September 5, 2008

माओवादिको विदेश नीति र चौतारिको गफ

केहि समय अगाडि चिनको ‘खेलकुद भ्रमण’ गरेर फर्केका प्रधानमन्त्री आगामी १४ सेप्टेम्बर देखी छिमेकी राष्ट्र भारतको भ्रमणमा जाँदैछन ।

यता हाम्रा प्रधानमन्त्री र माओबादि दल यो भ्रमणलाई लाजै नमानी उनको ‘पहिलो राजनैतिक भ्रमण’ भएको परिभाषित गर्न जोडतोडका साथ लागि परेको बेलामा भारतिय अनलाईन मिडियाहरुले भने प्रचण्डले परम्परा देखि चलि आएको ‘रिवाज’ लाई तोडि चिनको भ्रमण पहिले गरेकोले उनको भ्रमणले यस भन्दा पहिले गिरिजा कोईरालाले पाएको जत्ति सम्मान नपाउने कुरा उल्लेख गरि सकेका छन् ।

माओबादिले प्रचण्डको भ्रमणलाई ‘खेलकुद भ्रमण’ बनाउन गरेको कसरतले कुनै रंग नदेखाउने कुरा अब करिव करिव प्रष्ट भैसकेको छ । राजनैतिक विश्लेषकहरु यसपाला प्रचण्डले अघिल्लो पटक गिरिजा कोईरालाले पाएको जत्ती सम्मान नपाउने मात्रै हैन विमानस्थलमा स्वागत गर्न पनि भारतिय प्रधानमन्त्रि नजाने करिव करिव निश्चित भैसकेको बताउँछन ।

यो सबै प्रचण्ड र माओबादि नेतृत्वको ‘दुईवटा डुङ्गामा खुट्टा राख्न खोज्ने नीति’ को फल हो । पक्कै पनि चिन र भारतको सम्बन्धमा सन्तुलन राख्ने जरुरत नेपाललाई होला तर यसरी भुमिगत छँदा, कुनै निर्जन गाँउको चौतारिमा बसेर कार्यकर्तालाई हावा गफ दीएर ‘वाह! वाह!!’ बटुलेको जस्तो पाराले नेपालको विदेश नीति तय गर्न खोज्नु भनेको माओबादिको ठुलो भुल हो ।

त्यसो त नेपालको तात्कालिन स्थिति, आन्तरिक समस्या आदिलाई हेर्दा प्रचण्डले ओलम्पिक ताका चिनको भ्रमण नगरेकै भए पनि चीनले दागा धर्ने स्थिति भने पक्कै थिएन । तर ‘परम्परा तोडेर’ ‘हिरो’ भन्ने लालसाका कारण र विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धलाई ‘चौतारिको गफ’ जस्तो हलुका आकलन गरेका कारण प्रचण्डले चीनको ‘खेलकुद भ्रमण’ को अबसरलाई छाडेनन् । अब भारत भ्रमणको समय नजिकिदैं जाँदा त्यसको परिणाम र गम्भीर भएर आएको ‘चौतारीको गफ’ का कारण माओबादिलाई हम्मे हम्मे परेको छ ।

जनतलाई जोस्याउन, भोट कमाउन वा आफूलाई परम राष्ट्रवादि भएको देखाउन जे जस्तो कुरा गरेपनि हामि चिन भन्दा भारतमा बढि निर्भर रहेको कुरा घाम जस्तै छर्लङग छ। यस्तो अबस्थामा पहिला चिनको भ्रमण गरेर ‘हिरो’ बन्न नखोजेको भए तात्कालिन स्थिति र आन्तरिक समस्याको कारंण चिनले सो बिषयलाई हाल भारतले जस्तो गरि गम्भिर रुपमा लिने थिएन । तर गाँउमा कत्ति कार्यकर्तालाई गफ दिएर ‘ठीक ठाँउमा’ ल्याएको थिए, त्यस्तै गफ दिएर भारतलाई पनि भुल्याउने छु भन्ने सोच र ‘खेलकुद भ्रमण’ को हाउगुजि देखाएर भारतलाई छक्काउने हल्का बिचारका कारण गरीएको भ्रमण हाल माओबादिलाई भालुको कन्पट साबित भएको छ ।

आशा गरौं यो घटनाबाट माओबादि नेतृत्वले विदेश नीति र अन्तराष्ट्रीय सम्बन्धलाई ‘चौतारिको गफ’ जस्तो हल्का लिने छैनन् र आगामि दिनमा जिम्मेबार दलका रुपमा अघि बढनेछन्।



4 Comments:

एकलव्यको डायरी ( Eklavya's diary) said...

नेपालका राष्ट्रवादी भनाउँदाहरूको नारा भारतीय विस्तारवाद मूर्दावाद बनेरबाट हुँदै, जय भारत भाग्य विधातामा अन्त्य भएको हामीले देखेकै हो। भारतमा पनि रङ रङका राजनैतिक डिलरहरू पसल खोलेर बसेका हुनाले , कसले कसलाई डिल गर्ने तारतम्य बनाएरै बसेका छन उनीहरू । माओवादीहरु त हिजो भारतीय आशिर्वादमा भारतीय भूमिमा , हुर्के बढेका हुनाले पनि उनीहरूलाई भारतको उऋण हुन गाह्रो छ । माधव नेपालले कहीँ अन्तर्वार्तामा भनेका रहेछन् " प्रचण्डको छीन भ्रमणमा प्रश्न उठाउने हैसियत राख्ने भएकाले त भारतले प्रश्न उठाएको होला नि , भारतले सायद आफ्नो हिजोको गूनको पैँचो तिर्ने बेलामा माओवादी कृतघ्न बन्न पाउँदैन भनेर प्रश्न उठाएको हुनसक्छ" भनेर गरेको कुरा सही नै लाग्यो । तर,आफ्नो शुरूवाती चीन भ्रमण गरेर एयरपोर्टमा उत्रिन नपाउँदै, "मेरो राजनैतिक भ्रमण त भारतबाट नै शुरू गर्छु नि " भनेर माओवादी नेताले आफ्ना भाटहरूको मन त दुखाए नै , साथसाथै आफ्नो 'निष्पक्ष' बिदेशि नीतिको खुट्टी देखेर पत्याउने उपहास परिहास पनि प्रदर्शन गरे !

biplab said...

so sad to see new nepal pm waging his tail to outsider.
Still they cannot stand on their foot. Shame on us, though we represent our own country, we cann't protect our identity.

Panda said...

ओलम्पिक समापनमा दायातिर गोर्डेन ब्राउनलाई राखेका चीनिया प्रधानमन्त्रिले वांयातिर प्रचण्ड र पत्नि प्रचण्डलाई स्थान दिएको र प्रत्येक क्षण चीनिया प्रधानमन्त्रिको मुखमा लालीपपे बालकले जसरी दृष्टि गोचर गर्ने “प्रचण्डपन” अनि उनको राजनीतिक भेटघाटको वर्णन सुन्दा नेपाली एअरपोर्ट छुन नपाउदै चीनको ह्याङओभर उत्रेला भन्ने सोचाइ धेरैलाई थिएन होला । यति सजिलो संग वाणी र व्यवहार परिवर्तन भइरहने चरित्रलाई मलाई लागेको प्रचण्डपथ जस्तै अर्को नामाकरण “प्रचण्डपन” भन्ने शब्दावलीले अलंकृत गरिनु नै उचित होला । बांकी जिम्मा यहाहरुको !

nepalean said...

ठरकी दादाले उठाएको कुरो सहि लाग्यो। हुन त एकलव्य,बिपलब र पाण्डाले भनेको कुरो पनि ठरकी संगै सहमतीमा छन। यदी कुरो पुरानो या अप्ठयारो हुने भने त बादबिबाद गर्ने खालको हुन्थ्यो। तर चिन गएर आउनु लग्त्तै पहिलो राजनैतीक भ्रमण त भारतको नै गर्छु भन्नु हास्यासपद मात्रै होइन एउटा पटमुर्खको भन्दा पनि खत्तम उत्तर हो। प्रत्यक पार्टी कार्यकर्ताले आफ्नो पार्टीको बखान गर्छन चाहे गलत नै किन नहोस। यसपटक भने मलाइ माओबादी कार्यकर्ताको मुखैमा सोध्न मन लाग्यो थानकोटको उकालोमा भारतीय ट्याकंर आगो लगाउने साथी भारतीय बिस्तारबादसंग लड्ने के कती हतियार छन? हाड नभएको जिब्रोले सहि उत्तर देला कि?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !