April 22, 2011

हार्डलाइनर, बाबुराम र बोल्ड डिसिजन

ई मान्छे कट्टरवादी माओवादी नेता मोहन वैद्य हुन् । वैद्य बनेर मान्छे झुक्याउन खोजे पनि ई खास प्युठाने पोखरेल हुन् । यिनले संस्कृतमा आचार्य पढेका छन् । पढाइ अनुसार पण्डित भएर सप्ताह, प्रवचन र धर्मकर्मका कुरा गर्न पर्ने यी आचार्य खूंखार कम्युनिष्ट बने । काठमाण्डूमा पढ्दा, संस्कृत पाठशालाको निशुल्क भात,वास र भत्ता उपयोग गर्दै , त्यतिबेला निशुल्क पाइने रसियन र चाइनिज प्रकासनका कम्युनिष्ट पुस्तकहरू यिनले पढ्न सिके । एउटा पास लिएपछि, चाइनिज दूतावासमा खेलकूद , विशेषत: , ब्याडमिण्टन खेल्न पाइन्थ्यो । हो, यिनले त्यही गर्ने गर्थे ,कुनै बेला ।
ई माओवादी नेता माओवादी हिंसात्मक युद्धकालको पछिल्लो समयमा भारतीय जेलमा थुनिएका थिए । माओवादी शान्ति प्रकृयामा आइसकेपछि मात्र उनी रिहा भए । माओवादी नेता प्रचण्ड र उनको परिवार तथा बाबुराम लगायत कतिपय नेताहरू , हिंसा कालका दिनहरूमा पनि भारतमा निर्वाध र बेरोकटोक आश्रय लिएर बसेका थिए र हिँडडुल गर्ने गर्थे । तर , यीनी र यिनका वफादार चेला मानिने सी पी गजुरेल भने भारतीय जेलमा बन्दी थिए । यसो हुनुमा उनीहरूको के विश्वास थियो भने बाबुराम माओवादी भित्र भारतको पक्षमा काम गर्ने नेता हुन् त्यसैले उनैको सुराकमा वैद्य र गजूरेल जेलमा कोचिएका छन् तर बाबुरामहरू स्वतन्त्र र निर्भय घुम्दै छन् । यो कुरा , बाबुरामको शैक्षिक उचाइ र त्यसले निर्माण गरेको व्यक्तित्वप्रति रिस राख्ने हरू माओवादी ठिनामिना नेतामा भर्न पनि वैद्य कम्पनी सफल भएको छ । अर्को तिर संस्कृत र नेपाली भाषामा मात्र दक्ष यिनी लगायत कतिपय माओवादी नेतामा बाबुरामको आधुनिक शिक्षा माथिको दखल र यही बाटोबाट चिनिएको उनको व्यक्तित्वप्रति असाध्यै ठूलो आह्रिस राख्ने गर्छन् ।
मोहन वैद्य स्वयंमा पार्टीको नेतृत्व गर्न सक्ने मान्छे भने हैनन् । कोठे वैठकमा आफ्नो गुटका युवाहरूलाई हौस्याउनु तथा तिनै
मार्फत आफ्ना प्रतिद्वन्दीमाथि निशाना लगाउनु उनको खासियत हो । संस्कृत पृष्ठभूमिका रूढीवादी पण्डित बाहुन भएका हुनाले , स्वभावत: उनको नरमपन्थसंग रिस छ । कम्युनिष्ट पुस्तकहरू अनिर्वचनीय पाठन र कट्टरपन्थी शास्त्रीय व्याख्या गर्नु अनि नेपालमा त्यस्तै राज्य व्यवस्था स्थापना गर्न , सत्ता कब्जाकालागि कथित जनबिद्रोह गर्नु पर्छ भन्ने उनको मान्यता छ । उनका विचारमा उदारवादी लोकतन्त्र वा सम्झौताबाट बन्ने संविधान मार्फत माओवादी लक्ष्य पूरा हुन सक्दैन । यसरी एकदलियता सम्भव छैन । त्यसैले उनी चाहन्छन् :
माओवादीले जनबिद्रोह गर्नुपर्छ । यसका लागि माओवादीले आफ्नो सम्पूर्ण बल प्रयोग गरेर , मुलुक भरबाट १० लाख जति जनता काठमाण्डुमा उतार्नु पर्छ । यी जनतालाई अघि लगाएर सिंहदरबार र राज्य संयन्त्रका सम्पूर्ण कार्यलायहरूमा प्रवेश गरी , सबै कुरा कब्जा गर्नु पर्छ र माओवादीको सरकारको घोषणा गर्नु पर्छ । यसो गर्दा केही हजार जनता मर्छन् कि भन्ने डर मान्नु हुन्न । अनि यसरी गरिएको कब्जालाई दिगो राख्न , तुरुन्त पुरानो राज्य सैन्यमाथि नियन्त्रण लिनु पर्छ , आफ्ना छापामार र मिलिसिया मार्फत् । राज्य चलाउन थालेपछि , अन्तर्राष्ट्रिय समुदायले ढिलोचाँडो मान्यता दिन कर लाग्छ । अनि मात्र एकदलीय कम्युनिष्ट व्यवस्था लागू गर्न सकिन्छ । झट्ट हेर्दा २१ औँ शताव्दिमा अव्यवहारिक र पत्याउन गाह्रो लाग्ने यस्तो राजनैतिक सोचका बारेमा नै मोहन वैद्यले आफ्ना वफादारहरूलाई भन्ने गरेका छन् । माओवादीको ठूलो हिस्सा यस्तै कुरामा विश्वास गर्छ पनि । नेपाललाई १९७५ पूर्वको माओ कालीन चीन वा अहिलेको उत्तरकोरियन शैलिको मुलुक बनाएर मात्र कम्युनिष्ट लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने शास्त्रीय व्याख्या नै मोहन वैद्यको लाइन हो , माओवादीमा । यो लाइनवालाहरू , शान्ति कायम हुनुपर्छ र संविधान बन्नु पर्छ भन्ने कुरालाई विसर्जनवादी भासमा जाकिने अवस्था ठान्छन् ।
तर, बाबुराम भने नेपालको भूराजनैतिक अवस्था र वर्तमान विश्व परिवेशमा राजनीतिक रूपमा एकलकाटे बन्न पुगिने यस्तो सोच र व्यवहारबाट कहीँ पनि नपुगिने तर्क राख्छन् । उनको भनाइ छ : मुलुक कब्जा गरेर मात्र हुन्न , यस्तो कब्जा २ दिन टिकाउन सकिन्न । अहिलेको पारस्परिक निर्भरताको विश्वमा , मुलक भित्र र बाहिरका शक्तिहरूको पनि विश्वास आर्जन गर्दै , समाजवादी लक्ष्यतर्फ अगाडी बढ्दा राम्रो हुन्छ भन्ने मत राख्ने बाबुराम समूहलाई अर्को एमाले बन्ने सोच बोकेको गूट भएको आरोप वैद्य खेमाका कट्टरपन्थीहरूले लगाउने गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड भने , विचारमा बाबुराम नजिक भए पनि माओवादी पार्टीमा वैद्यको रूढीवादी प्रभाव बढ्दै जाँदा, यता न उता देखिएका छन् । परस्पर बिरोधी गूटमा खेल्ने उनको चतुर बानी यति बेला धरापमा परेको छ ।
तर पछिल्लो समयमा भने , प्रचण्डलाई शान्ति र संविधानप्रति काम गर्न दवाब परेको ठानिएको छ । यदि त्यसो नगर्ने र सत्ताकब्जाको प्रपञ्च मात्र गरिरहने हो भने , " हिजोका हिंसा र मानव अधिकार बिरोधी ज्यादतिका लागि अन्तर्राष्ट्रिय ट्राइब्यूनलको संगीत सुन्न तयार रहनू" भन्ने आदेश मिलेको ठानिएको छ । सायद माओवादीलाई हात समातेर शान्ति प्रकृयामा ल्याइ पुर्‍याएको ठान्ने भारतीय संस्थापन पक्षको प्रतिनिधित्व गर्ने बिदेशमन्त्री एसएम कृष्णाले आफ्नो छोटो भेटमा यो सन्देश प्रष्ट सुनाएका हुन सक्छन् ।
यस्तोमा प्रचण्डले मोहन वैद्य समूहको रिस मोलेर ‘बोल्ड डिसिजन’ लिएको त भनेका छन् तर पार्टीभित्र कट्टरपन्थी र प्रयोजनवादी बीचको खिचातानीमा यसको के हविगत हुने हो बुझ्न केही समय पर्खिनै पर्ला ।


24 Comments:

पुष्प said...

ठ्याक्कै ओलीको बोली । होइन, यो सत्ता कब्जाको ढ्वाङ ठोकेर नेपाली जनतालई कतिञ्जेल बेकुफ बनाउने हुन् यी ओलीप्रवृत्तिले ?

Anonymous said...

पुष्पभाइ,

जबसम्म माओवादी सभ्य राजनीतिको सीमा भित्र आउँदैन र आदमखोर गुण्डागर्दी गरिरहन्छ त्यतिबेला सम्म होला ।

के माओवादी हिंस्रक झुण्ड हैन ?
के माओवादीले घोषित रूपमा सत्ता कब्जाको नीति लिएको छैन ? कहिले त्याग गर्यो ?
के माओवादीले बल र हिंसाले जनतालाई त्रासमा राखेर मुलुकलाई बन्दी बनाइरहेको छैन ?
के माओवादीले उसका लडाकू र वाइस्याललाई नागरिक कार्यकर्तामा रूपान्तर गरेर सभ्य राजनीति सिक्नु पर्दैन ? उसको पार्टीका हिंसात्मक झूण्डलाई किन मुलुकको निष्पक्ष सेना मिसाउने ?
माओवादीका लडाकू कसरी 'जनसेना' भए , माओवादी बाहेक कुन 'जनता'को पक्षमा यिनले सिन्को भाँचे , मार्ने र सताउने बाहेक ?
माओवादी नेतृत्वलाई र हिजो मानवअधिकार बिरूद्ध काम गर्ने यसको जत्थाका नाइकेलाई किन ,मानवता बिरूद्ध गरेको कामका लागि दण्डित नगर्ने ?


सुमन

Anonymous said...

puspa bhai aba woli ko bolima k bolne bhanera sochdai holan.

एकलव्य ( Eklavya) said...

पुष्पजी,

यो लेख तपाईँ के सोच्नु हुन्छ भनेर हैन , बरू माओवादीका सार्वजनिक गरिएका दस्तावेज, माओवादी नेताका दावीहरू र तलदेखि माथिल्ला कार्यकर्ता वा नेताका विचार र व्यवहारहरूको अध्ययन गरी तयार पारिएको हो । सही कुरा ओलीजीसंग मिलेको भए पनि राम्रै लागेको छ ।

अरूले शान्तिपूर्ण काम गर्न पनि नपाउने तर माओवादीले हतियारवद्ध दादागिरी गर्दै मुलुकको भविष्य वन्धक राख्न पाउँदैन । राजनीति गर्ने भए शान्तिपूर्ण भएर आऊ भन्नु कत्ति पनि अन्यथा हुन्न ।

बरू तपाईँको माओवादी विचार र व्यवहारको भाइरसले आक्रान्त मष्तिस्कालाई कुनै
मनोविशेषज्ञ मार्फत समयमा उपचार गराउनु होला । समयमा उपाचार गरायो भने भोलिको ठूलो समस्या टर्न सघाउ पुग्छ । सभ्यता र शान्तिको बाटोमा कोही अवरोधक बन्छ भने , तिनको गति र मतिको अनुसन्धान हुनु आवस्यक छ ।

Anonymous said...

उखानको याद

एकीकृत नेकपा माओवादीले मन्त्री तय गर्न नसकेको विषयमा रपिोर्टिङ् गर्दै जाँदा त्यसको एउटा मुखपत्रमा काम गर्ने एक सञ्चारकर्मी पनि भेटिए । उनल सीधै भने, "व्यावसायिक भनाउँदा पत्रिकामा काम गर्ने तपाईंहरू त हाम्रो पार्टी फुटाउन लागि पर्नुभएको छ रे नि ! तपाईंहरू विदेशीलाई खुसी बनाउन हाम्रो पार्टी फुटाउन लागिपर्नु भएको हो ?" उनको कुरा सुनेर अचम्मित हुनु स्वाभाविकै थियो । मैले भनेँ, "अरूले फुटाउन खोज्दा फुट्ने कस्तो पार्टी हो, तपाईंहरूको ? तपाईंहरूलाई १० वर्ष सशस्त्र विद्रोह गर्न पनि अरूले नै उक्साएका थिए र ?" त्यसपछि भने सञ्चारकर्मी मित्रको अनुहारको रंग परविर्तन भयो । उनले शान्त हुँदै भने, "मैले त जिस्िकएर पो भनेको । नरसिाउनूस् है !"

भर्खरै बसेको स्थायी समिति बैठकले पनि मन्त्री छान्न नसकेपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसामु भने, "प्रतिक्रियावादीले मन्त्री छान्न नदिने षड्यन्त्र गररिहेका छन् ।" सञ्चारकर्मी मित्रसँग भएको घोचपेच नसकिँदै नेता श्रेष्ठको यस्तो अभिव्यक्तिले एउटा उखान नै याद दिलायो, 'आफ्नो सातुको थैलो दह्रो कस्नु, साथीलाई चोर दोष नलगाउनू ।'

Madhav Basnet ( Nepal weekly )

Nepalean said...

माओबादि मिलीसिया बेस पार्टी हो। यो सबैले बुझेकै कुरा हो। तर अहिलेको परिस्थीतीमा मिलीसिया बाटै देश कब्जा गरेर आफ्ने ब्यबस्था लाद्न नसिने माओबादीका मुख्य नेताहरुले बुझेका छन। त्यही भएर उनीहरु शान्ती प्रतीक्रियमा सामेल भएका हुन। मिलीसिया बिचार र आधार बलियो रहेको हुनाले माओबादीमा प्रजातन्त्रीक तवरले सत्तामा जाने बोटो अझै बादक रहन सक्छ। त्यही भएर माओबादी सरकारमा जान कस्सिएको त छ तर मन्त्रीको नाम जुटान सकेको छैन। माओबादी भित्र कहिले ३ त कहिले मुख्य २ धार रहेको सबैले बुझैकै छन। हरेक पार्टीमा बिभिन्न समूह हुन्छन र पार्टी संचालन गर्दा एक समूहको अर्को समूहसंग घम्सा घम्सी हुने गर्छ। एमालेमै माधबकुमारलाई लडाएर खनाल आउन यस्को साधारण उधाहरण हो। कांग्रेसमै छ महिना सम्म केन्द्रीय सदस्यहरुले पूर्णता नपाउन अर्को उदाहरण हो।
माओबादी पनि गुट उपगुटमा अल्झिएको छ। यो भन्न ओली नै हुनु पर्दैन न त ओलीबाट नै प्रभावित हुनुपर्दछ। बिचार गरेर बोल्नले ले यो कुरा सजिलै बुझ्छन। तर माओबादी सरकारमा जाने भनेर कस्सिदा कस्सिदैं नरम बिचारका समूह कडा बिचार आलम्बन गर्ने बैध्ध हरुबाट अंकुशमा परेका छन। ढिलो चांडो माओबादीले कुनै एक स्पष्ट धार त लिनेछ तर अहिले सम्म यो पार्टी कन्फ्युजनै छ। कोन्टामेन्टमा रहेका सैनिकलाई निकाश नदिनूले माओबादी भित्र अझ थप कन्फ्युजन बढाएको छ। कडा बिचारका बैध्धहरु यिनै माओबादी सैनिक र अर्ध सैनिककै सहयताले देश हडप्न चाहान्छन त बाबुराम, प्रचण्ड कुनै निकासबाट अन्य पार्टी सरह सत्ता संचलान गर्न चाहान्छन। जाहां सम्म लाग्छ यि दुबै समूहले आफ्नो बिचारमा अडिग रही रहे माओबादी आफैं फुट्छ। तर माओबादी नेताहरु यो चाहादैनन किनकी पार्टी फुट के हबिगत हुन्छ यो उनीहरुले कांग्रेस र एमालेबाट सिकीसकेका छन। तर कुनै ठोस निकास नआउनूमा पनि देख्न सुन्ने तपाई हामी मात्र होइन सायद माओबादी नेताहरु पनि वाक्क भएका होलान।

उमेश said...

हेर हेर विदेशीका दलालहरुको झुन्डले पुष्पजीलाई घेरेका। त्यही त पुष्पजी, यिनीहरुलाई सार्‍है डर छ क्या माओवादीले सत्ता कब्जा गर्छ भन्ने। माथि सुमन भाइले भनेको जस्तो सेनालाई त्यत्तिकै कहाँ समायोजना गर्न पाइन्छ र। यसको निर्णय हामीले गर्ने हो र? देशको चिन्ताले दिनभरि नसुत्ने हरुवा नेताहरु छन् नि, निर्णय त उनीहरुले पो गर्ने हो। आफ्नो गुन्डाहरुलाई ब्यारेकमा कहाँ राख्न पाइन्छ र, उनीहरुलाई त डन बनाएर टोल टोलमा खटाउनु पर्छ। तपाईंको पार्टीमा जस्तो नीलो ट्र्याकसुट लगाएका गुन्डा पाल्न कहाँ पाइन्छ र हौ पुष्पजी। हेर न भनेको पनि, त्याग गरेन रे। त्याग नगरेको भए त कमरेड अध्यक्षले आफ्नो छोरालाई कम्प्यूटर इन्जिनियर बनाउनु हुन्थ्यो होला नि, अपरेटर मात्र बनाएर छोड्नु हुन्थ्यो होला र? यी दिनभर रेडियोमा हिन्दी गीत सुन्नेहरुको कुरालाई एउटा कानबाट सुनेर अर्को कानबाट उडाउनुपर्छ पुष्पजी। वाहियात मान्छेहरु।

Anonymous said...

ho ta maobadi haru kaha hindi geet sunchan,tyo ta prcachanda lai matra luki luki hindi film herna chhut chha,anya lai kaha chha ra. uha lai ta india ma hide out garna pani chhut chha ni.

बिप्लब said...

अरु कुरा त्यस्तै हो "तैले मेरो कुरा मानेनस,तं त्यो गुट होस,त त्यसको चम्चा होस" भन्ने माओबादी गालीले मलाई सारै होसो लाग्छ। अब त अन्य कुनै नया गाली गर्ने स्टाइल निकाल्नू पर्यो। नेपाली फिलीम जस्तो कती त्यो आउटडेटे गाली चलाइ राखेको।

Anonymous said...

सबै भन्दा पहिला म के भन्न चाहन्छु भने सत्ता कब्जा भनेको के हो र माओबादीले यो कूरा किन उठाइरहेको छ भन्नि कूरा बुझ्नु जरुरि छ|साथीहरुले कसरि बुझ्नु भएको छ मेरो बुझाइमा नेपालमा सरकार मात्र चलाइने गरिएको छ सत्ता इन्डियाले चलाउछ त्यसको अन्त्य गर्नु नै नेपाली जनताले सत्ता कब्जा गर्नु ठहरिन्छ|अहिलेको अबस्थामा माओबादीले नै त्यो कूरा उठाईराखेको छ कहाका युद्धहरु र परिबर्तनहरु त्यति सजिलो भएका छन र जहाँ मान्छे मरेका छैनन् ?

पुष्प said...

सेना भनेको देश हडप्न होइन, देश बचाउनका लागि हो भनेर यी 'प्रजा'तन्त्रवादीहरूले कहिले बुझ्ने ? हुन त सदियौं राजाको ढोके भइखाएको सेनालाई हेरेर कुरा गर्नेहरूले योबाहेक अरु के नै पो बुझ्लान् !

Anonymous said...

puspa ji sarkar ta india le chalaune rayecha,maobadi pani india kai saranma base. Raja pani india le nai fhaleko ho ki kya ho? Tapai haru ko jana yudda ni,tyo pani india kai ishara ma?

निमेस said...

एकलब्य जी ले नमिठो संग प्रस्तुत गरे पनि बैद्य जीको कारणले नै देशले निकास पाउन सकेको छैन भन्ने कुरा छर्लंग छ / आजको चीन हरेक दृस्टीकोणबाट सम्पन्न छ / कम्निस्ट देश भनेर तर्सिनु पर्ने अवस्था छैन / बहुरास्ट्रिय कम्पनि खुलेका छन् / आर्थिक र मानव अधिकारको स्वतन्त्रता तर्फ उन्मुख राजनीति छ / के यस्तै बैद्यको राजनैतिक बिचार हो? सत्ता कब्जा, जनविद्रोह आदि रटान के हुन्? किन हुन? राम्रो काम गर्न रटान आवस्यक हुन्न; कामले नै अन्जाम दिन्छ तर लाग्छ उहाँ ६० साल पुरानो रोगले ग्रसित हुनुहुन्छ /

नेपालमा अहिलेको चीनको जस्तै ठ्याक्कै राजनैतिक, सामाजिक, आर्थिक अबस्था हुने भए या त्यस्तै हुने तर्फ उन्मुख हुने भए सम्म पनि त्यस्तो राज्य ब्यबस्था अंगाल्न कसैको बिमति हुने थिएन / त्यस्तै हुने भए पनि भारत र अन्य अन्तरास्ट्रिय परिबेसको कारण नेपालमा चिनिया पुरानो जडसुत्रवादी कम्निजम टिक्न सक्दैन भन्ने बुझ्नु आवस्यक छ / नेपालको भारतीय बोर्डरमा लहरै हिमाल भएको भए त्यो सम्भव हुन्थ्यो होला तर पनि त्यस्तो अवस्थामा पनि देश आजको भन्दा जर्जर हुने थियो किनकि तिब्बत त भर्खर उन्नतिको लागि घस्रदै छ र त्यो पनि चीनले लिएको हुनाले / यौटा कुरा के हुन्थ्यो होला भने नेपाललाई चीनले तिब्बतलाइ झैं आफ्नो सिमानामा गाभ्थ्यो /

पैले लागि हालियो (माओवादी पुरानो जडसूत्रवादी चिन्तन), बोलि हालियो, सिकाइ हालियो के गर्ने अब छोडन मिलेन भन्ने माओवादी नेतृत्वको मानसिकता छ; खास गरि प्रचण्डको (बैद्य जी को कुरै छाडौं) / युद्ध काल वा सहमतिको लगत्तै सम्म उनले क्यै गर्छन कि भन्ने धेरैमा आशा थियो तर बोले मात्र, खाए, दिशा गरे सबैले जस्तो गरे / उनले क्यै नगरेर नै क्यै नभएको हो / परिवर्तनकारी शक्ति नै पैसाको दलदलमा परेपछि के होस्? अझै पनि अर्को शक्ति देखिएको छैन देशलाई सहि नेतृत्व दिन सक्ने तर उनले देशको लागि त्यो कालो कुण्ठारुपी पुरानो सोचाइ छोड्न सक्नु पर्यो / समयसापेक्ष भै परिवार्तनमा जान, चल्न डराउनु, लजाउनु भएन / पार्टीलाई लुटनेहरुको झुण्ड हैन राम्रो काम र सेवा गर्नेहरुको कुण्ड बनाउन सक्नु पर्यो / खराव कामको खवरदारी मात्रै गर्दिए पनि सकारात्मक परिवर्तन हुने थियो / के गर्नु? सहभागी पो भैदिए त!

आर्थिक रुपले होस् वा राजनैतिक नेतृत्वको पारम्परिक तुच्छ मानसिकताको कारणले होस् यो मुलुकका माओधारी नेताबाट समेत क्यै हुन नसक्ने देखीसकियो / चाहे प्रचण्ड हुन या अरु / कुनै यौटा राम्रो कामको थालनी गरेर जनताको विस्वास जित्न सकेनन प्रचन्डले र अब यौटै झिनो आसा बाबुराम बाँकी छन् तर उनलाई केहि गर्न नदिनेहरु स्वयम पार्टीको नेता र उपाध्क्षहरु छन् / अरु त के स्वयम गोरखामा बाबुराम जान डराउनु पर्ने अवस्था छ /

पुष्प said...

कृपया राम्रो कामको थालनी भएन भनेर भ्रम नछर्नुस् निमेशजी । देशको अर्थतन्त्र पक्कै पनि केही वर्ष पछाडि धकेलिएको छ । देश, समाज अनि जनतामा आएको भू-राजनीतिक अनि सामाजिक चेतना, आर्थिक विकासतर्फको जागरुकता कुनै जादुमन्तरको खेल होइन, यो माओवादीको विद्रोहबाटै प्राप्त भएको हो । होइन भने आज हाम्रो देश भूटान भइसक्ने र हामी भूटानी शरणार्थी ।

फल आफैं फल्दैन, त्यसको लागि पहिला बिरुवा रोप्ने, मलजल गर्ने, गोडमेल गर्ने काम गर्नुपर्छ, जुन काम अहिले भइरहेको छ । अर्थात्, गणतन्त्र अनि धर्मनिरपेक्ष राष्टको घोषणा, राष्ट्रको पुनर्संरचनाको कुरा, यी सब केका उपलब्धि हुन् ? अनि यी सबका लागि चाहिने नयाँ संविधान अनि त्यो संविधानको बाधक को/के हुन् किन गरि/भइरहेका छन् भन्ने कुरा पनि हामीले बुझिरहेकै कुरा हो ।

उमेश said...

पुष्पजीको कुरामा फेरी सही थप्ने कुचेष्टा गर्दैछु। हामीलाई फलको के चिन्ता, गोडमेलमै ध्यान केन्द्रित गरे भइहाल्यो। हुँदाखाँदाको खेतलाई मासेर, आफूले नै ढैंचा रोपेर, त्यो झारलाई उखाल्ने प्रविधि हामीले बुर्जुवा शिक्षा प्रणाली अन्तर्गत कृषि शिक्षामा घोकेका नै छौं। नयाँ नेपाल बनाउने अठोटका साथ हुँदाखाँदाको टावर, पुलहरुलाई "जन"सेना मार्फत भत्काएर देशविकास गर्ने लक्ष्य माओवादीको पहिलेदेखि नै रहेको हो नि। अहिले ती ठाँउमापनि गोडमेल हुँदै छ, १० १५ बर्षमा त कसो नबन्ला। आर्थिक विकास तर्फको जागरुकताको त झन के कुरा गर्ने र। चन्दा व्यवसायको आकर्षणको जस् अरुले खोस्ने दुस्साहस गर्दैछन् अहिले। माओवादीको "जन"युद्धले देशलाई राम्रै बाटो देखाएको हो, बिगार्ने त हिन्दी गीत, सिरियल र सचिन तेन्दुल्कर हुन्।

पुष्प said...

जनयुद्धले पुरानो 'बाटो' भत्काएको मात्र होइन, नयाँ 'बाटो' बनाइदिएको पनि हो/छ उमेशजी । तर त्यो बाटोमा हिँड्ने साहस 'प्रजा'तन्त्रवादीहरूमा देखिँदैन; मूल कुरा नै यही हो । पुरानो 'बाटो' भत्काउने र नयाँ बनाउने क्रममा केही तलमाथि हुनुलाई अस्वाभाविक भन्न मिल्दैन ।

Anonymous said...

haruwa goru ko cheruwa dau. sarkar ma samel bhayera mantri ko name napathaune pani bideshai ko khek bhanne kura sanga thyakkai mel khancha. jhala nath khanala aba afu pradhan mantri afu mantri banne chhan. Nepal kai matra hoina yo ta world record nai rahala.

sanu jange said...

हा हा हा !!! साथीहरु को वहस पढेर दङ्ग परे* ! झन् हाम्रा पुष्प कम्रेटका तर्क ले मन्त्र मुग्ध हुन् करै लाग्यो !!! हैन यो लाज सरम को चक्की कतै पाइन्छ (?) भने वहा लाई उपलब्ध गराई दिनु ! कुरा गर्यो कुरै को दुखः , महिनौ सम्म मन्त्रीको नाम छान्न नसक्ने पार्टी, एउटा राजदुत ले थर्कायर सातो उडेका महान क्रान्तिकारी नेताहरु ले के गर्न सक्दैनन् भन्ने कुरा त देखियाकै छ नी हैन र ? अरु त अरु पर्चंडे लाई मुख्य मन्त्रि को ग्यारेन्टी दिने हो भने भोलि नेपाल लाई भारत मा मिसाउन तयार हुन्छ अनि पुष्प कम्रेट हरु ले नया तर्क सुरु गर्छन देख्यौ हाम्रा महान नेता ले यति सानो देशमा तेत्रो भारत लाई गाभी दिनु भयो , हरे.........

Luna said...

त्यस्तो चक्की पाइन्छ भने बरु तपाईले नै लिने कि सानु जंगे जी ?
त्यस्तरी भन्न अप्ठ्यारो नमान्ने तपाइले लिनु नि बरु त्यस्तो चक्की ! अनि त्यसपछि चै जे पायो त्यै भन्न लाज मान्नु होला तपाईले !
राजनैतिक सबाल जाबाफ राजनीति भासामा नै दिनु नि सक्ने भए , नसक्ने भए
बरु चुपो लागेर बस्नुस् ! ( छलफलको कुरा एकातिर अर्को तिर ' लाजको चक्की ' रे ! क्यै नलागे पछी " गालीको बर्षा " ! )
पुष्प जी ले झैँ सभ्य भाषामा गालि गर्नु नि सक्नु हुन्छा भने !

sanu jange said...

haina lunaji, maile ta gali gareko chaina ta ? ani kasto ho rajnitik bhasha bhanya ? sayad kalo lai seto bhannu hola hai ? sakdin teti garna ani kutark garna janne bhaya ta ma pani baristha kamret hune thiya hola ni , haina ra ? hahahaha

yo jamana ma satya nai gali hun6, ab yati chittai sabai kura ko niyantran garne jamarko kina ni ? kamse kam ajhai ta maobadi raj suru bhaisakeko chaina vo ki kaso bhannu hun6 ?

पुष्प said...

सानुजी,

मुख्यमन्त्री किन र ? चाहेको भए आजसम्म पनि प्रधानमन्त्री नै‍ भएर बस्ने थिए नि ! पचेन ? हाजमोला खानुस् ! लाज हुनेलाई पो लाजको औषधीले काम गर्ला, नहुनेलाई केइ न केइ ।

Anonymous said...

sarkar banaune kaile, sambidhan banaune kaile?
yo kuro puspa lai nai sodnu parla.

sanu jange said...

puspaji,
basne kosis ta gareka hun bara k garnu sud le sato khayo, katuwal le tharkai diyo ani po kattu bhijaudai niskeke hun. natra ta north korea ko para lyauna thale kai hun ni ki kaso? pachdaina hola hajmola firta linus bho... , saknu hun6 baru baburamji ko prasamsa garnu aru dalal ko kura garda laj mannu parne ho kere tar tapai haru uhi thotro tarka boker hinde le ke naya kam garn saknu ? tehi bhayara laj saram ko chakki ko kura gareko ho, thaha 6 tapaile diya pani sewan garnu hunna.... hhahahah

पुष्प said...

एकातिर भारतको मुख्य मन्त्रीको कुरा अर्कोतिर नर्थ कोरियाको पारा ! कस्तो दोधारे कुरा हौ सानुजी ? लौ अबचैं सबैले हाजमोला खानुपर्ने भो ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !