September 18, 2008

कथा - भ्रम

:शेखर ढुङ्गेल


नमस्कार !


कोही अपरिचित व्यक्तिले किरणतर्फ हात फर्काउँदै अभिवादन गर् यो । किरण अकमक्क पर् यो । पछाडि फर्केर हेर् यो सायद अरु कसैलाई नमस्कार गरेको होला ! तर पछाडि कोही थिएन । औपचारिकताका लागि नमस्कार फर्कायो । हाँस्दै हात मिलायो अनि सोध्यो- “हाम्रो भेट कतै भएको थियो र माफ गर्नुहोला मैले त ठम्याउन सकिनँ । यहाँको नाम जान्न सक्छु होला ”


"मेरो नाम दीपक हो म माथिल्लो टोलमा बस्छु ।” अनि सोध्यो- “तपाईं डाक्टर साहेब होइन ?” उसको प्रश्नले आफ्नो व्यक्तित्वप्रति किरण आफैं गद्गद् भयो एकछिन । प्राकृतिक रुपमा हँसमुख अनि व्यक्तित्वको धनी किरणलाई बेला-बेलामा अलग-अलग जात र पद दिई सम्बोधन गरेको यो पहिलो पटक भने थिएन ।

यस पटक एक्लो उपस्थितिमा कसैले नितान्त एकदमै भिन्न दर्जा दिएकोमा किरण चकित पर् यो । किरणले एकदमै सहज तरिकाले जवाफ दियो “होइन म खाते हुँ । दीपक !”

"'के भन्नु हुन्छ किन मजाक गर्नु भो डाक्टर साहेब?” किरणले फेरि दोहोर्‍यायो “होइन म खाते नै हुँ ।” दीपकले भन्यो- “यो सेतो कोट…।” किरणले हल्का हाँस्दै भन्यो “विश्वास गर्नुहोस् म खाते नै हुँ ।”

दीपकले विश्वास गरेन र फेरि थप्दै गयो “सेतो कोट यो महँगो घडी यो व्यक्तित्व तपाई डाक्टर नै हो । ल किन ढाँट्नु हुन्छ ठूलो मान्छे भएर ?” दीपकको जिद्धी देखेर किरणले मनमनै भन्यो “यो कस्तो मुर्ख मनिस होला एक त अपरिचित त्यसमा पनि नभएको पगरी गुथाएर उल्टो हो भन्ने गराउन जोडदिइरहेको छ । म त्यो होइन भन्दा विश्वास नै गर्दैन ।”

घरमा बच्चाले म:म, तन्दुरी चिकेन लेराउन भनेकाले किन्न रेष्टुराभित्र पसेको किरणको पछिपछि आएको दीपकले गरेको प्रश्न उसको विश्वास अडान देखेर मनमा अनेकौं प्रश्नहरुको ओइरो पनि लाग्यो- म साच्चिकै डाक्टर भैदिएको भए हो म फलानो अस्पताल क्लिनिक वा कुनै ठूलो मान्छेको निजी डाक्टर हुँ भनिदिन्थें ऊ खुसी हुन्थ्यो होला । अझ कतै मैले मेरो ठूला-ठूला नेतासित पहुँचको गफ छोडिदिएको भए फोन ठेगाना वा बिजनेस कार्ड माग्दथ्यो होला । उसको आफ्नै नभए अरु कोहीको काम फत्ते गर्न सिफारिस गरिदिन अनुरोध गर्दथ्यो होला । म “पक्का काम हुन्छ चिन्ता नगर्नुहोस्” भनी विश्वास लाग्ने गरी आश्वासन दिन्थें होला । ऊ झुक्दै नमस्कार गर्थ्यो होला । मेरो म:म र चिकेन तन्दुरीको पैसा तिरी मलाई किन्न बैनाबट्टा गर्थ्यो होला । त्यो प्याकेट गाडीसम्म पुर् याउन आई गाडीको ढोका बन्द गरिदिन्थ्यो होला ।

तर किरण न त डाक्टर थियो न त नभएको गफ दिएर झुकाइ खाने स्वभाव नै थियो उसको । सामान्य रुपमा भद्र नै देखिने दीपक नै बरु कुनै सरकारी कर्मचारी हुनुपर्दछ । अपरिचितसित अप्रसंग नै नजिक हुनखोज्ने स्वभाव उचित कि अनुचित जेहोस् जोसुकै होस् दिएको सत्य जबाफलाई विश्वास नगरी आफ्नै जिद्दीमा अडान राखेको छ दीपकले । रेष्टुरा व्यस्त थियो किरणको सामान अझै तयार भैसकेको थिएन । दीपक अझै अक्कबक्क भै किरणलाई नियालि रहेको थियो ।

अरु दुई ग्राहक भित्र पसे । दीपकले उनीहरुलाई सोधेर किरणलाई डाक्टर सावित गराउन खोज्यो । दुवै अपरिचित गलल हाँसे र टेबुलमा बसे । दीपक भने खिन्न मन लगाएको जस्तो देखियो ।

किरणले दीपकलाई उसकै बारेमा सोध्यो । दीपकले पनि सीधै जबाफ दियो- “म व्यापारी । घर जग्गा गाडीको खरिद-विक्री गर्दछु । राम्रै चलेको छ ।”

किरणले १० बर्षअघि मात्र नोकरीको खोजिमा राजधानी पसेको दीपक साइकल मोटरसाइकल खरिद-बिक्रीको प्रगतिले उसलाई समाजमा ठूलो मान्छे बनाइसकेको सोच उसमा पलाएको पायो ।

कुराकानीको क्रममा दीपकको पहुँच निकै माथिसम्म रहेको किरणले थाहा पायो । दीपकको गाडी किरणकै कारपछाडि रोकिएको थियो । तर कार वास्तबमा उसको थिएन बिक्रीको लागि कसैले उसको ग्यारेजमा राखेको कार थियो त्यो । तर ग्यारेजमा यसरी राखिने सबै कारको स्वाद उसले चाखिसकेको थियो ।

किरणलाई त्यस्तो अप्ठ्यारो अवस्था पहिले पनि नपरेको होइन । केही बर्ष पहिलाको कुरा हो उसको एकजना नातेदार प्रहरीका ठूलो हाकिम थियो । ऊ जिल्ला भ्रमणमा जाँदा किरण पनि साथै गएको थियो । जिल्ला तहका हाकिम डिएसपीले आफ्ना हाकिमलाई जस्तै उसलाई ड्याम्म यसरी सेलुट गरे पछि ऊ झसंग भएको थियो । पसिना-पसिनाजस्तो भएको थियो किरण ! अब के भनेर परिचय गर्ने । तर चलाक किरणका आफन्तले कुरा मोडिदिए परिचय गर्नै परेन

यस्तै उनलाई भेट्न प्रहरी प्रधान कार्यालय जाँदा कतिले किरणलाई सेलुट नगरेका पनि होइनन् । किरणको ब्यक्तित्व मारवाडी ब्यापारी प्रहरी सेनाका अधिकृतजस्तै थियो- छोटो कपाल र टोपीमा ऊ सधैं हुन्थ्यो । नचिनी सेलुट गर्नेहरुदेखि किरण मनमनै खुबै हाँस्दथ्यो ।

आज किरण डाक्टरको रुपमा छ दीपकको अगाडि जो ऊ होइन । “हजुरको म:म तयार भयो” दीपक पनि सामानको पर्खाइमा थियो दीपकले अझै पनि किरणलाई हेरिरहेको थियो । दीपकको आँखाले “मलाई किन ढाँटेको?” भनिरहेकै थियो । दीपकको भ्रमले किरणलाई पनि मजा भने दिएको थिएन- कहाँको यथार्थ कहाँको भ्रम

किरणले आफूमाथि विश्वास गर्न अनुरोध गर्ने के सोचेको मात्र थियो दीपकले फेरि जबरजस्ती प्रहरीले केरकार गरेझैं सोध्यो । “यो सेतो कोट महँगो घडी, महँगो कार चढ्ने डाक्टर नभए को त ?“ दीपकको जिद्दीले किरणलाई अब आफ्नो साच्चिकै औकात देखाउन प्रोत्साहित गर्दैथियो । नम्रता र शिष्टता पनि टुट्यो अनि कारको सिटबाट चिच्यायो- “दीपकजी म खाते नै हो । हिजोका खातेले प्राडो पाजेरो चढेको देख्या छैन खातेहरुले नयाँ-नयाँ महल बनाएको देख्या छैन महँगो अत्तर छर्केर टाई ढल्काएको देख्या छैन लुगाजस्तो लायो मानिस त्यहीं हुन्छ ! भ्रष्ट गरिब चुसुवा महान समाजसेवी बन्या सुन्या छैन हामी नेपालीले समय र मानिस चिन्न आजसम्म किन सकेका छैनौं यो कोट मेरो मालिकले जापानबाट यो घडी मालिकको छोरीले अमेरिकाबाट ल्याइदिएको । यो गाडी म यो गाडीको ड्राइभर ! किरणको छर्राझैं निस्केको जवाफले दीपक तिल मिलाउन पुग्यो । ऊ ढोकाको आड समातेर थुचुक्कै बस्यो । “अब त उसको भ्रम पक्कै टुट्यो होला ” किरण हाँस्दै अगाडि बढ्यो ।



7 Comments:

ठरकी दादा said...

केहि दिन अगाडि दौंतरीमा एउटै लेख २-३ ठाँउमा छाप्ने कि नछाप्ने भन्ने पनि बहस चलेको हो । सकेसम्म एक ठाउँमा प्रकाशीत भैसकेपछि सो पोष्टलाई अन्त नछाप्दानै उत्तम हुने भए पनि केहि समयको अन्तरालमा पोष्ट गर्ने हो भने त्यसो गर्नै नहुने जस्तो मलाई पनि लाग्दैन ।

शेखरजीको यो कथा कथागत रुपमा राम्रो हुँदा हुँदै पनि पहिला यहाँ छापीएको थियो र त्यहि समयमा एक-दुई दिनको फरकमा दौंतरीमा समेत यहाँ प्रकाशित भैसकेको छ । अब दौंतरीमै पून आएकोले सकेसम्म एक ठाँउमा दिएको रचनालाई निश्‍चित समयसिमा भीत्र अर्को ठाँउमा प्रकाशनकोलागी नदिन समेत म सबै लेखक मित्रहरुमा अनुरोध गर्दछु ।

एक ठाँउमा प्रकाशित लेखलाई कमसेकम पनि यौटा निश्चित समयसम्म अर्को ठाँउमा नछाप्दा सो छाप्ने पत्र-पत्रिका, ब्लग वा अन्य कुनै पनि माध्यमसंग पनि न्याय हुने र लेखकलाइ पनि सो माध्यमप्रति यो न्यूनतम कृतज्ञता देखाउँदा कुनै हानि नहोला भन्ने मेरो विश्‍वास छ ।

दौंतरीलाई निरन्तर सहयोग र योगदान दिनुहुने सबैमा धन्यवाद सहित आगामि दिनमा पनि सहयोगको अपेक्षा राख्दछौं ।

Anonymous said...

Tala ka site haru ma pani chha yo katha ...

http://www.pressnepal.com/?dis=samagri&id=925
http://www.majheri.com/?q=node/574
http://www.freenepal.com.np/article.php?WTJGMFBXeHBkR1Z5WVhSMWNtVW1hV1E5TVRNd05ERT0=%22

Dautari Admin said...

दौंतरीको बिकाससंगै सामाग्री प्रकाशनमा दोहोरिने तथा चारै तिर छापिने समस्याको पनि बिकास भएको छ। कुनै लेख दोहोरिएर आउने र कहिले कांही पत्तो नै नभइ प्रकाशनमा आउछन। दोहोरिएर छापिनुले पाठकलाइ न्याय दिए जस्तो लाग्दैन। त्यसतै एउटा साइटमा छापिएको रचना ठ्याक्कै अर्को साइटमा त्यही समयमा छापिनुले कतै ब्लगको बाढिमा कपि पेस्ट त भएको होइन, सबैले त्यसै सोच्दछन। कपि पेस्ट हुनु या रचना अर्काको नाममा छापिनु नौलो कुरा होइन यो पहिले दौंतरीमा आइसकेको हो। यसमा सबै मिलेर सहयोग गरौं।
दौंतरीमा पहिले पनि छापिएको भए अर्को पटक पुन दौंतरीमा आए थाहा हुनासाथ उक्त सामाग्री तुरुन्तै झिकिने छ। यस्मा दौंतरी एडमिनहरु जस्ले पनि सामाग्री हटाउन सक्नुहुनेछ।
दौंतरीमा प्रकासनको लागी तयार पारीएको नया सामग्री जानकारीमा आएसम्म ठ्याक्कै त्यसै बखत अन्तै आइसकेको भए उक्त सामाग्री प्रकाशनमा जाने छैन। यस्ले लेख्ने,पढ्ने र प्रकाशनहुने सबैको प्रतिष्ठामा आंच आउने हुंदा यस्तो सम्बेदनशिल कुरामा सबैले साथ दिनुहुन आर्धिक अनुरोध गर्दछु। सथै यसमा कसैलाइ ठोस पुगे माफी माग्दछु।
- हामी जस्तो ब्यबहार गर्दछौं त्यसको छाप अरुले हामीलाइ परिभाषित गर्ने रुपमा चित्रीत हुन पुग्दछ - दौंतरी एडमिन

Anonymous said...

Almost 100% of the article published on Dautari, except written by Dautai Admins , are published on more than 4 or 5 Blog/Site . And some articles are so cheap, The writers want to get self-fame publishing on 10s of blog/site.
Dear Writer,
If you want to write write for a specifc blog / or create your own blog.
Just a suggestion !

Biplab said...

I have been regular reader of dautari. I have seen some repetive blogs however the statement "100% article of non-admins are published on more than 4 or 5 blogs" I have 100% DISAGREEMENT in this statement.
Anony ji bhanna paye bhannera 200% nabhanidiu na ho.

Postak_Shrestha said...

Agree with Biplab.

Shekhar said...

Actually I have no idea about this story already published in this blog. if was I am sorry .about other blog or online we or me are not contacted with specieal boundry for any one.blogers or online editors have to right publish or not . if some time by mistekly sended sorry again . thanks for reminded

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !