September 22, 2008

साहित्य जगतमा चोरि

पुरुशोत्तम सुबेदी
-बेल्जियम
समय परिवर्तन संगै हरेक चिजमा अथवा हरेक बिषय बस्तुमा परिवर्तन आउनु स्वभाविकै हो । तर अहिलेको बिकसित दुनियाँमा हरेक बस्तु चाहे ति दैनिक उपभोगका लागी उत्पादित वस्तु हुन वा चेतनाको लागि सिर्जित सैक्षिक सामाग्रीहरु हुन ति सबै छेत्रमा गूणस्तरमा गिरावट आएको छ । सन्दर्भ लाई साहित्य क्षेत्र तर्फै मोडौं --

साहित्य संसार यती महत्वपूर्ण फाँट हो कि जुन फाँटमा प्रवेश गरिसके पछी मानिसले अर्को बाटो लाग्न गाह्रो पर्छ । जव मानिस बिषय मा गहिरिएर जान्छ -तव उसले त्यो गहिराई को इनार को सफा पानी बाहिर निकाल्न सफल हुन्छ । तर आजकाल बिषयको गहिराईको धराताल मा पुग्नु को सट्टा कोही त्यस तर्फ प्रवेश गरेको छ भने पनि त्यही खाडल्मा पुरिने संभावना बढेर गएको छ । किनकी यस साहित्यिक छेत्रमा पनि हरेक विकृती र विसंगतिले अछुतो राख्न सकिरहेको छैन ।

साहित्य एउटा भावात्मक करुण मनबाट उब्जिने ब्यथा हो । जसले समय सापेक्षित मनका बेदना लाई आफ्नो घुमाउरो भाषा शैलीमा प्रकट गर्छ । जस्तै – कथा, कविता, निवन्ध, गीत- गजल, यात्रा स्मरण आदी नाममा आफ्नो भाब ब्यक्त गर्ने गर्छन् । उकाली- ओरली, मेला- पात, सांझ- बिहान, देश- प्रदेश, सुख- दु:ख हरेक छेणमा उब्जिएका कारुणिक ब्यथा लाई आफ्नै स्वर भाखा लय -बिधी -शैलीमा प्रकट गर्नु लाई मेरो बुझाईमा साहित्य भनिन्छ । जसले दु:ख बुझेको छैन - जसले गरिविको अनुभव बटुलेको छैन - जो माथि कुनै घटना आई लाग्दैन - जो संबन्धित बिषय बस्तुमा अनुभवी छैन त्यसले जिन्दगीको यथार्थ धरातालमा पुगेर बिषय वस्तु लाई समेट्न सक्दैन । उसले साहित्यिक धराताललाई सस्तो लोकप्रीयताको लागि मात्र प्रयोग गरेको हुन्छ ।

आजकाल बजारमा कवि र साहित्यकार को त आभाव नै छ । भएका जे जती कवि साहित्यकार हुन ति सबैले भने लोकप्रियता हासिल गर्न सकिरहेका छैनन । पहिलो कुरा त साहित्यमा मानिस हरुको वितृष्णा फैलिएको छ । दोस्रो कुरा छिटफुट भएका साहित्यकार र कवी हरु आर्थिक मार को चपेटामा परेका छन । जसले गर्दा पनि साहित्यिक फाँट कमजोर भएको जस्तो देखिन्छ । त्यसो त दु:ख दर्द बिना का कुनै पनि बिषयले साहित्यमा प्रवेश गर्न सक्दैन । यदी प्रवेश गरी हाले पनि त्यो अधुरै रहन्छ । थालियको काम लाई सिध्याउनु काम हो भने बिषय लाई समेटेर बोलियको भाषा लाई कारुणिक लय दिनु साहित्य कला हो । वास्तवमा साहित्यिक कला सस्तो छैन । तर बजारमा यसको अहिले भाऊ पनि छैन । जव बजारमा नक्कली वस्तुको बिगविगी हुन्छ । तव त्यहा गुणस्तरीय बस्तुको अभाव पक्का हुन्छ । त्यस्तै अहिले विश्वामै नेपाली साहित्य अलोकप्रिय हुँदै गैरहेको छ ।

त्यसो त साहित्यिक फाँट सबै खत्तम भएको त होइन । यस क्षेत्रले जती उचाइ पाउनु पर्ने हो त्यो पाउन सकिरहेको छैन । २०४६ साल पछी बहुदलिय प्रजातन्त्र को खोल ओढेको पुरानै शासनले नेपाली युवा शक्ती लाई रोजगारको वाहनामा जव बाहिर जान दियो -तव त्यही सक्ती बाहिरिनुका साथ साथै पस्चिमा संस्कृतीले नेपाल मा प्रवेश पायो । यसले धर्म संस्क्रिती मात्रै नभै नपाली साहित्य फाँटमा पनि त्यतिकै असर पुर्‍याएको छ । खुलम्खुल्ला पस्चिमा संस्कार नेपाली भुमिमा प्रवेश र देशको गिर्दो अर्थ नीतिले हरेक जनमानसमा एउटा बितिस्णा पैदा गरायो । यसका साथै नेपाली साहित्य र संस्कार कमजोर हुनुमा माओवादी जनयुद्धले पनि अपजस खेप्नै पर्छ । युद्धकै कारण बिदेशिएका नेपाली श्रष्टाहरु बिदेशी भुमिमा जती असहज स्थितिमा छन । त्यती नै असहज स्थितिमा नेपाली साहित्य र संस्कृतिले पनि बिदेशी भुमिमा मौनता छाएको छ । जुन देशमा राजनीतिक उथल पुथल आउछ त्यस देशमा अरु हरेक क्षेत्रमा विकृति देखा पर्दछ । त्यस्तै नेपालको राजनीतिक परिवर्तनले संस्कार संस्क्रिति र साहित्य क्षेत्रमा समेत भुकम्प ल्याएको छ ।
आजकाल यस साहित्यिक फांटमा पनि सस्तो लोकप्रियाताको लागि तंछाड मछाड भएको देखिन्छ । साहित्यिक फाँटको संस्थापन् पक्षले यस भित्र हुने गैर जिम्मेवारि पूर्ण काम लाई निरुत्साहित गराउन पहल गरेको देखिदैन । ब्यक्ती चरित्र हत्या -लगायत साहित्य क्षेत्रमै साहित्य कलाको पनि चोरि हुने गरेको छ । यस बिषयमा राष्ट्रिय अन्त-रास्ट्रिय साहित्य समाजले आफ्नो जिम्मेवारि बहन गरे जस्तो लाग्दैन । मानिस अन्यायमा पर्‍यो भने संबन्धित सुरक्षा निकायमा पुग्छ । जस्तै - घर चोरि हुनु, हत्या बलत्कार - लुटपाट आदी बिषयका मुद्धा लाई लियर अड्डा अदालतमा पुग्छ । निवेदन चढाउछ न्याय माग्छ र त्यस संबन्धी अदालतले फैसला गर्छ । तर साहित्य फांटमा हुने गरेको अन्याय र अत्याचार को बिरुद्ध निवेदन दिने ठाउँ को अभाव भए जस्तो देखिन्छ । भर्खरै मात्र साहित्यिक क्षेत्र मा भएको चोरि को उजुरिको कुनै जिम्मेवारि पूर्ण जवाफ पाए जस्तो लाग्दैन ।

अतिरुपेणवै ;सिता अती गर्भेण रावणा ।
अतिर्दानादवलिर्वद्धो ;ह्यती सर्वत्र ब्रजयत ।।


चाणक्य भन्छन:-अती सुन्दरी हुनाले सितालाई रावणले हरण गरेको हो -धेरै घमन्ड गर्नाले रामले रावणको हत्या गरेका हुन - धेरै दानी हुँदा वली राजा न्यायको कठघरामा उभिनु परेको थियो ।

यसको मतलव साहित्य फांटमा पनि राम्रा रचना हरु हुनु भएन - किनकी धेरै राम्रो भएमा चोरि हुन्छन जस्ता उत्तर ले साहित्य जगत लाई निरुत्साहित नबनाउला र? यदी त्यसो होइन भने गत ६ महिना पहिले मात्र पुरुशोत्तम सुबेदी द्वारा लिखित (के रहेछ जीवन ?) नामक कविता लाई सस्तो र छिटो छरितो लोकप्रीयता कमाउन नेदरल्यान्ड बस्ने दिनेश खरेल नामक यक ब्यक्तिले कबिता चोरेका छन । अरुको घर फोर्नु चोरि मानिन्छ - हरेक सर समान को चोरि - गर्नु चोरि हो भने साहित्य रचना लाई कपी गरी आफ्नो नाम बाट प्रकाशीत गर्नु पनि चोरि होइन र ? संसारभर का साहित्य प्रेमी हरुलाई म अझै पनि प्रमाण सहित पुन राष्ट्रिय अन्तर्राष्ट्रिय साहित्यिक अदालतमा तल बताइएको ठेगाना र सबुत प्रमाण पेस गर्दछु । http://guest.sangalonews.com/#post22 मा प्रकाशीत (के रहेछ जीवन ?)लाई आधार मानेर http://nepalkoreanews.com/details.php?article_id=4238&cat_id=30 लगायत अन्य थुप्रै वेब साइटमा दिनेश खेरल नाम बाट प्रकाशीत (जीवन ) नाम को कबिता लाई अदालत समक्ष उभ्याउदा कस्तो निर्णय होला त ? यस तर्फ पनि कसैको दृष्‍टि पुग्ला कि ?



4 Comments:

उजेली said...

विश्वको कुरा त मलाई थाहा भएन तर नेपालमा सृजनाको संरक्षणका लागि भनेर केहि पनि छैन । आफ्ना सृजना चोरी भए भनेर न उजुर गर्ने ठाउँ छ, न यो मेरो रचना हो है भनेर दर्ता गर्ने । आधिकारिक रूपले नै साहित्यको संरक्षणमा नलागीकन यो साहित्य चोरीलाई निर्मुल पार्न धेरै नै कठिन छ ।

ठरकी दादा said...

म हाल नेपालमा छैन, तर मलाई लाग्छ नेपालमा प्रतिलिपि अधिकार ऐन, २०५९ लागु भैसकेको छ र कुनै पनि सर्जकले आफ्नो रचना स्वेच्छाले दर्ता गराउन चाहेमा दर्ता गर्न सक्ने व्यबस्था छ (जुन दर्ता गराउनु अनिवार्य भने गरिएको छैन )।

साथै प्रतिलिपि अधिकारको उल्लंघन गर्नेलाई दण्ड सजाँय को व्यबस्था पनि ।
त्यसको बारेमा केहि सूचना यहाँ! पनि छ ।

Tharaki Dada said...

प्रतिलीपि अधिकार ऐन, नियमाबलि र अन्य जानकारिको लागि यससंग सम्बन्धित विवध जानकारिका लागि यो साईटमा जानुहोला ।

purushottam subedi said...

दौतरी ले थप सामाग्री सहित बिषय लाई छर्लङ गराइदियकोमा आभार ब्यक्त्त गर्दछु ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !