September 8, 2008

मुर्छित शहर

अटमस्स बस्ती
तिरीमिरी बत्ती
प्रभुको अनूकम्पामा
ठांटिएर
अनी झांटिएर
चकमक्क रोशनी छाड्दै
मैनबत्तीमा सुस्ताएछ शहर।

सिरेठोमा ओठ काप्दै
हिमालमा आखा खाप्दै
नक्शा बिनाको गाउं
दिशा बिनाको ठांउ
चूक खनिएको रातमा
रुखो प्रेमिको साथमा
माया गास्न
लागेछ गाउंलाई रहर।

पुर्णे अन्धकार हुंदा
शहर तिन मुर्छा परेछ
त्सैले पो
फिस्टे खित्का छोडी हांसेछ
सिठोमा तंग्रेको गाउं
जूनसंग साउती गर्दै
सिउडीको फुल सिउरेर
जागेछ हर प्रहर।

(शहरमा लोडसेडीगंबाट अत्तालिने प्रती समर्पित)


4 Comments:

ठरकी दादा said...

ठरकीलाई त अलिक क्लिष्ट भो प्रभो!!!
दिनमा पढ्दा त राम्रो बुझीएन हो!
रात परे पछि फेरि एकचोटि 'लिक्विड चश्मा' लगाएर पढ्ने सुर गरेको छु।
जदौ ।

biplab said...

RAMRO CHHA NEPALEAN SIR. LEKHDAI GARAU.

purushottam subedi said...

साहित्यिक शब्दले बिट मार्न खोजियको छ ।राम्रो छ .

Luna said...

nice poem !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !