May 11, 2009

बिदेशी सामु नझुक्ने कामरेडको भारतसंगको यो याचना

प्रस्तुत अन्तर्वाताको कथात्मक रिपोर्टिङ आजको द हिन्दुको वेब संसकरणमा छापिएको छ । द हिन्दू स्वयं कम्युनिष्ट समर्थक छापा भएकाले यहाँ माओवादी प्रतिको हमदर्दी पनि देख्न पाइन्छ । तर बिदेशी सामु घुँडा नटेक्ने बताउने कामरेड प्रचण्डको बहादुरीको किस्सा र भारतले चुनाबका कारण एउटा विशेष दूत नपठाएर आँफूलाई ऐन मौकामा सहयोग नगरिदिएको रोदन रोएर यहाँ पनि राष्ट्रवाद नराम्ररी रोएको हो कि भन्ने देख्न सकिन्छ ।

Prachanda
Kathmandu: As the Maoist-led government in Nepal moved towards dismissing Army chief Rookmangad Katawal in the beginning of May, Prime Minister Prachanda sent an urgent message to India seeking the presence here of a high-level envoy to help forge an eleventh hour political consensus affirming civilian supremacy over the military.( कमरेड प्रचण्डले विशेष दूत चाहियो भनेर भारतलाई गुहार्नु भएछ )।

Revealing this in an interview to The Hindu at his official Baluwatar residence on Sunday, Mr. Prachanda said he asked Ambassador Rakesh Sood to request New Delhi to send Foreign Secretary Shiv Shankar Menon or some other senior official for talks on the increasingly tense standoff over the Army chief. With quiet encouragement from India, parties like the United Marxist-Leninist were changing their stand and siding with the general. “We knew some confusion is there between the Maoist-led government and India on this question,” said the Prime Minister.

“I wanted to settle this issue through interaction and discussion with high-level officials from Delhi. But unfortunately, the ambassador informed me that this cannot happen now because the election campaign is going on, that nobody is there, that it is very difficult.”

Mr. Prachanda also said he believed the long election season in India meant the country’s security and bureaucratic establishment were now calling the shots on Nepal policy and that a “mechanical and subjective analysis” of the situation “especially on the question of Nepal’s so-called tilt to China” had coloured South Block’s perception of the civil-military issue.

The Nepalese Prime Minister acknowledged that several Chinese officials had visited Nepal in recent months but said “not a single delegation” had come on his invitation. “The initiative for these visits came solely from the Chinese side,” mainly because of the Tibet crisis.

He said his government had no intention of concluding a new friendship treaty with China without discussions among all Nepali political parties as well as with New Delhi.( चीनसंग नया सन्धी गर्ने पटक्कै नियत थिएन नि हाम्रो !)

Giving a glimpse of the strategy the Maoists will adopt in the face of the attempts by other parties to form a new government, Mr. Prachanda said his party would sit in opposition if President Ram Baran Yadav’s “extraconstitutional instruction” reinstating Gen. Katawal was not withdrawn.

साभार आजको 'द हिन्दू'
http://www.hindu.com/2009/05/11/stories/2009051157230100.htm

हेर्नूस न कटवाल काण्डमा स्वदेश भित्रका राजनैतिक दलहरूसंग मिलेर सहकार्य गरी एउटा बिन्दु पहिलाउन नसकिएकोमा पछुताउ गर्न छाडेर, हाम्रा कामरेड भन्दै हुनुहुन्छ भारतले हाम्रा कुरा सुन्दिएन र एउटा जाबो दुत नपठाएर हामीलाई धोका दियो । यही हो बिदेशी सामू नझुकेको पराक्रम ?

हे भगवान, नेपाल र नेपालीको रक्षा गर !


12 Comments:

पुष्प said...

कथा राम्रो छ । भारतीय पत्रिकाले लेखेको न पर्यो ।

Admin (www.gufgaf.com) said...

बोली र व्यवहार !! पहिलेदेखि नै जानीआएको कुरा हो ! कति भन्नु यहि बारेमा !!!

प्रबिण थापा said...

पुष्प जि ले भने जस्तै कथा राम्रै छ । कथा त आखिर कथा नै त हो बास्तबिकता हुन सक्दैन ।

Anonymous said...

हो पुष्पजी , प्रविणजी,

कुरा प्रचण्डको परेछ , त्यसैले यो कथा हुन पुग्यो ।
मन पर्ने बुहारी ले के जाति गरे पनि बसाउँछको उदाहरण होला है यसो भनेको । कांग्रेसी, एमाले वा अरूको भा'भे पो यो राष्ट्रघातको उदाहरण हुन्थ्यो। राष्ट्रघातको रुञ्चे रुवाइ रुँदा पनि कसले रोयो भन्ने चिन्तनको यो हविगत देख्दा भन्नै पर्छ , हाम्रो विचार , वाद र सबै दावा आडम्बरको कैदी छ , त्यो बाहेक केही छैन । वाह, हाम्रो खुराफाती आचरण !

आकार said...

यो कथा सुरु गरेर, कहाँ अन्त गरौँ मैले... कुनै ठा'म त भेटिएला भन्ने आशय ले झुट माथि झुट बोल्दैगइरहेकाछन्, प्रचण्ड !

Panda said...

पुष्पजीले भनेको पत्याएर म पनि कथा भनेर बसेको त अन्तरवार्ता परेछ पुष्पजी । हिजो हो कि अस्ति हो कथाको कुन खण्डमा पनि प्रचण्ड कामरेडले राकेश सुदसंग भेट गर्नुभाथ्यो । भेट्नै हुंदैन भन्ने होइन, जति पनि भेट्न हुन्छ तर जथाभावी बोल्न चाहीं कथामा भए पनि नबोलिदिए हुन्थ्यो "जनताका सर्वोच्च, सुप्रिम कमाण्डर" महोदयले ।

ठरकि दादा said...

कथाको प्रसंग चलेकोले मलाई पनि कामरेडको अदम्य साहसको बारेमा एउटा संसारभरी नै लोकप्रिय कथा याद आयो:
'Sour grapes' वा 'The Fox and the Grapes' को नामले प्रसिद्ध यो कथा हामी सबैले सुनेको हुनुपर्छ। नसुन्नेहरको लागी छोटकरीमा तल छ:
A fox, upon failing to find a way to reach grapes hanging high up on a vine, retreated and said: "The grapes are sour anyway!"

Basanta said...

समर्थन छ भन्दैमा यति साह्रो अन्धै त हुनु भएन नि पुष्पजी, प्रवीणजी! पत्रिकाले अन्तर्वार्ता भनेर छापेको छ र कम्तिमा प्रचण्डले 'मेरो अन्तर्वार्ता होइन त्यो' भनेर खण्डन पनि गरेका छैनन्। उग्र-राष्ट्रवादको खोल ओढ्दैमा जे पनि छोपिन्छ भन्ने सूतूरमुर्गी भ्रम पालेर बस्ने लाचारी कुनै गौरवको कुरा होईन।

Anonymous said...

राष्ट्रियताको कुरामा काङ्रेस, एमाले भन्दा माओवादी नै जाती लाग्छ मलाई कमसेकम व्यबहारमा नभए पनि निडर भएर खुला रुपमा कुरा त गर्छ। काङ्रेस एमाले त पुच्छर लुकाएर कुरासम्म पनि गर्न डराउछन। राजनीतिले शिक्षित भनेर भन्ने बर्गलाइ नोकर बनाउदो रहेछ, पत्रकारलाई सही समचार सम्प्रेषण गर्न भन्दा राजनीतिको खोल ओढेर लेख्न उत्साहित गर्दो रहेछ, काम भन्दा कुरा धेरै गर्ने बानिको बिकास गर्दो रहेछ,कुनै धार्मिक आस्था जस्तो मेरो मात्र ठीक अरु सबै गल्ती गर्दैछन भन्ने भ्रम सिर्जना गर्दो रहेछ यो भन्दा बढी के सिकाएको छ हाम्रो देशको राजनीतिले जनतालाई। म जस्तो तपाईंहरु सबै उस्तै त हो किनकी हामी एउटै बातावरणमा हुर्केका हौ, हामिले एउटै संस्कार ग्रहण गरेका छौ भलै बिचार फरक होला। मान्छे मरिसकेपछी पनि उसको शब माथि राजनीति गर्ने सस्कार सिकाएको छ तर यसो भन्दा मैले कसैको जिबनको अबमुल्यन गर्न खोजेको भने होइन, हत्या जो जसको होस जो सुकैले गरुनु जुन सुकै राजनीतिक पार्टिले गरुन जो जसले गल्ती गर्छ उसले कुनै पनि मुल्यमा त्यस को मोल तिर्नु पर्छ तर शब बोकेर राजनीति गर्न सस्कारको अन्त्य हुनुपर्छ, अन्धभक्त भएर राजनीतिको पछाडि लाग्ने सस्कारको अन्त्य हुनुपर्छ। राजनतिको चस्मा लगाएर हरेक घटनाक्रमलाई व्याख्या गर्ने पारीपाटिको अन्त्य हुनु जरुरी छ।--Sanu

प्रबिण थापा said...

बशन्त जि! यस्ता कुरा सुन्दा सुन्दा वाक्क लागेर अबत कथा भन्दिन थालेको हो । कहाँ अन्धधुन्द रुपमा समर्थन गरिन्छ? नेपालका सबै नेताहरु डाका हुन कति यि डाकहाँरुको कुरा गरेर मात्र बस्नु यसो कहिलेकाही त रमाइलो र खुशीका कोशेलिहरु पढ्न पाइओस् न तब पो मजा आउछ कि कसो?

Basanta said...

प्रवीणजी, पुष्पजीको बोलीमा लोली मिलेको तपाईँको लेखाईले त्यस्तै देखाएको थियो। तपाईँको आशय फरक भए क्षमाप्रार्थी छु।
सानुजी, माओवादी कत्ति 'खुल्ला' र 'निडर' भएर भारतसंग कुरा गर्छ भन्ने बुझ्न यो अन्तर्वार्ता एकपटक पूरा पढ्नुहुन अनूरोध गर्छु। माओवादीको उग्र भारत-विरोध जनताका छोराछोरीलाई मार्न र मर्न लगाउने एउटा भरपर्दो हतियार बाहेक केहि पनि होईन।
तपाईँ भन्नुहुन्छ 'ब्यबहारमा नभएपनि--- कुरा त गर्छ"। अनि यो कसरी फरक र राष्ट्रवादी भयो? 'मैले चोर्न पाउनैपर्छ!" भन्दै चोर्ने चोर र "चोरी गर्नु पाप हो!" भन्दै चोर्ने चोरमा केहि तात्विक भिन्नता देख्नुहुन्छ तपाईँ?!

नेपालियन said...

बसन्तजी ले भनेको माओवादीको उग्र भारत-विरोध जनताका छोराछोरीलाई मार्न र मर्न लगाउने एउटा भरपर्दो हतियार बाहेक केहि पनि होईन भन्ने कुरा निकै घत लाग्यो। कुनै बेला थानकोटमा भारती नम्बर प्लेट भएकै कारण माओबादीले ट्रक जलाउंथे। पछी त्यही भारतमा गएर १२ बुंदे सम्झौता गरे। सुरुमा चिन जांदा डराएर पहिल राजनितिक भ्रमण त भारतकै गर्छु भनेर अनुनय गरे। त्यसैले उनीहरुको लागी भारत जनतालाइ तर्साउन हाउगुजी मात्र हो।
भारतको बिरोध गर्नु नै माहान राष्ट्रबाद होइन। निकै ठुला ठुला कुरा गर्ने पार्टीहरु सरकारमा पुगे पछि जनतालाइ के दिने किन कहिल्यै बोल्दैनन। मानौं सरकारमा बस्नु उनीहरुको आफ्नै स्वार्थ हो। न त माओबादीले जनताको स्वार्थको कुरा गरे न त अहिले सरकार बनाउन उफ्रनेहरु जनतालाइ के गर्ने भनेर खुलासा गर्दैछन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !