April 15, 2009
नयाँवर्षको गजल
बनेपा काभ्रे हालः दोहा
मैले पनि अलिअलि उत्साह नै पालेको छु
शुभकामनाका केही शब्द कोर्न थालेको छु
पन्छाउँदै अन्यौल र अभावका खातहरु
गुनासा बिलौनाहरु अलि परै फालेको छु
अघि पछि देशैसँग दुख्नुपर्ने भए पिन
अनुहारका खाल्टाखुल्टी सकेसम्म टालेको छु
आए गए धेरैओटा शिशिर वसन्तहरु
शुभ रहोस् नयाँवर्ष सुनपानी हालेको छु
मैले पनि अलिअलि उत्साह नै पालेको छु
शुभकामनाका केही शब्द कोर्न थालेको छु
तिम्रो जोबन
बिगुटार-४ सुर्के ओखलढुंगा
हाल शार्जाह युएई
तिम्रो जोबन फुलझै बैशालु
हेराई झनै अनौठो मायालु
लाग्यो मोहनी
क्या राम्रो रैछ नि आँखा गाजलु
कोईली झैं लाग्यो नि मिठो त्यो बोली
सारै नै सुहायो चौबन्दि चोली
पागल भएँ नि
तिमि त रै छौ नि सारै चन्चली
माया लाउन सिपालु रैछौनि
लुकि लुकि ईसारा गर्छौनि
घाईते पार्योनि
दिलै चोरी मायाले गर्नु गर्योनि
यो मनमा हलचलै मच्चायौ
थाहै नपाई मोहनी लगायौ
लौन के गरौं
अन्जानैमा मायालु पागल बनायौ
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
April 13, 2009
आऊ तिमी नयाँ वर्ष
हत्केलाभरी भिजेका
रगतका छापहरुलाई मेटाउदै
अञ्जुलीभरि प्रेमको फूल रोपौ !
एकअर्कालाई प्रहार गर्न
तम्सिएका हाम्रा मृत्युवाणहरुलाई
फ्याकेर
आजको यो रातमा
जीवनको लागि हात मिलाऔ!!
भोलिदेखि शुरु हुने हाम्रा बिहानीहरुमा
कसैको क्षुद्र दृष्टि पर्न नसकोस
भोलि उदाउने हाम्रो चम्किलो सूर्यमाथि
दुखको बादल मडारिन नपाओस!
भो पुग्यो!
ति विह्वल रातहरु
भयंकर अमानुषी परिवेशहरु
जर्जर र मृत्युदायी पलहरु
आफ्नाहरुको बिछोडको पिडा,
कष्टपूर्ण जीवन
नदोहरियोस फेरि!
आत्मियतालाई टुक्रा टुक्रा च्यातेर
स्वार्थको युद्द लड्नु अघि
हामीले सजाएको फूलबारी
सुगन्धित छ अझै
हामीले टेकेको माटो
पैतलामा भेटिन्छ अझै
हामीले साटेको प्रीति
प्रतिबिम्बित छ आँखामा अझै
हामीले पूजेकी आमा
मन-मन्दिरमा सजिएकी छीन अझै
आऊ!
मिलेर दियो बालौ
निभ्न नपाउदै दियो
प्रेमालिंगनले ज्योती थपौं
नढल्दै यो प्रहर
अखण्ड भ्रूणको सृजना गरौ!
ताकि,भोलिका नयाँ दिनहरुमा
कोही गर्भमै टुहुरो हुनुनपरोस
सृजनाका कोपिलाहरु
सेचनको आभावमा
नफक्रिदै ओइलाउनु नपरोस
मायाका सुन्दर रहरहरु
कसैको अपृय दृष्टिमा झर्नु नपरोस्!!
नयाँवर्षमा स्वागत छ तिमीलाई
नितान्त नयाँ रंग बनेर आऊ
फुस्रिएका यि भविष्यका रेखाहरुमा
अमिट सुनौलो रंग भरौं हामी!
भोलि बिहान
धरतीमा टल्कने
अशंख्य शीत थोपा जति
शुभकामना तिमीलाई
भोलिको सुनौलौ मिर्मिरे संगै
आऊ तिमी नयाँ वर्ष बनेर
स्वर्णिम भविश्यको लागि
मिलेर हामी प्रहारको सामाना गरौं
ताकि,
कोही मित्रको मुखुण्डो लाएर यहाँ
ढाडमा तिर रोप्न नसकोस्
कोही शुभ-चिन्तकको बाहानामा यहाँ
मुटु छेड्न नतम्सियोस्!!
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
April 12, 2009
शुभकामना तिमीलाई
ईराकबाट
पोहोर साल शान्तिका खुशी पाउने आशामा हाई गरेको थिए
तर खुशी कहाँ गएको थियो आशाको भारि बोकाई दिए
समयलाई दोसि भनौ की परिवर्तीत समय त्यसलाई बुझी लिए
सामन्ति र तानाशाहि शासन गए भन्थ्ये खोई त परिवर्तन के दिए
तर पनि तिमीलाई बधाई त दिन नै मन थिएन बाध्य भएर दिए
जस्ता अपराध र हिसंाको बहुल्यता बढाई दिए पनि माफी गरि दिए
जे हुनु थियो भएरै छाढ्यो नयाँ भन्ने उर्जा कसले छाडि दिए
सफल विफल जे भए पनि परिवर्तनको आहुती सृर्जना गराई दिए
आउने नयाँलाई स्वागत् गर्दै तिमीलाई सकुशल बिदाई दिए
शुभकामना छ नयाँ साल तिमीलाई शान्ति छाउने आशा लिए ॥
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
शुभ - कामना -२०६६
उदायो छाना माथि
नव सुनौलो किरण
जोश र उमङ बोकेर
पंक्षि हरु को चिरिबिरी संगै
शुभ मंगल् प्रगती को
संगीत बनेर
झरना र नदी को
कल कल संगै
बिर्सेंर तिता अतित का
सद्भाब को सन्देस लिएर
पुष्प हरु को सुबाश संगै
भुलाई दु:ख का दिन
प्रसन्नता को गीत गाएर
शुभ होस , मंगल् होस
प्रगती होस नेपाली जन को
२०६६ एउटा ईतिहास बनेर
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
April 11, 2009
नयाँ बर्षको शुभकामना
आपसी तिक्तताको तुँवालो फटेर जावोस
आफ्नो पनमा दुख्दा पनि कती तमासा हेर्छौ
बैरी को छ आफ्नै घरको कटुता कटेर जावोस
रगतको बाछिट्टाले छाडेन जती ओतिए नि
बारुद गन्ध आउने शियाल घटेर जावोस
कस्को आँखा लाग्यो कि दाउ चले कसैले फेरी
नेपाली मन र पन बिथोल्ने बत्तेर जावोस
शुभ होस यो बर्ष नयाँ जोश जाँगर बोकी
सबै आफन्त हुन सबै मन रत्तेर जावोस
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Gain some knowledge
1 Brazil
2 Russian Federation
3 Canada
4 Indonesia
5 China
6 Colombia
7 USA
8 Peru
9 India
Highest Population Density 2009
1 Mumbai
2 Shanghai
3 Karachi
4 Delhi
5 Istanbul
6 São Paulo
7 Moscow
8 Seoul
9 Beijing
10 Mexico City
Fattest people 2009
1. Nauru 94.5 %
2. Micronesia 91.1%
3. Cook Islands 90.9%
4. Tonga 90.8%
5. Niue 81.7%
6. Samoa 80.4%
7. Palau 78.4%
8. Kuwait 74.2%
9. United States 74.1%
10. Kiribati 73.6%
Literacy Rate 20091 Cuba 99.8%
2 Estonia 99.8%
3 Poland 99.8%
4 Barbados 99.7%
5 Slovenia 99.7%
6 latvia 99.7%
17 USA 99.0%
17 UK 99.0%
162 Nepal 48.6%
Highest Obese Countries - 2009
1) United States
2) Mexico
3) United Kingdom
4) Slovakia
5) Greece
Most poorest nation -2009 (per capital income)
1.Zimbabwe- $200
2.Congo - $300
3.Burundi- $400
4.Liberia$ - 500
5.Somalia$ - 600
20.Nepal - $1,100
Most Expensive Cities - 2009
Oslo
Paris
Copenhagen
London
Tokyo
Best Visitor Destination - 2009
France
Spain
United States
China
Italy
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
जिबन ,यात्रा र पोकली झर्ना
अमेरिका - गुरु केदार बराल
छोटो जिबनको लामो यात्रामा
तिस हज मार्मिक र वास्तविक
कटु यथार्थका तिरहरुले
मन मस्तिस्कमा स्पर्स गरेका छन
अनी दिएका छन
रोजाइ, भोगाइ र तोकाइबाट
टाढा रहन प्रेरणा
थाहा भयो पोकली झर्ना
ओखल्दुङा मात्र सिमित हैन रहेछ जिबन
काठमादौ पनि रहेछ
थाइलेन्ड कतार हुँदै
अमेरिका पनि पुग्दो रहिछ जीवन
कतै सुखमा हाँस्दै कतै दु:खमा रुमलिदै
स्टेट स्टेट घुम्दो रहेछ जिबन
सके सम्म उपकार सहयोग र
सद्भावका किरणहरु छर्दै
आफुलाई वास्ता नगरेर
अर्काको निम्ती लाग्दो रहेछ जिबन
मनै त हो मान्छेको
कतै कतै सन्कोच बडी हुँदा
कतै मानिस बेबहारिक नहुँदा
ठाक ठुक पर्दा वा अपमान अनुभव हुँदा
मन दुखेर आउदो रहेछ जिबन
यस्तै यस्तै आसु हासो कथा र बेथालाई बोक्दै बोक्दै
कतै रहरमा कतै करमा अनब्रत
हिन्ने रहेछ त्यो जिबन
आफुले नखाएर अर्कालाई खुहाउने
आफुलाई लुकाएर अर्कालाई देखाउने
गुलाफ अरुलाई दिएर काडा आफु लिने
आफु रुख बनी छहारी प्रदान गर्ने
पारीजात बनी बासना अरुलाई छर्ने
रचना बिधिको अप्रम्पार छ
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
नया बर्ष २०६६ को शुभकामना
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
April 10, 2009
सबै मित्रहरुलाइ चित्त बुझ्छ भने :
माथिको शीर्षक फरवरी २४, २००९ मा खुल्लामन्च मा प्रकाशित थियो । समयानुकूल लागेर मैले संघठित हुन {राजनीति गर्न होइन} , दौतरी एड्मिन्लाई सोधेर यहाँ राखेको छू । गाली होइन, कृपया उचित लागे आपसी सल्लाहले ब्लगर हरु मात्रै होइन सबै मिलौ - "दौतरी" मार्फ़त । धन्यबाद !
सल्लाह्को लागी मित्रहरुलाई धन्यबाद !
http://khullamanch.blogspot.com/2009/02/blog-post_24.html
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
प्रेम कहानी
-हाल ईराक
नपिउनु थियो मैले नसाका तरेलीहरु विषपान सम्झेर
नलाउनु थियो मैले अदृश्य माया चोखो हो भनेर
नधाउनु थियो मैले टाढाको बाटोलाई नजिक छ भनेर
नदिनु थियो मैले आशा चोखो माया लगाउछु भनेर ॥
कसलाई के थाहा हुने रहेछ चोखो माया के हो भनेर
न त वजन नै हुने रहेछ न त पाउछ माया छामेर
म भन्छु माया बेहोसिपनको सहारा हो अदृश्य छ भनेर
सन्सारलाई नै रोगी बनाई दिन्छ बिजुलीको करेन्ट बनेर ॥ ॥
अदृश्य सारथि भएर पनि माया लगाउछन नजिक बनेर
कसलाई थाहा हुने रहेछ मायाको मुल्य कति हो भनेर
दिनेको मन लिनेको तन कसले जानेको छ कस्तो हो भनेर
सन्सारको रितलाई परिवर्तन गरि दिन्छन प्रेम कहानी भरेर ॥ ॥ ॥
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
April 9, 2009
चरम अस्पष्टता र अराजकता बीच नेपाली राजनीति
संविधानसभाको निर्वाचनले वैध रूपमा माओवादीलाई मूल प्रवाहको राजनीतिमा स्थापित गराउनेछ भन्ने जनताको चाहना थियो । त्यो भन्दा अगाडि बढेर माओवादी निर्वाचनमा सबैभन्दा ठूलो दलको रूपमा स्थापित पनि हुन पुग्यो तर उसले पनि सत्ताको एकल हकदार हुने मौका पाएन । जनताले ठाने , कांग्रेस एमाले जस्ता संसदवादी दलहरूलाई कम मत दिँदै सजाय दिए पनि कांग्रेस, एमाले र माओवादी नमिले अहिलेको नेपालको राजनीति निष्कर्षमा पुग्ने छैन है भन्ने सन्देश दिएको रूपमा विज्ञहरूले बुझे । हुन पनि यो सोच सही थियो । अझ जनताको नया संविधान लेख्ने कुरामा दलहरू नमिली नहुने व्यवस्था अन्तरिम संविधानले गरेको हुँदा , मुख्यदलहरूले एकार्कासंग केही कदम अगाडि बढेर सम्बन्ध बनाउने कोशिस गर्नु पर्थ्यो । तर यी कुराका बारेमा दलहरू या त बेखबर छन् अथवा हरेक ठाउँमा आफ्नो दलको सिक्का जमाउने ध्याउन्नमा उनीहरूले वृहद र दिगो शान्तिका लागि इमान्दार प्रयत्न गर्ने सोच नै राख्दैनन् ।
कांग्रेस संसदवादी लोकतन्त्रलाई माओवादीले खाने भए भन्ने सोचमा चिन्तित छ । ऊ यथास्थतितिवादी राजनीतिको बन्धक बनेको देखिन्छ र गिरिजा प्रसाद कोईरालाको बूढो र परिवर्तित हुन नजान्ने राजनितिक निर्णयहीनताको बन्दी बनेको छ । अबको नेपाल कस्तो हुने भन्ने सम्बन्धमा उसले पनि राजनैतिक नक्सा र विचारको खाका पस्किन सकेको छैन । उसको चिन्ता विश्वमान्य लोकतन्त्र र मानवअधिकारका मान्यताहरूलाई अंगालेर नया संविधान लेखिनुपर्छ र त्यति भए पुग्छ भन्नेमा केन्द्रित छ । ऊ माओवादीले न्यायलय, सेना र कर्मचारी तन्त्रमाथि नांगो हस्तक्षेप गरेर नेपाली राजनितिलाई आफ्नो पक्षमा 'हाइज्याक ' गर्न चाहन्छ भन्ने छ । यो विचार माओवादी इतरका कम्युनिष्ट र गैर कम्युनिष्ट दुवै दलहरूमा धेर थोर मात्रामा भए पनि उदार बहुलवादी लोकतन्त्रको पक्षमा विचारत: उभिने दलको नाताले कांग्रेसले बहन गरेको देखिन्छ । कांग्रेसको माओवादीसंगको व्यवहार मूलत: विचारधारात्मक हो जसलाई माओवादीहरू वर्गीय हो भनेर समेत भन्ने गर्छन् ।
एमाले सबैभन्दा ठूलो जनाधार भएको कम्युनिष्ट पार्टी भएको हुनाले माओवादीले आँफूले पहिलो निर्वाचमा आर्जन गरेको मतका आधारमा मात्र त्यसलाई विस्थापित गर्न सकिन्न भन्ने कुरा माओवादीले बुझेको छ । यसो हुँदा , नेपाली राजनीतिको तल्लो गाउँ तहसम्म एमालेको भोट बैंकलाई आफ्नो पक्षमा तानेर मात्र एमालेलाई सानो बनाएर आँफू ठूलो हुन सकिन्छ भन्ने माओवादी मान्यताले नै अहिले भैरहेका देशव्यापी एमाले-माओवादी भिडन्तका घटनाहरू सिर्जना गराएको छ । सत्तारूढ मध्येका २ ठूला कम्युनिष्ट घटकहरू भएर पनि एकले अर्कालाई सानो बनाएर आँफू ठूलो हुन सकिन्छ भन्ने सोच बोकेका हुनाले यी २ दलको अविश्वासपूर्ण रडाको मच्चिएको छ । विचारको कुरा गर्दा , एमाले समाजिक प्रजातन्त्रको पक्षधर भएको हुँदा उसको कांग्रेस वा माओवादीसंग निकटता र दूरीको सम्बन्ध उस्तै उस्तै हुनुपर्ने हो ।
केही समय अगाडि माओवादी बाबुराम भट्टराईले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै भनेको कुरा यहाँ सम्झिन उपयुक्त हुन सक्छ । उनका अनुसार ' संसारमा हतियारधारी सेना सहित बिद्रोही शक्तिले निर्वाचनमा भाग लिने अनुमति पाएको छैन' । जुन कुरा सत्य पनि हो । आफ्ना हतियार र सेना ज्यूँ का त्यूँ राखेर नै निर्वाचनबाट सत्तामा आइसके पछि अब त झन जे पनि गर्न सकिन्छ र जनवादी गणतन्त्रको लक्ष्यलाई अब कसैले रोक्न सक्दैन भन्ने माओवादीको सोच हो भने नेपाली राजनैतिक दलहरूलाई निकट भविष्यको मुठभेडबाट कसैले रोक्न सक्दैन । माओवादीको सोच साँच्चै कम्युनिष्ट मुलुकमा जस्तो 'जनवादी गणतन्त्र'का पक्षमा संविधान लेख्ने र भोलिको नेपाललाई त्यही बाटोमा लैजाने सोच हो भने त्यो कुरामा अरू ठूला र साना राजनैतिक दलहरूको चरम बिमति हुने स्पष्ट नै छ । यस्ता बिरोध, असन्तुष्टि र मूटभेडका घटनाहरू संविधान बनेर घोषणा नहुञ्जले र त्यसपछि पनि अवश्य रोकिने छैनन् । तर , यदि संविधान सबै पक्षले स्वीकार्ने प्रकृतिको बनाउने हो र भोलिका दिनमा नेपालमा सबै पक्ष र विचार समावेश हुन सक्ने राजनितिक पद्दति बसाल्दै जनकल्याणकारी शासन व्यवस्था कायम गर्न खोजिएको हो भने , दलहरूको मिलन बिन्दु अवश्य भेटिनु पर्ने हो । यसका लागि कसैले एक पाइला पछि हट्नु र कसैले अघि बढ्नु पर्ने हुन सक्छ । मुलुकका लागि यसो गर्न दलहरूले सक्नु पर्ने हो ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
सर्वभौमता बेचियो
स्वर्ग जस्तो देश हुनु पर्थ्यो शक्तीसाली
संधैको गरीब भयौ किन हामी नेपाली
सम्पन्न राष्ट तर पनी भयौनी कङ्गाली
संधैको दरिद्र भयौ किन हामी नेपाली
हिंशा भएर धमिलियो बुद्धत्वको आंचल
खै हटेन नी निरंकुस्ताको माकुरी-जाल
चन्द्रमामा पुर्याउने नेता भाषण गर्छन्
जनता भने भोक रोग र शोकले मर्छन्
प्रकृति पानी र अन्नको छ नी भन्डार
तर खाली छन भकारी भोक बारम्बार
पृथ्वीनारायणलाइ बिर्सिएर अंशबन्डा गरी
सर्वभौमता नै बेचे निहित स्वार्थमा परी
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
April 8, 2009
व्याक्तित्वको अभिव्याक्तिलाई हेर्दा
ईराक
कता कता हिजो आज यस्तो पो लाग्न थालेको छ । हिजो हामी गाउँ बेसी गर्दा घास पात गर्दा एकले अर्काको बारीमा गएर घास काटि दिएको र गोठाला जादा बस्तुले अर्काको बाली खादा बाली धनीले नाना भाति गरेर आफनो बाली बचाउको लागी दिएको झरिला गालीहरुको सम्झना आउछ । भन्ने गर्थे बुढा पाकाले ति उखान कि त गरि खानु कि त भनेको मान्नु र काम गर्ने डेढु जस पाउने हनुमान भने जस्तै अहिले हाम्रो नेपालमा हुन गई रहेको छ ।
संसद भनेको बुर्जुवाहरुको ठगि खाने थलो हो भनेर बिगुल फुक्नेहरु आज कुर्सी मोहमा फसेर बासमति चामलको स्वाँदमा मात्तिन थालेका छन् । देशको प्रमुख सर्वेसर्वा भएर के बोल्न हुन्छ के बोल्न हुदैन भन्ने कुराकोसम्म अलि कति पनि ख्याल नभएका शासकहरुलाई अनि देशमा शान्ति ल्याउछौ भनेर फुक्नु कतिसम्मको लाचारी हो त । एउटा राष्ट्र प्रमुख भएर सारा जनताको अगाडि बोल्नु पर्ने कुरा तेहि हो त केहि दिन अगाडि जन आन्दोलन प्रप्तिको दिन पारेर प्रधानमन्त्रि जस्तो व्यक्तिले के बोलेको हो एउटा साधारण गोठालो र हलिले गर्ने ब्याबहारको शब्द कसरि त्यो मुखमा अटाएको हो । देशलाई तेसको बाबुको बृर्ता भनेर कसलाई भनेको हो जो आफुले नै त्यो बृत्ताको भोग चलन गरेर योग्यताले नभ्याएको र नपुगेको आफना सन्तानलाई देशको गरिमामय पदको भागिदार बनाउन पछि परेको छैन ।हामीलाई जनताले ल्याएको भनेर कुर्लीन पनि छाडेको छैन । नाताबाद र कृर्पावादको चर्को बिरोध गर्नेहरु आज कहाँ गयो ति नारा । नेपाली जनताले प्रत्यक्ष रुपमा देखि रहेको छ र मुल्याङकन पनि गरि रहेका छन् । जनतालाई दिएको वचनको कतिसम्म पालन गरेर सरकार चलाउदै छ भन्ने कुरा ति नेता भनाउदाहरुले प्रस्टयाई राख्न पर्दैन ।
सहकार्य र सहमतिको चर्का नारा बोकेर हिड्ने तर आफुले गरेका सबै सहकार्यहरु आफै भङ्ग गर्दै हिड्ने यो कुन तन्त्रको शासन पद्धती हो । के यो नयाँ नेपालको नयाँ परिवर्तनको सुरुवात हो । एउटा सानो पानि घट्ट चलाउनलाई नेपाल सरकारसँग पुँजीको अभाबले करेसाबारि भएर बगेर गएको पानीलाई सदुपयोग गर्नलाईसम्म हम्मे परेको बेलामा थर्मल प्ल्ाान्ट ल्याउने भनेर देशको ढुकुटीमा रजाई गरि बिदेश भ्रमणकॊ बहानाबाजि बनाएर आफनो सोख पुरा गर्नसम्म चुक्नु भएका छैनन् । अनि जनतालाई भन्ने गर्नु हुन्छ नयाँ भन्ने शब्दको अनुभुती त दिन सकेको छैन दिनको लागी लागु परेको छु भनेर भाषण गर्नसम्म चुक्नु भएको छैन । सरकारमा बसेका मन्त्री भनाउदाहरु अझै पनि जगली दिनको महसुस गरेर हामी फेरी पनि बन्दुक बोकेर मैदानमा निस्कन्छौ भनेर भन्न समेत पछि परेका छैनन् । सधै भरि बन्दुकको आडमा राज्य सत्ता कब्जा गर्ने मनस्थीति भएका शासकहरुलाई जगली बिहारमा रमाउदा आफुलाई गौरवशाली ठान्नेहरुले जुन सुकै परिवर्तन ल्याए पनि जनतालाई के नै दिन सक्छ भनेर विश्वासको पात्र भन्नु रहेछ । सबैलाई सर्वबिदितै भएको कुरा नै हो । बन्दुकको खेलले के कति हानी नोक्सानी पुर् यायो भनेर आज जन समुदायको अगाडि पानी माथिको आभानो हुनलाई कयौ नेपाली आमाका सन्तानलाई बलिको बोका बनायो कयौलाई बन्दुकको निसानी बनायो भनेर कायर्ताको आशु खसाल्नसम्म चुक्नु भएन र फेरि भन्ने गर्नु हुन्छ हामी मैदानमा उत्रने छौ र गोला बारुदको होली खेल्न परे पनि पछि पर्ने छैनौ भनेर पनि भन्न पछि पर्नु भएन । देशको प्रधानमन्त्री जस्ताको स्वाकीय सल्लाहकार दश जोड दुईसम्मको ज्ञान हासिल गरेका व्याक्ति छन भने त्यस्ता व्याक्तिले देश चलाउनलाई कस्तो सर सल्लाह दिन सक्दछ भनेर सोच्नु होला त । न कि सल्लाहकारलाई राज्य चलाउनने सल्लाहको बारेमा जानकारी राम्रसँग हो । जुन पदको लागी योग्यताको कुरा गर्ने हो भने नेपालीमा स्नातकसम्मको त्यो पनि राम्रो प्रतिशत ल्याएको र कार्य दक्षता भनेको कमसे कम देशको गरिमामय पदमा ५ वर्षको अनुभव हुनु आवश्यकताको जरुरी हुन्छ ।
सर्बसत्ताबादको नारा आफै लगाउदै हिड्ने र फेरि आफै क्रमभङ्ग गर्दै हिड्ने । नारी स्वातन्त्रताको चर्का नारा फुक्ने अनि काम गर्ने बेलामा कहाँ गयो नारी स्वातन्त्रता केहि महिना पछि हुन गई रहेको उपनिर्वाचनमा कति वटा क्षेत्रमा नारी उम्मेदवारीको नाम सुचीकृत गरिएको छ त । अन्य पार्टिहरुको बर्खिलाप गर्दै हिड्ने अनि आफुले चाहि गरेको नदेख्ने प्रबृद्धि के नयाँ परिवर्तनको स्वाचित्र उपहास हो । अनि के को नयाँ र नौलो भनेर मादल धन्काउने त मादल बजाएर हुने ठाउँमा डमरु बजाएर हुन्छ । हिजोका शासकले पनि त बोलेका थिए नारी स्वातन्त्रताको बिषयमा जे जती गरे बोले त्यो कुनै पनि कामको कार्य पद्धतिमा रुपान्तरीत नगरेको कारणले त हो आज जगलमा बनबिहार गरेर बसेकालाई बासमति चामलको स्वाँद चखाउन ल्याएको र फेरि त्यहि कुरा दोहोरिन्छ भने के यो जनतालाई दिएको आश्वासन रत्तेउलीमा गाएको गित जस्तो हो । सत्ता भनेको रत्तेउली खेल्ने अखडा हो । कुनै नियम कानुनको प्रति पादन नगरि जति बेला मनलाग्यो त्यति बेला मनो मर्जि गर्ने । कहिले बलि चढाउछु भन्ने कहिले त्यसको बाबुको बृर्ता हो भनेर अभिव्यक्ति दिने कहिले बन्दुक र बमको बर्षा गराउने छौ सारालाई लखेट्ने छौ भन्ने के लोकतन्त्रमा अरु मानिसले प्रतिबाद गर्न पाउने अधिकार नभएको हो । सत्ता समालेर बस्ने व्याक्तिले उपायको खोजि गरेर पो उचित न्याय निसावको तर्जुमा गर्ने तिर लाग्नु पर्छ । बिरोध गर् यो भन्दैमा देशको नामलाई व्याक्तिबादिको नाममा बृर्ता भनेर परिभाषा गर्नु कहाँसम्मको लाचारी र नामर्दपना हो । प्रतिबाद नै गनै नपाउने भए त १०४ वर्षसम्म जंगे शाासन जस्तो भई हाल्यो नि किन लड्नु पर् यो स्वातन्त्र मौलीक हक अधिकार चाहियो भनेर सरकारमा बस्ने र जसको हातमा ताकत छ उसैले मनपरि तन्त्र चलाए त भै हाल्यो नी । अहिलेको परिस्थितीमा आएर पनि असोचनिय अभिव्यक्ति दिएर देशको गरिमालाई उच निच पार्न खोज्छ भने त्यस्ता व्याक्तिको निसानी कसैले समाप्त गर्नु पर्दैन आफसेआफ नसिहदको भागेदारी भएर बिलिनताको बिन्दुतिर धकेली रहेको हुन्छ र उसले आफनो पद र पावरको केहि क्षणको लागी भए पनि उपभोग गरेर आफुलाई महान हो भन्ने ठान्दछ र आफुलाई गौरवशाली हो भनेर मपाईत्वको परिभाषा दिई रहेको हुन्छ । यो हाम्रो नेपालले पाएको लोकतान्त्रिक गण्तन्त्रको पहिलो रुपान्तरित शासनको पहिलो प्रस्तुती हो । हेर्दै जाऔ हामीले यस्तै हो भने युगोस्लाभिया युगाण्डा ईथोपिया जस्ता देशले भोगेको महामारी भोग्न धेरै दिनको पर्खाईमा बसि रहनु पर्ने छैन । सडक र सदनमा बोल्न भाषाको मत मतान्तर जनता सामु एउटा कुरा बोल्ने र कार्य शैलीमा गएर अर्को निती नियम लागु गर्ने यो प्रबृद्धिको जग कति बेलासम्म बाई पङखी घोडाको जस्तो चालमा उडि रहने छ त्यो रफतार हामीले हेर्ने बेला आउने छ । केवल धैर्यधारणको मन्तर जपेर बस्नु पर्ने छ । अनि त्यति बेला थाहा पाउने छ जनताको बलिदानमा उपहास गरि स्वार्थ पुरा गर्नेहरुको हविगत ।
समाप्त …
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
April 7, 2009
आश भो ....
लाश अरु नबढुन् भन्ने मात्र आश भो ।
तानाशह र भ्रस्टाचारकै रगरगी भैदियो त्यहाँ
आज, महङी हामीले फेर्ने शुद्ध सास भो ।
सान्सद उडे मलाया, सिङापुर र बैन्कक सुरामा
जनता काट्ने बिधेयक त्यसैबाट पास भो ।
क्रान्तिकारीहरुको मस्ती सधैं महाजनको महलमा
निमुखाको घरमा बन्दुकधारी छापामारको बास भो ।
मुलुक बेचियो, अन्धकार उपहार हामी गरीबलाई
नेपाल आमा अमेरिका र भारतले खेल्ने तास भो ।
आज, जसले जे गरे पनि हुनी भाको छ, मुलुकमा
सत्य, धर्म र निस्ठा अनि सारा कुराको नाश भो ।
नबेचिउन चेली फेरी हाम्रै आँखा अगाडि, सस्तोमा
नयाँ सालले परिवर्तन ल्याउला भन्ने झिनो आश भो ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
यानी हावा सरर
यानी हावा सरर
गाउ घरको मायाले आसु बारार
६२ सालामा पर्देश गएयो ईराक भुमिमा
कति दु:ख पाइयो हजुर एक बारको जूनिमा
ईराकको तातो घाम खप्नै गाह्रो भो
दुखियाको जीवन बिताउन गाह्रो भो
यानी घामै घमाइलो
बिदेशमा भन्दा त स्वदेशमै रमाइलो
बनै भरी फूल फुल्यो बस्न बूकिको
कसो गरी बिताउनु जीवन अब दुखिको
गाउघर रमाइलो धानै झुलिने
पर्देशी जीवन दुखी मन कसरी बुझाउने
यानी हावा सरर
गाउ घरको मायाले आसु बारार
गाउ घरको मायाले आसु बारार
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
जन्म त लिए जिउनको लागि
जन्म त लिए जिउनको लागि साहारा खोज्दै हिडे
साहारा खोज्दै हिड़दा हिड्दै जीवन आधा बीते ।
उकाली चढदा गहर्यो हुन्छ हात दिन्छु उचाली
तानी पो दिन्छन् भन्ने आशमा बस्छु कोही छ की समाई l
ओराली झर्दा लकलक खुट्टा कांपेर हैरान छ
लौरी को साहारा लिदै झर्छु भन्ने मन भैइराछ ।
आराम गर्न चौतारीमा बसी थकाई बिसाई
सिरसिरे बतास पनि आउदैन म संग रिसाई ।
गरेको छैन केही बिराम मैले सजायको भागीदार
सजाय भित्र आलमलिए पछि "दोषी" भो बराबर ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
April 6, 2009
नआएको भए हुन्थ्यो
बेखबरलाई खबर बनाएर
अखबारहरु रङगाउन
अक्षरहरु पड्काउन
बुद्धको धुजी उडाउन
सगरमाथाको शिर नुगाउन
उही पुराना कुरा,पुरानो भाषण
प्रजातन्त्रको नाममा निरंकुश शासन
उस्तै आतंक,पुरानै भ्रष्टचार
उही हत्या,हिंसा, बलत्कार
बिक्रिती नै बिकृतिको
आयतन बढाउन
अधिकारको नाममा
सभ्यता बिर्साउन
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।
बाँच्ने आशाहरु देखाउदै
पल पलमा मार्नलाई
जितको मिठो आश्वासनमा
सधैं हार्ने पार्नलाई
बेश्रीङ्खलित बाटाहरुमा
श्रीङ्खलाबद्ध पिंडा छर्न
परिचित घुम्तिहरुसँग
अपरिचित भएको नाटक गर्न
हजारौ अब्यक्त्त बेदनाहरु बोक्दै
मनका उच्छबासहरुलाई कैदी बनाउन
सपनाहरुलाई लास बनाउदै
मसानघाटमा रमाउन
शुन्यता भित्र जुरमुराउदै
विश्वाशको यथार्थतालाई कुल्चेर
अन्धबिश्वाससँग लुकामारी खेल्न
सम्भाबित दुर्घटनाको आधारशिबिरबाट
लामो मानबताको खडेरी बोकेर
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
डलर टिप्ने यात्रा - ५
(यो यात्राको शुरु देखीका भागहरु पढन यहाँ जानु होला । )
नेपाल मै दुताबास भए पनि नेपाली कर्मचारीको नेपाल मै डलर टिप्ने दुस्प्रयासको कारण वाक्क दिक्क भएर १९९५ देखी भिसा शाखा दिल्लीले हेर्न थालेको रहेछ त्यो पनि त्यसै बेला थाहा भयो । विश्वमा नेपालमा मात्र त्यस्तो भयो जहाँ आबासिय राज दुताबास छ, तर भिसा लीन भने अर्को देशमा भएको दुताबासमा जानु पर्ने । नेपाली कर्मचारी को बदमासि र तत्कालिन सरकारको लाचारीको नमुना लाग्यो अस्ट्रेलियन दुताबास अनी दु:ख र अनाबस्यक खर्चको भार ब्योहर्ने सोझा जनता ।
इन्डियन् एयरलाइन्सको बिमान बाट दिल्लीको लागि उड्दा संगैको सिटमा रहेका यात्रि सित परिचय भयो। उनी रहेछन कोलकोत्ताका धन्याड्य । प्राचिन कला , चित्र र मुर्ती सँकलन् गर्ने शौख रहेछ उन्को । एक घण्टा २० मिनेटको आकाशे बाटोमा ब्यापार केन्द्रित गफ भयो, ब्याबसायिक कार्ड आदान प्रदान भयो । मेरो कार्ड देखेर उनी उत्साहित भएको संकेत मैले पाएँ । वासेबल प्लास्टिक र फोटो सहित को कार्ड मा यस्तो लेखिएको थियो
म्यानेजिङ डाइरेक्टर फार इस्ट ट्रेडर्स नेपाल ( एक्स्पोर्ट इम्पोर्ट )
एक्सुकेटिभ फाउन्डर सचिब नर्वे नेपाल फ्रेन्डशिप एन्ड कल्चर एसोसियसन
फाउन्डर एक्सुकेटिभ मेम्बर अस्ट्रिया नेपाल चेम्बर अफ कमर्स
सचिब जापान नेपाल नागरिक समिती
यो कार्डले एउटा हिन्दी कहावातको याद दिलाउदथ्यो '' जो कुछ नही कर्ता, वही सब कुछ कर्ता '' भने झै यो गर्छु त्यो गर्छु भनी भाग्यो कुद्यो प्रतिफल जिरो थियो । मैले अस्ट्रेलियामा ब्यापार सुरु गर्न भिसा ठोक्न जान लागेको भने । उन्ले आफ्नो अनुभब र सल्लाह को भारी मात्र दिएनन आज उन्कै (दाजु )को घरमा बस्न जान बल पनि गरे । उन्का दाजु दिल्लीको लागि कोरियन कार देउ का डिलर रहेछन । दिल्ली बिमान स्थल मै कार खडा थियो दक्षीण पाटेल नगरमा पुगी कार रोकियो । सुरक्षा गार्डले सेलुट ठोके, बिमानमा बनेका मित्रले भने '' ए बहादुर भि नेपाल से ही हे '' एक छिन अगीसम्म शानले फुकेको छाती बेलुन फुट्या झै छ्यास छुस खुम्चियो । तिनी सित हात मिलाएँ र घर सोधे । धादिङ का रहेछन । बिगत १२ बर्ष देखी त्यहा रहेछन । भारतीय मित्रले उन्को ठुलो प्रसंसा गरे । खुशी लाग्यो । घर भित्र पसे पछी त म नर्भस जस्तै भए, पछाडि दुई वटा पौडी पोखरी, फ्लोर देखी भित्ता सम्म कहिल्यै नदेखेको महङा सजावट का अनगिन्ती सामान, ४ कोठा भएको छुट्टै पाहुना घर । उन्ले थापा भनी सम्बोधन गर्दै सुन्तलाको जुस मगाए। नेपाली टोपी मै ढल्केका थापा जि पनि धादिङ कै रहेछन । कता कता मेरो मनले सोच्यो कतै इन्ले मलाई पनि जागिर खान्छस त भन्दैनन ?
हामी उन्को दाजु को पर्खाइमा थियौ । उनी आए पछी पक्कै कुखुराको साप्रो र तीन पानी धोक्न पाइएला भन्ने मेरो सोचाइले त्यस बेला हावा खायो जब उनीहरु साकाहारी भन्ने थाहा पाएँ । आपको अचार्, सुख्खा रोटी ,दाल अनी प्याज, कागती, मुला को सलाद मा डिनर खत्तम । हामी भे ? ।
भोली पल्ट बिहा ६ बजे नै अर्का थापा दाईले कार मा चाणक्य पुरी पुर्याई दिए, जहाँ भारत को लागि अस्ट्रेलिया को राजदुताबास रहेको छ । चाणक्यपुरीको जस्तो बिदेशी नियोग, आबासको लागि मात्र छुट्टै ब्यबस्था गरिएको बिशाल क्षेत्र अन्य देशमा कही पनि छैन । तर नेपाल र इन्डोनेसियाको भने बाह्र खम्बा रोडमा उछिट्टिएको छ । त्यस बेला पुग्दा पनि मेरो नम्बर ११३ थियो । कुन त बिशाल भारत त्यस्मा पनि जम्मा ४ मुख्य ठाउँ बाट मात्र भिसा दिने हुँदा त्यो भिड स्वाभाबिक नै हो रे । भित्र पसियो २ घण्टा पछी आयो त्यहाको मर्स्या यमराज को दुत सित मुखा मुख गर्ने पालो । के-के नाना भाँती प्रश्नको झटारो हान्छ बा!। तालुमा टुटुल्को उठ्ने गरी, तँ यो हिन्द महासागर को बैतरणी तर्न सक्दैनस पो भन्छ गाँठे !।
त्यो यमदुत भए म पनि महादेब को दुत ( पशुपती को छिमेकी ) के कम्, त्यस्को भन्दा ठुलो आबाजमा चर्केर कर्के आँखाले हेर्दै भने हिन्द त के, दुई चोटि प्रशान्त महासागर वार पार गरी सकेको मान्छे लाई त्यसो भन्ने ? । जा तेरो ख्वामित यमराज लाई बोला, कि मेरो फाइल लगेर देखा, त्यस पछी म यो बैतरणी तर्न सक्छु कि सक्दिन थाहा पाउँछस । उ मेरो फाइल बोकेर भित्र हुत्तियो । मलाई १५ मिनेट कुर्न भन्यो । आधा घण्टा पछी सहायक् यम राज ले उन्को कोठा मा लगे र सामान्य सोध पुछ पछी गूड् लक भन्दै ढ्याम्म ठप्पा लगाइ दिए ।
मलाई अस्ट्रेलिया हुत्याउन उफार्नेमा अर्का एकजना कङारुका मित्र पनि थिए । उनी थिए तत्कालिन श्री ५ को सरकारले गठन गरेको भन्सार सुधार सुझाब आयोगका प्रमुख जोन हवार्ड त्यस्तै नाम तत्कालिन कङारु का प्रधानमन्त्रीको पनि थियो । उन्कै सहयोगमा सिडनीमा हस्त कलाको सामान बेच्नेहरु को सुची पाएको थिएँ । उन्कै सल्लाहमा दिल्ली बाट दुई ट्यान्का र काठमान्डु बाट एक गरी तीन ट्यान्का आधुनिक फेन्सी गहना , नेपाली कागज का बस्तु आदी बोकी सिङ्गापुर एयर लाइन्स को एयर बस ३२० ( २०० सेरिज ) को उडान मा चडें। बिमान स्थलमा जुत्ताको धुलो टक टकाउदै । ७: ४० साँझमा सिङ्गापुरमा झारी दियो । फेरी दौडदै जानु पर्ने रे छ अर्को हैजाज भेट्टाउन, त्यो साँढे हो कि गोरु ८ बजे उड्ने रे छ । लाइफको जिन्दगीमा पहिलो पल्ट बोइङ ७४७ ( ४०० सेरिज ) को हुक्कु चिल चढेको । नाइट बस झैं साँझमा चढेको बिहान ६ बजे तिर सिडनीमा थचारी दियो । त्यहाँका प्रहरी र भन्सार कर्मचारीको सहयोग देखेर म उनीहरु प्रती अनुग्रहित भएँ, किनकी मेरो अमेरिकाको दुबै पटकको भ्रमणमा नमिठो अनुभब भएको थियो । दोस्रो पटकमा त कुरो बुझिसकेको थिए त्यसैले अचम्म लागेन । पहिलो पटकमा भने एकछिन त आफ्ले आँफैलाई भि. आइ. पी. नै सम्झे । एक छिन पछी छुट्टै कोठामा तीन तीन वटा के जातका साँढे जत्रा कुक्कुर फ्या- फ्या गर्दै घुम्न थाले पछी पो चिट चिट पसिना आएको थियो । क्यालिफोर्निया को एल. ए. बिमानस्थलमा थाइ एयर वेजको बिमान्बाट निस्कने बित्तिकै प्रहरीले कहाँ बाट आइस ? , के गर्न आइस भनी सोध्यो । भुखमरी देशको ब्यापारि हुँ भने । के मान्छे गन्दथ्यो ?, ‘फलो मी’ भन्यो मैले इस्पेसल ट्रिट गरी छिट्टै बाहिर पुर्याई दिन लाग्यो भन्या त कुक्कुर लेराए पछी पो थाहा भो । नाङे झार पारेर जाचेर छोडि दिएको थियो एउटा घोषित अपराधी लाई झै । तर त्यहा त्यसो भएन । त्यती धेरै सामान देखेर सोधे किन लेराएको ? मैले भने यो नमुना सामन हुन । तिम्रो देशमा ब्यापार गर्ने महासुरमा छु म । गूड् लक भन्दै छोडि दिए ।
दङ पर्दै नयाँ संसारमा बाहिर निस्किएँ । बास बस्न जानु पर्ने ठाउँको मित्र लाई फोन गरे, फोन उठदैन । भाडा कार लिएर त्यो ठेगानामा पुगे । पब्लिक बुथ बाट फोन गरें उठदैन । एपार्टमेन्टको घन्टी बजाए ‘नो रेसपोन्स’ । शनिबार को दिन १० बजी सक्यो । निन्द्रा भन्दा पनि कट्टी मुनी को दुबै बीभागमा आपत कालिन समस्या भै सक्यो कहाँ जाने ? ।नेपालको जस्तो खुरुरु कान्ला मुनी पुगेर सिध्याइ दिने ठाउँ पनि छैन क्या फसाद ? ।जस्ले बोलाएका थिए उन्लाई फोन हाने २ घण्टा टाढा बस्छु पो भन्छन । फेरी फोन गरे बल्ल उठ्यो अडकेला जस्तो भै सकेको श्वास फेरी सुचारु भयो । अनिन्द्रा र अरुचिपूर्ण आवाज थर्क्यो कानमा ‘ए आइपुग्नु भो, ल एक छिन पर्खनोस म तल आउछु"’ । एक घण्टा बित्यो चरो मुसो झर्या होइन । फेरी फोन गरे उठ्या होइन । त्यही कोठामा बस्ने अर्का मित्रको नम्बरमा हाने उन्ले उठाए र भने ‘ए आइसक्नु भो ?’, आफ्नु जाने बेला भै सक्यो आउने कूरा ? उनी हत्तार हत्तार गर्दै आए । सामान घिसार्दै लगे । उनीहरु ५ तला माथि को एपार्टमेन्ट मा बस्दा रहेछन ।
कोठामा प्रबेश के गरेँ, हुसुसु बियर, गाँजा को डुङ डुङति गन्ध थियो । यसो आँखा घुमाएँ, अन्य दुई केटा र दुई केटी लगभग नग्न अनी बेहोस अवस्थामा सोफा र भुइँमा लडेका देखेँ । टेबुल मा निलो चलचित्र , बियर वाइन का खाली बोतल र अर्को छेउ मा गाजा को बाँकी पोको थियो । ति आफन्त ले किन्चित असजिलो नमानी भने हिजो गूड् फ्राइ डे मनाएको साथीहरु सित, एक नेपाली र एक फिजियन युबती विद्यार्थी साथी रे उन्का । मेरा नजिकका आफन्त जस्को अनुरोधमा म त्यहा गएको थिए उनी त खुट्टा टेक्न सक्ने अवस्थामा नै रहेनछन । उनलाई ब्युझाएँ, तर पनि टाउको दुखेको भन्दै कोठा मा गएर सुते ......... बाँकी
(यो यात्राको छैठौं भाग यहाँ छ ।)
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
April 5, 2009
समुद्रपारीबाट नया नेपालको यात्रा
एउटै यात्रा कसरी हुन्छ त दुइवटा ब्लगबाट? शिर्षक एउटै भएपछी हुदैन त एउटै यात्रा? शिर्षक मात्र कांहा हो र बिषय पनि एउटै हो। कुनै बेला एउटै बिषयमा लेख्न केही पहिला sapanasansar.com का मित्र बिश्व र मेरो सल्लाह भएको थियो। एउटै लेख धैरै ब्लगमा छाइरहेको बेलामा एउटै बिषयमा दुइवटा ब्लगमा फरक लेख देख्दा कस्तो अनुभव होला म त्यसै रोमान्चित भएको थिए। सल्लाह अनुसार हामीले पस्चिमको यात्रा तय गर्यौं । म बसेको ठाउं भन्दा करिब ६० माइल पश्चिममा St Cloud State University छ। दौरा सुरवालमा ठाटिएको म interstate 94 मा exit 171 लाइ तारो बनाइरहेको थिए। त्यहा हिजो शनिबार हुन गइरहेको थियो नेपाल सांझ, जसको शिर्षक थियो "यात्रा"।
करिब एक हजार मानिसले खचाखच मनोरन्जन हलमा नेपाली बिध्धार्थीहरुले नेपाली संस्क्रिती झल्काउदै उपस्थित दर्शकलाइ भरपुर मनोरन्जन दिइरहेका थिए। नेपालको भुभागमा मात्रै बिभिदता छैनकी भाषा र संस्क्रितीमा पनि उत्तीकै बिभिदता छ। अमेरीकाको अर्कनसास स्टेट जत्रो क्षेत्रफल भएको देशमा ६० भन्दा ज्यादा जात जाती हरु छन त ७० भन्दा धेरै बोलीचालीका भाषाहरु छन। २ घन्टाको समयमा यि सबै देखाउनु निकै चुनौतीको काम थियो। अमेरीकाको कठीन जिबन, पढाइ र कामबाट बचेको समय खर्चेर नेपाली बिध्धार्थी अमेरीकी माझ नेपालको संस्क्रिती देखाउन उपस्थीत भएका थिए। समग्रमा प्राय बिदेशमा हुने नेपाल सांझमा केही रुपमा बिषय बस्तुमा एकरुपता हुने गर्छ। एकरुपताले दर्शकहरुलाइ दिक्क बनाउंछ त्यसैले "यात्रा"मा एकरुपतलाइ चिर्दै बिभिधदता थपिएको थयो, जसले गर्दा समय गएको पत्तो नै भएन। पंचकन्याको स्वागत,कुमारीको न्रित्य,नेपाली राष्ट्रिय गान प्रस्तुत गरेर हाम्रो दैनिक संस्कार पस्केका थिए। शुरुमा साना तिना भाषणले लाटो बनेका दर्शकलाइ नया नेपाल र पुरानो नेपालको बारेमा भिडियो देखाएर कार्यक्रमको क्षितज कोरिएको थियो। इतिहास भएर हो या स्पष्ट नै भएर हो पुरानो नेपालको द्रष्य राम्रै बुझियो। नया नेपाल कुहिरोमै रुमलिएर हो या प्रस्तूती नै त्यस्तै नया नेपालको प्रस्तुती त्यती स्पष्ट भएको लागेन। मन तब त्यसै रसायो जब साना साना अमेरीकी नानीहरु मै छोरी सुन्दरी भन्दै नेपाली गितमा नाचे। त्यसको भिडियो मैले प्रस्तुत गरेको छु ,अमेरीकी किशोरीहरु नेपाली तालमा पाइला मिलाएको देखेर पक्कै पनि तपाइहरु दंग पर्नुहुनेछ । तारा देबीको "काली पारी " को गितले चोखो अमुर्त प्रेममा नेपालीमन कसरी कल्पिन्छ छर्लागांइएको थियो। नेपथ्यको तालको पानी बोलको लोक-पप गित देखी लिएर रेश्मा सुनुबारको मै ठुली भइछु रे गितबाट नेपालीहरूको प्रेमजाल देखी दैनीक जिबनशैली झल्काउने प्रयास गरिएको थियो। साथै रिमिक्स गित, कबिता र चुट्किलाबाट नेपाल नै देखाउने प्रयास गरिएको थियो।
जब मन फुरूगं भयो तब नेपाली भेष भुषा मा बिध्धार्थीहरु मञ्चमा प्रस्तुत भए। नेपाल चार जात छत्तिस बर्णको फूलबारी भएको प्रत्यक्ष बर्णन पाएको महशुस भयो। जात नै फरक भएको भरमा नेपाललाइ मधेस देखी हिमाल सम्म टुक्राउनु पर्छ भने जमातलाइ सात समुन्द्र पारी पढ्न आएका नेपाली बिध्धार्थीहरुले हामीहरु फुटेर होइन जुटेर नै नया नेपालको यात्रा तय गर्ने सकिन्छ भनेर महत्वपूर्ण पाठ पढाइरहेका थिए।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
तक्दिरको तस्बिर
दु:ख को लेखथ्यो मनले चाहेको लेखिने भए
कदम कदम जिन्दगी दुख्छ खुशी फुटेर यहाँ
उकालो ओरालो केले छेक्थ्यो हबामा टेकिने भए
बिधिको बिधान न मेटिन्छ न छेकिन्छ कतै
घाम नि लुक्दो हो नत्र बादलले छेकिने भए
पापको भय नपर्ने भए देउता को पुज्थ्यो
शान्त हुन्थे सबै यहाँ आँफै मानो सेकिने भए
दुनियाँमा को छ पिर ताप मुक्त मान्छे यहाँ
कस्ले बोकथ्यो बोझ नत्र सजिलै फेकिने भए
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
April 4, 2009
नर्डिक भ्रमणको 'विण्डफल' एउटा परिहास ।
हो कामरेड , ध्वंस गर्न, फुटाउन, ध्वस्त पार्न , सफाया गर्न , बिनास गर्न मात्र सजिलो हुन्छ , सकारात्मक र निर्माणको काम फलामको च्यूरा नै हुन्छ । हिजो तपाईँको समूहले हिंसाको ताण्डव नेपाली भूमिमा नाच्दै गर्दा, श्रीलंकाको शान्ति प्रकृयामा सहयोग गरेको नर्वेले नेपालमा पनि तपाईँहरू शान्ति प्रकृयामा आउनुभयो भयो भने धेरै कुरामा सहयोग गर्नेछौँ भन्ने आश्वासन तपाईँलाई दिएको थियो , तर आज तपाईँहरू आफ्नो हिंसात्मक युद्दको अध्याय अधकल्चो पारेर ( बिसाएर भन्न भएन, किनभने हिंसा बिसाउनु भएको त छैन ) , सत्तामा हुनुहुन्छ र नर्वेले तपाईँलाई 'ललिपप' दिएर फकाउनु पर्ने दरकार नै छैन । भात खान निहू खोज्ने रूञ्चे बेबिलाई पो चक्लेट किन्दिऔँला भनेर फकाउने हो , खाइसके पछि त 'जा गएर पढ वा काम गर' भन्ने हो नि !
कामरेड प्रचण्डले एकहप्ते नर्वे-फिनल्याण्ड भ्रमणको पोको बिसाउँदै खुइय्य गरेछन् र भनेछन् ' हावाबाट बिजुली निकाल्ने कुरा हावा नै रहेछ' । नजिक बसेकी कामरेड सीता अनि नवयुवराज प्रकाशले पनि भृकुटी खुम्च्याउँदै नर्वे भ्रमण मन नपरेको छनक दिए । उनीहरूले नर्वे फिनल्याण्ड त्यति 'इन्जोए' गरेनछन् । सायद उत्तर ध्रुवको नजिक अवस्थित , यी अँध्यारा मुलुकहरूले महारानी सीता देवि तथा , मजाकिया मिजासका नवराजकूमारलाई त्यति दित मर्ने आनन्द प्रदान गर्न सकेन ।
अनि पहिलोपल्ट अचानक स्थगित गरेर पुन: २,३ महिना पछि साइत जुराएर बडो तामझाम र चर्चा बीच गरेको भनिएको यो 'बिजुली' भ्रमणले कुनै गुल खिलाउने वा बुलुब बलाउने छाँट देखिएन । प्रधानमन्त्री प्रचण्डले केवल परिवारसहित एक हप्ते बिदा बिताएर 'अप्रिल फूल' मनाउने र मुलुकलाई पनि 'फूल' बनाउने सौभाग्य पाउनु भयो । देशमा बिजुलिको हाहाकार भएका कारण आत्तिएर , १६ घण्टे लोडसेडिङलाई कम गर्न , ठूला ठूला बिजुली उत्पादन गर्ने पंखाहरू सापटी माग्न वा किन्नका लागि उता जानुभएका प्रचण्डलाई कुनै 'विन्डफल' त भएनछ भन्ने कुरा बुझियो नै , साथसाथै हरेक भ्रमण जस्तो यो भ्रमण पनि केवल 'उत्पादक' मात्र बन्न पुगेछ, दु:ख लाग्यो । आशा गरे जस्तो 'अत्यन्त सफल' र 'चामत्कारिक' स्तरको भ्रमण भयो भन्ने सम्मको प्रतिकृया नआएको खण्डमा , भ्रमणहरू आशातित नभएको अर्थ लाग्ने भएको हुनाले, कामरेड परिवारको नर्डिक मुलुकको भ्रमण 'विण्डफल' सपनामा 'हावादारी' मा घटुवा बन्न पुगेछ । कामरेड सिताको मुखमण्डलमा पनि त्यो कान्ति नदेखिएका हुनाले , कामरेड प्रचण्डको 'बिजुली भ्रमण' को उत्साह भविष्यको कुनै समयमा फिनल्याण्डले बनाइदिने भनेको 'पोलि टेक्निकको' कथात्मक आश्वासनमा खोजिने छ ।
मेरो सल्लाह छ , अहिले मुलक मै बसेर काम गर्नूस् । आफ्ना कार्यकर्ताका कारण थिलोथिलो बनेको मुलुकको शान्ति प्रकृयालाई उकेरा लगाउनुस्, सबै दलहरूसंग मित्रतापुर्ण सम्बन्ध कायम गरेर एउटा सर्वसम्मतिको नया संविधान निर्माणमा पहल गर्नूस्,मुलु भित्रको सम्पदाको वैभवलाई कसरी अधिकतम ढमगले परिचालन गर्न सकिन्छ भन्ने बारेमा एउटा बृहद् 'गोलमेच'सम्मेलन डाक्नूस् , एउटा सर्वदलीय संयन्त्र बनाएर त्यसलाई विश्वासमा लिई नजिकका छिमेकी भारत र चिनसंग जलविद्युत , पर्यटन र ट्रान्जिट रूट निर्माणका बारेमा सन्तुलित प्रस्ताव लैजानूस् र लगानीको वातावरण निर्माणमा आश्वस्त पार्नूस् । अन्य दातृराष्ट्रसंग आफ्ना प्रतिवद्दता, र व्यवहारिक अठोट एवं इच्छाशक्तिले बार्गेन गर्नूस् किनभने बाँकि संसारले हामीमा स्थायी र विस्वासिलो शान्ति खोजेको छ जुन बाहिरबाट प्रष्ट देखिन सकोस् । बाँकि संसारलाई तपाईँ वा अर्को अमूक समूहले हाइज्याक गर्न खोजेको राजनितिक 'तन्त्र'को कथित शान्तिको हौवामा विस्वास छैन । पहिला, हामी नेपालीबोधको समष्टिपूर्ण शान्ति स्थापनाको विश्वासिलो प्रस्थापन गरौँ अनि अरूले विश्वास नगर्ने कुरै छैन । यसो गरेनौँ भने , हावाले बिजुली बाल्ने हावादारी भ्रमणको सिलसिला 'हावा नै रहेछ ' भन्दै 'भ्रमण उत्पादक रह्यो' बन्ने कस्मेटिक राग अलापमा समाधिस्थ बन्ने नौबत आइरहनेछ ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
हेल्लो कामरेड, तपाईँले भन्ने गरेको 'जनता' को हो ?
राष्ट्र र जनताको पक्षमा निर्णय नगरी व्यक्तिको पक्षमा निर्णय गर्ने अदालत नै होइन ― रक्षामन्त्री थापा -विक्ली नेपाल डट कम
" जनताले अदालतको फैसला मान्न पर्छ भन्ने छैन" - राम बहादुर थापा
" जनतलाई अदालतको फैसलाको बिरोध गर्ने हक हुन्छ" - एकराज भण्डारी माओवादी कानूनविद्
" अदालत र सेना जनताको पक्षमा ल्याउनु पर्छ र मात्र गणतन्त्र बलियो हुन्छ"- बाबुराम भट्टराई
यसो त माओवादीको नामले चिनिने सबै कुरामा 'जन' वा 'जनता' को फूर्को टाँसिएकै हुन्छ । नेपालमा मात्र हैन संसारकै दुर्नाम तानाशाह किम जोङ इलको कम्युनिष्ट उत्तर कोरया पनि 'जनवादी गणतन्त्र' नै हो । नेपालको सन्दर्भमा 'जनयुद्द', 'जनसेना', 'जनपक्षीय, ,'जनदिसा', आदि क्याचवर्डहरू माओवादीका एकल पेवा हुन पुगेका छन् । पञ्चायत अवसान हुनु पूर्व 'जनपक्षीय' भनेकाहरू बामपन्थी खेमामा उभिएका पञ्चायती राजनीतिकार मानिन्थै भने कांग्रेसीहरू आँफूलाई प्रजातन्त्रवादी भनेर चिनाउने गर्थे । तर समयक्रम संगै 'जन' को यो फूर्को माओवादीले 'हाइज्याक' गरिसकेको छ । माओवादिको बुझाइ र दावालाई मान्ने हो भने अबको नेपालमा 'जनता' वा 'जन'शव्दको एकल प्याटेण्ट राइट ऊसंग मात्र छ , कुनै अर्को शक्तिले यो दावा गर्न सक्दैन ।
भर्खरै सेनाका ८ जर्नेलहरूको सेवा अवधि नबढाउने भनी रक्षा मन्त्रीले गरेको फैसलामाथि अदालतले अन्तरिम आदेश गरी सरकार बिरुद्द निर्णय दियो । माओवादीले आफ्ना कतिपय सभासद, नेताहरू समेत सहभागी रहेको बिरोध जलुस निकालेर अदालका यस्ता माओवादी निर्णय बिरुद्द उभिन खोज्ने न्यायधीशहरूलाई 'फाँसी'हुनुपर्ने क्रानतिकारी माग सहित आफ्ना मजदूर, जातिय संगठन र अन्य भ्रातृसंठनका 'जनता' सडकमा उतारेर बिरोधको ताण्डव सिर्जान गर्यो । यस कालको सिलसिला नया पनि हैन, हिजो पनि कथित जनयुद्दको क्रममा माओवादीका कार्यकर्ता वा नेताहरूको उर्दि बमोजिम बिरोधी दलका कार्यकर्ताहरू कत्लेआम गरिन्थ्यो अनि सरकारको पक्षमा जासूसी गरेको कसुरको झ्याली पिटाएर ' जनताले' कार्वाहि गरेको भनेर सजायँ पछिको माओवादी फैसलाहरू आउने गरेको हामीले सुने जानेकै हो ।
आखिर को हो त नेपालमा यो 'जनता' शब्द्ले चिनिने यस्तो नाम नखुलेको अमूर्त समूह ? वास्तवमा नेपाली भनेर चिनिने सबै स्वदेश र बिदेशमा बसेका नेपालीहरू जो मोटामोटी ३ करोडको हाराहारीमा छन्, ती सबै जनता हुनु पर्ने हो । तर माओवादीको परिभाषाको पछि लागेर जनताको निर्क्योल गर्ने हो भने यस्तो हिसाब हुन आउने रहेछ । नेपालको सम्पूर्ण जनसंख्या मध्ये लगभग १ करोड ५० लाख बालिग मताधिकार गर्ने योग्यता पुगेको हरूको आँकडा हाम्रो सामू छ । यी १ करोड ५० लाख मध्ये लगभग ६०% ले मतदान गरेको मान्ने हो भने ९० लाख नेपालीले मतदान गरेको मान्नु पर्ने हुन्छ । थाहा भएको आँकडा अनुसार माओवादीले गत निर्वाचनमा तमाम कारनामा र कृत्यका बाबजूद प्राप्त गरेको मत लगभग २९ लाख जति हो जुन समग्र नेपाली बालिग जनसंख्याको २०% हो , खसेको मतको २९% जति हो र समग्र जनसंख्याको १०% भन्दा पनि कम हो । अनि माओवादी वा अन्य कुनै दललाई मत हाल्नेहरू मध्ये पनि सबे ती दलका हरेक कुरामा सती जान चाहने 'डाइ हार्ड'फ्यानहरू पनि हैनन्, जुन 'एब्स्ट्रायाक्ट जनता' को हवाला दिएर आफ्ना हरेक आग्रहरूलाई सही ठहर्याउने दुहाइ दिन सकियोस् ।
सरकारमा बसेर काम गर्ने भए पछि , राष्ट्र सञ्चालन मेकानिज्मका अबयबहरू न्यायपालिका, कार्यपालिका र विधायिकाका कार्यक्षेत्रहरू र तिनले गर्ने कार्यहरूलाई एकअर्काले कसरी अपनाउने वा प्रतिकृया धारण गर्ने भन्ने सम्बन्धमा स्पष्ट विधिहरू छन्। विधिको शासनमा प्रतेक कुरा र कामको निरूपण गर्न निश्चित प्रकृया र बाटोहरूको व्यवस्था गरिएको हुन्छ । विचार पुर्याएर निर्णय लिन नसक्ने , निर्णय लिने कुरामा केवल बिद्रोही राजनीतिको पूर्वाग्रह मात्र कारक बन्ने र पछि गएर निर्णयहरू उपर सर्वत्रबाट प्रहार हुने , कानूनी त्रुटीहरूको बोझ पैदा हुने र निर्णय फिर्ता लिने नौबत पैदा हुने शैलि वर्तमान माओवादी नेतृत्वको सरकारको चरित्र रहेको छ । यस्तोमा आफ्नो , लाज बचाउन हरेक असफलताको नाङ्गोपन ढाक्न माओवादी राजनीतिका हर्ताकर्ताहरू यो कथित 'जनता'को दुहाइ दिएर के कुरा साबित गर्न खोज्दैछन् , बुझ्न खोज्नु नै उदेक लाग्दो भएको छ । यस्तोमा मेरो प्रश्न छ , कामरेड को हो त्यो 'जनता' जसले मात्र तपाईँको पक्षमा हरेक ज्यादतिलाई क्रान्तिको रूपमा ग्रहण गर्ने गर्छ ? के 'जनता' नामको त्यो अमूर्त हौवा खडा गरेर त्यही कौपिनको टालोले माओवादीको इज्जत र आबरू जोगिइरहन सम्भव होला र ?
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
April 3, 2009
गाउँखाने कथा - १० (Nepali Gau Khane Katha)
हिमाल छ छानु, मन्दिर प्यारो। के होला यो दौंतरी?
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
जिंदगी यात्रा गर्दा
जिंदगी यात्रा गर्दा गर्दै थकित भई सकदा पनि
जिन्दगीको यात्राको टुंगो अझै भई सकेको छैन अनि.
लड़खडाउदै भय पनि टुंगोमा त पुग्नै पर्यो नि
उकाली,ओरली,भंझ्यागं,चौतारीमा बस्दै थकै त मार्नै पर्यो नि.
थकै मारी सुशेली पार्दै आनंदको सागरमा डूबी बस्दा अनि
बतासले काउकुती लगाई ब्ययूझाई दिए पनि.
म कुन संसारमा हराई रहेको हुदो रहेछु
झल्यास बिउझी आफैलाई हेर्दा चौतारीमा नै पाउछु .
फेरी पाईला बढ़ाई अघि बढदै यात्रा सुरुवात गर्दैछू
यात्री भई यात्रा गर्दै बिंदु भित्र पुग्न्ने अठोट गर्दैछू
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
April 2, 2009
एक मित्रले सोधे नेपालमा अहिले कस्तो छ? के उत्तर दिनु खै??
समय मिल्दा दौतरीको फेसबुकमा छिरीहाल्छु। फेसबुकमा छिरेपछी प्राय हेर्ने भनेको What's on your mind? नै हो। सबैले आफ्नो दिमागको कुरा लेखेका रहेछन। अब आफ्नो दिमागमा बाड्ने कुरो केही पनि थिएन के लेख्नु? एक छिन यसो दिमाग घुमाए, अनि सम्झिए एक जना भारती मित्रले सोधेको कुरा याद आयो "जापानमा अहिले कस्तो छ?" मैले भने मेरो घर कांहा जापान हो त, नेपाल पो। ए! ए!, नेपालमा अहिले कस्तो छ भन्न खोजेको के, उनले आफुलाइ तुरुन्तै सुधारे। मलाइ के भन्ने के भन्ने भयो। उसंग फुत्कन ठिकै छ भनेर हिड्न लागेको अहिले आंतक त छैन नेपालमा, प्रश्न थपिहाले। शान्त छ भनौं त मान्छे मरेका मरै छन, बन्द हडताल उत्तीकै छ। शान्त छैन भनौ सबै पार्टी मिलेर संबिधान बनाउन कस्सिएका छन। ठिकै छ तर त्यस्तो शान्त त छैन भने।
किनहो शान्ती नभएको ती मित्रले प्रश्न पून थपिहाले। कस्तो गार्हो प्रश्न सोधे। सारा राजनितीक दिग्गज देखी नागरीक समाज, बिध्वान देखी बिदेशका नेपालीले भेट्टाउन नसकेको कुरो मैले कसरी फ्याट्टै भनुं। उनलाइ उत्तर दिएर भाग्नु त थिदै थियो। कानुन कमजोर छ के सोमालियामा जस्तै। आफुलाइ तुरुन्तै सुधारें, सोमालिया जस्तै त नभनौं, २०-३०% सोमालिया जस्तो होला। त्यसो भए त अधिनायकबाद होला है त्याहां, उनले ढुक्कै भने। क्या फसाद, उनलाइ कसरी सम्झाउ दिक्क लाग्यो। संबिधान बनाउदै छन क्या नेपालमा। जनताले नै भोट दिएका मान्छे हुन संबिधान बनाउने। त्यो त राम्रो हो,पहिलाको संबिधान राजाले बनाएको होला नि हैन? दिक्कै लगाए मेरो मित्र ले। २०४७ सालको संबिधान बनाउने पनि यिनै कांग्रेस र एमाले त हुन नि। अहिले माओबादी थपिएको त हो। उनलाइ उत्तर त दिनु नै थयो। अनि भने पहिला पनि यिनैले बनाएका हुन, अलि राम्रो भएन के। पहिला को अप्रजातान्तरीक होला नि, उस्ले आफै प्रष्टायो। खै के भन्नु उनलाइ, पहिलाको प्रजातान्त्रीक, अहिलेको लोकतान्त्रीक। प्रजातन्त्रलाइ डेमोक्रेसी भन्छन, लोकतन्त्र देशमा आएको पनि २ बर्ष हुन लाग्यो यसलाइ अंग्रेजीमा के भन्छन थाहा छैन। अहिलेको अलि "मोर डेमोक्रेटीक" भनेर हाम्रो संबिधान सभाको इज्जत बचाउन प्रयास गरें।
उनले फेरी थपे राजाको पावर त गयो होला। अब त सेरोमोनियल भयो होला। हैन राजा हाम्रोमा छैनन। अहिले गणतन्त्र भइसक्यो। किना फालेका त राजा, उ निकै बदमाश थियो कि ट्याक्स मनी सबै खान्थ्यो। सोचे उनलाइ सहि नै भनौं। पहिला का राजा त राम्रै थिए यो चाही अली बदमास निक्ल्यो। ट्याकस् मनी त सरकारमा जान्थ्यो सरकारले नै उस्लाइ छुट्टाएर दिन्थे। त्यसो भए किन निकालेको त? प्रश्न तेर्साइहाले। हैत्तेरी के भन्नु अब। भारतमा गणतन्त्र आएको कती बर्ष भइसक्यो तर उनिहरु नेपालमा अझै राजा रहुन भन्ने सोच्छन। उनिहरुको सोच छ नेपालमा राजा भए सबै हिन्दुहरुको आत्मबिश्वास रहिरहने छ। अब भारतका नेताले नेपालका नेतालाइ जांतो घुमाए जस्तै गर्छन यि भारती मित्रहरु भने राजा हटाएको मा दुखी छन। उनले अझ थपे नेपाल र भारत त एक्दम मिल्ने देश बन्नुपर्छ। बिस्वका हिन्दु देश यि दुइ मात्र त हुन। यता हेर्यो बंगलादेश,उता पाकिस्तान। चिनको त के कुरा गर्ने, मिल्ने भनेको नेपाल र भारत नै हो, उनले मेरो काननेर आएर भने। उनको भनाइले मलाइ एक किसीमको भवुक बनायो। कसौटी देखी इन्डियन आइडल सबै भ्याउंछौ। मौका मिले भारती जस्तै देखिने तराइका नेपालीलाइ पनि पिटपाट पार्न बेरलगाउदैनौं। आर्थिक बिकासमा नं १ हुन लागेकको भारतसंग जोरी खोजेर हैन जोडी बनेर नै हामी उंहो लाउन सक्छौ, यो धुर्व सत्य नै हो। मैल भने उसलाइ हो हो हामी एकदम मिलेर नै अघीबड्नुपर्छ। कती छ नेपालको र भारतको पैसाको फरक? उनले फेरी सोधे। भारती १०० रुपयांको नेपाली १६० रुपया हुन्छ मैले उत्तर दिए। ए तिमीहरुको पनि रुपया नै हो, उनी नेपाली र भारती दाजुभाइ नै भए जस्तै गरी दंग परे। साच्चै हामी भारतीहरु संग दब्बिएको महशुस नगरी कुममा कुम मिलाएर अघी बढे दाजुभाइ जस्तै भइने रहेछ भन्ने जस्तो लाग्यो मलाइ। समय मिल्यो भने पशुपती नाथ त पुग्नेछु, उनी नेपाल जाने आफ्नो धोको पोखे। मन मनै सोचे आफ्नो गाउं त नपुगेको कती भयो होला अब के जालान यि नेपाल? मलाइ एक जना भारतीले सामिप्य देखाएकोमा खुशसीहुन भन्दा पनि नेपालमा राम्रो भइराखेको छ भन्न नपाउदा मन खिन्न भयो। खिन्नै मनमा भने उनलाइ, अरू कुरा पछी गरौंला, आहिले घर तिर लागौं।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
तिम्रो ढंगमा भूल्दा
नंखेल ६ भक्तपुर
छडके पर्दै चिहाउँदै मन्द मन्द हांसी दियौ
कता कता यो मनभित्र माया राखी दियौ
चिनेको नि थिइनँ मैले देखेको नि थिइनँ मैले
यस्तो पनि हुँदोरैछ अन्जानामै कहिले कहिले
मेरै सामु लजाएर सुस्त सुस्त हिंडी गयौ
हिंडाइको चालसंगै यो मन पनि साथै लग्यौ
कुन जादुको रंग थियो ढँग न्यानो नौलो लाग्यो
हेराइमा मिल्दाखेरी संसार आफ्नै जस्तो लाग्यो
दुनियाँको माझैबाट इशाराको झल्को लाग्यो
होकि होइन थाहा छैन मलाइ त्यस्तै लाग्यो
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
औँलाहरू चुमेर
औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम ।
के बिराएँ ? नजरले चुमेँ
ती फूल जो ओठमा फुले
के बिराएँ ? हत्केलामा थापेँ
ती केश जो लाजमा झुके
मानेँ, कि मेरो हजुरलाई
बाटोभरि साह्रै गरी लाज लाग्यो रे ।
औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम ।
के बिराएँ ? सपनामा आएँ
सपना र विपना पगालेँ
के बिराएँ ? फूलमा गालेँ
सीमाना र साँध नै पगालेँ
मानेँ कि मेरो हजुरलाई सपनामा
रातभरि नीद लागेन रे ।
(यो कबिता अशोक नेपालले पठाउनु भएको हो)
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
गाउँखाने कथा - ९ (Nepali Gau Khane Katha)
-------
सानी-सानी सुकुमाइ घ्याम्पा जत्रो पेट
काहा. बसेर मोटाइन? भिर,पहरा,लेक। के होला सानी सुकुमाइ?
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
April 1, 2009
कोशीस
०३-२९-२००९
सम्झौता गर्न खोजे
आगो सित
खोइ त्यो चिसो भएन
सम्झौता गर्न खोजे
नदी सित
खोइ त्यो बग्न छाडेन
सम्झौता गर्न खोजे
पहाड सित
खोइ त्यो झुक्न मानेन
सम्झौता गर्न खोजे
स्वाभिमान सित
खोइ त्यो बिक्न मानेन
सम्झौता गर्न खोजे
आसु सित
खोइ त्यो झर्न छाडेन
सम्झौता गर्न खोजे
दु:ख सित
खोइ त्यो हास्न खोजेन
सम्झौता गर्ने खोजे
स्वार्थ सित
खोइ त्यस्ले त्याग गरेन
सम्झोता गर्न खोजे
समय सित
खोइ त्यस्ले रोकिने नामै लेन
अन्तिम मा
सम्झौता गर्न खोजे
मृत्यु सित
खोइ त्यस्ले कुनै शर्त रोजेन
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest