एकाठाउँमा यौटा राम्रो शुन्दर वन थियो, त्यो वनमा पुस्तैनी रुपमा त्यहिको हात्तीको रजाई चल्थ्यो ।
हात्तीले खान मात्रै धेरै खाएको तर केहि काम नगरेकोले उपवन जस्तो हुनुपर्ने वन, मरुभूमिमा परीणत हुन लागेकोले, त्यहा पुरानो हात्तीको ताण्डब रोक्न गिद्ध, साँढे र चमेरो लगाएत वनभरिका सबै मिलेर बिरोध गरे । पुरै जंगल मेरै हो भन्ने हात्तिको केहि लागेन र उस्ले आत्मसमर्पण गर्यो।
यता हात्तीको आत्मसमर्पणलाई जंगलभरीका सबैले विजयोत्सवको रुपमा मनाउँदै थिए भने उता हात्तीले धेरै खाएको र त्यो ठुलो भाग सबैमा बराबर बाँडने नारा दिएर हिँडने गिद्ध, साँढे र चमेरोहरु भने आफैं हात्तीको स्थानमा बस्ने सपना देख्दै थिए।
आफ्नो दूरदृष्टीको कारण नै यो सब सम्भब भएको भन्दै बुढो गिद्ध, अबको मुखिया आफै हुनु पर्ने कुरा अघी सार्थ्यो भने आफ्नै बल र धाकको कारण हात्ती भागेको भन्दै सो को जश लीन साँढे आतुर थियो। उता आफ्नै मेलमिलापको नीतिका काराण सबैको एकता भएकोले अब उसैलाई सबैकुरा सुम्पीनु पर्ने बिचार चमेरोको थियो ।
त्यसपछि छलफल, छलछाम, नीति-कूटनीति र छिमेकको आशिर्वाद सम्म लिएर चमेरोको सहायतामा साँढेले प्रबन्धनको जिम्मा लियो।
साँढेको जिम्मामा जंगल गएपछि बुढो गिद्ध सपना भंग भएकोले अर्ध पागल भएर भौतांरिन थाल्यो, चमेरो पनि आफ्नो पुरानो चरित्र अनुशार कहिले साँढेको बिरोध त कहिले भजन गाउँदै हिडंन थाल्यो।
अहिले सो वनमा साँढे नै मुखिया बनेको छ। मुखिया बने पनि उसले आफ्नो मिचाहा प्रबृत्ती त्यागेको छैन । न त, उसले अरु प्राणिकोलागी केहि गरेको छ, न त, खानमा नै उ पुरानो हात्तीभन्दा कम छ ।
यौटा उच्छृङ्खल साँढेको त्यो रबाफ देखेर त्यहाँ आजकल धेरैको संख्यामा गोरु, बहर र रांगा समेत छाडा भएर भाग माग्दै हिंडन थालेका छन र सो ठाउँको हालत झन झन जर्जर हुँदै गएको छ ।
Email ThisBlogThis!Share to Facebook