April 3, 2009

जिंदगी यात्रा गर्दा

सी "दोषी"
जिंदगी यात्रा गर्दा गर्दै थकित भई सकदा पनि
जिन्दगीको यात्राको टुंगो अझै भई सकेको छैन अनि.

लड़खडाउदै भय पनि टुंगोमा त पुग्नै पर्यो नि
उकाली,ओरली,भंझ्यागं,चौतारीमा बस्दै थकै त मार्नै पर्यो नि.

थकै मारी सुशेली पार्दै आनंदको सागरमा डूबी बस्दा अनि
बतासले काउकुती लगाई ब्ययूझाई दिए पनि.

म कुन संसारमा हराई रहेको हुदो रहेछु
झल्यास बिउझी आफैलाई हेर्दा चौतारीमा नै पाउछु .

फेरी पाईला बढ़ाई अघि बढदै यात्रा सुरुवात गर्दैछू
यात्री भई यात्रा गर्दै बिंदु भित्र पुग्न्ने अठोट गर्दैछू


1 Comments:

Luna said...

दोसी जि !
( कती निर्दोस हुदो हो त्यो मन , ह्या त दोसी नै नाम लेख्नु भएको छ र दोसी नै भनी सम्बोधन गर्नै पर्‍यो ! )
मन छुने गरी लेख्नु भो । कहाँ कहाँ कता कता युगौ युग देखी चिने झै लाग्ने शब्द पढ्दा !
सरल छ तर पनि गहिरै छ ----
पढ्न पा ई रहु , निरन्तरताको शुभ कामना ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !