April 4, 2009

नर्डिक भ्रमणको 'विण्डफल' एउटा परिहास ।

आजको कान्तिपुरले छापेको छ " हावाबाट बिजुली निकाल्ने कुरा , त्यति सजिलो रहेनछ" - कामरेड प्रचण्ड ।

हो कामरेड , ध्वंस गर्न, फुटाउन, ध्वस्त पार्न , सफाया गर्न , बिनास गर्न मात्र सजिलो हुन्छ , सकारात्मक र निर्माणको काम फलामको च्यूरा नै हुन्छ । हिजो तपाईँको समूहले हिंसाको ताण्डव नेपाली भूमिमा नाच्दै गर्दा, श्रीलंकाको शान्ति प्रकृयामा सहयोग गरेको नर्वेले नेपालमा पनि तपाईँहरू शान्ति प्रकृयामा आउनुभयो भयो भने धेरै कुरामा सहयोग गर्नेछौँ भन्ने आश्वासन तपाईँलाई दिएको थियो , तर आज तपाईँहरू आफ्नो हिंसात्मक युद्दको अध्याय अधकल्चो पारेर ( बिसाएर भन्न भएन, किनभने हिंसा बिसाउनु भएको त छैन ) , सत्तामा हुनुहुन्छ र नर्वेले तपाईँलाई 'ललिपप' दिएर फकाउनु पर्ने दरकार नै छैन । भात खान निहू खोज्ने रूञ्चे बेबिलाई पो चक्लेट किन्दिऔँला भनेर फकाउने हो , खाइसके पछि त 'जा गएर पढ वा काम गर' भन्ने हो नि !

कामरेड प्रचण्डले एकहप्ते नर्वे-फिनल्याण्ड भ्रमणको पोको बिसाउँदै खुइय्य गरेछन् र भनेछन् ' हावाबाट बिजुली निकाल्ने कुरा हावा नै रहेछ' । नजिक बसेकी कामरेड सीता अनि नवयुवराज प्रकाशले पनि भृकुटी खुम्च्याउँदै नर्वे भ्रमण मन नपरेको छनक दिए । उनीहरूले नर्वे फिनल्याण्ड त्यति 'इन्जोए' गरेनछन् । सायद उत्तर ध्रुवको नजिक अवस्थित , यी अँध्यारा मुलुकहरूले महारानी सीता देवि तथा , मजाकिया मिजासका नवराजकूमारलाई त्यति दित मर्ने आनन्द प्रदान गर्न सकेन ।

अनि पहिलोपल्ट अचानक स्थगित गरेर पुन: २,३ महिना पछि साइत जुराएर बडो तामझाम र चर्चा बीच गरेको भनिएको यो 'बिजुली' भ्रमणले कुनै गुल खिलाउने वा बुलुब बलाउने छाँट देखिएन । प्रधानमन्त्री प्रचण्डले केवल परिवारसहित एक हप्ते बिदा बिताएर 'अप्रिल फूल' मनाउने र मुलुकलाई पनि 'फूल' बनाउने सौभाग्य पाउनु भयो । देशमा बिजुलिको हाहाकार भएका कारण आत्तिएर , १६ घण्टे लोडसेडिङलाई कम गर्न , ठूला ठूला बिजुली उत्पादन गर्ने पंखाहरू सापटी माग्न वा किन्नका लागि उता जानुभएका प्रचण्डलाई कुनै 'विन्डफल' त भएनछ भन्ने कुरा बुझियो नै , साथसाथै हरेक भ्रमण जस्तो यो भ्रमण पनि केवल 'उत्पादक' मात्र बन्न पुगेछ, दु:ख लाग्यो । आशा गरे जस्तो 'अत्यन्त सफल' र 'चामत्कारिक' स्तरको भ्रमण भयो भन्ने सम्मको प्रतिकृया नआएको खण्डमा , भ्रमणहरू आशातित नभएको अर्थ लाग्ने भएको हुनाले, कामरेड परिवारको नर्डिक मुलुकको भ्रमण 'विण्डफल' सपनामा 'हावादारी' मा घटुवा बन्न पुगेछ । कामरेड सिताको मुखमण्डलमा पनि त्यो कान्ति नदेखिएका हुनाले , कामरेड प्रचण्डको 'बिजुली भ्रमण' को उत्साह भविष्यको कुनै समयमा फिनल्याण्डले बनाइदिने भनेको 'पोलि टेक्निकको' कथात्मक आश्वासनमा खोजिने छ ।

मेरो सल्लाह छ , अहिले मुलक मै बसेर काम गर्नूस् । आफ्ना कार्यकर्ताका कारण थिलोथिलो बनेको मुलुकको शान्ति प्रकृयालाई उकेरा लगाउनुस्, सबै दलहरूसंग मित्रतापुर्ण सम्बन्ध कायम गरेर एउटा सर्वसम्मतिको नया संविधान निर्माणमा पहल गर्नूस्,मुलु भित्रको सम्पदाको वैभवलाई कसरी अधिकतम ढमगले परिचालन गर्न सकिन्छ भन्ने बारेमा एउटा बृहद् 'गोलमेच'सम्मेलन डाक्नूस् , एउटा सर्वदलीय संयन्त्र बनाएर त्यसलाई विश्वासमा लिई नजिकका छिमेकी भारत र चिनसंग जलविद्युत , पर्यटन र ट्रान्जिट रूट निर्माणका बारेमा सन्तुलित प्रस्ताव लैजानूस् र लगानीको वातावरण निर्माणमा आश्वस्त पार्नूस् । अन्य दातृराष्ट्रसंग आफ्ना प्रतिवद्दता, र व्यवहारिक अठोट एवं इच्छाशक्तिले बार्गेन गर्नूस् किनभने बाँकि संसारले हामीमा स्थायी र विस्वासिलो शान्ति खोजेको छ जुन बाहिरबाट प्रष्ट देखिन सकोस् । बाँकि संसारलाई तपाईँ वा अर्को अमूक समूहले हाइज्याक गर्न खोजेको राजनितिक 'तन्त्र'को कथित शान्तिको हौवामा विस्वास छैन । पहिला, हामी नेपालीबोधको समष्टिपूर्ण शान्ति स्थापनाको विश्वासिलो प्रस्थापन गरौँ अनि अरूले विश्वास नगर्ने कुरै छैन । यसो गरेनौँ भने , हावाले बिजुली बाल्ने हावादारी भ्रमणको सिलसिला 'हावा नै रहेछ ' भन्दै 'भ्रमण उत्पादक रह्यो' बन्ने कस्मेटिक राग अलापमा समाधिस्थ बन्ने नौबत आइरहनेछ ।


5 Comments:

Anonymous said...

गलत कामको बिरोध गर्नु त मानबीय धर्म भित्र नै पर्ला ... तर हामी अचेल नयाँ शक्ति संग आवश्यकता भन्दा बढ़ी नै आक्रमक भै रख्या छैनौं र ? मैले यो पोस्टको मात्रै चाहीं कमेन्ट गर्या होइन है फेरी ...

एकलव्य ( Eklavya) said...

कुरा ठिकै हो तर हेर्नूस त आलोचानको खुराक कतै अन्त मिल्नै छाड्यो । जसको जिम्मामामा काम गर्ने दायित्व छ र जसले काम बिगारेर अरूतिर दोष देखाउँछ, आलोचना उसैको हुनुपर्ने हो । अब ज्ञानेन्द्र र गिरिजालाई आलोचना गरेर नकच्चरोपन देखाउन भएन। राम्रो काम भएको समाचार मुलुकमा मिल्नै छाड्यो, खुशीका समाचार र रिपोर्ट पाए प्रशंसा गर्ने रहर नभएको कहाँ हो र ? तर नेपालीको भाग्यै यस्तो !तराई तिर जथाभावी मान्चे मार्ने समुहको नकामको कुरा लेखूँ भने , त्यो आकार र प्रकार नै नभएको समूहलाई गालि गरेर कुहीरोमा ढुङ्गा मात्र हाने जस्तो हुने , अब के गर्ने ?

तर जति आलोचना गरे पनि माओवादीले लामो समयको हिंसापछि सत्ताको जिम्मेवारी पाएको छ , यसलाई राम्रो संग सम्हालेर अरूले गर्न नसकेको गरेर देखाउन पर्‍यो भन्ने मात्र हो, अब अरूले गर्न दिएनन् भन्ने रोदन रूनु कायरता र अकर्मण्यता मात्र ठहर्छ नि त ।

Mridul said...

sarkar hutihara ho bhanne ta duniyalai thaha bhai sakyo. jangalma baser manche mare jasto sajilo sarkar chalauna sakinna.
desma killerharuko rajniti chaleko chha.

maobadi sidhyaunne bahanama girija, deubale pani marekai hun....
maobadile afno satru dhalne bahanama janta marekai hun...
Amale pani pucharko rajniti garer marna saghayakiai ho.
ganendrale andhadundha 19 jana marekai ho.parasle pani marekai thiyo...
ko banki chha marna?
ahile taraima marekai chhan...
butawalma marekai chhan...
mechi dekhi kali samma marekai chhan...

kamina netaharu jantalai marna matrai janeka chha, tesma rog, bhog, asurachha, chinta ra abhavle pilsayar marne kurama maobadi pani 1 number ma chha.
sabai chor, sabai danka, sabai badmas hun. teskarn sarkar aba jan samudayale chalaunu parch.

hajaru guna pancyati bebasta thik thiyo. 24 ghanta ujayalo thiyo. surachha thiyo. baru yak arkama ijjat thiyo, ani manba adhikarko gyarenti thiyo.

kangresh jastai maobadi pani safal bhayan, tasarth sabilai bhartma lakhater, bisudhha dukhi nepalile sasan garnu parch.
hamilai manche marne rajniti hoina. bhachane ra bachaune rajniti chahincha.

raja mahendrale china sang ramro samparka rakher desko bikas garna ma thulo dau lagayaka hun. gareka hun. tara sarkar bhanaudaharu pani sabai bekar bhaya ................

raja mahendra bastabma thulo desh bhakti thiyo bhanne bhujhio.
tehi desh bhaki dekhana nasaker raja mahendralai nepali chor netaharuko sahamati ra darbarka ganendra khalak lager chitawanko junglema sikar khelne bela chatima goli hani mariyaka thiya.

mahendra hatalai prakritik dekahya, tyo hoina hatya garekai hun...birendra jastai gari...

chahe congresh hos, chahe Amale hos, chahe Maobadi bhanundo jangli parti hos sabai bharatka R agenta hun ra desh bistarai kala kala ma bila lagauna khoji raheka chhan.
bharatle mahendra ko hattye pachi kati simana gadiyo, tespachi kati danma netale sampada diya bharatlai tyo herne bela bhayako chha.

yaha desh bhakta kohi pani chhinaa matra rajbhakata ra bharat bhakta chhan....
desh bhakta bhetiyann..................

प्रबिण थापा said...

एकलब्य जि समग्र लेख भन्दा अन्तिम प्यारामा लेख्नु भएको सल्लाहा अत्यन्त मन छुने खालको पाए । हुनत हामी नेपालीहरुको बानी नै काम भन्दा कुरा बढी गर्ने छ तर पनि नेपाली युबा पुस्ताले मनभित्र देशमा परिवर्तनको अभिलाषा सजाएको छ र परिवर्तनको लागि त्याग गर्ने जमात पनि हामीमा छ अब सरकारले शान्ति, सुरक्षा र आमनचयनको बाताबरण त सिर्जना गरिदिनु पर्‍यो नि होइन र? बिदेशिको सहयोग त स्वार्थमा केन्दृत हुन्छ उनिहरुलाइ फाइदा हुन्छ सहयोग गर्न उफ्रेर आइपुग्छन अनि जहा घाटा देख्छन फर्केर पनि हेर्दैनन् त्यसैले सधै बिदेशिको आशमा परेर देश कहिले उभो लाग्ला र?देशमा साचिकै केहि गर्ने हो भने सबै राजनीतिक पार्टिहरुले कम्तिमा पनि देश बिकास र राष्ट्रीयताको को मुद्धामा एक ठाउमा उभिन सक्नु पर्छ ।

पीजी said...

मिलनजीले लेखेको कुरा ठिकै हो । तर देशको सर्वोच्च व्यक्तिलाई आंफ्नो रुची वा सोचको विषयको प्रविधीको सामान्य जानाकारी हुनु पर्ने होइन र?
अनि एउटा प्रधान मन्त्रीले सोध खोज गरेर वा विज्ञलाई बोलाएर भए पनि त्यस विषयमा जानाकारी लिनु पर्ने होइन र? त्यस्तो सामान्य कुरो नर्वे गए पछि मात्र थाहा हुने?

के प्रधानमन्त्रीको विदेश भ्रमण हामीले ६-७ क्लासमा गर्ने शैक्षिक भ्रमण जस्तो हो ?

मैले मान्छु प्रचण्ड केहि गर्नु पर्छ भन्ने मान्यता भएका "जेनुइन" व्यक्ति हुन तर एउटा "विशिष्ट व्यक्ति"ले गर्नु पर्ने होम वर्क पनि विशिष्ट हुनु पर्छ ।
भ्रमण ज्ञान भनेको स

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !