October 28, 2007

जल्यो क्यालीफोर्नीया



संयुक्त राज्य अमेरीकाको तेस्रो ठुलो राज्य क्यालीफोर्निया यस पटक इतिहासकै एउटा ठुलो आगलागीको चपेटामा परेको छ। प्यासीफीक महासागरसंग जोडिएको यो राज्य सुन्दर तथा उत्तम हावापानी त छदैछ,आम्दानीमा पनि सबै राज्यहरुलाइ उछिनेर अग्रपन्तिमा उभिएको छ। तर एक तिहाइ भन्दा बढि भुमी जंगलले ढाकेको हुदा बर्षै पिच्छे यो राज्य आगलागीको चपेटामा पर्दै आएको छ। जंगलमा भएका रुख मध्य सल्लाको बाहुल्यता हुदा क्यालीफोर्नियाको आगलागीले सधै नै उग्ररुप लिन गर्दछ। मानिसहरु बिज्ञानको मद्दतले जती अगाडी बढे पनि,प्राक्रितीक चपेटमा पर्दा बिज्ञानका साधन त्यती सहयोगी नहुदा प्रक्रीतीको अगाडी सधै निरही हुने गर्छ। यस्तै भयो यस पटकको क्याल्फोर्नियाको आगलागी पनि।जमिन तथा आकासबाट आगोसंग लड्दा पनि आगोले आफ्नो पन्जा फिजाइं छाड्यो। माथिको तस्विर गुगलमा देखाइएको स्यानडियागो प्रदेशको आगलागिको नक्शा हो। यसलाइ साउथ डेकोटा स्टेट युनिभर्सिटीका भुगोलका बिध्धार्थीले प्रस्तुत गर्दै लगेका छन जस्मा उग्र आगो,साना आगाहरु, आपतकालीन सहारा स्थल आदी देखाइएको छ। कडा बतास तथा बर्षोंको सुख्खाले दन्किएको आगोका धुँवा र खरानीले त्यो क्षेत्र पुरै ढाकेको त छदैछ,त्यसले दशौं लाख मानिसहरुलाइ पनि बिस्थापित गर्दैछ। १०० माइल प्रती घन्टा सम्मको हावाले आगोलाइ यसरी फैलाएको छ कि,कोषौं पर देखिएको धुवा हेर्दै सुतेका एक जना स्थानियबासी भोली बिहान उठेर समाचार हेर्दा समाचारको रिपोर्टर आफ्नै घर छेउमा थिए। अमेरिकी सरकारले यो क्षेत्रलाइ आपतकालिन क्षेत्र त घोषणा गरिसकेको छ तर सन् १९५० यता बनेका आधा भन्दा बढि घर आगलागीको सम्भावना भएका क्षेत्रमा बनाइएको हुदा यो सम्स्याले बिकराल रुप लिने निश्चित नै छ। हिउं जस्तै खरानीको बर्षा हुदा केहीले त आफ्ना अती आश्यकका बस्तुहरु समेट्न भ्याए,तर थु्प्रैले १० मिनेट भन्दा कम समयमा दिन,रात र माया साट्दै आएको घर चिसा आखा लिएर ज्यान जोगाउने स्थल तिर लाग्नु पर्यो। ७ जना भन्दा बढिले त यो भिषण आगोबाट ज्यान समेत जोगाउन भ्याएनन्। ४ जना मेक्सीकन मुलका गैरकानूनि ठानिएक ब्यक्ती त एकै ठाउमा अंगार सरह भेटीएका थिए। गैरकानुनी आप्रबासीको ब्यथा पनि ब्यग्लै छ। मेक्सीकोसंगै जोडिएको यो राज्यमा लस एन्जलेसमा मात्रै १० लाख भन्दा बढि गैरकानुनी आप्रबासी छन। आगोको रापले चारैतिर ढाकेको समयामा मानिसहरु आफ्ना सरसमान लिएर सुरक्षित स्थलतिर लागि रहंदा गैर कानूनि आप्रवासीहरु जागिर नगुमोस भनेर खेतमै काम गरिराखेका भेटीएका थिए। कती त चर्च तथा सामाजीक संस्थाको मद्दले उद्दार गरीए तर जतिले सुरक्षा अधिकारीको सहयोग लिए, तिनीहरु समातीए तथा सिधै अमेरीका निकाला भइ तिनीहरुलाइ आफ्नै देशमा पठाइयो। पुरै क्षेत्र आगलागीको चपेटमा परेकाले काम पाउने समस्या त हुने नै भयो,केही गैरकानूनि आप्रबासी भने आगोले बनाएको फोहोर सफा गर्न पाइने आशाले यता उता टहलिदै थिए। तर जतीले ज्यान गुमाए,प्राय सुरक्षा निर्देशनको अबज्ञा गर्नेहरु नै धेरै थिए।हुन त यो भयानक आगलागीको नोक्सानको लेखा जोखा हुदै छ,तर अहिले सम्म ७ जनाको म्रित्यु,१०० जना जती घाइते, १५०० घर नष्ट भएका तथा १० करोड डलर मुल्य बराबरको नोक्सान भएको अनुमान गरिएको छ। तर भोलिका दिनमा यो संख्या बढ्ने निस्चित नै छ। ५ दिनको लगातार जुदाइ पछि सुरक्षा अधिकारीहरु यो इतिहासकै एउटा भयानाक आगलागी ठेगान लाग्नेमा ढुक्क छन।