September 25, 2008

नियात्रा - सामुहिक रुपमा नाङ्गै नुहाउँदा

-कृष्ण प्रसाई
समुद्रसंग छुट्टिएको टापु होक्काइडो सम्म पुग्न हवाइजहाजको सुविधा भए पनि यसअघि कहिल्यै नगरिएको त्यति ठूलो पानीजहाजको महासागरीय यात्रा आफैमा रोमान्चक लाग्नु स्वभाविकै थियो । बिहान नौ बजेतिर सुबिधा सम्पन्न बसबाट टोकियो बस टर्मिलनबाट हामी उत्तरतिरको यात्रामा निस्केका थियौं । टोकियो भएर सेन्डाइ हुदै ओमोरी पुग्नु थियो आजको यात्रा । नभन्दै बस छुटिसकेपछि टोकियो उत्तरतिर पर्ने बिभिन्न ससाना शहरहरु हुँदै सेन्डाईलाई पनि नाघेर हामी ओमोरी पुग्यौं । ओमोरीबाट होक्काइडो टापुस्थित प्रसिद्ध शहर सापोरो पुग्न पानी जहाजबाट उत्रिएर फेरि बसमा यात्रा गर्नुपर्ने रहेछ । यो ट्राभल एजेन्सीको अग्रिम जानकारी थियो । बेलुका ७ बजेको समय थियो हाम्रो ओमारीबाट पानी जहाज चढ्ने । निर्धारित समयभन्दा हामी दुई घण्टा अघिनै ओमारी पुगिसकेका थियौ । ओमारी जापानको उत्तरी भागमा अवस्थित ठुला पानीजहाजहरुको वन्दरगाहा रहेछ त्यहाँबाट जापानका अन्य ठाँउमा पनि पानीजहाजहरु छुट्दा रहेछन् । पानीजहाजहरुको वग्रेल्ती संख्या हेर्दा यो कुरा सहजै अनुमान गर्न सकिन्थ्यो । काम कुरो एकातिर कुम्लो वोकी ठिमीतिरू भएजस्तै पो भयो । कताको यात्रा कहाँको प्रसंग ।

म जीवनमै पहिलो पल्ट त्यति ठूलो वडेमानको पानीजहाज चढिरहेको थिए । झण्डै एक हजारको हाराहरीमा रहेका यात्रु र झण्डै दुई सयको संख्यामा रहेका कारहरु पानीजहाजभित्र चढ्दै थिए । मान्छे चढ्नका लागि ठूलो हजाइजहाज कै जस्तो सिंढी र गाडीहरुका लागि जहाजको तल्लो भागमा रहेको प्रवेश मार्ग रहेछ । यात्रु र गाडीहरु सवै जहाज भित्र समाहित गर्न झण्डै एक घण्टाको समय लाग्यो । पानीजहाजभित्र चढिसकेपछि पनि जहाज भित्रै अझ उक्लिनुपर्ने तीन-चार तला थिए । जम्मा जम्मी वाइस घण्टाको प्रशान्त महासागर माथिकॊ यात्रा थियो यो । जहाजको सवै भन्दा तल्लो भागमा गाडीहरु राखिएका थिए । एक हप्ताको छुट्टि मनाउन सापोरो सहर र होक्काइडो पुग्ने जो सुकैले निजी सवारी साधन आफुसगै पानीजहाजमा हालेर यात्रा गर्दारहेछन, ताकी जहाजबाट उत्रिसकेपछि पनि हप्ता भरको यात्रा गर्दा आफ्नै गाडी होस् । त्यसोभयो भने भाडाका गाडी खोजिरहनु पर्ने झन्झट पनि नहुने र मन चाहे ठाँउमा पारिवारिक यात्रा गर्न सजिलो हुने रहेछ । गाडीहरु राखिएको भन्दा माथिल्लो तला धेरै महंगा तारे होटलको सुविधा दिएर वनाएका व्यवस्थित कोठाहरु रहेछन् । त्यो तलामै मान्छेका इच्छा अनुसार सुविधाका लागि वनाइएका पुस्तकालय योगा कोठा अरु शारिरीक व्यायमका हल साना तिना फेन्सी पसल लगायतकाहरु थिए । त्यो भन्दा माथि सामुहिक यात्रीका लागि वनाइएका सार्वजनिक सुत्ने कोठाहरु थिए । अरु भन्दा ती कोठाहरु धेरै ठूला र एउटै कोठामा लहरै ओछ्रयाइएका फोमका विछ्यौनाहरु थिए । लगभग एक सय जनाजति एउटै कोठामा सुत्न मिल्ने ठूला कोठाहरु रहेछन् । त्यति ठूलो कोठामा लहरै विछ्याइएका विछ्यौनाहरु मध्ये एउटाको हकदार म पनि थिए । जस्लाइ मैले पैसा तिरेर वाइस घण्टाकालागि आफ्नो वनाएको थिए । महिला पुरुष सवै थिए त्यो कोठामा । कुनै भेदभाव थिएन त्यहाँ । सवै कोठामा त्यस्तै थियो तर महिलाको एकातिरको भाग र पुरुषको अर्कोतिरको भागमा आ-आफैले ओछ्यान छान्ने चलन रहेछ । तर ट्वाइलेट र नुहाउने ठाँउ लगायत साउना चै महिला र पुरुषको अलग अलग थियो । यो तलाको प्रायः सवै भागमा सुत्ने कोठाहरु नुहाउने कोठाहरुनै थिए । खानपिन र रेष्टुरेण्टका लागि भने सवैभन्दा माथिको र सारै फराकिलो ठाँउ छुट्टयाइएको रहेछ । रेष्टुरेण्ट भन्दा माथिल्लो पाँचौं तलामा भने समुद्रको दृश्य हेर्नका लागि र सिगरेट आदि पिउनका लागि छुट्टाइएको थियो ।

हाम्रो यात्रा पाँच दिनको लागि तय गरिएको थियो । सापोरो र होक्कइडोका लागि । पाँच दिन मध्ये दुई दिन त आउने जाने गरि पानीजहाज मै विताउनु पर्ने थियो । समुद्र बाहेक जमिनको यात्रा भने तीन दिनको मात्र थियो । पाँच दिनको प्याकेज टुरको पैसा दिएका थियौ हामीले । पानीजहाजभित्र पसिसकेपछि मलाई सवै तलाको परिवेस र स्थितिले कौतुहल बनाएको थियो । एक घण्टा त मैले तलमाथि गरेरै विताएँ । मानिसका लागि चाहिने सवै वस्तु थिए जहाजमा । खेल्ने सामाग्री देखी पिउने नाच्ने गाउने रमाउने सवै सुविधा बिद्यमान थिए त्यहाँ । जहाजभित्रको यस्तो निरिक्षण भ्रमण सर्वथा नौलो भएकाले मेरा सहयात्री साथीहरुले पनि छाडा छाडिदिएका थिए मलाई । म भने प्रत्येक कुरालाई नियालिरहेको थिए ।

जहाजको सवैभन्दा माथिल्लो तलाबाट मैले सारा संसारलाई हेरेँ । पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर समुदै्रसमुद्र देखिने साँच्चै नै समुद्रको संसार थियो त्यो । म त्यही समुद्रको संसारमा त्यति ठूलो वडेमानको पानीजहाजबाट झण्डै एक हजार यात्रुको घर संसार वोकेर सामुहिक यात्रा गरिरहेको थिए । एक हजार यात्रुमा नेपालको वटुवा सायद म मात्र हुँदो हुँ । मैले देखेसम्मका सवै यात्रु जापानिज नै थिए त्यहाँ । वाहिर अन्य मुलुकको अनुहार वोकेका कसैलाई देखिन मैले त्यहाँ । प्रायः सवै जापानकै आन्तरिक पर्यटक थिए र आफ्नै गाडी नहुनेहरु सायद प्याकेज टुर गर्दै थिए हाम्रा सहयात्री भएर । जापानमा गरिने प्राय सवै आन्तरिक र वाह्य भ्रमणहरु प्याकेज टुर मै सवैले गर्नेगर्दछन् । आफै गरिने भ्रमण झन्झटिलो र वढी खर्चिलो हुने हुँदा अधिकांश पर्यटकहरुको रोजाइनै प्याकेज टुर हुने गर्दछ जापानमा ।

प्याकेज टुरमा हिंडेको सामुहिक टोलीलाई सजिलै चिन्न सकिन्छ जापानमा । सम्वन्धित ट्राभल एजेन्सीको चिनारी स्वरुप टोपी गन्जी वा झण्डाको लोगोमा समेटिएर यात्रा भराइन्छ जापानमा । त्यसो गर्दा विभिन्न समुहभित्र पनि आफ्नो भ्रमण दलको यात्रीलाई सजिलै चिन्न सकियोस भनेर यस्तो भ्रमण संकेत दिइएको हुन सक्छ । किनभने प्रत्येक पटकको मेरो जापान भ्रमणमा आन्तरिक पर्यटकहरु यस्ता संकेतहरुमा टा्रभल कम्पनीहरुका वसमा र पर्यटकीय ठाँउहरुमा प्रसस्तै मात्रामा भेटिएका थिए ।

संसारभरमै यात्राका लागि जापानीहरु प्रसिद्ध छन् । भनिन्छ जापानमै वसिरहने कुनै जापानी भन्दा अन्य मुलुक विशेषगरी गरिव मुलुकमा यात्रा गर्ने जापानीहरुको मासिक खर्च निकै कम हुने गर्दछ । यसो हुनाको कारण जापानमा हुने संसारकै उच्च महंगाइ प्रमुख रहेको छ । जापानमा एक महिना धान्ने पैसाले अन्य एसियाली मध्यम र विकासशील देशहरुमा तीन महिना धानिन्छ । त्यसैले पनि जापानमा पर्यटन व्यावसाय ज्यादै फस्टाएको छ ।

म पानीजहाजको पाँचौ तला माथि चढेर चारैतिरको समुद्रमा धेरैवेर एकाकार भएँ । चारैतिर समुद्र भएकाले अनौठो लागिरहेको थियो । प्रशान्त महासागरको उत्तरी भागमा वहेको चिसो हावाले वाहिर त टिक्नै नसक्ने बनायो मलाई । केहिक्षण पछि आफ्नो ओछ्यान भएको कोठातिर लागे म । मेरा अरु साथीहरु ओछ्यानमा आराम गरिरहेका थिए । किताव हेरेर वसिरहेकी फुमीकोसानलाई (सान शब्द जापानमा मान्छे वा सम्मानित पहाडको नामपछि आउछ) मैले आँखाको इसाराले रेष्टुरेण्टतिर जाँउ भन्ने इसारा गरेँ । आवाज निकालेर वोल्दा अरुलाई वाधा नहोस भनेर नै मैले फुमीको दिदीलाई त्यसो गरेको थिएँ । मेरो इसारा बुझ्ने बित्तिकै हामी लागिहाल्यौ माथिको रेष्टुरेण्टमा । हामी रेष्टुरेण्टबाट तल ओर्लिएर आ-आफ्नो ओछ्यानमा सुत्दा रातीको १२ वजिसकेको थियो ।

विहान उठिसकेपछि यताको यात्रामा हिड्नु अधि साकाइसानले सिकाएको जापानी सस्कृति र जीवन शैलीलाई फेरि एकपटक संझे । साकाइसानले सिकाए ‘पुरुष साउनामा नुहाउन जाँदा निर्वस्त्र भएर समुहिक रुपमा नुहाउनु पर्ने जापानको चलन र परम्परा धान्न मलाई मानसिक रुपमा धौ धौ पर्ला जस्तो थियो । तरै पनि नुहाउनु पर्ने अनिवार्य बाध्यता पनि म सँगसगै थियो । जे त होला नी भनेर भएभरको हिम्मत कसेर म पनि नौ वजेतिर पुरुष साउनामा भित्र पसेको त वाफरे वाफ ! संसारै नाङ्गो देखें भित्र मैले । त्यतिधेरै पुरुषहरु सामुहिक रुपमा त्यसरी नाङ्गिएर नुहाइरहेका र बाफ लिइरहेका देखेर म त तीन छक्क परे । जापानीहरुको चलनमा यसरी निर्वस्त्र भएर नुहाउनु सामान्य थियो र त्यो एउटा संस्कृतिभित्र पर्दथ्यो । तर मेरो परिवेश फरक थियो । संस्कृति फरक थियो । त्यति धेरै मान्छेका अगाडि नाङ्गिनु भनेको एक किसिमको महाभारत थियो मलाई । अधि वाहिर पलाएको हिम्मत पनि पानी-पानी भयो मेरो । समुहको अगाडि नाङ्गिने कुरा चानचुने साहासको कुरा थिएन । यद्यपी यसरी नाङ्गिनु भनेको जापान कोरिया र चीनमा एक किसिमले समान्य मानिन्थ्यो र निर्वस्त्र भएर नुहाउन साउनामा जाने दैनिकी जस्तै हुन्छ जापान कोरिया र चीनमा ।

भित्रको वातावरणले मनमा अझ संकोच थपियो । कस्तो दशा ! नुहाउन भित्र पसिकेसपछि निर्वस्त्र नहुनु भनेको पनि नुहाइरहनेहरुको सस्कृतिमाथिको अपमान थियो । समुहमा आफुमात्र विदेशी देखिरहेको थिए त्यहाँ मैले । त्यो समुहबाट भाग्नु भनेको अझ ठूलो गल्ती हुन जान्थ्यो । त्यसैले प्रसान्त महासागरमा हिंडिरहेको जहाजभित्रको साउनामा मन मिचेर पहिलो पटक सार्वजनिक रुपमा नाङ्गिए म । एक्लै रुपमा नाङ्गिनु र सामुहिरुपमा नाङ्गिनुमा आकास पातालको फरक हुन्छ । निर्वस्त्र भएपछि दिमागले एकपल्ट त कामै गरेन । म टोलाएको अरुहरुले पनि देखेजस्तो लाग्यो त्यसैले आफु सम्हालिदै गएँ र साउना भित्रकै सानो मन्द तातोपानीको कुवामा हतपत्त पसेँ । म जस्तै जनेन्द्रीयको आकार र अवस्था ओडेर विभिन्न सानो र ठूलो आकारका कुवामा नुहाई रहेका मनुस्यहरुको त्यहाँ कमी थिएन । तर मैले कसैको अनुहारतिर आफ्नो नजर पार्नसकिन । नपारेरै नुहाउन थालेँ । त्यतिबेला भने मैले आफु सानो छँदा गाउको हडिया खोलामा बर्खे भेल आएको बेला आफ्ना बाल दौतरीहरुसंग कसैको पर्वाह नगरी सामुहिक रुपमा नाङ्गै नुहाएको सम्झे । कुवाहरु भएकै छेउमै पसिना फुटाउने तातो कोठा पनि थियो । म त्यहाँ पनि गएर सरिरैभरि पसिना छुटाएर फेरि कुवामै फर्किए । तातो कोठाभित्र पनि नाँङ्गा मनुस्यहरुको कमी थिएन । पच्चीस भन्दा वढी ठाँउमा भने एक्लै वसेर नुहाउन सकिने पानीका छहारा र सावर जडित स्थानहरु थिए । तर जति थिए सवै सार्वजनिक थिए । सवैले सवैलाई देख्न सक्ने अवस्थाका थिए ।

आफ्नो छोप्नु पर्ने अङ्ग पनि डराएर होला दौराको एक पटक मात्र सिलाएको इजार जस्तो भएको थियो । बडो सकस परिरहेको थियो शरिरका सवै भागलाई समुहिक युद्ध गर्न त्यो समय । म जस्तै शरीरका सबै भाग भिजेको परालझै भएका थिए शरम र संकोचले ।
यसरी मैले पहिलो पटक सामुहिक रुपमा निर्वस्त्र नुहाएपछि कसैको मुखमा एकै पटक सम्म नहेरी आफ्नो नुहाउने कर्म विदेशी महासागर माथि हीँडिरहेको जहाजमा सकेको थिएँ । मैले नुहाउने काम सकेको देखेर मेरा पुरुष र महिला जापानी साथीहरुले एकपटक मुखामुख गरे ।

उनीहरुको मुखामुख गराईलाई मैले बुझिहाले तर बुझपचाउदै सामान्य जस्तै लिए मानौ मलाई नुहाउदा केही सकस भएको थिएन । म जापानी संस्कृतिसंग रत्तिएको देखेर उनीहरु खुसीहुनु स्वभाविक थियो तर मैले नाङ्गिनु अघि खेपेको मानसिक तनाव र संकोचको ब्याख्या उनीहरुलाई कसरी गर्न सक्थेँ र किनभने म उनीहरुको हाँसोको पात्र पनि त हुन चाहान्नथेँ ।

नुहाउने घरभित्र एक्लै नाङ्गिनुलाई पनि पूर्वीय दर्शनभित्रको हिन्दुधर्मले समेत नकारेको छ । इसाई धर्ममा पनि यसलाई स्वीकारिएको छैन । तेसैले भनिन्छ ननहरु एक्लै नुहाउदा पनि ईश्वरले नांङ्गिएको देख्नसक्ने ठानेर आफ्ना अंङ्गहरु पेटानीले छेकेर वा ढाकेर नुहाउछन् तर अचम्मको सोचनीय कुरा के छ भने त्यत्रो पर्खाल नाघेर नांङ्गिएको देख्नसक्ने सर्वशक्तिमान त्यो सत्ताले जाबो सुतीको पेटानी छेड्न नसक्ला त?।

‘काम कुरो एकातिर कुम्लो वोकी ठिमीतिर’ भएजस्तै पो भयो । कताको यात्रा कहाँको प्रसंग ।

सापोरो छेउको बन्दरगाहमा ओमारी वन्दरगाहबाट हिडेको ठ्याक्कै २२ घण्टा पछि हाम्रो पानीजहाजले पुर्‍यायो। वन्दगाह आउनु पूर्व इन्धन संरक्षण गरिएका कैयौं ठूलाठूला तेलका ट्याङ्गकरहरु देखिए । सायद त्यस्ता उज्वलनशिल वस्तुहरु समुद्रभित्र भण्डारन गरिएर राख्दा कुनै भवितब्य वा दुर्धटना भैहाल्यो भने पनि कम क्षती खेप्नुपर्छ भनेर त्यसरी राखिएको होला । यो मैले अंदाज मात्र गरेको थिएँ । हामी संग ठूलाठूला समुद्र नभए पनि ठूला नदीहरुको छेउछाउ वा विचमा यस्ता प्रज्वलनशील बस्तुलाई भण्डारण गर्दा राम्रो हुने रहेछ जस्तो लाग्यो मलाई पनि ।

पानीजहाजबाट उत्रिसकेपछि आफ्ना गाडी हुनेहरु गाडीको प्रतिक्षामा थिए भने प्याकेज टुरमा निस्किएका हाम्रा टोलीहरुका लागि भने छेउमै ट्राभल कम्पनीकै सुविधासम्पन्न वस तैनाथ थियो । हाम्रा दलका सहभागी सवैले रातो रङ्गको घाम छेक्ने टोपी लगाएका थिए । हेर्दाहेर्दै केहीक्षण पछि झमक्क साँझ पस्यो सापोरोमा । होक्काइडो प्रान्तको सवै भन्दा ठूलो सहर भएकोले त्यसको सान नै फरक रहेछ । इटालीयन र वेलायती मोडलका पुराना घरहरु पनि प्रसस्त देखिए सापोरोमा । हामी त्यहाँ पुग्दा जात्रा चलिरहेको थियो शहरभरि । जापानको उत्तरी भागमा भएकाले टोकियो भन्दा जाडो रहेछ सापोरोमा । आलु र तरबुजा प्रसस्त पाइदारहेछन् त्यहाँ । सम्पूर्ण जापानभरि यहीबाट वितरण हुँदो रहेछ चिसो माटाको आलु । वजार घुमाउदै झण्डै एक घण्टा पछि हाम्रो वसले पहाडी इलाकाको जंगलभित्र रहेको एउटा होटलमा बास बस्न पुर् यायो । हजारौं मान्छेहरु एकैपटक खान र वस्न मिल्ने होटल रहेछ त्यो । अति सुन्दर ठाउँमा वनाइएको होटल प्राकृतिक हिसावले वडो मनमोहक थियो । वेलुका डिनरका लागि मात्र एकपटकमा हजारौं मान्छेले एकैपटक खान सक्ने होटल रहेछ त्यो । सयौंको संख्यामा परिकारहरु थिए खानेकुराका । वेलुकाको खाना खाएर हामी आ-आफ्नो कोठामा सुत्न गयौं । रमाइलो के रहेछ भने राति सुत्दा लगाउने गाउन भने प्राचीन जापानीहरुले सुत्दा प्रयोग गर्ने शैलीको पहिरन रहेछ जस्लाई लगाएर के ढल्केको थिएँ म त भुसुक्क भएँछु ।

भोलिपल्ट बिहानै दृश्य अवलोकनका लागि पर्यटक बसबाट बाहिरमात्र के निस्केको थिए पाटननै पाटन जस्ता लाग्ने स-साना थुम्काथुम्कीहरु बीच हामी गुडिरहेका थियौं । समतल भने कुनै ठाँउ थिएन तर थुम्काथुम्की बीचपनि यसरी फूलहरु फुलेका देखिन्थे मानौ सवै देखिए जति फूलकै संसार हो । यस्ता फूलका संसारहरु होक्काइडो प्रान्तभरि प्रसस्तै रहेछन् । यसलाई ‘राविन्द्रा’ भन्दा रहेछन् जापानीहरुले । दिउँसो फूलै-फूलको संसार घुमियो । त्यतिधेरै फूलका संसार पहिलो पल्टनै देखिरहेथें म । दिउँसोको खाना खाएपछि भने बुद्धधर्मका पुरातात्विक महत्व वोकेको एउटा ठूलै संग्राहलय हेरियो र साँझतिर हिजो वसेकै होटलमा बास बसियो ।

सापोरो यात्राको अन्तिम दिन भने हामीलाई विहानको खाजा खाइसके पछि सिधै झरना र गुफा देखाउने पूर्व निर्धारित कार्यक्रम रहेछ । मुख्य सडकमा गाडी रोकेर जंगलको बाटो भएर केहीवेर िहंडेपछि झरना र गुफा पनि आयो । हामी जस्तै हजारौ पर्यटकको भीड लागेको त्यो झरना र गुफा के-के न होला भन्ने ठानेको थिएँ तर केही न केही कामको सानो न सानो छाँगो जस्तो मात्र थियो । त्यस्ता छुगा त बर्खामा नारायणघाट मुग्लिन खण्डमा देखिने सामान्य छुगा जस्ता थिए । गुफा पनि हाम्रो देशमा पहाडका भारी बोकेर हिड्ने भरियाले यसो खाना पकाउन र आराम गर्न खोजेको ठाँउ जस्तो मात्र थियो । गन्नै हो भने त्यस्ता गुफा मेरो देशमा दशौं हजार छन् । त्यहाँ देखिएका जस्ता झरना हजारौ छन् । हिजैदेखि बहुप्रचारित गुफा र झरना हेरे पछि झल्झली मैले मेरो देशमा हेरिदिने मान्छे समेत नभएर त्यसै त्यसै मानव आँखाहरुलाई पर्खेर वसिरहेका पर्यटक विहिन हजारौं गुफा कन्दरा र छहराहरुलाई संझे ‘लाटो देशमा गाँडो तन्देरी’ भने झै केही नभेटे पछि पर्यटको मन बहलाउन कृतिम तरिकाले बनाएरै भएपनि प्रचार प्रसार गरेर पर्यटक लोभ्याइने गरिदो रहेछ विदेशमा । यस्ता हेरी त हाम्रो देश त प्राकृतिक सम्पदामा स्वर्ग नै छ । देश चलाउने मान्छे अदुरदर्शी हुँदा मात्र तिनीहरुले महत्व नपाएका रहेछन् जस्तो लाग्यो मलाई । सापोरोका सवै गुफा कन्दरा र छहराहरु सम्झिएर दिक्क पो लाग्न थाल्यो त्यताका ठाँउ हेर्न ।

केहीदिन अघि मात्र पनि पुराना सम्पदा हेर्ने लालसा बोकेर टोकियो संग्राहलय पुगेको म नेपालमा अहिले सम्म प्रयोगमा आइरहने हलो जुवा कोदालो र दमाहा जस्ता बस्तुहरु हेरेर फर्किएको थिएँ । जापानीहरुले आफ्नो इतिहास भनेर सजाइएका ती सामानहरु मेरो देशका हजारौं गाँउमा अहिले पनि छ्यासछ्यास्ति भेटिन्छन् । यस्तो लाग्यो मेरो गाँउका प्रत्येक घरनै बिदेशका लागि सानातिना सम्पदा बोकेका संग्राहलय रहेछन् । मेरो देशले सम्पदैसम्पदाको इतिहास बोकेर दुनियाँ सामु प्राचीनतम् संग्राहलाय आफैमा उभ्याएको रहेछ ।

मलाई खुसी लागिरहेथ्यो आफू र आफ्नो देश सम्झेर । सोच्दा सोच्दै हाम्रो बस त हामीले दुई दिन अघि छाडेको सापोरो वन्दरगाहमा पो आइपुगेछ । सापोरोबाट पनि सातै बजे साँझ छुट्ने पानीजहाजमा जानुपर्ने हाम्रो यात्राको तय पहिलेनै भइसकेको थियो । त्यसैले हामी पनि पहिला जसरी नै पस्यौं पानीजहाजको पेटभित्र ।

साँझ छिप्पिसकेपछि सवै भन्दा माथिको तलामा गएर मैले भएभरको समुद्र हेरेँ । समुद्रको अध्यारो रातबाट देखिने पानीका तरङ्गहरु हेरेँ । चिसो हावाले जति हिर्काए पनि मैेले समुद्रको आश्वादन गरिनैरहेँ । चिसोको डरले पाँच तला माथि कोही ननिस्किएकाले एक्लो मनको तरंग संगै अन्दाज मात्र गर्न सकिने सामुदि्रक तरङ्गहरु भित्र फेरि पनि रमाइरहेँ । यस्तो समुद्रको यात्रा पछिल्ला दिनमा हुने नहुने सोचाइबीच अल्झिएको मेरो मनले अघाउन्जेल सम्म समुद्रको संसारलाई पिइरहेँ । पिइनैरहेँ ।

घाम उदायो विहानै प्रसान्त महासागरमा । आफ्नो ओछ्यान छोडेर अरु नयाँ ओछ्यानमा हत्तपत्त निंन्द्रै लाग्दैन मलाई । रातिपनि धेरैपटक व्युँझिएर नजिकैको महासागरलाई छेवैको झ्यालबाट हेरेको थिए मैले । विहान म उठ्दा समुद्र लमतन्न सुतिरहेको थियो । यस्तो लाग्दै थियो आजको सुर्यले पुरै मानवता लिएर उदाएको छ । समुद्रलाई भने कुनै हतारो छैन उठ्नलाई । सदियौं देखि उ यसरिनै सुतेको छ चीर निद्रामा ।



कतै यो साँस्कृतिक क्रान्तिको अभ्यास त होइन

शेखर ढुङ्गेल
हाम्रा विद्वान् अर्थमन्त्रीको एउटा मुख्र्याइँले सनातनदेखिको नियमित परम्परागत धार्मिक आस्थाको पर्ब मनाउने नेपालीहरुको संवेदनशीलतामाथि आक्रमण भएको छ । सडकमा जनता ओर्लिएका छन् र यत्रतत्र धुवाँ उढेको छ । विदेशी दवाव एवं आयातीत मानसिकताका नेताहरुबाट नागरिकका सामाजिक र परम्परागत चाडपर्ब र संस्कृतिजस्तो संवेदनशीलता एकपछि अर्को गर्दै ध्वस्त पारीँदै छन् ।

विद्वान् अर्थमन्त्रीको फजुल खर्च वलिदिनु अनुचित भन्ने तर्क हो भने १५ हजारलाई फजुल देखि परम्परागत चाडपर्ब मेलाबन्द गर्न खोज्नेले नक्कली सहायक बनाई आफ्नै छोरालाई अमेरिका लगी लाखौं खर्चगर्दा त्यो फजुल देख्नुपर्ने होइन?, कुन नैतिक धरातलमा बसी १५ हजारलाई फजुल मान्ने बाबुरामजीले प्रकाश दाहाललाई रोक्नु भएको भए जनताले स्याबासी दिन्थे कि ?।

यस्तै हो भने माओवादीले पशुपति र स्वयम्भूलाई पनि फलामे बारले घेराबन्द गर्न बेर छैन । किनकि बुद्धको सान्दर्भिकता समाप्त भैसकेको भनी उद्घोष गर्ने माओवादी नेता भट्टराई जो आज अर्थमन्त्री बनेका छन् कतै नयाँ नेपालको लेबल लगाएर नेपालमा पनि अफगानिस्तानमा तालिवानले बुद्धमूर्ति फोरेझैं नव सम्राट माओवादीले मन्दिरका मूर्ति झिकेर फ्याक्ने वा फोर्ने त होइनन्? न रहे बाँस न बजे बाँसुरी ?

यहाँ कुरा उठेको छ बलिप्रथा बन्द गर्न फजुल खर्च नदिने भन्ने- कथित कि्रस्चियन र जनावरको अधिकार संरक्षणको नाममा हिन्दूधर्मविरोधी एनजिओहरुको लहै-लहैमा लाग्नु अर्थमन्त्रीको अल्पबुद्धि हो । मेरो तर्क के छ भने- हो कसैले आफ्नो सफलताको लागि जनावरको वलि दिनु अविश्वसनीय हुन सक्दछ । त्यो व्यक्ति विशेषको कुरा हो । जब जनाबरको हत्याकै कुरा गर्ने हो भने नेपालका मठ मन्दिर चाडपर्बमा घर-घरमा वलिको नाममा धार्मिक रंग दिनु मारिने जनावरको संख्याभन्दा सैयौं हजार गुना बढी जनावरको हत्या कि्रस्चियन राष्ट्रहरुमा हुन्छ । यहाँका कतिपय फर्महरुमा बिजुलीको झड्का दिई गाई गोरु खसी बोका र भेडा मारिन्छन् । आफ्नो धार्मिक परम्परा कायम राख्दै मासु खाने इच्छा पूरा गर्न चाडपर्ब पर्खनुपर्ने वाध्यतामा रहेका ९० प्रतिशत गरिब जनताको चाहनालाई जनावरको अधिकारको दुहाई दिई विरोध गर्नुको कुनै तुक छैन । इशाईहरु पनि बाइबलको दोस्रो टेष्टमोनी ननिक्लिदासम्म जनाबर मात्रै होइन मानिसकै बलि दिन्थे । पछि सुधार्दै लगेका हुन् र आज पनि विभिन्न बहानामा अर्कोको देशमा हस्तक्षेप गरी लाखौं जनताको बलि दिइरहेका छन्-इराक अफगानिस्तान आजका ताजा नरवलिका उदाहरण हुन् । रह्यो चाडपर्बको कुरो हाम्रो देशमा मात्र नभै जापान थाइल्याण्ड भारतलगायतले आफ्नो परम्परागत संस्कृति मेलालाई स्वदेशमा मात्र नभै विदेशमा समेत जीवन्त राख्ने गरेका छन् । यस्ता पर्ब मेला चाड पूर्वेली सभ्यताका द्योतक हुन् जुन हाम्रोजस्तो देशको सामाजिक आस्था नै हुन् जो गर्ब गर्न लायक छन्- हाम्रा चाडपर्ब सामाजिक परम्परा देखेर पस्चिमेली जनतासमेत लालायित भएका छन् । छर-छिमेकी इष्टमित्रहरुबीच सौहार्दता सामीप्य एवं सहाभागिता जनाउने यस्ता विशिष्ठ प्रकारका चाड मेलाको संरक्षण गर्नुको साटो नरबलिबाटै सत्ता ग्रहण गर्न सफल भएको माओवादीको नीति ुविनासकाले विपरित बुद्धि हो ।

वामपन्थीले देबता मान्दैनन् भन्ने मान्यतालाई माओवादी प्रमाणित गर्न खोज्दैछ । मेचीदेखि महाकालीसम्म तत्कालीन राजा एवं रजौटाले स्थापना गरेका अनेकौं नाच चाड मेला जात्रा आदि धार्मिक एवं सामाजिक सौहार्दताका कारण अमूल्य रीतिरिबाज हुन् जस्को संरक्षण जरुरी छ । आफ्नो देशको विशिष्ठ मौलिक संस्कृतिको संरक्षण गर्दै देश विकास गर्नु बुद्धिमानी हुन्छ न कि विस्थापन । अर्थमन्त्री बाबुरामजीलाई राष्ट्रले अपनाउनु पर्ने मितव्ययिताका क्षेत्र फजुल खर्चका रौं-रौं बुँदा-बुँदा सम्झाउनु पर्लाजस्तो लाग्दैन । विभिन्न समुदायमा स्थापित विविध चाडपर्ब साँस्कृतिक परम्परालाई प्रोत्साहित एवं जीवन्त राख्ने जनताको संवेदनशीलतासित गाँसिएको र राष्ट्रकै मौलिक बिशिष्ठ परिचयमध्येको साँस्कृतिक निरन्तरतामा बाधा विवाद ल्याउने सामाजिक सद्भाव खलबल्याउने काम सरकार स्वयं गर्दछ भने त्यो अपरिपक्वताले उसलाई नकारात्मक प्रभाब पार्नेमा शंका छैन ।

यस्तै धार्मिक प्रचलन र साँस्कृतिक परम्परा संरक्षण गर्न भनी त्यागी समाजसेवी तत्कालीन राजा रजौटाहरुले गुठी स्थापना गरी त्यसकै आयस्रोतमार्फत खर्च व्यहोर्ने चलन चलाएका थिए । जनता सित त्यस्ता गुठी संस्थासित राजस्व संकलन गर्ने तर खर्च गर्नुपर्दा फजुल देख्ने माओवादी अर्थमन्त्रीको बुद्धिप्रति दयामात्र गर्न सकिन्छ माफ गर्न सकिन्न ।

देशको बदिलंदो परिस्थिति र विवादास्पद लाग्ने यस्ता विषयमा नेता पत्रकार बुद्धिजीवी बर्गले एकदम गम्भीर भएर सोच्ने र निर्णय गर्नुपर्ने कुरा के भने देशलाई धर्मनिरपेक्ष घोषणा गरेपछि कुनै पनि धर्म विशेषको चाडपर्वलाई राज्यले खर्च गर्नु न्याय एवं तर्कसंगत नदेखिन सक्दछ । सबै धर्मालम्वीले त्यस्तै समान माग राख्न सक्तछन् । तर हामीका भएका हजारौं प्रकारका गुठी संस्था र तिनका सम्पत्ति राज्यले साचालन गरिराखेको अवस्था एकातिर छ र राज्यले ती परम्पराको निर्वाह गर्नु अनिवार्य छ । सरकार यो विवादबाट उम्किने हो भने जुन-जुन संस्था गुठी जेजस्तो पर्ब साँस्कृतिक कार्यक्रम नाच मेला चाडको गठन भएका छन् ती सबै स्थानीय वा सम्बन्धित निकायको जिम्मा दिनु पर्दछ । त्यति नै संवेदनशील कुरो के पनि हो भने देशका प्रत्येक धर्म सम्प्रदाय एवं जातिको परिचयात्मक परम्परागत धार्मिक सामाजिक साँस्कृतिक रीति-रिवाज पर्व मेला जात्रा चाडहरुको सम्बद्र्धन एवं संरक्षण अनिवार्य छ । स्थानीय स्तरमा सम्बन्धित जनतालाई संगठित एवं प्रोत्साहित गरी उनीहरुकै समितिले रीतिअनुसारको पर्व मेला जात्रा चलाउने छन् । जापान भारत थाइलैण्डमा पनि स्थानीय जनताको सहभगितामा बनेका समितिमार्फत प्रसिद्ध धार्मिक तीर्थस्थल मेला जात्रा बैज्ञानिक परदर्शी एवं व्यवस्थित तरिकाले साचालन भैराखेका छन् । हाम्रो भाषा भेष धार्मिक चाड साँस्कृतिक मेला पर्व प्राण र परिचय हो । त्यही नै नेपाल राष्ट्रको विशिष्ठ मौलिक सामाजिक परम्परा हो । यसको विशिष्ठतामा आघात पार्ने काम कुनै पनि बहानामा कसैले गर्दछ भने त्यो नेपालीका लागि सह्य हुनेछैन ।



September 22, 2008

साहित्य जगतमा चोरि

पुरुशोत्तम सुबेदी
-बेल्जियम
समय परिवर्तन संगै हरेक चिजमा अथवा हरेक बिषय बस्तुमा परिवर्तन आउनु स्वभाविकै हो । तर अहिलेको बिकसित दुनियाँमा हरेक बस्तु चाहे ति दैनिक उपभोगका लागी उत्पादित वस्तु हुन वा चेतनाको लागि सिर्जित सैक्षिक सामाग्रीहरु हुन ति सबै छेत्रमा गूणस्तरमा गिरावट आएको छ । सन्दर्भ लाई साहित्य क्षेत्र तर्फै मोडौं --

साहित्य संसार यती महत्वपूर्ण फाँट हो कि जुन फाँटमा प्रवेश गरिसके पछी मानिसले अर्को बाटो लाग्न गाह्रो पर्छ । जव मानिस बिषय मा गहिरिएर जान्छ -तव उसले त्यो गहिराई को इनार को सफा पानी बाहिर निकाल्न सफल हुन्छ । तर आजकाल बिषयको गहिराईको धराताल मा पुग्नु को सट्टा कोही त्यस तर्फ प्रवेश गरेको छ भने पनि त्यही खाडल्मा पुरिने संभावना बढेर गएको छ । किनकी यस साहित्यिक छेत्रमा पनि हरेक विकृती र विसंगतिले अछुतो राख्न सकिरहेको छैन ।

साहित्य एउटा भावात्मक करुण मनबाट उब्जिने ब्यथा हो । जसले समय सापेक्षित मनका बेदना लाई आफ्नो घुमाउरो भाषा शैलीमा प्रकट गर्छ । जस्तै – कथा, कविता, निवन्ध, गीत- गजल, यात्रा स्मरण आदी नाममा आफ्नो भाब ब्यक्त गर्ने गर्छन् । उकाली- ओरली, मेला- पात, सांझ- बिहान, देश- प्रदेश, सुख- दु:ख हरेक छेणमा उब्जिएका कारुणिक ब्यथा लाई आफ्नै स्वर भाखा लय -बिधी -शैलीमा प्रकट गर्नु लाई मेरो बुझाईमा साहित्य भनिन्छ । जसले दु:ख बुझेको छैन - जसले गरिविको अनुभव बटुलेको छैन - जो माथि कुनै घटना आई लाग्दैन - जो संबन्धित बिषय बस्तुमा अनुभवी छैन त्यसले जिन्दगीको यथार्थ धरातालमा पुगेर बिषय वस्तु लाई समेट्न सक्दैन । उसले साहित्यिक धराताललाई सस्तो लोकप्रीयताको लागि मात्र प्रयोग गरेको हुन्छ ।

आजकाल बजारमा कवि र साहित्यकार को त आभाव नै छ । भएका जे जती कवि साहित्यकार हुन ति सबैले भने लोकप्रियता हासिल गर्न सकिरहेका छैनन । पहिलो कुरा त साहित्यमा मानिस हरुको वितृष्णा फैलिएको छ । दोस्रो कुरा छिटफुट भएका साहित्यकार र कवी हरु आर्थिक मार को चपेटामा परेका छन । जसले गर्दा पनि साहित्यिक फाँट कमजोर भएको जस्तो देखिन्छ । त्यसो त दु:ख दर्द बिना का कुनै पनि बिषयले साहित्यमा प्रवेश गर्न सक्दैन । यदी प्रवेश गरी हाले पनि त्यो अधुरै रहन्छ । थालियको काम लाई सिध्याउनु काम हो भने बिषय लाई समेटेर बोलियको भाषा लाई कारुणिक लय दिनु साहित्य कला हो । वास्तवमा साहित्यिक कला सस्तो छैन । तर बजारमा यसको अहिले भाऊ पनि छैन । जव बजारमा नक्कली वस्तुको बिगविगी हुन्छ । तव त्यहा गुणस्तरीय बस्तुको अभाव पक्का हुन्छ । त्यस्तै अहिले विश्वामै नेपाली साहित्य अलोकप्रिय हुँदै गैरहेको छ ।

त्यसो त साहित्यिक फाँट सबै खत्तम भएको त होइन । यस क्षेत्रले जती उचाइ पाउनु पर्ने हो त्यो पाउन सकिरहेको छैन । २०४६ साल पछी बहुदलिय प्रजातन्त्र को खोल ओढेको पुरानै शासनले नेपाली युवा शक्ती लाई रोजगारको वाहनामा जव बाहिर जान दियो -तव त्यही सक्ती बाहिरिनुका साथ साथै पस्चिमा संस्कृतीले नेपाल मा प्रवेश पायो । यसले धर्म संस्क्रिती मात्रै नभै नपाली साहित्य फाँटमा पनि त्यतिकै असर पुर्‍याएको छ । खुलम्खुल्ला पस्चिमा संस्कार नेपाली भुमिमा प्रवेश र देशको गिर्दो अर्थ नीतिले हरेक जनमानसमा एउटा बितिस्णा पैदा गरायो । यसका साथै नेपाली साहित्य र संस्कार कमजोर हुनुमा माओवादी जनयुद्धले पनि अपजस खेप्नै पर्छ । युद्धकै कारण बिदेशिएका नेपाली श्रष्टाहरु बिदेशी भुमिमा जती असहज स्थितिमा छन । त्यती नै असहज स्थितिमा नेपाली साहित्य र संस्कृतिले पनि बिदेशी भुमिमा मौनता छाएको छ । जुन देशमा राजनीतिक उथल पुथल आउछ त्यस देशमा अरु हरेक क्षेत्रमा विकृति देखा पर्दछ । त्यस्तै नेपालको राजनीतिक परिवर्तनले संस्कार संस्क्रिति र साहित्य क्षेत्रमा समेत भुकम्प ल्याएको छ ।
आजकाल यस साहित्यिक फांटमा पनि सस्तो लोकप्रियाताको लागि तंछाड मछाड भएको देखिन्छ । साहित्यिक फाँटको संस्थापन् पक्षले यस भित्र हुने गैर जिम्मेवारि पूर्ण काम लाई निरुत्साहित गराउन पहल गरेको देखिदैन । ब्यक्ती चरित्र हत्या -लगायत साहित्य क्षेत्रमै साहित्य कलाको पनि चोरि हुने गरेको छ । यस बिषयमा राष्ट्रिय अन्त-रास्ट्रिय साहित्य समाजले आफ्नो जिम्मेवारि बहन गरे जस्तो लाग्दैन । मानिस अन्यायमा पर्‍यो भने संबन्धित सुरक्षा निकायमा पुग्छ । जस्तै - घर चोरि हुनु, हत्या बलत्कार - लुटपाट आदी बिषयका मुद्धा लाई लियर अड्डा अदालतमा पुग्छ । निवेदन चढाउछ न्याय माग्छ र त्यस संबन्धी अदालतले फैसला गर्छ । तर साहित्य फांटमा हुने गरेको अन्याय र अत्याचार को बिरुद्ध निवेदन दिने ठाउँ को अभाव भए जस्तो देखिन्छ । भर्खरै मात्र साहित्यिक क्षेत्र मा भएको चोरि को उजुरिको कुनै जिम्मेवारि पूर्ण जवाफ पाए जस्तो लाग्दैन ।

अतिरुपेणवै ;सिता अती गर्भेण रावणा ।
अतिर्दानादवलिर्वद्धो ;ह्यती सर्वत्र ब्रजयत ।।


चाणक्य भन्छन:-अती सुन्दरी हुनाले सितालाई रावणले हरण गरेको हो -धेरै घमन्ड गर्नाले रामले रावणको हत्या गरेका हुन - धेरै दानी हुँदा वली राजा न्यायको कठघरामा उभिनु परेको थियो ।

यसको मतलव साहित्य फांटमा पनि राम्रा रचना हरु हुनु भएन - किनकी धेरै राम्रो भएमा चोरि हुन्छन जस्ता उत्तर ले साहित्य जगत लाई निरुत्साहित नबनाउला र? यदी त्यसो होइन भने गत ६ महिना पहिले मात्र पुरुशोत्तम सुबेदी द्वारा लिखित (के रहेछ जीवन ?) नामक कविता लाई सस्तो र छिटो छरितो लोकप्रीयता कमाउन नेदरल्यान्ड बस्ने दिनेश खरेल नामक यक ब्यक्तिले कबिता चोरेका छन । अरुको घर फोर्नु चोरि मानिन्छ - हरेक सर समान को चोरि - गर्नु चोरि हो भने साहित्य रचना लाई कपी गरी आफ्नो नाम बाट प्रकाशीत गर्नु पनि चोरि होइन र ? संसारभर का साहित्य प्रेमी हरुलाई म अझै पनि प्रमाण सहित पुन राष्ट्रिय अन्तर्राष्ट्रिय साहित्यिक अदालतमा तल बताइएको ठेगाना र सबुत प्रमाण पेस गर्दछु । http://guest.sangalonews.com/#post22 मा प्रकाशीत (के रहेछ जीवन ?)लाई आधार मानेर http://nepalkoreanews.com/details.php?article_id=4238&cat_id=30 लगायत अन्य थुप्रै वेब साइटमा दिनेश खेरल नाम बाट प्रकाशीत (जीवन ) नाम को कबिता लाई अदालत समक्ष उभ्याउदा कस्तो निर्णय होला त ? यस तर्फ पनि कसैको दृष्‍टि पुग्ला कि ?



September 21, 2008

ईन्द्रजात्रा, माओवादीको मितव्ययीता र संस्कृति माथिको प्रहार

सेप्टेम्बर १४ अर्थात करिव २ हप्ता अगाडी मात्र प्रचण्डले जम्बो दलबलकासाथ भारतको भ्रमण गरे। ९२ सदस्यीय सो टोलीमा सरकारका तर्फबाट मात्रै करिव ४४ जना सामेल थिए ।

त्यसको लगत्तै नेपाल फर्केका प्रधानमन्त्री शनिवार पून: १२ जानाको दलबल सहित अमेरिकाको न्युयोर्कतर्फ लागेकाछन।

पानि-पधेरो जस्तो भारत जाँदा त्यत्रो दलबलको के जरुरत थियो वा के कारणले त्यो जनताको करको रकम ४४ जनाको घुम-घाममा खर्च गर्नु पर्‍यो त्यो अनुशन्धानकै विषय बन्न सक्ला ।त्यसपछिको अमेरिकाकको भ्रमणमा पनि १२ जनाको संख्यालाई केहि नभएपनि ६ जनाको संख्यामा ल्याएको भए पनि नेपालको शान पक्कै पनि घट्ने थिएन होला ।

तर यि दुई भ्रमणको बेलामा जनताको करको रकम खर्च गर्नलाई सरकारलाई कुनै संकोच भएन, न त यो खर्च कटौति गर्ने तर्फ टाउको दुखाउने जरुरत नै महशुस भयो सरकारलाई ।

तर अचानक ईन्द्रजात्राको समापन गर्ने बेलामा सरकारलाई यो धान्नै नसक्ने १५-१६ हजार रुपैयाको फजुल खर्चको याद आयो, अनि शुरु भयो काठमाण्डौमा टायर बाल्ने पुरानो परम्परा ।

केहि थोत्रा टायरको आहुति साथ काठमाण्डौको वायुमण्डल रंङभंङीने गरी सोह्रश्राध्दमा होम गरेपछि पून: केहि शान्त भएको छ सांस्कृतिक नगरि कान्तिपुर ।

ईन्द्र जात्रा जस्तो सयौं बर्ष पुरानो धार्मिक र सांस्कृतिक परम्परालाई ‘नेवारको जात्रा’ मान्ने माओबादि सोच आफैंमा हास्यास्पद मात्रै छैन । यसले सम्पूर्णमा नेपाली संस्कृति र परम्परामा सिधै प्रहार गर्ने र नेपाल भित्रै नेपाल खोज्नु पर्ने स्थिति बनाउने माओबादिको दुरगामि नीतिको पनि पर्दाफास गरेको छ ।

अहिले सरकारमा माओबादिको बाहुल्यता छ र माओबादिहरु ईश्वरलाई मान्दैनन् (मान्दैनन् भन्दा पनि ‘जान्दैनन्’ र ईश्वरको अस्तित्वलाई बुझ्न सक्ने वौद्धिकता उनिहरुमा छैन भन्दा सहि होला) यो आफ्नै ठाँउमा छ। तर नेपाल माओबादिको मात्रै देश होईन र १०-१२ बर्ष जत्तीको धुमिल ईतिहास भएको यौटा दललाई हजारौं बर्ष पुरानो र खोजिको समेत विषय रहेको रहश्यमय प्रथा र संस्कृतिलाई एकतर्फी र लिँडे सोचले लत्याउने कुनै अधिकार छैन। मितव्ययीताको पर्दा टाँगेर, त्यस पछाडि आफूलाई चाहिने सबै ठिक र आफुलाई मन नपर्ने सबै कुरा गलत सिद्द गर्न खोज्नु माओबादिको ठुलो भुल हो । अपुतालिमा आएको केहि भोटको नशामा गरीने यस्तो लहडका कामले उनिहरुको भलो नगर्ने मात्रै होईन राजनीतिमा आउने अपुतालीको हदम्याद केवल २-४ बर्ष मात्रै हुने र आर्को पालि फेरि चुनाव आँउछ भन्ने कुरा माओबादिले समय छँदै बुझेमा राम्रो होला ।



चाणक्य निति (२)

केही पहिला चाणक्य नीति दौतरीमा राखेका थियौं। पाठकहरुले कत्तिको मन पराउनु भयो, कमेन्ट त केही रहेनछ। नीति शास्त्रका कुरा कहिले निकै बिबादमुलक हुन्छन त कुनै निकै घतपर्दा हुन्छन। फेरी पनि चाणक्य निति का केही नीतिहरु राख्द छौं।

purushottam subedi
beljiyam

परोक्षे कार्यहन्तारं प्रत्यक्षे प्रियाबादिनाम ।
बर्जयत ताट्टशं मित्रं बिसकुम्भं ।।

कतिपय मानिसहरु मुखले मिठो बोले पनि पछाडि घातक हुन सक्छन । अगाडि पर्दा प्रसंसा गर्ने पछाडि पर्दा निन्दा गर्ने मित्रलाई छोडे उपयुक्त्त हुन्छ । किन कि त्यस्तो मित्र बिसले भरिएको घैंटो को मुखमा दुध राखे जस्तै हो ।त्यसैले त्यस्तो मित्र वाट सधैं सावधान हुनु जरुरी हुन्छ ।

सैले शैले न माणिक्यम् मौक्तिकं न गजे गजे ।
सर्बत्र न स्थितो साधुभ्यं चंदनं न वने वने ।।

सबै पहाड पत्थरमा हिरा जुहारात पाइदैन । सबै हात्तीको टाउकोमा मोती पाइदैन । सत्जन हरु पनि सबै ठाउमा पाइदैनन् । सबै बनमा चन्दन का रुखहरु पाइदैनन् । यसको अर्थ राम्रो चिज जहाँ कही पाइदैन ।

नदी तिरेच ब्रिक्षेसु परग्रिहशुकामिनी ।
मन्त्रिहिनास्छ राजन ;शिघ्र नस्यन्त्य संशयम ।।

खोलाको किनर मा रहेको बृक्ष -गाउ गाउ डुल्ने महिला - मन्त्री बिनाको शक्ती बिनाको राजा स्वत: नाशीएर जान्छन। यसमा दुई मत छैन ।



गजल - भरिएको थिए

भरिएको थिए पोखिदा भने शर्मको कुरा
संस्कृतिले प्रकृति खुद्दा भने धर्मको कुरा

लिङिय सिमाको हदबन्दीमा थुनी दिए
देव र दासिको भेदलाई भने कर्मको कुरा

कर,भर,डर,रहर के थियो खोलिए
मुख लुकाए रे आफ्नाले भने मर्मको कुरा

छनौट बनौटको कुरामा कालो छाला आयो
अर्थोक त ठीक थियो रे भने चर्मको कुरा

कसैले भोज भने,कसैले मोज ,कसैले बोझ
मेलापात सरी खनिए भने पर्मको कुरा
.


September 20, 2008

दशैँको पूर्वसन्ध्यामा आएको बजेट भाषण

-एकलव्य

यसो त , कांग्रेसले समयमा माओवादीलाई सरकारको किलो नछाडिदिनाले, कामरेड बाबुरामले आँफूले चाहेको सरकारी बजेट भाषण पढ्न सोह्रसराद्दे सम्म कुर्न पर्‍यो । फलत, सदैव असार मसान्तभन्दा पहिलै पढिने बजेट भाषण परम्परागत मितिभन्दा २ महिना पछि पढ्न पर्ने योग पर्यो। अन्तत: कामरेड बाबुरामको उफ्रिने भ्यागुतोले बजेट भाषण मार्फत ब्रिफकेसबाहिर निस्कने मौका पायो । हेरौँ, भ्यागूतो कति उफ्रिन्छ ।

आँफू विशेषज्ञ अर्थविद परिएन , त्यसैले टेक्निकल कुराको चर्चा गरेर फँस्नु पनि भएन । बजेटमा पपुलिष्ट खाले अनि समाजवादी अवधारणका थुप्रै कुराहरू परेका छन् भन्ने कुरा प्रारम्भिक प्रतिकृयामा पढिएको छ। । यसअघि ७५ वर्षभन्दामाथिका ज्येष्ठ नागरिकलाई मासिक २ सय रुपैयाँको दिँदै आएको वृद्द भत्ता लोपोन्मुख जातिका सबै उमेरका व्यक्ति, दलित, एकल महिला र कर्णाली अञ्चलका ६० वर्ष तथा अन्यमा ७० वर्ष माथिका नागरिकलाई दर र दायरा बढाई ५ सय रुपैयाँ भत्ताको व्यवस्था गरिएको रहेछ । यो बिगत बजेटको निरन्तरता माथि लोककल्याणमा देखाइएको अतिरिक्त प्राथामिकता हो । हिजो अरूले बजेट बनाउँदा 'कर्मकाण्डे' भनेर आरोप लगाइरहने भएका कारणले पनि आँफैले बनाएको बजेटमा आँफू केही ' आउट अफ द बक्स' देखिनु पर्ने माओवादीको वाध्यता हो । बजेटले धेरै पपुलिष्ट कनिका त छर्न खोजेको छ , तर यस खाले बजेटले मुलुकको दीर्घकालीन विकासमा कति सकारात्मक प्रभाव पार्न सक्ला यो फेरि पनि अड्कलकै विषय बन्न पुगेको छ।

सर्सर्ति हेर्दा बजेटले आफ्नो भोल्यूम भयानक रूपमा बढाएको छ , लगभग ४५% । देशको राजस्वलाई लगभग गत वर्षको तुलनामा ३५% भन्दा बढी वृद्दि गराउने कुरा महत्वाकांक्षी अवश्य छ भने उता वैदेशिक अनुदान र ऋणलाई ४५% भन्दा बढी बढाएर यो फुकेको बजेट आकारलाई हावा भर्ने काम गर्नु भने माओवादीको आफ्नो हिजोसम्मको अडानलाई धज्जी उडाउने खालको छ । हिजोसम्मका सरकारकलाई विदेशी ऋण र अनुदानको भारमा थिचिएका कठपुतली भनेर आरोप लगाउने माओवादीले आफ्नै बजेटमा बिदेशी दान र ऋणलाई कै भारलाई आकाशे गतिमा माथि लैजानु उसको 'कथनी र करनी' बीचको विडम्बना हो । अहिले आएर १०० अरब रुपैयाँ त अनुदान र ऋणको 'पाइपलाइन' मा छ भनेर अर्थसचिव रामेश्श्वर खनालले स्पष्टीकरण दिनुले माओवादी सरकारको हैसियत देखिएको छ । तर बुझ्नु पर्ने कुरा के हो भने , बिदेशी ऋण र अनुदान पनि विकासका ठोस सम्भावना कार्यान्वयन गर्न र सरकारले बाह्य लगानीलाई प्रयोग गर्ने ठोस व्यवहारिक प्रतिवद्दता देखाएर मात्र पाएने कुरा हो , कसैले आशा राख्दैमा पाइने हैन र कागजी प्रतिवद्दता अलग कुरा मात्र ठहर्न पनि सक्छन् । अनि शिक्षा, स्वास्थ्य बाहेकका साधारण तर्फको खर्च कार्यान्वयन गर्न पनि यो रकमको प्रयोग हुन सक्ने प्रावदान रहन्न ।

बजेटको सबैभन्दा ठूलो अस्पष्टता सरकारको नीति र कार्यक्रममा रहेको ढुलमुलमा निहित छ । सरकारको दिशा पूँजीवाद र साम्यवादको चेपुवामा अस्पष्ट थिचिए जस्तै, अर्थनीति पनि उदार पूँजिवादी विश्वनीति र समाजवादी लोकतन्त्रको अर्थनीतिको सँधियार बनेर यता न उता बन्न खोजेको छ । यस्तोमा लाग्छ कतै यो अस्पष्टता बिदेशी ऋण र अनुदान लिन दाता रिझाउन पर्ने वाध्यतामा फँसेको 'न्यू कम्युनिज्म' को प्रयोग त हैन । सरकारको निति तथा कार्यक्रम भन्छ , २ वर्षमा निरक्षरता निर्मूल गर्ने , ५ वर्षमा हरेक नेपालीलाई पिउने पानीको उपलव्धता हासिल गराउने तथा १० वर्षमा १० हजार मेगावाट बिजुली निकाल्ने तथा देशव्यापी अन्धकार निर्मूल पार्ने । योजनाको सोचलाई आलोचना गर्नु पर्ने कुनै कारण नभए पनि , एउटा संरचना र भौतिक आधार लगभग शून्यप्राय रहेको ( भएको पनि रुग्ण रहेको ) अल्पविकसित मुलुकले यति महत्वाकांक्षी तथा अरबौँ डलरको लागतले मात्र सम्भाव्य हुन सक्ने कार्यक्रमहरूको दिशालाई कसरी निर्क्योल गर्ला भन्न गाह्रो छ ।तर पनि बजेटको अन्तर्वस्तुले चमत्कारपूर्ण 'मेगा विकास' र भ्यागुतो जस्तो उफ्रिने 'डबल डिजिट' वृद्दिदर हासिल गर्न कुनै नया कुरा नितिगत वा व्यवारिक रूपमा समीचिन छ भन्ने ठाउँ भने कतै राखेको छ भन्ने पटक्कै लाग्दैन । यो कुरा केवल युद्दकालीन जोश र उमंगबाट सत्तारोहण हुँदाको उत्साहपुर्ण नारा वा रटमा सीमित गराइएको प्रतीत हुन्छ ।

साथै, माओवादी जस्तो साम्यवादी नीतिमा विश्वास गर्ने दल र उसको नेतृत्वको सरकार जसले उदार बजारवादी अर्थनीतिका पक्षमा जहिले पनि सन्देहास्पद नारा र कुराको प्रचारबाट सनसनी फैलाउने गरेको छ , दाताहरूबाट विश्वास आर्जन गर्न पनि उसको राजनैतिक, सरकारी र नितिगत व्यवहारिकताको परीक्षणबाट गुज्रिनु पर्ने स्थिति केही समय रहिरहनेछ । तैपनि बलीयो कानूनी राज्यको रूपमा कर चुहावट, तस्करी, भ्रष्टाचार जस्ता कुराहरूबाट मुलुकलाई थोरै मात्र पनि त्राण दिन सकेको खण्डमा विस्तारै दाताहरूबाट पत्यार आर्जन हुने र राजश्वको दायरा वृद्दि हुन भने सक्छ।

बजेटमा केही नयापन अवश्य छन् र धेरै परीक्षणमा गुज्रिसकेको हाम्रो अर्थनिति र व्यवस्थाले नया नेपालको नाममा फेरि पनि एउटा परीक्षणको अवसर पाएको छ । यो परीक्षणले बाटो राम्रो लिएमा भविष्यमा यो प्रयोगले प्रशंसा अवश्य बटुल्ला पनि तर । दशैँको मुखमा पढिएको यो अत्यन्त ठूलो आँकडाको बजेटले अनि सरकारी कर्मचारिको तलब वृद्दिले लिएर आउने आँधिले बाजार मूल्यको पहाड सिर्र्जना गरी सर्वसाधारणको ढाड भने सेक्ने निश्चित छ । किनभने त्यतिबेलासम्म सरकारले खोल्ने भनेका सुपथ मूल्य पसल खोलिएका पनि हुने छैनन् र अर्को वर्षसम्म खोलिए पनि ठेक्कापट्टाका अड्डाहरूमा कब्जा जमाए जस्तो सहकारी सुपथ पसल पनि वाइसिएल हरूले नै सञ्चालन गर्ने पो हुन कि ! पार्टी सदस्यतालाई रासन कार्ड ठान्ने स्थिति नआओस भन्ने कामना यहाँनेर गर्नु उचित नै हुन्छ होला । यसो नगरी जिम्मेवार र लोककल्याणकारी लोकतन्त्रको बाटोमा प्रतिवद्द बनेर जाने सरकारको मनोसोच र निति हो भने , यो फलोस् फूलोस् शुभकामना । जतिसुकै क्रान्तिकारी पार्टी भए पनि न त माओवादीले आफ्नो पहिलो बजेट भाषणमा नै सबै कुरा राम्रो दिन सक्छ न त सबैको चित्त बुझाउन नै । आशा गरौँ कामरेड बाबुरामको यो बजेट भाषणले वहाँको पार्टीभित्र कै वहाँ बिरुद्द खनिइरहने गुट र सहकर्मी सत्तारूढ घटक सम्मलाई सन्तु्ष्ट पारो्स् ।



September 19, 2008

के यो समाचार रिपोर्टिङ साँचो होला त ?

Fidel Castro has slept with 35,000 women

NEW YORK: Cuban revolutionary leader Fidel Castro has slept with 35,000 women in his 82 year of life, according to an upcoming documentary.

"He slept with at least two women a day for more than four decades - one for lunch and one for supper," The New York Post quoted an ex-Castro official named "Ramon" as telling filmmaker Ian Halperin. "Sometimes he even ordered one for breakfast," the official said.

"I don't think he would have stayed on as long as he did if not for all the incredible women he had access to as president," the official added.

Fidel Alejandro Castro Ruz or Fidel Castro led his country from December 1959 until his resignation in February this year. Castro came to power as a result of the Cuban revolution that overthrew the dictator Fulgencio Batista, and shortly thereafter became Prime Minister of Cuba.

Although the US has tried hard to get rid of him, Castro outlasted no fewer than nine American presidents since he took power.

Source: Times of India (19/09/2008)
http://timesofindia.indiatimes.com/World/Castro_slept_with_35000_women/articleshow/3500538.cms)



सनक शिरोमणि मातृकाको राजीनामा नम्बर -३

साढे तीन वर्ष अघि सम्पन्न अप्रिल क्रान्तिदेखि माओवादी सत्तामा सहभागी रहँदै आएको छ र यो माओवादी सहभागिताको अभिन्न पात्र रहँदै आएका छन् नेपाली राजनीतिका धूरन्धर सनकासुर मातृका यादव । उनी सहभागी भएको गिरिजा मन्त्रीमण्डलबाट उनले राजीनामा गरे-१, अनि माओवादी पार्टी स्वयं गिरिजा मन्त्रीमण्डलबाट निर्वाचन सार्ने प्रकरणको स्टण्ट खेल्न हिउँदे छुट्टिमा गयो दलबलको राजीनामा सहित-२, र अहिले आफ्नै पार्टीका प्रचण्ड मन्त्रीमण्डलबाट राजीनामा दिएर मातृकाले सायद नेपाली राजनीतिमा सबैभन्दा बढी स्वेच्छिक राजीनामा दिने खिताबदारी मन्त्री भैसकेको हुनुपर्छ ।


हुनत मन्त्री भैसकेपछि, जनयुद्द लडिरहेकै शैलिमा उत्रेर कसैको घर जग्गा कब्जा गर्न बन्दूकधारी दस्ता लिएर जाइ लाग्न नजानुपर्ने हो , तर यही शैलिको विजय स्वरूप माओवादी र मातृका सत्तारूढ हुन पुगेका हुन भन्ने कुरा बुझेको कसैले पनि , मातृकाजीको प्रवृत्ति देखावटी हो भनेर नठान्दा जाती हुन्छ । किनभने उनले जे गरिरहेका छन् त्यो त उनको दलको नीति र व्यवहारको निरन्तरता हो र उनका दलबाट सत्तामा पुगेका अरूले सभ्य र लोकतान्त्रिक देखिने प्रपञ्चमा मातृकापथबाट आँफूलाई बिचलित राखेका मात्र हुन् ।माओवादी पार्टीले जुन भीषण र दूर्दान्त युद्द नेपाली भूमिमा लड्यो र प्रकारान्तमा त्यसैको  आस वा त्रासको कारण निर्वाचनमा आर्जेको आफ्नो सफलताको जरिया यही शैलिलाई उसले सरकारमा बस्दा पनि अपनाउन खोज्नुलाई अन्यथा मान्ने आधार पनि रहेन । तर पनि आफ्नो क्रान्तिकालीन शैलि र व्यवहारभन्दा नितान्त फरक सरकारको जिम्मेवारीमा रहेर आँफूले उठाएका मुद्दाहरू आँफैले कार्यान्वयन गर्ने ठाउँमा पुग्दा, विचार र व्यवहार  दुवै कुरामा जिम्मेवारीको भारी थपिने कुरा नबुझ्नुलाई भने केवल बहलट्ठीपन मान्नु बाहेक कुनै विकल्प रहन्न ।

मातृका र अरू क्रान्तिकारीहरूले पनि बुझ्नु पर्ने कुरा के हो भने उनीहरू अहिले जंगलको जंगली युद्द लडिरहेका छैनन् जहाँ राती आराम गरिरहेका सरकारी सुरक्षाकर्मीहरू माथि घात लगाएर आक्रमण गर्दै अकल्पनीय शैलिको प्रयोगले जीवन ‍हरण गर्नूलाई पनि विरोचित रूपमा उचित ठान्न सकियोस् । सनक शिरोमणि मातृका र उनको डफ्फाले आफ्ना जनयुद्द्कारी अण्टसण्ट कामहरूलाई अब व्यवहारिक कानूनी राज्यको दायराभित्र ल्याएर अनुपालन गर्नु गराउनुमा आफ्नो पराक्रम देख्नुपर्छ । भूमिसुधार मन्त्रीले आफ्नो क्षेत्राधिकारको कुरा उठाएर कसैको घरजग्गा कब्जा गर्न जानु कुनै आदिम राज्यमा उचित मानिन्थ्यो होला तर आधुनिक राज्यका मन्त्रीले पहिला भूमि सम्बन्धी कानूनको व्यवस्था गर्नु पर्‍यो , कानूनले अनुचित ठान्यो भने त्यो कानूनको पालना गर्ने गराउने संयन्त्रलाई मजबूत बनाएर त्यसको कार्यान्वयनलाई दह्रो पार्न सक्नु पर्‍यो ।मन्त्री लाठा र बन्दूक बोकेर जुध्न हिँड्न थाल्दा मातृकालई लाग्ला उनको उचाइ बढेको छ तर नेपाल, नेपाली र नेपाली राजनेताहरू यस्तो कर्तूतले परिहासको पात्रमा घटुवा हुन्छन् भन्ने कुरामा हेक्का राख्नु पर्छ । मातृका यादवले बेलाबखत गर्ने हर्कत र कर्तूतले गर्दा अहिले नेपालमा कसैले उपद्रो गर्यो कि 'लौ त यो त मातृका भएछ' भन्ने हाँसो ठट्टाको विषय हुन थालिसक्यो ।

कामरेड प्रचन्ड बडो उत्साहपूर्वक नया नेपालको कुरा गर्दै हुनुहुन्छ तर वहाँका एकजना  सखाले गत हप्ताभरी नेपाली मिडियामा तस्वीरसहित नकारात्मक रूपमा छाएर गोत्र हँसाए । अन्तत : राजीनामा गरेर मातृकाले ठिकै गरे तर माओवादीले त्यो स्वीकृत नगरेर ' तँ पिटे झैँ गर , म रोए झैँ गर्छु' जस्तो पनि गर्न सक्छ । मातृकाको राजीनामा स्वीकृति होला नहोला , तर यो चम्बलको डाँका प्रवृत्तिले छुट्टी पाए मात्र नया नेपालको सोच सम्ममा सहमत हुन जनतलाई अनुकूल हुन्थ्यो ।


यो कस्तो तन्त्र हो ? हामी कहाँ ?

-शेखर ढुङ्गेल
भारतको नाकाबन्दी र दबाबमा २०४७ सालमा बहुदलीय व्यवस्था आयो दलको झण्डा बोक्नेको लागि लुटतन्त्र नै सावित भयो र सर्बसाधारणलाई झनै पीडा सर्बसाधारणको लागि राणाशासनदेखि आजसम्मको क्रान्तिले कुनै परिवर्तन दिनसकेको छैन बरु पीडा थप्दै गयो । मानवाधिकार र स्वतन्त्रताका कुरा टाठाबाठाको ठगी खाने भाँडोमात्र भयो । सडकपतिहरु करोडपति भए देश र जनताको टाउकोमा ऋणको भार बढेको बढ्यै छ ।

यो सबै विकृतिको जड संसदीय व्यवस्था र राजतन्त्र हो भन्दै सुशासन चामत्कारिक रुपमा गरिब दलित जनजातिको उत्थान गर्छु भनी तिनै गरिब दलित जनजातिको घरजग्गा कब्जा खसी बाख्रा अन्नपात लुट्दै १९ हजार निर्दोष नागरिकको लाशको भर् याङ चढी राज्यको सर्बशक्तिमान बनेको सर्बसत्तावादी अधिनायकवादको सिद्धान्तबाट अभिप्रेरित माओवादीले गणतन्त्र स्थापना त गरायो तर मुलुक झन्झन् द्वन्द युद्ध अराजकतामा रुमलिदै सुडान कम्वोडियाको बाटोमा अग्रसर हुदैछ ।

राजसंस्था नै दलित जनजातिको विकासको बाधक गरिब जनताको दुष्मन हो भनी अशिक्षित जनतालाई भड्काउने माओवादीले एकातिर सरकारमा बसी राजश्वमा तर मार्दैछ । अर्कोतिर जनताको सम्पत्ति गैरकानुनी तरिकाले कब्जा गर्दैछ । यो सरकारी डकैती आतङ्कको जतिसुकै विरोध र भत्सर्ना गरे पनि कम हुन्छ । देशको नियम-कानुन हातमा लिने वाइसिएल युथफोस्र वा अन्य जत्था कानुनको परिभाषामा अपराधी ठहर्दछन् । अपहरण र डकैती कानुन अन्तर्गत कारबाही हुनुपर्ने जत्थालाई सरकारी मन्त्रीहरुनै प्रोत्साहित गरिराखेका छन् यो कस्तो बिडम्बना जनताको कत्रो अपमान

केही समयअगिसम्म माओवादीको मात्र एउटा आपराधिक जत्था थियो पछि अर्को युथफोस्र नामको जत्था संलग्न भयो । अब कांग्रेसको तरुण दस्ता जन्मिसकेको छ भने राप्रपा वा अन्य दलका जत्था पनि टाउकोमा कात्रो बाँधेर सडकमा आउने तयारीमा देखिएका छन् । मण्डले-मण्डले भनेर पञ्चायत समर्थक युवाहरुलाई अपराधीको रुपमा राख्न खोज्नेहरुका दलहरुको तिनीहरुभन्दा आपराधिक जत्था गठन गरी गैरकानुनी रुपमा समाजमा कृयाकलाप गर्नु के उचित हो?। गत हप्तामात्र वाइसिएल युथफोर्स अनि फोरम समर्थक युवा जत्थाको भिडन्तले दर्जनौं जिल्लामा निषेधाज्ञा लागू भएको एकको मृत्यु र दर्जनौं घाइते भएको समाचार आएको छ ।

जुन दलका नेता प्रधानमन्त्री छन् गृहमन्त्री छन् ती दलका समर्थक युवा त के स्वयं मन्त्री नै जनताको सम्पत्ति घरजग्गा हडप्ने जत्थाको नेतृत्व गरिराखेका छन् यॊजस्तो सर्मनाक कानुनको धज्जी उडाउने र अन्तर्राष्ट्रिय क्षेत्रमा नै देशको बद्नाम लज्जा अरु के होला बाँकी सर्बसाधारणलाई कसले न्याय दिने के यस्तै आपराधिक डकैतीलाई वैध एवं निरन्तरता दिन राजतन्त्र फ्याकेर गणतन्त्र लेराएको हो गृहमन्त्रीको अलिकति पनि नैतिकता छ भने अर्काको जग्गा हडप्ने आपराधिक जत्थालाई कारबाही गर्नुपर् यो कि ‘ल एण्ड अडर’ कायम गर्छु भनेर जनताले तिरेको राजस्व खाएपछि काम गर्न नसके राजीनामा दिनुपर् यो माओवादीलाई त मातृका यादवको कारणले एकछिन पनि सत्तामा बस्ने अधिकार छैन छैन छैन । जनताले आफ्नो जिउधनको सुरक्षा गरिदेलान् भनी कर तिरेर सरकार बनाई त्यसलाई पालेको हुन्छ त्यै सरकारको कार्यान्वयन जनताको अपहरण जनताको घरजग्गा कब्जा गर्ने काम गर्दछन् भने त्यस्ता दललाई सत्तामा बस्ने अधिकार संसारको कुनै कानुन र तर्कले दिएको छैन । यो अराजकता उदण्डता सत्तासीन दलकै कार्यकर्ताबाट हुनथाले पछि प्रहरी प्रशासन पछि हट्ने भएपछि प्रहरी प्रशासन विघटन गरे भैहाल्यो नि ! सिराहामा मन्त्रीको नेतृत्वमा सर्बसाधारणको घरजग्गा कब्जा गर्ने काम भयो- कस्तो लज्जास्पद कुरो प्रहरी सर्बसाधारणको घरजग्गा कब्जा गर्दागर्दै रोक्नुको साटो त्यो ठाउँ छोडेर फिर्ता गयो रे कस्तो अक्षम अपराध प्रहरीको त्यहाँ गौर काण्डको पुनरावृत्ति मच्चिएको भए त्यसको जिम्मेवार को यस्तो डकैती तन्त्रको लागि जनताले राजतन्त्र फ्याँकेको होइन आफ्नो हक-अधिकारको लागि संरक्षक आफ्नो पहुँचको सरकारको लागि हो । जनताको धनजनको सुरक्षा गर्नुको साटो सरकार नयाँ आपराधिक मण्डलेलाई संरक्षण र प्रोत्साहन गर्दछन् भने यो डकैती तन्त्रको विरोधमा छिट्टै सम्पूर्ण जनता तरबार र खुँडा बोकी सडकमा आउँदैनन् भन्न सकिन्न ।



September 18, 2008

कथा - भ्रम

:शेखर ढुङ्गेल


नमस्कार !


कोही अपरिचित व्यक्तिले किरणतर्फ हात फर्काउँदै अभिवादन गर् यो । किरण अकमक्क पर् यो । पछाडि फर्केर हेर् यो सायद अरु कसैलाई नमस्कार गरेको होला ! तर पछाडि कोही थिएन । औपचारिकताका लागि नमस्कार फर्कायो । हाँस्दै हात मिलायो अनि सोध्यो- “हाम्रो भेट कतै भएको थियो र माफ गर्नुहोला मैले त ठम्याउन सकिनँ । यहाँको नाम जान्न सक्छु होला ”


"मेरो नाम दीपक हो म माथिल्लो टोलमा बस्छु ।” अनि सोध्यो- “तपाईं डाक्टर साहेब होइन ?” उसको प्रश्नले आफ्नो व्यक्तित्वप्रति किरण आफैं गद्गद् भयो एकछिन । प्राकृतिक रुपमा हँसमुख अनि व्यक्तित्वको धनी किरणलाई बेला-बेलामा अलग-अलग जात र पद दिई सम्बोधन गरेको यो पहिलो पटक भने थिएन ।

यस पटक एक्लो उपस्थितिमा कसैले नितान्त एकदमै भिन्न दर्जा दिएकोमा किरण चकित पर् यो । किरणले एकदमै सहज तरिकाले जवाफ दियो “होइन म खाते हुँ । दीपक !”

"'के भन्नु हुन्छ किन मजाक गर्नु भो डाक्टर साहेब?” किरणले फेरि दोहोर्‍यायो “होइन म खाते नै हुँ ।” दीपकले भन्यो- “यो सेतो कोट…।” किरणले हल्का हाँस्दै भन्यो “विश्वास गर्नुहोस् म खाते नै हुँ ।”

दीपकले विश्वास गरेन र फेरि थप्दै गयो “सेतो कोट यो महँगो घडी यो व्यक्तित्व तपाई डाक्टर नै हो । ल किन ढाँट्नु हुन्छ ठूलो मान्छे भएर ?” दीपकको जिद्धी देखेर किरणले मनमनै भन्यो “यो कस्तो मुर्ख मनिस होला एक त अपरिचित त्यसमा पनि नभएको पगरी गुथाएर उल्टो हो भन्ने गराउन जोडदिइरहेको छ । म त्यो होइन भन्दा विश्वास नै गर्दैन ।”

घरमा बच्चाले म:म, तन्दुरी चिकेन लेराउन भनेकाले किन्न रेष्टुराभित्र पसेको किरणको पछिपछि आएको दीपकले गरेको प्रश्न उसको विश्वास अडान देखेर मनमा अनेकौं प्रश्नहरुको ओइरो पनि लाग्यो- म साच्चिकै डाक्टर भैदिएको भए हो म फलानो अस्पताल क्लिनिक वा कुनै ठूलो मान्छेको निजी डाक्टर हुँ भनिदिन्थें ऊ खुसी हुन्थ्यो होला । अझ कतै मैले मेरो ठूला-ठूला नेतासित पहुँचको गफ छोडिदिएको भए फोन ठेगाना वा बिजनेस कार्ड माग्दथ्यो होला । उसको आफ्नै नभए अरु कोहीको काम फत्ते गर्न सिफारिस गरिदिन अनुरोध गर्दथ्यो होला । म “पक्का काम हुन्छ चिन्ता नगर्नुहोस्” भनी विश्वास लाग्ने गरी आश्वासन दिन्थें होला । ऊ झुक्दै नमस्कार गर्थ्यो होला । मेरो म:म र चिकेन तन्दुरीको पैसा तिरी मलाई किन्न बैनाबट्टा गर्थ्यो होला । त्यो प्याकेट गाडीसम्म पुर् याउन आई गाडीको ढोका बन्द गरिदिन्थ्यो होला ।

तर किरण न त डाक्टर थियो न त नभएको गफ दिएर झुकाइ खाने स्वभाव नै थियो उसको । सामान्य रुपमा भद्र नै देखिने दीपक नै बरु कुनै सरकारी कर्मचारी हुनुपर्दछ । अपरिचितसित अप्रसंग नै नजिक हुनखोज्ने स्वभाव उचित कि अनुचित जेहोस् जोसुकै होस् दिएको सत्य जबाफलाई विश्वास नगरी आफ्नै जिद्दीमा अडान राखेको छ दीपकले । रेष्टुरा व्यस्त थियो किरणको सामान अझै तयार भैसकेको थिएन । दीपक अझै अक्कबक्क भै किरणलाई नियालि रहेको थियो ।

अरु दुई ग्राहक भित्र पसे । दीपकले उनीहरुलाई सोधेर किरणलाई डाक्टर सावित गराउन खोज्यो । दुवै अपरिचित गलल हाँसे र टेबुलमा बसे । दीपक भने खिन्न मन लगाएको जस्तो देखियो ।

किरणले दीपकलाई उसकै बारेमा सोध्यो । दीपकले पनि सीधै जबाफ दियो- “म व्यापारी । घर जग्गा गाडीको खरिद-विक्री गर्दछु । राम्रै चलेको छ ।”

किरणले १० बर्षअघि मात्र नोकरीको खोजिमा राजधानी पसेको दीपक साइकल मोटरसाइकल खरिद-बिक्रीको प्रगतिले उसलाई समाजमा ठूलो मान्छे बनाइसकेको सोच उसमा पलाएको पायो ।

कुराकानीको क्रममा दीपकको पहुँच निकै माथिसम्म रहेको किरणले थाहा पायो । दीपकको गाडी किरणकै कारपछाडि रोकिएको थियो । तर कार वास्तबमा उसको थिएन बिक्रीको लागि कसैले उसको ग्यारेजमा राखेको कार थियो त्यो । तर ग्यारेजमा यसरी राखिने सबै कारको स्वाद उसले चाखिसकेको थियो ।

किरणलाई त्यस्तो अप्ठ्यारो अवस्था पहिले पनि नपरेको होइन । केही बर्ष पहिलाको कुरा हो उसको एकजना नातेदार प्रहरीका ठूलो हाकिम थियो । ऊ जिल्ला भ्रमणमा जाँदा किरण पनि साथै गएको थियो । जिल्ला तहका हाकिम डिएसपीले आफ्ना हाकिमलाई जस्तै उसलाई ड्याम्म यसरी सेलुट गरे पछि ऊ झसंग भएको थियो । पसिना-पसिनाजस्तो भएको थियो किरण ! अब के भनेर परिचय गर्ने । तर चलाक किरणका आफन्तले कुरा मोडिदिए परिचय गर्नै परेन

यस्तै उनलाई भेट्न प्रहरी प्रधान कार्यालय जाँदा कतिले किरणलाई सेलुट नगरेका पनि होइनन् । किरणको ब्यक्तित्व मारवाडी ब्यापारी प्रहरी सेनाका अधिकृतजस्तै थियो- छोटो कपाल र टोपीमा ऊ सधैं हुन्थ्यो । नचिनी सेलुट गर्नेहरुदेखि किरण मनमनै खुबै हाँस्दथ्यो ।

आज किरण डाक्टरको रुपमा छ दीपकको अगाडि जो ऊ होइन । “हजुरको म:म तयार भयो” दीपक पनि सामानको पर्खाइमा थियो दीपकले अझै पनि किरणलाई हेरिरहेको थियो । दीपकको आँखाले “मलाई किन ढाँटेको?” भनिरहेकै थियो । दीपकको भ्रमले किरणलाई पनि मजा भने दिएको थिएन- कहाँको यथार्थ कहाँको भ्रम

किरणले आफूमाथि विश्वास गर्न अनुरोध गर्ने के सोचेको मात्र थियो दीपकले फेरि जबरजस्ती प्रहरीले केरकार गरेझैं सोध्यो । “यो सेतो कोट महँगो घडी, महँगो कार चढ्ने डाक्टर नभए को त ?“ दीपकको जिद्दीले किरणलाई अब आफ्नो साच्चिकै औकात देखाउन प्रोत्साहित गर्दैथियो । नम्रता र शिष्टता पनि टुट्यो अनि कारको सिटबाट चिच्यायो- “दीपकजी म खाते नै हो । हिजोका खातेले प्राडो पाजेरो चढेको देख्या छैन खातेहरुले नयाँ-नयाँ महल बनाएको देख्या छैन महँगो अत्तर छर्केर टाई ढल्काएको देख्या छैन लुगाजस्तो लायो मानिस त्यहीं हुन्छ ! भ्रष्ट गरिब चुसुवा महान समाजसेवी बन्या सुन्या छैन हामी नेपालीले समय र मानिस चिन्न आजसम्म किन सकेका छैनौं यो कोट मेरो मालिकले जापानबाट यो घडी मालिकको छोरीले अमेरिकाबाट ल्याइदिएको । यो गाडी म यो गाडीको ड्राइभर ! किरणको छर्राझैं निस्केको जवाफले दीपक तिल मिलाउन पुग्यो । ऊ ढोकाको आड समातेर थुचुक्कै बस्यो । “अब त उसको भ्रम पक्कै टुट्यो होला ” किरण हाँस्दै अगाडि बढ्यो ।



September 16, 2008

अजब नेपाल , गजब नेपाल , चमत्कारी नेपाल !

(१) सिराहा जिल्लाको मिर्चैया गाउँमा ६७ जना जमिन्दारहरूको ११ बिघा जमिन लुट्न माओवादीका हाइपरटेन्सन्वाला भूमिसुधार मन्त्री मातृका यादवको नेतृत्वमा एक हूल वाइसिएल बन्दूक र हतियार सहित जाइ लागेछन् । यो समाचार नेपाली मिडियामा तीन दिनदेखि छाएको छ । तर प्रश्न उठ्छ, माओवादीले भूमि सूधारको नाममा कब्जा जमाउन लागेको उक्त ११ बिघा जग्गा र स्थानीय माछा व्यापारी बीरेन्द्र शाहको १६ कोठे घर वास्तवमा जमिन्दार र अवैध धनसम्पत्ति जम्मा गर्नेहरूको नै हो त ? यदि हो भने ६७ जना व्यक्तिको स्वामित्वमा रहेको ११ बिघा जग्गाको आँकडाले त हिसाब गर्दा प्रति जमिन्दार जम्मा ३.२ कठ्ठा पो हुन पुग्यो त ! के हाम्रा तराईका सामन्तहरू यति गरीब छन् ? अनि माओवादी भिजिलान्तेहरूको नाइके बनेर साथमा भूँडि पल्टाएर हिँड्दै गरेका मातृका यादव आँफै पो सामन्त जस्ता देखिएका छन् त ? यो जग हँसाइ हो कि मान्छेको भूमिका फेरिएको कुराको उदाहरण ? कार्यकर्ता जनसाधारणको जमिन कब्जा गर्न हतियार बोकेर जाइलागेका छन् र कसैको बन्न लागेको गर भत्काउँदै छन्, अनि मन्त्री ह्याण्फोनबाट यसको अपडेट हाइकमाण्डलाई दिँदै छन् । माओवादी शासनमा कानूनी राजको यो विजोगपूर्ण उदाहरण देखेर ‘ चमत्कार’ शव्दको नया अर्थ र भाष्य निकाल्न भाष्यकार बाबुराम भट्टराईको मद्दत लिन पर्ने पो हो कि !

(२) कामरेड प्रचण्डले अस्ति भारत भ्रमणको क्रममा राजघाट जानुभई माहात्मा गान्धीको समाधीमा फूलको गुछ्चेमाला चढाएको देख्दा , गान्धीजीको आत्माले के ठान्यो होला भन्ने सोच्न म वाध्य भएँ । त्यति बिघ्न नेपालीहरूको अकाल मृत्यूका कारक कामरेड प्रचण्ड अनि अहिंसाका लागि विश्वविख्यात गान्धी, एण्टिथेटिकल क्लाइमेक्स नै हुने देखेर, म गान्धीको सम्झना गर्दै विस्मित बन्न पुगेको हुँ। कसैले हान्न खोजे अर्को गला थाप्ने भन्ने गान्धीवादी विचार अनि, कसैले केही गरोस् नगरोस् न नपरेकालई आरोप लगाएर सफाया गर्ने माओवादी दर्शन एका ठाउँमा भेटिएको यो विडम्बनामा विस्मित बन्नु सिवाय के बाँकि छ र ?

(३) कामरेड वामदेव गौतमले , रात्री जीवन र डान्स वारमाथि धावा बोलेर पपुलिष्ट काम गर्नु भन्दा । डान्सवारका नर्तक, नर्तकी, बाउन्सर र व्यवसायीको रोजीरोटी खोसेर चर्चा बटुल्नु भन्दा बरू देशभर बस्न, खान र बाँच्न पनि सास्ति भोग्दै गरेका सामान्य नेपालीहरूको आधारभूत जीवन जिउने अधिकारको रक्षामात्र गर्दिन सके बामदेवलाई ‘महादेव’ मान्न हुन्थ्यो । डान्सवारे हरू र तिनको काम तिनलाई नै गर्न छाडिदिएर देशभरि फैलिएको वाइसिएल-युथफोर्स- फोरमको घमासानलाई रोक्न र नेपालको तराईदेखि काठमाण्डु सम्म प्रताडित जीवनलाई बस्न-खान उपयुक्त हुने बनाउने प्राथामिकतामा राख्न सकिदिए हुन्थ्यो भन्ने कामना गर्न मन लाग्यो । वेश्यावृत्ति गर्न वा महंगा नाङ्गोनाच वार र रेष्टुरेण्टमा त जो कोही जान सक्ने पनि हैन , पैसावाल र खर्च गर्ने सामर्थ्यका बिग्रेका किराहरू वा रसिक सोमहरू रस तान्न त्यहाँ पुग्छन् , तर जीवन बाँच्नै नसकिने ढंगले जीर्ण बनिसकेको हाम्रो सुरक्षा व्यवस्था र सत्तारूढ दलका युवा-जत्थाहरू जो मत्त साँढे झैँ ठाउँ कुठाउँ जुधेर देशलाई रगताम्मे परिरहेका छन् र सर्वसाधारणलाई बाटो हिँड्नबाट तर्साइरहेका छन् तिनको यो , तमाशा रडाको रोकेर मुलुकलाई शान्त पार्दिए हुन्थ्यो नि बरू भन्न करै लाग्यो ।

(४) कामरेड प्रचण्डले सरकारको नीति तथा कार्यक्रम पास गर्न अनुरोध गर्दादेखि लिएर आफ्नो भारत भ्रमणको क्रममा पनि , रट लगाउँदै आएका छन् अबको नया नेपालले कम्युनिष्ट एकाधिकारवाद र संसादवाद दुवैलाई पूर्ण रूपमा अपनाउने छैन । उनको दावा छ । अबको नेपालमा सबै कुरा चमत्कारिक ढंगले हुनेछ । हैन यो माओवादीको कुन गोलमटोलवा हो जहाँ राजनीतिदेखि अर्थनीतिसम्म सबै कुराका लागि कुनै सिद्दान्त , नतिनियम र कार्यक्रम आदि कुराका लागि कुनै आधार नचाहिने बरू सबै कुरा एकाएक चमत्कारिक ढंगले मात्र हुने ? कतै , अबको नया नेपाली राजनैतिक व्यवस्था, राजा महेन्द्रको पञ्चायती व्यवस्था जस्तो नेपाली माटो सुहाउँदो हुने त हैन ? जे होस् राजा ज्ञानेन्द्रले राजपाठ त्यागेपछि धेरैजसो राजावादी माओवादीमा नै लागेको हुँदा , हिजो राजतन्त्रमा लागेका मान्छेहरू देखि महेन्द्रवादीहरू समेत माओवादीमा नै भएको हुँदा , कामरेड पुष्पकमल दाहाल उर्फ प्रचण्डलाई नेपाली माटो सुहाउँदो गैर कम्युनिष्ट गैर संसदवादी व्यवस्था नेपालमा स्थापना गर्न धेरै होमवर्क गर्न भने पर्दैन कि भनेर ढुक्क हुने ठाउँ छ । जय प्रचण्डपथ !



माओबादीको रसरंग?

उनी को हुन?
मन्त्री।
मन्त्री भए छापामार दस्ता अघी पछी लगाएर कता?
घर भत्काउन।
घर भत्काउने उनी कुन मन्त्री?
भमिसुधार। मैले त अशान्ती तथा पुन भत्काउ मन्त्री भन्ने ठानेको।
घर भत्काएर भुमी कसरी सुधार्ने?
भुमी होइन मान्छे सुधार्ने।
मान्छे सुधार्न बन्दुक नै चाहिन्छ त?
चाहिन्छ नि। १० बर्षमा सुधार्दा पनि बहुमत आएन अब अलि सुधारेर बहुमत ल्याने।
१० बर्ष लड्दाखेरीका बन्दुक त पानी ले बगाएन र?
बगाएको हो, कोसीको भेल फेरी उतार्‍यो क्या।
कोशीको भेलले त फाइदै गर्‍यो?
गर्‍यो नि। अरु फाइदा पनि छन।
कोशी त मान्छेले ल्याको बिपत्ती भन्ने होलान नि कमरेडले दिल्लीमा?
रिशानी होला नि यस्तो कुरा गरे त। बरु अरु सन्धी थपेर खुसी पार्नु छ।
सन्धी सम्झौता त खारेज गर्ने होइन र?
पुरानो भयो, पुनरावलोकन गरेर अझ मजबुत बनाउने।
सन्धी मजबुत भएर के फाइदा हुन्छ र?
सरकार मजबुत हुन्छ नि।
सरकार मजबुत पार्न दक्षिणमै दक्षिणा चढाउनु पर्ने?
यती बुझ्न दश बर्ष लाग्यो। चलि आएको परम्परा, दाम त चढाउनु पर्यो नि।
जनताले जिताएको पार्टीलाइ, दक्षिण किन जानु पर्यो?
भोटले मात्र कांहा सरकार बन्छ त, भारतको ओठ पनि चाहिन्छ।
भने पछि बन्दुक खोलाले बगाएर ठिकै गर्यो?
बगाए पनि चाहिने ठाउमै थुपारेको छ।
अर्को चुनाबमा चाहिएन?
के थाहा अर्को चुनाबभन्दा पहिल्यै पो चाहिन्छ कि??


चाणक्य निति

कहिले काहीं नितीशास्त्रका कुरा पढ्न छुट्टै आनन्द आउंछ। कुनै बेला एक जना साथीले नेपालबाट आउणदा चाण्यक्य निति ल्याएका थिए। यसो हेरेको राम्रो लाग्यो। तदपस्सात नियामित पढ्न थाले। पढ्ने क्रममा एक पटक एक जना भाउजु चाण्यक्क नितिको निकै बिरोध गरिन। किन भनेर सोधेको त चाण्यक्क निति महिला माथी निकै क्रुर भएको बताउनुभयो। मैले पुरै त पढिन तर महिला माथि त्यस्तो शब्द लेखेको मैले पढे जतिमा भेटिएन। हिजो पुरुष्तोम जी ले चाण्यक्य नितिका २ निति पठाउनु भएको रहेछ, त्यसले मलाइ मैले पहिले पढेका कुरा सम्झाए। मैले पढे जतीमा मन परेका ५ निति:


१) सदकर्म: राम्रो कामले मान्छे इश्वर बनाउंछ भने खराब कामले मान्छेलाइ रा्क्षस तुल्लाउंछ। राम्रो बिचारले मान्छेलाइ सधै सफलता तिर पुर्राउंछ भने खराब बिचारले मानिसलाइ बिनाशतिर पुर्याउंछ।
२) आलश्य: आलश्य मान्छेको सबभन्दा ठुलो शत्रु हो। यसले केही प्राप्त गर्न अक्षम मात्र बनाउदैन पाएको पनि गुमाने स्थितीमा पुर्राउनसक्छ।
३) मुर्खता: मुर्खले आफ्नो असफलतमा कि आफैमा पछुतो मनाउछन या अरुलाई दोष लगाउंछन। मुर्खले अरुलाइ नाष गर्ने खोज्दा आफै नाशित हुन पुग्दछन। राम्रो ज्ञानले मान्छेलाइ मुर्खहुनबाट जोगाउंछ।
४) इक्षा: इक्षाले मान्छेलाइ दास बनाउदछ। जस्ले आफ्नो इक्षालाइ बसमा ल्याउंछ, त्सले संसारलाइ नै बषमा ल्याउन सक्दछ। इक्षाको निम्ती गलत काम गरदा समाप्ती तिरै पुर्याउंछ।
५) स्वभाव: यदी शिक्षित मानिसले आफुलाइ प्रभाव पार्न सक्दैन भने त्यसले अरुलाइ पनि प्रभाव पार्न सक्देन। मान्छे जो सत्यबाट टाढा रहन्छ त्यसको कुनै असतित्व हुदैन।

अब भने पुरुषोत्तमजीको पालो। वांहालाइ निकै मार्मिक लागेक दुइ चाणक्य निति:

पुरुशोत्तम सुबेदी
-बेल्जियम

क; काल; कानी मित्राणी कोदेसब्यागमौ
कात्यायाम रितिचित्यम क; काल ; मुहुर्मुहु ।

-कुन बेलामा के गर्नु पर्छ । देस कुन हो लाभ के छ ? अर्थात ब्याय के छ ? म कहाँ छु । ममा के सामर्त्य छ । भोली म के गर्न सक्छु ? मित्र कुन हो ? मेरो कर्तब्य के हो ? भन्ने कुरा मा मानिसले बारम्बार बिचार पुर्यायन भने केवल त्यो यस ब्रमाण्डमा मर्नको लागि मात्र जन्म लियको हो ।

लालयत पञ्चबर्षाणी -दसबर्षाणी ताडयत्
प्राप्तेसु ; सोडसेबर्से पुत्रम्मित्रावदाचरेत् ।।
आफ्ना छोरा छोरी लाई पांच बर्षको उमेर सम्म माया गर्नु । दस बर्ष सम्म हप्की दप्की गरी हुर्काउनु । सोर्ह बर्ष पुग्ने बित्तिकै तपाईंका छोरा छोरी लाई मित्र समान व्यबहार गर्नु । किनकी उमेर पुगे पछी तपाईंका छोरा छोरी लाई तपाईंको काबुमा राख्ने कोशीस गर्नु भयो भने झनै गलत बाटो मा जान्छन । त्यसैले तपाईं राम्रो दोस्ती संग जसरी ब्यवहार् गर्नु हुन्छ ।त्यसरी नै छोरा छोरी संग पनि त्यही ब्यवहार् गर्नु उत्तम हुनेछ ।



एन डि यफ बेल्जियमको अधिवेसन भब्यरुपमा सम्पन्न

तुलसिनाथ सुबेदिको अध्यक्षतामा नयाँ समिती गठन
पुरुशोत्तम सुबेदी, बेल्जियम
यही गत सेप्टेम्बर १४ मा एन डि यफ बेल्जियमको दोस्रो सम्मेलन तुलसिनाथको अध्यक्षतामा १७ सदस्सिय कार्य समितिको निर्माण भै सम्पन्न भएको छ ।
१) अध्यक्ष ---तुल्सिनाथ सुबेदी
२) उपाध्यक्ष --ईन्द्रप्रशाद ओली
३) महासचिब -शिवकुमार बरुवाल
४) सचिब ---प्रकास कार्की
५) कोसाध्यक्ष-किस्ण न्यौपाने

सदस्यहरुमा ----पुरुशोत्तम सुबेदी - रमेश पौडेल -राजु छेत्री -टंक गुरुङ -पुष्प राज अधिकारी -गोपाल सिंखडा -अर्जुन गुरुङ -केशब चापागाइ -आक बहादुर लामा - बुद्धी बराल - शारदा अर्याल -डेभिड थापा कुल बहादुर खत्री सहित् १७ सदस्सिय कार्य समिती सर्व सम्मतिमा चयन् भएको छ । बेल्जियम को आन्टवेर्पेन शहर मा भयको उक्तअधिवेसन ने क पा ए मा ले केन्द्रिय सदस्य तथा युरोप इन्चार्ज क भिम रावल को प्रमुख आतिथ्यमा उद्‌घाटन गर्नु भएको उक्त अधिवेसनमा नेपाली राज दुतावास बेल्जियम का महामहिम श्री प्रवेस हमाल ज्यु को समेत उपस्थिती रहेको थियो ।


एन डि यफ बेल्जियम का निवर्तमान अध्यक्ष अर्जुन दाहाल को अध्यक्षतामा सम्पन्न प्रथम चरणको उध्घाटन समारोहमा एन आर एन बेल्जियम - जन संपर्क समिती - मोना बेल्जिय - प्रगतीसिल मन्च बेल्जियम - नेपाली सांस्कृतिक समाज बेल्जियम लगायत थुप्रै संघ संस्था का प्रतिनिधिहरु को उपस्थिती थियो । उक्त प्रथम चरणको कार्यक्रम को सन्चालन एन डि एफ बेल्जियमका निवर्तमान महासचिब श्री ईन्द्र प्रशाद ओली ज्यु ले गर्नु भएको थियो ।


यस प्रथम चरणको कार्यक्रम मा प्रमुख अथितिको आसन बाट बोल्दै क भिम रावल ले संघिय गणतन्त्र नेपाल लाई संथागत गर्न र नेपाली जनता को हितको पक्षमा उभिएर संबिधान निर्माण गर्न ने क पा ए मा ले पूर्ण जिम्मेबारी का साथ लागि परेको स्पस्ट पार्नु भयो । साथै उहाले राष्ट्र पतिको चुनावमा भयको ए मा ले माओ बादी संझौता मा माओवादीले यमाले लाई खिल्ली उडायको समेत् प्रस्ट पर्नु भयो । साथै नेपाली राजा दुतावास बेल्जियमका महामहिम श्री प्रवेस हमाल ज्यु ले नेपाल मा बेल्जियम राज दुतावास खोलिनु पर्छ भन्ने बिचार ब्यक्त गर्नु भयो । उक्त्त समारोहमा यन आर यन बेल्जियम का वर्तमान अध्यक्ष युब राज गुरुङ्ले एन डि एफ बेल्जियम ले आगामी दिनमा यस संथाले अरु थुप्रै सामाजिक कार्यमा अझै प्रगती गर्ने छ भन्ने मन्तब्य ब्यक्त गर्नु भयो ।


प्रथम चरणको समापन लगत्तै खान पिन को कार्यक्रम पछी बन्द सत्र शुरु भएको थियो । उक्त्त बन्दसत्र को अध्यक्षता क भिम रावल ज्यु ले गर्नु भएको थियो भने निवर्तमान महासचिब ईन्द्र प्रशाद ओली ज्यु ले प्रस्तुत गर्नु भयको प्रगती प्रतिवेदन हल वाटै पारीत भयको थियो भने निवर्तमान कोसाअध्यक्ष श्री प्रकाश कुमार कार्की ले प्रस्तुत गर्नु भयको आर्थिक प्रतिवेदन भने संपूर्ण हिसाब किताब सहित् १ महिना भित्र प्रस्तुत गर्ने सर्तमा अनुमोदन भयको थियो । अन्त्यमा नव गठित कार्य समिती लाई क भिम रावल ज्यु ले बधाई दिदै कार्यक्रम समापन भएको थियो ।



देखेँ-२

आँफै बोक्सी हुनेहरू , धामी बन्न खोज्दा रैछन
एउटा हातमा खूँडा बोकी , 'शान्ति' भजन गा'को देखेँ

जनतालाई मार्नेहरू , मसिहाको चोगा लगाई
लुम्बिनीको गुम्बाभित्र 'माने पेमे' गा'को देखेँ

मुलुकलाई ध्वंस पार्नेहरू जतासुकै भिडन्तमा
नया नेपाल? रणमैदान यता-उता सबैतिर देखेँ

जातभात, क्षेत्रवादको कुटिल आगो सल्काएर
घर जलाई खरानीको जोहो खोज्ने चाल देखेँ 

भक्षक आँफै रक्षक बनी हसूर्ने यो चाल देखेँ
बिजोगको यो लोक हँसाइ उदेक लाग्दो लाज देखेँ 

राजघाटको समाधीमा फूलको माला चढाएर
स्वदेशको सपनलाई रगतपच्छे पार्नेहरू देखेँ ।

चमत्कारको घाँसे झुप्पा अघि अघि लट्ठाएर
देशलाई निरंकूशतन्त्र तर्फ डोर्‍याएको पनि देखेँ।।



September 15, 2008

देखेँ ।

ब्वाँसोले बाघको छाला आफ्नो जिऊमा ला’को देखेँ ।
घरको बाघ वनमा पुग्दा लुते स्याल भा’को देखेँ ।।

‘यसो गर्छु’, ‘उसो गर्छु’ भन्थे ठूलै स्वरले तर,
कुरा मात्रै गर्दा पनि जिउ नै थर्थरा’को देखेँ ।

जस्को बिरोध गरी- गरी आफू ठालू बन्न पुगे ,
आज यीनले तिनकै खुट्टा समाई ढोग्नै ला’ को देखेँ ।

गरिवको मसिहाको नया औतार हिजो-आज,
सवा लाखको विस्तरामा सुत्न भनि गा’को देखेँ ।

विस्तारवादी मुलुकसंग जोरि खेल्छु भन्ने विर, 
उल्टै तिन्लाई “माई-बाप” भन्दै रुँदैं गिडगिडा’को देखेँ ।



September 14, 2008

पितृपक्ष ( सोह्रश्राद्द तिथी २०६५ । २००८) बारे जानकारी )

-एकलव्य

हिन्दू धर्मावलम्बी नेपालीहरूले बडादशैँको शुरुवात हुने  घटस्थापनाको दिन भन्दा अघिको आश्विन महिनाको कृष्णपक्षका पन्ध्र दिनलाई पितृपक्षका रूपमा मान्ने चलन छ । आमा बाबु नभएका वा गुमाइसकेका छोराछोरीले मातृ-पितृ भक्ति दर्शाउन, यो पक्षका तिथिहरूमा माछा-मासु र अशुद्द मानिएका अन्न र खाद्यकुराहरूको सेवन तथा, अशुद्द मानिने अन्य कर्महरूबाट समेत पूर्णत: अलग रहेर बस्नु पर्छ भन्ने विश्वास छ । जुनसुकै  साल र महिनाका दिन हरूमा स्वर्गे भएका भए पनि , पितृ ( मातृसहित) हरू देहान्त  हुनुभएका तत् तत् तिथीहरूमा यथा विधि पार्वण श्राद्द गरेर पिण्डदान र तर्पण गरी , हामीले हाम्रा स्वर्गीय माता पिता र अन्य वरिष्ठ पितृहरू प्रति समेत श्रद्दा- भक्ति प्रकट गर्न सक्छौँ । आमा र बुबा दुवै गुमाएका छोराहरूले भने पिताको तिथिमा  नै एउटै श्राद्द गरी दुवै आत्मालाई एउटै श्राद्द पूजा मार्फत तर्पण वा पिण्डदान गर्न सकिन्छ ।

घरबाट बाहिर परदेशमा रहेकाले भने , स्वदेशमा  रहेका आफन्तले श्राद्दकर्म गर्ने हुँदा एकछाके ( श्राद्द भन्दा अघिल्लो दिन )  र श्राद्द पर्ने तिथिका दिन माता-पिताको सम्झनासहित शुद्द भोजन र  कर्ममा रही गरीब गुरुवालाई भोजन वा सिदादान गरी आफ्नो पितृकर्तव्य पूरा गर्न सक्छन् ।

 यो वर्ष सोह्रश्राद्दको रुपमा चिनिने यो पितृपक्षको आरम्भ भोलि भदौ २९ गते तदनुसार  सेप्टेम्बर १५ तारिखबाट हुने भए पनि पूर्णिमा तथा प्रतिपदा तिथिमा श्राद्द गर्नेहरूका लागि भने  आज २८ गते वा १४ सेप्टेम्बरबाट ‘एकछाके’ गरी श्राद्दारम्भ हुनेछ । यसरी बीचमा  तिथीहरूको घटबढ हुँदै यस वर्षको पितृपक्षको अन्त्य असोज १३ गते अथवा सेप्टेम्बर २९ अमावस्य ( औँसी) तिथिमा हुनेछ । बीचका तिथिहरूमा रजस्वाला, जूठो वा सूतकले गर्दा श्राद्द हुने नभएमा रोकिएको थिथिको श्राद्द पनि औँसीका दिनमा गर्न सकिने शास्त्रीय प्रावधान छ । यसै गरी यस वर्षको घटस्थापना सेप्टेम्बर ३० तारिख परेको जानकारी दिन चाहन्छु। 



September 13, 2008

Tyrany vs. Democracy

1. Poet Joseph Brodsky,  who was expelled from the Soviet Union in 1972,  says that despite his 1987 Nobel Prize in literature, he is uneasy with fame.  "I've always preferred,"  he says,  "to be a nobody in a democracy   than a crème de la crème in a tyranny." 

One liner to ponder:

 

Everybody knows that we have five senses. But there is one more sense–the sixth sense which is common sense, which should be devoid of nonsense.



आफ्नो पुर्खा सम्झन कहिले सम्म भारतीय स्तम्भ प्रयोग गर्नु पर्ने ?

केही समय पहिला यो फोटो मैले खिचेको थिय । यहाँ बेल्जियम को इपेर मा प्रथम विश्व युध्दमा बिरगती प्राप्त गर्नेको सम्झनामा मनिस हरु आउँछन । यसै क्रममा भारतीय हरुले बनाएको स्तम्भमा नेपाली पुर्खाको सम्झनामा यो राखेको देख्दा नराम्रो लाग्यो । आफ्नो पुर्खा सम्झन कहिले सम्म भारतीय स्तम्भ प्रयोग गर्नु पर्ने ? तपाईं हरुलाई कस्तो लाग्यो कुनी ?

September 12, 2008

Jokes - Healing Power

Collected and posted by:- Eklavya

1. While traveling one summer, a couple stopped at a restaurant and struck up a conversation with an elderly native.

"They sure do have a lot of peculiarities around here," the man commented.

"Yeah," agreed the local. "But they all leave after the tourist season's over."

2. This lady had just had her 50th birthday and found the decade marker traumatic. When she went to get her driver's licence renewed, a very matter-of-fact woman typed out the information, tested her vision, snapped the camera and handed her a laminated card with her picture on it.

"You mean I have to look at this for the next four years?" she jokingly said to her.

"Don't worry about it," she replied. "In four years it'll look good to you."

3. A woman entered a lingerie store, dragging her five-year-old son with her. The child, who'd had his fill of shopping, protested, "Mom, do we have to go in here?"

"You said you wanted a little brother, didn't you?" she replied.

4. Having grown up outside New York, this pastor barely knew a cow from an ear of corn. Until, that is, he married a small-town Ohio girl. Once, he had an assignment at a church in a rural community. The day of his first sermon, he tried hard to fit in. With his wife sitting in the first pew, he began: "I never saw a cow until I met my wife."

5. Heard on a friend's answering machine: "Hi, I'm probably home. I'm just avoiding someone I don't like. Leave a message. If I don't call back, it's you."

6. In his first year in graduate school, a student chatted one day with some classmates about the program's difficulty. A professor overheard them and tried to allay their fears.

"Don't worry too much about grades," he explained.

"When you think you know everything, they give you a Bachelor's degree.

Then when you realise you don't know anything, they give you a Master's.

And when you find out that you don't know anything, but neither does anyone else," he continued, "they give you a doctorate." ( I find it the best, do you think so? :-Eklavya)

7. The Healing Power

An elderly couple was watching TV when a TV evangelist came on air to pray for the sick.

The evangelist said. "For those of you who are sick, I want to pray with you so that you can be cured of your sickness. Place your right hand on the part of your body that is suffering from disorder, and raise your left hand."

The old man placed his right hand on the "old fella" (private part), raised his left hand, and closed his eyes.

His wife saw what he did, and slowly whispered, "Honey, this prayer is to heal the sick, not to raise the dead"

8. At an exclusive restaurant, a party of diners was exhausting the waiter with relentless demands. Through it all, he remained professional. Finally one of the patrons asked the waiter to take the group's picture. He did - from the neck down.

some Question: Why do testing labs prefer to use lawyers instead of mice?

Answer: Because there are more lawyers than mice; the scientists don't get as attached to the lawyers, and there are some things mice won't do.



गजल - गाँसको आसमा श्वास

यो दौतरिको रचना मन पराइ दिनु हुने सबै दौतरिलाई धन्यवाद!
यहाँहरुको प्रतिकृयाको मलाई खाँचो छ। रचनाको चोरीको प्रसंगलाई गजलमा उतार्ने कोशीश गरेको छु

गाँसको आसमा श्वास गले,टिठ लाग्दो हो चोरको पनि
उर्बर हुने भए भूमी,लौ है काम लाग्दो हो फोरको पनि

गिदिमा गुदी नभए पछी टाउकोको बिर्को किन उघार्नु
बिबेक भए पशुले नि ख्याल राख्दो हो खोरको पनि

सिन्का सिन्का जोडेर लठ्ठी बनाउने होड किन हुन्छ
पन र मन जिउदै राखे,शक्ती हुँदो हो स्वोरको पनि

मच्चिन मन हुनेले पिङको झडका हैन फडका मार्नु
मक्किएको पिङमा थच्चिनु,हुन्न दोष डोरको पनि

मान सम्मान धन बैभब खोसेर पाईन्छ र कहाँ ?
आनन्द त त्यहाँ आँफै कमाई ल्याको थोरको पनि


September 11, 2008

घुस्यालाइ चिन्नुहोस

आजै चोरिएको लेख लेखिएको थियो। यसले धेरैलाइ झस्काएको थियो। मिहेनेत गेरेर खानेको समुह चोरेर खानेको समुहसंग सधै तर्सिने गर्छन। घुस बिना मिहेनेत आफ्नो पदको दुरूपयोग गर्दै कमाउने सम्पती हुंदा यो पनि एक किसिमको चोरी नै हो। अब भन्नुहोस त नेपालमा सज्जनको संख्या धेरै कि चोरहरुको? ८ हजारको तलब खाएर ८ लाखको घर ठडाउने चोर नभएर साधु हुन्छन त? तर कर लगाएर पत्याउन नै कर लाग्छ नेपालमा अझै पनि हुलाकमा काम गर्नेलाइ भन्दा भन्सारमा काम गर्नेलाइ छोरी दिने चलन छ।


केही समय पहिले बागलुंगको मालपोत कार्यलयमा घुस लिदै गरेका कर्मचारीको कुराकानीको पर्दाफास गरिएको थियो। एक पक्षिय भन्ने गर्थे यो फसाउन गरिएको चाल हो भने अर्को पक्ष भन्थे यो घुस्याको कान समात्ने बेला हो। तर त्यो समाचार मात्रै भयो कारबाही नै भएन। अहिले उक्ता काण्डको पिडित समुह अख्तियारको दैलोमा नै पुगेका छन। अख्तियारलाइ बुझाइएको पत्रको बिबरण पत्रपत्रीकालाइ पनि बितरण गरिएको छ। यसै क्रम उक्त पत्र दौतरीको पेटारोमा पनि आइपुगेको छ। प्रस्तुत छ उक्त पत्रको अंश जस्ताको तस्तै।

भ्रष्टाचारविरुद्ध जिल्ला साजाल बागलुरुले मालपोत कार्यालय बागलुरुका २ कर्मचारीले एक सर्वसाधरणबाट ४ हजार ५ सय रुपैयारु घूस लिएकोमा कारबाहीका लागि माग राख्दै जिल्ला प्रशासन कार्यालय बागलुरुमा दर्ता गराएको उजुरीको प्रतिलिपि

बा.जि.प्र.द.नं.रु६२०रु२०६४रु०६५

भ्रष्टाचारविरुद्ध जिल्ला संजाल

DISTRICT ANTI-CORUPTION NETWORK (DAN)

बाग्लुङ २०६४

Baglung 2007

पत्र संख्या

चलानी नं।

मिति रु २०६५-५-८

श्री प्रमुख जिल्ला अधिकारीज्यू

जिल्ला प्रशासन कार्यालय

बाग्लुङ ।

विषय: कारबाही गरी पाउँ ।

उपर्युक्त विषयमा लोकतन्त्र बहाली र गणतन्त्र स्थापना भएपछि देशका सबै क्षेत्रमा आमूल परिवर्तनसहित राज्यको पुनस्रंरचनाको कुरा उठिरहेको छ । वर्तमान अवस्थामा सेवाग्राही वा सर्वसाधरण नागरिकहरुले सरकारी कार्यालयरुमा निष्पक्ष स्वच्छ र पारदर्शी सेवाको अपेक्षा गर्नु स्वभाविकै हो । यसै सन्दर्भमा नागरिकको दैनिक कार्यसरुग प्रत्यक्ष सरोकार राख्ने मालपोत कार्यालय बागलुरुमा २०६५ साल जेठ १२ गते बागलुरु जिल्लाको विकट क्षेत्र बोंगादोभान गा.वि.स.व वडा नं. ८ का भुवानीशंकर पूनले उहारुका पिता दुर्गाबहादुर पूनको नाममा रहेको जग्गा आरुनो नाममा नामसारी गर्दा कार्यालयका कर्मचारी पृथ्वी गौतम र विश्वनाथ शर्माको मिलेमतोमा रु १० मात्र राजश्व दस्तुर लाग्ने कार्यमा पैसा नदिए काम बन्दैन भन्दै रु.४५०० (अक्षेरुपी चार हजार पाँच सय) घूस लिइ नामसारी गरिदिएकाले यस मामिलसंग सम्बन्धित कुराकानीको रिकर्ड राखिएको सी.डी. थान १ प्रमाणसहित यो निवेदनसाथ पेश गरिएको छ ।

निजहरुलाई कानून बमोजिम कारबाही गर्नका लागि अनुरोध छ ।

बोधार्थ:

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौं ।

मालपोत कार्यालय बाग्लुङ ।

राष्टिरुय सतर्कता केन्द्र काठमाण्डौं ।

Anti corruption Component DANIDA, HUGOU

Pro-public, Kathmandu

सामाचार माध्यमहरु ।

द…………

योगेन्द्रमिलन छन्त्याल

उपाध्यक्ष

( फन्टको सम्स्याले गर्दा पत्र संख्या,चलानी नं आदी छुट्न गएकोमा क्षमा प्रार्थी छौं)




यहा हुनु हुन्छ कबिता चोर

अपडेट‍‍‍‌ --

सक्कली कबिता अनी नक्कली कबिता

दुबै कबिताको चित्र तल राखिएको छ।

------------------------------

हैन है मानिस ले चोरि पनि हरेक चिजको गर्दा रहेछन । पैसा, कपडा, धान, चामल, मुर्ती कार, मोटार साइकल आदी इत्यादी चिज चोरि भएको हामीले सुनेकै थियौ । कबिता चोरेको भने हामीले पहिलो पाली मात्र सुन्दै छौ र प्रत्यक्ष रंगे हात समात्न सफल भएका छौ ।

बडो गजब्को कुरा छ । यही ११-०९-२००८ मा यि दिनेस खरेल नाम गरेका ब्याक्तिले आज भन्दा ६ महिना अगाडि पुरुशोत्तम सुबेदी द्वारा लिखित ‘जीवन’ नाम को कबिता लाई फेरी आफ्नो नाम दीइ प्रकाशित गराएका छन । नेदरल्यान्ड को ठेगानामा माथि दीईएको मितिमा थुप्प्रै वेब साईटमा प्रकाशीत गरेका छन । हुबहु मात्रा पनि फरक नपारी चोरिको काम लतपत भने झै कबिताको अन्तिम हरफ छोडेर अरु जेउ का तेउ आफ्नो नाम बाट दुनियाँको हरेक वेब पत्रीका पठाएको जानकारी भएको छ । साहित्य कला लाई नै निरुत्साहित हुने गरी अरु कसैको लेख रचना कथा निवन्ध, कविता आदी सामाग्री लाई वेब पेज बाट कपी गरी आफ्नो नाम कमाउने कबिता चोर लाई संसार भरका कविहरुले कुन रुप ले हेर्नु हुन्छ ? प्रश्न खडा भएको छ ।

( के रहेछ जीवन ? पुरुशोत्तम -सुबेदी --- बेल्जियम)
Guest Posted by ramesh Mon, March 31, 2008 22:56:20

धनै धन को मात्र पनि - हैन रहेछ जीवन ।
साग सिस्नु खोले सँग - खेल्दो रहेछ जीवन ।।

घमन्ड र मुर्ख्याइ मा - एक्लो रहेछ जीवन ।
मेलमिलाप र सद्भाबको - साथी रहेछ जीवन ।।

सुखै सुखको मेसो पनि - ब्यर्थ रहेछ जीवन ।
दु:ख बिच जिऊनु पनि - अर्थ रहेछ जीवन ।।

हांसै हांसो मात्र पनि - हैन रहेछ जीवन ।
हांसो रोदन सँग बाच्नु - मज्जा रहेछ जीवन ।।

छांया सितल मात्र पनि - हैन रहेछ जीवन ।
चर्को घाम मा पसिना को - अर्थ रहेछ जीवन ।।

परापमान मात्र पनि - ब्यार्थ रहेछ जीवन ।
परमात्मा को संमान गर्नु - गौरब रहेछ जीवन ।।

ठुलो ठा-लु बन्न खोज्नु - ब्यर्थै रहेछ जीवन ।
सानो बिच बाँच्न सक्नु -यो पो रहेछ जीवन ।।

दिनै दिन को ऊज्वल पनि - ब्यर्थ रहेछ जीवन ।
अंधेरी मा बिस्राम को - अर्थ रहेछ जीवन ।।

बलियो- बाङो मात्रा पनि - हैन रहेछ जीवन ।
निर्धो दुब्लो सँग बाच्नु - मज्जा रहेछ जीवन ।।

भरी पेट मा एक्लो बाच्नु - ब्यार्थै रहेछ जीवन ।
आधा पेटमा तिमी सँग - बाच्नु रहेछ जीवन ।।


पुरुशोत्तम -सुबेदी
बेल्जियम





September 10, 2008

दुहुनो छैन तहर को चोखो

पुरुशोत्तम सुबेदी
- बेल्जियम

नेपाल भर्खरै आदिम युग बाट गुज्रे झैं लाग्छ । इतिहांस लामै भएपनी बिकासको खोजी भने अझै हुन सकी रहेको छैन मानिसहरु आफ्नै स्वार्थमा अझै पनि मस्त छन । राष्ट्रको बिकास आफ्नो बिकास वा पहिचान हो भन्ने कुराको ज्ञान आँफै मा सबै लाई थाहा भए पनि यस लाई लागु गर्ने क्रम भने अझै पनि हुन सकी रहेको छैन । आखिर यस्तो किन त ? किन कहाँ अल्झेका छन त नेपालीहरु ? राणा काल देखी नै शासकहरु केन्द्रिक्रृत हुन पुगे । गाउँ बस्ती लाई नेपाल सम्झेनन । काठमान्डौ लाई मात्र नेपाल भनिन्थ्यो त्यती बेला । प्रिथ्बिनारायण शाह का पाला पछीको नेपाल झन्डै महेन्द्र शाहको पाला सम्म पनि सुध्रिएन । जनता लाई सिक्षित गराउनु पर्छ भन्ने मान्यता रहेन । जनता सिक्षित भय राज्य हरण हुन्छ भन्ने मान्यता का मानिसहरु महेन्द्र का पाला सम्म थिए । तिनै को हाली मुहाली भयो नेपाल मा । शिक्षा के हो र यसले आफु र देसलाई कहाँ पुर्‍याउँछ भन्ने ज्ञान नहुनु र त्यती बेलाका केही शिक्षित गनिने हरु पनि चाकडी बाज संग सम्बन्धित हुनु नेपाली शिक्षा र जागरण अगाडि आउन नसक्नु हो । आफ्नै खर्चले पढेर विद्वान भए पनि तत्कालिन सरकार ले ब्यवस्था मिलाई गाउ तर्फ शिक्षक हरु पठाउने स्कुल कालेज खोल्ने आदी काम मा ढिला सुस्ती गरी रहेको थियो । यानी कि त्यस समयका सासक हरु अरु टाठा बाठा हुन सिक्षित हुन भन्ने चाहदैनथे । केही मानिस हरु पढेर पनि जागिर आँफै खोज्थे । त्यो पनि प्राइभेट । गाँउ गाँउ मा स्कुल खुलेकै थिएनन । बल्ल बल्ल गाउलेको बलबुतोमा खुलेको स्कुल मा मास्टरको अभाब हुन्थ्यो । गाउले मिलेर कसैको थोत्रो कटेरो मा मैना को २५ पैसा फिस तिरेर पनि मेरै पालामा अर्थात २०२७-२०२८ तिर पढियो । २०२० -२०२१ साल को गाउ फर्क भन्ने अभियान मात्रै नारामा सिमित गराउन पुगे त्यती बेलाका पंचहरुले ।

मेरो ब्याज भन्दा १० बर्ष अगाडिका जेरेसन को पालाको कुरा हो । यो झन्डै २०२० -२०२२ साल तिरको कुरा हो (भनेको सुनेको ) पर्वत जिल्ला को लेखफांट गाबिस मा गाउलेको सहयोगमै एउटा स्कुल खोलिएछ । जुन स्कुल मा गीता चन्डी पढाईन्थ्यो रे । मेरै दाजुहरुले चन्डी को किताब बोकेर स्कुल गयको ताजै जस्तो लाग्छ । त्यती बेलाका विद्यार्थी हरु लाई चन्डी घोकाइन्थ्यो । गाउलेहरुले नै मास्टर को तलव भत्ता को ब्यवस्था मिलाई दिन्थे । जती जना बिद्यार्थी हुन्थे । त्यसैको आधार मा बेतन (तलव ) को किटानी हुन्थ्यो । तर त्यती बेला केही चामल र केही पैसा दिनु पर्थ्यो । नुन घ्यु आलु हरिया तरकारी आदी मास्टर लाई बुझाउन पर्थ्यो रे । त्यस ताका पर्वत जिल्लाकै संकर पोखरी मुढिकुवा फलेवास तिरका मानिस हरु मास्टर भयर जिल्लाको दुर्गम् गाउमा पढाउन जाने गर्थे रे ।

कुरा त्यसै बेलाको हो । एक दिन त्यस गाउका मास्टर (हिमालय नाम ले चिनिने ) लाई बेतन (तलव ) दिने दिन आएछ । यसै क्रम मा सबैले आ-आफ्नो बेतन फिस बुझाएछन । सबैले पैसा चामल तरकारी नुन -घ्यु आदी बुझाई दिएछन ।त्यसै क्रम मा मेरो जेठो दाजु गजाधर सुबेदिको पालो आएछ । मेरो दाजु पनि त अरु भन्दा के कम । सबै विद्यार्थी ले बुझाए जती चामल पैसा तरकारी बुझाई दिनु भएछ । तर मनमा आफु लाई लागेको असजिलो के थियो त मेरो दाजु लाई ? के छुट्याउन सक्नु हुन्छ ?

५ भाई र ४ दिदी बहिनी बाबु आमा सहित् ११ जनाका साथ रहेका गजाधर सुबेदी को गोठमा त्यस बेला २ वटा भैंसी ब्याउने बेलाका थिए भने एउटा भैंसि ले १५ मुठी मात्र दुध दिन्थ्यो । ११ जना लाई १५ मुठी दुध ले अरु भैंसी ब्याउने बेला सम्म गुजारा गर्नु सिवाय अर्को बिकल्प थिएन त्यस घरमा । त्यस्तो अवस्थामा प्राय सबैको घरमा घिउ को अभावै हुन्छ । घिउ को अभावले त्यस घर लाई पनि अछुतो राख्न सकेन । बिहानको दुध बेलुका खाने र दुध माथिको तहर भुटन् को रुपमा प्रयोग गर्ने । बेलुकिको दुध बिहान खाने तहर चाइ चोखिन (भुटन)को रुपमा प्रयोग गर्ने त्यस घरअको दैनिकी जस्तै थियो त्यती बेला ।

जव मेरो दाजुले मास्टर हिमालय लाई आफुले दिनु पर्ने पैसा चामल तरकारी बुझाए - त्यस बेला मेरो दाजु को मुहार अंध्यारो र सरमिन्दा थियो रे । किन भने त्यती बेला का विद्यार्थी पनि अरुलाई हेप्ने गरिव लाई आंखा तर्ने गर्थे रे । शायद त्यही भएर होला मेरो दाजु त्यस घडी मा अली न्यास्रो हुन पुगेको । उता मास्टर हिमालय रेग्मी ले पनि आखा तर्न सुरु गरी हाले । सबै को भाग मा नौनी घ्यु पगालेको सारो करिना घ्यु देख्छन हिमालय मास्टर ले तर मेरो दाजुको पोकोमा एउटै चिजको कमी देखेर मास्टर हिमालयको नेत्र बल्न सुरु हुन्छ । धेरै बेर पछी हिमालय मास्टर ले आफ्ना विद्यार्थी गजाधर सुबेदी मेरा दाजु लाई अली झोक्कियर प्रश्न गरेछन -खोइ त तिमीले घ्यु ल्याएको ? निरिह अवस्थामा रहेका मेरा दाजु ले आफ्नो सिर झुकाउदै हाम्रो घरमा घ्यु छैन रे माणसाप भनी जवाफ दिनु भएछ । त्यसबेला अरु उनका क्लास का साथी हरु पनि हास्न थालेछन् ।

समयले कहिले काही मानिसको दैनिकी मा केही पुर्ती गर्छ भने कहिले काही कुनै चिज को अभाव पनि बनाइ दिन्छ । त्यस दिन दाजु गजाधर सुबेदी लाइ पनि घ्यु को अभावले दुखित त्युल्याइदियो । उता यक जना किसान को छोरो को घरमा घ्युको आभव का कारणले चित्त दुखाउनु भएका माणसाप हिमालय रेग्मी को रिसले नेटै काटेको थियो । जाबो २ थुर्मी घ्यु अथवा २ वटा आलु का डल्ला बरावर को घ्यु ले विद्वान हिमालय लाई के नै पो असर् पर्थ्यो र । उनले आफ्ना चेला लाई राम्रै जवाफ दिएको भए हुन्थ्यो जो कोही ले पनि भन्न सक्छ । माणसाप हिमालय ले कसरी सोधे होलान त त्यो अवस्थामा मेरो दाजु गजाधर सुबेदी लाई ? धेरै गिरेर प्रश्न गरेका छन माणसाप हिमालयजी ले त्यस घडीमा । सभ्यता को ज्ञान त्यस बेलै देखी खड्खियको देखिन्छ । सिक्षित हरुले सामान्य स्वार्थमा अरु पर्ती आक्रोस देखाउनु राम्रो होइन जस्तो मलाई लाग्छ ।

यहाँ माणसाप हिमालय ज्यु ले कस्तो प्रश्न गरे त्यता तिर नजाउं । बरु प्रश्नको थोरै हिस्सा के थियो भने तेरो घरमा केको चोखिन गर्छौ त ? दुहुनो छैन ? मेरो दाजु को एउटै जवाफ थियो ----दुहुनो छैन तहर को चोखो गर्छौं



September 8, 2008

मुर्छित शहर

अटमस्स बस्ती
तिरीमिरी बत्ती
प्रभुको अनूकम्पामा
ठांटिएर
अनी झांटिएर
चकमक्क रोशनी छाड्दै
मैनबत्तीमा सुस्ताएछ शहर।

सिरेठोमा ओठ काप्दै
हिमालमा आखा खाप्दै
नक्शा बिनाको गाउं
दिशा बिनाको ठांउ
चूक खनिएको रातमा
रुखो प्रेमिको साथमा
माया गास्न
लागेछ गाउंलाई रहर।

पुर्णे अन्धकार हुंदा
शहर तिन मुर्छा परेछ
त्सैले पो
फिस्टे खित्का छोडी हांसेछ
सिठोमा तंग्रेको गाउं
जूनसंग साउती गर्दै
सिउडीको फुल सिउरेर
जागेछ हर प्रहर।

(शहरमा लोडसेडीगंबाट अत्तालिने प्रती समर्पित)


गित - यांहा कोही भेटिएन

हस्त गौतम मृदुल

केटा -> कयौं दियोको बली चढाएं
केटी -> अन्धकार अझै मेटिएन।

केटा -> देशलाइ नया गति दिने
केटी -> यहां कोही भेटिएन॥

केटा -> नौंलो त्यो बिहानीलाइ
केटी -> तुंवालोले ढाकी नै दियो।

केटा -> अब त केही होला भन्दा
केटी -> मुनै दखमा जाकी दियो।

केटा -> कैयौं आशाको बली चढाएं
केटी -> अन्योल अझै मेटिएन।

केटा -> देशको नया भाग्य कोर्ने
केटी -> यहा कोही भेटिएन॥

केटा -> शहिदका सप्ना कुल्चिएर
केटी -> छाती माथी टेकी दिए।

केटा -> स्वतन्त्रताको उज्यालोलाइ
केटी -> हत्केलाले छेकी दिए॥

केटा -> कयौ सुखको बली चढाएं
केटी -> निरंकुस्ता नै मेटिएन।

केटा -> देशमा नया आयाम थप्ने
केटी -> यहा कोही भेटिएन।


प्रबाशीको पत्र प्रियसि लाई

पुरुशोत्तम सुबेदी
बेल्जियम

यो पत्र पुग्ना साथ तिम्रो पत्रको प्रतिक्षामा छु म ।
दर्जानुसर सबै लाई सकुसलता को कामना गर्छु म ।।

सुनाइ दिनु सञ्चै छरे भनी -खबर गैरा बारी साँहिला लाई ।
घांस काट्दा हात रेट्ला हंसियाले -धेरै नसम्झे तिमी मलाई ।।

नासो पठाइ दिएको छु तिमी लाई मैले -आऊँदै छ १५ दिन भित्रमा ।
मुरि-मुरी अगाध माया छ तिमीलाई -मेरी प्रीय सुमित्रा मा ।।

देशै बेरोजगार म के को रोजगार -जोहो गर्न धौ -धौ थियो मलाई ।
दलाल लाई भएको सुम्पि छोडी हिंडें-भौतारियको छु प्रबासमा मन जलाई।।

केही थाहा भयन मलाई प्रबासमा -यसरि बितरा परीन्छ भनी ।
समयले काटेछ नेटो क्यारे अबत -भेटिन केही कतै पनि ।।

गार्हो छ फर्काउन गैरी खेत -पच् हुने भयो औंठी तिलहरी ।
टोलाउछु एकान्तमा मनै झस्किन्छ -थामिन्न आँसु कसै गरी ।।

ठुला ठुला सपना ति बोकी हिंडें- थाहै भयन मलाइ पहिले त ।
आफ्नै धन खर्चेर आफु बेचियको -चाल पायं बल्ल मैले त ।।

बर्षऊ बिते कती बसन्त गय -सकिन खै म अझै फर्कन ।
बिचरी सुमित्रा अझै पनि छे प्रतिक्षामा -कती सकेकी पर्खन ।।

घर नै सुन्य गाउँ सुन्य लाग्छ- के फर्कनु अबेर भयो अब त ।
चर्का चर्की गर्छन् रे सबैले गाउं तिर -हुने हो रे बिकास बिधानत ।।

साथी बिर्सें गाऊ बिर्सें -बिर्सियं धर्म संस्क्रिती पनि ।
पिऊछु निस्तो रक्सी क्रिस्मस मा -रमाउंछु यही हो दसैं भनी ।।

आऊछ सम्झना तिहारको -सन्झिन्छु दिदी बहिनी लाई ।
नास्तिकहरु को घुइचो छ जता ततै -के दोस दिऊ यहाँ कलाई ।।

गर्जन छ मेरो चिनारी सगरमा था को -नेपा ली संक्रिती भनी ।
थाहै छैन आफु नास्तिक भाईसकेको -चिनाऊछु हिन्दू हुँ भनी ।।

कहिले म कतार दुबै छु- कहिले दक्षिण कोरिया ।
धन को लोभ ले धन सिध्यायं-भयो हिना मिना -फर्किन्न अब खोरिया ।।


तिम्रो भेद


- अशोक खलान को मान्छे
फ्रान्क्फर्ट , जर्मनी


जीवन त भौतिक पदार्थले बनेको छ
आध्यात्मिक चेतनाको बिकास किन नगर्ने
धर्म अफिमको नशा होइन भने
गीताको सारमा सरल जीवन किन नबिताउने

पांच तत्व भौतिक पदार्थको सुक्ष्म ज्ञान किन नलिने
सयौ एटम छन शरीर भित्र योगले तिनलाई बशमा किन नपार्ने
मान्छे लाखौं जुनी पछी मात्र भइन्छ भने
माछे को कर्तब्य धर्ती को सेवा किन अब नगर्ने

मुटु को धड्कन भन्दा तेज छ तिम्रो बिचार शक्ती
त्यस्लाई सतकाममा किन नलगाउने
धर्ती का सबै मान्छे बराबर हुन भने
इश्वरका यि कृपा लाई किन छुटाउने

आउ एउटै माला मा उनिई मोहलाई अब छाडिदिउ
बैराग्य नयाँ जीवन को सुत्राधार अब यसैलाई अँगालौ
शिव सत्य विश्वास र विस्वआत्मा को स्तुती गरी
प्रेम ले अविश्वास को जरा काटी सत्यको बाटो अब किन नहिंड्ने

हत्या हिँसा लुट झुट छाडि अब हरी भजौ
जीवनको सुन्दर मुल्य सत्कर्म गरी हरी रिझाउ
आफ्नै दिल भित्र उनी बस्दछन दिल मा नै उनलाई खोजौ
मन भित्र छ मुक्ती को बाटो मन को मैलो धोई मन सफा राखौ

मिथ्या जगतको भेद नै मान्छे को त्यो भेद तोडन
ॐ को साब्दिक अर्थमा लुकेको सम्वन्ध खोज्न
शिवको साब्दिक अर्थमा लुकेको अमरत्व खोज्न
यही जीवन को अनन्त भेद स्विकार्दै निर्वाण खोज्न

अस्तु




September 7, 2008

गजल - राप हो कि ताप

राप हो कि ताप,जे भए नि घाम भनी थापे
छानै जलाई सेकाको अन्न माम भनी थापे

मल र जलको भलले थिचिएकी गंगा
मन्दिरको किनरा पुगेछी,धाम भनी थापे

ताप्केको बिँड नतातेको कती भयो चुल्होमा
तिर्मिराको आँखा,रातो के थ्यो जाम भनी थापे

राबणका दश टाउका ,शायद एक दाउका
दश दाउका टाउका उठे, राम भनी थापे

आँफै धामी आँफै बोक्सी, डम्फुको ताल आफ्नै
भेटिले पुगेन,फिरौतीलाई काम भनी थापे

September 5, 2008

कामरेड प्रचण्डको बिबिसी अन्तर्वार्ता : यसको निहितार्थ

जनताको रगतले भिजेका आफ्ना हातहरू ओभानो पनि बन्न पाएका थिएनन् , माओवादीहरू सत्तासीन बन्ने परिस्थिति जुट्यो । फलत कामरेड पुष्पकमल दाहाल उर्फ कामरेड प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बन्न पुग्नुभयो । वहाँले यो अकस्मात प्राप्त बोझ उठाउनु पर्दा स्वाभाविक असहजपन महशूस गरेको हुनुपर्छ , त्यसैले शपथ ग्रहण गर्दाका दिनमा पत्रकारहरूको जिज्ञासामा भन्नु भएको थियो ' म अति एक्साइटेड भएको छु, र मसंग अहिले बोल्ने शव्द पनि छैनन्' । तर पदारोहणको २ हप्ता बितिसक्दा, कामरेड दाहालको 'एक्साइटमेण्ट' सब्साइड भइसकेको भान भएको छ । यो किनभने , गएको हप्ता प्रधानमन्त्री दाहालले बिबिसी नेपाली सेवाका रविन्द्र मिश्रलाई एउटा लामो अन्तर्वार्ता दिनुभयो । यसो त अन्तर्वार्तामा कामरेड दाहालको भावुक व्यक्तित्वको धरातलमा बनेको जिम्मेवारीपन झल्किन्थ्यो भने , वहाँको 'एक्साइटमेण्ट' मा ' क्यारिड अवे' हुने कम्यनिष्ट धङधङी बोकेको उद्देश्य पनि छताछुल्ल बन्यो यो वार्ता मार्फत ।


कामरेड दाहाल-भट्टराईको माओवादी पार्टी भित्रको प्रभावसाली सिण्डिकेटले पछिल्ला दिनहरूमा रट लगाउने गरेको चामत्कारिक आर्थिक विकासको नेपाली-मोडेलको पुनर्खुलासा कामरेड दाहालले आफ्नो लफ्पाजि भरिएको वार्ताका दौरान पनि दोहोर्‌याउनु भयो । तर सदैव जस्तो, यो चामत्कारिक विकास रूपी कल्पनाको घैँटो फुटाल्ने आख्यान बाहेक यस्तो विकासको प्रामाणिक आधार, यसका लागि लगानीकर्ताहरूको खोजी, वातावरणको निर्माणदेखि अरू आवश्यक पर्ने यावत जरूरतहरूको तथ्य र आँकडागत उदाहरण पनि कतै दिन किचकिच गर्नु भएन । यस्तो लाग्छ, माओवादी मोडेलको यो भ्यागुतो जस्तो उफ्रने विकास , नेपालमा एकाएक माओवादी नेताहरुको मुखराविन्दबाट प्रकट हुने बित्तिकै छलाङ मार्दै अवतरण हुन पुग्ने हो । यो विकासे नेपालको कथा बिगत केही महिनादेखि नेपालमा सुनिँदै आएपनि, माओवादीका कुनै पनि नेताले , यो कसरी कारगर हुन पुग्ने हो भन्ने कुरामा माथापच्ची गर्न आवश्यक नै ठानेका छैनन् , कामरेड दाहालको पछिल्लो बिबिसी अन्तर्लापले पनि यसको निरन्तरता बाहेक नया कुरा केही दिएन । विकास र माओवादीले भन्ने गरेको 'चमत्कार' का लागि सोच र भावुकताको भन्दा ,व्यवहारिक योजना र प्रतिवद्दता अनि तिनको क्रियान्वयनको खावचो टड्कारो रहनेछ । हिजो द्वन्दका दिनहरूमा, नेपालमा खोलिएका बहुराष्ट्रिय र विदेशी कम्पनिहरूको अस्तित्व समाप्त पार्न अनि बनेका पूर्वाधारहरूको विध्वंश गर्न खर्चेको माओवादी ऊर्जा र माओवादीले अङ्गिकार गरेको राजनैतिक सिद्दान्तले बोकेको निजि पूँजी र पूँजीको परिचालन , बजारमुखी उदरवादी अर्थनीति बिरोधी एजेण्डा नै यो चमत्त्कारिक विकासको मार्गमा नम्बर १ अवरोधक हो ।

कामरेड प्रचण्डको यो अन्तर्वार्तामा देखिएको अर्को बिसंगत पक्ष भनेको उनको राजनैतिक मुद्दा सम्बन्धी स्वीकारोक्ति हो । विश्वमान्य उदारवादी लोकतन्त्रका पक्षमा खुलेर वितृष्णा जाहेर गर्न नसके पनि आफ्नो पार्टीको आशक्ति र अनुरक्ति एकाधिकारवादी कम्युनिष्ट शासन पद्दति नै हो भन्ने कुरा उनले प्रष्ट बताएका छन् , यो वार्तामा । तर वर्तमान लोकतान्त्रिक संसारको भाका र लयलाई समातेर उनीह बिगतमा आफ्नो पार्टी र अरू कम्युनिष्टहरूले भन्ने गरेको हिंसात्मक रूपले सत्ता कब्जा गर्ने कुरालाई नपक्रेर , लोकतान्त्रिक पद्दतिबाट कम्युनिष्ट राज्य व्यवस्थाको स्थापनातर्फ अघि बढ्ने चलाख तर्क प्रस्तुत गर्छन । यसका लागि उनको जिरह छ आगामी चुनाबमा उनको पार्टीले दुई तिहाइ मत ल्याउने छ र अन्त्यमा उनको लक्ष्य ९०% जनमत हासिल गर्ने हुनेछ । यसरी जनमत प्राप्त भएपछि जनवादी गणतन्त्र स्वत: अनुमोदित हुनेछ भन्ने प्रम दाहालको तर्क छ । सर्सर्ति हे्र्दा यो कुरामा बिमति राख्न पर्ने कुरा देखिन्न । ९०% बन्दा बढी जनताले चाहे भने त मुलुकमा जे कुरा लागू गर्दा पनि लोकतान्त्रिक पद्द्ति सम्मत भएको मान्न सकिन्छ । तर , के आधुनिक विश्वका कुनै पनि लोकतान्त्रिक मुलुकहरूमा दलगत प्रतिस्पर्धाको वातावरणमा एउटा दलले ९०% जनमत ल्याउन सम्भव छ ? के कतै यो भएको छ ? संसारका समुन्नत देशहरू र आदर्श लोकतान्त्रिक मानिएका मुलुकमा पनि यति विघ्न जनमत कुनै एउटा दल विशेष वा उसका नीति नियमका पक्षमा एकोहोरिएको छ भन्ने उदाहरण पाइँदैन । यस्तो विघ्न मत कसैले ल्याएको थियो भने केवल फलिपिन्सका पुर्व तानाशाह मार्कोस, बांग्लादेसका तानाशाह हुसेन एर्शाद र रोमानियाका निकोलाइ चाउचेस्कूले मात्र ल्याउन सकेको उदाहरण आधुनिक विश्वमा हामीले देखेका हौँ । सेना , मिलिसिया र बलको भरमा ९९% सम्म जन- मत हासिल गर्ने यी तानाशाहहरूको नियति तिनको त्यो अगाध जनअनुमोदनको भरमा पनि टिकेन , हामीले देखेका हौँ । यस्तो जनमत हासिल केवल देखावटी नौटमकी निर्वाचनहरूमा समा, दाम, दण्ड, भेदहरूको समष्टि शक्ति प्रयोग गरी प्राप्त भएको मात्र देखिन्छ । तर आधुनिक लोकतन्त्रहरूमा बहुमतले शासन दिने र अल्पमतको पनि समावेशी सशक्तिकरणमा विश्वास गरिने हुनाले साथै आवधिक जननिर्वाचनको माध्यमबाट मुलुकको शासन प्रशासन सञ्चालन गरिने हुनाले अनावश्यक प्रचण्ड बहुमतको दरकार नै त्यहाँ ठानिन्न । फेरि जनताको विचार पनि समय समयमा अनि नेता तथा दलहरूको कार्यव्यवहार अनुसार परिवर्तनीय हुने भएकाले एक पटक बहुमत प्राप्त हँदैमा सँधैका लागि अकाट्य हुनेछ भन्नु पनि मुर्खता हो ।

यदि कामरेड प्रचण्डको भनाइ र निहितार्थ बुझ्ने हो भने , अहिले हासिल राज्यको शासन र प्रशासनको भरपुर उपयोग गर्दै माओवादी दलको नियन्त्रणमा रहेको जनवादी गणतन्त्रतर्फ नेपाललाई बलात् लैजाने कुरामा वहाँको पार्टी र नेताहरूमा बिमति छैन, यो छ भने केवल हाम्रो बुझाइमा ।


माओवादिको विदेश नीति र चौतारिको गफ

केहि समय अगाडि चिनको ‘खेलकुद भ्रमण’ गरेर फर्केका प्रधानमन्त्री आगामी १४ सेप्टेम्बर देखी छिमेकी राष्ट्र भारतको भ्रमणमा जाँदैछन ।

यता हाम्रा प्रधानमन्त्री र माओबादि दल यो भ्रमणलाई लाजै नमानी उनको ‘पहिलो राजनैतिक भ्रमण’ भएको परिभाषित गर्न जोडतोडका साथ लागि परेको बेलामा भारतिय अनलाईन मिडियाहरुले भने प्रचण्डले परम्परा देखि चलि आएको ‘रिवाज’ लाई तोडि चिनको भ्रमण पहिले गरेकोले उनको भ्रमणले यस भन्दा पहिले गिरिजा कोईरालाले पाएको जत्ति सम्मान नपाउने कुरा उल्लेख गरि सकेका छन् ।

माओबादिले प्रचण्डको भ्रमणलाई ‘खेलकुद भ्रमण’ बनाउन गरेको कसरतले कुनै रंग नदेखाउने कुरा अब करिव करिव प्रष्ट भैसकेको छ । राजनैतिक विश्लेषकहरु यसपाला प्रचण्डले अघिल्लो पटक गिरिजा कोईरालाले पाएको जत्ती सम्मान नपाउने मात्रै हैन विमानस्थलमा स्वागत गर्न पनि भारतिय प्रधानमन्त्रि नजाने करिव करिव निश्चित भैसकेको बताउँछन ।

यो सबै प्रचण्ड र माओबादि नेतृत्वको ‘दुईवटा डुङ्गामा खुट्टा राख्न खोज्ने नीति’ को फल हो । पक्कै पनि चिन र भारतको सम्बन्धमा सन्तुलन राख्ने जरुरत नेपाललाई होला तर यसरी भुमिगत छँदा, कुनै निर्जन गाँउको चौतारिमा बसेर कार्यकर्तालाई हावा गफ दीएर ‘वाह! वाह!!’ बटुलेको जस्तो पाराले नेपालको विदेश नीति तय गर्न खोज्नु भनेको माओबादिको ठुलो भुल हो ।

त्यसो त नेपालको तात्कालिन स्थिति, आन्तरिक समस्या आदिलाई हेर्दा प्रचण्डले ओलम्पिक ताका चिनको भ्रमण नगरेकै भए पनि चीनले दागा धर्ने स्थिति भने पक्कै थिएन । तर ‘परम्परा तोडेर’ ‘हिरो’ भन्ने लालसाका कारण र विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धलाई ‘चौतारिको गफ’ जस्तो हलुका आकलन गरेका कारण प्रचण्डले चीनको ‘खेलकुद भ्रमण’ को अबसरलाई छाडेनन् । अब भारत भ्रमणको समय नजिकिदैं जाँदा त्यसको परिणाम र गम्भीर भएर आएको ‘चौतारीको गफ’ का कारण माओबादिलाई हम्मे हम्मे परेको छ ।

जनतलाई जोस्याउन, भोट कमाउन वा आफूलाई परम राष्ट्रवादि भएको देखाउन जे जस्तो कुरा गरेपनि हामि चिन भन्दा भारतमा बढि निर्भर रहेको कुरा घाम जस्तै छर्लङग छ। यस्तो अबस्थामा पहिला चिनको भ्रमण गरेर ‘हिरो’ बन्न नखोजेको भए तात्कालिन स्थिति र आन्तरिक समस्याको कारंण चिनले सो बिषयलाई हाल भारतले जस्तो गरि गम्भिर रुपमा लिने थिएन । तर गाँउमा कत्ति कार्यकर्तालाई गफ दिएर ‘ठीक ठाँउमा’ ल्याएको थिए, त्यस्तै गफ दिएर भारतलाई पनि भुल्याउने छु भन्ने सोच र ‘खेलकुद भ्रमण’ को हाउगुजि देखाएर भारतलाई छक्काउने हल्का बिचारका कारण गरीएको भ्रमण हाल माओबादिलाई भालुको कन्पट साबित भएको छ ।

आशा गरौं यो घटनाबाट माओबादि नेतृत्वले विदेश नीति र अन्तराष्ट्रीय सम्बन्धलाई ‘चौतारिको गफ’ जस्तो हल्का लिने छैनन् र आगामि दिनमा जिम्मेबार दलका रुपमा अघि बढनेछन्।



September 1, 2008

रिमोट कन्ट्रोल को तालमा प्रचण्डको लाखेनाच

-शेखर ढुङ्गेल
गरिब जनतालाई आस र त्रास बाँड्दै १९ हजार निर्दोष नागरिकको लासको भर् याङ्ग चढी सत्तामा पुगेका प्रचण्डले सवा लाखको ुबेडु रोजेर आफू सर्वहारा वर्गको बुख्याचा मात्र भएको प्रमाणित गरिदिएका छन् । राष्ट्रको सम्मानित एवं नेतृत्व तहमा बस्नेले आफूलाई उदाहरणको रुपमा प्रस्तुत गर्न दृढ सन्तुलित एवं संयमित अनुशासित नैतिकवान उच्च मनोवलका साथ निर्णायक क्षमता राख्न सक्नुपर्दछ । प्रचण्डमा त्यो क्षमता देखिएन । उनी कतैबाट साचालित बुख्याचा देखिएका छन् ।

सनातनदेखिको तपोभूमि नेपालका बुख्याचा प्रधानमन्त्रीलाई नेपालीको त्यो अस्था र विश्वासप्रति मान्यता दिने इच्छा छैन । विश्वको एकमात्र हिन्दू राष्ट्र उनलाई पचेन किनकि उनी कतैबाट संचालित छन् । उनी आफ्ना हजारौं जघन्य अपराधलाई गिरिजाप्रसादमार्फत् वैध मात्र बनाउँन मात्र होइन कुर्सीमा पुग्नसमेत सफल भए । सत्तामा पुगेको साँढे दुई वर्षमा के नयाँ काम गरे विस्थापित एवं पीडित नागरिकलाई उनका घर फकर्न र जफत गरेका सम्पत्ति फिर्ता गर्ने काम गरे पीडित अपाङ्ग र घरबारविहीन भएकालाई एक पटक सम्बोधन गरे राष्ट्रियता र राष्ट्रवादका लागि गर्व गर्ने एक कुनै काम गरे जातीयता र क्षेत्रीयतामा जनतालाई भिडन्तमा उतार्नु बाहेक हाम्रो अस्मिता र गौरवमा आँच पुर् याउन बाहेक राष्ट्रिय पोशाक राष्ट्रधर्मप्रतिको अनास्था फैलाउने उनी कुन देशका बुख्याचा हुन् समयलॆ प्रमाणित पक्कै गर्ने छ ।

के नेपाल स्वतन्त्र राष्ट्र होइन चीन भ्रमण राजनीतिक भ्रमण होइन पहिलो राजनीतिक भ्रमण भारतबाटै हुनेछ भनी स्पष्टीकरण दिनु के एउटा सार्वभौम राष्ट्रको प्रधानमन्त्रीको हैसियतलाई बुझ्न नसक्नेलाई बुख्याचा भन्न मिल्दैन त्यति मात्र नभै इतिहासमै पहिलो पटक उनले प्रधानमन्त्रीको शपथ खाँदा भारतीय टोली बोलाइयो र भारतीय राजदूतसित विशेष रुपले अङ्कमाल अर्थात् अनुग्रहित भएको सन्देश दिने काम भयो । बिहारी गणतन्त्र मान्दैनौं भन्ने माओवादी प्रमुख अतिथि विहारका शरद यादवलाई उनले कसरी निम्ताए यसरी स्पष्ट भएको छ कि राजसंस्था फ्याँक्न भारतले खडा गरेको बुख्याचा हुन् प्रचण्ड ।

नेपाली कांग्रेससित केही लिन खोजे राष्ट्रवादका खोल ओढेका यी ब्वासाहरुको नक्कली अबरोध खेप्नु परेको र भारतको चाहनाको मुख्य दुस्मन राजा फ्याँक्न भारतले यी नरभक्षी बुख्याचालाई प्रयोग गरी आफ्नो काम फत्ते गरेको स्पष्ट हुँदै गैरहेको छ । माथिबाट प्रचण्ड बुख्याचा तलबाट फोरम उपेन्द्र यादव झा अनि तमलोपा यी तीन रुपका बुख्याचामार्फत आफ्नो स्वार्थ पूरा गर्न उसलाई अब कसैले रोक्न सक्तैन । प्रचण्ड नयाँ लोण्डुप दोर्जे बन्नेमा आशङ्का नगरे हुन्छ ।

रौतहट काण्डको बारेमा दिएको वक्तब्य र उपेन्द्र यादबसितको सहयात्राले स्पष्ट भएको छ कि देशको शासकीय बागडोर अब नेपालीको हातमा रहेन । प्रचण्ड उपेन्द्र यादब झारुपी बुख्याचाहरुले राष्ट्रको मौलिकतालाई लत्याइसके र विदेशीको उधारो भाषा र भेष प्रयोग गर्न थालेका छन् । धर्म नमान्ने सामाजिक आस्थाका मान्यतालाई कुल्चने कामले प्रश्रय पाएको छ । स्मरण रहोस्- अमेरिका भारत लगायतका विकसित र स्थापित प्रजातान्त्रिक देशहरुमा ईश्वरकै नाममा शपथ खाइन्छ । ईश्वरलाई साक्षी राख्नुको अर्थ हुन्छ । प्रेम सद्भाव सहयोग र सहअस्तित्वप्रतिको प्रतिबद्धता अझ कि्रस्चियन देशहरुमा त सदनमा प्रत्येक दिनको कार्यक्रम ईश्वरको प्रार्थना गरेर मात्र सुरु हुन्छ । तर हाम्रा आयातीत मानसिकताका बुख्याचाहरु ईश्वरप्रति नै अनास्था गर्दैछन् ।

जनताका नाममा शपथ खान्छन् तर गैरकानुनी रुपमा जनताका घरजग्गा कब्जा गर्दछन् । विस्थापित भएका हजारौं जनतालाई घर फर्कन दिदैनन् । उनकाविरुद्ध बोल्नेको गला रेट्छन् । यो कस्तो विडम्बना जनताको नाममा जनताकै लाशको भर् याङ्ग चढी सत्ता सम्हालेका प्रचण्डरुपी बुख्याचालाई जनभावना विपरित मन्त्रालय विभाज गरी मन्त्रीको संख्या बढाउन लाज लागेको छैन । एउटै मन्त्रालयमा दुई मन्त्री दुई सचिव राख्ने विचित्र काम गर्न हिचकिचाएका छैनन् । मन्त्री मण्डल गठनमा देखिएको प्रधानमन्त्रीको निरीहता एउटा बुख्याचाको नियतिभन्दा फरक देखिएन । शपथ ग्रहण कार्यक्रममा आफ्नै दलका मन्त्रीले बहिस्कार गर्नु उनको प्रधानमन्त्री कुसर्ीमा बस्ने नैतिक आधारको समाप्ति हो ।

त्यसमा पनि वामदेव गौतम जे.पी. गुप्ता विजयकुमार गच्छेदारलाई साथ लिएर कुन चािहं नयाँ शासन दिन खोजेका हुन् आफ्नै दलका बरिष्ठ नेताभन्दा अरुको दलको नेतालाई महत्व दिने प्रचण्डको कार्य क्षमता कस्तो होला देश आर्थिक जर्जरतामा फसेकी छ मितव्ययिताको सानोभन्दा सानो कार्यक्रम लेराउन सकेका छैनन् । बाढी र भोकमरी पीडित जनताभन्दा उद्घाटन विसर्जनजस्ता भाषणमै प्रधानमन्त्रीदेखि मन्त्रीहरु व्यस्त छन् । के हो नयाँ नेपालको खाका कस्तो हो नयाँ प्रशासनिक ढाँचा ध्वस्त जीर्ण अस्तव्यस्तता लुट अराजकता दण्डहीनताको बढावा नै नयाँ नेपालको नियति हो भने किन चाहियो गणतन्त्र निरंकुश राजतन्त्र र अहिलेको तन्त्रमा के फरक उनको शासनले कुनै काम र जनताले राहत पाउने काम गर्ने सङ्केत देखिएको छैन । प्रधानमन्त्री स्वयं पार्टी नीतिभन्दा अलग देखिएका छन् । उनी कतै अदृश्य शक्तिबाट साचालित भएको उनकै केन्द्रीयस्तरका नेताबाट खुलासा भएको छ । मन्त्रीहरुको शपथग्रहण कार्यक्रममा पत्रकारलाई प्रवेश नदिएर आफ्नै अधिनायकवादी सोचको पर्दा उधारिदिएका छन् । नियम कानुन जनभावनालाई कुल्चनेलाई अधिनायक भन्दछन् होइन र एउटा हिन्दी सिनेमाको संवाद छ नि ुआवाज दवाउन नसके के भो त गला त दवाउन सकिन्छ निु । बस नयाँ नेपालको नाममा प्रचण्ड बुख्याचा बनी नेपालको धर्म संस्कृति भेष भाषा अखण्डता अस्मिता गौरव अनि अर्थतन्त्रको गला दबाउने काम गर्दैछन् । उनी कोबाट प्रशिक्षित प्रेरित अनि प्रभावित छन् यो पर्दा उघार्नु जरुरी छ ।