July 29, 2008

एउटा बुढो जो बच्चैमा मर् यो

-शेखर ढुङ्गेल

समयले कहिले काहीं अनौठो भ्रान्ति दिन्छ । जसले अस्वाभाविक हुनै नसक्ने अकल्पनीय अशोभनीय अमर्यादित असंवैधानिक अपरिपक्वजस्ता सैयौं अस्वीकृत छालको सम्भावना देख्दादेख्दै पनि अस्वीकृतिलाई बेवास्ता गर्दै अगाडि बढ्ने इच्छा जागृत हुने मनमा प्रोत्साहन छाउने आफैमा गर्व हुने दम्भित हुने र निधार टल्कने घाम पनि चन्द्रको शीतल छायाँको भानमा पर्ने हुँदोरैछ । अनि म को हुँ मेरो दायित्व के हो भनी सोच्ने सार्थकभन्दा टाढा पुगी आत्मरतिमा रमाउने दुस्प्रयास गर्न उत्साहित हुँदो रहेछ ।


देशको बदलिदो दैनिकी ुसौताको रिसले पोइको ओछ्यानमा मुत्ने नियतिबाट गुर्जिराखेको देखिन्छ र यसलाई जायजता दिने संस्कारको श्रीबृद्धि भैराखेको छ । विष रोपेर अमृत फलाउने दुस्प्रयास देखिन्छ । नयाँ नेपालको नाममा गणतन्त्रको नाममा लोकतन्त्रको नाममा राष्ट्रको सौदा गिरंदैछ । व्यक्ति वा दल विशेषको सफलताको नाममा राष्ट्रको शिर झुकाइँदै लिगंदै छ । विषाक्त हावा फैलाइँदै छ आत्मसम्मानमा चोट पुर् याइदैछ । राष्ट्र विखण्डन गिरंदैछ नयाँ नेपालको नाममा ।


वर्तमानमा जन्मेका र जन्मिने अपाङ्ग अन्धा दुई टाउके दुई जिब्रे चार खुट्टे शिशुको विरोधमा शंखनाद गर्ने मुख्र्याइँ पनि देखिदैछ जसलाई स्वाभाविक मान्ने पक्षमा पंक्तिकार छैन किनकि मेरो सामान्य दिमागमा जन्मने शिशुको के दोष जब कि जन्माउने बर्णगत नस्लमै खराबी छ भने खोजी र विरोध अनि उपचार पहिले त्यसको हुनुपर् यो जसले वर्तमान र उसका लठैत अंशियार जन्माएको छ । अस्वीकृत उपराष्ट्रपति झाकै सन्दर्भमा कुरा गर्दा संविधानको पालना एवं संरक्षणको कसम खाएका राष्ट्रपति प्रधानमन्त्री र प्रधानन्यायाधीशको सामुन्ने भएको त्यो दुस्साहसको प्रोत्साहक स्वयं राष्ट्रपति र प्रधानन्यायाधीश अनि पछाडिबाट आप बोलिए भन्ने प्रधानमन्त्री गिरिजाप्रसाद के दोषका भागिदार छैनन् जसरी एउटा प्रहरीको अगाडि अपराध घट्दा प्रहरीप्रति औंला ठड्याइन्छ । झा त एउटा संक्रमण रोगबाट पीडित आमाको कोखबाट जन्मेका संक्रमित शिशु मात्र हुन् ।


नयाँको इच्छा राख्नु खराब होइन तर कस्तो नयाँ स्पष्ट नभै पुरानो फ्याक्नु अपरिपक्वता हो । बजारमा देखिने सबै पहेलो धातु सुन हुदैन । सबै मानिस खराब हुदैनन् सुनको शुद्धता र मानिसको इमान्दारी नबुझी छनोट गर्नु छनोट गर्नेकै कमजोरी हो । विकृत वर्ण र नस्ल पाल्ने अनि उत्पादन सही भएन भनेर के गर्नु कांग्रेस र एमालेका भातृ संगठन सडकमा गएर दुनियाँ हसाइ पनि राखेका छन् । तर नेतृत्वसँग किन सोद्धैनन् किन म त हाल्यौ भने । एउटा भ्रष्टाचारमा पदमुक्त भएका व्यक्तिलाई राष्ट्रको सर्वोच्च पदमा आसीन गराउन उनलाई जिताउने पक्षले गरेको जनताको संविधानको अपेक्षाको मूल्यांकन र विरोध किन हुदैन कि यो पनि गिरिजाको सत्तामा टिकिरहने अर्को प्रपाच हो ।


वर्तमानले संकेत गर्दैछ नयाँ नेपालको कथा उखान छ नि खाए पनि पछुताउने नखाएपनि पछुताउनेु को अवस्थामा पुगेको छ । सपना कति देखिन्छ कहिले राजा भएको कहिले संसार ढलेको त कहिले मृतक पनि बाँचेको महान व्यक्तिसँग भेटेको कहिले उडेको कहिले भीरबाट खसेको कहिले हात्तीले त कहिले सर्पले लखेटेको आदि । भनाइको अर्थ के भने देखेको र देखाइएको सबै सपना राम्रा र फलदायी हुदैनन् । दुष्परिणाम ल्याउन पनि सक्तछ- देश त्यै बाटोमा लम्किएको छ । देश एउटा चङ्खे विरालोको खेलमा फसेको छ । एकदिन एउटा बिरालोले अरु बिरालालाई भनेछ- हेर साथी हो घरका मानिसलाई निकाल्न वा भगाउन सकियो भने तातो चुल्होमाथि सुत्न पाइन्छ त्यसैल यसो गरौं उसो गरौं । सल्लाह बमोजिम बिरालाहरु घरघरमा दूधका भाँडा फोर्ने लत्ताकपडा च्यात्ने गर्न थालेछन् । यस्तो अस्वाभाविक विरालोको गतिविधिले अशुभ सङ्केत देखी घरका मानिसहरु तीर्थगर्न निस्केछन् । भोलिपल्टसम्म त तातो चुल्हो पाइयो भनेर बिरालाहरु उप्रुेछन् रमाएछन् । सल्लाह दिने बिरालोलाई बोकेर घुमाएछन् । भए भरका मुसा मारेर खुवाएछन् । तेस्रो चौथो दिनपछि न त चुल्हो तातो पाए न त पेटमा हाल्ने चारो । हुँदाहुँदा एक छाक खान छिमेकीको झ्याल ढोका चहार्नु पर्ने भएछ । त्यसैगरी आज एउटाले सबैलाई रैतीबाट राजा बनाइ दिन्छु भनी हुइयाँ गर् यो सबैको सहमति भयो । हो हो राजा फ्याल्नुपर्छ धेरै मोज गरे । हामीले पनि पाउनु पर्दछ यसले हाम्रो पुर्खाको राज्य खोस्यो फिर्ता पाउनुपर्छ । हो हो फिर्ता पाउनुपर्छ । सबै नयाँ राजा बन्ने दौडमा निस्के । कोही पूर्वका कोही पश्चिमका कोही उत्तरका त कोही दक्षिणका राजा बन्न केही आफ्नै बलमा त कोही ख्वामितको बलमा एकले अर्काको खुट्टामा बाचरो तेस्र्याई राखेका छन् ।


देशमा आगो लागि रहेको छ । अपुरणीय क्षति भैराखेको छ नेताहरुको गैरजिम्मेवारी पनको रबैया देख्दा लाग्छ मीठो फलको खेती भैराखेको छ । राम्रो फसलको लागि समयकै बर्वाद भएको छ । नेताहरुको लागि अपराध वृति वरदान हुने नालायकीपन पुरस्कृत हुने भ्रष्ट अराष्ट्रिय कार्य गर्ने सम्मानित हुने प्रशासक सुरक्षा निकाय अपहेलित हुने गरिवी र बेरोजगारी बढ्दै जाने काम नयाँ नेपालको विहानीजस्तो भएको छ । यसो हो भने नयाँ नेपालको सपना देखाएर पुरानो नेपाललाई खुम्च्याउँदै गरेको भान हुन्छ । आफ्नै भाषा नबुझने र आफ्नो भेष नसुहाउँने भन्नुपर्ने वातावरणमा देशलाई डोर् याइँदैछ धकेलिंदैछ ।


राष्ट्र भनेको चारतिर रेखांकित सीमा भित्रको भूभाग होइन । उसको मौलिक भाषा भेष सँस्कृति सामाजिक विशिष्टता एवं धार्मिक विशेषताको पहिचान हो । आफ्नो मौलिक अस्तित्व र पहिचान एवं आत्मसम्मानकै लागि विश्वमा धेरै रगत बगिसकेको छ र फेरि पनि बग्नेछ । यस्ता संवेदनशील विषयमा समझदारी एवं एकताको वातावरण तयार गर्न नेताहरु चुकिसकेका छन् ।


सतहमा यो विषाक्त फल यसलाई पनि चाहिएको छैन उसलाई पनि चाहिएको छैन । बन्द कोठाको खेलमा त्यो फल उसलाई पनि नखाइ भाुछैन त्यसलाई पनि नखाइ भा छैन- अदृश्य हातमा फलु अड्केको छ । हामी उसको इशारामा दौडिराखेका छौं । जनता रमिते भै यो दुर्दशा हेरिराखेका छौं । लोकतन्त्रको नाममा राष्ट्र राष्ट्रिय अस्मिता आत्मसम्मानको बलि चडाउँदै छौं- परिणाम एकपछि अर्को दिन पछुतो बन्दै गएको छ । ६० बर्षे लोकतान्त्रिक संघर्षको पूर्णविराम लाग्नुको साटो राष्ट्रिय अस्मितासमेत नजोगिने गरी खतरनाक वातावरण तयार हुँदैछ । त्यसैले संविधानसभा निर्वाचन पछिको नेपाल र नेपालको लोकतन्त्रको बारेमा वर्तमान परिस्थिति देख्दा भन्नु पर्दछ- एउटा बुडो थियो ६० बर्षे संघर्षको लोकतन्त्र जो बच्चैमा मर् यो ।


[email protected]