June 16, 2010

खाने पेटमा लात हान्ने को?

पापी पेट,भोक लागे पनि नलागे पनि ज्यान जोगाउन २ छाक मूखमा राख्नै पर्छ। फेरी त्यो छाक टार्न खानाको जोहो गर्नैपर्यो। गडेउलो भए त माटो खाएर बस्नु,मान्छेको जातलाई माटो त के ढुंगो पनि पेटमा पर्नुहुंदैन। अन्नपानी नै चाहियो। पानि त कलधारामा भेटिएला,अन्न कताबाट ल्याउने? बन्द,चक्काजाम,लुटपाट आदी हुंदा अन्न बटुल्नै नसकिने अबस्था छ। न त मर्नु न त बांच्नु। यो उखान टुक्का होइन प्राय नेपालीको जिबनकथा हो।

राणा,शाहा आदीले शोषेर यांहा पुर्याए अब कांहा अन्न पाउनु,कोही कुर्लेलान। राणा त ईतीहांस भइसके,अब शाहा पनि फोटोमा सिमीत छन। अझै किन पेट भर्न गार्हो? राजनितीको सदस्यता बोकेका कड्केलान,फलानो पार्टीले गर्दा यस्तो भएको हो। तर त्यो कड्काइले एकछिन मान्छे
डराउलान तर पेटमा उम्रेको भोकको भूमरीले एकदिन तिनको हाउगुजीकै बिरुद्द जुध्नेछन। एक युग एक दिन पक्कै आउंछ भन्दै संबिधान सभाको झुटो नारा दिने पार्टीहरु जनताको फन्दामा पर्दा पक्कै झस्कने छन। अंग्रेजीमा भनिन्छ नि,"Fool me once, shame on you, fool me twice, shame on me"। हो त्यस्तै पटक पटक झुक्काउने संग अब कोही झुक्किनेवाला छैनन। मान्छे पनि जनवार नै हो तर यो बिबेकशिल प्राणी हो,यो कुरा हाम्रा राजनेताले भुल्नुहुंदैन।

यस्तैमा कोहीले अच्ममै गरेछन। सत्य तथ्य बोल्न नया नेपालमा अचम्मै मान्नुपर्छ। सधैं भईरहेन बन्द र पार्टीहरुको गाईजात्रा देखेर अती भयो भन्दै थापाथलीको होर्डिगं बोर्डमै भनेछन"गरी खान देऊ!"। देशमा जनताले पाउने सुरक्षा,स्वास्थ,शिक्षा जस्ता न्युतम आधारभुत आवश्यक्ताबारेमा सरकार तथा पार्टीहरु लाचार त छंदैछन अझ पालै पालो बन्द गरेर नगं खियाएर बिहान बेलुका हात मुख जोर्नेलाई पनि पेटमा लात हान्दैछन। काम गरेर खान पनि मुस्कील छ तर बोल्ने को। अनि त स्वफूर्त रुपमा होर्डिगं बोर्डमा मान्छे उत्रे "गरी खान देऊ!"। पक्कै पनि निमूखा जनता यसरी नै अनयत्र पनि उत्रन सक्छन। साबधान रहनुहोला, जनताको पेटमा लात हान्ने तपाईहरुलाइ भोकमा रन्थनिएका जनताले तपाईकै मुखमा चोट पुर्याउन बेरलगाउंदैनन।

((पत्रिकाको समाचार लेख पढ्न यांहा जानुहोला))

16 Comments:

वेदनाथ पुलामी (उमेश) said...

राणा त ईतीहांस भइसके,अब शाहा पनि फोटोमा सिमीत छन। अझै किन पेट भर्न गार्हो? भन्दा राणा, शाह जनताका समस्या होइन रहेछ समस्या उनीहरु ले रचाएको सामाजिक संरचना र हाम्रा नेताहरुको -'यो जनताको चाहना हो' भन्दै ल्याउने (आफ्नै दुनो सोझ्याउने)आफ्नो खुसीको नीति तथा ब्यबहारहरु नै हुन् !

"गरी खान देऊ!"
हामीलाई राजा , सप्ता ... कुनै पनि वाद संग सरोकार छैन ...हामीलाई चाहिएको " शान्ति र विकाश " !

Anonymous said...

Fool me once, shame on you, fool me twice, shame on you, fool me. Sarai maan paryo. aba hami sabai nepali fool bhannu paryo.

Dilip Acharya said...

गरी खान दिनु पर्ने कुरा सत्य र सान्दर्भिक भए पनि हिमालमा यस पटक हावा तालमा एउटा होर्डिङबोर्डको कथालाई रहश्यमय बनाउन खोजेर जोडिएको छ । सो र यस्ता धेरै होर्डीङबोर्ड आजकल काठमाण्डौको यत्र-तत्र छन र यो लेख्ने कार्य National Campaign for a 'Livable Nepal' भन्ने संस्थाले गरेको हो।

Dilip Acharya said...

साँच्चै नेपालियनजी यो माथिको भनाई चाहिँ "Fool me once, shame on you; fool me twice, shame on me" पढेजस्तो लाग्छ मैले :)

Zero Hour (शुन्य समय) said...

"मुलुकमा जति-जति गरी खान पाउने अवस्था बिग्रिँदै जान्छ, नगरी खानेहरू त्यति नै फस्टाउँछन्। अझ्, अराजकता र अपराधले नगरी खाने हरूलाई हतियार बनाएपछि नगरी खाने पेशामा शक्तिको चमकदमक थपिन्छ। विस्तारै डन हरू जन्मिन्छन्, भूमिगत अपराधीहरू हुर्किन्छन्। देश अपराध र आतङ्कको भासमा जाकिन्छ।"

केदार शर्माले हिमालमा लेखेको यो पाटो वास्तविक यथार्थ हो । दिलिपजीले सच्याए जस्तै नेपालीहरुको हकमा लागु हुने कुरा धेरै पटक सजिलै मुर्ख बन्ने नेपाली परंपरा "shame on me" भइसकेको छ ।

Nepalean said...

दिलीप जि तथा जिरो आउर जि, खासमा त Fool me once, shame on you, fool me twice, shame on me नै हो तर यो कपी पेस्ट गर्दा बिचमा २ वटा शब्द खुस्स छिरेछन। गल्ती ठम्माउनु भएकोमा धन्यबाद।

सरलनै किन नहोस हाम्रा नेताको दिमागमा सजिलै यस्ता कुरा घुसे जनतालाई बांच्न सजिलो हुन्थ्यो की? अर्को कुरा, हामी संधै नेताहरुको दोष देख्छौं,कहिले कांहि त हाम्रो ब्युरोक्रेसीले यो सबै जिम्मेबारी लिनुपर्ने हो कि जस्तो लाग्छ।

पुष्प said...

लौ ! माओवादीविरोधी लेख नलेखी खाएको नपच्ने पत्रिकाले खोकेजस्तो कुनै गैससले नगरेको भन्ने दावीबीच दिलीपजीले उपलब्ध गराउनुभएको लिंकले त यो कुनै 'सुकिला-मुकिला'हरूको संगठनले आमजनताको नाउँमा गरेको काम पो रहेछ त । देशमा अहिले विदेशी हस्तक्षेप, अतिक्रमण र ज्यादतीले चरमसीमा पुगे्का बेला माओवादीले यसका विरुद्ध उठाएको सशक्त आवाजलाई दबाउन सरकारमा बसेका टट्टुहरूकै चालबाजी हो भन्ने कुरा एउटा आमनागरिकले पनि अनुमान लगाउन सक्छ; त्यसमाथि हिमालजस्तो विदेशी गैससको पैसामा चलेको संस्थाले यो समाचारलाई 'गरी खाने'को संज्ञा दिएपछि छर्लंगै भो ।

Anonymous said...

केही नपार अब यस्मा पनि माउबादी ठुलो देखाउने कस्तो खेल हो यो?

रमेशमोहन अधिकारी said...

बन्द गराउनेहरूले आफू बाहेक अरूलाई देख्छन् र !

Anonymous said...

माओवादी जस्तो अतिवादी शक्ति र यसका पिछलग्गू भिजिलान्तेहरूको बन्दूके उन्मादमा अंकूश नलागुञ्जेल , यो मुलुकमा विवेक , विचार र जीवन सबै कुरा धरापमा पर्‍यो ठाने हुन्छ । आँफू बाहेक अरूलाई जनता नदेख्ने, आफ्नो हिंसात्मक जत्थाको बलमा कथित नागरिक सर्वोच्चता खोज्ने, कालो निरंकूश कम्युनिज्मको पोलपट विचारबाट जनताको मुक्ति हुन्छ भनेर ठान्ने , प्रोपागाण्डा पिटेर सत्य बनाउन खोज्ने र मुलुकलाई अन्धकारको दलदलमा धकेल्न चाहने माओवादी विचारले न जनता र मुलुकलाई गरी खान न मरी जान दिएको छ ।

पुष्प जस्ता माओवादी पिट्ठूहरूलाई थाहा हुनु पर्ने कि तिनको नेता प्रचण्ड महंगा, घडी, पलङ, रक्सी र रिसोर्टको चास्निमा डुबेको सबै भन्दा ढोंगी सुकिलो मान्छे हो र माओवादी लूटले ठडिएको नव धनाढ्य माओवादी जमात सबैभन्दा आडम्बरी र मैलो विचारमा डुबेका बाह्य सुकिलाहरु हुन् । यो अभिषाप रहूञ्जेल मुलुकमा गरी खाने स्थिति हुने छैन ।

सम्यक

पुष्प said...

सम्यकजी अलि पुगेन कि ... साँच्चै १५ वर्षअगाडिसम्म यो मुलुक क्या गज्जबको अवस्थामा थियो है ! अर्थतन्त्र 'शिखरपुरुष'को घरका दलीनहरू चुमेको थियो; राजनीति कहिले दरबारको त कहिले बालुवाटारको बिर्ता बनेको थियो; राष्ट्रियता 'धोती'मा बेरिएर सुरक्षित थियो; सबै बिग्रिएको त माओवादीहरूले बन्दुक उठाएर हो नि ! यो माओवादीले सुशासन र राष्ट्रियता मुद्दा चर्काएर बित्यासै गरे बा ! यो पुष्पजस्ता माओवादीका अन्धभक्तहरूले गिरीजाजस्ता भ्रष्टाचारका नायकलाई कहिल्यै महानायक स्वीकार नगर्ने भए; ओली, सुजाता, खुमबहादुरजस्ता 'सुकिला-मुकिला'हरूलाई कति गाली गर्न सक्या हुन् ! यो माओवादी रहुञ्जेल नेपाल भारतको प्रान्त हुन गाह्रै हुनेछ ...

रेशु said...

महाशयहरु,केमेन्टहरू सरसर्ती पढ्दा के महशुस भयो भने हरेक कुरामा माओबादीलाइ दोष दिइएको छ। देश बनाउन कस्सिएको पार्टिलाई हरेक कोणबाट दोष दिन केही मित्रहरु संधै तत्पर रहिरहनूभएको छ। नेपाल बन्द,चक्काजाम,घुषखोरी को ठेक्का पट्टा लिने पार्टीहरु कुन कुन हुन? के एमाले,कांग्रेसहरु १००% स्वच्छ छन?
सरकारमा माखा भन्काउदै संबिधान बन्न निदेने के माओबादीको दोष हो? बहुमत रहेको पार्टीहरु देश चलाउदै माओबादीको बिरोधगर्ने तपाईहरुको कस्तो काईदा हो? के माओबादी जंगलमा रहंदा तपाईका पार्टीहरुले रामराज्य संचालन गरेका थिए? अलिकती लाज ढाक्ने कुरा गर्नुहोला। यो साइटमा कथा कबितामा पनि माओबादीकै बिरोध गरेको देख्दा तपाईहरुको महानता प्रष्ट झल्कन्छ।

Anonymous said...

माओवादीहरूको मगजमा देश बनाउने कुरा पनि रहेको छ भने त्यो राम्रो कुरा हो । तर , अहिले सम्म त उसले देश भत्काउने, जलाउने, तोड्ने , फोड्ने नै गरेको हो । उसले देश लूटेको हो, सामना्य जनतालाई कल्पनै गन्न पनि नसकिने उपायहरूको प्रयोग गरेर तड्पाएको हो, मारेको हो र यसो गर्दा उसका लागि आफ्ना पक्षमा लाग्ने बाहेक अरू सबै शत्रू मात्र भएका हुन् । माओवादीले आँफू बाहेक अरूलाई तड्पाएर मार्दा अपनाएका तरिकाहरू मध्ययुगीन शैलिका बर्बर खाले थिए र तिनले घरमा सुतेका, किरियापुत्रीहरू, घर जाँदै गरेका सेना, पुलिस वा कर्मचारीहरू वा अरू राजनैतिक दलमा समर्थन राख्ने ग्रामीण कार्यकर्ताहरूलाई बगरेले पशुलाई काट्न अपनाउने तरिकाहरू भन्दा निकृष्ट तरिका हपनाएर मारेको कुराको इतिहास गवाह छ । यसरी जनताको हत्या गर्दा परिवारका सदस्यका अगाडि अंग प्रत्यंगहरू क्रमश छुट्याएर तडपाउँदै मार्नु पर्ने उनीहरूको तरिकाले नेपाली इतिहासको क्रूरतम् कोत र भण्डारखाल पर्वलाई माथ गरेको हो भने तालिवानहरूको हाराहारीमा आँफूलाई स्थापित गरेको हो । तर यसो गर्दा , माओवादीले कुनै नामूद राजावादी, भ्रष्टाचारी र विदेशी षडयन्त्रकारीलाई भने कहिलै छोएन । नेपालका कालाबजारी, भ्रष्टाचारी, दरबारियाको चन्दा र दानापानीमा भारतीयहरूको आशिर्वादले भारतको घरज्वाईँ बनेर नेपाललाई प्रहार गर्ने बाहके माओवादीको अतितमा कुनै असल काम भएको थिएन । माओवादी कथित क्रान्तिले नेपालमा भ्रष्टाचार घट्यो कि ? कालाबजारी र तस्करी घट्यो कि ? हत्या हिंसा र अपराधमा कटौति आयो कि ? कुन यस्तो असल काम भयो जसले गर्दा माओवादीले गर्व गर्न सक्छ ? माओवादीले आफ्ना पार्टी पक्षदर बाहेक कुन एकजनालाई जनता भनेर स्वीकारेको छ र जनताको कुरा गर्छ ? उसको जनसेना माओवादी भन्दा फरक विचारमा उभिनेहरूलाई सहन सक्दैन भने कसरी यो जनसेना हुन सक्छ ? नाम मात्र राम्रो राखेर राम्रो भइने भए 'आचि' लाई 'पुष्प' भन्दिए भैहाल्यो नि ! बन्दूकको नालबाट सास फेरेर जीवित हुनेले नागरिक सर्वोच्चता भन्न सुहाउँछ ? लाज नभए पछि जे गर्दा नि हुने रहेछ त !
जहाँसम्म राजतन्त्र हटेको कुरा छ, यसको मुख्य कारण वीरेन्द्रको वंश विनास, ज्ञानेन्द्रको अराजनितिक महत्वाकांक्षा र भारतको आशिर्वाद राजतन्त्रको सुरक्षार्थ प्राप्त नहुनु मात्र हुन् । भारतले खडा गरिदिएर मुख्य ३ राजनीतिक पार्टि मिल्दा , पहिले ने विश्वास रित्तिएको राजतन्त्र हटेको मात्र हो , त्यसपछि आफ्नो हतियार र हतियारधारी जत्थाका भरमा अरूलाई पेलेरे जान सकिन्छ भन्ने कुनीति बोकेर चल्ने आपराधिक सोच बोकेर चलेको हुनाले ने अहिलेको राजनीतिक अनिश्चय देका परेको हो । आफ्नो लागि हिंसा र अपराधका सबै हतकण्डा जायज हुने र अरूलाई सबै खराबीको प्रपोगाण्डाले तुच्छाउन खोज्ने गुण्डा एवम अपराधी सोच नै अहिले सम्पूर्ण नेपालीहरूको गरी खाने बाटोमा बाधक बनेको हो । यसको सर्जक कोही नभएर माओवादी हो । सक्छ भने उसले हतियार, हतियार बोक्ने हूंकारी जत्था र हिंसालाई त्यागोस् , अनि हेरौँला गरी खान नदिने हरूको हैसियत के होला वा नागरिक सर्वोच्चता भनेको के हो ।

जहाँसम्म १५ वर्ष अघि के थियो भन्ने कुरा हो त्यसमा मेरो भन्नु यत्ति हो 'समय सदैव गतिशिल हुन्छ' तर आज धेरै बुज्रुगलाई सोध्यो भने यो भन्ने छन् कि माओवादी नभएको समय सबैभन्दा सुखद नभए पनि गरी खान पाइने र शान्त भने थियो !

सम्यक महाशय सरकार चलाउने एउटा दोष दिने माओबादीलाई,कती सार्हो सरकारको ओकालत गर्नुभाको? देशमा सरकारको जिम्मेबारी नठान्ने तपाईको मानसिकता गज्जब छ। वाह वाह वाह.

पुष्प said...

सम्यकजी । कुन चाहिँ बुज्रुकको कुरा गर्नुभएको ? उही लैनचौरबाट भत्ता खानेहरू ? होइन भने एक पेट खाएरै भए पनि जनता पहिले पनि बाँचेका थिए; अहिले पनि बाँचेकै छैन् । गल्लीको कुकुर त बाँच्नसक्छ भने विचरा जनता किन बाँचुन् ? राणा, राजा वा छोटेराजा जोको भएपनि बाँचेकै छन् रैती जनता । सिधा अर्थमा यिनै जनतालाई नै नागरिक बनाउन र देश बचाउन कम्मर कसेर लागेको हो माओवादी । अब रंकहरू किन छोड्ने रैती र रैतीका पक्षधरहरूलाई ! कम्मर कसेर लागे बाध्यतावश भएको जनयुद्धलाई दबाउन । मारिए हजारौं सेना-प्रहरी अनि आमनागरिक । सम्यकजीहरूलाई युद्ध पनि कुनै कवितागोष्ठी लाग्छ भने के भन्नु ! होइन भने युद्ध सुखद् हुँदैन । कसले, कति र किन मार्यो भन्ने कुरा नबुझी जनयुद्धले यति मार्यो भन्नु बौद्धिक दिवालियापन हो कि उही लाजढाक्ने अभिव्यक्ति ! समय गतिशील छ भन्नुको अर्थक के ? के परिवर्तनहरू स्वभाविकमात्र हुन्छन् भन्न खोज्नुभएको ? यस्तै हो भने यसरी माओवादीलाई न्वारानदेखिको बल लगाएर धारेहात लगाउनुको कुनै तुक छैन ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !