January 17, 2008

भविष्यवाणी नेपालमा भुकम्प जादैछ

हुन त म कुनै ज्योतिस होइन तर म के भविष्यवाणी गर्न सक्छु भने केही समय भित्र नेपालमा एउटा ठुलो भृइचालो जाने पक्का छ । यो कुनै प्राकृतिक प्रकोप को भविष्यवाणी हैन यो केवल राजनैतिक तुफानको संकेत हो । मैले सुनेको थिए पृथ्वी नारायण शाहको १३ औ पुस्तामा शाह वंसको नास हुने छ । राजा विरेन्द्रको समुल वंस नास त भयो तर शाह वंसको नास भने भएन । ज्ञानेन्द्र राजा भए, प्रजातन्त्र आयो गयो, लोक तन्त्रको नारा आयो तर नेपालको राजनैतिक समस्या झनै वढदो छ । मैले देखेको इतिहास लामो छैन । ०४६ साल पछिको कुरा गर्ने हो भने नेपालमा आएको प्रजातन्त्रलाई राजाको हातमा लगेर वुझाउने काम जिम्मेवार पार्टर्ीी गरेको हो । २०६४ साल सम्म आइ पुग्दा नेपालको सवै आवरण धुजा धुजा भइ सकेकेा छ । विस्फोट हुन मात्र वाकी छ । अवको नेपाल सुडानमा परिवर्तन हुन केही समय मात्रको देरी छ । यो मेरो भविष्य वाणी हो । जाती विचको द्धन्द्धको को विउ कहिले देखि रोपिएको हो म भन्न सक्दिन तर अवस्य भन्न सक्छु अव को युद्ध जातिय आधारमा हुदैछ । वैज्ञानिक अवधारणा भलै माउवादीले देखेको होला तर मेरो विचारमा त्यो एउटा विष्फोटक पदार्थ हो जुन विष्फोटन हुन मात्र वाकी छ । संधिय राज्यको अवधारणा कति वैज्ञानिक छ । तेसको वारेमा म अज्ञानी हुला तर भर्खरै मात्र मैले हेरेको नक्सा जहा भाषिक र संधियताको आधारमा नेपाललाई विभाजन गर्न खोजिनु मेरो साधारण वुद्धीले नथापाएको पनि हुन सक्छ । हामी जहिले पनि तुलना अरु देशलाई गरि नेपालको निती निमाण गर्ने प्रयत्न गछौ तर हाम्रो आफनो धरातल कति दरो छ हामीले कहिले अध्ययन गरेको छैनौ । लिम्वुवान खसवान वा नेवारवान ले के वुभलाउने - केही समय पहिला एउटा लेख पढेको थिए नेपालमा व्रामण र क्षेत्री विचका ेद्धन्द्ध वढदै छ । लेखक नेवार भएकोले जातिय आक्षेप लागेका कमेन्ट मैले देखे । उनले कुन सोचमा त्यो लेखे मैले वुझन सकिन तर म आफु क्ष्ेात्री भएता पनि त्यो विषयमा सत्यता लुकेको देखेको छु । साचो हो जातिय सोच र राजनैतिक युद्ध यति वढेको छ कि यो वाहुन र क्ष्ेात्री मा पनि प्रवेश गरि सकेको छ ।
संधिय राज्य मधेस होस वा लिम्वुवान थारुवान होस वा खसवान धरातल नैतिकताको हो । प्रवासमा रहदा मैले धेरै सिक्न सके जसमा पहिलो त काम भनेको काम हो । एउटा रमाइलो घटना मेरो घरको ढल विग्रियो मैले जुन एजेन्ट कम्पनी वाट घर लिएको थिए तेसमा गए घर धनी संग प्रत्यक्ष सरोकार परेको थिएन । पछि एक जना आयो फोहर मैलो लुगा लगाएर ढलको सवै काम हेर्यो अनि मर्मत गर्यो कुरा गर्दा थाहा पाए घरको मालिक उ नै रहेछ । पेसाले इजिनियर रहेको उसले आफै आइ मर्मत गर्यो मैलो सोधे तिमी आफै यस्ते काम गर्न आइ रहेको छौ किन - उसले भन्यो के काम गर्दा सानो हुइन्छ र - नेपालमा सानेा कामकोलागि अरुलाई ताक्ने वानी परेको म जस्तो लाई एउटा गतिलो सवक थियो त्यो । तेस्तै कुनै पनि कार्यलयमा जादा आफनो सवै काम समयमा हुने त्यो पनि विना नास्ता खर्च दिइ के नेपालमा सम्भवछ । पानी वती टेलिफोन को विल तिर्न दिन भरि लाम लाग्नु पर्ने हाम्रो देश र वैकवाट ५ मिनेटमा सवै विल तिर्न सकने यहाको तरिका होस वा प्रोफेसरले सान संग आफनो साइकलको वर्ण्र्ाा गरेको अवस्थामा नेापलमा मोटर साइकल भन्दा कम के चढनु भन्ने प्रवृती मा परेको हामी हाम्रो नैतिक धरातल के छ ? अनि हामीले यो मस्तिष्कले सोचेको संधिय धरातल युद्धको आभास नभए के हो त ?
संविधान सभाको चुनावले देशमा शान्ती ल्याउछ भन्दै आखामा पटी लगाइर वस्ने नेपालीले यो वुझन सकेको छैन की संविधाननै सवथोक हैन । अन्तरिम संविभान त संसोधन हुने हाम्रो देशमा जस्तो सुकै सविधानको पनि कुनै औचित्य छैन म ठोकुवा गर्न सक्छु । नेपालमा संविधान सभाको चुनाव होस वा नहोस केही फरक पदैन । अखिरमा वन्ने संविधान हो त्यो कुनै अमुत हैन ।नेपालकेा लागि अचुक औषधी पनि हैन । तेसैले म फेरी ठोकुवा गर्न सक्छु नेपालमा अव जातिय सित युद्धको सुरुवात त भै सकेको छ अव साचिकै हुन वाकी छ । सवै भन्दा सक्ती साली अंग संसद पैसामा विके १० लाख सवै थोक हुन उनको लागि ।राष्ट वैक संग पैसा छैन विदेसीको मुख ताकेर पुरक वजेटको तयारी हुदैछ । चुनावको लागी आचार संहिता जारी भएर के भयो सरकार र पार्टर्ीीई लागु हुदैन ।
म फेरी पनि भविष्यवाणी गदैछु नेपालमा भुकम्प जादैछ ।