट पारे जस्तो लाग्यो। सरकारले जनतालाइ राहात दिन होइन कि कसरी आफ्नो पकड जमाउन सकिन्छ उता ध्यान गएको छ। नत्र भने संबिधान सभाको चुनाब गरेर सरकारमा छीर्ने अनि सरकारबाट सेना आफ्नो हात लिने के यो कमिन्युज्म ल्याउने दाउ होइन?
देश अफ्रीका भन्दा जरजर छ। यिनीहरु घरी पशुपतीको पुजारी फेर्छन,घरी सेनापती फेर्छन, त्यसले जनताको चुलोमा जाउलो पाक्छ कि क्या हो? उत्तर कोरियामा जनता भोकै सुत्दा सरकार अझै मिसायलको आगोमा किन रमाइरहेको छ भनेको त हाम्रै नेपाली कमरेडहरुले छर्लंग पारिदिए।
अब के को बन्ने हो नि संबिधान? हुन त किन संबिधान सभाको चुनाब गरेको,कस्तो संबिधान बनाउने जनतालाइ पत्तो नदिइ चुनाब गराइयो। चुनाब हुनु अघी नै बिभिन्न पार्टीहरुले संबिधानको खाका देखाएर चुनाब लड्नुपर्ने होइन? चुनाब संबिधान बनाउन होइन कि शक्ती हडपेर अरुलाइ साइड लगाउन खोजीएको ले अहिलेको स्थीती आएको हो। जस्को शक्ती उस्को भक्तीको अबस्थामा जस्ले साइड लगाउन सक्छ उस्कै दबीदबी हुन्छ नेपालमा अब।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !