September 1, 2008

रिमोट कन्ट्रोल को तालमा प्रचण्डको लाखेनाच

-शेखर ढुङ्गेल
गरिब जनतालाई आस र त्रास बाँड्दै १९ हजार निर्दोष नागरिकको लासको भर् याङ्ग चढी सत्तामा पुगेका प्रचण्डले सवा लाखको ुबेडु रोजेर आफू सर्वहारा वर्गको बुख्याचा मात्र भएको प्रमाणित गरिदिएका छन् । राष्ट्रको सम्मानित एवं नेतृत्व तहमा बस्नेले आफूलाई उदाहरणको रुपमा प्रस्तुत गर्न दृढ सन्तुलित एवं संयमित अनुशासित नैतिकवान उच्च मनोवलका साथ निर्णायक क्षमता राख्न सक्नुपर्दछ । प्रचण्डमा त्यो क्षमता देखिएन । उनी कतैबाट साचालित बुख्याचा देखिएका छन् ।

सनातनदेखिको तपोभूमि नेपालका बुख्याचा प्रधानमन्त्रीलाई नेपालीको त्यो अस्था र विश्वासप्रति मान्यता दिने इच्छा छैन । विश्वको एकमात्र हिन्दू राष्ट्र उनलाई पचेन किनकि उनी कतैबाट संचालित छन् । उनी आफ्ना हजारौं जघन्य अपराधलाई गिरिजाप्रसादमार्फत् वैध मात्र बनाउँन मात्र होइन कुर्सीमा पुग्नसमेत सफल भए । सत्तामा पुगेको साँढे दुई वर्षमा के नयाँ काम गरे विस्थापित एवं पीडित नागरिकलाई उनका घर फकर्न र जफत गरेका सम्पत्ति फिर्ता गर्ने काम गरे पीडित अपाङ्ग र घरबारविहीन भएकालाई एक पटक सम्बोधन गरे राष्ट्रियता र राष्ट्रवादका लागि गर्व गर्ने एक कुनै काम गरे जातीयता र क्षेत्रीयतामा जनतालाई भिडन्तमा उतार्नु बाहेक हाम्रो अस्मिता र गौरवमा आँच पुर् याउन बाहेक राष्ट्रिय पोशाक राष्ट्रधर्मप्रतिको अनास्था फैलाउने उनी कुन देशका बुख्याचा हुन् समयलॆ प्रमाणित पक्कै गर्ने छ ।

के नेपाल स्वतन्त्र राष्ट्र होइन चीन भ्रमण राजनीतिक भ्रमण होइन पहिलो राजनीतिक भ्रमण भारतबाटै हुनेछ भनी स्पष्टीकरण दिनु के एउटा सार्वभौम राष्ट्रको प्रधानमन्त्रीको हैसियतलाई बुझ्न नसक्नेलाई बुख्याचा भन्न मिल्दैन त्यति मात्र नभै इतिहासमै पहिलो पटक उनले प्रधानमन्त्रीको शपथ खाँदा भारतीय टोली बोलाइयो र भारतीय राजदूतसित विशेष रुपले अङ्कमाल अर्थात् अनुग्रहित भएको सन्देश दिने काम भयो । बिहारी गणतन्त्र मान्दैनौं भन्ने माओवादी प्रमुख अतिथि विहारका शरद यादवलाई उनले कसरी निम्ताए यसरी स्पष्ट भएको छ कि राजसंस्था फ्याँक्न भारतले खडा गरेको बुख्याचा हुन् प्रचण्ड ।

नेपाली कांग्रेससित केही लिन खोजे राष्ट्रवादका खोल ओढेका यी ब्वासाहरुको नक्कली अबरोध खेप्नु परेको र भारतको चाहनाको मुख्य दुस्मन राजा फ्याँक्न भारतले यी नरभक्षी बुख्याचालाई प्रयोग गरी आफ्नो काम फत्ते गरेको स्पष्ट हुँदै गैरहेको छ । माथिबाट प्रचण्ड बुख्याचा तलबाट फोरम उपेन्द्र यादव झा अनि तमलोपा यी तीन रुपका बुख्याचामार्फत आफ्नो स्वार्थ पूरा गर्न उसलाई अब कसैले रोक्न सक्तैन । प्रचण्ड नयाँ लोण्डुप दोर्जे बन्नेमा आशङ्का नगरे हुन्छ ।

रौतहट काण्डको बारेमा दिएको वक्तब्य र उपेन्द्र यादबसितको सहयात्राले स्पष्ट भएको छ कि देशको शासकीय बागडोर अब नेपालीको हातमा रहेन । प्रचण्ड उपेन्द्र यादब झारुपी बुख्याचाहरुले राष्ट्रको मौलिकतालाई लत्याइसके र विदेशीको उधारो भाषा र भेष प्रयोग गर्न थालेका छन् । धर्म नमान्ने सामाजिक आस्थाका मान्यतालाई कुल्चने कामले प्रश्रय पाएको छ । स्मरण रहोस्- अमेरिका भारत लगायतका विकसित र स्थापित प्रजातान्त्रिक देशहरुमा ईश्वरकै नाममा शपथ खाइन्छ । ईश्वरलाई साक्षी राख्नुको अर्थ हुन्छ । प्रेम सद्भाव सहयोग र सहअस्तित्वप्रतिको प्रतिबद्धता अझ कि्रस्चियन देशहरुमा त सदनमा प्रत्येक दिनको कार्यक्रम ईश्वरको प्रार्थना गरेर मात्र सुरु हुन्छ । तर हाम्रा आयातीत मानसिकताका बुख्याचाहरु ईश्वरप्रति नै अनास्था गर्दैछन् ।

जनताका नाममा शपथ खान्छन् तर गैरकानुनी रुपमा जनताका घरजग्गा कब्जा गर्दछन् । विस्थापित भएका हजारौं जनतालाई घर फर्कन दिदैनन् । उनकाविरुद्ध बोल्नेको गला रेट्छन् । यो कस्तो विडम्बना जनताको नाममा जनताकै लाशको भर् याङ्ग चढी सत्ता सम्हालेका प्रचण्डरुपी बुख्याचालाई जनभावना विपरित मन्त्रालय विभाज गरी मन्त्रीको संख्या बढाउन लाज लागेको छैन । एउटै मन्त्रालयमा दुई मन्त्री दुई सचिव राख्ने विचित्र काम गर्न हिचकिचाएका छैनन् । मन्त्री मण्डल गठनमा देखिएको प्रधानमन्त्रीको निरीहता एउटा बुख्याचाको नियतिभन्दा फरक देखिएन । शपथ ग्रहण कार्यक्रममा आफ्नै दलका मन्त्रीले बहिस्कार गर्नु उनको प्रधानमन्त्री कुसर्ीमा बस्ने नैतिक आधारको समाप्ति हो ।

त्यसमा पनि वामदेव गौतम जे.पी. गुप्ता विजयकुमार गच्छेदारलाई साथ लिएर कुन चािहं नयाँ शासन दिन खोजेका हुन् आफ्नै दलका बरिष्ठ नेताभन्दा अरुको दलको नेतालाई महत्व दिने प्रचण्डको कार्य क्षमता कस्तो होला देश आर्थिक जर्जरतामा फसेकी छ मितव्ययिताको सानोभन्दा सानो कार्यक्रम लेराउन सकेका छैनन् । बाढी र भोकमरी पीडित जनताभन्दा उद्घाटन विसर्जनजस्ता भाषणमै प्रधानमन्त्रीदेखि मन्त्रीहरु व्यस्त छन् । के हो नयाँ नेपालको खाका कस्तो हो नयाँ प्रशासनिक ढाँचा ध्वस्त जीर्ण अस्तव्यस्तता लुट अराजकता दण्डहीनताको बढावा नै नयाँ नेपालको नियति हो भने किन चाहियो गणतन्त्र निरंकुश राजतन्त्र र अहिलेको तन्त्रमा के फरक उनको शासनले कुनै काम र जनताले राहत पाउने काम गर्ने सङ्केत देखिएको छैन । प्रधानमन्त्री स्वयं पार्टी नीतिभन्दा अलग देखिएका छन् । उनी कतै अदृश्य शक्तिबाट साचालित भएको उनकै केन्द्रीयस्तरका नेताबाट खुलासा भएको छ । मन्त्रीहरुको शपथग्रहण कार्यक्रममा पत्रकारलाई प्रवेश नदिएर आफ्नै अधिनायकवादी सोचको पर्दा उधारिदिएका छन् । नियम कानुन जनभावनालाई कुल्चनेलाई अधिनायक भन्दछन् होइन र एउटा हिन्दी सिनेमाको संवाद छ नि ुआवाज दवाउन नसके के भो त गला त दवाउन सकिन्छ निु । बस नयाँ नेपालको नाममा प्रचण्ड बुख्याचा बनी नेपालको धर्म संस्कृति भेष भाषा अखण्डता अस्मिता गौरव अनि अर्थतन्त्रको गला दबाउने काम गर्दैछन् । उनी कोबाट प्रशिक्षित प्रेरित अनि प्रभावित छन् यो पर्दा उघार्नु जरुरी छ ।


3 Comments:

आकार said...

के कुरा गर्नु है, यीनीहरुको , "कुरो गय्रो, कुरैको दु:ख"

Panda said...

भारतले त आफ्नो असली अनुहार फेरि देखाउन लागिसकेको छ , नेपाली सामानहरु भन्सारमा दुख दिएर झिना मसिना कुरामा अल्झाउन र तर्साउन खोज्दैछ । जति सुकै उनिहरुको मादलमा नाचे पनि भारतियहरुको एउटै दाउ हुन्छ , तसर्थ उनिहरुको तालमा मच्चि मच्चि नाचे पनि उनिहरु आफ्नै स्वार्थ हेर्छन । क्रान्ति परिवर्तनका लागि नभएर सत्ताको लागि मात्रै रहेछ भन्ने कुरा माओबादिका नेताहरुका बिचार र चाल चलन हेर्दा थाहा हुन्छ । १५ वर्षको „क्रान्ति“को दौरानमा ५० वर्ष पछाडि धकेलिएको देशलाइ कम से कम त्यो अवस्थामा गुमेको गति र समयलाई रिकभर गर्न मात्रै सके पनि ठुलो उपलब्धी मान्नु पर्ने भएको छ । अब सबैको आय न्युनतम १२००० रुपिया बनाउने भन्ने कुरालाई उद्दमीहरुले अहिलेको २-३ हजारलाई पनि बढाउन नसकिने जवाफ फर्काइसकेका छन । यसले जबरजस्ति त्यो नियम उद्योगहरुमा लाद्न खोजियो भने पश्चिम बंगालको जस्तो स्थिती नआउला भन्न सकिन्न । १५ वर्षे युद्धमा समयलाई रोक्न सकेको घमण्डमा पलाएको महत्वाकांक्षाको भरमा समयलाई त्यसरी नै अगाडि बढाउंछु भन्ने सोचाइ लाइ गराइमा परिवर्तन गर्न गार्हो पर्ला कि !

Biplab said...

Remote control, what a good one.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !