September 2, 2009

एकादेशको छाडा देश

भारतद्दिपको छेउछाउमा पाखा पखेराको खोचिलो क्षेत्रमा एउटा अचम्मको देश छ। मानचित्रमा देखिने त्यो देशका रेखा छुट्टाउनै मुश्किल पर्छ,हरेक लेखौटमा सिमाना फरक फरक छन,सिमाना यसै हो भनेर भन्न सक्ने स्थिती छैन। रात रहंदा अग्राख पलाउंछ, अग्राख पलाउंदा सिमाना हराउंछ। बिचित्रको छ सिमारेखा। त्यो भन्दा बिचित्र सिमारेखा भित्र छ। त्यो बिचित्रतामा के गजबता हुन्छ कसैलाइ पत्तो हुदैन। एउटाले हुन्छ भनेर सक्न नपाउंदै अर्को हुन्न भनेर सकिसकेको हुन्छ। यस्मा आश्चर्य मान्नै पर्दैन किनकी देशै नै बोलीमा चलेको हुन्छ,हरेक ब्यक्ती आदेश दिन पोख्त छन। तर सबै आदेश कामलाग्दैनन,जस्ले सक्छ उसकै आदेश शिरोपर हुन्छ। कानुनको नाममा एक दुई खोस्टा छन। न त्यो कसैलाइ पत्तो छ न कसैलाइ पालना गर्ने स्वभाव छ। ठ्याक्कै भन्दा कानुनको अनुशरण गराउने कस्ले, पालन गर्ने कस्ले एक्दमै अनयौल छ। कुनै कुनै देशमा कुकुर बिराला पनि अनुशासनमा बस्छन तर त्यो देशका जनताको त्यती पनि अनुशासन छैन भन्नै हुदैन। कागले कान नलगे पनि कागकै पछि दगुर्ने हुलहरु त्यो देशलाइ छेडछाड गरे त आफ्नै घर जलाउन किन नपरोस बिरोधमा उत्रिहाल्छन। राजनितीक चेतना निकै उच्च छ। दश दश बर्षमा जनआन्दोलन भइरहन्छ। जनसंख्या भन्दा शहिदको संख्या बढी छ। आन्दोलन र शहिदको परिभाषा बुझ्न जरुरी छैन, उनीहरु त्यसको उच्च सम्मान गर्छन। अनी जनआन्दोलन गरिरहन्छन,शहिद बनिरहन्छन।

सर सम्मान निकै हुनेगर्छ त्यो देशमा। आफ्ना पूर्खाहरुको सालीक नै तोडे पनि बिदेशी नेताहरु फोटोहरु निकै जतनका साथ भित्तामा झुन्डाइन्छ। अझ संयोगबस कुनै देशको पाइखाना मन्त्री सवारी भए त सबैजना धनुष्टंकार भइबक्सिन्छ। नेताहरुमा हांहाकार चल्छ, राष्ट्रिय छापाहरुमाहरुमा अड्कल काटिन्छ अब सरकारको बयल गाडा बायां मोडिन्छ,फलानो ठाउंमा गएर रोकिन्छ। जब पाइखाना मन्त्रीको फिर्ती सबारी हुन्छ एक झुन्ड उफ्रिन्छ अर्को झुन्ड ओल्सिन्छ तर दुबै झुन्डको लोलीमा बोली मिल्छ अनि देशमा एउटा ऐतिहासीक निर्णय हुन्छ अब हरेक घरमा चर्पी निर्माण गर्ने। न योजना छ न बजेट। केही घरहरुमा चर्पी भइसकेका हुन्छन, केही घरहरुमा चर्पी निर्माण गरिन्छ, कतै त्यसै छाडिन्छ। तर अन्तत सबैले बाटैमा आची गर्छन। चर्पीको उपयोगिता कागतमै सिमित रहन्छ,इतिहांस बनेर दश बर्ष बित्न नपाउंदै फेरी त्यही चर्पीको लागी आन्दोलन हुन्छ,दुइ चार जना मर्छन,शहिदमा समेटिन्छन अनि देशमा पून चमत्कार हुन्छ। चम्तकारसंगै बिभिन्न अबतारको जन्महुन्छ। बिभिन्न बाबाहरु छ्याप छ्याप्ती शहरमा भेटिन्छन, कोही कात्रो बनाउन लाग्छन, कोही पात्रो बनाउन लाग्छन अनि कोही कानुन बनाउन लाग्छन। उनिहरुको कागजी कानुन उनीहरलाइ मात्र बुझ्ने अधिकार छ,अदालतले बुझेर ब्याख्या गर्ने खोजे कसैलाइ मान्ने हुनेछैन। कुरो सहि नै हो आफुले मान्ने कानुनको ब्याख्या आफैले गर्ने हो कहीं अदालतले गरेर पनि हुन्छ? कानुन पालन मनखूशी ले गरिन्छ। तर चाल चलन गज्जब छ त्यो छाडा देशको। नक्कली जोगीले खरानी धेरै धसेजस्तो जांहा कुनै नियम कानुनको वास्ता गरिंदैन त्याहां संबिधान सिजन सिजनमा बनिरहन्छ।


9 Comments:

mukunda undestined said...

really.. this is fact. yo article ramro cha.
kei sikau hamiharu pani.
but.. you missed some points on language.
nowadays... some of the leaders of party(not peoples leader)aremaking scandals on language..like oth taking in hindi etc

खुल्लामन्च said...

Nepaleang, good article ! Ekadeshako - Nepal.

प्रबिण थापा said...

Really appriciated article Nepalian ji. Its our reality. "Ekadeshako chhada Desh"- Nepal

पुष्प said...

के गर्नु आफ्नो चर्पी बनाउनेहरू अरुको चर्पी सफा गर्न 'मस्त' भएपछि यस्तै हो ।

kdhamala said...

अब हामीलाई चारपी मा होइन सडक म आची गर्ने बनी परेको छ अनि कहाँ हामी चारपी म जान मन गर्छौं त ? अनि बल हुन ले र नारी खिच्न सक्नेले जे गरे पनि हुने कनुन त त्यो अरु लाई खास् गरी सोझ सिधा लाई देखौन अझ भनौ भने तर्साउन लाई बनाउने हो नि । लेख साह्रै राम्रो र अनि एथर्थ म आधरित छ । हाम्रो देश मनपारी तन्त्र को देश । मस्ती छ नि अन्त कताइ देख्नु भएको छ हाम्रो जस्तो देश ?

Luna said...

पुष्प जि !
सटिक लेख्नु भो :)

Keshab Ghimire said...

त्यसैले त यो नयाँ नेपाल हो । यहाँ कानुन बनाउने र कानुन पढाउने आँफैले कानुन मिच्छन अनी आँफै अदालतलाई टक्कर दिन्छन । अर्कको पैखनको लागि बनेको नियम नै मान्न तयार छन तर आफ्नो घर मा बनेको नियम अनी आफ्नो घरको सामान प्रयोग गर्न तयार नै छैनन। खै के भएको हो यो देशका नेताहरुलाई

Jotare Dhaiba said...

तीतो सत्यलाई सटीक टिप्पणीले उजागर गर्नुभएको छ नेपालीयनजीले । जबसम्म दासतालाई राजनीतिको आधारस्तम्भ मानेर अभ्यास गरिन्छ, तबसम्म एउटा स्वाधीन देशको नाम मानचित्रमा मात्र फैलिएको हुन्छ, त्यसको केही माने हुँदैन ।
पाखा-पखेरोमा च्यापिएर बसेको त्यो देशमा अराजकता नै लोकतन्त्रको उज्यालो बिहानी भएको छ ।
यस्तोमा अब घघडान संविधान नै बने पनि अराजकतामा रत्तिएका नेता र जनमानसलाई कसरी पो त्यस अनुरूप सही लिकमा हिँडाउने ?

Chandra Magar said...

gajabko chhada desh rahechha tyo ta.. testo pani hunchha ra !? marnu aghi eka patak teha pugna pae.. tehako manchhelai bhetna paae mero saubhagya hunethiyo... kasto ajib sansar yo 21au shatabdima pani.... bhanera bhanchan hola arule ta..
this is the reality of present situation in our country.
shame on we nepalese !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !