अपडेट: गाउखाने कथा २२ को उत्तर चन्द्रमा हो। उत्तर मिलाउन प्रयास गर्ने सबैलाइ धन्यबाद, उत्तर मिलाउने जोतारे धाइबालाइ बधाइ। ल धाइबा जी अब गाउं माग्नुहोला।
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।
इउं त इउं टिप्ने मान्छेलाई सय रूपिया दिऊके होला यस्को उत्तर?
Email ThisBlogThis!Share to Facebook
15 Comments:
Give me one hundred ha ha ha.
I don't even know the answer. I would guess it must be some sort of award for good work.
नेपालीयन जि !
जम्मा सय रुपैया ? ! त्यती थोरै दिने भए म त नटिप्ने ! :)
टिप्न कस्तो गार्हो हुन्छ !
गार्है भए पनि साथीहरुले टिप्नु पो हुन्छ कि !
पर्खेर बस्छु , टिप्न सक्नु भएन भने चाँही अनी म टिपुला :)
( टिप्न त के सक्थे होला र ! भए पनि ------- )
:)
क्रिकेटको विकेट
एस्को answer "छाया" हो । लु यो त मैले सानो हुँदा सुनेको गाउँ खाने कथा पर्यो । लु सय रुपैया दिनु पर्यो मलाई ।
शीत ! (पात माथी शीत परेको )
अहिले सम्मका उत्तर सबै गलत!!!!!!!!!!!!!
लुना जी गांउतीर त सय रुप्पै पनि एक्दम धेरै हुन्छन नी, हैन र?
एनोमिनस उ बेला अब गाउंमा के को क्रिकेट खेल्थे होला र?
हिमाल पारीले खुब छाया लाइ पछ्छाए जस्तो छ, यता त घाम लाग्या छैन;उता तिर निकै घाम लाग्या जस्तो छ। ल घर नपुगिन्जेल छाया लाइ पछ्छाउदै गरौं तर छाया उत्तर भने होइन। छाया लाइ त खुट्टाले छोइहाल्छ नि होइन र?
सुजन जी शित पनि होइन। बिहान बिहान घांस काट्न जांदा शितमा हिडेको खुब याद आयो । शितमा घांस काट्दा कपडा त पूरै भिझ्छ अब शित कसरी हुनु? खाली खुट्टा शितमा हिड्दा आंखाको तेज बढ्छ रे भन्ने भनाइ छ, समय मिले सबैले ट्राइ मार्नुहोला।
"चन्द्रमा" हो कि त उसोभए !
यो गाँउ खाने कथामा म चाहि निकै बुद्धु परिछु। कहिले पनि उत्तर आउदैन मलाइ त। यसो पढ्दा कता कता सुनेको आइहाल्छकि जस्तो लाग्छ फेरि सोच्न थाल्यो फिटिक्कै माँखो मर्दैन। खै के खै के---
प्रबिण जी यसो गेस त गर्नुहोस, मिलीपो हाल्छ कि?
सहि उत्तर चन्द्रमा हो। जोतारे जी ले मिलाउनु भयो।
यो गाउँ खाने कथा को उत्तर हामी चाँही छाया हो भनेर भन्थेउ है सानो हुँदा देखि नै । त्यही भएर मैले प्वाक्क छाया भनिदेको । अब judge ले नै मिलेन है भनिदिए पछि त मेरो के नै लाग्यो र ? त्यही भएर यो comment टासी देको अथवा भनौ "Note of Dissent" लेखेको । हुन त कुरो र कुलो लाइ जता बगाए पनि हुन्छ भन्छन । खोइ कस्को उत्तर लाइ गलत भन्ने कस्को उत्तर लाइ ठीक । नेपालीअन जी सँग मेरो अक्सर एउटा कुरा मा बिबाद हुन्छ, त्यही कुरा लाइ म भन्छु "हसिया" वहाँ भन्नु हुन्छ "आन्सी"। को ठीक को गलत्,? बरु म त भन्छु शायद दुबै जना ठीक । मलाई त यो गाउँ खाने कथा को सन्दर्भ ले ४ / ५ कक्ष्या मा पढेको एउटा कथा पो याद आयो, एउटा ले भनेछ ग्रेप्, अर्को ले अङ्गुर, अर्को ले दाख्, अर्को ले द्राक्षफलम, कस्ले भन्या ठीक कस्ले भन्या गलत ?
छाया लाइ खुट्टा ले छोइन्छ भन्ने logic दिएर छाया उत्तर लाइ ठाडै disqualify गरिदिनु त भएन नि । प्रश्न मा त टिप्ने पो भनेको छ त कहाँ छुने भनेको छ र ? छाया लाइ कहाँ टिप्न सकिन्छ र ? खुट्टा ले छुन सकिन्छ भन्ने logic दिएर छाया लाइ disqualify गर्न मिल्ने भए त चन्द्रमा पनि गलत भयो नि । किन भने चन्द्रमा लाई पनि मान्छे ले छोइ सके नि ।
हिमाल पारी जि, प्रश्न एउटा भए जस्तै उत्तर पनि एउटै हुन्छ तर कहिले कांही अरु उत्तर पनि हो कि जस्तो लाग्छ।
छाया लाइ खुट्टा ले छोइन्छ भन्ने logic दिएर छाया उत्तर लाइ ठाडै disqualify नगरिकन मैले आफ्नो लजिक मात्र प्रश्तुत गरेको हुं, आखिर उत्तर त उत्तर ब्यांकमा जे हुन्छ त्यहि सहि हो हैन र?
चन्दरमा छोए त भन्छन तर त्यो पनि गफै हो जस्तो लाग्छ नत्र भने किन आजकाल किन मान्छे जान डराउछन त?
6aya ( shadow) ho sir esko answer
khoi ta gaun khane katha ali naya naya kahile post hudaina ta???????????
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !