September 21, 2008

गजल - भरिएको थिए

भरिएको थिए पोखिदा भने शर्मको कुरा
संस्कृतिले प्रकृति खुद्दा भने धर्मको कुरा

लिङिय सिमाको हदबन्दीमा थुनी दिए
देव र दासिको भेदलाई भने कर्मको कुरा

कर,भर,डर,रहर के थियो खोलिए
मुख लुकाए रे आफ्नाले भने मर्मको कुरा

छनौट बनौटको कुरामा कालो छाला आयो
अर्थोक त ठीक थियो रे भने चर्मको कुरा

कसैले भोज भने,कसैले मोज ,कसैले बोझ
मेलापात सरी खनिए भने पर्मको कुरा
.


1 Comments:

एकलव्य ( Eklavya) said...

वाकाजी, तपाईँका हरेक गजलहरू उत्कृष्ट छन् , मिठास बोकेका छन् । म त सँधै पढ्छु र आनन्दित बन्छु । भाषिक शुद्धिमा अलिक ध्यान जान पर्छ कि, हतारमा र टाइप मिस्टेकका कारण यसो हुन गएको छ कहीँ कहीँ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !