August 16, 2010

दिल्लीका बांदरहरु

Monkeys of Delhi, हजुर दिल्लीका बांदरहरु। दिल्ली २ पटक पूगे पनि बांदरसंग जम्काभेट कहिल्यै भएन। फेरी आफ्नै गाउंमा बांदर धपाउदा धपाउदा वाक्क भएको म दिल्लीमा पनि बांदर भेटे,घरै पिंडालु बनै पिंडालु जस्तै वाक्क हुन्थे होला। हालसालै दौंतरीमा नेपाली ब्लग सर्कल राखिएको छ। त्यसैमा माथीनै monkeys of Delhi भनेर पोस्ट राखिएको रहेछ। नेपाली ब्लग प्राय कि त राजनितीमा केन्द्रित हुन्छन कि त गजल,कबितामा। नेपालमा काम चलाउ सरकारले महिना काट्दा भारतिय नेताहरु नेपाल यात्रा गर्ने क्रम बढ्दो छ। नेपाली नेताहरुलाई भारतिय नेताको नेपाल भ्रमण पबित्र लागे पनि नेपाली जनता त्यसबाट वाक्क छन। सायद त्यही भएर कुन चांही ब्लगरले बेला बेलामा
 नेपाल धाउने भारतीय नेतालाई बांदरको पगरी गुथाइदिएछन भनेर monkeys of Delhi को ब्लगमा छिरे। दिल्ली निवासी ब्लगर दिनेश वाग्लेलाई सांच्चैका बांदरले सारै दु:ख दिएछन। यती सम्म की फाल्न राखेको फोहोर पनि ढोकै अगाडी आएर छरपष्ट पार्दा रहेछन।


यसो हेर्दा लाग्यो दिल्लीका बांदर भारतिय नेताहरु भन्दा सभ्य रहेछन। ति त कमसेकम फालेको फोहोर खाएर उपयोग गर्दा रहेछन। यि भारतिय नेता त नेपालमा खुसुक्क छिरे,देशकै राजनितीमा जांहा तांहा फोहोर गरेर जान्छन। भन्छन नि बांदरले आफ्नो घर पनि बनाउदैन अर्काको घर पनि बनाउन दिंदैन। यि भारतीय नेता त आफ्नो घर बनाउछन तर अर्काको घर भने बनाउन दिंदैनन। तन्त्रै तन्त्रको जालोमा जकडिएको नेपालमा हालसालै लोकतन्त्र आएको छ। समानुपातिकको निहुममा फेक्ट्रीवला देखी भेडा गोठालासम्म जम्मा पारेर संबधान लेख्ने भनेका छन। नेपालको राजा फाल्न दिल्लीमा १२ वटा बुंदा लेखिदिएका थिए,अब पूरै संबिधान लेखुला जस्तै गरी पटक पटक यि भारतिय नेता नेपाल आएका आएकै छन।

दिल्लीमा बांदरहरु संरक्षित छन। कारण यिनीहरुलाई हनुमानको सन्तानको रुपमा लिइन्छ। दिन रात भगवानको दर्शन पाएका दिल्लीबासीहरु बांदरको बितन्दडता देखी भने वाक्क छन। त्यस्तै भएको छ नेपाली राजनितीमा पनि। यि भारतीय नेताहरु बांदर जसरी नेपाली राजनितीमा बितण्डता मच्चाएका मच्चायी छन। बिना हिचकिचाट निस्फिक्री घुम्ने भारतिय नेताहरुलाई हुमनानकै पगरी गुथाइदिए भैगयो। हुन त यिनीहरु हनुमान नै हुन क्यार। दिल्लीबाट रामले यिनीहरुलाई नेपालमा बिष छर्न पठाउंछन। जब यि हनुमानहरु काठमाण्डौ ओर्लिन्छन नेपाली ढेडु नेताहरु लुसुक्क भारतीय हुनुमानको दर्शन लिन पुग्दछन। रात सांझ गर्दै दर्शन पाएका ढेडु नेताहरु आफ्नो बगालमा फर्कन्छन। जब बगालको अर्को ढेडु पनि त्यही हुनमानको दर्शन गरेको पत्तो हुन्छ अनि पार्टी भित्र बांदर लडाई सुरु हुन्छ। भारतीय हनुमान नेपाली राजनितीमा बिष छर्न सफल भएकोमा दंग पर्दै आफ्नो भगवान रामलाई बिन्तीभाउ गर्न दिल्ली फर्कन्छन।

भन्छन दिल्लीका बांदरलाइ तह लगाउन धेरै उपाय निकालियो। तर प्राय कुनै पनि सफल भएनन। त्यसैले बांदरहरु गर्भका साथ दिल्लीका सडकमा लस्करै हिंड्दछन। सायद त्यस्तै होला भारतीय नेताहरुलाई पनि। जब नेपाली नेताहरू ने धनुष्टंकार गर्दै भारतिय नेताहरुसंग पाउमा पर्छन, नेपाली जनताले नचाहेर के गर्नु। आखिर यिनै नेताहरुलाई हामीले भोट दिएर पठाएका हौं। हामीले गर्ने भनेको मनोकल्पना मात्रै हो, आशा गरौं दिल्लीका रामहरुले नेपालमा बांदरहरु पठाउन बन्द गरुन।

12 Comments:

NKM said...

ke garne aafnai gai usto!

Dilip Acharya said...

माथी नविन सरले भनेको जस्तै हो । बाँदरलाई के दोष दिने ?, आफ्नै बाँदरभक्तहरु यस्ता छन ।

पुष्प said...

दिलीपजी, दिल्लीका विरुद्ध गए दिल्लीका बाँदरहरूले फोन घुमाइहाल्छन् । तपाईं पनि ती बाँदरहरूको फोन आउला भनेर डराउनुभएको त होइन ? अस्वाभाविक मान्दिन म ।

Dilip Acharya said...

पुष्पजी, बाँदर र बाँदरे प्रबृत्तीको त सधैं विरोध गर्छु तर, बाँदरको फोन मलाई आउँदैन, धन्नै मान्नु पर्दैन् ।

मलाई सिधै फोन गर्न त कुनै दिन मैले 'जदौ' गर्न जाँदा मेरो नम्बर टक्र्याएर आउनु पर्‍यो नि!

Nepalean said...

पुष्प जी झिना मसिनालाई त उनीहरुले किन गन्थे र? तपाई हामी त कराउने मात्र हो। उनीहरुलाई काम दिने त हाम्रै ढेडु नेताहरु हुन।

हिजो मात्रै हो क्यार माओबादीले बिरोध पत्र लेखेर ३ जना बरिष्ठ नेता बिरोध पत्र दिन गएका,सुद बाजेले लिन नै मानेछन। दिलीप जी, तपाई हाम्रा फोन त झन के लिन्थे।

पुष्प said...

बाँदरहरू कुन बेला कहाँ पुग्छन् भन्ने थाहा हुँदैन दिलीपजी ।

Aakar said...

समाधान को उपाय केही छ त ? हामीले गर्न सक्ने ???

Nepalean said...

हा हा हा..आकार। मलाई त के लाग्छ भने नि गाउंघर तिर बांदर थपाउने एउटा सजिलो तरिका छ,थोत्रो टिन ठटाउने। जब यि भारतिय बांदर एयरपोर्ट ओर्रलन्छन तब चुपचाप टिन लिएर यिनीहरुको अगाडी त्यसरी नै टिन ठटाए अली लाजसम्म मान्थे की? नेता ल्वांदे भए नि जनता चाही चनाखो रैछन भन्ने कुरा त कमसेकम यिनीहरुको दिमागमा घुस्थ्योहोला।

Dilip Acharya said...

नेपालियन जी, रमाइलो उपाय बताउनु भयो । प्रतीकात्मक रुपमा साँच्चै गर्न पनि मिल्छ । तर यसका पनि दुई थरी प्रतिक्रिया हुन सक्छन्:

पहिलो: तपाईँ हामी बाँदर विरोधीले टिन ठटाउनु भन्दा पहिले नै बाँदर भक्तहरु पुगेर 'प्रभू.., आज हामीले हजुरहरुको टिन ठटाएर स्वागत गर्दैछौँ" भने भने हाम्रो विरोध 'स्वागत' मानिन सक्छ ।

दोस्रो: यी बाँदरहरु साह्रै लिच्चड छन् र यस्ता टिन वा गोल्टिन बजाएर यीनलाई लाज लाग्ला जस्तो मलाई लाग्दैन...टाउकैमा बजाउन सके भिन्दै कुरा :)

Luna said...

" --दिल्लीका बांदर भारतिय नेताहरु भन्दा सभ्य रहेछन। ति त कमसेकम फालेको फोहोर खाएर उपयोग गर्दा रहेछन। यि भारतिय नेता त नेपालमा खुसुक्क छिरे,देशकै राजनितीमा जांहा तांहा फोहोर गरेर जान्छन। भन्छन नि बांदरले आफ्नो घर पनि बनाउदैन अर्काको घर पनि बनाउन दिंदैन। " --
:)

पुष्प said...

दह्रो गयो दिलिपजी । माओवादीहरूले विरोधका लागि भारतीय नेता भेट्नु र इतरकाहरू चाकडी गर्न भेट्नुको फरक पनि यस्तै हो; हामी (माओवादी) ले गोल्टिन ठटाउनु र नेताहरू (माओवादीइतर) हरूले त्यसलाई स्वागत भन्नु ठ्याक्कै कुरा मिल्दो छ ।

sanu jange said...

yo pushpa sathi ko kura pani kati laj lagdo ho bhanya,jata pani paltina janne haru lai k bhannu ra khoi bhane jhai ha ha ha

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !